काठमाडौं । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला परेका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा हिजो बिहीबार मृत भेटिएका हुन्।। जाजरकोट जिल्ला खलङ्गा गाउँपालिका–६ का बाँठाको रूम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डिएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा… Continue reading दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला
Category: फिचर
काठमाडौंको चन्द्रागिरीमा कार दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरि ४ को पानीघाटमाथि गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाडी के कारणले दुर्घटना भएको… Continue reading काठमाडौंको चन्द्रागिरीमा कार दुर्घटना, दुई जनाको मृत्यु
वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत
काठमाडौं । वैदेशिक रोजगारीका लागि असम्बिन्धत व्यक्तिको प्रलोभनमा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ । पछिल्लो समय आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगात युरोपियन श्रम गन्तब्य मुलुकमा रोजगारी दिने बाहनामा लाखौं ठगी भइरहेको खबर सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो । यसबारे सूक्ष्म अध्ययन समेत भइरहेको मन्त्रालयले जनाएको… Continue reading वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत
प्लाष्टिक निषेध अभियानमा कडाई गर्दै महानगरपालिका
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिक निषेध अभियानलाई कडाइ गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमा ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, प्लास्टिकका फूल तथा सजावटका सामग्री प्रयोग गर्न नपाइने घोषणा गरेको थियो । सोही अनुसार काठमाडौं महानगरपालिकाले अनुगमनमा कडाइ गर्न लागेको हो । बजेटमा महानगरपालिकाले ‘४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल… Continue reading प्लाष्टिक निषेध अभियानमा कडाई गर्दै महानगरपालिका
अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । काठमाडौं जिल्ला अदालतले अधिवक्ता भगवती पाण्डे ‘शीलत’ विरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ। तामाङ मगर… Continue reading अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी
राष्ट्रपतिबाट मिटरब्याजीलाई कारबाही गर्ने विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विधेयक प्रतिनिधिसभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले… Continue reading राष्ट्रपतिबाट मिटरब्याजीलाई कारबाही गर्ने विधेयक प्रमाणीकरण
कोशी प्रदेशमा नयाँ सरकार बनाउन ५ दिनको समय
काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ। सर्वोच्च अदालतको बिहीबारको आदेशअनुसार असार २१ मा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि आह्वान गरेका हुन्। ‘प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न साउन १६… Continue reading कोशी प्रदेशमा नयाँ सरकार बनाउन ५ दिनको समय
विदेश भ्रमणमा जानेले वर्षमा दुई पटकमात्र डलर साट्न पाउने
काठमाडौं । भारतबाहेक तेस्रो मुलुकमा भ्रमण गर्न जानेले वर्षमा दुई पटकसम्म मात्र सटही सुविधा पाउने भएको छ । तर, वैदेशिक रोजगारीमा जाने नेपालीको हकमा भने अधिकतम दुई सय डलरमात्र सटही सुविधा हुने राष्ट्र बैंकले जनाएको छ । एक राहदानीवापत प्रतिपटक २५ सय डलरसम्म सटही सुविधा पाइने नेपाल राष्ट्र बैंकले प्रस्ट पारेको छ । एक वर्ष… Continue reading विदेश भ्रमणमा जानेले वर्षमा दुई पटकमात्र डलर साट्न पाउने
कुवेतले दियो ५ जनालाई मृत्युदण्ड
काठमाडौं । कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विफोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेती सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए । कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा… Continue reading कुवेतले दियो ५ जनालाई मृत्युदण्ड
१९ औं एसियाली खेलकुदमा नेपालले २९ खेलमा भाग लिने
काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९ औं एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसंगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालले २ सय ३४ खेलाडी सहभागी गराउने जानकारी दिए ।… Continue reading १९ औं एसियाली खेलकुदमा नेपालले २९ खेलमा भाग लिने
अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरिया प्रस्थान
काठमाडौं । अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरियाको बान्स्कोमा पुगेको छ। टोलीमा काठमाडौं विश्वविद्यालयका कम्प्युटेशनल लिङ्गुइस्ट तथा सह–प्राध्यापक बालकृष्ण बल, ट्रिनिटी कलेजका ४ विद्यार्थी र २ पर्यवेक्षक सहभागी छन्। उक्त भाषिक ओलम्पियाड जुलाई २१(२९ सम्म सञ्चालन हुनेछ। पहिलोपल्ट सन् २०१९ मा दक्षिण कोरियामा भाग लिएको नेपाली टोलीको यो दोस्रो सहभागिता हो। ओलम्पियाडमा विभिन्न… Continue reading अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरिया प्रस्थान
ठमेलबाट चरेससहित अमेरिकी र बेल्जियमका नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलबाट दुई जना विदेशी नागरिक चरेशसहित पक्राउ परेका छन्। बुधबार अपराह्न ४ बजे ठमेलको फ्यामेली हाउसबाट दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए। अमेरिकी नागरिक जोर्डन रफेल र बेल्जियमका नागरिक साफरलाई पक्राउ गरेको हो। उनीहरू उक्त हाउसको कोठा नम्बर २०२ मा बसिरहेका थिए। लागुऔषध… Continue reading ठमेलबाट चरेससहित अमेरिकी र बेल्जियमका नागरिक पक्राउ
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । अहिले नेपालमा मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थान र गण्डकी र… Continue reading कस्तो रहनेछ आजको मौसम ?
