काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदबहाली गरेका छन् । पदवहालीपश्चात पत्रकारमाझ उहाँले सरकारको कार्यावधि निकै छोटो भए पनि एक… Continue reading नवनियुक्त श्रममन्त्री भण्डारीको प्रतिवद्धता : द्वन्द्व व्यवस्थापनमा सघाउँछु
Category: फिचर
नवनियुक्त भूमिमन्त्री भन्छन् : बाँझो जमिन उपयोग बढाउँछु
काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गरेका छन् । उनलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गरे । पदवहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री इङ्नामले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्छ भने । “नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली… Continue reading नवनियुक्त भूमिमन्त्री भन्छन् : बाँझो जमिन उपयोग बढाउँछु
महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण
काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज पदभार ग्रहण गरेकी छिन् । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभामा पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री श्रेष्ठले सार्वजनिक निकायको नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण… Continue reading महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण
पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु
तानसेन (पाल्पा), २६ मङ्सिर । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक निस्दी गाउँपालिका–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु, सोही गाउँपालिका–४ ठोक्सिङवासकी ४५ वर्षीया ओम कुमारी खाँम्चाको सनाखत भएको हो । अर्को एक… Continue reading पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
काठमाडौँ, २६ मङ्सिर ः नवनियुक्त चार मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई सपथ… Continue reading मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
पाहुना पर्खाइमा ‘मुदीगाउँ’
राससम्याग्दी, २६ मङ्सिर । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको बाहुल्य बसोबास रहेको… Continue reading पाहुना पर्खाइमा ‘मुदीगाउँ’
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ
रमेश लम्साल–रासस काठमाडौँ, २६ मङ्सिर । भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सबस्टेसनको लाभसमेत पाएको छ । त्यो हो धादिङको मलेखुमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसन । प्रक्रिया निकै… Continue reading सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ
डिजिटल अर्थतन्त्र र प्रविधि नवप्रवर्तनलाई चीनको १५औँ पञ्चवर्षीय योजनामा प्राथमिकता
बेइजिङ, २६ मङ्सिर (रासस–सिन्ह्वा) । चीनले सन् २०२६ का लागि आर्थिक लक्ष्य र नीति निर्धारण गर्न वार्षिक केन्द्रीय आर्थिक कार्य सम्मेलन बुधबार र बिहीबार बेइजिङमा सम्पन्न गरेको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२५ को आर्थिक कामको समीक्षा गर्दै हालको आर्थिक अवस्थाको विश्लेषण गर्नुभयो, र आगामी वर्षका लागि कार्यदिशा प्रस्तुत गर्नुभयो । सम्मेलनले… Continue reading डिजिटल अर्थतन्त्र र प्रविधि नवप्रवर्तनलाई चीनको १५औँ पञ्चवर्षीय योजनामा प्राथमिकता
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
काठमाडौँ, २६ मङ्सिर । दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै इतिहास रचेका छन् । सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने… Continue reading आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
राससम्याग्दी, २६ मङ्सिरः म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले विसं १९३० को दशकमा स्थापना र १९८०… Continue reading एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो
दमौली (तनहुँ), २६ मङ्सिर । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो । यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै… Continue reading मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो
एमाले महाधिवेशनका लागि आज र भोली नागढुङ्गा मलेखु सडकखण्ड पुरै दिन चल्ने
२६ मंसिर, मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि पुरै दिन चल्ने भएको छ । नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत खुला गर्ने निर्णय भएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ… Continue reading एमाले महाधिवेशनका लागि आज र भोली नागढुङ्गा मलेखु सडकखण्ड पुरै दिन चल्ने
एनपिएल फाइनल शनिबार, सुदूरपश्चिम र लुम्बिनी उपाधी भिडन्तमा
काठमाडौँ, २६ मङ्सिरः यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४०… Continue reading एनपिएल फाइनल शनिबार, सुदूरपश्चिम र लुम्बिनी उपाधी भिडन्तमा
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
त्रिवेणी (नवलपरासी), २६ मङ्सिर ः नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल… Continue reading नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, अन्यको कति ?
काठमाडौँ, २६ मङ्सिर स् नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ०९ पैसा… Continue reading अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, अन्यको कति ?
