Category: मनोरञ्जन

  • महिलाहरुको महान पर्व तीज आज, महादेवको व्रत र पूजा गरिँदै

    महिलाहरुको महान पर्व तीज आज, महादेवको व्रत र पूजा गरिँदै

    काठमाडौं । नेपाली हिुन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आज देश तथा विदेशमा रहेका नेपालीले मनाउँदैछन् । नेपाली महिलाले भगवान महादेवको पूजा आराधना तथा निराहार व्रत बसी यो पर्व मनाउने प्रचलन रहेको छ । यस दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गर्दा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अघिल्लो दिन राति दर खाएर महिलाहरुले आज निराहार व्रत राख्छन् । तीजको दिन शिव पार्वतीको पूजा आरधनासँगै नाचगान समेत हुने गर्छ ।

    आज साविकमा जस्तै पशुपतिनाथ मन्दीर परिसरमा दर्शन गर्न पाइने छैन । तर, सामुहिक रुपमा भेला भई नाचगान र रमाइलो गर्न भने छूट छ । सत्ययुगमा आजको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वास छ । अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको बताइन्छ ।

    दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजमा महिलालाई सार्वजनिक बिदा हुन्छ ।

  • तीजको दर खाने दिन आज, चेलीहरु पुग्नेछन् माइतीमा

    तीजको दर खाने दिन आज, चेलीहरु पुग्नेछन् माइतीमा

    काठमाडौं । महिलाहरुको महान चाड हरितालिका तीज बिहीबार परेको छ । त्यसको अघिल्लो दिन आज दर खाने दिनका रुपमा मनाइदैछ । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने गरिनछ । दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गरिन्छ । आज बिहे गरेर गएका चेली आज माइतीमा फर्कने छन् । आज दर खाएर चेलीहरु तीजको दिन निराहार व्रत बस्छन् । सो दिन शक्ति प्राप्त होस भनी अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिएको हो ।

    सामान्यताय आज तीजको दर खाने गरिए पनि शहर बजारमा भने एक महिना अगाडीबाटै तीजका कार्यक्रम राख्ने फेसन शुरु भएको छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाइन्छ ।

  • अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

    अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

    पुष्कर बराल, न्यूयोर्क

    उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औं महाधिवेशन सम्पन्न भएको छ।
    न्युयोर्कको क्विन्समा सम्पन भएको महधिवेशनले आगामी नयॉ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छन। हिजो न्यूयोर्कमा सम्पन्न संघको अधिबशनबाट निसा सुनार अध्यक्षमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् | यो कार्य समितिको कार्यकाल २ बर्षको रहने समितिले जनाएको छ ।
    १७ सदसिय कार्यसमितीमा प्रमुख संरक्षक अभए ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । ३ जनाको निर्वाचन समिति रहेको निर्वाचन समितिमा समाजसेवी जिपिके फ़ाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे , तमु परिवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी बिष्णु राना मगर थिए । निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उमेद्वार दर्ता गर्न ३० मिनेट र उमेद्वारी दिन र फिर्ता गर्न दिईएको समय ५ मिनेटको समयमा सबै पदहरुको लागी पद सँख्या बराबर मात्रा उमेद्वारी परेको हुँदा उमेद्वारी दिनुहुने सबैजना निर्विरोध तथा स-सम्मातित रुपमा विजयी हुनुभएको घोषणा गर्नु भएको थियो ।

    कार्यक्रमका प्रमुख अथिति न्युयोर्कका कार्यवहाक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम तथा बिशेष अथिति फिप्नाका अध्यक्ष लोक चेम्जोङ, पर्यवेक्षक केशबराम राईको संम्योजकत्वमा समाजसेवी नवराज केसी गोमा योन्जन, सुमन टि लिम्बु रहेका थिए । सोहि असररमा नवनिर्वाचित पधादिकारीहरुलाई आ-आफ्नो पदको सपथग्रहण प्रमुख निर्वाचन आयुक्तद्वारा गरिएको थियो ।

    नव निर्वाचित कार्यसमितिमा अध्यक्ष-निसा सुनार, वरिष्ठ उपाध्यक्ष-बसन्ती राई , उपाध्यक्ष-बिमल डॉगी, उपाध्यक्ष-बिक्की पुलामी मगर, उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव-संगीता थापा मगर, सचिव-मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष-पुजा न्यौपाने, र समितिको बोर्ड सदस्यहरुमा नविन श्रेष्ठ, चिनिया लाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन् ।

    अधिवेशन कार्यक्रममा न्युयोर्कका समाजसेवि साहित्यकार पत्रकार कलाकर्मी र बिभिन्न संघसंस्थाका प्रतिनिघिहरुको उपस्थिति थियो ।
    नेपाली अमेरिकी कालाकार सँघले अहिलेको जस्तो बिसम परिस्थितिमा पनि सबैलाई उदाहरण प्रस्तुत गर्दै हामी नेपाली भनेको कर्ममा विश्वास गर्ने फ़ुटेर होईन जुटेर अघि बढ्नु पर्दछ भन्दै हामीले प्रजातांत्रिक पद्धतिबाट कर्मको विश्वास गर्दै न कुनै भोटिङ् न कुनै बिबाद न कुनै गुट उप-गुट, बिना नयाँ कार्यसमिति गठन गरेकोमा यसले सबैमा एउटा गतिलो पाठ सिक्न मद्दत गर्नेछ र आजको हाम्रो आवश्यकता पनि हो भन्ने कलाकारहरुले संदेश दिएका छन् ।

  • काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु

    काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु

    काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक सम्पदा बसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । अब छानो छाउने काम सुरु गरिएको हो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण गरि छानो राख्न थालिएको हो ।

    सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई उदृत गर्दै राससले लेखेको छ । उनका अनुसारकाष्ठमण्डप सम्पदाको पुनःनिर्माणको काम निरन्तर छ । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर काष्ठमण्डपको पुनःनिर्माण हुने उनले बताएका छन् ।

    काष्ठमण्डप सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वका लागि नमूना भएको उनले बताए । काष्ठमण्डप सम्पदा पुनःनिर्माणका लागि हालसम्म रु ११ करोड ५० लाख खर्च भएको छ । काठैकाठको प्रयोग, झिङ्गटीका छाना, चारकुने इँटाका गरा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ ।

  • आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

    आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

    काठमाडौं । हिन्दु धर्मावलम्बीहरु बुबालाई भगवानको रुपमा सम्मान गर्छन् । बुबालाई सम्मान प्रकट गर्ने दिनका रुपमा आज नेपाल तथा विदेशमा कुशे औंशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसीका दिन देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने प्रचलन रहेको छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राखेमा परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । आज छोराछोरीले आआफ्ना बुबालाई मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने प्रचलन रहेको छ । बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्छ ।

  • बेलायती महारानीले  राजा महेन्द्रलाई दिएको बग्गी सार्वजनिक प्रदर्शनीमा

    बेलायती महारानीले राजा महेन्द्रलाई दिएको बग्गी सार्वजनिक प्रदर्शनीमा

    काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिएको सुनौली बग्गी अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । यो बग्गी तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गर्न ल्याइएको थियो । नारायणहिटी दरबार सङ्ग्रहालयमा सोमबार बग्गीको औपचारिक सार्वजनिकीकरण गरियो । अब संग्रहालय घुम्न जानेहरुले यो बग्गी हेर्न सक्ने छन् । यसअघि हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको कार समेत प्रदर्शनीमा राखिएको छ ।

    महारानी पहिलो पटक २०१६ सालमा नेपाल भ्रमणमा आउँदा बग्गी समेत साथमा ल्याएको इतिहास छ । २०३१ साल फागुन १२ गते राजा वीरेन्द्रको राज्याभिषेकका बेला पहिलो पटक बग्गी प्रयोग गरिएको थियो । २०४२ सालमा बेलायतकी महारानी पुनः नेपाल भ्रमणमा आउँदा यसै बग्गीमा राखेर उनको अभिनन्दन गरिएको थियो । उनलाइर्ए वसन्तपुरदेखि नारायणहिटी दरबारसम्म सोही बग्गीमा राखेर ल्याइएको थियो । यस्तो बग्गी संसारमा दुई वटा मात्र रहेको र एउटा बेलायतको बकिङ्घम दरबारमा मात्र रहेको समेत बताइएको छ । जहाँ महारानी अहिले पनि बस्ने गर्छिन् ।

  • महान् पर्व तीज र यसको महत्व

    महान् पर्व तीज र यसको महत्व

    सुरेशराज पौडेल
    (उप. प्राध्यापक)
    वाल्मीकि विद्यापीठ , काठमाडौं

    हाम्रा वैदिक सनातन धर्ममा विभिन्न धार्मिक अनुशासनका कुराहरु सिकाइएको छ । नैतिक मूल्य सदाचार ,सद्विचार , जप, तप , योग ध्यान , इन्द्रिय निग्रह खानपान व्रत, उत्सव उपासन, पूजापाठजस्ता मानव जीवनमा आवश्यक पर्ने आत्मिक र सामाजिक ज्ञानको प्रवाह हाम्रा शास्त्र र धर्मले दिएका छन् । वर्षभरि पर्ने विभिन्न चाड, व्रत, उत्सव, उपसना र उपवास हाम्रा प्राण हुन् । साथै यी कुराहरु हाम्रो संस्कृति बनेर जनजन र मनमनमा रहेका छन् । नेपाल र भारतलगायत जुन जुन ठाउँमा नेपालीहरुको बासेबास रहेको छ ती ती ठाउँमा सनातन धर्म र संस्कार पुगेको छ । सबै सनातन धर्मावलम्बीहरुले उल्लासका साथ यी पर्वहरु मनाउँदै आएका छन् । यिनै तमाम हाम्रा धर्म र संस्कारहरूमध्येको एक महत्वपूर्ण चाडका रुपमा प्रचलित तिज नारीप्रधान चाड हो । प्रत्येक वर्षको वर्षा ऋतुमा पर्ने भाद्र शुक्ल द्वितीया देखि पञ्चमीसम्मका ४ दिनलाई तिजपर्वका रुपमा धुमधामसँग मनाइन्छ । तिज के हो र यसको महत्व के हो भन्ने विषयमा यो लेखमा छोटो र सान्दर्भिक विवेचना गरिन्छ ।