प्रधानमन्त्री आज स्वदेश फर्किदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किने भएका छन् । इटलीको ४ दिने भ्रमण सकाएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन्। उनी कतार एअरलाइन्सको विमानमार्फत विहान १० बजे त्रिभुवन विमानस्थल अवरण गर्ने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्ड युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन साउन ६… Continue reading प्रधानमन्त्री आज स्वदेश फर्किदै
फिफा विश्वकप प्रारम्भिक छनोटमा नेपाल र लाओस भिड्ने
काठमाडौं । फिफा विश्वकप२०२६ को प्रारम्भिक छनोट चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ । एसिया कप–२०२७ को पनि छनोट रहेको यो खेलको ‘ड्र’ बिहीबार निकालिएको हो । नेपाल र लाओसबीच छनोटको पहिलो लेग अक्टोबर १२ मा हुनेछ भने दोस्रो लेग त्यही महिनाको १७ मा हुनेछ । नेपालसँगै प्रारम्भिक चरणमा २० टिम रहेका छन् ।… Continue reading फिफा विश्वकप प्रारम्भिक छनोटमा नेपाल र लाओस भिड्ने
प्रचण्डले गरे इटालीमा स्टुडियो ओलम्पिकको रोमाको भ्रमण
काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिकको रोमा’को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेको बताइएको छ । रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले खेलाडी आउने… Continue reading प्रचण्डले गरे इटालीमा स्टुडियो ओलम्पिकको रोमाको भ्रमण
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै माथि पुर्यायो
काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि पनि ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ । यसपटक फेडले २५ आधार अंक ९० दशमलव २५ प्रतिशत विन्दु०ले ब्याजदर बढाएर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुर्याएको छ । अमेरिकामा मूल्यवृद्धि आकाशिन थालेपछि २०२२ को सुरुवातदेखि नै फेडले ब्याजदर बढाउन थालेको हो । त्यसयता एघारौं पटकको ब्याजदर… Continue reading अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै माथि पुर्यायो
कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर
काठमाडौं । सर्वोच्च अदातलले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति बदर गरिदिएको छ।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो । प्रदेश सभाका सभामुखले पनि मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कुरा असंवैधानिक भएको सर्वोच्चले ठहर गरेको छ। कोशी प्रदेश सरकार निर्माणमा… Continue reading कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर
तोकिएको समयभित्रै करतिरे ३० प्रतिशतसम्म छुट
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाएर छुट सुविधा लिन पाउने समेत जनाएको छ । महानगरले तीर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा… Continue reading तोकिएको समयभित्रै करतिरे ३० प्रतिशतसम्म छुट
बागमती प्रदेशमा गाडी भाडा घट्यो
काठमाडौं । बागमती प्रेदश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ। साउन ९ गतेको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बिहिबारबाट लागु हुने गरी भाडा समायोजन गरेको हो। काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । पहिले पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो ।… Continue reading बागमती प्रदेशमा गाडी भाडा घट्यो
पूर्णिमा श्रेष्ठले गरिन् विश्वकै दोस्रो अग्लो केटू हिमालको सफल आरोहण
काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी छन्। उनले बिहीबार मध्यान्ह सगरमाथापछिको विश्वकै दोस्रो अग्लो ८६११ मिटर हिमालको सफल आरोहण गर्न सफल भएको जानकारी दिएकी छन्। यो आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल हो । पूर्णिमाले आफ्नो सफल आरोहणका लागि सहयोगी र शुभेच्छुकलाई धन्यवाद पनि दिएकी छन्। पूर्णिमा… Continue reading पूर्णिमा श्रेष्ठले गरिन् विश्वकै दोस्रो अग्लो केटू हिमालको सफल आरोहण
१ लाख घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार पक्राउ
काठमाडौं । सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले केहीबेर अघि नियन्त्रणमा लिएको छ । आयोगको टोलीले प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सिंहलाई नियन्त्रणमा लिएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार, सिंहले कुख्रेखोलाको ढल सफाइ तथा निकास व्यवस्थापन… Continue reading १ लाख घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार पक्राउ
भारतीय प्रधानमन्त्री मोदी विरुद्ध किन आयो अविश्वासको प्रस्ताव ?
