कलाकार तथा निर्माता राणा बैंकिङ कसुरमा पक्राउ

काठमाडौं । कलाकार तथा निर्माता शिशिर शमशेर जबरा बैंकिङ कसुरमा पक्राउ परेका छन् । कलाकारितामा सक्रिय उनी आफै पनि निर्माता थिए । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सोमबार बिजुलीबजारबाट पक्राउ गरेको जनाएको छ । राणालाई बैंकिङ कसुरमा उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते दस दिन कैद र ४५ लाख रूपैयाँ विगो जरिवानाको फैसला सुनाएको… Continue reading कलाकार तथा निर्माता राणा बैंकिङ कसुरमा पक्राउ

‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु

काठमाडौं । नेपाल खेलकुद महासंघले ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ नामक अभियान शुरु गरेको छ । तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको शुरुवात गरेको हो। अवका दिनमा खेलकुद संगै उत्पादनमा पनि खेलाडीहरुको सहभागिता र योगदानका लागि शुरु गरिएको सो अभियानको शुभारम्भ नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पुर्व गृहमन्त्रि खगराज… Continue reading ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु

बलिउड अभिनेता आमिर खान दम्पत्तिको भयो डिभोर्स, आमिरको दोस्रो बिहे पनि असफल

मुम्बई । बलिउड अभिनेता आमिर खान र उनकी धर्मपत्नी किरण राव १५ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने निचोडमा पुगेका छन । उनीहरुले एक संयुक्त वयान जारी गरि यस्तो फैसला सार्वजनिक गरेका हुन् । १५ वर्ष अगाडी विवाह गरेका उनीहरुका एक पुत्र छन् । आमिर र किरणले बयानमा सुन्दर १५ वर्ष आफुहरुबीच जीवनभरको अनुभव, खुशी र… Continue reading बलिउड अभिनेता आमिर खान दम्पत्तिको भयो डिभोर्स, आमिरको दोस्रो बिहे पनि असफल

गायक अभय ढुंगेलको नयाँ गीत ‘मार्यो मार्यो’ भिडियो सहित सार्वजनिक

न्युयोर्क अमेरिकाबाट तारन्तार नेपाली संगीत पस्किरहने गायक अभय ढुंगेलको नयाँ गीत ‘मार्यो मार्यो’ म्युजिक भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको छ । आर्टिस्ट नेपालको युटूब च्यानल मार्फत सार्वजनिक गरिएको यो गीतमा फरक स्वाद रहेकोले आम दर्शक श्रोताले माया गर्ने गायक ढुंगेल बताउँछन् । अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा रहेको यो गीतलाई गायक अभय ढुंगेलले… Continue reading गायक अभय ढुंगेलको नयाँ गीत ‘मार्यो मार्यो’ भिडियो सहित सार्वजनिक

यो वर्ष पनि रोपाइँ महोत्सव नमनाइने

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यो वर्ष पनि असार १५ मा पर्ने मनाईने धान दिवस तथा रोपाइँ महोत्सवमा औपचारिक कार्यक्रम नहुने भएको छ । कृषि विभागका अनुसार यस वर्ष हिलो खेल्न तथा मनोरञ्जनात्मक गतिविधिमा रोक लगाइएको हो । कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा धान दिवस मनाउन… Continue reading यो वर्ष पनि रोपाइँ महोत्सव नमनाइने

न्यूयोर्कको क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र छानिए

न्यूयोर्क । दुई नेपाली चलचित्र न्युयोर्कको प्रतिष्ठित क्विन्स वर्ल्ड फिल्म फेस्टिभलका लागि छानिएका छन् । इटालियन फिल्ममेकर सर्जियो बासोद्धारा निर्देशित सरिता, र अमेरिकन फिल्ममेकर इयान स्कटद्धारा निर्देशित बसन्जी, फेस्टिभलमा छानिएका हुन् । मिथिला शर्मा, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको बसन्जी एक थ्रिलर चलचित्र हो । सरिता चलचित्रमा नेपालमा रहेका भुटानी शरणार्थीको कथा समेटिएको छ… Continue reading न्यूयोर्कको क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र छानिए

उत्तर कोरियामा विदेशी चलचित्र, लुगा र भाषाको प्रयोगमा प्रतिवन्ध, बिक्रि गरे मृत्युदण्ड

Photo: AFP/EAST NEWS

सोल । उत्तर कोरियामा विदेशी भाषा, चलचित्र लुगाको प्रयोगमा कडा प्रतिवन्ध लागेको छ । मुलुक भित्र विदेशी संस्कृतिको प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजाय भएको कानुनहरू लागु गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाका नेता किम जोन उनले थप कडा कानुन लागु गरेका हुन् । अब… Continue reading उत्तर कोरियामा विदेशी चलचित्र, लुगा र भाषाको प्रयोगमा प्रतिवन्ध, बिक्रि गरे मृत्युदण्ड

बेलायती पूर्वराजकुमार ह्यारी र मेघनलाई अमेरिकामा पुत्रीलाभ

क्यालिफोर्निया । बेलायती राजपदवी छोडी अमेरिका बसिरहेका पूर्वराजकुमार ह्यारी दम्पत्तिलाई पुत्रीलाभ भएको छ । उनकी पत्नी मेघन मार्कलबाट शुक्रबार पुत्री जन्मिएकी हुन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार क्यालिफोर्नियास्थित एक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम लिली राखिएको छ। यो बेलायती महारानीको उपनाम समेत हो । तर, छोरीको पुरा नाम भने लिलिबेट डायना माउन्टब्याटन… Continue reading बेलायती पूर्वराजकुमार ह्यारी र मेघनलाई अमेरिकामा पुत्रीलाभ

हिमाल आरोहण सकियो, काठमाडौं फर्कदैं आरोहीहरु

file

काठमाडौं । यो सिजनको हिमाल आरोहण अभियान पुरा भएको छ । अघिल्लो सातासम्म अन्तिम पटक सगरमाथा चुचुरोमा पुगेका आरोही समेत अब क्रमशः काठमाडौं फर्कने क्रममा रहेको पर्यटन विभागले जनाएको छ । यो पटक कति आरोहीले हिमालको चुचुरोमा सफल आरोहण गरे भन्ने तथ्यांक गणनाको काम भइरहेको विभागको भनाई छ । यो सिजन अहिलेसम्मकै बढी संख्यामा आरोहण… Continue reading हिमाल आरोहण सकियो, काठमाडौं फर्कदैं आरोहीहरु

जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न तयारी शुरु

काठमाडौं । जनकपुरको चर्चित धार्मिक सम्पदा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्ने तयारी शुरु भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गर्न समिति बनाएका छन् । मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रलाई… Continue reading जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न तयारी शुरु

सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ७४ वर्ष पुरा

File Photo

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ७४ वर्ष पूरा भएको छ। यस दिनको उपलक्ष्यमा आज नेपाल भित्र र विदेशमा समेत सगरमाथा दिवस मनाइंदैछ । न्यूजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले सन्‌ १९५३ मे २९ को दिन सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला राख्दै यो इतिहास कायम गरेका थिए । प्रकृतिमाथि मानिसले… Continue reading सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ७४ वर्ष पुरा

सगरमाथामा जोखिम छैन : विभाग

काठमाडौं । पर्यटन विभागले सगरमाथामा पछिल्लो मौसमले जोखिम उत्पन्न नगरेको स्पष्ट पारेको छ । आरोहणमा पुगेका आरोही र उनीहरुको सहयोगी समेत सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित छन् । उनीहरुमा अहिलेसम्म कुनै जोखिम रहेको जानकारी… Continue reading सगरमाथामा जोखिम छैन : विभाग

