प्रधानमन्त्रीले भेटे अमेरिकी राजदूत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त भएकोमा दाहाललाई बधाई दिएका छन् । द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको… Continue reading प्रधानमन्त्रीले भेटे अमेरिकी राजदूत

तराईमा हुस्सुका कारण जनजिवन प्रभावित

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले तराईमा हुस्सु लाग्नुका साथै उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान काठमाडौंको आकाश पनि धुम्म छ। चिसो बढेको छ। दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली… Continue reading तराईमा हुस्सुका कारण जनजिवन प्रभावित

आज तमु ल्होसार, सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदै छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार साँस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा भेला भएर… Continue reading आज तमु ल्होसार, सार्वजनिक बिदा

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् । उनले ट्वीट… Continue reading भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

एमडिएमएस दर्ता नभएका मोवाइल दर्ता नभएका मोबाइल आजबाट नचल्ने

काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेट आजदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याइएको हो । अब भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु चल्ने छैनन् । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा… Continue reading एमडिएमएस दर्ता नभएका मोवाइल दर्ता नभएका मोबाइल आजबाट नचल्ने

महान फुटबलर पेलेको निधन

काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन्… Continue reading महान फुटबलर पेलेको निधन

भारतमा उत्पादित खोकीको औषधी खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु

काठमाडौं । भारतमा उत्पादिन खोकीको झोल औषधि खाँदा उज्बेकिस्तानमा १८ बालबालिकाको ज्यान गएको छ । उज्बेकिस्तानको सो दाविसँगै भारतले अनुसन्धान थालेको बताएको छ । नोएडाको मेरियन बायोटेकले बनाएको कफ सिरपसँग जोडिएको दाबीबारे भारत सरकारले अनुसन्धान सुरु गरेको बीबीसी हिन्दीले लेखेको छ । केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठनले जारी गरेको विज्ञप्तिमा यूपी ड्रग्स लाइसेन्सिङ प्राधिकरणले औषधि… Continue reading भारतमा उत्पादित खोकीको औषधी खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु

मापदण्ड विपरित खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

काठमाडौं । मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका एक सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । मङ्गलवार गृह मन्त्रालयले मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो । धवार र बिहीबार कुल एक सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयले जनाएको छ । जसमा… Continue reading मापदण्ड विपरित खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

प्रभु साहले खोले नयाँ पार्टी

काठमाडौं । रौतहट क्षेत्र नं ३ बाट निर्वाचित सांसद प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्। साहले आज पत्रकार सम्मेलन गरी पार्टी गठनको घोषणा गरेका हुन्। साहकै अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटी समेत गठन भएको छ। साहलाई रौतहट क्षेत्र नं २ बाट स्वतन्त्र रूपमा निर्वाचित किरण साहले साथ दिएका छन्। उनी संसदीय विभाग… Continue reading प्रभु साहले खोले नयाँ पार्टी

बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहको सहयोग

file

काठमाडौं । काठमाडौं महानगरले थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागे‍को छ। बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेका हुन् । सो बस्ती हटाएर सौन्दर्यीकरणको काम तत्काल सुरू गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेको हो। ‘थापाथलीस्थित वाग्मती नदी किनारमा… Continue reading बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहको सहयोग

पूजाआजा गरेर सरकारी निवास पुल्चोकमा सरे गृहमन्त्री रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् । लामिछानेले बिहीवार पूजाआजा गरेर मन्त्री निवास (क्वाटर) प्रवेश गरेका हुन् । उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको थियो ।

सुरक्षा निकायका पदाधिकारीलाई राजनीतिक पार्टीका नेताहरू भेट्न रोक

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाई राजनीतिक पार्टीका नेताहरूलाई भेट्न रोक लगाएको छ । गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बिहीवार एक विज्ञप्ति जारी गर्दै अबदेखि राजनीतिक पार्टीका नेताहरूलाई भेट्नु परे स्वीकृति लिनुपर्ने जनाएका छन् । कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति… Continue reading सुरक्षा निकायका पदाधिकारीलाई राजनीतिक पार्टीका नेताहरू भेट्न रोक

