आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

मोरङ । मोरङमा शुक्रबार राति महिलाको आगो लगाएर हत्या भएको छ । शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ । शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती… Continue reading आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

ओलीको आरोप : एमालेले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । शनिबार अखिल नेपाल किसान महासंघले एमाले मूख्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको उल्लेख गरे । ‘हामीले सरकार छाडेपछिको मात्र हिसाब गर्दा ४९ अर्बको चामल… Continue reading ओलीको आरोप : एमालेले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भयो

नेपालमा ४४ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार… Continue reading नेपालमा ४४ जनामा कोरोना पुष्टी

स्वतन्त्र उम्मेदवारहरु आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने तयारीमा

काठमाडौं । आगामी प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्रबाट उठ्ने तयारी गरेका उम्मेदवारहरु समेत अन्ततः गठबन्धन बनाएर जाने तयारीमा जुटेका छन् । दलको विकल्प दल नै हुने भन्दै उनीहरु आगामी निर्वाचनमा संयुक्त रुपमा निर्वाचनमा जाने तयारी गरेका हुन् । शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल… Continue reading स्वतन्त्र उम्मेदवारहरु आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने तयारीमा

निजगढ पुगेर शीर्ष नेताले भने : कम वातावरणीय क्षतिमा विमानस्थल बन्छ

काठमाडौं । बाराको निजगढमा पुगेर शीर्ष नेताहरुले कुनै पनि हालतमा निजगढमा विमानस्थल बन्ने बताएका छन् । तर, यस क्रममा कम वातावरणीय क्षतिमा विमानस्थल बन्ने उनीहरुको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने बताए । उनले अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताए । प्रधानमन्त्री देउवाले विमानस्थल निर्माणका लागि विज्ञसँग… Continue reading निजगढ पुगेर शीर्ष नेताले भने : कम वातावरणीय क्षतिमा विमानस्थल बन्छ

संयुक्त राष्ट्रसंघको मूख्यालयमा पुगे प्रधानसेनापति

RSS

काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन् । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ… Continue reading संयुक्त राष्ट्रसंघको मूख्यालयमा पुगे प्रधानसेनापति

टेक्सस आप्रवासी मृत्यु प्रकरण : लरीमा वातानुकूलित प्रणालीले काम नगरेको चालकले थाहै पाएनन्

SKYnews

टेक्सस । हालै अमेरिकाको टेक्ससमा ज्यान गुमाएका ५३ जना आप्रवासी बोकेको लरीका चालक भनेर ठानिएका व्यक्तिलाई उक्त सवारी साधनभित्र वातानुकूलित प्रणालीले काम नगरिरहेको भन्ने थाहा नभएको बताइएको एक जना सुराकीले जनाएका छन्। सङ्घीय अदालतमा प्रस्तुत गरिएका कागजपत्रमा होमेरो सामोरानोलाई त्यसबारे थाहा नभएको उल्लेख गरिएको छ। अधिकारीहरूले उनी ट्रक नजिकै लुकेको अवस्थामा फेला परेको जनाएका छन्।… Continue reading टेक्सस आप्रवासी मृत्यु प्रकरण : लरीमा वातानुकूलित प्रणालीले काम नगरेको चालकले थाहै पाएनन्

प्रधानमन्त्रीसहित शीर्ष नेता निजगढ विमानस्थल निर्माण क्षेत्रमा

बारा । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू निजगढ विमानस्थलको प्रस्तावित क्षेत्र बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । प्रधानमन्त्रीसहितको टोलीमा माओवादी… Continue reading प्रधानमन्त्रीसहित शीर्ष नेता निजगढ विमानस्थल निर्माण क्षेत्रमा

पाँचथरमा पहिरोमा परी वेपत्ता तीन जनाकै भेटियो शव

file

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको प्रहरीले जनाएको छ । गतराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो। घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद… Continue reading पाँचथरमा पहिरोमा परी वेपत्ता तीन जनाकै भेटियो शव

अविरल वर्षाका कारण मेलम्ची नदीमा बाढीको जोखिम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भएसँगै मेलम्ची नदीमा बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमा महाशाखाका अनुसार गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा शनिबार भारी वर्षा मापन भएको छ। मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको छ । महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो… Continue reading अविरल वर्षाका कारण मेलम्ची नदीमा बाढीको जोखिम

