सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चल्दा एक प्रहरी घाइते भएका छन् । गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन् । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो । पाखुरामा एक… Continue reading सर्लाहीमा गोली चल्दा एक प्रहरी घाइते
Category: फिचर
विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना
काठमाडौं । विषाक्त खानाका कारण पाहुना बिरामी परेसँगै चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना हुने भएको छ । अनुगमन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष उक्त जरिवाना सिफारिस गरेको हो । मङ्सिर २३ गते सीजीआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिबाना गर्न सिफारिस गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवम्… Continue reading विषाक्त खानाका कारण पाहुना बिरामी परेपछि चितवन गार्डेन रिसोर्टलाई ३ लाख जरिवाना
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटाइएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल र मटितेल १७८… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य
पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये मंसिर मसान्तसम्ममा ४ खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।… Continue reading पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै
धरानमा चर्किँदो विवाद, हर्क साम्पाङको चेतावनी-‘भनेको नमान्नेले राजीनामा दिनू’
काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवादले उग्ररुप लिँदै गएको छ। विवाद बढ्दै जाँदा मेयर साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन सुझाव दिएका हुन्… Continue reading धरानमा चर्किँदो विवाद, हर्क साम्पाङको चेतावनी-‘भनेको नमान्नेले राजीनामा दिनू’
वालेट प्रयोग गर्ने १ करोड ५१ लाख नाघे, मोबाइल बैंकिङ प्रयोगकर्ता कति ?
काठमाडौं । डिजिटल बैंकिङ प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांक अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड ५१ लाख ३३ हजार ७३५ पुगेको छ । असोजमा… Continue reading वालेट प्रयोग गर्ने १ करोड ५१ लाख नाघे, मोबाइल बैंकिङ प्रयोगकर्ता कति ?
सोविता गौतमको चुवानी खर्च ३ लाख ७१ हजार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ बाट मा निर्वाचित सांसद सोविता गौतमले निर्वाचनमा ३ लाख ७१ हजार रुपैयाँ मात्र खर्च भएको जनाएकी छिन् । उनले निर्वाचन आयोगलाई आफ्नो चुनाव खर्च बुझाएकी हुन् । उनले मतदाता नामावली खरिदमा ३ हजार, १३ दिनसम्म गाडी रिजर्भ गर्दा ७८ हजार, पेट्रोल\डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना… Continue reading सोविता गौतमको चुवानी खर्च ३ लाख ७१ हजार
रक्सी निषेधित बिहारमा विशाक्त मदिरा सेवनका कारण कम्तिमा ४३ को मृत्यु
काठमाडौं । नेपालसँग सिमाना जोडिएको भारतीय प्रान्त बिहारमा रक्सी बिक्रि वितरण तथा सेवनमा रोक लगाइएको छ । तर, यसै प्रान्तमा विशाक्त रक्सीको सेवनबाट कम्तिमा ४३ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो मानवीय क्षति पछिल्लो दुई दिनमा सारण जिल्लामा भएको हो । छपराको मसरक बजारमा घटेको घटनाले बिहारमा राजनीतिक तरंग समेत ल्याएको छ… Continue reading रक्सी निषेधित बिहारमा विशाक्त मदिरा सेवनका कारण कम्तिमा ४३ को मृत्यु
आजबाट सवारी साधनको प्रदुषण जाँचपासमा कडाई
काठमाडौं । सरकारले आजबाट सवारी साधनको जाँजपासमा कडाई गर्दैछ । प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ । वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने बताइसकेको छ । जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी… Continue reading आजबाट सवारी साधनको प्रदुषण जाँचपासमा कडाई
पोर्चुगलका प्रशिक्षक बर्खास्त
काठमाडौं । विश्वकपको क्वाटरफाइनलमा पराजित भएको पोर्चुगलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको छ। विश्वकपको क्वाटरफाइनलमा उनको टीम मोरक्कोसँग पराजय भोगेर बाहिरिएको को । पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए। स्वीट्जरल्यान्ड विरूद्ध जित हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको… Continue reading पोर्चुगलका प्रशिक्षक बर्खास्त
पोखरामा सुनको गहना चोरीको अभियोगमा महिला पक्राउ
पोखरा । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं। ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ छन् । उनले पोखरा बजारका विभिन्न स्थानबाट वृद्धा महिलाहरुको घरमा परिवारका अन्य सदस्य नभएको मौका… Continue reading पोखरामा सुनको गहना चोरीको अभियोगमा महिला पक्राउ