सत्ता गठबन्धनको संयोजकमा ओली, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता साझेदार दलको संयोजकमा चयन भएका छन् । बिहीवार बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजकमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिए । ‘सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ । यसका लागि… Continue reading सत्ता गठबन्धनको संयोजकमा ओली, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने

ट्वीटरले ‘लक’ गर्‍यो प्रधानमन्त्री ‘प्रचण्ड’को आधिकारिक ट्वीटर अकाउन्ट

काठमाडौं । ट्वीटरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्वीटर अकाउन्ट ‘लक’ गरेको छ । प्रधानमन्त्री भएलगत्तै उनको आधिकारिक अकाउन्ट लक भएको हो । कांग्रेसका सभापति शेर बहादुर देउवापछि प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रचण्डकै फोटो अपडेट गरिएको थियो । प्रधानमन्त्री भएलगत्तै उनको आधिकारिक अकाउन्ट ‘लक’ गर्नु अर्थपूर्ण देखिन्छ । लक भएको अकाउन्टबाट राखेरका सूचना तथा सन्देशहरु अरुले… Continue reading ट्वीटरले ‘लक’ गर्‍यो प्रधानमन्त्री ‘प्रचण्ड’को आधिकारिक ट्वीटर अकाउन्ट

चीनमा सडकमा एक साथ ठोक्किए २ सय गाडी

काठमाडौं\एजेन्सी । चीनमा सडकमा एक साथ दुई सय गाडी ठोक्किएर दुर्घटनामा परेका छन् । घटनामा एक जनाको ज्यान गएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार घटना हेनान प्रान्तमा भएको हो । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी… Continue reading चीनमा सडकमा एक साथ ठोक्किए २ सय गाडी

अमेरिकामा घातक हिमपात : दैनिक हजारौं हवाई उडान रद्द

File Photo

न्यूयोर्क । न्यूयोर्कको बफेलो सहरमा घातक हिमआँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ। मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको छ। उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ मानिसहरू बिजुलीबिना नै बस्न बाध्य छन्। बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी… Continue reading अमेरिकामा घातक हिमपात : दैनिक हजारौं हवाई उडान रद्द

आन्द्र प्रदेशमा दंगा, कम्तिमा ७ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रमा भागदौड मच्चिंदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । तेलुगु देशम पार्टी (टिडिपी)को कार्यक्रममा बुधबार बेलुका भागदौड मच्चिएको हो । उक्त र्‍याली पार्टीका प्रमुख एवम् आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले आयोजना गरेका थिए । नायडुले रोड शो गर्ने बेला उनको गाडी वरिपरी… Continue reading आन्द्र प्रदेशमा दंगा, कम्तिमा ७ जनाको मृत्यु

अमेरिकाले चीनबाट आउने यात्रुलाई गर्यो कडाई

काठमाडौं । अमेरिकाले चीनबाट आफ्नो देश आउने यात्रुलाई कडाई गरेको छ । आगामी जनवरी ५ देखि चीनबाट अमेरिका भित्रने यात्रुले अनिवार्य रूपमा कोभिड निगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गर्दै यात्रामा कडाइ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो नियम मुख्य भूमि चीन, हङकड्ड र मकाउबाट आउने दुई वर्षमाथिका सबै हवाई यात्रुमा लागू हुनेछ।… Continue reading अमेरिकाले चीनबाट आउने यात्रुलाई गर्यो कडाई

सत्ता गठबन्धनको बैठक आज

काठमाडौं । सरकारलाई समर्थन गरेका ७ दलका नेताबीच आज छलफल हुने भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार दिउँसो आह्वान गरेका छन् । यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले एक्लै कुराकानी गरेका छन् । पुस १०… Continue reading सत्ता गठबन्धनको बैठक आज

गृहमन्त्रीले राहदानी विभाग पुगेर लिए नागरिकको लामो लाइनबारे जानकारी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर नागरिकको लामो लाइनबारे जानकारी लिएका छन् । राहदानी लिन सर्वसाधारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गरेको गृह मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नियुक्त… Continue reading गृहमन्त्रीले राहदानी विभाग पुगेर लिए नागरिकको लामो लाइनबारे जानकारी

जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु

File

टोकियो । जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनको मृत्यु भएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै अत्यधिक हो । अघिल्लो दिन कोभिडले गर्दा २७१ ज्नाको मृत्यु भएको थियो । राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगर सरकारले बताएको छ । देशभरमा बुधवार २ लाख १६… Continue reading जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु

राप्रपा सरकारमा सहभागी हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने भएको छ । यसै वर्षबाट… Continue reading राप्रपा सरकारमा सहभागी हुने

बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सरकारी निवास वालुवाटार सरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी हुन् । उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरे । ज्योतिषी टिकाराम घिमिरेले जुराएको साइत अनुसार बुधबार पाँच बजे सरिसक्नुपर्ने भए पनि उनी एक घन्टा… Continue reading बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् । पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्, १ मत बदर भएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला… Continue reading गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुरसिंह लामा निर्वाचित भएका छन् । संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई ५ मतले हराउँदै लामा निर्वाचित भएका हुन् । इन्द्रबहादुर बानियाँ १६ मत ल्याए भने बहादुरसिंह लामाले  २१ मत ल्याएका छन् । दलको नेताका लागि कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । गत मङ्सिर ४ गते… Continue reading कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

टिकेन शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो

काठमाडौं । शेयर बजार दोहोरो अंकको घटेको छ । लामो समयदेखि ओरालो लागेको नेप्सेमा नयाँ सरकार बनेसँगै उछाल आएको बजार पुरानै लयमा फर्किएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५७ कम्पनीको २ अर्ब १५ करोड ३५ लाख… Continue reading टिकेन शेयर बजारको उछाल, दोहोरो अंकले घट्यो

विशेष चेकिङको क्रममा १०७ जना चालक ट्राफिक प्रहरीको कारवाही

काठमाडौं । काठमाडौँ उपत्यकामा बुधवार बिहानै गरिएको विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । जस्मा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारवाहीमा परेका हुन् । त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ८ ओटा स्कुल बसका चालकलाई… Continue reading विशेष चेकिङको क्रममा १०७ जना चालक ट्राफिक प्रहरीको कारवाही

संसद विघटनपछि ओली पहिलोपटक प्रचण्ड निवास खुमलटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । कांग्रेससँग गठबन्धन टुटाएर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएसँगै ओली खुमलटार पुगेका हुन् । संसद विघटनपछि ओली दुई वर्षपछि पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् । ओली र प्रचण्ड एक ठाउँमा उभिएसँगै पुनः वाम एकताको चर्चा हुन थालेको… Continue reading संसद विघटनपछि ओली पहिलोपटक प्रचण्ड निवास खुमलटारमा

चीनले पूर्ण रुपमा खुला गर्यो रसुवा नाका

file

काठमाडौं । लामो समयदेखि बन्द रहेको उत्तरी रसुवा नाकाबाट मङ्गलबारदेखि सामान निर्यात सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै बन्द भएको नाका मङ्गलबारदेखि खुला भएको हो । रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाका खुलेको पहिलो दिन ५० लाख ७० हजार रुपियाँ बराबरका सामान निर्यात भएको जानकारी दिए । मङ्गलबार छ कन्टेनर स्वदेशी सामान… Continue reading चीनले पूर्ण रुपमा खुला गर्यो रसुवा नाका

पेन्सिलभेनियाको सदभावना दूत बने अधिकारी

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन तथा सद्‌भावना दूतमा विनोद अधिकारी नियुक्त भएका छन् । पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन सद्‌भावना दूतमा नियुक्ति गरिएको हो । चार वर्षे कार्यकालका लागि नियुक्त भएका अधिकारीलाई मंगलबार पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्ति पत्र प्रदान गरे । पर्यटन मन्त्रालयले सद्‌भावना दूत निर्देशिका २०७८… Continue reading पेन्सिलभेनियाको सदभावना दूत बने अधिकारी