आज बुद्ध जयन्ती, औपचारिक कार्यक्रम नहुने

काठमाडौं । बौद्ध धर्मावलम्बीहरुका लागि आज विशेष दिन हो बौद्ध जयन्ती । भगवान गौतम बुद्धको जन्म भएको यो दिन विश्वभर विभिन्न गतिविधिका साथ मनाइन्छ । यस वर्ष २५६५ औं बुद्ध जयन्ती मनाउन थालिएको हो । हरेक वर्ष वैशाख पूर्णिमाको बुद्ध जयन्ती पर्छ । यो वर्ष नेपालमा यस दिन कुनै औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन… Continue reading आज बुद्ध जयन्ती, औपचारिक कार्यक्रम नहुने

हङकङकी आरोहीका नाममा रह्यो सबैभन्दा छिटो सगरमाथा चढ्ने महिलाको कीर्तिमान

Photo : Asia Times

काठमाडौं । हङकङकी आरोही साङ यी हङका नाममा सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम भएको छ । यसअघि यो कीर्तिमान नेपालकी फुन्जो झ्याङ्मु लामाको नाममा थियो । हङकङ ती आरोही शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट हिँडेकी थिइन् । उनी उनी आइतबार दिउँसो ३ बजेर १० मिनेटमा चुचुरो पुगेको… Continue reading हङकङकी आरोहीका नाममा रह्यो सबैभन्दा छिटो सगरमाथा चढ्ने महिलाको कीर्तिमान

एकै दिन १७० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा

file

काठमाडौं । आइतबार एकै दिन १ सय ७० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरेका छन् । जारी सिजनमा यो दोस्रो आरोहण हो । अघिल्लो साताको मौसमपछि आज दोस्रो टोली सगरमाथामा पुगेको हो । सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले गरेको अपडेट अनुसार उक्त संख्यामा आरोही तथा सहयोगीले आज चुचुरो चुम्न सफल… Continue reading एकै दिन १७० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा

ताउ ते चक्रवात र मौसम परिवर्तनको त्रासमा सगरमाथा आरोही

काठमाडौं । सगरमाथा आरोहणको सिजन जारी रहेका कारण अहिले करीव १२ सय आरोही तथा सहयोगी सगरमाथा क्षेत्रमा रहेका छन् । यसमध्ये २ सय हाराहारी आरोही क्याम्प २ मा रहेका छन् । उनीहरु अहिले आरोहणका लागि उपयुक्त मौसमको पर्खाइमा थिए । आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सबै आरोही उपयुक्त मौसम कुरेर बसेका छन्… Continue reading ताउ ते चक्रवात र मौसम परिवर्तनको त्रासमा सगरमाथा आरोही

ताउ ते चक्रवातको प्रभाव रहुन्जेल पर्वतारोहण नगर्न सरकारको आह्वान

काठमाडौं । अरब सागरमा उत्पन्न भएको ताउ ते नामक चक्रवातका कारण भारतको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । भारतका दक्षिणी राज्यहरु बढी प्रभावित बनेका छन् । यसले नेपालमा समेत मौसम प्रतिकुल बनेको छ । सोहीकारण सगरमाथासहित विभिन्न हिमालमा समेत जोखिम बढेको छ । सरकारले मौसम बिग्रिएको यो अवधिमा पर्वतारोहण गतिविधि स्थगित गरि सुरक्षित रहन आह्वान… Continue reading ताउ ते चक्रवातको प्रभाव रहुन्जेल पर्वतारोहण नगर्न सरकारको आह्वान

चीनद्धारा सगरमाथा आरोहणमा अस्थायी रोक

file

काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी प्रतिवन्ध लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएको भन्दै चीनले आफ्नोतर्फबाट हुने आरोहण रोकेको हो । सिन्ह्वाका अनुसार चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरेको उल्लेख गरेको छ । चीनले यो सिजनमा ३८… Continue reading चीनद्धारा सगरमाथा आरोहणमा अस्थायी रोक

आज मुस्लिम समुदायले इदुलफित्र (ईद) पर्व मनाउँदै

काठमाडौं । आज विश्वभरका मुस्लिम समुदायले इदुलफित्र (ईद) पर्व मनाउँदैछन् । नेपालमा समेत यो पर्व मनाइन्छ । रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले ईद पर्व मनाउने गर्छन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बस्ने र सौव्वाल महिनाको पहिलो तारिखमा पर्ने ईद मनाउने प्रचलन रहेको छ । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम… Continue reading आज मुस्लिम समुदायले इदुलफित्र (ईद) पर्व मनाउँदै

आज आमाको मुख हेर्ने दिन , जन्म दिने आमाको सत्कार गरि मनाइँदै

काठमाडौं । आज वैशाखकृष्ण पक्षको औंसी तिथि अर्थात् आमाको मुख हेर्ने दिन नेपाल तथा विदेशमा रहेका नेपालीले आमाको सम्मान र सत्कारसहित पर्व मनाउँदैछन् । जन्मदाता आमालाई सम्मान गरी मिठो खुवाउने, उपहार दिने र आर्शिवाद लिने दिनका रुपमा यो पर्व मनाइन्छ । यस दिन आमालाई मनपर्ने खानेकुरा खुवाइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई… Continue reading आज आमाको मुख हेर्ने दिन , जन्म दिने आमाको सत्कार गरि मनाइँदै

दिवेश अमेरिकन आइडलकाे टप ७ बाटै बाहिरिए

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ७ बाटै बाहिरिएका छन् । सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजाबाट उनी टप ७ बाटै बाहिरिएका हुन्। अमेरिकन आइडलको १८ औं संकरणको उनि उपविजेता बनेका थिए। गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएको छ। उनले पनि सोही अभिप्रायका साथ यस सिजनमा सहभागि जनाएका… Continue reading दिवेश अमेरिकन आइडलकाे टप ७ बाटै बाहिरिए

सिजनको पहिलो टिम पुग्यो सगरमाथा चुचुरो, कामीरिताले चढे २५ औं पटक

file

काठमाडौं । जारी आरोहण सिजनको पहिलोटोली सगरमाथाको चुचुरोमा पुगेको छ । यो सगरमाथाको आरोहणमार्गमा डोरी टाँग्ने शेर्पा विशेषज्ञहरुको टोली हो । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि अब सगरमाथा आरोहणको ढोका खुलेको छ । सेभेन समिट ट्रेक कम्पनीले उल्लेख गरे अनुसार शुक्रबार साँझ ६ बजे एक दर्जन आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ ।… Continue reading सिजनको पहिलो टिम पुग्यो सगरमाथा चुचुरो, कामीरिताले चढे २५ औं पटक

सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

File photo : Seven summit treks pvt

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथामा प्रचारमा आएजस्तो कोरोना नफैलिएका स्पष्ट पारेको छ । बीबीसी, सीएनएनसहितका संचारमाध्यमले सगरमाथामा कोरोना फैलिएको भन्दै प्रचार गरेका थिए । यो समाचारको सरकारले खण्डन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो खबरको खण्डन गर्दै पर्वतारोहीमा कोभिड १९ को संक्रमण व्यापक फैलिएको भन्ने समाचारप्रति ध्यानाकर्षण… Continue reading सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

अप्रिलमा भित्रिए साढे २२ हजार पर्यटक, अमेरिकाबाट मात्र २७४०

काठमाडौं । नेपालमा कोरोना महामारी शुरु भएयता अप्रिल महिनामा सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन् । एकातर्फ पर्वतारोहणको मौसम र अर्कोतर्फ नेपाललाई ट्रान्जिट बनाउँदै भारतीय नागरिक तेस्रो मुलुक उडेका कारण यो महिनामा पर्यटक आगमन बढेको हो । अध्यागमन विभागका अनुसार अप्रिलमा विदेशबाट कुल २२ हजार ४ सय ५० विदेशी नागरिक नेपाल आएका छन् । तथ्यांकअनुसार… Continue reading अप्रिलमा भित्रिए साढे २२ हजार पर्यटक, अमेरिकाबाट मात्र २७४०