    तिज भन्नाले नारीहरुले आफ्नो सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्मपराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने भाद्र शुक्ल तृतीयालाई बुझिन्छ । यस दिनलाई हरितालिका पनि भनिन्छ । तथापि नेपाली समाजमा दर खाने दिन अर्थात् भाद्र शुक्ल द्वितीयादेखि पञ्चमी सम्मका दिनलाई बोलिचालीमा तिज भनेर बुझिन्छ । तिजको पहिलो दिन अर्थात द्वितीयाका दिन आधारात पछि नारीहरुले आफ्नो माइतीघर र आफन्त इष्टमिमत्रहरुका घरमा गई उनीहरुले पकाएको , आत्मीय प्रेमले भरिपूर्ण भएको मीठो खाना अर्थात दर खाने चलन छ । दर भन्नाले विशेष प्रकारको दरिलो र आडिलो खाना भन्ने बुझिन्छ । यस खानामा घ्यू राखेर बनाएको लट्टे, खिर, ढकनि र विभिन्न तरकारीहरु पर्दछन् । भोलिपल्ट अर्थात तृतीयाका दिनभर उपवास बस्नुपर्ने भएकोले अघिल्लो रात त्यस्तै आडिलो खाना वा दर खाने गरिन्छ । यसरी दर खाएपछि भोली दिनभर केही पनि खाना पर्दैन र अघिल्लो दिन खाएको खानाका कारणबाट शरीरमा हुन सक्ने अफ्ठ्यारोलाई व्रतका प्रभावले शरीरलाई आाराम पनि हुन जान्छ । दर खाने दिनमा टाढा वा नजिक भएका आफ्ना दिदी बहिनी , फुपू , सानिआमा, ठुलीआमालाई बोलाएर माइतीघरको भान्सामा हाँस्दै रमाउँदै दर खाइन्छ र आँगनमा आएर गीतका भाकामा आफूले भोगेको पीडालाई अभिव्यक्त गरिन्छ । यस्ता गीतलाई तिज गीत भनिन्छ । यस पर्वले टाढिएका मनलाई आफन्तसँग जोड्ने गर्दछ र साामजिक प्राणी भई दुःख सुखमा बाँच्न सिकाउँछ । त्यसैले यो चाडलाई सामाजिक सद्भावको र मिलनको चाडका रुपमा लिन सकिन्छ ।

    सकेसम्म हस्ता नक्षत्रले युक्त चतुर्थी वा चतुर्थी तिथिले जतिखेर तृतीया स्पर्श गरेको हुन्छ त्यही भाद्र शुक्ल तृतीयालाई हरितालिका वा तिज भनिन्छ ।त्यसदिनमा विहान सबेरै उठेर सबै दिदीबहिनी एक आपसमा शिवपार्वतीको गुणगान गर्दै नदी किनार , खोला , कुवा , धारा आदिमा गएर दतिवनले दात माझेर, अमलाको बोक्रा, माटो र खरानी दलेर स्नान गर्ने गर्दछन् । त्यसपछि घरमा आई नयाँ तथा सौभाग्य झल्किने राता कपडा, सिन्दूर, चुरा, पोते पहिरेर शिव मन्दिर, खुल्ला चौर, नदी किनार वा अन्य मन्दिर र पवित्र स्थानमा गएर यज्ञमण्डप निर्माण गरेर बालुवाको गौरीसहित शिवलिङ्ग बनाएर आफ्नो कूल परम्पराअनुसार गृहसूत्रका विधिले प्राणप्रतिष्ठा गरेर सङ्कल्पपूर्वक यथाशक्य सङ्कलन गरिएका सामग्रीहरूले श्रद्धापूर्वक पूजा गरिन्छ । पूजापश्चात नाचगान गरेर रातभर जाग्राम बसिन्छ । यसरी व्रत बसेर पूजा गर्नाले आफ्नो पतिको आयु र आरोग्य बढ्छ । साथै आफ्ना सन्ततिको प्रगति र उन्नति हुन्छ र आफ्नो पनि सम्वृद्धि बढ्दछ भन्ने विश्वास गरिन्छ । यस दिन महिलाहरू दिनभर निराहार बस्छन् र चतुर्थीले छोएको तृतीयाको पवित्र समयमा पूजा गरेपछि आफ्नो पतिबाट आशीर्वाद लिन्छन् ।

    हरितालिका तिजको व्रतको बारेमा पौराणिक कथा सुन्ने चलन छ । तृतीयाकै दिन गौरी र शिवको पूजा गरेपछि हरितालिका व्रतकथा श्रवण गरिन्छ । जसअनुसार भगवानले शिवलाई आफ्नी प्राण प्यारी पार्वतीले कुन दान , व्रत र धर्म गर्नाले अनादिअनन्त हजुरजस्तो परममेश्वरलाई पाएँ त्यो सबै बिस्तारपूर्वक सुन्न चाहन्छु भन्दा शिवजी स्वय‌ंले पार्वतीलाई सबै वृतान्त सुनाउनुहुन्छ । हिमालय पर्वतको छोरीका रुपमा जन्मिएकी पार्वतीले अघिल्लो जन्ममा दक्षप्रजापतिकी छोरी सतीदेवीको रुप धारण गरेर जन्मे पनि आफ्ना पिता दक्षले शिवको निन्दा गरेको सुनेर यज्ञ कुण्डमा शिव शिव भन्दै हामफालेर प्राण त्याग गरेकी थिइन् । त्यस जन्ममा शिवसँग यथायोग्य काल सतीले जिउन पाइनन् । अर्को जन्म शिवकै अर्धाङ्गिनी भएर जन्मन पाऊँ भन्ने उनको अन्तिम इच्छा थियो । सोही अनुसार हिमालय पर्वत र मेनकाका गर्भबाट उनको जन्म भएको थियो । बालककालदेखि नै शिवलाई नै पति पाऊँ भनी पार्वतीले घोर तपस्या गरेकी थिइन् । त्यसैले दिव्य बाह्र वर्षसम्म अधोमुख गरी धुवाँ पान गरेर तपस्या गरिन् । ६४ वर्षसम्म सुकेको घाँस पात खाएर तपस्या गरिन् । यस्तो देखेर हिमालय पर्वत अत्यन्त दुःखी भए । यी कन्या म कसलाई दिऊँ भन्ने सोचेको बखतमा भगवान् विष्णुले नारदलाई पार्वती विवाह गर्ने कुरा लिएर आएपछि हिमालय अत्यन्त खुसी भए र भने, “भगवान् वासुदेव स्वयं मेरो पुत्री हात माग्न आउनुहुन्छ भने छोरी दिन तयार छु ।” यो कुरा नारदले भगवान् विष्णुलाई सुनाए ।

    योग्यं योग्याय दातव्यं कन्यारत्नमिदं त्वया ।।
    वसुदेव समाेनास्ति व्रह्मविष्णुशिवादिषु ।।

    (भविष्योत्तर पुराण)

    पिता हिमालयका कुरा सुनेर आफ्ना पितामातालाई पनि थाहै नदिई हिंस्रक सिंह , बाघहरू भएको अनकन्टार वनमा लुकिन् । आफ्ना साथीहरुले किन यस्तो गरेकी भनेर सोध्दा मैले अघिल्लो जन्ममा नै आउने जन्ममा शिवलाई पति पाऊँ भनेर संकल्प गरेकी थिएँ । अहिले मेरा मातापिताले भगवान् विष्णुलाई विवाह गरेर दिने कुरा गरेकाले म लुक्न आएकी हुँ भनेपछि साथीहरुले सबै कुरा बुझेर हामी तिमीलाई कसैले पनि नदेख्ने र नभेट्ने ठाउँमा लगेर लुकाउँछौँ भनी लुकाउन लगे । सखी अर्थात् आलिहरुले हरित अर्थात् हरण गरेर लगेका अवस्थामा पार्वतीले व्रत गरी शिवको पूजा गरेको हुनाले यसै दिनलाई हरितालिका भनिएको हो र आज सम्म पनि यस दिनलाई हरितालिका तिज भनेर व्रत उपासना र शिवको पूजा गर्ने गरिन्छ ।

    नामस्य व्रतराजस्य श्रृणु देवि ! यथाभवम् ।
    आलिभिर्हरिता यस्मात्तस्मात्त्सा हरितालिका ।।

    (भविष्येत्तोरपुराण हरितालिका व्रत कथा ५२)

