काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार रूपैयाँ तोकिएको छ। सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गर्न ५१ हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । यसअघि ४१ हजार रूपैयाँ बुझाउने व्यवस्था भए पनि यसपटक १० हजार रूपैयाँ बढाइएको… Continue reading कांग्रेस संसदीय दल नेतामा उम्मेदवार बन्न ५१ हजार तिर्नुपर्ने
Category: फिचर
नेप्सेमा सामान्य सुधार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । गत मंगलबारदेखि लगातार ओरालो लागेको नेप्से आज ३ अंकले बढेको हो । सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने गिरावट आएके छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोडले घटेर १ अर्बभन्दा कममा सीमित भएको छ । सोमबार नेप्से ३.८३ अंकले बढेर १८५८.८९… Continue reading नेप्सेमा सामान्य सुधार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
वर्षामा मेलम्चीको पानी ल्याउन जेठ अगावै स्थायी संरचना बनाइने
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका(१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको छ । वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ । पानी ल्याएको मूलढोकामा फिल्टर राखेर वर्षाको बाढी र… Continue reading वर्षामा मेलम्चीको पानी ल्याउन जेठ अगावै स्थायी संरचना बनाइने
कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक
काठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक भएको छ । कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमितिले सोमबार निर्वाचनको तालिका सार्वजनिक गरेको हो। दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेलृ जारी गरेको निर्वाचन सम्बन्धी कार्यक्रमका अनुसार पुस ४ (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। आजै साढे २ बजेदेखि ३ बजेसम्म… Continue reading कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक
सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा लिन चाहनेले जानकारी दिनुपर्ने
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते सपथ लिने भएका छन्। सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेका लागि सपथ ग्रहणको समय तोकेको छ। सपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्रको सक्कल र प्रतिलिपि तथा दुईटा फोटो सहित लिएर आउन सचिवालयलाई निम्तो दिइएको छ। कुनै सदस्यले मातृभाषामा शपथ… Continue reading सांसदहरुको शपथ पुस ७ गते, मातृभाषामा लिन चाहनेले जानकारी दिनुपर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने निर्विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ। संसदीय दलको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध चयन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।
माधव नेपाल संसदीय दलको नेता, उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला
काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता चयन गरेको छ । सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष माधव नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् । समानुपातिक तर्फ थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादीबाट… Continue reading माधव नेपाल संसदीय दलको नेता, उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला
अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा १९ मारिए
काबुल । अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जना मारिएका छन् । काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको समाचारमा उल्लेख छ । विस्फोटमा परेर महिला र बालबालिकासहित १९… Continue reading अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा १९ मारिए
समाजवादीको संसदीयको दलको बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।संसदीय दलको नेता चयन, समसामयिक राजनीति, भावी रणनीति र नयाँ सरकारबारे छलफल गर्न बैठक बोलाइएको हो । एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जितेको छ। संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन… Continue reading समाजवादीको संसदीयको दलको बैठक बस्दै
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । सोमबार देशका केही भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू-भागमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?
सर्वकालिन महान खेलाडी मेसी
काठमाडौं । वर्तमान युगमा महान खेलाडीको सूचीमा राखिने पेले र म्याराडोनासँगै आधुनिक यूगका सर्वकालिन महान खेलाडी बन्न सफल भएका छन् लियानल मेसी । अब उनले आफ्नो सक्रिय जीवनमा जित्न बाँकी कुनै पनि उपाधी छैन । अर्जेण्टिनाले आइतबार राती विश्वकप जितेसँगै मेसीको यो सफलता अमर बनेको हो । कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल… Continue reading सर्वकालिन महान खेलाडी मेसी
अर्जेण्टिना विश्व च्याम्पियन
काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि उचाल्दै विश्व च्याम्पियन बनेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जित्न सफल भयो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।… Continue reading अर्जेण्टिना विश्व च्याम्पियन
७ दिनको समय दिएर राष्ट्रपतिबाट सरकार गठनको आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेकी हुन्। आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई… Continue reading ७ दिनको समय दिएर राष्ट्रपतिबाट सरकार गठनको आह्वान
तीन वर्षपछि शून्यमा झर्यो नेपालमा कोरोना संक्रमण दर
काठमाडौं। तीन वर्षपछि नेपालमा कोभिड- १९ संक्रमणदर शून्यमा झरेको छ । नेपालमा विसं २०७६ साल माघको पहिलो साता पहिलो पटक कोभिड संक्रमित भेटिएका थिए। झन्डै तीन वर्षपछि आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो। आज २ जना संक्रमणमुक्त… Continue reading तीन वर्षपछि शून्यमा झर्यो नेपालमा कोरोना संक्रमण दर
स्थानीय तहका प्रमुख अधिकृतले अब बिदामा बस्दा अनिवार्य मन्त्रालयको स्वीकृति लिनुपर्ने
काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने उक्त मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले जानकारी दिए । उनले… Continue reading स्थानीय तहका प्रमुख अधिकृतले अब बिदामा बस्दा अनिवार्य मन्त्रालयको स्वीकृति लिनुपर्ने
नेप्सेमा उच्च अंकको गिरावट, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत मंगलबारदेखि ओरालो लागेको नेप्से आज पनि उच्च अंकले घटेको हो । आइतबार नेप्से २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा आइपुगेको छ । यसदिन २५० कम्पनीको १ अर्ब १५ करोड रुपैयाँ बढीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३… Continue reading नेप्सेमा उच्च अंकको गिरावट, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्दै
काठमाडौं । अनुत्पादक क्षेत्र भनिए पनि बैंक तथा वित्तीय संस्थाहरूको घरजग्गामा कर्जा लगानी वर्षेनी बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा घरजग्गामा कर्जा लगानी ६९.३७ प्रतिशतले बढेको छ । यद्यपि, राष्ट्र बैंकको कडाइका कारण पछिल्लो १ वर्ष यता भने घरजग्गामा कर्जा लगानी केही सुस्त देखिएको छ । बैंक तथा वित्तीय… Continue reading अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्दै
अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी
काठमाडौं\एजेन्सी । अमेरिकामा यस वर्ष चिसो याममा कम्तीमा एक करोड ५० लाख जना बिरामी भएको रिर्पोट सार्वजनिक भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को प्रतिवेदनले यस्तो तथ्य देखाएको हो । सीडीसीको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा एक लाख ५० हजार मानिस अस्पताल भर्ना भएका र नौ हजार तीन सय… Continue reading अमेरिकामा चिसोका कारण १ करोड ५० लाख मानिस बिरामी
माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यसबारे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि… Continue reading माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?
नयाँ सरकार गठनबारे कांग्रेस छलफलमा जुट्दै
काठमाडौं । नेपाली कांग्रेस नयाँ सरकार गठनबारे छलफलमा जुट्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसको भनाई छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन… Continue reading नयाँ सरकार गठनबारे कांग्रेस छलफलमा जुट्दै
विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका
काठमाडौं । विश्वकप फुटबलको एक महिना लामो महामेला आज समापन हुँदैछ । आज तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यो खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । लिओनल मेसीका लागि विश्वकपको यो सम्भवतः अन्तिम खेल हो । ३५ वर्षिय महान फुटबलरका लागि… Continue reading विश्वकप फाइनल आज : महान खेलाडी मेसीलाई विश्व विजेता बन्ने अन्तिम मौका
क्रोएसिया बन्यो तेस्रो
काठमाडौं । क्रोएसिया विश्वकपमा तेस्रो बनेको छ । जारी विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २–१ गोलअन्तरले हराउँदै तेस्रो स्थान सुरिक्षित गरेको हो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो । सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा… Continue reading क्रोएसिया बन्यो तेस्रो
नेपालको समृद्धिका लागि अमेरिकाको सहयोग सदैव रहन्छ : राजदूत
नेपालगन्ज । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन् । उनले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, विपत्, वातावरणलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए । पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज आइपुगेका राजदूत थम्प्सनले नेपालमा सूचना, प्रविधि र अंग्रेजी… Continue reading नेपालको समृद्धिका लागि अमेरिकाको सहयोग सदैव रहन्छ : राजदूत
निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको छ ।आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त… Continue reading निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
प्रधानमन्त्रीले गरे ललितपुर महानगरपालिकाको प्रशंसा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने भन्दै ललितपुर महानगरपालिकाको प्रशंसा गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको बताए ।… Continue reading प्रधानमन्त्रीले गरे ललितपुर महानगरपालिकाको प्रशंसा
खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?
काठमाडौं । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ। डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेलेका थिएनन् । प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने जानकारी गराएका छन् । उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी छन्… Continue reading खेलाडी बिरामी हुँदा कति चिन्तामा फ्रान्स ?
विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु
काठमाडौं । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो । टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका… Continue reading विदेशमा पनि उत्तिकै माग हुन्छ टोखाको चाकु
नेपाल र भारतीय सैनिकको संयुक्त अभ्यास सुरु
काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ । ‘सूर्यकिरण’ नाम दिएको सो सैनिक अभ्यास शुक्रबारबाट रुपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल विद्यालयमा सुरु भएको नेपाली सेनाले जनाएको छ । ‘सूर्यकिरण’को १६औँ संस्करणका रूपमा सुरु भएको उक्त सैनिक अभ्यासको मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति यामप्रसाद ढकालले शुभारम्भ गर्नुभयो । यसअघि १५औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको… Continue reading नेपाल र भारतीय सैनिकको संयुक्त अभ्यास सुरु
उच्च भेगमा हिमपातको सम्भावना
काठमाडौं । शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस्तो जानकारी गराएको हो । देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली… Continue reading उच्च भेगमा हिमपातको सम्भावना
विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै
काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई टोलीले तेस्रो स्थानका लागि आज खेल्दैछन् । खेल राति ८ : ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २–० ले… Continue reading विश्वकपमा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै