काठमाडौं । अमेरिकामा हिम आँधी र अधिक चिसोका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । करोडौं मानिस प्रभावित बनेका छन् । बीबीसीका अनुसार क्यानडा र अमेरिकामा पछिल्लो समय अत्यधिक मात्रामा हिमपातसहितको हावाहुरी चलेको छ । अमेरिकामा ३४ जनाको ज्यान गएको छ । जसमा सर्वाधिक प्रभावित क्षेत्रको रूपमा न्युयोर्क रहेको छ । न्युयोर्कको बफेलो क्षेत्र… Continue reading अमेरिकामा चिसोका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो
Category: फिचर
नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मुलुक चीन र भारतले बधाई तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै बधाई ज्ञापन गरेका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास समेत लिएका छन् । चीनले समेत प्रधानमन्त्री प्रचण्डको सफल कार्यकालका लागि शुभकामना दिएको छ। प्रधानमन्त्री दाहाललाई यहाँस्थित… Continue reading नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई
प्रधानमन्त्रीको शपथ अगाडी गठबन्धन र माओवादीको छुट्टाछुट्टै बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण अगाडी सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक आज बस्ने भएको छ । सरकारमा पठाउने मन्त्री टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ८ बजे बोलाइएको बैठक सुरु भएको छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ । माओवादी… Continue reading प्रधानमन्त्रीको शपथ अगाडी गठबन्धन र माओवादीको छुट्टाछुट्टै बैठक बस्दै
प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुँदैछ । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् । प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दिन राष्ट्रपति… Continue reading प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज
१० वर्ष जनयुद्ध, ३३ वर्ष पार्टी र तेस्रो पटक सरकारको नेतृत्व गर्दै प्रचण्ड
काठमाडौं । नेपालको राजनीति पछिल्लो साढे दुई दशकयता आफ्नो इशारामा चलाउन सफल व्यक्तिमा पर्छन् पुष्प कमल दाहाल प्रचण्ड । २०५२ सालमा जनयुद्ध सुरु भएयता उनले जे जस्तो चाहेका छन्, राजनीतिले उस्तै मोड लिएको छ । नेपालमा राजतन्त्रकालिन व्यवस्था उन्मुलनदेखि गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका प्रचण्ड पुनः एक पटक शान्तीपूर्ण राजनीतिाबाट मुलुकको कार्यकारी पदमा पुग्न सफल… Continue reading १० वर्ष जनयुद्ध, ३३ वर्ष पार्टी र तेस्रो पटक सरकारको नेतृत्व गर्दै प्रचण्ड
क्षणभरमै रित्तियो कांग्रेस
आइतबार बिहानसम्म सत्ता राजनीतिको सबैभन्दा शक्तिशाली दल क्षणभरमै प्रतिपक्षी बनेको छ । कांग्रेस वर्तमान संसदको सबैभन्दा ठूलो दल हो । तर, गठबन्धन जोगाउन गम्भीर नबन्दा कांग्रेसले आफ्नो शक्तिमात्र गुमाएन, ५ वर्ष ढुक्कसँग चलाउन सक्ने महत्वपूर्ण पदहरु समेत गुमाएको छ । यसमा राष्ट्रपति, सभामुखदेखि प्रदेश सरकारहरु समेत पर्छन् । अब कांग्रेसले ७ वटै प्रदेशमा प्रतिपक्षमा बस्नु… Continue reading क्षणभरमै रित्तियो कांग्रेस
प्रचण्ड बने मुलुकको ४४ औं प्रधानमन्त्री, सोमबार सपथ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।… Continue reading प्रचण्ड बने मुलुकको ४४ औं प्रधानमन्त्री, सोमबार सपथ
प्रचण्डले राष्ट्रपतिसमक्ष गरे दावी पेश, १६७ सांसदको समर्थनसहित ४४ औं प्रधानमन्त्री बन्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने दाबी पेश गरेका छन् । सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र १६७ सांसदसहित दाबी पेश गरेका हुन् । गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति… Continue reading प्रचण्डले राष्ट्रपतिसमक्ष गरे दावी पेश, १६७ सांसदको समर्थनसहित ४४ औं प्रधानमन्त्री बन्दै
लामो कटुतालाई अन्त्य गर्दै बार्दलीबाट ओली र प्रचण्डको संयुक्त अभिवादन
काठमाडौं । लामो कटुतालाई अन्त्य गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमतिपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले बालकोटको बार्दलीबाट संयुक्त अभिवादन गरेका छन्। सत्ता समीकरणको लामो रस्साकस्सीबीच नयाँ सरकारको नेतृत्व गर्ने अवसर पाएपछि खुसी भएका माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले बार्दलीबाट अभिवादन गरेका हुन्। यो सहमतिसँगै… Continue reading लामो कटुतालाई अन्त्य गर्दै बार्दलीबाट ओली र प्रचण्डको संयुक्त अभिवादन
एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । वैठकमा साढे २ वर्षपछि भने एमालेले प्रधानमन्त्री लिने सहमति भएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत बनेको हो । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ । सरकार बनाउने सुहमतिअनुसार दाबी राष्ट्रपति… Continue reading एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई
प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वैठकको सहमति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेकासहितका दलहरुबीच सहमति भएको छ। आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको विभिन्न दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको हो। नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा सहभागी थिए। आज बिहानसम्म… Continue reading प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वैठकको सहमति
तालिवानले केटीहरुलाई एनजीओमा काम गर्न लगायो रोक
काबुल । अफगानिस्तानमा केटीहरुले अब गैरसरकारी संस्थामा काम गर्न नपाउने भएका छन् । यसअघि उच्च शिक्षामा रोक लगाएको तालिवान सरकारले अब एनजीओमा काम गर्न समेत रोक लगाएको बीबीसीले जनाएको छ । अफगान सरकारको यस निर्णयको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । तालिवानले भने यस निर्णयको बचाउ गरेको समाचारमा उल्लेख छ । एनजीओमा काम गर्ने केटीहरुले… Continue reading तालिवानले केटीहरुलाई एनजीओमा काम गर्न लगायो रोक
काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन
काठमाडौं । काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । यो यस सिजनको सबैभन्दा कम हो । शनिबार न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । अहिले देशभरकै तापक्रम निरन्तर कम भइरहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव… Continue reading काठमाडौंमा आज यस सिजनकै कम तापक्रम मापन
नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडी’को संज्ञा दिएका छन् । शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले यस्तो लेखेका हुन् ।उनले लेखेका छन्ः नयाँ सांसदहरू, नयाँ गफाडीहरू उही पुरानो देशउही पुराना व्यापारीहरू। उनले यो कुन प्रसंगलाई लक्षित गरी भनेको भन्ने चाँही खुलाएका छैनन् । मंसिर ४ मा भएको चुनावबाट निर्वाचित नयाँ सांसदले… Continue reading नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु
बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन
काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ। उनको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए। उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि थिए।उनी सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री ९२०२४०, अर्थ,… Continue reading बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन
प्रधानमन्त्रीमा दावि गर्न राष्ट्रपतिले दिएको समय आज सकिने
काठमाडौं । सरकार गठन गर्न दाबी गर्न राष्ट्रपतिले दलहरुलाई दिएको समय आज सकिने भएको छ । आइतबार साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिने छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन् । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा दुई… Continue reading प्रधानमन्त्रीमा दावि गर्न राष्ट्रपतिले दिएको समय आज सकिने
आज क्रिसमस डे, संसारभर मनाइंदै
काठमाडौं । आज क्रिसमस डे, संसारभर मनाईदैछ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उ नले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास… Continue reading आज क्रिसमस डे, संसारभर मनाइंदै
अमेरिका र क्यानडामा अत्यधिक चिसोका कारण करोडौं मानिस प्रभावित, कम्तिमा १९ जनाको मृत्यु
काठमाडौं । अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिसहरूले जोखिमको सामना गरिरहेका छन्। अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू चालिएको छ भने कम्तीमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन्। मोन्टाना राज्यमा कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। अमेरिकामा लगभग १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको… Continue reading अमेरिका र क्यानडामा अत्यधिक चिसोका कारण करोडौं मानिस प्रभावित, कम्तिमा १९ जनाको मृत्यु
म्यानमारका नागरिकले किर्ते गरी नेपाली नागरिकता लिएको खुलासा
काठमाडौं । एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका… Continue reading म्यानमारका नागरिकले किर्ते गरी नेपाली नागरिकता लिएको खुलासा
पूर्व राजा शाहले गरे जानकी मन्दिरमा पूजा
धनुषा । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन् । उनी शुक्रबार धनुषा पुगेका थिए । जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्न रातो कार्पेट ओछ्याइएको थियो । सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरे । उनले शुक्रबार साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा… Continue reading पूर्व राजा शाहले गरे जानकी मन्दिरमा पूजा
नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य
काठमाडौं । सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरिएको बताएको छ । मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग… Continue reading नेपालमा पुनः सार्वजनिक स्थलमा मास्क अनिवार्य
प्रचण्ड र माधव नेपालसँग रामचन्द्रको आग्रह : गठबन्धन जोगाउनुस
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन नभत्काउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आग्रह गरेका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर उनले सत्ता गठबन्धनलाई नभत्काउन आग्रह गरेका छन् । ‘जवाफमा प्रचण्डले कांग्रेस इमान्दार हुनुपर्ने बताएका छन् । दाहालले कांग्रेसबाट राष्ट्रपति रामचन्द्र पौडेल र आफू प्रधानमन्त्री हुँदा गौरव… Continue reading प्रचण्ड र माधव नेपालसँग रामचन्द्रको आग्रह : गठबन्धन जोगाउनुस
अहिलेको संसदबाट सरकार गठन हुने अवस्था छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसदले सरकार दिन सक्ने अवस्था नरहेको बताएका छन् । यसले मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना बढेको समेत उनको तर्क छ । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको बताए । प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा… Continue reading अहिलेको संसदबाट सरकार गठन हुने अवस्था छैन : ओली
अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा अध्ययनका लागि विदेशिने प्रयोजनका लागि ३८ हजारले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार मंसिंर मसान्तसम्म ३८ हजार ६१ जनाले यस्तो अनुमति लिएका हुन् । साउनदेखि मङ्सिर मसान्तसम्म ‘नो अब्जेक्सन लेटर’ लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपियाँ राजस्व… Continue reading अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’
अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट
काठमाडौं । अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट भएको छ । कर्मचारीको लापरबाहीको कारण अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको बताइएको छ । वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको… Continue reading अमेरिकामा नेपाली दूतावासको रकम लुटपाट
विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल १५ पुस भित्र दर्ता नगरे नेपालमा नचल्ने
काठमाडौं । विदेशबाट व्यक्तिगत रुपमा नेपाल ल्याएका मोवाइल सेट दर्ता नगरे १५ पुसबाट नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ । शनिबार एक सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ । मोबाइल सेटको गैरकानुनी… Continue reading विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल १५ पुस भित्र दर्ता नगरे नेपालमा नचल्ने
त्रिभुवन विमानस्थल हुँदै निरन्तर सुनको तस्करी, एकै व्यक्तिको साथबाट १९ किलो सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको तस्करी निरन्तर भइरहेको पाइएको छ । शुक्रबार एकै व्यक्तिको साथबाट १९ किलो सुन बरामद भएको छ । उनी विदेशी नागरिक हुन् । पक्राउ पर्नेमा सुडानका नागरिक मोहम्मद अहम्मद छन्। शुक्रबार फ्लाई दुबईको उडानबाट नेपाल आएका उनलाई विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेक गरेका थिए। चेक गर्दा उनको साथबाट १९ किलो… Continue reading त्रिभुवन विमानस्थल हुँदै निरन्तर सुनको तस्करी, एकै व्यक्तिको साथबाट १९ किलो सुन बरामद
‘द भ्वाइस अफ नेपाल’को चौथो संस्करणको विजेता बने करण राई
काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । शुक्रबार राती सम्पन्न ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए ।… Continue reading ‘द भ्वाइस अफ नेपाल’को चौथो संस्करणको विजेता बने करण राई
आज हिउँदे वर्षाको सम्भावना
काठमाडौं । आज देशका केही क्षेत्रमा हिउँदे वर्षाको सम्भावना छ । देशका केही भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले… Continue reading आज हिउँदे वर्षाको सम्भावना
जुलमुक्त भएसँगै नेपालबाट निष्काशित भए चार्ल्स शोभराज
काठमाडौं । जेल मुक्त भएसँगै बिकिनी किलरका नामबाट संसारभर कुख्यात चार्ल्स शोभराज नेपालबाट निकाशनमा परेका छन् । उनलाई नेपाल सरकारले डिपोर्ट गरी फ्रान्स पठाएको हो । नेपालमा उनले ५० हजार जरिवाना तिरेका छन् । साथै उनी अब १० वर्ष नेपाल आउन पाउने छैनन् । उनी कतार एयरवेजको जहाज चढेर फ्रान्स लागेका हुन् । विमानस्थलसम्म उनलाई… Continue reading जुलमुक्त भएसँगै नेपालबाट निष्काशित भए चार्ल्स शोभराज