    यो पर्व आविवाहित नारीहरुले असल पति पाउनका लागि व्रत गर्नुपर्छ भन्ने बुझिन्छ भने विवाहित महिलाहरू आफ्ना पतिको दयालु स्वभाव र लामो तथा आफ्ना सन्ततिको उत्तरोत्तर प्रगति र दीर्घ आयु होओस् भन्ने कामनाले व्रत गर्दछन् । यसले पति र पत्नीबीचको सुमधुर सम्बन्ध कायम गर्दछ साथै सन्ततिहरू असल मार्गमा हिँड्दछन् भन्ने मान्यताले महिलाहरु यो व्रत र उपासना गर्ने गर्दछन् । तिज वा हरितालिका व्रत आफैमा अत्यन्त शुद्ध पवित्र चाड हो। आजकाल यस चाडलाई मानिसहरुले नै भड्किलो बनाएको देखिन्छ । र तिजलाइ बदनाम गर्ने काम पनि भइरहेका छन् । हिन्दु धर्ममा रहेको तिज त्यसमाथि कतिपय धर्म विरोधी चरित्र भएका मानिसहरूले यो चाडलाई बहिष्कार गर्ने र नकारात्मक भाव फैलाउने गरेको देखिन्छ । पुरुषका निम्ति महिला व्रत किन बस्नु भन्नेजस्ता कुराहरू आजकल बजारमा सुनिन्छन् । यसरी शास्त्रीय महत्वको तिज र हरितालिकाको गीतलाई नबुझ्नेहरूलाई एक पटक शास्त्र पढ्न पनि अनुरोध गरिन्छ । आफ्नो पति पत्नीबीच सुमधुर सम्वन्ध कायम राख्न पतिले आफ्नी पत्नीलाई पनि सदा खुसी राख्नु , मिष्ठान्न भोजन , मीठो बोली, सत्कार सम्मान गर्नु , गाली नगर्नु, अलंकार आदिले सदा भरिपूर्ण बनाउनु साथै पत्नीले युक्त भएर हरितालिकाको व्रत र पूजा गर्दा पतिलाई अझै राम्रो हुने कुरा शास्त्रहरूमा वर्णन गरिएको छ ।

    आलापैः सरसैः नित्यं तोषयेत् तां शपेन्न च ।
    भोजनाच्छादनैर्वस्त्रं भूषणाद्यैः निजस्त्रीयाम् ।।
    (स्कन्दपुराण)

    भने सदाचारले युक्त कुलीन घरानकी छोरी विवाहित भएर आफ्नो पतिको घरमा गएर पनि सोही किसिमका आचरणहरू गर्दछिन् । पत्नी नै घरकी देवी, घरकी संरक्षक र सिर्जना भर्ने शक्ति भएकोले आफ्नो पतिलाई आरोग्य , सदाचारी र ऐश्वर्यवान् बनाउन नारीको ठूलो भूमिका हुन्छ । त्यसैले जमाना फेरियो भन्दैमा घर बिगार्ने काम गर्नुहुँदैन । आफूलाई पति र पत्नीप्रति श्रद्धा छ भने पतिका गोडाको जल खानु अनुचित होइन, यसले समाज र घर बिगार्दैन । समाजमा नचाहिने कुरा गरेर महिलालाई उचालेर पुरुषभन्दा के कम भन्ने मानिसहरूबाट सिकेर समाज आज बडो दुर्दशामा पुगेको छ । पति, पत्नीको वशमा छैनन् , पत्नी पतिको वशमा छैनन् जसले गर्दा समाजमा विकृतिको भयानक जालो फैलिँदै गएको कुरा आजकाल प्रत्येक दिन सामाजिक सञ्जाल र सञ्चार मामध्यमबाट सुनिँदै र देखिँदै आइएको छ ।
    यसरी तिज हाम्रो परमपरागत पौराणिक र सांस्कृतिक पर्व भएकाले शास्त्रले बताएअनुसार विधिपूर्वक यसको उपसना र व्रत गर्नाले घर, समाज र राष्ट्रलाई राम्रो असर छाड्न सक्छ । यो पर्वमा धुमधाम खर्च गर, देखावटी गर, नभएको पनि जसरी तसरी मनाऊ भनेर शास्त्रले भनेको छैन । श्रद्धा , आस्था र विश्वास नै यस चाडको मौलिक तत्त्व हो । यस पर्वलाई श्रद्धा र विश्वासले युक्त भएर व्रत, उपासना र पूजा गर्नुपर्दछ भन्ने मूल आशय हो ।

  • दुई दर्जन चलचित्र प्रदर्शनका लागि तयार, कहिले हुन्छ प्रदर्शन ?

    दुई दर्जन चलचित्र प्रदर्शनका लागि तयार, कहिले हुन्छ प्रदर्शन ?

    काठमाडौं । नेपालमा करीव डेढ वर्षपछि चलचित्र हल खुलेका छन् । अर्थातः अब चलचित्र हल संचालक र निर्माताले फिल्म रिलिज हलमा पुगेर गर्न सक्छन् । तर, यसका लागि स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्छ । सरकारले अनुमति दिए पनि निर्माता र संचालक तत्काल फिल्म ल्याइहाल्ने मुडमा भने छैनन् । अहिले पनि मानिसहरुमा त्रास बाँकी छ । सोहीकारण धेरैको कुराई दशैं र तिहारजस्ता चाडबाड र लामो बिदाको समयलाई मौकाका रुपमा हेर्न सक्ने हुन सक्छ ।

    चलचित्र निर्माताहरुका अनुसार अहिले करीव २ दर्जन चलचित्र निर्माण सम्पन्न भई प्रदर्शनको तयारीमा रहेका छन् । अर्कोतर्फ बन्द रहेका हलको व्यवस्थापन र सरसफाइमा समेत केही समय लाग्ने भएको छ । यसले गर्दा कम्तिमा एक महिना अझै पनि हलमा पुगेर चलचित्र हेर्न पाउने सम्भावना कम छ ।

    नेपाल चलचित्र संघका अनुसार हल सुरक्षित बनाउने र दर्शकको मनोवैज्ञानिक त्रास हटाउने गरि काम गरिने छ । यसअघि शुक्रबार चलचित्र विकास बोर्ड, व्यवसायी र निर्देशकसँग जिल्ला प्रशासन कार्यालयले छलफल समेत गरेको थियो । संघका अनुसार अहिले देशभर दुई सयभन्दा बढी हल पूर्णरुपमा बन्द छन् । अर्बौं रुपैयाँ जोखिममा रहेको छ भने सयौं मानिस बेरोजगार बनेका छन् ।

  • गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी

    गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी

    किशनसिह धामी, न्युयोर्क

    गौःरापर्वको पहिलो शुक्ल पञ्चमीकादिन बिवाहिता महिलाहरु ब्रतबसी बिहान पानीको मुहानबाट तामाका भाडाहरुमा पानी ल्याएर देवताको भण्डार लिपपोत गरि पुजा आजा गरेर ठुलो तामाको भाडोमा पाँच किसिमका गेडागुडी (गहत, केराउ, मास, गहुँ, गुरास)लाई जेठी सासु वा जेठानीबाट झोडो (सगुन) गाउँदै छान्दै केलाउँदै भिजाउँने गर्दछन् । त्यसैलाई पंचबिरुडा भन्दछन् । पंचमीका दिन भिजाएका बिरूडालाई दोश्रो षष्टिका दिन गाउँ भरका महिलाहरु बिरुडाघरमा भेला हुन्छन् र भिजाएका बिरुडालाई सगुन गाएर पानीको मुहानमा लगि धानको खेतमा उम्रेको सँ (घास) कुश, वल, रोडियोँ, बेलपत्र, ऐसेलु र फुल आदीबाट गौःरादेवीको प्रतिमा बनाएर भजन गाएर पुजा गर्दै घास विरुवाले बनाएको प्रतिमालाई धोएर लस्करै सासु, जेठानी दिदी, देवरानी बहिनीले बिरुडा घरमा ल्याउने गर्छन् । उक्त सगुनलाई फाग भन्दछन् ।

    अविवाहिता महिलाहरुले यो ब्रत बस्ने चलन छैन । खास गरेर बिवाहित महिलाहरुले पतिको दिर्घायु र निःसन्तान महिलाले सन्तान प्रप्तिकालागि यो ब्रत बस्ने गर्दछन् । र बेलुकि पुजा आजा गरि फाग गाउदै, नाच्दै, डेउडा खेल्दै रात बिताउँने गर्छन् ।
    सप्तमीको बिहान सोहि प्रकृयाले बिरुडा धोएर बेलुकि त्यो प्रतिमा सहित त्यसै अनुसार नयाँ प्रतिमा बनाएर त्यसलाई धागोले बेरेर गुरु, वा पुजारीद्वारा ती डोराहरुलाई (शुद्ध) अप्सने काम गरिन्छ । यसरि पूजा गरिने बिधिलाई सप्तमी भनिन्छ । अष्टमी पछि ती डोराहरु महिलाले घाटिमा बाधने गर्छन जो आक्रषण तरीकाले बनाएका हुन्छन् । यसलाई स्थानीय भाषामा दुब्धागो भनिन्छ । पुरुषले जनै लाए जस्तै महिलाले दुबधागो लाएर प्रत्येक बिहानीमा पुजा गर्ने गर्छन् । त्यो सप्तमीको रातभरी जागाराम रहेर भजन गीत सगैँ नाचगान गरेर रात बिताउँछन ।


    अष्टिमीका बिहान ती प्रतिमालाई दुलहीको रुपमा सजाएर बिरुडाघरबाट सबै महिलाहरुले पालो पालो गरि आफ्नो टाउकोमा राखेर कमिलाको तातिझै एकै लाइनमा एक पछि आर्कोले क्रमैसंग बोकेर नाच्दै, गाउँदै खेल्दै बिरुडाले पुज्दै मन्दिरमा लाने गर्छन जुन दर्शकहरुका लागि सबैभन्दा आकर्षक पक्ष मानिन्छ ।


