एक नारायण अर्याल बने मूख्यसचिव

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् । गड्तौला १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन् । भोलि शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा… Continue reading एक नारायण अर्याल बने मूख्यसचिव

टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायको स्वागत

काठमाडौं । नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको संयुक्त राज्य अमेरिकासहित विभिन्न देशले स्वागत गरेका छन् । अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन (ईयू), जर्मनी र फ्रान्सले बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उक्त विधेयकको स्वागत… Continue reading टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायको स्वागत

बाँकेमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु

काठमाडौं । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण… Continue reading बाँकेमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु

टीआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब उक्त ऐन कार्यान्वयनमा जानेछ । ऐन अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग गठनको बाटो खुलेको छ… Continue reading टीआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

प्रचण्डले संयम गुमाए : एमाले

काठमाडौं । नेकपा एमालेले प्रतिपक्षी दलको नेताले संयमता गुमाएको बताएको छ । आफ्नो असन्तुष्टि पोख्न समाजलाई उत्तेजित नबनाउन समेत एमालेले आग्रह गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकमा सरकारको काम कारबाही र माओवादी अध्यक्ष प्रचण्डले मंगलबार संसदमा गरेको सम्बोधनबारे छलफल भएको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार गठनसँगै सकारात्मक आशा र भरोसा… Continue reading प्रचण्डले संयम गुमाए : एमाले

अब प्रदेशका क्रिकेट खेलाडीले समेत मासिक तलव पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने भएको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब पदने निर्णय गरेको हो । खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ । यो… Continue reading अब प्रदेशका क्रिकेट खेलाडीले समेत मासिक तलव पाउने

अमेरिकी डलरको भाउ बढ्दा, यूरोको घट्यो

काठमाडौं । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९९… Continue reading अमेरिकी डलरको भाउ बढ्दा, यूरोको घट्यो

अमेरिकामा नेपाली युवतीलाई गोली हानी हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

Photo : nepyork.com

काठमाडौं । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक गरिएको छ । बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा… Continue reading अमेरिकामा नेपाली युवतीलाई गोली हानी हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

काठमाडौं । ब्राजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेको ठानिएका १७६ नेपाली साओ पाउलो विमानस्थलमा अलपत्र परेपछि नेपाली अधिकारीले उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे खोजी सुरु गरिएको बताएको बीबीसीले जनाएको छ । लामो समयदेखि… Continue reading अमेरिका सपना बोकेर कसरी ब्राजिल पुगे सयौं नेपाली ?

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका कार्यसूची तय गरेको थियो । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी… Continue reading एमाले सचिवालय बैठक आज बस्दै

कांग्रेस सभापति देउवाले पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ । केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान नौ बजे बोलाइएको छ । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा… Continue reading कांग्रेस सभापति देउवाले पदाधिकारीसँग छलफल गर्दै

प्रधान सेनापतिमा सिग्देल नियुक्त

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। २४ भदौदेखि लागू हुने गरी नियुक्त गरिएको हो। प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ ।

साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौं । नेपालले घरेलु मैदानमा हार बेहोेरेको छ। दुई पटकको च्याम्पियन नेपाललाई पछी पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हराएर च्याम्पियन बनेको हो । सेमिफाइनलसम्म उत्कृष्ट खेल पस्किएको नेपाल फाइनलमा भने निरिह देखियो ।

ट्रम्पविरुद्ध कुन अभियोगमा पर्यो पुनः मुद्दा ?

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको विषयमा नयाँ अभियोगसहित मुद्दा दायर गरिएको छ । जो बाइडेन सँग पराजित भएपछि ट्रम्पले मतपरिणाम प्रभावित पार्न खोजेको आरोप खेपेका हुन् । अमेरिकी सर्वोच्च अदालतले गत महिना राष्ट्रपतिहरूले आफ्नो पदीय हैसियतमा गर्ने कामकारबाहीमा उन्मुक्ति पाउने आदेश दिएको थियो । तर अभियोजनकर्ताहरूले ट्रम्पविरुद्ध… Continue reading ट्रम्पविरुद्ध कुन अभियोगमा पर्यो पुनः मुद्दा ?

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा होटेल सञ्चालक पक्राउ

काठमाडौं । बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४२ वर्षीय राजु शाही छन् । उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले कोटेश्वरमा कमलामाई खाजा घर एण्ड गेस्ट हाउस सञ्चालन गरेका थिए… Continue reading बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा होटेल सञ्चालक पक्राउ

नेपाललाई बेलायतले करीव १२ अर्ब अनुदान दिने

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा–छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालमा ‘उत्थानशीलता, अनुकूलनता तथा समावेशिता’ कार्यक्रमका लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ (३८.५ मिलियन पाउन्ड) को अनुदान सहायता सम्झौता भएको हो । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालय अन्तर्गत विपद्… Continue reading नेपाललाई बेलायतले करीव १२ अर्ब अनुदान दिने

जापानले नेपाललाई ४२ करोड अनुदान दिने

काठमाडौं । जापान सरकारले नेपाललाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजना अन्तर्गत उक्त अनुदान सहायता उपलब्ध गराउने भएको हो । अर्थ मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सम्झौता… Continue reading जापानले नेपाललाई ४२ करोड अनुदान दिने

