काठमाडौं । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सडकबाट करिब तीन सय मिटर तल सडकमा… Continue reading दोलखाबाट काठमाडौं आउँदै गरेको स्कार्पियो दुर्घटना, २ जनाको मृत्यु
Category: फिचर
भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द हुँदा फ्यान निरास
काठमाडौं । भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेटमा शनिबारको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंकाको क्यान्डीमा टस जितेर ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अलआउट भयो । त्यसपछि वर्षाले अवरुद्ध पारेको खेल पुनः सुचारु हुन सकेन । क्यान्डीमा बिहानदेखि हल्का वर्षा भइरहेको थियो । दिउँसो घाम लाग्दा खेल समयमै सुरु हुन सकेको थियो ।… Continue reading भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द हुँदा फ्यान निरास
रसुवामा अवैध सुनसहित एक महिला पक्राउ
काठमाडौं । रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए ।… Continue reading रसुवामा अवैध सुनसहित एक महिला पक्राउ
पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’ राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेकालाई मात्र नभई कर्मचारी, सुरक्षा… Continue reading पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री
इराकमा सवारी दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु
काठमाडौं । इराकको उत्तरी क्षेत्रस्थित दुजैल र समारा सहरको मध्यभागमा सवारी दुर्घटनामा १६ तीर्थयात्रीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये धेरैजसो शिया इरानी तीर्थयात्रीहरू छन् । विश्वकै ठूलो धार्मिक मेलामध्येको एक मानिने अर्बेनका लागि कर्बाला सहरमा जाने क्रममा तीर्थयात्रीहरू चढेको बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा १३ जना घाइते छन् । दुर्घटनास्थलमा अहिले उद्धारको… Continue reading इराकमा सवारी दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु
नेपाल बैंक र एडीबीबीच सम्झौता
काठमाडौं । नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । बैङ्कले एसियाली विकास बैङ्क (एडिबी) सँगको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तीय आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुयाउने अपेक्षा… Continue reading नेपाल बैंक र एडीबीबीच सम्झौता
८ वर्षपछि तातोपानी नाकाबाट सुरु भयो आवतजावत
काठमाडौं । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरू भएको छ। आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्। सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए। नाका खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित… Continue reading ८ वर्षपछि तातोपानी नाकाबाट सुरु भयो आवतजावत
सुर्यको अध्ययन गर्न भारतले पठायो यान
काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो । आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिबार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार विहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो । श्रीहरिकोटमा भारतको… Continue reading सुर्यको अध्ययन गर्न भारतले पठायो यान
ट्रम्पको अदालती कारवाही प्रत्यक्ष प्रसारण गरिने
काठमाडौं । एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन काउन्टी सुपीरियर कोर्टका न्यायाधीश स्कट म्याकफीले घोषणा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यमा भएको चुनावी धोखाधडी र… Continue reading ट्रम्पको अदालती कारवाही प्रत्यक्ष प्रसारण गरिने
परराष्ट्रले चीनको नक्साबारे के दियो जवाफ ?
काठमाडौं । चीनले हालै सार्वजनिक गरेको नक्साबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। गत अगष्ट २८ मा चीनले नेपालको भूभाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ। सो विषयबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ( सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत… Continue reading परराष्ट्रले चीनको नक्साबारे के दियो जवाफ ?
नेपाल एयरलाइन्सले भैरहवालाई अब बैलौरसँग पनि जोड्दै
काठमाडौं । नेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ । एयरलाइन्सले २९ जेठदेखि हरेक मंगलबार काठमाडौं क्वालालम्पुर, भैरहवा काठमाडौं रुटमा उडान भरिरहेको छ । १२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्लीका लागि पनि यात्रु लिएर आउने गरी टिकट बुकिङ खोलेको थियो । जसअनुसार हरेक मंगलबार… Continue reading नेपाल एयरलाइन्सले भैरहवालाई अब बैलौरसँग पनि जोड्दै
एक महिनामा भित्रिए ६७ हजार पर्यटक, अमेरिकी कति ?
