काठमाडौं । ब्राजिलमा यात्रुवाहक जहाज दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ। ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटनामा परेको हो । त्यसमा सवार सबै यात्रुको मृत्यु भएको छ । जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको एयरलाइन्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले… Continue reading ब्राजिलमा यात्रुबाहक जहाज दुर्घटना, ६१ जनाको मृत्यु
Category: फिचर
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । आज पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली… Continue reading कस्तो रहनेछ आजको मौसम ?
स्पेनले जित्यो पेरिस ओलम्पिकको फुटबलमा स्वर्ण
काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेनले उपाधी जितेको हो । शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो । स्पेनले ओलम्पिकमा पुरुष फुटबलका जितेको यो दोस्रो स्वर्ण हो… Continue reading स्पेनले जित्यो पेरिस ओलम्पिकको फुटबलमा स्वर्ण
पाकिस्तानले ४० वर्ष पछि जित्यो ओलम्पिकमा स्वर्ण
काठमाडौं । पाकिस्तानका अरशद नदीमले पेरिस ओलम्पिक २०२४ मा बिहीबार पुरुष ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका छन् । ओलम्पिक इतिहासमै पाकिस्तान व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो । नदीमले ओलम्पिक कीर्तिमान बनाउने क्रममा ९२.९७ मिटर थ्रो गरे । भारतका निरज चोपडा ८९.४५ मिटरको थ्रोमा दोस्रो भए । पाकिस्तानी खेलाडी सन् २०२२ को कमनवेल्थ… Continue reading पाकिस्तानले ४० वर्ष पछि जित्यो ओलम्पिकमा स्वर्ण
इजरायलमा कामदार पठाउने प्रक्रिया सहज बनाउन समिति गठन
काठमाडौं । सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन आज एक छानबिन समिति गठन गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए । कामदारहरुबाट पेस गरिएका कागजातको सम्बन्धमा पत्रपत्रिकामा आएको… Continue reading इजरायलमा कामदार पठाउने प्रक्रिया सहज बनाउन समिति गठन
कुलमानमाथि अस्वभाविक लान्छना लगाइएको भन्दै माओवादीको विरोध
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै माओवादी केन्द्रले विरोध गरेको छ । माओवादी स्थायी समितिको बैठकले सुशासनको अभियानमा अवरोध नगर्न समेत सरकारलाई आग्रह गरेको छ । ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई अस्वभाविक र अप्राकृतिक ढंले लान्छना लगाउने काम भएको छ’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘भ्रष्टाचारविरोधी र सुशासनको पक्षमा जुन… Continue reading कुलमानमाथि अस्वभाविक लान्छना लगाइएको भन्दै माओवादीको विरोध
भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदै
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने भ्रमणका लागि आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री २७ साउन, आइतबार नेपाल आउने भएका हुन् । भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम तय… Continue reading भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदै
नेपाल विद्युत प्राधिकरणको एक वर्षको खुद नाफा साढे १३ अर्ब
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पुरा भएको अवसर पारी आफ्ना उपलब्धी सार्वजनिक गरेका छन् । शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणका उपलब्धीहरु सार्वजनिक गरेका हुन् । कार्यकारी निर्देशक घिसिङका घिसिङका अनुसार ८ वर्ष अगाडी ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७… Continue reading नेपाल विद्युत प्राधिकरणको एक वर्षको खुद नाफा साढे १३ अर्ब
निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपर्षिद्को कार्यालयमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कार्यक्रमका सन्दर्भमा निर्देशन दिँदै उनले शारीरिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक… Continue reading निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन
दशरथ रङ्गशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य
काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सक्षम बनेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले सोको अनुमति दिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जनाएको छ । विभिन्न प्रश्न उठाउदै एएफसीले केही समयदेखि दशरथ… Continue reading दशरथ रङ्गशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य
प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म कस्तो छ ?
काठमाडौं । एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । सार्वजनिक श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत दृश्यमा देखिएका छन् । २०७७ सालमा एसिड पीडितका लागि ल्याइएको अध्यादेशका कारण प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गरिएको थियो । निर्देशक, निर्माता… Continue reading प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म कस्तो छ ?
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण, सरदरकै स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको… Continue reading आज कस्तो रहनेछ मौसम ?
बंगलादेशको मन्त्रिपरिषद्मा२ विद्यार्थी नेता
काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद पनि छन् । मन्त्रिपरिषद्मा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन पनि… Continue reading बंगलादेशको मन्त्रिपरिषद्मा२ विद्यार्थी नेता
कोशी र कर्णाली प्रदेशमा आज किन दिइयो सार्वजनिक बिदा ?
काठमाडौं । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी… Continue reading कोशी र कर्णाली प्रदेशमा आज किन दिइयो सार्वजनिक बिदा ?
आज नागपञ्चमी, के छ महत्व ?
काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ… Continue reading आज नागपञ्चमी, के छ महत्व ?
रुसी सेनामा ज्यान गुमाएका पाँच नेपालीको परिवारलाई अस्तुधातु हस्तान्तरण
काठमाडौं । रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ । युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई बुधबार सम्पर्क(हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।… Continue reading रुसी सेनामा ज्यान गुमाएका पाँच नेपालीको परिवारलाई अस्तुधातु हस्तान्तरण
हवाई सुरक्षाबारे संसदीय समितिको चासो, के दियो निर्देशन ?
काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई दुर्घटनाका विषयमा विज्ञ व्यक्तिहरु सम्मलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको छ । सरकारले दुर्घटनापिच्छे छानबिन आयोगहरु गठन गर्ने, तर त्यसबाट परिणाम नआउने अवस्था देखिएको भन्दै समितिले हवाई सुरक्षाको अवस्था, मापदण्ड र सुधारका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्र छानबिन… Continue reading हवाई सुरक्षाबारे संसदीय समितिको चासो, के दियो निर्देशन ?
प्राथमिकता अनुसार बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा–छुट्टै छलफल गरी राष्ट्रिय गौरवका, राष्ट्रिय महत्त्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनाहरूलाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिए । उनले राम्रो प्रतिफल दिने,… Continue reading प्राथमिकता अनुसार बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रीको निर्देशन
बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने, महासंघ सदस्य बन्ने
काठमाडौं । बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने भएको छ । बिमस्टेक विजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् प्रतिनिधि र बिमस्टेक महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले सो निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने भएको छ । आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन… Continue reading बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने, महासंघ सदस्य बन्ने
महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो एक\एक लाख पुरस्कार
काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, पुनम चन्द, संगम महतो, कविता भट्ट, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ,… Continue reading महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो एक\एक लाख पुरस्कार
हेलिकप्टर दुर्घटनास्थल पुगे पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विहीबार विहान एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर बुधबार दुर्घटना भएको स्थान नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरको स्थलगत निरीक्षण गरेका छन् । सो क्रममा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी… Continue reading हेलिकप्टर दुर्घटनास्थल पुगे पर्यटनमन्त्री
जापानमा शक्तिशाली भुकम्प, सुनामी आउने चेतावनी
काठमाडौं । जापानमा शक्तिशाली भुकम्प गएको छ । त्यहा सुनामीको चेतावनी जारी भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भुकम्पको तिव्रता ७ रेक्टर स्केल देखिएको छ । भुकम्पको केन्द्र मियाजाकी प्रान्त रहेको छ । जसले गर्दा मियाजाकी र कोची प्रान्तमा सुनामी आउने चेतावनी जारी भएको हो । भुकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।
बंगलादेशमा अन्तरिम सरकारको शपथ आज
काठमाडौं । बङ्गलादेशमा गठित अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने भएका छन् । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको… Continue reading बंगलादेशमा अन्तरिम सरकारको शपथ आज
हसिनाले किन पाइनन् बेलायतमा शरण ?