चितवन राष्ट्रिय निकुन्जमा दुई वटा गैँडा मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला परेका छन् । बुधबार र बिहीबार गस्तीमा गएको टोलीले एक भाले र एक पोथी गैंडा मृत भेटेको निकुञ्जले जनाएको छ। चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार अमलटारी सेक्टरको कुजौली रेञ्जपोष्टअन्तर्गत नारायणी नदीको किनारमा ५ महिनाको भाले ९केटो० गैंडा मृत भेटिएको थियो। उक्त केटोको बाघको… Continue reading चितवन राष्ट्रिय निकुन्जमा दुई वटा गैँडा मृत फेला
कांग्रेस नेता पौडेलले पाए जापान सरकारको राजकीय सम्मान
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उच्च पदक ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान पौडेललाई बिहीबार नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रदान गरे । जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’… Continue reading कांग्रेस नेता पौडेलले पाए जापान सरकारको राजकीय सम्मान
अभिनेता ओबराय दिनभर व्यस्त, पशुपति र चन्द्रागिरि भ्रमण, प्रचण्डसँग भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय बिहीबार दिनभर व्यस्त रहे । उनले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरे । बिहीबार नै चन्द्रागिरि पुगेका उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता समेत गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका थिए । भेटमा… Continue reading अभिनेता ओबराय दिनभर व्यस्त, पशुपति र चन्द्रागिरि भ्रमण, प्रचण्डसँग भेट
महँगी ८.०८ प्रतिशत बढ्यो, खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि उच्च
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवासमूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको… Continue reading महँगी ८.०८ प्रतिशत बढ्यो, खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि उच्च
राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नामेवियामा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली टिमले खराबर प्रदर्शन… Continue reading राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा
रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो, चार महिनामा ३ खर्ब ७८ अर्ब भित्रियो
काठमाडौं । नेपालमा पछिल्लो चार महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यस्तो देखाएको हो । यस अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ७.० प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स १०.८… Continue reading रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो, चार महिनामा ३ खर्ब ७८ अर्ब भित्रियो
विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब मौज्दात
काठमाडौं । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यस्तो देखाएको हो । असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिक मसान्तमा रु.१२४६ अर्ब २७ करोड पुगेको… Continue reading विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब मौज्दात
गायिका आस्था राउतलाई अमेरिकाकाे अध्यगमनले फिर्ता पठायो
काठमाडौं । गायिका आस्था राउतलाई अमेरिकाकाे एक अध्यगमनले नेपाल फिर्ता पठाइदिएकाे छ । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको हाे । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अमेरिका प्रवेशमा रोक लगाइएको छ । डिसेम्बर १० मा गायिका राउत त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको… Continue reading गायिका आस्था राउतलाई अमेरिकाकाे अध्यगमनले फिर्ता पठायो
यी हुन् गोल्डेन बुटको होडमा रहेका खेलाडी, मेस्सी सबैभन्दा अगाडि
काठमाडौं । यसपटकको विश्वकपमा गोल्डेन बुटको होडमा चार खेलाडी छन् । जसमा अर्जेन्टिनाका २ र फ्रान्सका २ जना छन् । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिना युलियन अल्भारेजले समान ४ गोल गरेका छन् । मेसी र एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्न… Continue reading यी हुन् गोल्डेन बुटको होडमा रहेका खेलाडी, मेस्सी सबैभन्दा अगाडि
राष्ट्रपतिसमक्ष आयोगले बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको हो । तिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा… Continue reading राष्ट्रपतिसमक्ष आयोगले बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन
पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार आउने