    अलग अलग गाउँबाट मन्दिरमा आउँदा दिदी र बहिनीका नाताले स्थापित प्रतिमाहरुको भेटहुँदा दिदीलाई बहिनीले दण्डवत गर्ने चलन छ । त्यहाँ केही समय उभिने गर्छन् । अनि त्यहाँबाट दिदी बहिनी दुबैलाई बाजा गाजा, भोकर, दमाहा सगुन फाग नाच गानसंगै फुल र बिरुडाले पुज्दै मन्दिरमा पुर्याइन्छ तब सम्म हजारौमा महिला पुरुषको अपार मेलाको उपस्थिति भइसकेको हुन्छ । मन्दिरको अगनमा नचाइन्छ खेलाइन्छ । धामी झाँक्रिलाई कमाइन्छ र देवता समर्पित प्रशाद दिने आसिस दिने गर्छन् । त्यस पछि ती ब्रतालु महिलाहरुका लागि गोःरामा चढाएका फलपूmलहरु महिलाहरुको बिशाल हुलका बिचमा आकास तर्फ फाल्छन् जसलाई “फलफटकाउन” भनिन्छ । जसले यो प्रसादलाई आकासमै समाउन सक्छ त्यसलाई शिबपार्वतीको बरदान पाउने बिश्वास गरिन्छ । क्रमशः फलफटकाइसके पछि ब्रतालू महिला सौभाग्यको प्रतिक शिब पार्वतीको प्रशादका रुपमा नयाँ दुबधागो लगाउने चलन छ । परम्परा अनुसार उक्त दुबधागो ग्रहण गर्नलाई गौरादेबीको सौभाग्यको प्रतिक मानि आफ्नो सम्पुर्ण शरीर पवित्र हुने बिश्वास छ र यो कार्य सकेपछि गौरामा चढाएको पञ्च बिरुडाले सम्पुर्ण आफन्तले ठुलाले सानोलाई पुज्ने गर्छन् र आपसमा बाडेर प्रसादका रुपमा लिन्छन् । परापुर्बकालदेखि मनाउँदै आएको महेश्वर र गौरिदेबीको पुजाआजा गरिने यो पर्वमा श्रद्धालुहरू अहिलेसम्म विश्वासकासाथ मनाउँने गर्छन् ।