निर्वाचन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
काठमाडौँ, २६ मङ्सिर । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो । जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार… Continue reading निर्वाचन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
सम्पादकहरुसँग ओलीको भेट, के भने ?
काठमाडौँ, २५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गरे… Continue reading सम्पादकहरुसँग ओलीको भेट, के भने ?
मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन
काठमाडौँ, २५ मङ्सिर । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले उक्त सम्झौतालाई नेपाल राजपत्रमा अतिरिक्ताङ्कका रुपमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले… Continue reading मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
काठमाडौँ, २५ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालका लागि उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन… Continue reading राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो
भक्तपुर, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुँदै छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण यहाँ आज चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण उद्घाटनस्थलमा घुइँचो लागेको थियो । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक… Continue reading एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो
लुम्बिनी लायन्स एनपिएल फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने
काठमाडौँ,२५ मङ्सिरः लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २०… Continue reading लुम्बिनी लायन्स एनपिएल फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने
जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति
काठमाडौँ, २५ मङ्सिर । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले… Continue reading जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति
चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु
बेइजिङ, २५ मङ्सिर (रासस–एएफपी) । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे सूरु भएको आगलागी राति १०ः०० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ । यस अघि गुआङडोङ र हङकङका… Continue reading चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु
कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित
बैङ्कक, २५ मङ्सिर (रासस–सिन्ह्वा) । कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाख भन्दा बढी थाई बासिन्दाहरूलाई आफ्नो आश्रय स्थल छोडी अनेत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनु भएको छ । थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समय अनुसार विहान ५ः०० बजे देखि सुरु भएको… Continue reading कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु
ढाका, २५मङ्सिर (रासस–सिन्ह्वा) । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जारी गरेको तथ्याङ्क अनुसार दक्षिण एसियाली मुलुक बङ्गलादेशमा जनवरी देखि डेङ्गु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा… Continue reading बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु
आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द
वासिङ्टन डीसी , २५ मङ्सिर (रासस–एएनआई) । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिदै यस्तो घोषणा गरेका जनाएको छ । घोषणाको साथमा… Continue reading आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द
मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र
रबात, मोरक्को, २५ मङ्सिर (रासस–एएफपी) । मोरक्कोको फे्स शहरमा दुई चारतले भवन भत्किँदा कम्तीमा उन्नाइस जनाको मृत्यु भएको छ भने सोह्र जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उद्धार कार्य अझै जारी रहेको र पुरिएका अरू मानिसलाई जोगाउने प्रयास भइरहेको बताएका छन् । भवन फे्सको अल–मस्सिरा क्षेत्रमा रहेका थिए, र आठ परिवार त्यहाँ बस्दै आएका… Continue reading मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र
दक्षिण कोरियाको श्रम बजारमा सुधार
सिओल, २५ मङ्सिर (रासस–सिन्ह्वा) । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ । विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर व्याख्या गरेका छन् । यसले आर्थिक स्थिरता र समाजमा वृद्ध व्यक्तिहरूको सक्रिय सहभागितालाई देखाउँछ । १५ वर्षभन्दा माथिका कुल रोजगारी वर्षैपिच्छे ०।८ प्रतिशतले बढेर दुई करोड ९० लाख… Continue reading दक्षिण कोरियाको श्रम बजारमा सुधार
विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एशियाको योगदान उच्च
जेनेभा,२५ मङ्सिर (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्र व्यापार र विकास निकायले विश्वव्यापी व्यापार सन् २०२५ मा पहिलो पटक ३५ खर्ब अमेरिकी डलर भन्दा बढी पुग्ने अपेक्षा गरिएको जनाएको छ । विश्वव्यापी व्यापारमा भौगोलिक र राजनीतिक तनाव, लागत वृद्धि र असमान मागका बावजुद पनि व्यापार निरन्तर बढ्दै गएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार, यस वर्ष विश्वव्यापी… Continue reading विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एशियाको योगदान उच्च
कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो
२४ मंसिर, काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३\७४मा ठेक्का सम्झौता भएको थियो… Continue reading कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो