काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ल्याएको पर्यटन पुनरुत्थान कार्ययोजनामा यो कार्यक्रम समेटिएको थियो । काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल गरेका हुन् । मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदा यात्राले पर्यटकहरूको आगमनमा… Continue reading उपत्यकामा रात्रिकालिन सम्पदा यात्रा चलाइंदै
Category: मनोरञ्जन
ऋषि पञ्चमी पूजामार्फत तीजको व्रत समापन गरिँदै
काठमाडौं । आज तीजको अन्तिम दिन, प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका… Continue reading ऋषि पञ्चमी पूजामार्फत तीजको व्रत समापन गरिँदै
नेपाली हिन्दु महिलाहरुको महान चाड तीज आज, महादेवको व्रत बसेर मनाईंदै
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।… Continue reading नेपाली हिन्दु महिलाहरुको महान चाड तीज आज, महादेवको व्रत बसेर मनाईंदै
ओहायो एनआरएन च्याप्टरद्वारा तिज कार्यक्रम भव्यताका साथ सम्पन्न
ओहायो गैर-आवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ओहायो राज्यको कोलम्बस शहरमा अगस्ट-२१,२०२२ एनआरएन च्याप्टरद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रममा स्थानीय नेपाली/नेपाली भाषी हरूको उलेख्य सहभागिता रहेको थियो ।ओहायोका बिभिन्न शहरहरू एक्रोन ,सिनसिनाटी, क्लिभल्याण्ड आदी सहरहरूबाट बिभिन्न पेशा तथा संघसंस्थासँग सम्वद्ध नेपालीहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो। ओहायो… Continue reading ओहायो एनआरएन च्याप्टरद्वारा तिज कार्यक्रम भव्यताका साथ सम्पन्न
हरितालिका तीजको आज पहिलो दिन, घर-घरमा दर खाइदैं
काठमाडौं\रासस । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ ।… Continue reading हरितालिका तीजको आज पहिलो दिन, घर-घरमा दर खाइदैं
न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम
न्युयोर्क हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरको संयोजकत्वमा संयुक्त तीज कार्यक्रम भव्यताका साथ मनाएका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको महिला कोअर्डिनेटर लक्ष्मी थापाको संयोनजमा स्याङ्जा समाज अमेरिका, नेपाली अमेरिकन कलाकार संघ, बागलुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता… Continue reading न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम
आज कुशे औशी, बुबाको मुख हेर्ने दिन
काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व, घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण… Continue reading आज कुशे औशी, बुबाको मुख हेर्ने दिन
न्युयोर्क सहरमा एनआरएनएको संयोजनमा तीज कार्यक्रम हुने
न्युयोर्क नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा संयुक्त तीज मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । यही आउॅदो शनिवार अगष्ट २७, २०२२ का दिन साँझ ६-११ बजेसम्म सत्यनारायण मन्दिरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको संयोजनमा संयुक्त तीज विशेष कार्यक्रम मनाउन लागेको हो… Continue reading न्युयोर्क सहरमा एनआरएनएको संयोजनमा तीज कार्यक्रम हुने
हर्क र बालेनलाई दिपकराजको व्यंग्य: लठ्ठी नै जुधाएर भाँच्यौ भने के टेक्छौ ?
काठमाडौं । तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक निराश बनेका छन् । काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरुबीच घोचपेच र व्यंग्य चलिरहेको छ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरुबीच घोचपेच चलेको हो । ‘काठमाडौंको फोहोर… Continue reading हर्क र बालेनलाई दिपकराजको व्यंग्य: लठ्ठी नै जुधाएर भाँच्यौ भने के टेक्छौ ?
आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाईंदै
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । सरकारले आज सार्वजनिक विदा दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन… Continue reading आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाईंदै
ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा
धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर बुधबार सार्वजनिक विदा घोषणा गरेको छ । ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ । विपत्तीबाट जोगिएको… Continue reading ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा
फिल्म ‘महानगर’को आधिकारिक पोस्टर सार्वजनिक
काठमाडौं । कार्म र मेनुका प्रधान अभिनित फिल्म ‘महानगर’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको फिल्मलाई मोहन राईले निर्देशन गरेका हुन् । महानगर माउन्टेन रिभर फिल्म्सको सहकार्यमा मिडलवे फिल्म्स प्रा.लि.ले निर्माण गरेको हो भने यसको कार्यकारी निर्माता गोविन्द पराजुली तथा निर्माता… Continue reading फिल्म ‘महानगर’को आधिकारिक पोस्टर सार्वजनिक
बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र
तीजको लहर आयो बरी लै… बर्षौदेखि नेपालीहरुको महान चाड हरितालिका तीजको अवसरमा एकछत्र गुन्जने गीत हो यो। तीजका अवसरमा अन्य तीज लक्षित गीतहरु पनि गुन्जिने गर्दछन्। जब तीज नजिकिन थाल्छ, तब यस्ता गीतहरुले आफ्नो मौनता तोडदै गाँउदेखि शहरसम्म सर्वत्र गुन्जिन थाल्छन् । जसले नेपालीहरुमा हर्षोल्लास र उमङ्गको छुट्टै तरङ्ग पैदा गरिदिन्छ । यस वर्ष पनि… Continue reading बोस्टनमा तीज महोत्सव-२०२२ को तयारी तिब्र
रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै
काठमाडौं (रासस) । आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर उल्लासमय वातावरणमा मनाइंदैछ । यस दिन नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाउने गरिन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं… Continue reading रक्षा बन्धन तथा जनै पूर्णिमा, देशभर उल्लासमय वातावरणमा मनाईंदै
आज गाइजात्रा, यस्तो छ मनाउने कारण
काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ । नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान… Continue reading आज गाइजात्रा, यस्तो छ मनाउने कारण
भुवन केसीको नियुक्ति अयोग्य भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुन उनको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा केसीविरुद्ध रिट दायर भएको हो । बोर्डको अध्यक्षमा आवेदन दिएका ७ जनाले केसीविरुद्ध अदालतमा रिट दर्ता गरेका हुन् । रिटमा केसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज… Continue reading भुवन केसीको नियुक्ति अयोग्य भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर
अधिकांश सुटिङ नेपालमा भएको बलिउड चलचित्र उचाईको पोस्टर सार्वजनिक
काठमाडौं । अधिकांश सुटिङ नेपालमा भएको बलिउड चलचित्र ‘उचाई’को टिजर पोस्टर सार्वजनिक भएको छ । यो चलचित्र कात्तिक २५ मा रिलिज हुँदैछ । फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय… Continue reading अधिकांश सुटिङ नेपालमा भएको बलिउड चलचित्र उचाईको पोस्टर सार्वजनिक
महजोडीको महापुरुष कात्तिक १९ बाट प्रदर्शनमा
काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा गरिएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ । एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् ।… Continue reading महजोडीको महापुरुष कात्तिक १९ बाट प्रदर्शनमा
अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन ‘दिवेश पोखरेल’को ‘नेपाल टुर’को मिति तय
काठमाडौं । अर्थर गनको रुपमा चर्चित अमेरिकी आइडलका फाइनलिस्ट दिवेश पोखरेलको पहिलो नेपाल टुरको कन्सर्ट मिति निश्चित भएको छ । अमेरिकन आइडलमा क्रिडेन्स क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन द रेन’ गाएर चर्चामा आएका पोखरेल साउन ३१ गते काठमाडौंमा आइपुग्ने निश्चित भएको हो । उनले सात सहरमा १० वटा कन्सर्ट गर्दैछन् । उनी देशको… Continue reading अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन ‘दिवेश पोखरेल’को ‘नेपाल टुर’को मिति तय
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
काठमाडौं । सरकारले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका हुन् । सोमबार तिलौराकोटको अवलोकन गर्न पगेका मन्त्री श्रेष्ठले तिलौराकोटको सम्वर्द्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी… Continue reading तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
आज नाग पञ्चमी, यस्तो छ महत्व
काठमाडौं (रासस)। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं… Continue reading आज नाग पञ्चमी, यस्तो छ महत्व
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण
काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन्। १० जनाको दरखास्त परेकामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । बुधबार बिहान बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन्। उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए । केहीअघिसम्म नेकपा (एमाले)मा… Continue reading चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण
एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष
काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनी केही महिना अगाडीमात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । केसीसहित अरुणकुमार प्रधान,… Continue reading एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष
अब ललितपुरका चोक-चोकमा साइकल, भाडा तिरेर चलाउन पाइने
ललितपुर । ललितपुर महानगरपालिकाले अब महानगरभित्र ‘सेयर्ड बाइस्कल स्किम’ सुरु गर्ने घोषणा गरेको छ । साइकल लेनको प्रयोग बढाउने र आफ्नै साइकल नहुनेलाई साइकल प्रयोग सक्ने वातावरण बनाउन ललितपुरले साइकल स्ट्यान्ड बनाएर ठाउँ(ठाउँमा भाडामा साइकल राख्न लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार अब चोकचोकमा स्ट्यान्ड बनाएर प्रविधिको प्रयोगबाट भाडा तिर्न सकिने गरी… Continue reading अब ललितपुरका चोक-चोकमा साइकल, भाडा तिरेर चलाउन पाइने
आज साउने संक्रान्ति, साउनभर महादेवको पूजा आरधना गरिँदै
काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज मनाईंदैछ । यस दिन स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर यो चाड मनाउने गरिन्छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि… Continue reading आज साउने संक्रान्ति, साउनभर महादेवको पूजा आरधना गरिँदै
आज बकर इद, देशभर सार्वजनिक बिदा
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस… Continue reading आज बकर इद, देशभर सार्वजनिक बिदा
व्यापक आलोचनापछि बालेनले भने : यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु
काठमाडौं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट र्यापर गायक यमबुद्धको सालिक बनाउने घोषणा गरेका छन् । यसअघि सालिक महानगरपालिकाको बजेटबाट बनाउने निर्णय भएको थियो । यसको व्यापक आलोचना भएपछि मेयर बालेनले सामाजिक संजालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ… Continue reading व्यापक आलोचनापछि बालेनले भने : यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु
अमरनाथ यात्रामा गएकाहरु बाढीको चपेटामा, कम्तिमा १३ जनाको मृत्यु
कश्मीर । भारतको कश्मीर राज्य अमरनाथ गुफानजिकै भीषण वर्षा र त्यसले निम्त्याएको बाढीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । केही मानिसहरु बेपत्ता भएका आशङ्कामा खोजी कार्य भइरहेको छ । बाढी आएका बेला गुफा आसपासमा झन्डै १० हजार मानिस रहेको अनुमान गरिएको छ । त्यहाँ अस्थायी शिविरमा मानिसहरु बसेका थिए । बाढीका बेला मानिसको भागाभाग… Continue reading अमरनाथ यात्रामा गएकाहरु बाढीको चपेटामा, कम्तिमा १३ जनाको मृत्यु
चलचित्र ‘परदेशी २’ को टिजर सार्वजनिक
काठमाडौं । चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी–२’ को टिजर सार्वजनिक गरिएको छ । रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत चलचित्रको टिजरमा शुक्रवार सार्वजनिक गरिएको हो । परदेश पुगेकाहरुको कथा–व्यथालाई प्रस्तुत गरिएको टिजरमा प्रेम, वियोग, संवेदना, द्वन्द्व र गीतको मिश्रण छ । चलचित्रमा दीलिप रायमाझी, केकी अधिकारी, प्रकाश सपुत, वर्षा शिवाकोटीलगायत कलाकार… Continue reading चलचित्र ‘परदेशी २’ को टिजर सार्वजनिक
जलवायु परिवर्तनबारे जनचेतना जगाउन शे-फुक्सुण्डो क्षेत्रमा महिलाले पदयात्रा गर्ने
काठमाडौं । जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरबारे ध्यानाकर्षण गराउन डोल्पाको शे-फुक्सुण्डो क्षेत्रमा पदयात्रा गरिने भएको छ। आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित ६० जना महिलाको समूहले पदयात्रा गर्न लागेका छन्। यो समूहमा विविध क्षेत्रका अगुवा महिलाको सहभागिता रहनेछ। साथसाथै संस्थाले यसअघि मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो। बुधबार भएको… Continue reading जलवायु परिवर्तनबारे जनचेतना जगाउन शे-फुक्सुण्डो क्षेत्रमा महिलाले पदयात्रा गर्ने