क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि

file

काठमाडौं । युक्रेनले आफ्नो एक क्षेप्यास्त्र हमलामा परेर अधीनस्थ डोनेत्स्क क्षेत्रको पूर्वी भागमा झण्डै ४०० रुसी सैनिकहरूको मृत्यु भएको दाबी गरेको छ।रुसको रक्षा मन्त्रालयले भने ६३ जना सैनिकहरू मारिएको पुष्टि गर्दै त्यस हमलामा हाइमार्स रकेटहरूको प्रयोग भएको जनाएको छ। दुवैतर्फका दाबीको स्वतन्त्र रूपले पुष्टि हुन नसकेको बीबीसीले लेखेको छ । उसले त्यहाँ सैनिकहरू अस्थायी रुपमा… Continue reading क्षेप्यास्त्र हानेर ४ सय रुसी सैनिक मारेको युक्रेनको दावि

केपी शर्मा ओली र बाबुराम भट्टराईबीच बालकोटमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । एक अर्काका कट्टर आलोचक नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बालकोट पुगेर भट्टराईले ओलीसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको भट्टराईको सचिवालयले जानकारी दिएको छ। उनीहरूबीच सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा पनि कुराकानी भएको थियो। ओलीलाई केही दिनअघि सत्ता गठबन्धनले सत्ता साझेदार… Continue reading केपी शर्मा ओली र बाबुराम भट्टराईबीच बालकोटमा भेटवार्ता, के भयो कुराकानी ?

सन्दीप लामिछानेलाई मानसिक समस्या, जेलभित्रै थालियो मनोपरामर्श

Gorakhapatra

काठमाडौं । बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेमा मानसिक समस्या देखिएको छ। लामिछाने पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि जेलरसँगको सल्लाहमा आवश्यक मानसिक परामर्श थालिएको स्रोतले बताएको छ । उनी मुद्दा पुर्पक्षको निम्ति काठमाडौं जिल्ला अदालतको आदेशपछि दुई महिनादेखि केन्द्रीय कारागार सुन्धारामा छन् । सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय… Continue reading सन्दीप लामिछानेलाई मानसिक समस्या, जेलभित्रै थालियो मनोपरामर्श

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५३ कम्पनीको २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ बराबरको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको सहमतिमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका उनले पुस २६ गते विश्वासको मत लिने जानकारी संसद सचिवालयले दिएका छन्। ‘नेपालको… Continue reading प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने

पुष्पा न्यौपाने मृत्यु प्रकरण: सुधन संग्रौला पुर्पक्षका लागि जेल चलान

काठमाडौं । पुष्पा न्यौपाने मृत्यु प्रकरणमा सुधन संग्रौला जेल चलान भएका छन्। बानेश्वरकी २६ वर्षीया न्यौपानेले आत्मदाह गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। विवाह गर्ने सहमति पछि गरेको इन्गेजमेन्ट रद्द भएपछि पुष्पाले सुधनकोे धुम्बाराहीस्थित घर अगाडि पुगेर आत्मदाह गरेकी थिइन् । उनले आत्मदाह गर्दा सुधनसहित उनको परिवारले हेरिरहेको… Continue reading पुष्पा न्यौपाने मृत्यु प्रकरण: सुधन संग्रौला पुर्पक्षका लागि जेल चलान

सुरक्षा संयन्त्रका प्रमुखहरुलाई गृहमन्त्री लामिछानेको १८ बुँदे निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटा जिल्ला प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रका प्रमुखहरुलाई १८ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारमा सोमबार बिहान भएको भर्चुअल बैठकका क्रममा गृहमन्त्री लामिछानेले १८ बुँदे निर्देशन दिएका हुन्। सबै जिल्लाका सीडीओ र सुरक्षा समितिका अधिकारीहरुसँगको भर्चुअल अन्तर्क्रियामा गृहमन्त्री लामिछानेले आम नागरिकमा सरकार प्रतिको विश्वास आर्जन गर्नेगरी काम… Continue reading सुरक्षा संयन्त्रका प्रमुखहरुलाई गृहमन्त्री लामिछानेको १८ बुँदे निर्देशन

कोठामा निसासिएर भारतमा तीन नेपालीको मृत्यु

काठमाडौं । भारतमा तीन नेपालीको मृत्यु भएको छ । मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको हो । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका-५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको हो । बन्द कोठामा कोइला… Continue reading कोठामा निसासिएर भारतमा तीन नेपालीको मृत्यु

सुधारियो नेपाली शेयर बजार, कारोबार रकम चार अर्ब नाघ्यो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)१७.२६ अंकले बढेर २०४६.०२९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६१ कम्पनीको ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँ बराबरको १ करोड,८ लाख ८० हजार ९०४ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading सुधारियो नेपाली शेयर बजार, कारोबार रकम चार अर्ब नाघ्यो