काठमाडौं । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधका माझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ। कंग्रेस पार्टीका एकजना सांसदले अविश्वासको प्रस्ताव बुधवार दर्ता गराएका हुन्। विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे बोल्न बाध्य पार्न यसो गरिएको बताएका छन्। उनीहरूले उक्त राज्यमा देखिएको जातीय द्वन्द्वबारे प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुपर्ने माग गरिरहेका… Continue reading भारतीय प्रधानमन्त्री मोदी विरुद्ध किन आयो अविश्वासको प्रस्ताव ?
अर्थमन्त्रीको सचिवहरुलाई निर्देशन : समयसीमा अनुसार बजेट कार्यान्वयन गर्नुहोस
काठमाडौं । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा.प्रकाशशरण महत साउनको सुरुदेखि नै आक्रामक देखिएका छन् । देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा बोलाएर सामूहिक छलफल गरेका हुन् । छलफलमा मन्त्री डा. महतले डिपिआर भइसकेका… Continue reading अर्थमन्त्रीको सचिवहरुलाई निर्देशन : समयसीमा अनुसार बजेट कार्यान्वयन गर्नुहोस
रेडी ट्रेडर्सको गोदाममा छापा, ६६ कार्टुन ब्रेक शु बरामद
काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागको टोलीले बुधबार काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो । त्यसक्रममा कम्तीमा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई वटा सुटकेस बरामद भएको बताइएको छ । बरामद सामग्रीमा सुन भए नभएको विषयमा परीक्षण… Continue reading रेडी ट्रेडर्सको गोदाममा छापा, ६६ कार्टुन ब्रेक शु बरामद
आन्दोलनमा उश्रृङ्खल गतिविधि गर्नेलाई कांग्रेसले हटाउने
काठमाडौं । नेपाली कांग्रेसले पार्टी सम्वद्ध कार्यकर्ताले आन्दोलनका क्रममा अमर्यादित व्यवहार गरे निष्कासन गर्ने निर्णय गरेको छ । बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उश्रृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्नसक्ने निर्णय गरेको छ । ‘कुनैपनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार अथार्त शारिरीक आक्रमण, कालोमोसो दल्नेको पार्टी सदस्यता अबिलम्ब… Continue reading आन्दोलनमा उश्रृङ्खल गतिविधि गर्नेलाई कांग्रेसले हटाउने
कांग्रेस केन्द्रिय समितिको बैठक असोज २ मा बोलाइयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने गरी बोलाएका छन् । विधानतः कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्दछ । साउन २ मा बोलाइएको बैठक एकवर्ष पछि बसेको थियो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकको पहिलो दिन प्रस्तुत गरेको प्रतिवेदनमा विधान अनुसार बैठक बस्न… Continue reading कांग्रेस केन्द्रिय समितिको बैठक असोज २ मा बोलाइयो
कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले सुन प्रकरण छानबिन गर्न राजीनामा दिनुपर्ने बताए। ‘भरियालाई जेलभित्र हाल्ने, मुख्य नाइके नसमाउने?,’ उनले भने, ‘मुख्य नाइके सरकारले समाएन भने म संसदमै अनसन बस्छु।’ ‘उनले भने… Continue reading कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
माडीकाे घाँघर खोला तर्दै गरेको बस बाढीमा डुब्यो, चालकसहित यात्रु सकुशल
चितवन । चितवनकाे माडी नगरपालिका-८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो । ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका बेला बस खोलामा फसेको थियो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै सकुशल छन् । माडी क्षेत्रमा गएरातिदेखि नै ठूलो पानी परेको थियो… Continue reading माडीकाे घाँघर खोला तर्दै गरेको बस बाढीमा डुब्यो, चालकसहित यात्रु सकुशल
सुन तस्करीबारे जवाफ माग्दै रास्वपाले संसद्मा दर्ता गरायो प्रस्ताव, एमालेले अवरोध गरे साथ नदिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदहरूले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्। रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरुले हस्ताक्षर गरेका छन् । उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार… Continue reading सुन तस्करीबारे जवाफ माग्दै रास्वपाले संसद्मा दर्ता गरायो प्रस्ताव, एमालेले अवरोध गरे साथ नदिने