विश्वकपपछि फ्रान्स फर्किएका मेसीलाई ‘गार्ड अफ अनर’

काठमाडौं । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विशिष्ट सम्मान प्रकट गरेको छ । उसले मैदानमा मेसीलाई गार्ड अफ अनर प्रदान गरेको हो । विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई क्लबले यस्तो सम्मान दिएको हो । गार्ड अफ अनर सम्मानलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ। घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा… Continue reading विश्वकपपछि फ्रान्स फर्किएका मेसीलाई ‘गार्ड अफ अनर’

चीनबाट हुने यात्रालाई यूरोपमा कडाई गरिँदै

काठमाडौं । कोरोना संक्रमण फैलिएको भन्दै चीनबाट आउने हरेक यात्रुमाथि कडाई गर्न विपद्‌ नियन्त्रणसम्बन्धी युरोपेली संघका अधिकारीहरूले सिफारिस गरेका छन्। चीनबाट प्रस्थान गर्नुअघि कोरोना परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि परीक्षण गराउनुपर्ने र उडान अवधिमा अनिवार्य मास्क लगाउनुपर्नेलगायतका व्यवस्था गर्न सिफारिस गरिएको हो। यसैबीच हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे… Continue reading चीनबाट हुने यात्रालाई यूरोपमा कडाई गरिँदै

तराईमा सुरु भयो शीतलहर, जनजिवन प्रभावित

काठमाडौं । तराई मधेशभेगमा शीतलहर सुरु भएको छ । जसका कारण जनजिवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ ।… Continue reading तराईमा सुरु भयो शीतलहर, जनजिवन प्रभावित

दर्ता नभएका क्रसर उद्योग बन्द गरिँदै

काठमाडौं । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्ने भएको छ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो । गृह मन्त्रालयले कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न आज बुधवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन… Continue reading दर्ता नभएका क्रसर उद्योग बन्द गरिँदै

मेयर बालेन इण्डोनेसिया भ्रमणमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह इण्डोनेसिया भ्रमणमा निस्किएका छन् । उनी मंगलबार श्रीमतीसँग भ्रमणमा इन्डोनेसिया गएको उनको सचिवालयले जनाएको छ । यो उनको व्यक्तिगत भ्रमण भएको बताइएको छ । बालेन २५ पुसमा स्वदेश फर्कने भएका छन् । भ्रमण पारिवारिक भएको बताइएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि उनी पहिलो पटक विदेश पुगेका… Continue reading मेयर बालेन इण्डोनेसिया भ्रमणमा

मन्त्रालय फुटाउने तयारी छैन : लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको जानकारी गराएका छन् । बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले यसबारे कुनै पनि छलफल नभएको बताए । ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन्। ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उनले भने। यस बैठकमा न्यूनतम… Continue reading मन्त्रालय फुटाउने तयारी छैन : लामिछाने

प्रयोगमा नरहेको ‘सिम कार्ड’ अर्को व्यक्तिलाई बेच्न रोक

काठमाडौं । सर्वोच्च अदालतले प्रयोगमा नरहेका ‘सिम कार्ड’ अर्को व्यक्तिलाई बेच्न रोक लगाएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गोपनीयताको हकका विषयलाई सम्बोधन गर्दै प्राधीकरणको सो निर्देशन तत्काल कार्यन्वन गर्न अन्तरिम आदेश जारी गरिएको हो । कुनै व्यक्तिको नाममा जारी भएको सिम ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गरी खारेज भएको मितिबाट ६… Continue reading प्रयोगमा नरहेको ‘सिम कार्ड’ अर्को व्यक्तिलाई बेच्न रोक

शेयर बजारमा उछाल, ३ अर्ब ५० करोडको कारोबार

काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)६४.८७ अंकले घटेर २१२५.९४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५८ कम्पनीको ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ बराबरको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading शेयर बजारमा उछाल, ३ अर्ब ५० करोडको कारोबार

नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको छैन, भ्रम फैलाइयो : क्यान

काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला नेपाल क्रिकेट संघ (क्यान)ले अस्वीकार गरेको छ । क्यानले बुधबार वक्तव्य जारी गर्दै क्यानले प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ नभएको प्रस्ट पार्दै भ्रामक तथा मिथ्या सूचनाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा… Continue reading नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको छैन, भ्रम फैलाइयो : क्यान

काठमाडौंको गेस्ट हाउसमा ३४ वर्षीया महिला मृत फेला

काठमाडौं । काठमाडौंको मित्रनगरस्थित एक गेस्ट हाउसमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मित्रनगरस्थित स्वर्गद्वारी गेस्ट हाउसमा रोल्पाको मागदी गाउँपालिका–७ घर भएकी ३४ वर्षीया अस्मिता पुन मृत फेला परेकी हुन्। उनी सुतेकै अवस्थामा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार पुन विगत ३ दिनदेखि उक्त गेस्ट हाउसमा बस्दै आएकी थिइन्।

सुदूरपश्चिम प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ७ दिनको समय

काठमाडौं । सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि ७ दिनको समय दिएको छ । बुधबार प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गतेभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा… Continue reading सुदूरपश्चिम प्रदेशमा सरकार गठनको दाबी पेस गर्न ७ दिनको समय

नेपाल-अमेरिका चलचित्र महोत्सव जुनमा हुने

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण, २०२३ को जुन २२ बाट सुरु हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आइरहेको छ । महोत्सव जुन २५ सम्म चल्नेछ। वासिङ्टन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैठौं महोत्सवमा सहभागिताका लागि… Continue reading नेपाल-अमेरिका चलचित्र महोत्सव जुनमा हुने

कीर्तिमानी मूल्यमा एसिया पसेका रोनाल्डोलाई साउदीमा भब्य स्वागत

काठमाडौं । कीर्तिमानी रकममा साउदी क्लब अल नासरमा आवद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अब एसिया महादेशमा व्यवसायिक फुटबल खेल्नेछन् । उनलाई साउदीमा भब्य स्वागत गरियो । क्लबले मंगलबार राति रोनाल्डोको स्वागतमा भब्य स्वागत समारोह आयोजना गरेको हो । कार्यक्रम मार्सूल पार्कमा दुई घण्टासम्म चलेको थियो । अल नासरको पहेँलो र नीलो जर्सी लगाएका रोनाल्डो… Continue reading कीर्तिमानी मूल्यमा एसिया पसेका रोनाल्डोलाई साउदीमा भब्य स्वागत

बाक्लो हुस्सुका कारण आज पनि जनजिवन प्रभावित

काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण आज पनि देशभर यात्रा र जनजिवन प्रभावित बनेको छ । तराईका जिल्लामा हुस्सु तथा कुहिरोले जनजिवन बढी प्रभावित बनेको हो । कम भिजिभिलिटीका कारण आज बिहान आन्तरिक उडान ठप्प भएको छ । त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फको उडान मात्र नियमित छ । बुधबार बिहान तराईका धेरै भू–भागमा बाक्लो हुस्सु तथा… Continue reading बाक्लो हुस्सुका कारण आज पनि जनजिवन प्रभावित

काठमाडौंको सडकका खाल्डा एक महिना भित्र पुर्न भौतिक मन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको खाल्डोहरु पुर्न उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिरको १ महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । मंन्त्रालय मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ्ग कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प छैन।’ यसको लागि राजनीतिज्ञ र कर्मचारीले शुसासन कायम गर्न आत्माआलोचना… Continue reading काठमाडौंको सडकका खाल्डा एक महिना भित्र पुर्न भौतिक मन्त्रीको निर्देशन

पाँचथरमा आगलागी, २ जनाको मृत्यु

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा एक घरमा लागेको आगलागीमा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र… Continue reading पाँचथरमा आगलागी, २ जनाको मृत्यु

दरबारमार्गको पार्किङ हट्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको एक लाइन पार्किङ हटाएर सडक खाली गराएको छ । मंगलबार दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउन ट्राफिक प्रहरीको समन्वयमा पार्किङ निषेध गरिएको महानगर प्रहरी राजुनाथ पाण्डेलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । उनका अनुसार आजदेखि पार्किङ निषेध गरिएको हो। उक्त क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थियो। अब यस… Continue reading दरबारमार्गको पार्किङ हट्यो

प्रधानमन्त्रीको जोड : जनजिविका सहज बनाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनजिविकालाई सहज बनाउने गरी काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् । सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेका प्रधानमन्त्री प्रचण्डले मंगलबार ३० बुँदे निर्देशन दिए । जसमा अधिकांश विषय जनजिविकासँग सम्बन्धित छन् । उनले भनेका छन्, ‘हिजो र आज दुईदिन सबै मन्त्रालय र निकायका… Continue reading प्रधानमन्त्रीको जोड : जनजिविका सहज बनाऔं

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : ठोस परिवर्तन देखिने गरी काम गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ठोस परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिएका छन् । सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको प्रस्तुती सुनेका प्रधानमन्त्रीले मंगलबार ३० बुँदे निर्देशन दिएका हुन् । उनले विकास खर्च कम हुनुको कारण खोज्न भनेका छन् । नीतिगत तहमा समस्या भए सुधारको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको… Continue reading सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : ठोस परिवर्तन देखिने गरी काम गर्नुहोस