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो ।विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण… Continue reading पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार आउने
एम्बाप्पे लगातार दोस्रो खेलमा गोल गर्न असफल, गोल्डेन बुट र बल दुबै होडमा मेसी अगाडी
काठमाडौं । जारी विश्वकप फुटबलको गोल्डेन बुट र बल दुबै होडमा अर्जेण्टाइन स्टार लियोनल मेसीले अग्रता लिएका छन् । फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले क्वाटरफाइनल र सेमिफाइनल दुबै खेलमा गोल गर्न सकेनन् । जसका कारण उनलाई यस होडमा मेसीले उछिनेका हुन् । दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ । फ्रान्सको… Continue reading एम्बाप्पे लगातार दोस्रो खेलमा गोल गर्न असफल, गोल्डेन बुट र बल दुबै होडमा मेसी अगाडी
आज काठमाडौं महानगर दिवस, कामकाज बन्द
काठमाडौं । आज काठमाडौं महानगरपालिकाले महानगर दिवस मनाउँदैछ । यस अवसरमा काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म सेवा बन्द गरिएको छ । महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी गराएको छ । महानगरले हरेक मंसिर २९ मा महागर दिवस मनाउने गर्छ । ‘काठमाडौं महानगर, मातहतका सबै विभाग,आयोजना, कार्यक्रम, वडा कार्यालयहरू र… Continue reading आज काठमाडौं महानगर दिवस, कामकाज बन्द
आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदै, सरकार बनाउने बाटो खुल्दै
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज बुझाउँदैछ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपतिलाई बिहीबार प्रतिवेदन बुझाउँदैछन् । निर्वाचनको अन्तिम मतपरिणाम आएको एक साताभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने प्रावधान रहेको छ । तर आयोगले अन्तिम मतपरिणाम बुधबार नै सार्वजनिक गरेको थियो । आयोगले प्रतिनिधि सभा… Continue reading आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदै, सरकार बनाउने बाटो खुल्दै
विश्वकपको फाइनल समिकरण पुरा, अर्जेण्टिना र फ्रान्स आइतबार भिड्ने
काठमाडौं । विश्वकप फुटबलको फाइनल समिकरण पुरा भएको छ । अब उपाधीका लागि आइतबार अर्जेण्टिना र फ्रान्स भिड्ने भएका छन् । मोरक्को सफल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको हो । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो… Continue reading विश्वकपको फाइनल समिकरण पुरा, अर्जेण्टिना र फ्रान्स आइतबार भिड्ने
आपराधिक घटनामा दोषि ठहर भएकालाई उन्मुक्ति नदेउ : आयोग
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आपराधिक घटनामा दोषी ठहर भई सजाय भोगिरहेकालाई उन्मुक्ति दिन ल्याएको अध्यादेशप्रति आपत्ति जनाएको छ। बुधबार आयोगले आपराधिक घटनाका दोषी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई उन्मुक्ति दिन ल्याइएको अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको विद्यमान प्रावधानमा… Continue reading आपराधिक घटनामा दोषि ठहर भएकालाई उन्मुक्ति नदेउ : आयोग
निर्वाचन आयुक्तको प्रतिवद्धता : विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानून बनाउँछौं
काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता जनाएको छ । ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘८ वटा कानुन छन् । अब एउटै बन्छ । धेरै कुरा जुधेका पनि छन्’ थपलियाले… Continue reading निर्वाचन आयुक्तको प्रतिवद्धता : विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानून बनाउँछौं
बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा
काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा सिलसिलामा काठमाडौं अवतरण गरेका छन् । उनी बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका हुन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम रहेको बताइएको छ । विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका रहेको छ… Continue reading बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७६ प्रतिशत उम्मेदवारको धरौटी जफत
काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४० दलका ४ हजार बढी उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा गरी ५ हजार ६३५ जनाको उम्मेदवारी रहेकामा ४ हजार २८५ जनाको जमानत जफत भएको हो । जुन कुल उम्मेदवारको ७६ प्रतिशत भन्दा बढी हो । १० प्रतिशत मत नल्याउने प्रतिनिधिसभातर्फका १७ सय ७२… Continue reading प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७६ प्रतिशत उम्मेदवारको धरौटी जफत