प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन्। पोखरामा आज आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्रीले विमानस्थल उद्घाटन गरेका हुन्। आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन्। उद्घाटन समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ। कार्यक्रमका दौरान हेलिकोप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो भने विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। पोखरा… Continue reading प्रधानमन्त्रीले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रदेश– १ मा सरकार गठनका लागि दलहरुलाई ८ दिनको समय

काठमाडौं । प्रदेश १ मा नयाँ सरकार गठनका लागि दलहरुलाई ८ दिनको समय दिइएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार गठनका लागि २४ गतेसम्मको समय दिएका हुन् । खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतका साथ… Continue reading प्रदेश– १ मा सरकार गठनका लागि दलहरुलाई ८ दिनको समय

टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगित

काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमको आजदेखि हुने भनिएको ‘फाइभ-जी’को परीक्षण स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्यून देखिएपछि ट्रायल स्थगित गरेको हो । यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आज जनवरी १ देखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो । फाइभ-जीको परीक्षणअघि टेलिकमले यसको व्यवसायिक प्रयोगको… Continue reading टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगित

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा आजबाट सञ्चालनमा आउँदैछ । यद्दपी पहिलो चरणमा यहाँ आन्तरिक उडानमात्र हुने भएको छ । आइतबार बिहान ११ बजे प्रधानमन्त्री पुष्प कमल दाहालले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिकाले आज आइतबारका लागि पोखरामा सार्वजनिक बिदा समेत दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो… Continue reading आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

म भाषण होइन, काम गर्न आएको हुँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताएका हुन् ।मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्र सुधार लगायतका विषयमा कामको सुरुवात गरेको प्रधानमन्त्री दाहालको भनाइ… Continue reading म भाषण होइन, काम गर्न आएको हुँ : प्रधानमन्त्री

भूतपूर्व पोप बेनेडिक्टको निधन

Getty images\file

काठमाडौं । भूतपूर्व पोप बेनेडिक्टको सोह्रौँको भ्याटिकनस्थित आफ्नै निवासमा ९५ वर्षको उमेरमा निधन भएको छ। उनी करिब एक दशकपछि खराब स्वास्थ्यका कारण अस्वस्थ रहँदै आएका थिए। उनले आठ वर्षभन्दा कम समय क्याथोलिक चर्चको नेतृत्व गरेका थिए। बेनेडिक्टले सन् २०१३ मा राजीनामा दिएका थिए। त्योसँगै उनी सन् १४१५ मा ग्रेगरी बाह्रौँपछि राजीनामा गर्ने पहिलो पोप बनेका… Continue reading भूतपूर्व पोप बेनेडिक्टको निधन

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा सडक दुर्घटनामा परेर एक नेपाली विलार्थीले ज्यान गुमाएका छन्। स्थानीय प्रहरीका अनुसार पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको ज्यान गएको हो। साथीको मोटरसाइकल मागेर चलाएका मृतकले सडकछेउको ट्राफिक पोलमा ठोक्किएर ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै गर्मी बढेसँगै अष्ट्रेलियामा समुद्री किनारमा पुगेका नेपालीहरू दुर्घटनामा पर्ने क्रम बढेको छ। पछिल्ला… Continue reading अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

सिंहदरबारमा सर्वसाधारणको पहुँच सहज बनाउनेबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा समसामयिक विषय र सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्रीको सचिवालय संयोजक दीपक बोहराले अहिले पनि सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको उल्लेख गर्दै आम सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनेबारे प्रधानमन्त्रीसँग कुराकानी भएको बताए… Continue reading सिंहदरबारमा सर्वसाधारणको पहुँच सहज बनाउनेबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

गृहले राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन पहल थाल्यो

काठमाडौं । गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन पहल शुरु गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार नागरिकलाई सहजरूपमा राहदानी, नागरिकता र परिचय पत्र वितरण गर्न विज्ञको टोली खटाइएको छ । चार विज्ञ सदस्यीय टोलीले तीन दिन यता राहदानी विभागसँग समन्वय गरी काम… Continue reading गृहले राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन पहल थाल्यो

कम्बोडियामा नेपालीको ज्यान गएको प्रति प्रधानमन्त्रीद्धारा दुख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनामा मृत्यु भएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे सहित १९ जनाको निधन भएको थियो । प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव… Continue reading कम्बोडियामा नेपालीको ज्यान गएको प्रति प्रधानमन्त्रीद्धारा दुख व्यक्त

डब्लूएचओले चीनसँग भन्यो : कोरोनाको तथ्यांक नलुकाउ

फाइल तस्वीर

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्थाबारेको वास्तविक तथ्यांक नलुकाउन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको हो । डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन… Continue reading डब्लूएचओले चीनसँग भन्यो : कोरोनाको तथ्यांक नलुकाउ