काठमाडौं । आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने भएकी छिन् । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन हसिनाले बेलायतमा शरण दिन अपिल गरेकी थिइन् । उनको अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बङ्गलादेशमा उत्पन्न हिंसात्मक… Continue reading हसिनाले किन पाइनन् बेलायतमा शरण ?
ओलम्पिकमा तौल विवादले फाइनल गुमाएकी भारतीय कुस्तीवाज विनेशले कुस्तीलाई गरिन् अलबिदा
काठमाडौं । अधिक भार सम्बन्धी विवादले पेरिस ओलम्पिकमा फाइनल खेल खेल्नबाट बन्चित भारतीय कुस्तीवाज विनेश फोगाटले कुस्तीलाई अलबिदा भनेकी छन् । उनले आफ्नो हिम्मत टुटिसकेको भन्दै कुस्तीलाई अलबिदा भनेकी हुन् । सामाजिक सन्जाल एक्समा उनले लेखेकी छन्, ‘आमा कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर्नुहोला तपाईंको सपना, मेरो हिम्मत सबै टुटिसक्यो । योभन्दा ताकत… Continue reading ओलम्पिकमा तौल विवादले फाइनल गुमाएकी भारतीय कुस्तीवाज विनेशले कुस्तीलाई गरिन् अलबिदा
सिन्धुपाल्चोकमा अति भारी वर्षा, कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । सिन्धुपाल्चोकमा गएराति भारी वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा जिल्लाका ढुंगे, मेलम्ची घ्याङ, तार्के घ्याङ र ढुंगे वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो । बाँसखर्क, बाह्रबिसे, चन्द्रखु, गुम्ताङ, दुवाचौर, गोब्रे, बाहुनेपाटी लगायत स्थानमा पनि राम्रै वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै ढुंगेमा ६९.६ मिलिमिटर वर्षा रेकर्ड भएको… Continue reading सिन्धुपाल्चोकमा अति भारी वर्षा, कस्तो रहनेछ आजको मौसम ?
पर्यटनमन्त्री एक साता सबै कार्यक्रम स्थगित गरी हवाई सुरक्षामा केन्द्रित हुने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डले एक साताका लागि पूर्वनिर्धारत सबै कार्यक्रम स्थगित गरेका छन् । बुधबार नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा दिउँसो दुर्घटनामा परेको थियो । सो दुर्घटनामा तत्काल उद्धार गर्न नसकेको मात्र होइन, दुई साताको बीचमा दुई ठूला हवाई दुर्घटना भएसँगै सरकार र प्राधिकरणको आलोचना… Continue reading पर्यटनमन्त्री एक साता सबै कार्यक्रम स्थगित गरी हवाई सुरक्षामा केन्द्रित हुने
टर्किस एयरलाइन्सको जहाज काठमाडौं विमानस्थलमा ओभरसुट
काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का… Continue reading टर्किस एयरलाइन्सको जहाज काठमाडौं विमानस्थलमा ओभरसुट
हेलिकप्टर दुर्घटना जाँच गर्न सरकारले बनायो आयोग
काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन अवधि दिइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मंगलबार दिउँसो नुवाकोटमा… Continue reading हेलिकप्टर दुर्घटना जाँच गर्न सरकारले बनायो आयोग
बंगलादेश तनाव : नेपालले सार्वजनिक गर्यो औपचारिक धारणा
काठमाडौं । नेपाल सरकारले बंगलादेशमा चाँडै प्रजातन्त्र पुनर्स्थापना हुने अपेक्षा राखेको बताएको छ । बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल सरकारले बुधबार आफ्नो धारणा सार्वजनिक गरेको हो । बंगलादेशका जनताले अहिलेको संक्रमणलाई हटाएर चाँडै मुलुकलाई शान्ति र स्थिरताको बाटोमा पुर्याउने नेपालले विश्वास गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई… Continue reading बंगलादेश तनाव : नेपालले सार्वजनिक गर्यो औपचारिक धारणा