हरेक दिन परीक्षा सम्झेर काम गरिरहेको छु : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन् । बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलमा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ ? प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।‘मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका… Continue reading हरेक दिन परीक्षा सम्झेर काम गरिरहेको छु : पर्यटनमन्त्री

राजस्व चुहावट रोक्न द्रुत टोली खटाउने निर्णय

काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व संकलनमा महत्त्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरूको अर्थ मन्त्रालयमा बसेको समितिको बैठकले राजस्व संकलनको लक्ष्यलाई राजस्व प्रशासनमा खटिएका… Continue reading राजस्व चुहावट रोक्न द्रुत टोली खटाउने निर्णय

रोल्पामा हैजा पुष्टी, देशभर ७१ जनालाई देखियो

काठमाडौं । रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा पुष्टि भएको छ । लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताका अनुसार एउटै वडाका चार जनामा हैजा पुष्टि भएको हो । संक्रमित हुनेमा ८०, २६ र १८ वर्षका तीन महिला र ८ वर्षका बालक छन् । यो सँगै यस वर्ष हैजाबाट संक्रमित हुनेको संख्या… Continue reading रोल्पामा हैजा पुष्टी, देशभर ७१ जनालाई देखियो

‘हेर्ने कथा’ले सार्वजनिक गरेका पात्र प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङको नागरिकता चाँडो बनाउनेगरी सहजीकरण गर्न गृहसचिवलाई निर्देशन दिएका छन्। गृहसचिव एकनारायण अर्याललाई मंगलबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले प्रकाशको नागरितकता बनाउन निर्देशन दिएका हुन्। यसबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी पनि दिएका छन्। उनले आफूले प्रकाशलाई टेलिफोन गरी बुझ्दा पहिलो प्राथमिकता नागरिकता नै रहेको बुझेपछि तत्काल गृहसचिवलाई… Continue reading ‘हेर्ने कथा’ले सार्वजनिक गरेका पात्र प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल

अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपाली प्रभावित हुने

काठमाडौं । अस्ट्रेलियाले नयाँ विदेशी विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिने बारे अब सीमा तोक्ने भएको छ । अस्ट्रेलियाले कोभिड महामारीपूर्वको तहमा आप्रवासन घटाउने प्रयास गरिरहेको छ। सर्वाधिक विदेशी विद्यार्थी स्वीकार गर्ने देशहरूको सूचीमा अस्ट्रेलिया अगाडी पर्छ । आगामी वर्ष सन् २०२५ मा भर्ना हुन आउने नयाँ विद्यार्थीको सङ्ख्या २,७०,००० मा सीमित हुने बताइएको छ ।… Continue reading अष्ट्रेलियाले नयाँ विदेशी विद्यार्थी भर्नामा सीमा तोक्दै, नेपाली प्रभावित हुने

यू-२० साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो साढे दुई बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो । पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई… Continue reading यू-२० साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिड्दै

नेकपा समाजवादीमा राम कुमारी झाक्री पराजित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनमा राम कुमारी झाँक्री पराजित भएकी छिन् । उनी महिला उपाध्यक्ष पदमा हारेकी हुन् । यस पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार सर्वसहमत चुनिएका थिए । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराइन् । मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भए… Continue reading नेकपा समाजवादीमा राम कुमारी झाक्री पराजित

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको… Continue reading अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

अवैध रुपमा अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा रोकिए

काठमाडौं । अवैध रूपमा संयुक्त राज्य अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा फसेका छन्। तर उनीहरू सुरक्षित रहेको मंगलबार ब्राजिलस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ। ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएका समाचार केहीदिनअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको थियो। त्यहाँ भएका नेपालीहरूलाई दूतावासले आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउने… Continue reading अवैध रुपमा अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा रोकिए

सत्ताको खेलमा नलाग्ने प्रचण्डको उद्घोष

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सत्तामा हिस्सेदारी माग्न कांग्रेस र एमाले नेताहरुसमक्ष नजाने बताएका छन् । मंगलबार संसदमा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले आफूहरु झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउन दुबै दलका नेताहरुलाई चुनौती दिएका छन् । उनले भने, ‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोष्ट्रमबाट सम्बोधन गर्दछु, प्रचण्ड… Continue reading सत्ताको खेलमा नलाग्ने प्रचण्डको उद्घोष

प्रचण्डले ओलीलाई भने : हिम्मत भए २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गराउनुहोस

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् । प्रनितिधिसभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले बोलेका हुन् । आफ्नो चाहे जस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् र पास… Continue reading प्रचण्डले ओलीलाई भने : हिम्मत भए २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गराउनुहोस

परराष्ट्र मन्त्री देउवा र ओमानी विदेशमन्त्री बीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ । उनीहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरु, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं… Continue reading परराष्ट्र मन्त्री देउवा र ओमानी विदेशमन्त्री बीच भेटवार्ता

रास्वपाले राष्ट्रिय भेला गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेला तयारीका लागि १४ वटा उपसमिति गठन गरेको छ । केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले १ र २ असोजमा काठमाडौंमा हुने पहिलो राष्ट्रिय भेलाको व्यवस्थापनका लागि उपसमिति बनाएको हो । प्रतिनिधि, रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वयंसेवक व्यवस्थापन, अडियो भिजुअल व्यवस्थापन, क्याटरिङ व्यवस्थापन,… Continue reading रास्वपाले राष्ट्रिय भेला गर्दै