  • पूजनीय तथा प्रेममय बनोस् हरितालिका तीज

    पूजनीय तथा प्रेममय बनोस् हरितालिका तीज

    सुपेन्द्र बस्नेत, बोष्टन

    तीजको लहर आयो बरी लै…
    तीजको लहर आयो बरी लै
    …
    बर्षौदेखि यो दीर्घजिवि कर्णप्रिय गीत नेपालीहरुको महान चाड हरितालिका तीजको पर्याय बन्दै आइरहेको छ। यस अवसरमा यो जस्तै अन्य तीज लक्षित गीतहरु पनि तछाडमछाड गर्दै गुन्जिने गर्दछन् । जब तीज नजिकिन थाल्छ , तब यस्ता गीतहरुले घुम्टो उठाएर वर्षदिनको मौनता तोड्दै सर्वत्र गुन्जिन थाल्छन् । जसले नेपालीहरुमा उमङ्गको छुट्टै तरङ्ग पैदा गरिदिन्छ । यस वर्ष पनि हरितालिका चाड नजिकिसकेका कारण तीज लक्षित गीतहरु गाँउदेखि शहरसम्म देशदेखि बिदेशसम्म गुञ्जिन थालिसकेका छन् । र , नेपाली समुदायमा उल्लास तथा उमङ्ग छाउन सुरु भैसकेको छ।महिलादेखि पुरुषसम्म भुरादेखि बुढासम्म सबैलाई तीजले प्रतक्ष्य अप्रतक्ष्य रुपमा छोइ सकेको छ । उसो त मुख्य गरी धार्मिक तथा साँस्कृतिक आस्था , विश्वास , परम्परा र रितिरिवाजमा आधारित भएर विभन्न धार्मिक कार्यहरु गरी मनाइने यो एक प्रचलित धार्मिक चाड हो । विषेश गरी यस धार्मिक कार्यहरुमा महिलाहरु सक्रिय रहने भएकाले यस चाडलाई महिलाहरुको महान चाडका रुपमा पनि व्याख्या गरिने गरिन्छ । तर, दिनप्रतिदिन यसको दायर फराकिलो बन्दै गएकाले यो चाड बृहत रुपमा मनाउने गरिएको पाइन्छ । यस वर्षको तीज आउन अब ९ दिन बाँकी छ । त्यसैले , महिलाहरुले आफ्नो महान चाड भव्यताका साथ मनाउन आफ्नो अनुकुलता अनुसार आफ्नो परिवारमा वा समुदायका बिच मनाउन सुरु गरिसकेका छन् । केही समाजिक तथा राजनितिक संघसंस्था , समूहहरुले त एक महिना अघी देखि नै सांगितिक कार्यक्रम सहितको सामूहिक दर खाने कार्यक्रम गरी तीज मनाउन सुरु गरिसकेका थिए । यो हिन्दु धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार ब्रत बसी पूजा अर्चनासहित तपस्या गरेर भगवान शिव जस्तो होनहार योग्य वर पाएको धार्मिक मान्यतामा आधारित छ । जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य , दिर्घायु र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दाम्पत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँउ भनी भगवानको पूजा , अर्चना , स्तुति र प्रार्थना गरी यो चाड मनाउने गरिन्छ । प्रार्थनाबाट भगवान खुशी भई आशिर्वाद दिने र मनो कामना पुरा भइ जीवन सुखमय हुने धार्मिक विश्वासका आधारमा मनाउन सुरु गरिएको यो चाड , समयसगै समाज परिवर्तनमा प्रभाव पार्ने बिभिन्न कारक तत्वहरुका कारण समाजमा शैक्षिक , आर्थिक , राजनितिक लगायत क्षेत्रमा भएको परिवर्तबाट प्रतक्ष्य परोक्ष प्रभावित हुदै गइरहेको छ । जसले गर्दा यो चाडमा गरिने क्रियाकलापहरु र यसको महत्वमा पनि विविधता आएको छ । पहिला पहिला धार्मिक क्रियाकलापहरुमा मात्र सिमित यो चाडलाई विस्तारै विस्तारै विवाहित महिलाको जन्म र कर्म घरको महत्व दर्शाउने सेतुको रुपमा उपयोग हुदै समाजिक परिवर्तनका लागि महिलाको दु:ख पिडा , अधिकार , अभिमुखिकरण र राजनैतिक परिवर्तको वकालत गर्ने एक महायज्ञ कै रुपमा पनि उपयोग गरिन थालियो। जसले अझै पनि यो या त्यो अर्थमा निरन्तरता पाइनै रहेको छ । केही बर्ष यतादेखि त यस चाडको दायरा झनै फराकिलो हुदै गएको छ । जसले प्रार्थना तथा उपासनाका साथ गरिने धार्मिक क्रियाकलापहरुमा भन्दा जमघट हुने, खानपिन गर्ने , नाँचगान गर्ने , मनोरञ्जन गर्ने र हैसियतको प्रतिस्पर्धा गर्ने क्रियाकलापहरुमा बढी प्राथमिकता दिइरहेको छ । यसरी महिनौं अघीबाट चाडको नाममा मनोरञ्जनका लागि साँगितिक कार्यक्रमहरु गर्ने , दर खाने र जोर जुलुम गरेर हैसियत प्रदर्शन गर्ने तिर बढी केन्द्रिकृत हुदै जादा , चाडको धार्मिक मुल मर्म , महीमा र महत्व भने छायाँमा पर्दै गइरहेको छ । यस चाडलाई समय , काल र परिस्थिति अनुसार सामाजिक परिवर्तनका लागि उत्सव र अवसरका रुपमा सदुपयोग गरिनु पक्कै पनि सकारात्मक कुरा हो।तर , परिवर्तन र मनोरञ्जनका नाममा चाडको मर्म नै मर्ने गरी सामाजिक तथा धार्मिक तथा साँस्कृतिक आस्था , बिश्वास , रितिरिवाज , परम्परा आदि मा रहेको महत्वपूर्ण सकारात्कम , अमुल्य र वजसी पक्ष नै जानी नजानी छाँयामा पारिनु वा मारिदै जानु पक्कै पनि दुखद् र चिन्ताको बिषय हो । हिजो आज हरितालिका तीज मनाउने तवर तरिका र हुने गरेको क्रियाकलापहरुका कारण चाडको मर्म नै मर्दै गएको यथार्थलाई नकार्न सकिन्न । सामाजिक परिवर्तनका नाममा परिमार्जित र परिस्कृत तरिकाले चाड मनाएर चाडको मर्मलाई बेवास्ता गरिदा , सामाजिक विकृति पनि प्रसस्तै उब्जिरहेका छन्।र , दिन दुगुना रात चौगुना मौलाउदै गइरहेका छन् । तीजको महत्व आज जे जति छ त्यो धार्मिक आस्था , परम्परा र विश्वासकै कारण भएको हो भन्नेमा कुनै संका छैन । तर , त्यहिँ धार्मिक आस्था , परम्परा र विश्वासलाई नै ओझेलमा पारेर र मारेर सभ्य समृद्ध समाजको निर्माण कसरी गर्न सकिन्छ र ? भन्ने यक्षप्रश्न यतिबेला जोडतोड उब्जिरहेको छ । नेपालको सच्चा पहिचान , शक्ति , सबल पक्ष र पुँजी भनेकै विविधताका बिचको एकता हो । र , नेपाललाई समृद्ध बनाउने मुख्य आधार भनेको नै देशमा रहेका बिभिन्न चाड पर्व , भाषा , जात जाति , धर्म संस्कृति , धार्मिक सहिष्णुता , परम्परा , रितिरिवाज , भेषभुषा नै हुन् । त्यसैले नेपालले यसलाई जोगाई राखेर यसको प्रवर्द्धन गरी विश्वका पर्यटकहरुलाई आकर्षित गर्न सक्नु पर्दछ। र , यिनलाई पुँजीका रुपमा सदुपयोग गर्न सक्नु पर्दछ। तर,विडम्बना ! सामाजिक परिवर्तन र आधुनिकताको नाममा यस्ता अमुल्य मौलिक पहिचानसहितको नेपाली चाड पर्वहरुको मुल मर्म नै मर्दै जादै छन् । जसको ज्वलन्त उदाहरण बन्दै छ हरितालिका तीज । एकातिर महिला अधिकार , महिला हिंसा बिरुद्धको अभियान , महिला शसक्तिकरणका नाममा गरिने कार्यक्रमहरु र मनोरञ्जन केन्द्रित क्रियाकलापहरुले यो चाडको मर्मलाई ओझेलमा पर्दै गईरहेको छ भने , अर्कोतिर तीजको महत्व जीवन्त राख्ने नाममा गरिने धार्मिक क्रियाकलापहरु भने कर्मकाण्डी र अौपचारिकतामा मात्र सिमित हुदै गईरहेको छ । लोकारकृतिका लागि मन्दिर धाएर शिवको पूजा , अर्चना र स्तुति गाउदैमा धर्म हुदैन र चाडको मर्म बच्दैन । सच्चा धर्म त सच्चा कर्मले मात्र प्राप्त गर्न सकिन्छ।श्रीमान् र श्रीमति , प्रेमी र प्रेमिका , देवता र मानव , माइती र घर, दिदी बहिनी र दाजुभाइ , आमा र छोरी आदिका बिचको सुमधुर सम्बन्ध , एकता , शक्ति , सत्य , माया , मर्यादा , भूमिका , सहयोग , अधिकार , दायित्व , समर्पण , त्याग , प्राप्ति आदिको बहुआयामिक प्रतिक हो हरीतालिका तीज । जसले सभ्य समाजको निर्माणमा महत्वपूर्ण अग्रणी भूमिका खेल्दछ । यही हो यस चाडको मुल मर्म पनि । यसैमा केन्द्रिकृत भएर मनाइनु पर्दछ यो चाडलाई।तर , यथार्थमा त्यसो हुन सकिरहेको छैन।जसको मनग्य असरल्ल प्रमाणहरु देख्न र सुन्न पाइन्छ हिजो आज आयोजित तीज लक्षित कार्यक्रमहरुमा । अर्कोतर्फ , तीजको रौनक र उमङ्ग बढाउने तीज लक्षित अधिकांस गीतहरुले मनोञ्जनका नाममा गाईजात्रा नै प्रस्तुत गरिरहेका भेटिन्छन् । यस्ता गीत संगीतले महिला र पुरुष बिचको खाडललाई दिगो रुपमा पुरेर आत्मीय सामिप्यता कदाचित स्थापित गर्न सक्दैन । पुरुषको सक्रिय सहभागिता र अग्रणी भुमिका बिना नै महिलाको यथोचित उथ्थान र विकास हुन्छ भन्ठान्नु र त्यबाट ऐश्वर्य प्राप्त गर्न खोज्नु , बालुवा पेलेर तेल निकाल्ने निरर्थक प्रयास गर्नु जस्तै हो । त्यसका लागि त महिलाप्रति पुरुष र पुरुषप्रति महिला सकारात्मक हुनै पर्दछ । र, समृद्ध समाजको सृजनाको निम्ति संयुक्त अभियानको खाँचो छ।सकारात्मक सोच , सकारात्मक काम र सकारात्मक परिणाम् । त्यसैले , यो अवसरमा चाडको धार्मिक आस्था , विश्वास र गरीमालाई अक्षुण राख्दै सकारात्मक पक्षको वकालतलाई प्राथमिकता दिइनु पर्दछ । मानव सभ्यता र जगत भलोका दृष्टिकोणले यस चाडको अर्को निकै चिन्ताजनक पक्ष बन्दै गएको छ आडम्बरी हैसियत प्रदर्शनको प्रतिस्पर्धा । हिजो आजको परिवर्तित अवस्थामा , हुँदा खानेको पनि नभई , हुने खानेको मात्रै चाडको रुपमा आफ्नो परिचय बनाउदै गइरहेको छ यो चाडले तीजको अवसरमा जे जस्तो गरेर भए पनि आफ्नो आर्थिक र सामाजिक हैसियत अरुको भन्दा उच्च रहेको प्रमाणित गर्न प्रयोग गरिने महंगो कपडा , श्रृङ्गार , खानपिन र आभुषणको प्रयोगमा आएको आडम्बरी प्रतिस्पर्दाले , धनी र गरिब महिलाहरु बिचको खाडल पुर्नुको सट्टा झन झन बढाउदै गईरहेको छ । महिनौं अघिदेखि चाडका नाममा घर , चोक , चौतारो , होटल , रेष्टुरेन्ट , पिकनिक स्थल लगायत स्थानहरुमा विभिन्न खाले कार्यक्रमहरुसहित सामुहिक दर खाने चलनले तीज निकै खर्चिलो र भडकिलो बन्दै गईरहेको छ । जसले गर्दा धार्मिक , साँस्कृतिक तथा परम्परागत् ‘दर’को साब्दिक अर्थ र मुल मर्म नै मर्दै गइरहेको छ । यसको असर सहरमा मात्र हैन गाँउमा पनि परिरहेको छ । देशमा मात्र हैन परदेशमा रहेका नेपालीहरुमा पनि परिरहेको छ । हुन त तुलनात्मक रुपमा हेर्दा गत वर्षदेखि यस्ता आडम्बरी प्रतिकारात्मक क्रियाकलापहरुमा गिरावट आएको छ । तर , त्यो गिरावट चाडको मर्मलाई आत्मसात् गरेर गरिएको चिन्तन मननको परिणाम नभइ कोरोनाको कहरका कारण आएको परिणाम मात्र हो । हुन त सामुहिक रुपमा चाड मनाउनु आत्मीय एकताको सुत्रमा बाँधिने सुवर्ण अवसर हो । तर , यो एकताको सुत्रमा बाँधिने सुमधुर अवसरलाई बुद्धिमता पूर्वक उपयोग गर्न सकिरहिएको छैन । एकातिर हुने खाने र प्रदर्शन गर्न चाहनेहरुका आडब्बरी प्रतिस्पर्धात्मक क्रियाकलापहरुले गर्दा, हुँदा खानेहरुलाई झन हिनता बोध गराइरहेको छ भने , अर्कोतिर विकृति तथा विसंगतिहरु पनि उति नै भित्रि रहेका छन् । र , हुँदा खाने र हुने खानेका बिच झन ध्रुबिकरण भैरहेको छ । यि र यस्ता चाडका मर्म विपरीत परिणामका आधारहरुलाई बिश्लेषण गर्दा , यस्ता हर्कतहरुले यसै गरी प्राथमिकता पाएर मौलाउदै जाने हो भने केही बर्ष भित्रै हुने खाने र हुँदा खाने महिलाहरु बिचको युद्ध केन्द्रित चाड बन्छ यो ‘तीज’ भन्ने अनुमान गर्न गाह्रो पर्दैन । यस्ता गतिविधिहरुले धार्मिक क्षेत्रमा मात्र है समाजका हरेक क्षेत्रमा असर पार्दछ । र , समग्रमा मानवता हराउदछ । महिला अधिकारका पक्षमा वकालत गर्न , मनोरञ्जन गर्न , आफ्नो उच्च आडम्बरी हैसियत प्रदर्शन गर्न महत्वपूर्ण धार्मिक तथा पूजनीय प्रेमको संदेश बोकेको यही चाडलाई नै पर्खिरहनु पर्दैन । अन्य दिनहरुमा पनि गर्न सकिन्छ ।
    त्यसैले यो चाड मनाउदा सबैको समान सम्मान गर्न समान हैसियत , समान अधिकार र समान दायित्वको सुनिश्चितता हुने गरी मनाउनु अपरिहार्य छ ।
    अतः सारमा भन्नु पर्दा मुख्य गरी यस चाडमा अन्तर्निहित धार्मिक , साँस्कृतिक , रितिरिवाज र परम्परागत अमुल्य मुल मर्मको संरक्षण तथा संवर्ध्दन गर्दै चाडको सकारात्मक पक्षलाई समय , काल र परिस्थिति अनुसार सामाजिक परिवर्तनका लागि सदुपयोग गर्नु पर्दछ । चाड मनाउदा सबै आत्मीय एकतामा बाँधिनु पर्दछ । संसार प्रेममय छ । मर्यादित र समर्पित प्रेम बिनाको जीवन अर्थहीन छ । प्रेम नै साँचो अर्थमा मानव जीवनको सार हो । त्यसैले त्यसैमा केन्द्रित भएर कर्म गर्नु नै मानवको धर्म हो । जो जगत भलोको एक महत्वपूर्ण ब्रम्हास्त्र हो । तसर्थ, श्रीमान र श्रीमती, प्रेमी र प्रेमीका, माइती र घर, चेली र दाजुभाई, भगवान र मानव आदिका बिचको प्रेम पूजनीय हुनु अपरिहार्य छ । जसमा आत्मीय एकता, सत्यता, पवित्रता , धैर्यता, लगनशिलता, निरन्तरता, एकाग्रता, विश्वश्नियता , इमानदारिता, जिम्मेवारी, अधिकार,
    समर्परण , प्राप्ति, त्याग आदि महत्वपूर्ण कारक तत्वहरु अपरिहार्य हुन्छन् । जो सार्थक जीवन जीउनका लागि एक अर्काका परिपुरक हुन्छन् । यिनै हुन् यो चाडको सुन्दर सकारात्मक पक्ष, मुल मर्म र मुल संदेश पनि । यसैमा केन्द्रिकृत भएर मनाउनु पर्दछ यो पवित्र चाड ‘हरितालिका तीज’ । अत: चाडको मुल मर्म अनुसार नै यो चाड हर्षोल्लासका साथ ‘प्रेममय’ रुपमा मनाउन सकौं भन्ने सदिच्छासहित सबैमा हार्दिक मंगलमय शुभकामना !!!
    जय हरितालिका तीज ! जय नारी !!

  • मेलिना राई र निशान भट्टराईको स्वरमा रहेको ‘सालघारीमा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

    मेलिना राई र निशान भट्टराईको स्वरमा रहेको ‘सालघारीमा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

    काठमाडौं, भाद्र १० । चर्चित गायिका मेलिना राई र नेपाल आइडलबाट आफ्नो परिचय बनाएका चर्चित युवा गायक निशान भट्टराईको आवाजमा “सालघारीमा”  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    गीतकार सन्जिब कोयी राईको शब्द रचना रहेको म्युजिक भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो। युट्युव मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल अञ्जुली अधिकारी र विजय पुनले अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी आशिष राईले गरेका हुन्। दुर्गा बान्तावा राई र मनोज राईको  छायांकन,राजु कार्कीको एरेन्ज रहेको गीतको संगीत संगीकार दिलीप कोयी राईले गरेका हुन्। गीतकार राई लामो समयदेखि मकाउमा छन्।

    राईका अनुसार म्युजिक भिडियोका लागि मकाउका सफल युवा व्यवसायी हिमालयन हाउस मकाउका संचालक रुस्तम श्रेष्ठको मुख्य प्रायोजन रहेको  बताएका छन् ।त्यस्तै नेपाली सहयोगी हातहरु मकाउ, गुरुङ “तमु” समाज मकाउ, किरात राई यायोक्खा मकाउ, मगर संघ मकाउ, शेर्पा समाज मकाउ, नेपाल आदिबासी जनजाति महासंध मकाउ, मकाउ तामाङ घेदुङ एशोसियएसन मकाउ, किरात याक्थुम चुम्लुङ मकाउ, एन-होप ट्रेडिङ एण्ड ब्राण्ड लिमिटेट, महिला शक्ति समाज सुनसरी नेपाल र  लायन कविता राई डिस्ट्रिक ३२५ ए १, एडभाइजर लायन वर्ष २०२१/२२ लगायतको विशेष सहयोग र सह प्रायोजन  गरेको गीतकार राईले जानकारी दिएका छन । 

    दक्षिणकाली फर्पिङ , काठमाडौं लगायतको रमणीय क्षेत्रमा छायांकन गरिएको उक्त गीतका गीतकार राईका अनुसार म्युजिक भिडियो निर्माण गर्न मकाउमा रहेका नेपाली समुदायको विशेष माया, सद्भाव र ठुलो सहयोग रहेको बताउदै आफुलाई सहयोग गर्ने मकाउमा कार्यरत सहयोगी मानुभावहरु र मकाउमा गठीत विभिन्न संधसंस्थाहरुमा विशेष आभार प्रकट गरेका छन्।

  • गाइजात्रा प्रारम्भ, उपत्यकामा बिदा

    गाइजात्रा प्रारम्भ, उपत्यकामा बिदा

    काठमाडौं । गाइजात्रा पर्व आजबाट शुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शुरु भएको हो । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ आफ्ना क्षेत्रमा परिक्रमा गराउने प्रचलन रहेको छ । उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

    राससका अनुसार यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् धार्मिक विश्वास रहेको छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ(आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको हो ।

    यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ ।

    देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउन सरकारले भनेको छ ।

    गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायाई सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा समेत सार्वजनिक बिदा छ ।

  • आज रक्षा वन्धन, देश तथा विदेशमा मनाइदै

    आज रक्षा वन्धन, देश तथा विदेशमा मनाइदै

    काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीले धुमधामसाथ मनाउँदैछन् । जनै पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा गरिन्छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरे नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ ।

    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

    रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी भनिएको हो ।

    वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । आज काठमाडौंमा मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा विशेष मेला लाग्छ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

  • झापामा पक्राउ परे तीन युट्युवर, के थियो कारण ?

    झापामा पक्राउ परे तीन युट्युवर, के थियो कारण ?

    झापा । नेपालमा युट्युवरका कारण पत्रकारिता बदनाम भइरहेको छ । पछिल्लो समय बिकृत युट्युवकारिता गरिरहेका केही व्यक्ति समाजको निसानामा पर्न थालेका छन् । झापामा चरित्र हत्या हुनेगरी भिडिओ खिचेको आरोपमा प्रहरीले युट्युबरसहित तीन जनालाई पक्राउ गरेको छ। होटलमा खाजा खाँदै गर्दा युट्युबरले अनुमति बिना कोठा भित्र प्रवेश गरी भिडिओ खिचेर सार्वजनिक गरेको उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् ।

    अघिल्लो मंगलबार राति आठ बजे बिर्तामोड नगरपालिका वडा नम्बर ३स्थित सिमाना होटलको कोठामा खाजा खाँदै गर्दा युट्युबर खगेन्द्र घिमिरेलगायत केही व्यक्तिहरू त्यहाँ पुगेका थिए। उनीहरू एक्कासी होटलभित्र अनाधिकृत रूपमा प्रवेश गरी, गालीगलौज गरी बिना अनुमति भिडिओ बनाएका थिए। त्यसपछि उनीहरुले भिडिओ युट्युबमा हालेका थिए।

    प्रहरीका अनुसार शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी परेपछि अभद्र व्यवहारको मुद्दामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। प्रहरीले युट्युबर घिमिरे, हेमराज भट्टराई र सुवास कार्कीलाई पक्राउ गरेको छ । यसमा संलग्न थप व्यक्तिहरूको खोजी भइरहेको प्ररीले बताएको छ ।

  • आज देशभर नाग पञ्चमी मनाईदैं

    आज देशभर नाग पञ्चमी मनाईदैं

    काठमाडौं । प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाउन थालिएको छ । आज घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने गरिन्छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविवास छ । अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिने धार्मिक विश्वास रहेको छ ।

    आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लाग्ने गर्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।

    अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको छ ।

  • जितेको रकमले शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने किरण गजमेरको घोषणा

    जितेको रकमले शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने किरण गजमेरको घोषणा

    काठमाडौं । गायन क्षेत्रको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेरले भुटानी शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने घोषणा गरेका छन्।

    उनले प्राप्त गरेको २५ लाख रुपैयाँमा एक हजार रुपैयाँ आफ्नी आमालाई लगेर दिने र बाँकी रहेको पैसा र अन्य पैसा थपेर भुटानी शरणार्थीका लागि एउटा एम्बुलेन्स किन्ने घोषणा गरेका हुन्।

    उनले पश्चिम नेपालका लागि पनि अर्को एम्बुलेन्स किन्ने घोषणा गरेका छन्।

    गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को ग्रान्ड फिनालेमा उनले उपाधि जितेका हुन्।

    शनिबार भएको फिनालेमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि चुमेका हुन्। उपाधिसँगै गजमेरले २५ लाख रुपैयाँ पाएका छन्।

    काेच प्रमोद खरेलकाे टिमका गजमेर अमेरिकाबाट भ्वाइसमै भाग लिन भनेर नेपाल आएका थिए ।

    झापाको खुदुनाबारी शिविरबाट उनी भुटानी शरणार्थीका रुपमा अमेरिका गएका थिए।

    किरणका अलावा फाइनलमा टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले पुगेका थिए।

  • अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने

    अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने

    काठमाडौं । अब चितवनको भरतपुरबाट रुपन्देहीको भैरहवासम्म नियमित जहाज चल्ने भएको छ । बुद्ध एयरले क्षेत्रिय विमानस्थललाई जोड्ने गरि रुट तय गरेको छ । भरतपुर–भैरहवा रुटमा हागामी १५ अगष्टबाट उडान गर्ने भएको हो । कम्पनीका अनुसार यो रुटमा सातामा तीन उडान हुने छ । शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको कम्पनीले जनाएको छ ।

    यसअघि बुद्धले पोखरा–नेपालगन्ज रुटमा उडान गरेको थियो । अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डमा सडक बिस्तारको काम जारी छ । त्यसकारण सडकमार्गमा हुने विभिन्न अवरोधका कारण यात्रा अवरुद्ध हुने यात्रुले अब भरतपुर पुगेर त्यहाँबाट जहाज चढी भैरहवा पुग्न सक्ने कम्पनीको भनाई छ ।

  • गत सिजन ३२ अमेरिकी नागरिकले चढे सगरमाथा, अन्य कुन देशका कतिले गरे आरोहण ?

    गत सिजन ३२ अमेरिकी नागरिकले चढे सगरमाथा, अन्य कुन देशका कतिले गरे आरोहण ?

    काठमाडौं । गत सिजनको बसन्तु ऋतु (चैत जेठ)मा ४४ देशका चार सय ५९ जनाले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यसमा सबैभन्दा धेरै नेपाली आरोही छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । तथ्यांक अनुसार शिखरमा चुम्न सफल आरोहीमध्ये सबैभन्दा धेरै नेपालका २ सय ८३ जना छन् । अमेरिकाका ३२ जना आरोहीले सफल आरोहण गर्न सफल भएको तथ्यांक छ । यसबाहेक चीनका २४ जना, भारतका २० जना, बेलायतका १३ जना र बहराइनका १० जना शिखरमा पुगेको विभागले जनाएको छ ।

    यो वर्ष बहराइनबाट भने त्यहाँका राजकुमार सहितको टोलीले सगरमाथा चढेको हो । बसन्तु ऋतु नेपालमा हिमाल आरोहणको मुख्य सिजन मानिन्छ । यो वर्ष सगरमाथामा अनुमति लिएका मध्ये आधा भन्दा धेरैले भने सगरमाथा चढ्न सकेनन् । यसरी असफल हुनुमा प्रतिकुल मौसम प्रमुख कारण थियो । कोरोना महामारी हुँदाहुँदै पनि उल्लेख्य संख्यामा आरोही आएका कारण यसले व्यवसायीमा भने उत्साह थपेको छ ।

  • सिन्धुलीमा तयार भयो युद्ध संग्रहालय, राष्ट्रपतिद्धारा उद्घाटन

    सिन्धुलीमा तयार भयो युद्ध संग्रहालय, राष्ट्रपतिद्धारा उद्घाटन

    सिन्धुली । सिन्धुलीमा युद्ध संग्रहालय तयार भएको छ । दुई वर्ष अगाडी शुरु भएको संग्रहालय निर्माणको काम सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । राष्ट्रपति बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुलीगढी पुगिन । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ । संग्रहालय छ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ ।

    कुल ६ करोड ५० लाख रुपैयाँ लागतमा संग्रहालय बनाइएको हो । संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियार राखिएका छन् । सिन्धुली अंग्रेजसँगको नेपालको युद्धको सबैभन्दा चर्चित स्थान हो । अब सिन्धुलीमा यहाँको ऐतिहासिक गढीसँगै युद्ध संग्रहालय समेत एक आकर्षक पर्यटकीय गन्तब्य बन्ने छ ।


    ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरु राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएर थियो । संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामांकन गरिएको छ । ६ हजार २८१ स्क्वायर फुटको यो संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्री छन् ।

    ६ कोठे यो संग्रहालयमा राखिएका युद्धकालीन हातहतियार र दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने छ । संग्रहालयभित्र वृतचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्त्व प्रर्दशनगर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रहित गरी राखिएको छ ।

    नेपाल एकीकरणका समयमा गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीको सिन्धुलीगढी, मकवानपुरको मकवानपुरगढी, रौतहटको समनपुर र रुपन्देहीको जितगढी युद्धमा हराएको इतिहास रहेकोले ती स्थानमा नेपाली सेनाले युद्ध संग्रहालय बनाउने योजना अघि सारेको बताएको छ ।

    Photo : RSS
  • प्रकाश र सुनिता बने ‘विपद् जोखिम सद्भावना दूत

    प्रकाश र सुनिता बने ‘विपद् जोखिम सद्भावना दूत

    काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल ‘विपद् जोखिम सद्भावना दूत’ घोषित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उनीहरुलाई ‘विपद् जोखिम सद्भावना दूत’ बनाएको हो । बिहीबार सिंहदरबारमा प्राधिकरणका प्रमुमख कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र प्रदान गरे ।

    गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न यस्तो घोषणा गरिएको पोखरेलको भनाई छ । सपुत बाग्लुङ र दुलाल सिन्धुपाल्चोक निवासी हुन् । उक्त अवसरमा ‘बाढी पहिरो, हाम्लाई चिन्ता गहिरो, बोलको’ सन्देशमूलक गीतसमेत सार्वजनिक गरियो । यी दुई जिल्ला पछिल्ला वर्ष सबैभन्दा बढी प्राकृतिक प्रकोप भोग्न बाध्य जिल्ला हुन् ।

  • राज कुन्द्राको नेपाल कनेक्सन, पस्मिनाको व्यापारले अर्बपति

    राज कुन्द्राको नेपाल कनेक्सन, पस्मिनाको व्यापारले अर्बपति

    मुम्बई । बलिउडकी चर्चित नायिका शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको अश्लिल फिल्मको धन्धा बाहिरिएसँगै यतिबेला संचारमाध्यममा उनी छाएका छन् । पोर्न भिडियोबाटै दैनिक ५ लाख भन्दा बढी आम्दानी हुन थालेपछि उनी यो धन्धामा लागेको खुलेको छ । कुन्द्रा व्यापारी हुन् । उनी अर्बपति पनि हुन् । शिल्पासँग उनको दोस्रो विवाह हो । पोर्न सामग्री बनाउने धन्धामा श्रीमति शिल्पाको सहभागिताको पुष्टी भएको छैन ।

    प्रहरीले यसबारे समेत अनुसन्धान गरिरहेको भारतीय संचारमाध्यमले लेखेका छन् । राज कुन्द्राबारे आएका अनेक सामग्रीमध्ये एकमा उनको नेपाल कनेक्सनबारे खुलासा गरिएको छ । यो खुलासा बीबीसी हिन्दीले गरेको हो । २९ वर्षको उमेरमा बेलायतमा रहने सबैभन्दा धनी एसियाली नागरिकमध्ये उनी १९८ औं सूचिमा रहेका थिए । यो २००२ मा निकालिएको एक रिर्पोटको तथ्य हो । शिल्पा र राजका दुई पुत्र छन् ।


    के हो नेपाल कनेक्सन
    बीबीसी हिन्दीका अनुसार राज कुन्द्राका पिता बालकृष्णन कुन्द्रा केही बर्ष पहिले लन्डन गएका थिए । उनले सुरुमा कटन उद्योगमा काम गरेका थिए । त्यसपछि उनी बसको कन्डक्टर बने । लन्डनमा नै राज कुन्द्राको जन्म भएको हो । १८ बर्ष पुगेपछि राज कुन्द्रालाई उनका पिताले काम गर्न सल्लाह दिए । त्यसपछि पिताले लगानी गर्न दिएको पैसा लिएर उनी दुबई गए । त्यहाँ केही समय बसेपछि उनी नेपाल आए । उनलाई कसैले पश्मिना सलको व्यापार गर्न सुझाव दियो ।

    Photo : thehindubusinessline.com

    राज कुन्द्रा यो व्यापारबाट मालामाल भए । यो सन् १९९४ को कुरो हो । जब उनी नेपाल आए, नेपालबाट उनले एक कन्टेनर पश्मीना शल लण्डन लगे । शल ब्रिटिश फेसन हाउसमा सप्लाई गरे । पहिलो बर्षमा नै उनले करिब दुई करोड पाउन्डको फाइदा कमाए । यसपछि भने उनले पछाडी फर्केर हेर्नु परेन । यहाँबाट सुरु भएको उनको व्यापार अहिले भने सामाज्य बनिसकेको छ । त्यसपछि उनी दुबईबाट हिराको व्यापारमा चम्किए ।

    अभिनेत्री शिल्पा शेट्टीसँग विवाह गरेपछि यो जोडीले आइपीएलको टीम राजस्थान रोयल्सको सेयर खरीद गरेको छ । सन् २०१२ मा राजमाथि आइपिएलमा सट्टेबाजी गरेको आरोप लाग्यो । उनको टीमले दुई बर्षको प्रतिवन्ध भोग्यो । त्यसपछि भने राजले राजस्थान रोयल्सको आफ्नो सेयर बेचे ।

  • फेवातालमा पुनः डुंगा संचालन खुल्यो

    फेवातालमा पुनः डुंगा संचालन खुल्यो

    काठमाडौं । पोखराको मूख्य पर्यटकीय आकर्षण फेवातालको डुङ्गा शयर पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसको महामारी बढेसँगै फेवातालमा ढुंगा व्यवसाय समेत रोकिएको थियो । निषेधाज्ञा लागु भएपछि १४ वैशाखबाट फेवातालमा डुंगा चलाउन बन्द भएको थियो । डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएको राससले लेखेको छ । डुङ्गा चढ्दा यात्रुले मास्क अनिवार्य लगाउनु पर्छ । भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको छ ।

    यसअघि आठ\नौ जनासम्म राख्ने गरिएको थियो । दैनिक आठदेखि नौ वटा डुङ्गाले व्यवसाय शुरु गरिएको छ । यसबाट सो व्यवसायमा आश्रित मजदुरले काम पाउने अपेक्षा गरिएको छ । तालमा डुङ्गा सञ्चालनमा आएको भएपनि तालबाराही मन्दिर दर्शन भने अझै खुला गरिएको छैन । नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक पर्यटनमा पुनः चहलपहल शुरु भएको छ । शहर नजिकका रिर्सोटहरुमा पाहुनाको भिड लाग्न थालेको छ ।

  • आज बकर इद, नेपालमा सार्वजनिक बिदा

    आज बकर इद, नेपालमा सार्वजनिक बिदा

    काठमाडौं । आज संसारभर मुस्लिम धर्मावलम्बीले दोस्रो महान चाड बकर इद (इदुल जोहा) मनाउँदैछन् । यो पर्वको उपलक्ष्यमा नेपाल सरकारले समेत आज सार्वजनिक बिदा घोषणा गरेको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन अनुसार आज मुस्लिम समुदायमा यो चाड मनाइँदैछ । यो दिन मुस्लिम धर्मावलम्बीले स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने प्रचलन रहेको छ ।

    नमाज पढेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गरिन्छ । नेपालमा दरबारमार्गको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदसहितका मस्जिदमा बढी भिड लाग्छ । यो वर्ष भने मस्जिदमा नगई घरमै चाड मनाउन आह्वान गरिएको छ । मुस्लिम आयोगले समेत घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेकोछ हो । यस पर्वका अवसरमा मक्का मदिनामा संसारभरबाट लाखौं धर्मावलम्बी पुग्ने गर्छन् ।

  • बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ

    बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ

    मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेसम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बईको क्राइम ब्रान्चले उनलाई सोमवार राती गिरफ्तार गरेको हो । यो वर्षको फेब्रुअरी महिनामा पोर्नोग्राफिक सामग्री बनाएर त्यसलाई एप्समा सार्वजनिक गरेको आरोप उनीमाथि लागेको छ । प्रहरीका अनुसार यो काममा मूख्य योजनाकार कुन्द्रा थिए ।

    यो आरोपमा यसअघि ४ जना पक्राउ परिसकेका छन् । उनीहरुको बयानकै आधारमा राज कुन्द्राको असली अनुहार बाहिरिएको हो । प्रहरीका अनुसार मुम्बईमा रंगिन फिल्मी दुनियाँमा आउन चाहने सोझासिधा युवतीलाई ललाईफकाई गरि प्रलोभनमा पारि यस्तो फिल्ममा खेल्न बाध्य पार्ने गरिएको थियो । यसलाई एप्समा राखेर त्यसमार्फत लाखौं कमाई गर्ने धन्धाको मास्टरमाइण्डका रुपमा राज कुन्द्राले काम गरिरहेका थिए ।

  • ६ साउनमा सार्वजनिक बिदा, ११ राजदूतको नियुक्ति खारेज

    ६ साउनमा सार्वजनिक बिदा, ११ राजदूतको नियुक्ति खारेज

    काठमाडौं । सरकारले साउन ६ मा सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बुधबार बकर इदको अवसरमा बिदा दिने निर्णय भएको हो । सरकारले बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय समेत गरेको छ । सरकारले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकलाई धन्यवाद ज्ञापन गरेको छ । निःशुल्क थप खोप उपलब्ध गराउन खोप उत्पादक मुलुकसँग आग्रह गर्ने निर्णय समेत आजको मन्त्रिपरिषद् बैठकले गरेको उनले जानकारी दिए ।

  • साउनको पहिलो सोमबार, पशुपति दर्शन खुलेन

    साउनको पहिलो सोमबार, पशुपति दर्शन खुलेन

    काठमाडौं । यो वर्षको साउन महिनाको पहिलो सोमवार आज। हिन्दू धर्मावलम्बी महिलाले भगवान शिवको पूजा आराधनाका साथ ब्रत लिन्छन् । यो दिन शिवालयमा महिला भक्तजनको ठूलो भिड लाग्छ । तर, कोरोना भाइरसको महामारीका कारण यो वर्ष भने पशुपतिनाथसहितका शिवालय बन्द छन् । साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुने विश्वास छ । साउनको पहिलो सोमवार दर्शनार्थीका लागि पशुपति मन्दिरसहित मन्दिर नखुल्ने भएसँगै व्रतालुले घरमै शिवजीको पूजा आजा गरि मनाउनु पर्ने भएको छ । सरकारले निषेधाज्ञा कायमै राखेको छ । जसमा मन्दिरको दर्शन रोकिएको छ ।

  • नायिका जेनी कुँवरले गरिन आत्महत्या

    नायिका जेनी कुँवरले गरिन आत्महत्या

    काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेको प्रहरीले पुष्टी गरेको छ । प्रहरी वृत्त, बाँनेश्वरका अनुसार कुँवरले काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव भेटिएको जानकारी दिएको हो । पछिल्लो दिनमा उनी डिप्रेशनको शिकार बनेकी थिइन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

    उनको सुसाइड नोट समेत भेटिएको बताइएको छ । उनी केही समय पशुपति मन्दिर परिसरमा साधुको अवतारमा समेत बसेकी थिइन् । जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा अभिनय गरेकी छिन् ।

  • कलाकार तथा निर्माता राणा बैंकिङ कसुरमा पक्राउ

    कलाकार तथा निर्माता राणा बैंकिङ कसुरमा पक्राउ

    काठमाडौं । कलाकार तथा निर्माता शिशिर शमशेर जबरा बैंकिङ कसुरमा पक्राउ परेका छन् । कलाकारितामा सक्रिय उनी आफै पनि निर्माता थिए । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सोमबार बिजुलीबजारबाट पक्राउ गरेको जनाएको छ । राणालाई बैंकिङ कसुरमा उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते दस दिन कैद र ४५ लाख रूपैयाँ विगो जरिवानाको फैसला सुनाएको थियो।

    २०७६ सालमा उनले व्यवसायमा लगानी गर्न एक व्यक्तिबाट सो रकम लिएको पाइएको छ । पैसा फिर्ता गर्न उनले दिएको चेकमा आवश्यक रकम नभएको पुष्टी भएपछि पीडित व्यक्तिले प्रहरी गुहारेका थिए । प्रहरीले जबरालाई जिल्ला अदालत ललितपुरमा पेश गरेको समेत जनाएको छ ।

  • ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु

    ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु

    काठमाडौं । नेपाल खेलकुद महासंघले ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ नामक अभियान शुरु गरेको छ । तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको शुरुवात गरेको हो। अवका दिनमा खेलकुद संगै उत्पादनमा पनि खेलाडीहरुको सहभागिता र योगदानका लागि शुरु गरिएको सो अभियानको शुभारम्भ नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पुर्व गृहमन्त्रि खगराज अधिकारीले गरे ।

    कार्यक्रममा पुर्वउधोग मन्त्री कर्ण थापा र पुर्व खेलकुदमन्त्री तथा महासंघका इन्चार्ज दावा लामा विशेष अतिथिका रुपमा उपस्थित थिए। सहभागीहरुलाई अबिर र टिका लगाउदै शुरु गरिएको रोपाइँ कार्यक्रममा कलाकारहरु पुजा शर्मा ,वर्षा सिवाकोटी र राज कट्टेलले सक्रिय सहभागिता जनाएका थिए । स्थानीय धर्मस्थली ब्याण्डले बाजा प्रस्तुत गर्दै कार्यक्रमको रौनक बढाएको थियो।

    उपत्यका खेलकुद माहासंघ सहसंयोजक केसब ब्यन्जन्कारको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत ,उपाध्यक्ष सुवाष श्रेष्ठ ,उप महासचिव रामकृष्ण खडका,शान्तमाया परीयार ,सचिव रेनुका श्रेष्ठ ,उमेस केसी ,चर्चित फुटवल खेलाडी तथा राखेप सदस्य हरी खड्का ,खेलकुद परीषद सदस्य सम्पन्न श्रेष्ठ लगायत उपस्थित भए ।

    कलाकारहरु राज कटुवाल, युद्ध बानिया ,नायीकाहरु बर्षा शिवाकोटी र पुजा शर्मा समेत सहभागी भएका छन् । खेलका दौरान घाइते खेलाडीको निशुल्क उपचारको लागि पहल गर्दै आएको महासंघले यस अभियान अन्तर्गत दुई दिन कृषि र उत्पादन मुलक कार्यमा खर्चिने गरी यो अभियान शुरु गरेको महासंघका अध्यक्ष रमेश पौडेलले बताए । उनले खेल ,खेलाडी र खेलप्रेमीहरुको साझा र नेतृत्वदायी मंचका रुपमा महासंघलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

  • बलिउड अभिनेता आमिर खान दम्पत्तिको भयो डिभोर्स, आमिरको दोस्रो बिहे पनि असफल

    बलिउड अभिनेता आमिर खान दम्पत्तिको भयो डिभोर्स, आमिरको दोस्रो बिहे पनि असफल

    मुम्बई । बलिउड अभिनेता आमिर खान र उनकी धर्मपत्नी किरण राव १५ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने निचोडमा पुगेका छन । उनीहरुले एक संयुक्त वयान जारी गरि यस्तो फैसला सार्वजनिक गरेका हुन् । १५ वर्ष अगाडी विवाह गरेका उनीहरुका एक पुत्र छन् । आमिर र किरणले बयानमा सुन्दर १५ वर्ष आफुहरुबीच जीवनभरको अनुभव, खुशी र हाँसो बाँडेको बताएका छन् ।

    आफुहरुको सम्बन्ध विश्वास, सम्मान र मायाका साथ अगाडी बढेको भन्दै उनहरुले अब भने जीवनमा नयाँ अध्याय शुरु गर्न चाहेको बताएका छन् । उनीहरुले अब आफुहरु पतिपत्निका रुपमा नभई एक बच्चाको आमाबुबा र परिवारका रुपमा मात्र रहन चाहेको बताएका छन् । उनीहरुले डिभोर्सको प्रक्रिया केही पहिलेबाटै शुरु गरेको समेत जानकारी गराएका छन् ।

    छोरा आजादको पालन पोषण भने दुबैले मिलेर गर्ने सहमति गरेका छन् । फिल्म, पानी फाउन्डेशन र अन्य परियोजनामा समेत दुबैले संगै काम गर्ने समेत स्पष्ट पारेका छन् । उनीहरुले डिभोर्स सम्बन्धको अन्त्य नभई नयाँ शुरुवात भएको भन्दै समर्थकलाई सस्पेन्समा राखेका छन् ।

    आमिरको यो दोस्रो बिहे हो । यसअघि उनको पत्नी रीना दत्तसँग सन् २००२ मा सम्बन्ध विच्छेद भएको थियो । उनीहरुबाट एक छोरा र एक छोरीको जन्म भएको थियो । कीरणसँग भने आमिरले सन् २००५ मा विवाह गरेका थिए ।