उधौली पर्व आज, किराँत समुदायमा धुमधामसाथ मनाइंदै

काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ। किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा… Continue reading उधौली पर्व आज, किराँत समुदायमा धुमधामसाथ मनाइंदै

आज यःमरी पुन्हि मनाइंदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा… Continue reading आज यःमरी पुन्हि मनाइंदै

क्रिसमस डेमा राष्ट्रपतिले गरे राष्ट्रिय एकताको कामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा शुभकामना दिंदै उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक… Continue reading क्रिसमस डेमा राष्ट्रपतिले गरे राष्ट्रिय एकताको कामना

क्रिसमसमा प्रधानमन्त्रीको शुभकामना : सदभाव बलियो बनाउने विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान… Continue reading क्रिसमसमा प्रधानमन्त्रीको शुभकामना : सदभाव बलियो बनाउने विश्वास

आज क्रिसमस डे, विश्वभर मनाइदैं

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका… Continue reading आज क्रिसमस डे, विश्वभर मनाइदैं

मधेष प्रदेशमा आज बिदा, राम जानकी विवाह महोत्सव मनाइंदै

काठमाडौं । आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ । मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो । त्रेता युगमा… Continue reading मधेष प्रदेशमा आज बिदा, राम जानकी विवाह महोत्सव मनाइंदै

विवाह बन्धनमा बाँधिइन् पूर्वमिस नेपाल श्रृंखला

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । बिहीवार सञ्चार उद्यमी सम्भव सिरोहियासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि साथीभाइ सहभागी छन् । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

मेनुका पौडेललाई भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । इन्डियन आइडलको पछिल्लो श्रृंखलामा मेनुकाले ‘सलार’का लागि गीत गाउने मौका पाएको जानकारी दिइएको हो । ‘सालार’ सिनेमाका लागि गीत गाउने मौका पाउनु आफ्ना लागि जिन्दगीकै टर्निङ पोइन्ट भएको उनले बताएकी छन् । उनको यो पहिलो प्लेब्याक… Continue reading मेनुका पौडेललाई भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी

Photo : THT

काठमाडौं । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका… Continue reading चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी

बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने हललाई कारबाही

काठमाडौं । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौंको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ। प्राप्त सूचनाको आधारमा सोमबार साँझ साढे ६ बजे सुरु भएको चलचित्र चलिरहेको समयमा बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रवि अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी… Continue reading बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने हललाई कारबाही

११ महिनामा भित्रिए सवा ९ लाख पर्यटक

काठमाडौं । नेपालमा सन् २०२३ को ९ महिनाको अवधिमा पर्यटक आगमन ९ लाख नाघेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा कुल ९ लाख १८ हजार ३०८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो दुई महिनायता मासिक १ लाख भन्दा माथि पर्यटक आगमन हुँदा समग्र आगमन संख्यामा उत्साहजनक वृद्धि भएको छ… Continue reading ११ महिनामा भित्रिए सवा ९ लाख पर्यटक

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ्ग पोलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मङ्सिर १२ देखि अष्ट्रेलियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी… Continue reading इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

हङकङ फिल्म फेस्टिवलका लागि नेपाली फिल्म ‘बोजु’ छनोट

काठमाडौं । हङकङका नेपाली युवाले बनाएको फिल्म बोजू हङकङकै फिल्म फेस्टिभल अल अबाउट अस फिल्म फेस्टिभल २०२३ मा छनौट भएको छ । फिरेन्स राईको निर्देशनमा बनेको यो फिल्ममा अंग्रेजी र नेपाली भाषाको प्रयोग गरिएको छ । फिल्ममा नाती र हजुरआमा (बोजू)को सम्बन्धलाई प्रस्तुत गरिएको छ । यो फिल्म निर्माणमा कलाकार विपिन कर्माले मेन्टरिङ गरेका हुन्… Continue reading हङकङ फिल्म फेस्टिवलका लागि नेपाली फिल्म ‘बोजु’ छनोट

जहाज चार्टर्ड गरी चीनबाट १ सय भन्दा बढी खेलाडी पोखरा आउँदै

काठमाडौं । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर ९… Continue reading जहाज चार्टर्ड गरी चीनबाट १ सय भन्दा बढी खेलाडी पोखरा आउँदै

मिस युनिभर्सको उपाधि निकारागुआलाई, नेपाल अन्तिम २० मा

एजेन्सी । मिस युनिभर्स २०२३ को उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन्। एल-साल्भाडोरमा आयोजित भएको कार्यक्रममा ८४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले ुमिस युनिभर्सु को उपाधि जितेकी हुन्। दक्षिण अमेरिकी मुलुकका लागि मिस युनिभर्स टाइटल पहिलोपटक हो । थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भइन् । नेपालबाट प्रतिनिधित्व गरेकी… Continue reading मिस युनिभर्सको उपाधि निकारागुआलाई, नेपाल अन्तिम २० मा