इजरायलमा पर्व मनाउने क्रममा भएको भागदौडमा कम्तिमा ३८ मारिए

Photo : EPA\BBC

काठमाडौं । इजरायलमाहासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परि कम्तीमा ३८ जनाको मृतयु भएको छ । बीबीसीका अनुसार उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेको संचारमाध्यमले लेखेका छन् । धेरै भिड भएकाले उद्धार कार्यमा समेत कठिनाइ भएको छ । घटनाको कारण… Continue reading इजरायलमा पर्व मनाउने क्रममा भएको भागदौडमा कम्तिमा ३८ मारिए

गीतकार भरत सिग्देलको स्वदेशगान सार्वजनिक

काठमाडौं लामो समय शिक्षण पेशामा संलग्न साहित्यकार भरत सिग्देलको “मुटुभित्र सीमा दुख्छ” बोलको स्वदेशगान युट्युब मार्फत सार्वजनिक भएको छ।सिग्देलको शब्द-रचना, लोकप्रिय सङ्गीतकार विकास चौधरीको सङ्गीत र युवा गायक विकास लिम्बुको स्वरमा रेकर्ड गरिएको गीतमा मनोज गजुरेल, उत्तम केसी, लय सङ्ग्रौला, रश्मी भट्ट, उदय सुब्बा, सुचित्रा श्रेष्ठ, सुवास मेचे लगायतका प्रतिष्ठित राष्ट्रिय कलाकारहरूले अभिनय गरेका छन्… Continue reading गीतकार भरत सिग्देलको स्वदेशगान सार्वजनिक

निषेधाज्ञाबारे प्रशासनको आदेशमा परिमार्जन, विवाहको गाडीलाई पास नचाहिने

काठमाडौं । बिहीबारबाट लागु हुने गरी जारी गरिएको निषेधाज्ञाको समयमा गर्न पाइने र नपाइने कामको सूचिमा परिमार्जन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि काठमाडौं उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञाको आदेशमा परिमार्जन गरेको जनाएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्याश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश सार्वजनिक गरेका छन् । उनका… Continue reading निषेधाज्ञाबारे प्रशासनको आदेशमा परिमार्जन, विवाहको गाडीलाई पास नचाहिने

कोरोनाका कारण पशुपति दर्शनमा रोक

काठमाडौं । सरकारले पशुपतिनाथ मन्दिर दर्शनमा रोक लगाएको छ । कोभिड१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले वैशाख १० देखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई पुजा र दर्शनमा रोक लगाइएको जनाएको छ । बिहीबार पशुपति क्षेत्र विकास कोषले अत्यन्त जुरूरी सूचना जारी गर्दै वैशाख १० गते देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्‍य पूजाबाहेक… Continue reading कोरोनाका कारण पशुपति दर्शनमा रोक

सगरमाथामा एक दिनमा बढीमा १७० जना सम्म मात्र चुचुरोमा जान पाउने

file

काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा भिडभाड कम गर्न सरकारले आरोहणको संख्या निर्धारण गरेको छ । यसअनुसार अब एक दिनमा बढीमा १ सय ७० जना सम्म आरोहीले चुुचुरो जान सक्ने छन् । पर्यटन विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न भन्दै यस्तो व्यवस्था ल्याएको बताएको छ ।… Continue reading सगरमाथामा एक दिनमा बढीमा १७० जना सम्म मात्र चुचुरोमा जान पाउने

आज रामनवमी पर्व, प्रधानमन्त्रीले बनाउन लगाएका सीतारामका मूर्ति माडीमा राखिँदै

काठमाडौं । आज चैत्र शुक्ल नवमी, हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्र पूजा आरधना गरी मनाउँदैछन् । ‘रामनवमी’का नाममा परिचित यो पर्व देशभरका राम मन्दिरमा श्रद्धापूर्वक पूजा गरि मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतबाट… Continue reading आज रामनवमी पर्व, प्रधानमन्त्रीले बनाउन लगाएका सीतारामका मूर्ति माडीमा राखिँदै