काठमाडौं । ‘कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहितका कलाकार सवार कार दुर्घटनापछि रोकिएको प्रसारण आजदेखि प्रसारण हुने भएको छ । भण्डारीले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् । ‘जीवन एक भोगाई हो । मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । सबै सिकाई र भोगाइको क्रम हो, दुई साता अगाडि म र… Continue reading विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्यौं’
Category: मनोरञ्जन
‘जारी’को रेकर्ड तोड्ने बाटोमा ‘महाजात्रा’
काठमाडौं । चैत ९ गतेबाट रिलिज भएको फिल्म ‘महाजात्रा’ भोलि शुक्रबारबाट चौथो सातामा प्रवेश गर्दैछ। तेस्रो सातामा आइपुग्दा फिल्मले १४ करोड ग्रस गरिसकेको छ। यो वर्ष सर्वाधिक ग्रसको रेकर्ड राखेको फिल्म ‘जारी’को कलेक्सनलाई चौथो सातामा भेट्ने निर्माण पक्षले दाबी गरेको छ। ‘महाजात्रा’ निर्देशक प्रदीप भट्टराईका फिल्म ‘शत्रु गते’ले बक्सअफिसमा १४ करोडको ग्रस कलेक्सन गरेको थियो।… Continue reading ‘जारी’को रेकर्ड तोड्ने बाटोमा ‘महाजात्रा’
आज इद उल फित्र, सार्वजनिक बिदा
काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।… Continue reading आज इद उल फित्र, सार्वजनिक बिदा
बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने
काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ । जात्राका लागि… Continue reading बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने
बराह क्षेत्रमा आजबाट सुरु हुँदैछ कुम्भ मेला, राष्ट्रपति जाँदै
काठमाडौं । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर चतरामा पुग्ने र महाकुम्भ मेला उदघाटन गर्ने कार्यक्रम छ । त्यहाँ करिब तीन घण्टा बिताएर राष्ट्रपति पौडेल उदयपुर हुँदै… Continue reading बराह क्षेत्रमा आजबाट सुरु हुँदैछ कुम्भ मेला, राष्ट्रपति जाँदै
जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने
काठमाडौं । जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विशेष रुपमा मनाइने भएको छ । पाल सरकारले २८ चैत २०७९ मा सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गरेको थियो । यो हिमालको पहिलो आरोहणका लागि ३ नेपाली र ७ जना दक्षिण कोरियाली सहभागी टिम जाने भएको… Continue reading जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने
क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । शुक्रवार बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा क्वार्ज क्रिष्टल प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा आउन लागेको गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिएका छन् । क्वार्ज क्रिष्टल बहुचर्चित हिराको धातु भएकाले… Continue reading क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै
गायक राजेश पायल राई प्रहरी नियन्त्रणमा
काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिएका छन् । गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले… Continue reading गायक राजेश पायल राई प्रहरी नियन्त्रणमा
ज्याकलिन फर्नान्डिज नेपालमा
काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । त्रिभुवन विमानस्थलमा ज्याकलिनलाई आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरे । रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् । ज्वेलर्सका अध्यक्ष महर्जनले… Continue reading ज्याकलिन फर्नान्डिज नेपालमा
तराई-मधेशमा आज होली पर्व, सार्वजनिक बिदा
काठमाडौं । रंगहरूको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आइतबार नै होली मनाइएको थियो । पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । हिमाली र पहाडी जिल्लाहरुमा भने… Continue reading तराई-मधेशमा आज होली पर्व, सार्वजनिक बिदा
होली खेल्ने क्रममा झण्डै १ सय जना पक्राउ
काठमाडौं । होली मनाउने क्रममा जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा ८३ पुरुष र ९ महिला काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी दीपेश बस्यालका अनुसार पक्राउ परेकाहरूलाई अवस्था हेरेर आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ । त्यसैगरी काठमाडौंबाट मादक पदार्थ सेवन गरेर चलाइएका २९५ वटा २… Continue reading होली खेल्ने क्रममा झण्डै १ सय जना पक्राउ
प्रधानमन्त्री भन्छन् : होलीले समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिन्छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई… Continue reading प्रधानमन्त्री भन्छन् : होलीले समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिन्छ
होलीमा राष्ट्रपतिको सन्देशः राष्ट्रिय एकता थप मजवुत बनोस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागुपूर्णिमा (होलीपर्व) को शुभकामना दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास समेत व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम… Continue reading होलीमा राष्ट्रपतिको सन्देशः राष्ट्रिय एकता थप मजवुत बनोस
आज होली, पहाडी भेगमा सार्वजनिक बिदा
काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ ।… Continue reading आज होली, पहाडी भेगमा सार्वजनिक बिदा
होलीमा कसरी हुँदैछ राजधानीको सुरक्षा व्यवस्थापन ?
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व (होली)लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा कडाइ गर्ने भएको छ ।उपत्यकाका सडकहरूमा अधिकतम ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार होली पर्व मनाउने क्रममा हुने दुर्घटना… Continue reading होलीमा कसरी हुँदैछ राजधानीको सुरक्षा व्यवस्थापन ?
ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने तयारी
काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २४ घण्टा ठमेल र दरबारमार्ग खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी गरेको हो । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुल्ला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना समेत बनाउन सुरु गरेको छ ।… Continue reading ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने तयारी
ज्याकलिन फर्नान्डिज नेपाल आउने
काठमाडौं । गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा ज्वेलरी फेसन रनवे हुन लागेको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् । सोही रनवेका लागि आउन लागेका मोडल किम गुडबर्नले पुरुष… Continue reading ज्याकलिन फर्नान्डिज नेपाल आउने
ओली र राजेश हमालबीच सिनेमा संवाद हुने
काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ । नेता र अभिनेताबिचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइने छ ।… Continue reading ओली र राजेश हमालबीच सिनेमा संवाद हुने
ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व
काठमाडौं । ९६ औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’ले धुम मच्चाएको छ । आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले ७ विधामा जित हाँसिल गर्यो । फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने… Continue reading ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व
शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार आज, देशभर सार्वजनिक बिदा
काठमाडौं । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होछार मनाउँदैछन् । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन्… Continue reading शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार आज, देशभर सार्वजनिक बिदा
महाशिवरात्रीमा पशुपतिमा मात्र ४ हजार सुरक्षाकर्मी
काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेर सुरक्षाकर्मी परिचालन गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार प्रहरी जनशक्ति विहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । जिल्ला प्रहरी… Continue reading महाशिवरात्रीमा पशुपतिमा मात्र ४ हजार सुरक्षाकर्मी
नेपाली सेना दिवस आज, टुडिखेलमा विशेष कार्यक्रम
काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका… Continue reading नेपाली सेना दिवस आज, टुडिखेलमा विशेष कार्यक्रम
महाशिवरात्रीमा पशुपतिको भिआइपी पास बन्द
काठमाडौं । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ । विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्यसका लागि तीलगंगातर्फको मार्ग प्रयोग गरिन्थ्यो ।तर यसपटक भीआईपी पास बन्द गरिएको र तीलगंगा मार्गलाई भक्तपुर, ललितपुर र पूर्वतर्फबाट आउने भक्तजनहरुको सहजताका लागि प्रयोग… Continue reading महाशिवरात्रीमा पशुपतिको भिआइपी पास बन्द
महाशिवरात्री पर्व आज, शिवमन्दिरमा भीड
काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको… Continue reading महाशिवरात्री पर्व आज, शिवमन्दिरमा भीड
पशुपतिनाथमा शिवरात्रीको तयारी कस्तो छ ?
काठमाडौं । महाशिवरात्रि पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात उपसमिति गठन गरी काम अन्तिम चरणमा पुर्याएको छ । कोषले महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन,… Continue reading पशुपतिनाथमा शिवरात्रीको तयारी कस्तो छ ?
अब विराटनगरमा राती १२ बजेसम्म होटेल खुल्ने
काठमाडौं । विराटनगर महानगरपालिका भित्र अब रातको १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । यसअघि १० बजेपछि नै बन्द गर्नुपर्ने बाध्यता थियो । सरोकारवालाको बैठकले अब १२ बजेसम्म होटल व्यवसाय चलाउन पाइने गरी समय तोकेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म… Continue reading अब विराटनगरमा राती १२ बजेसम्म होटेल खुल्ने
अमेरिकाका १४ शहरमा नेपाली कमेडी कलाकारले दिए प्रस्तुती
काठमाडौं । अमेरिकाका विभिन्न सहरमा नेपाली हास्यव्यंग कलाकारले दर्शकलाई हँसाएका छन्। फ्लाई नेपाको आयोजनामा अब हाँस्छ अमेरिका शीर्षकमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा हास्यकलाकार सन्दिप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णु प्रसाद पौडेल), साजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी २४ सम्म अमेरिकाको विभिन्न १४ सहरमा प्रस्तुती दिएका हुन् ।… Continue reading अमेरिकाका १४ शहरमा नेपाली कमेडी कलाकारले दिए प्रस्तुती
भरतपुर भ्रमण वर्षको उद्घाटन १८ फागुनमा हुँदै
काठमाडौं । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते गर्ने तयारी गरेको जनाएको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर भरतपुर भ्रमण बर्षको बारेमा जानकारी गराउँदै करीव ५० हजार मानिसहरु उद्घाटन समारोहमा सहभागी हुने दावी गरेको छ । घुमौं भरतपुर भन्ने नाराका साथ शुभारम्भ गर्न लागिएको भ्रमण बर्षको उद्घाटन… Continue reading भरतपुर भ्रमण वर्षको उद्घाटन १८ फागुनमा हुँदै
नेपालका ३४ विमानस्थलमा टेलिकमको निशूल्क वाइफाई हुने
काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच ११ फागुनमा फ्री वाइफाइ इन्टरनेट सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्… Continue reading नेपालका ३४ विमानस्थलमा टेलिकमको निशूल्क वाइफाई हुने
राष्ट्रपति आज बागलुङ र अछाम जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ र अछाम जाने भएका छन् । राष्ट्रपति पौडेल बागलुङको सर्वसिद्धिधाम पञ्चकोट जाने कार्यक्रम छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन् । बिहान ९ बजेर तीस मिनेटमा राष्ट्रपति पौडेल पञ्चकोट जाने महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी… Continue reading राष्ट्रपति आज बागलुङ र अछाम जाँदै