छठको आज दोस्रो दिन, खरना मनाइदै

काठमाडौं । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले… Continue reading छठको आज दोस्रो दिन, खरना मनाइदै

छठ पर्व आजबाट शुरु

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल,… Continue reading छठ पर्व आजबाट शुरु

राष्ट्रपतिले दुई बहिनीको हातबाट टीका थाप्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने भएका छन् । राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरूको हातबाट टीका र आर्शिवाद लिलिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम… Continue reading राष्ट्रपतिले दुई बहिनीको हातबाट टीका थाप्दै

आज भाइटिका, उत्तम साइत कुन?

Photo : The Rising Nepal

काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने… Continue reading आज भाइटिका, उत्तम साइत कुन?

वर्षमा एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिर आज दिनभर खुल्ने

Photo by wondersofnepal.com

काठमाडौं । वर्षको एक दिन भाइटीकामा मात्र खुला हुने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज बिहानै बेलुकीसम्मै खुल्ला हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । दाजुभाइ–दिदीबहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने मन्दिर आज… Continue reading वर्षमा एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिर आज दिनभर खुल्ने

नेपाल संवत आज, म्हः पूजा समेत गरिँदै

काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको… Continue reading नेपाल संवत आज, म्हः पूजा समेत गरिँदै

आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा हुँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ… Continue reading आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा हुँदै

काठमाडौंका चुचुरोलाई एक फन्को मार्दै पुरा भयो ‘मन्जुश्री ट्रेल’

काठमाडौं । काठमाडौंलाई एक फन्को मार्दै पुरुष तर्फ रमेश लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र महिला तर्फ अनिता राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा १७० किलोमिटर पार गर्दै मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करणको उपाधी जित्न सफल भएका छन्। अल्ट्रा ट्रेल रेसमा ३ वर्षदेखि रुचि राख्दै आएका रमेश लिम्बू यस किसिमको रेसमा भने… Continue reading काठमाडौंका चुचुरोलाई एक फन्को मार्दै पुरा भयो ‘मन्जुश्री ट्रेल’

तिहारको तेस्रो दिन आज गाई पूजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध,… Continue reading तिहारको तेस्रो दिन आज गाई पूजा

आज लक्ष्मी पूजा, कुकुर तिहार समेत मनाइंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण… Continue reading आज लक्ष्मी पूजा, कुकुर तिहार समेत मनाइंदै

काठमाडौंमा चार स्थानमा फूलमाला बिक्रि गर्न महानगरले तोक्यो स्थल

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानलाई बिक्रीस्थल तोकेको छ । तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगरका मेयर बालेनले जानकारी दिएका छन् । नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र… Continue reading काठमाडौंमा चार स्थानमा फूलमाला बिक्रि गर्न महानगरले तोक्यो स्थल

सुरु भयो यमपञ्चक, आज कागतिहार

Photo : THT

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए… Continue reading सुरु भयो यमपञ्चक, आज कागतिहार

काठमाडौंका चुचुरो समटिएको १७० किलोमिटर लामो मन्जुश्री ट्रेल रेस हुँदै

काठमाडौं । १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस आयोजना हुने भएको छ । रेस २४–२६ कात्तिकसम्म आयोजना हुने भएको आयोजकले जनाएको छ । ७ वर्ष अघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो । २४ कात्तिकका दिन बिहान ६ बजे काठमाडौंको दहचोकबाट १७० किलोमिटर दौड सुरू हुनेछ । यो लम्बाइको ट्रेल रेस नेपालकै पहिलो र… Continue reading काठमाडौंका चुचुरो समटिएको १७० किलोमिटर लामो मन्जुश्री ट्रेल रेस हुँदै

भाइटिकाको साइत कुन मुलुकमा कति बजे ? (सूचिसहित)

Photo : The Rising Nepal

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ । नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको उत्तम रहेको छ । भारतमा नोभेम्बर १५ को ११ बजेर ५ मिनेट, न्युयोर्क, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर ५५ मिनेट, टेक्सास, अमेरिकामा नोभेम्बर १४… Continue reading भाइटिकाको साइत कुन मुलुकमा कति बजे ? (सूचिसहित)

भाइटीकाको साइत १०:५१ मिनेटमा

काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन साइत हेर्ने… Continue reading भाइटीकाको साइत १०:५१ मिनेटमा