इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु

काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९… Continue reading इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु

संयुक्त राष्ट्रसंघका महासचिवको आज सगरमाथाको हेलि टुर, पोखरा समेत जाने

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् । मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा… Continue reading संयुक्त राष्ट्रसंघका महासचिवको आज सगरमाथाको हेलि टुर, पोखरा समेत जाने

सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन्। गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् ।गुटेरेसको सम्बोधन हुनु भन्दा १५… Continue reading सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने

शान्ति प्रक्रिया टुङ्याउन राष्ट्रसंघका महासचिवको भ्रमण महत्त्वपुर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन मद्दत गर्ने बताएका छन् । चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे कुराकानी भएको थियो । ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त… Continue reading शान्ति प्रक्रिया टुङ्याउन राष्ट्रसंघका महासचिवको भ्रमण महत्त्वपुर्ण : प्रधानमन्त्री

गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनको गाजा क्षेत्रमा आपतकालीन मानवीय युद्धविराम गर्न अपिल गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यूएन महासचिव गुटेरेसले गाजा क्षेत्रमा इजरायलले गरिरहेको बम आक्रमणका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै… Continue reading गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान

बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो

काठमाडौं । आर्थिक मन्दीकै बीच विदेशी वस्तु आयात बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (साउन–असोज)को तथ्यांक अनुसार गत वर्षको तुलनामाआयात १.६९ प्रतिशतले बढेको छ। विभागका अनुसार चालु आवको असोज मसान्तसम्म ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत वर्ष सोही… Continue reading बढ्न थाल्यो विदेशी वस्तु आयात, एक महिनामै डेढ खर्बको भित्रियो

लेबनानमा आईडीएफ र हिजबुल्लाहबीच भिडन्त, एक नेपाली शान्ति सैनिक घाइते

काठमाडौं । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला खसेको गोलीको छर्रा लागेर सामान्य घाइते भएका हुन् । घाइते सैनिकको नाम खुलाइएको छैन । लेबनानमा हाल ८७४ नेपाली शान्ति… Continue reading लेबनानमा आईडीएफ र हिजबुल्लाहबीच भिडन्त, एक नेपाली शान्ति सैनिक घाइते

मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु

file Photo source : AP Photo/Erik De Castro

काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् । ओटिस् आँधीले गुरेरोमा ठुलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचनाहरू ध्वस्त बनाएको बताइएको छ । घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह… Continue reading मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु

नेपाल आए संयुक्त राष्ट्रसंघका महासचिव

काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । राति एक बजे काठमाडौँ आएका महासचिव गुटरेसले आजै महत्वपूर्ण भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । भ्रमणको पहिलो दिन आज आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने छन्। परराष्ट्र मन्त्रालयका… Continue reading नेपाल आए संयुक्त राष्ट्रसंघका महासचिव

बारामा बस दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना७ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर… Continue reading बारामा बस दुर्घटना, एक जनाको मृत्यु

त्रिकोणात्मक सिरिजमा हार्यो नेपाल

काठमाडौं । यूएईले नेपाललाई ४ विकेटले पराजित गरी नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा यूएईले १ सय ६३ रनको मध्यम लक्ष्य १ बल अगाडि पुरा गर्‍यो  मोन्टी देशाईको प्रशिक्षणमा नेपाल पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो । देशाईको प्रशिक्षणमा नेपाल यसअघि घरेलु मैदानमा खेलिएका १६ खेलमा अपराजित थियो ।… Continue reading त्रिकोणात्मक सिरिजमा हार्यो नेपाल

कैलालीमा नदिमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु… Continue reading कैलालीमा नदिमा डुबेर दुई बालकको मृत्यु

परराष्ट्र मन्त्री साउद अमेरिका भ्रमणमा जाने

काठमाडौं । परराष्ट्र मन्त्री एन पि साउदको अमेरिका भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउद १२ कात्तिकमा अमेरिका जानेछन् । परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनि गुटेरेस नेपाल भ्रमणमा आउने र गुटेरेससँग भेटवार्ता गरेपछि सोही दिन उनी अमेरिका प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी… Continue reading परराष्ट्र मन्त्री साउद अमेरिका भ्रमणमा जाने

मुगुमा एकै परिवारका चार जनाको हत्या

काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ । परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा… Continue reading मुगुमा एकै परिवारका चार जनाको हत्या

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको तालिका यस्तो छ

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला पोखरा आउने भएका छन् । चार दिने नेपाल भ्रमणका क्रममा गुटेरेस १२ नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल बसाइका क्रममा गुटेरेसले पोखरा पनि भ्रमण गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पोखरा आउने गुटेरेस विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप… Continue reading राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको तालिका यस्तो छ

त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र युएइ भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

मनास्लु भ्रमणमा जाने पर्यटक बढे

काठमाडौं । मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेखनीय सुधार आएको छ । असोज महिनामा मात्र दुई हजार दुई सय ७६ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप)का अनुसार चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार नौ सय २६ जना विदेशीले मनास्लुको भ्रमण गरेका छन् । साउन महिनामा ८० र भदौ… Continue reading मनास्लु भ्रमणमा जाने पर्यटक बढे

अमेरिकाको ल्युस्ट्नमा गोलि कान्ड, १६ जनाको हत्या

प्रतिकात्मक तस्वीर

काठमाडौं । अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म १६ जनाको हत्या गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । यस घटनामा अन्य ५० जना भने घाइते भएका छन् । बसोबासको हिसाबले मेन राज्यको दोस्रो ठूलो सहरमा भएको यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा… Continue reading अमेरिकाको ल्युस्ट्नमा गोलि कान्ड, १६ जनाको हत्या

रसुवाका सबै ग्रामीण सडक खुला

काठमाडौं । वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो । नौकुण्ड गाउँपालिकाभित्रको करिब ६४ किलोमिटर र कालिका गाउँपालिका अन्तर्गतको करिब ३० किलोमिटर सडक सुधार गरिएको छ । स्काभेटरको सहायताले… Continue reading रसुवाका सबै ग्रामीण सडक खुला

दशैमा विधुत खपत घट्यो, निर्यात नहुदा खेर गयो

काठमाडौं । दशैंमा देश भित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा अत्यधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बर्खा सकिएको र… Continue reading दशैमा विधुत खपत घट्यो, निर्यात नहुदा खेर गयो

मनाङ एयरका पाइलट सेढाइको उपचारका क्रममा निधन

काठमाडौं । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । गत असोज २७ गते शनिबार हेलिकोप्टर दुर्घटनामा परी घाइते हुनुभएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज (बुधबार) सोही अस्पतालमा उहाँको निधन भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए । काठमाडौंमा उपचार हुन नसकेपछि… Continue reading मनाङ एयरका पाइलट सेढाइको उपचारका क्रममा निधन

इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा उत्रियो टर्की

reuters

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हमासलाई आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’ भएको बताएका छन् । हमासलाई इजरायल, अमेरिका, ईयू र बेलायतले आतंकवादी समूहका रूपमा व्याख्या गरिरहेका बेला टर्कीका राष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन । टर्कीको संसदमा सम्बोधन गर्दै एर्डोगानले आफूले इजरायल भ्रमण गर्ने योजनासमेत रद्द गरेको बताएका छन् ।राष्ट्रपति उर्डोगानले इजरायली… Continue reading इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा उत्रियो टर्की

राष्ट्रसंघका महासचिव सङ्ग किन रिसायो इजरायल ?

File : timesofisrael

काठमाडौं । अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उनको राजीनामा माग गरेको छ । राष्ट्रसङ्घमा इजराइली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उनको राजीनामा माग गरेका हुन् । ‘बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानामा समझदारी देखाउने… Continue reading राष्ट्रसंघका महासचिव सङ्ग किन रिसायो इजरायल ?

गाजामा संयुक्त राष्ट्र संघका चार कर्मचारी मारिए

AP\RSS

काठमाडौं । गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका छ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल सङ्ख्या ३५ पुगेको छ ।  हमासका बन्दुकधारीहरूले इजराइलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजराइली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि… Continue reading गाजामा संयुक्त राष्ट्र संघका चार कर्मचारी मारिए

भारतीय सेनालाइ आफ्नो देश छोड्न माल्दिभ्सका राष्ट्रपतिको आह्वान

काठमाडौं/ बिबिसी। गत महिना माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित ‘चीननिकट’ भनी चिनिएका नेता मोहम्मद मुइज्जुले भारतीय सेनालाई आफ्नो देश छाड्न आग्रह गरेका छन्। “माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ… मैले माल्दिभ्सका जनतालाई यो वाचा गरेको थिएँ र पहिलो दिनदेखि नै म यो वाचामा प्रतिबद्ध छु,” बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्। आगामी नोभेम्बर महिनामा… Continue reading भारतीय सेनालाइ आफ्नो देश छोड्न माल्दिभ्सका राष्ट्रपतिको आह्वान

नयाँ दिल्लीमा वायु प्रदुषण बढ्यो

Photo : DNA India

काठमाडौं । भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको र आगामी दिनमा यो अझै खराब हुन सक्ने अधिकारीहरूले बताएका छन्। वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ। तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटकालगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ। दूषित हावाले हरेक वर्ष… Continue reading नयाँ दिल्लीमा वायु प्रदुषण बढ्यो

दुर्गा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

भैरहवा। दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए । सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए । … Continue reading दुर्गा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पुर्व राजा ज्ञानेन्द्र शाहले लगाए सर्वसाधारणलाई टीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । मंगलवार कपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाइ टीका लगाइदिएका हुन् । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । त्यस अवसरमा उनको  हातबाट टीका ग्रहण गर्ने सर्वसाधारणको भीड लागेको थियो । पूर्वराजा… Continue reading पुर्व राजा ज्ञानेन्द्र शाहले लगाए सर्वसाधारणलाई टीका

मेनुका पौडेल इन्डियन आइडलको अन्तिम १५ मा छनोट

काठमाडौं । नेपाली गायिका मेनुका पौडेल इण्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् । सोमबार रातीको एपिसोडमा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गरियो । अडिसन चरणबाटै मेनुका नेपाली र भारतीय मिडियामा भाइरल समेत भएकी थिइन् । ‘छनोट भएका अन्तिम १५ जना प्रतिस्पर्धीलाई लिएर म खुशि छु’ शोका होस्ट हुसेन केजरीवालले टाइम्स अफ इण्डियासँग… Continue reading मेनुका पौडेल इन्डियन आइडलको अन्तिम १५ मा छनोट

टीका लगाइदिने र लगाउने व्यक्ति कता फर्किने ?

काठमाडौं । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. भट्टराई बताएका छन्  । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनको भनाइ छ  । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका… Continue reading टीका लगाइदिने र लगाउने व्यक्ति कता फर्किने ?