कास्कीको घान्द्रुक जाने योजना थियो ? मंसिरसम्म बन्द

file

काठमाडौं । तपाईले कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुक जाने योजना बनाउनु भएको थियो ? किनकी यसअघि हवाई तथा पर्यटन व्यवसायीले यस गाउँलाई लक्षित गरी प्याकेजहरु बनाएका थिए । तर, गाउँ स्वयमःले भने तत्काल पर्यटकलाई प्रवेश निषेध गरेको छ । कोरोना भाइरस कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश… Continue reading कास्कीको घान्द्रुक जाने योजना थियो ? मंसिरसम्म बन्द

बहराइन रोयल फोर्सबाट मनास्लु हिमाल सफल आरोहण

File photo : Seven summit treks pvt

काठमाडौं । बहराइनका राजकुमारसहितको टोलीले आज नेपालको ८ हजार मिटरभन्दा अग्लो हिमाल गोरखास्थित मनास्लुको सफल आरोहण गरेको छ । कुल १८ जना मध्ये १४ जना आराही बिहान करीव ७ बजे चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागकी निर्देशक मिरा आचार्यले फेसबुकमार्फत यसको पुष्टी गरेकी छिन् । मनास्लु आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृतलाई उदृत… Continue reading बहराइन रोयल फोर्सबाट मनास्लु हिमाल सफल आरोहण

शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने, पूजाआजा बाहेकका गतिविधि बन्द

काठमाडौं । कोरोना जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन्। काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवीलगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन्। दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका… Continue reading शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने, पूजाआजा बाहेकका गतिविधि बन्द

यो वर्ष फुलपातीमा हर्षबढाई नहुने, सांकेतिक रुपमा मनाइने

Pic : Hamropatro

काठमाडौं । दशैंको फुलपातीको दिन नेपाली सेनाले टुडिखेलमा भब्य कार्यक्रम आयोजना गरी र्ष बढाई गर्छ । त्यसक्रममा देशभर शक्तिपिठहरुमा पूजाआजा समेत हुने गर्छ । तर, कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यो वर्षको दशैं साविकमा जस्तै हुने छैन । त्यसकारण फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ । कोभिड–१९… Continue reading यो वर्ष फुलपातीमा हर्षबढाई नहुने, सांकेतिक रुपमा मनाइने

दशैंमा पिङ नहाल्नु, भीडभाड नगर्नु

Source : Hamro patro

काठमाडौं । दशैं भन्नासाथ मनोरन्जनका लागि सार्वजनिक पिङको याद आउँछ । तर, सरकारले यो वर्ष पिङ हालेर सार्वजनिक स्थानमा नखेल्न सर्वसाधारणसँग आह्वान गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै सरकारले यस्तो आह्वान गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको हो । सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड… Continue reading दशैंमा पिङ नहाल्नु, भीडभाड नगर्नु

दशैंको टिका कुन मुलुकमा कति बजे ?

काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालभन्दा बाहिर रहने नेपालीका लागि साइत सार्वजनिक गरको छ । दशैंको टीका लगाउने उत्तम साइत तयार पारेर समितिले बिहीबार सार्वजनिक गरेको हो । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिएका छन् । धेरै नेपालीको बसोबास रहेको… Continue reading दशैंको टिका कुन मुलुकमा कति बजे ?

दशैंलाई जहाजमा टिकट बुक जारी, बसमा अन्यौल

फाइल तस्वीर

काठमाडौं । सरकारले उचित निर्णय लिन नसक्दा यो वर्ष दशैंमा शहरबाट गाउँ फर्कने मानिसमा अन्यौल छाएको छ । कोरोना महामारीका बीच सरकारले हरेक दिन जसो जो जहाँ छ, त्यही बसेर दशैं मनाउन आह्वान गर्छ । तर, वर्षमा एक पटक आउने चाडबाड र महामारीमा अर्को वर्षको अनिश्चितताका बीच धेरैजना भने आफ्नो परिवारकै साथमा बडादशैं मनाउन चाहन्छन्… Continue reading दशैंलाई जहाजमा टिकट बुक जारी, बसमा अन्यौल