विदेश जाँदा अरुका बच्चा साथमा लैजान अब सिफारिस अनिवार्य

Getty Images

काठमाडौं । विदेश जाँदा साथमा आफ्नो बाहेक अरु कसैका बालबालिका लैजाने हो भने अब सिफारिस अनिवार्य साथमा बोक्नु पर्ने भएको छ । नभए अध्यागमनले विमानस्थलबाटै रोक्ने छ । अध्यागमन विभागको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय एक सूचना प्रकाशित गरी यसरी बालबालिका लैजानेहरुका लागि प्रक्रियाबारे सूचित गरेको छ । बालबालिकाको कुनै आधिकारिक संरक्षकत्वबीना विदेश लगेर जाने विषय… Continue reading विदेश जाँदा अरुका बच्चा साथमा लैजान अब सिफारिस अनिवार्य

पाँचथरमा पहिरो, तीन जना वेपत्ता

File

पाँचथर । अविरल वर्षापछि आएका पहिरोमा परी पाँचथरमा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने… Continue reading पाँचथरमा पहिरो, तीन जना वेपत्ता

अमेरिका भ्रमणमा के गरिरहेका छन् प्रधानसेनापति ?

काठमाडौं । अमेरिकाको भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पेन्टागनमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। अमेरिकासँगको एउटा प्रमुख सुरक्षा साझेदारी स्टेट पार्टनरसिप प्रोग्रामबाट पछि हट्ने निर्णय नेपाल सरकारले लिएको केही दिनपछि उनले अमेरिकाको भ्रमण थालेका थिए। उक्त सम्झौतालाई लिएर नेपालमा चौतर्फी विरोध भएको थियो र सम्झौताबाट अलग हुने नेपालको निर्णयको चीनले स्वागत गरेको थियो। भ्रमणका… Continue reading अमेरिका भ्रमणमा के गरिरहेका छन् प्रधानसेनापति ?

काठमाडौं र बैंककलाई जोड्यो थाइ स्माइलले

काठमाडौं । थाइल्याण्डको वायुसेवा कम्पनी थाइ स्माइल एयरवेजले बैंकक–काठमाडौं–बैंकक रुटमा उडान थालेको छ । यो रुटमा शुक्रबारदेखि दुई तर्फी हवाई सेवा सुरु भएको हो । कम्पनीका अनुसार अब दैनिक एक उडान यस रुटमा हुनेछ । कम्पनीले एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमताको जहाज उडाएको छ… Continue reading काठमाडौं र बैंककलाई जोड्यो थाइ स्माइलले

सीमावर्ती भारतीय भूमिमा गोली चल्दा बर्दियाका एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ । बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो । उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिएका छन् । गोली कसले… Continue reading सीमावर्ती भारतीय भूमिमा गोली चल्दा बर्दियाका एक जनाको मृत्यु

काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो । योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या १७ पुगेको छ । उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता… Continue reading काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टी, सतर्कता अपनाउन आग्रह

रवि लामिछानेले पाए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकारभित्र ‘घण्टी’

काठमाडौं । सञ्चार क्षेत्र छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएका छन् । आयोगले लामिछानेलाई शुक्रबार दल दर्ताको प्रमाणपत्रसहित चुनाव चिन्ह गोलाकारभित्र घण्टी प्रदान गरेको हो । आयोगले दल दर्तासँगै लामिछानेले चुनाव चिन्ह प्रदान गरेसँगै पार्टीको वैधानिकता प्रदान गरेका छन् । यसअघि पार्टीको नामका स्वतन्त्र उम्मेदवार मिलेर लामिछानले… Continue reading रवि लामिछानेले पाए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकारभित्र ‘घण्टी’

नेपालमा थप ५० जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३८७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु भएको छैन। कोरोनाबाट १८ जना निको… Continue reading नेपालमा थप ५० जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

विद्युत प्राधिकरणले भारतलाई बिजुली बेचेर एक महिनामा कमायो एक अर्ब ७२ करोड

काठमाडौं । नेपालले भारतीय बजारमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । नेपाल विद्युत प्राधिकरणले जुन महिनामा यति मूल्यमा नेपालमा उत्पादन भएको ६ जलविद्युत आयोजनाको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा प्रतिस्पर्धा दरमा बिक्री गरेको हो । जुनमा नेपालको १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री… Continue reading विद्युत प्राधिकरणले भारतलाई बिजुली बेचेर एक महिनामा कमायो एक अर्ब ७२ करोड

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार दुई घण्टाको कारोबारमा २२१ कम्पनीको १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँ बराबरको ३६ लाख ६३ हजार२२० कित्ता शेयर किनबेच भएका… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

उद्योग दर्तादेखि नगद अनुदानसम्मका सेवा अब अनलाइनबाटै

काठमाडौं । उद्योग विभागका सबै सेवा अब अनलाइनबाटै प्रवाह हुने भएका छन् । विभागका अनुसार उद्योग दर्ता, बिदेशी लगानी स्वीकृती तथा निर्यातमा नगद अनुदान जस्ता सेवाका लागि अब विभागसम्म धाइरहनु पर्दैन । यस्तै, भिसा स्वीकृती, लगानी फिर्ता सिफारिस, व्यावसायिक भिसा तथा कामदार भिसा सिफारिस लगायतका सम्पुर्ण सेवाहरु अब अनलाइनमार्फत हुनेछन् । अनलाइनबाट यी सेवा संचालन… Continue reading उद्योग दर्तादेखि नगद अनुदानसम्मका सेवा अब अनलाइनबाटै

भारतले ‘युथ एण्ड थ्रो’ प्लाष्टिकको उत्पादन, बिक्रि र प्रयोगमा लगायो रोक

नयाँ दिल्ली । भारतले एकल प्रयोग हुने (यु एण्ड थ्रो) प्लाष्टिकका सामान उत्पादन, बिक्री र प्रयोग निधेष गरेको छ । प्लास्टिक फोहोर व्यवस्थापन नियमावली अन्तर्गत एकल प्रयोगका प्लाष्टिकका वस्तुमा जुलाई १ बाट प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । थर्मोकोल प्लेट, कप, चस्मा, काँटा, चम्चा, चक्कु, स्ट्र, ट्रे, मिठाईको बक्समा र्‍यापिङ गर्ने फिलिम, निमन्त्रणा कार्ड,… Continue reading भारतले ‘युथ एण्ड थ्रो’ प्लाष्टिकको उत्पादन, बिक्रि र प्रयोगमा लगायो रोक

काठमाडौं महानगरभित्र भिख माग्न निषेध, अटेर गरे कारवाही

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र भिख माग्ने कामलाई निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार एक सूचना प्रकाशित गरी महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको जनाएको हो । तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी… Continue reading काठमाडौं महानगरभित्र भिख माग्न निषेध, अटेर गरे कारवाही

दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु

दाङ । दाङको घोराहीमा भएको दुर्घटनामा दुुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्। गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए। उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय… Continue reading दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु

पृथ्वी राजमार्गमा सडकमै पल्टियो बस, ३१ जना घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा… Continue reading पृथ्वी राजमार्गमा सडकमै पल्टियो बस, ३१ जना घाइते

दक्षिण कोरियामा अवैध रुपमा बसिरहेका १३ नेपाली पक्राउ

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि… Continue reading दक्षिण कोरियामा अवैध रुपमा बसिरहेका १३ नेपाली पक्राउ

नेपालका लागि भारतीय राजदुतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं , नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।राष्ट्रपति भवन शितल निवासमा बिहिबार आयोजित एक समारोहमा राजदूत श्रीवास्तवले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेश गरेलगत्तै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना… Continue reading नेपालका लागि भारतीय राजदुतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

प्रचण्ड र बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता भएको छ । बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको नेपाली सञ्चारमाध्यमहरुले पुष्टी गरेका छन् । जनता समाजवादी पार्टी भित्र उपेन्द्र यादव र बाबुराम भट्टराईबीच चरम विवाद उत्पन्न भएको छ । यसले पार्टी… Continue reading प्रचण्ड र बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता

पोखरामा घर नै भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलासा

पोखरा । पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको छ । नेपाली नागरिक ककनी, नुवाकोटका सुमन तामाङको नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी नामक कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि… Continue reading पोखरामा घर नै भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलासा

क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् । बजेटको अभाव देखाउँदै यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ एकान्तकुना, चाबहिल तथा भक्तपुर कार्यालयले परीक्षण लाइसेन्स छाप्न बन्द गरेका हुन् । केन्द्र र प्रदेश सरकारको समन्वय हुन नसक्दा अस्थायी कार्ड वितरणमा समस्या निम्तिएको यातायात व्यवस्था कार्यालयहरूले बताएका छन्। परीक्षणकालीन… Continue reading क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द