रोनाल्डो साउदी अरेवियाको क्लवमा आवद्ध

काठमाडौं । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्। उनी कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्ने भएका छन् । साउदी अल(नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मरले स्पेनको राजधानी म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर… Continue reading रोनाल्डो साउदी अरेवियाको क्लवमा आवद्ध

शनिबार पनि बाक्लो हुस्सुले तराईको जनजिवन प्रभावित

काठमाडौं । शनिबार समेत मौसममा आंशिक बदली भएको छ । तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको अवस्था छ । आज दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका… Continue reading शनिबार पनि बाक्लो हुस्सुले तराईको जनजिवन प्रभावित

उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्रमा हान्यो क्षेप्यास्त्र

File

टोकियो । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल हानेको छ । मिसाइल छोटो दूरीका भएको समाचारमा उल्लेख छ । जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार बिहान ८ : ०० बजे, दोस्रो ८ : १४ बजे र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जनाएको छ । तीनवटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट… Continue reading उत्तर कोरियाले जापानको समुन्द्री क्षेत्रमा हान्यो क्षेप्यास्त्र

कम्बोडियामा जल्दै गएको १२औँ तलाबाट हाम फाल्नु अघि निराकारले छोरालाई भने : बाबा अलवेज लभ्स यू

काठमाडौं । कम्बोडियाको एक होटलमा भएको आगलागीमा परी एक जना नेपालीको ज्यान गएको छ । उनी झापा घर भएका निराकार पाण्डे रहेको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा ज्यान गुमाएका १९ जनामध्ये एक जना झापाका पाण्डे हुन् । आगलागी भएको ठाउँ कम्बोडिया र थाइल्यान्डको सीमा नजिकै पर्छ । विर्तामोड… Continue reading कम्बोडियामा जल्दै गएको १२औँ तलाबाट हाम फाल्नु अघि निराकारले छोरालाई भने : बाबा अलवेज लभ्स यू

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीले पठाए लिखित बधाई सन्देश

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनको पूर्ण साथ रहने बताएका छन् । प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका हुन् ।लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाइ पत्र पठाएका थिए । दूतावासले प्रधानमन्त्रीलाई उक्त… Continue reading प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीले पठाए लिखित बधाई सन्देश

रविको एक्सन: निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न पुनः समिति गठन

काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न नयाँ समिति बनेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको सञ्चारमाध्यमले जनाएका छन् । गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय,… Continue reading रविको एक्सन: निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न पुनः समिति गठन

म्यानमारको सैनिक सरकारप्रति बफादार अदालतद्धारा सुकी फेरि दोषी ठहर, ३३ वर्षको सजाय

एजेन्सी । म्यानमारको सैनिक सरकारप्रति बफादार एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भष्ट्राचारको अभियोगमा दोषी ठहर गरेको छ । दोषी ठहर गर्दै उनलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी सुकीलाई सबै… Continue reading म्यानमारको सैनिक सरकारप्रति बफादार अदालतद्धारा सुकी फेरि दोषी ठहर, ३३ वर्षको सजाय

‘नियमसम्मत काममा हस्तक्षेप हुँदैन, सरुवा-बढुवाका लागि नेताको दैलोमा गए कारबाही गर्छु’

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीले गर्ने नियमसम्मत काममा कुनै हस्तक्षेप नगर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताएका हुन् । लामिछानेले मन्त्रालय र आफ्नो तर्फबाट नियम, कानुन र विधिसम्मत रूपमा प्रहरीले गर्ने काममा कुनै हस्तक्षेप नगर्ने बताए । उनले भने, ‘सरुवा र… Continue reading ‘नियमसम्मत काममा हस्तक्षेप हुँदैन, सरुवा-बढुवाका लागि नेताको दैलोमा गए कारबाही गर्छु’

एमडीएमएस प्रणाली अनिश्चितकालको लागि स्थगित

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली अनिश्चितकालको लागि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि एमडीएमएस प्रणाली अनिश्चित कालको लागि स्थगित भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए। ‘तत्काल यो सेवा पूर्ण रूपमा सुरू नगर्न निर्देशन दिनुभएको छ। यसलाई थप व्यवस्थापन गरेर मात्रै अघि बढाउनू भन्नुभएको छ,’ उनले भने, ‘प्राधिकरणको यो निर्णयलाई कार्यान्वयन… Continue reading एमडीएमएस प्रणाली अनिश्चितकालको लागि स्थगित

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न निर्देशन दिएका छन् । सरकारले कडाइ गरेको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ अभियान चलाएपछि अर्थमन्त्रीलाई प्रचण्डले उक्त निर्देशन दिएका हुन् । भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाई गर्ने बताएको थियो। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ… Continue reading विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न प्रचण्डको निर्देशन