हरिवंश आचार्य दम्पत्तिमा कोरोना पुष्टी

काठमाडौं । चर्चित हास्य कलाकार हरिवंश आचार्य र पत्नी रमिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आचार्यले मंगलबार फेसबुकबाट यसको पुष्टी गरेका हुन् । आफूहरुमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गर्दै आचार्यले स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् । ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण… Continue reading हरिवंश आचार्य दम्पत्तिमा कोरोना पुष्टी

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १… Continue reading दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

भारतले खोल्ने भयो सिनेमा हल र शिक्षण संस्था

नयाँ दिल्ली । भारतले अक्टोवर १५ बाट सिनेमा हल, मनोरन्जन स्थल र शिक्षण संस्था खुला गर्ने भएको छ । यससँगै भारतमा जारी लकडाउन समेत समाप्त हुनेछ । किनकी अहिले पनि भारतमा सार्वजनिक यातायात र व्यापार व्यवसाय खुला भइसकेको छ । १५ तारिखदेखि स्कूल र कलेज समेत खुल्ने घोषणा केन्द्र सरकारले गरेको हो । यद्दपी आफ्नो… Continue reading भारतले खोल्ने भयो सिनेमा हल र शिक्षण संस्था

बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

काठमाडौं । नजिकिएको दशैंलाई लक्षित गरी सरकारले बिहीबारबाट सहुलीयतपूर्ण पसल संचालनमा ल्याउने भएको छ । बजारमा अधिक बढिरहेको भाउ नियन्त्रण गर्दै सर्वसाधारणलाई राहत दिने उद्देश्यले सहुलियतपूर्ण पसल संचालन गर्ने निर्णय भएको हो । यसले महंगी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १५ असोजबाट… Continue reading बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

फ्रान्सेली पत्रिका चार्ली हेब्डोमा पुनः आंतकवादी हमला

पेरिस । विश्वचर्चित फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डो पटक पटक आंतकवादीहरुको निशानामा पर्दै आएको छ । यहाँ निरन्तर हमला हुने गरेको छ । यसैक्रममा पुनः पत्रिकोका मुख्यालयमा आक्रमण भएको छ । हमलामा दुईजना गम्भीर घाइते भएका छन् । हमलामा इस्लामिक आतंकवादीको भूमिका रहेको फ्रान्सका गृहमन्त्री जेराल्ड डोरमानिनले बताएका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार… Continue reading फ्रान्सेली पत्रिका चार्ली हेब्डोमा पुनः आंतकवादी हमला

गीतकार दीपा राईको नयाँ गीत दर्शक-श्रोता माझ

न्युयोर्क दीपाको शब्दमा जीवन बोल्दछ । भावना बग्दछ । अनुभूति झल्कन्छ । जब उनका शब्दमाला गीत बनेर गुञ्जन्छ तब संगीत सार्थक लाग्दछ । नेपाली संगीताकाशका सुनौला तारा साहित्यानुरागी दीपा राई पुनको नयाँ गीत “मैले कोरेको चित्रमा…” म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक भएको छ । “मैले कोरेको चित्रमा मेरै प्रितको कथा छ गहिरो धेरै गहिरो… Continue reading गीतकार दीपा राईको नयाँ गीत दर्शक-श्रोता माझ

पशुपति र लुम्बिनी सर्वसाधारणका लागि खुलाउने तयारी

काठमाडौं । सरकारले पशुपति र लुम्बिनी क्षेत्रलाई सर्वसाधारणको दर्शनका लागि खुला गर्ने तयारी गरेको छ । प्रोटोकल बनाइ यी क्षेत्र खुला गर्ने तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । प्रोटोकल बनेपछि यी दुई धार्मिक गन्तब्य खुला गर्ने प्रस्ताव मन्त्रालयले कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा लैजाने भएको छ । सीसीएमसीले निर्णय… Continue reading पशुपति र लुम्बिनी सर्वसाधारणका लागि खुलाउने तयारी

८ कात्तिकबाट क्लिन फिड लागु, विदेशी च्यानल विज्ञापनरहित

काठमाडौं । ८ कात्तिकबाट नेपालमा प्रशारण हुने सबै प्रकारका विदेशी च्यानलको विज्ञापन हट्नेछ । विज्ञापन हटाउन नमिल्ने विदेशी च्यानल भने सरकारले बन्द गराउने छ । सोहीअनुसार तयारी शुरु भएको सूचना तथा संचार प्रविधि मन्त्रालयले जानकारी दिएको छ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ ले ७ कात्तिक २०७७ सम्म विदेशी च्यानल नेपालमा… Continue reading ८ कात्तिकबाट क्लिन फिड लागु, विदेशी च्यानल विज्ञापनरहित

यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै

काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले विभिन्न गन्तब्य भ्रमणका लागि आकर्षक प्याकेज ल्याएको छ । करिब डेढ दर्जन पर्यटकीय प्याकेज ल्याउँदै यतिले आन्तरिक पर्यटकलाई भ्रमणप्रति प्रोत्साहित गर्ने नीति लिएको हो । कम्पनीले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालले प्याकेज सार्वजनिक गरेका… Continue reading यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै

गायिका रोजिना गुरुङको ‘मेरो प्रित तिमीलाई’ भिडियो सहित सार्वजनिक

न्युयोर्क न्युयोर्ककी चिरपरिचित उदयिमान गायिका रोजिना गुरुङले यस पटक आफ्नो प्रितको घोषणा गीत मार्फत गरेकी छिन् । लामो समयदेखि नेपाली संगीत साधनामा तल्लिन गायिका रोजिना गुरुङको अर्को रोमाण्टिक गीत “मेरो प्रित तिमीलाई” म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । नेपालदेखि नै गायनमा अभ्यस्त गायिका गुरुङले प्रबासमा रहँदा समेत गायनमा निरन्तरता दिंदै आएकी छिन् । नेपालमा छँदा… Continue reading गायिका रोजिना गुरुङको ‘मेरो प्रित तिमीलाई’ भिडियो सहित सार्वजनिक

सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?

काठमाडौं । ६ महिना लामो उडान प्रतिवन्धपछि सोमबारबाट नेपालमा आन्तरिक हवाई सेवाले उडान थाल्दैछन् । यसका लागि सम्पूर्ण तयारी पुरा भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । नेपालमा १० चैतबाट आन्तरिक उडान बन्द भएको हो । अब हवाई यात्रामा यात्रुले केही कठिनाई भोग्नु पर्नेछ भने समय पनि केही लामो हुनेछ । किनकी अब हवाई… Continue reading सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?

रानीपोखरीमा ३ करोड लिटर पानी हालिने

काठमाडौं । रानीपोखरी अब सामान्य अवस्थामा फर्कन थालिसकेको छ । भुकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएसँगै रानीपोखरी ५ वर्षपछि पुनः भरिन लागेको हो । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भर्न थालेको हो । विसं २०७२ सालको भूकम्पले क्षति गरेको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले… Continue reading रानीपोखरीमा ३ करोड लिटर पानी हालिने

आधा मात्र यात्रु राखेर बिहीबारबाट चल्ने भयो चन्द्रागिरि केवलकार

काठमाडौं । चन्द्रागिति केवलकार बिहीबारबाट सूचारु हुने भएको छ । यो केवलकार ६ महिनादेखि बन्द थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले सबै गतिविधि बन्द गरेका कारण चन्द्रागिरि केबलकार समेत बन्द भएको हो । केवलकारमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) र स्वास्थ्य तथा… Continue reading आधा मात्र यात्रु राखेर बिहीबारबाट चल्ने भयो चन्द्रागिरि केवलकार

स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति’

काठमाडौं । नेपाली साहित्यका युगपुरुष राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति पैले हो की , मेरो प्रीति पैले’ गीत सार्वजनिक भएको छ । राष्ट्रकवि घिमिरेले रचना गरेका गीत चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको संगितमा नयाँ भर्सनमा नयाँ कलाकारको साथ बजारमा आएको हो । रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको गीतमा प्रविन बेडवाल… Continue reading स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति’

अन्ततः सहमति मै भयो ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्रा

ललितपुर । गत चैतमै सक्नु पर्ने मत्स्येन्द्रनाथको रथयात्रा कोरोना भाइरसको संक्रमणका बीच पर सर्दै आएको थियो । प्रशासनको अवरोध र स्थानीयको जसरी पनि रथयात्रा गर्नुपर्ने अडानका बीच बिहीबार यहाँ अप्रिय घटना पनि भयो । प्रहरी र स्थानीय युवा घाइते भए । यो सबै घटनापछि अन्ततः सहमति मै आइतबार रथयात्रा सम्पन्न भएको छ । काठमाडौं उपत्यकामा… Continue reading अन्ततः सहमति मै भयो ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्रा