आहा ! रारा गोल्डकप: मनाङलाई हराउँदै अमेरिकी टिम भुटानी युथ स्पोर्ट्स सेमिफाइनलमा

काठमाडौं । काठमाडौं । मनाङ मर्स्याङ्दीलाई हराउँदै भुटानी शरणार्थीहरुको क्लब भुटानी युथ स्पोर्टस् क्लब आहा रारा पोखरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङ मर्स्याङ्दीलाई १–० ले हराउँदै भुटानी क्लब सेमिफाइनल पुगेको हो । भुटानी क्लबका लागि एकमात्र गोल प्रविण बस्नेतले गरे । भुटानी क्लबले फाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । बाई पाएर… Continue reading आहा ! रारा गोल्डकप: मनाङलाई हराउँदै अमेरिकी टिम भुटानी युथ स्पोर्ट्स सेमिफाइनलमा

राहदानी वितरणको काम अनिश्चितकालका लागि रोकियो

काठमाडौं । राहदानी विभागले राहदानी वितरण अनिश्चितकालका लागि बन्द गरेको छ । विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि अर्को सूचना जारी नहुदाँसम्म राहदानी लिन लागि विभागमा नआउन अनुरोध गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ आजको मितिदेखि अर्को… Continue reading राहदानी वितरणको काम अनिश्चितकालका लागि रोकियो

झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५७ कम्पनीको ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरूद्ध मेयर बालेन सर्वोच्चमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । मंगलबार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गरेका हुन्। निर्वाचन आयोगले मेयर शाहलगायत जनप्रतिनिधिलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो। आयोगले शाहलाई ७ लाख ५० हजार जरिवाना तोकेको छ। आयोगले तोकेअनुसार ७ लाख… Continue reading जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरूद्ध मेयर बालेन सर्वोच्चमा

विश्वभर देखिन सक्छ आर्थिक मन्दी

Photo : Human Rights Watch

काठमाडौं । विशवभर आर्थिक मन्दिको असर देखिन सक्ने अतर्राष्ट्रिय निकायले चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउने सम्भावना रहेको बताएको हो । आईएमए प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दीको सम्भावना रहेको र यसबाट लाखौं मानिस प्रभावित हुने बताइन् ।… Continue reading विश्वभर देखिन सक्छ आर्थिक मन्दी

हुस्सुका कारण देशैभरको जनजिवन प्रभावित

काठमाडौं । बाक्लो हुस्सुका कारण देशैभरको जनजिवन प्रभावित बनेको छ । देशका धेरैजसो ठाउँमा हुस्सु कुहिरो लागेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव समेत दिएका छन् । केही दिनयता काठमाण्डौसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म हुस्सु कुहिरो लागेको छ । जसका कारण सडक र हवाई यात्रा प्रभावित बनेको छ । हुस्सु कुहिरो लागेका… Continue reading हुस्सुका कारण देशैभरको जनजिवन प्रभावित

स्वतन्त्र सांसद साह एमाले प्रवेश

काठमाडौं । नेकपा एमालले एक सांसद थप गरेको छ । रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधि सभा सांसद भएका किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन्। एमाले अध्यक्ष ओलीले साहलाई पार्टी प्रवेश गराए । गत मंसिरमा सम्पन्न चुनावमा साहले नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस… Continue reading स्वतन्त्र सांसद साह एमाले प्रवेश

कसरी गरिँदैछ आज पेलेको अन्तिम संस्कार ?

Matias Delacroix - stringer, AP

काठमाडौं । विश्व फुटबलका महान खेलाडी ब्राजिलियन पेलेको आज अन्तिम संस्कार हुने भएको छ । उनलाई हजारौ समर्थकले अन्तिम श्रद्धाञ्जली दिएका छन्। साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन समर्थकहरू हजारौंको भिड लागेको छ । अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशाला पुर्‍याइएको थियो।… Continue reading कसरी गरिँदैछ आज पेलेको अन्तिम संस्कार ?

लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ। अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। निसीखोला –६ को… Continue reading लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल

एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ

काठमाडौं । प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् । आइतबार राति चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा(फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको… Continue reading एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ

इन्टरनेट सेवा प्रदायकको चेतावनी: जुनसुकै बेला सेवा रोकिन सक्छ

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले जुनसुकै बेला सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । तार प्रयोग गरिएका पोलको भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर र अपरेसनल प्वाइन्टमा विद्युत् लाइन काटिदिएसँगै विवाद चुलिएको हो । विद्युत् सेवा अवरुद्ध भएको ठाउँमा उचित क्षतिपूर्ति नदिएसम्म इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रवाह गर्न नसक्ने… Continue reading इन्टरनेट सेवा प्रदायकको चेतावनी: जुनसुकै बेला सेवा रोकिन सक्छ