काठमाडौं । पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२३ मा सो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट धेरै पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । यो महिनामा नेपाल भ्रमण… Continue reading एक महिनामा भित्रिए ६७ हजार पर्यटक, अमेरिकी कति ?
पूर्वराजकुमार पारस अस्पताल भर्ना ?
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि शुक्रबार बिहान शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। उपचारमा समलग्न चिकित्सकका अनुसार शाहको अहिले विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ । ‘उहाँ छाती दुख्ने समस्या भएर आउनुभएको थियो । हामीले केही परीक्षण गरेका थियौं । त्यस्तो खासै गम्भीर समस्या केही देखिएको… Continue reading पूर्वराजकुमार पारस अस्पताल भर्ना ?
तोकिएको दिनमा मात्र लाइनमा बस्न राहदानी विभागको आग्रह
काठमाडौं । राहदानी विभागले त्रिपरेश्वरस्थित आफ्नो कार्यालयमा राहदानी सेवाका लागि आउने सेवाग्राहीलाई तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन आग्रह गरेको छ । विद्युतीय फारम भर्दा प्राप्त हुने ‘अपोइन्टमेन्ट’को मिति र समयबाहेकको अवधिमा सेवग्राही विभागमा पुगेर लाइन बस्दा विभागमा भीडभाड बढेको छ । द्रुत सेवाअन्तर्गतको विद्युतीय राहदानी सेवालाई सहज र सेवाग्राहीमैत्री बनाउन भन्दै हरेक दिन… Continue reading तोकिएको दिनमा मात्र लाइनमा बस्न राहदानी विभागको आग्रह
६१ किलो सुन प्रकरण : अनुसन्धान गर्न सीआइबीको टोली भारत गयो
काठमाडौं । हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सीआइबीका एक अधिकृतसहितको टोलीलाई बिहीबार भारत पठाएको हो । बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सीआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले बिहीबरभारतमा पनि टोली पठाएको हो । अहिले भारत गएको टोलीले भारतको नेपाली राजदूतावासमा… Continue reading ६१ किलो सुन प्रकरण : अनुसन्धान गर्न सीआइबीको टोली भारत गयो
८ वर्षपछि खुल्यो तातोपानी नाका, चीनतर्फ जान स्थानीयको लाम
काठमाडौं । नेपाल–चीनबीचको एक मात्र स्थलमार्ग तातोपानी नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । आठ वर्षपछि मानिस आवतजावत गर्न पाउने गरी नाका खुलाइएको हो । भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार बिहानबाट तातोपानी नाका खुला गरिएको हो। नाका खुला… Continue reading ८ वर्षपछि खुल्यो तातोपानी नाका, चीनतर्फ जान स्थानीयको लाम
नेपालले बहराइनलाई १० विकेटले हरायो, १७ बलमै पूरा गर्यो लक्ष्य
काठमाडौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनमाथि एकपछिय जित हासिल गरेको छ। शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दा १७ बलमानै लक्ष्य पूरा गरेको थियो। मलेसियामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएपछि नेपालले ३२ रनको लक्ष्य पाएको थियो।… Continue reading नेपालले बहराइनलाई १० विकेटले हरायो, १७ बलमै पूरा गर्यो लक्ष्य
कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दा आजका लागि सर्वोच्च अदालतमा हेर्न नमिल्ने भएको छ।मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासको तेस्रो नम्बरमा तोकिएको थियो। उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले नै कारण देखाऊ आदेश… Continue reading कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा
कंगोमा राष्ट्रसंघ विरुद्ध हिंसात्मक प्रदर्शन, कम्तिमा ४८ जना मारिए
काठमाडौं । पूर्वी कङ्गोमा संयुक्त राष्ट्रसङ्घविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्थानीय स्रोतले बिहीबार जनाएको छ । एएफपीलाई प्राप्त आधिकारिक दस्तावेजमा आक्रमण र हताहतको पुष्टि गरिएको छ । गत बुधबार कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । सुरुमा करिब १० जनाको… Continue reading कंगोमा राष्ट्रसंघ विरुद्ध हिंसात्मक प्रदर्शन, कम्तिमा ४८ जना मारिए
समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा
काठमाडौं । समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा गरिएको छ । मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना भइसकेको छ । मोर्चाले आज गण्डकीको पोखरामा सभा आयोजना गरेको छ । सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी… Continue reading समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा
हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडी २०२३
काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनले यो उपाधि हात पारेका हुन् । अर्जेन्टिनी खेलाडी लियोनल मेसी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै हालान्ड वर्षको उत्कृष्ट खेलाडी बने । गत सिजन… Continue reading हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडी २०२३
उपत्यका विभिन्न स्थानमा शनिबार विद्युत आपूर्तिे बन्द हुने
काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले यस्तो जानकारी गराएको छ । काठमाडौंको रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणको भनाई… Continue reading उपत्यका विभिन्न स्थानमा शनिबार विद्युत आपूर्तिे बन्द हुने
उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उपप्रधामन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको बीरेन्द्र अस्पताल छाउनीमा भर्ना भएका थिए । उनको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सो अस्पतालका चिकित्सक डा. भरतबहादुर भण्डारीले जानकारी दिएका छन् । शल्यक्रियापछि अस्प्तालकै वार्डमा… Continue reading उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटे
चीनले नयाँ नक्सा जारी गरेपछि मेयर बालेनले रद्द गरे भ्रमण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले हालै जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै चीन भ्रमण रद्द गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका छन्। बालेनले लेखेका छन्, हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका… Continue reading चीनले नयाँ नक्सा जारी गरेपछि मेयर बालेनले रद्द गरे भ्रमण
अमेरिकी संसदीय प्रतिनिधिमण्डले राष्ट्रपतिसँग गर्यो भेट
काठमाडौं । संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता गरेका हुन्। भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरूरी रहेको बताउँदै पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका… Continue reading अमेरिकी संसदीय प्रतिनिधिमण्डले राष्ट्रपतिसँग गर्यो भेट
सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो । चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका… Continue reading सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान
सुन तस्करीको अनुसन्धान गर्न प्रहरीको टोली भारत पुग्यो
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एउटा टोली भारत पठाएको छ । सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई भारत पठाएको हो । थप अधिकृतलाई पनि भारत पठाउने तयारी भइरहेको समेत जनाइएको छ ।हङकङबाट ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन ३ साउनमा बरामद भएको थियो । १… Continue reading सुन तस्करीको अनुसन्धान गर्न प्रहरीको टोली भारत पुग्यो
खाना पकाउने ग्यासहित बढयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको… Continue reading खाना पकाउने ग्यासहित बढयो पेट्रोलियम पदार्थको मूल्य
चीनमा बाढी पहिरो–कम्तिमा ४ जनाको मृत्यु, ४८ जना वेपत्ता
काठमाडौं । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अन्य ४८ जना बेपत्ता भएका छन् । राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चार जनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार… Continue reading चीनमा बाढी पहिरो–कम्तिमा ४ जनाको मृत्यु, ४८ जना वेपत्ता
अमेरिकामा घातक आँधी, कम्तिमा तीन जनाको मृत्यु
काठमाडौं । अमेरिकामा समुद्री आँधी ‘इडालिया’का कारण तीन जनाको ज्यान गएको छ । दक्षिणपूर्वी क्षेत्रमा आँधीबाट तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा दुई जना मोटरसाइकल चालक र एक जना जर्जियाका नागरिक रहेका छन् । समुद्री आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि तुफानसहित ठूलो पानी परेको छ । तीव्र… Continue reading अमेरिकामा घातक आँधी, कम्तिमा तीन जनाको मृत्यु