सुशान्त सिंह सुसाइड प्रकरण : प्रेमिकाका भाईसहित चार पक्राउ

नयाँ दिल्ली । भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या केवल आत्महत्या नभएको भन्दै परिवारले अनुसन्धान अगाडी बढाउन दवाव दिएसँगै यतिबेला भारतीय प्रहरी उनको मृत्युको कारण पछाडीका रहस्यहरु खोज्न लागि परेको छ । सोही क्रममा यस प्रकरणसँग जोडिएका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती समेत छन् ।… Continue reading सुशान्त सिंह सुसाइड प्रकरण : प्रेमिकाका भाईसहित चार पक्राउ

रथ तान्ने विषयमा सहमति, छोटो विधि अपनाइने

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर विहीबार दिनभर ललितपुर तनावग्रस्त रह्यो । मौलिक संस्कृति मनाउने सन्दर्भमा लामो समयदेखि रोक लागेपछि स्थानीय युवा आक्रोसित बनेका थिए । अब भने जात्रा छोटो विधिबाट सम्पन्न गर्ने विषयमा सहमति जुटेको छ । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार साँझ बसेको बैठकमा सहमति जुटेको हो… Continue reading रथ तान्ने विषयमा सहमति, छोटो विधि अपनाइने

आज इन्द्रजात्रा, काठमाडौंमा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा मनाइदैछ । यस दिनको उपलक्ष्यमा सरकारले उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ । वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरी यो पर्व मनाउने गरिएको छ । यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले धुमधामका साथ मनाउने गरेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका… Continue reading आज इन्द्रजात्रा, काठमाडौंमा सार्वजनिक बिदा

गायक महत दम्पत्तिले जिते कोरोना

पेनसेलभेनिया । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्तिले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुमा ७ अगस्टमा कोरोना पुष्टी भएको थियो । आफु र पत्नी कविता महत कोरोनाबाट मुक्त भएको महतले जानकारी गराएका छन् । महतले श्विभर रहेका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले दिएको हिम्मतका कारण नै घातक… Continue reading गायक महत दम्पत्तिले जिते कोरोना

सज्जा चौलागाईले जितिन् नेपाल आइडल सिजन थ्री उपाधी

काठमाडौं । नेपाल आइडल सिजन थ्री सज्जा चौलागाईंको पाल्टामा परेकोछ । शुक्रबार राति सम्पन्न फाइनलमा मोरङकी सज्जाले दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बन्न सफल भएकी हुन् । दर्शकको भोटका आधारमा सज्जा विजेता भएको आयोजकको भनाई छ । सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । प्रतिस्पर्धी प्रवीण बेडवाल फर्स्ट रनर अप बने । उनले १०… Continue reading सज्जा चौलागाईले जितिन् नेपाल आइडल सिजन थ्री उपाधी

पेरुमा नाइट क्लवमा प्रहरी पुग्दा भागदौड, १३ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच पेरूमा नाइट क्लव बन्द गरिएका छन् । तर, आदेश विपरित संचालनमा रहेको एक नाइट क्लवमा छापा मार्न प्रहरी पुग्दा भने भागाभाग भएको छ । यो घटनामा १३ को ज्यान गइसकेको र कैयौं घाइते रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको… Continue reading पेरुमा नाइट क्लवमा प्रहरी पुग्दा भागदौड, १३ को मृत्यु

आज हरितालिका तीज, शिवालयमा दर्शन गर्न भने नपाइने

काठमाडौं । आज नेपालसहित विश्वभर हरितालिका तीज मनाइदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाउने गरिन्छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । तर, आज शिवालयमा भेला भई दर्शन गर्न र नाचगान गर्न भने पाइदैन… Continue reading आज हरितालिका तीज, शिवालयमा दर्शन गर्न भने नपाइने

आज दर खाने दिन, घर बाहिर जान भने नपाइने

काठमाडौं । आज तीजको दर खाने दिन । तीजको अघिल्लो दिन माइती आएका दिदीबहिनीलाई दाजुभाईले मिठो मसिनो पकाएर खुवाउने प्रचलन रहेको छ । हरितालिका तीजको दिन व्रत बस्ने महिलाले आज भने राती १२ बजेसम्म नै मिठा परिकार खाएर बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न… Continue reading आज दर खाने दिन, घर बाहिर जान भने नपाइने