स्पेनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु नेपालमा

काठमाडौं । स्पेनका दुई पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीसहितको टीम नेपाल आइपुगेको छ । स्पेन र नेपालका नागरिक मिलेर चलाएको संस्था लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको क्याकेरेनो फुटबल क्लबलाई नेपाल भित्र्याएको हो । मंगलबार नेपाल आइपुगेको ५५ जनाको टोली सिधैं पोखरा पुगेको छ । क्लबले गण्डकी–११ सँग बुधबार पोखरा रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । स्पेनिस महारथी बार्सिलोना… Continue reading स्पेनका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्रिमा झर्यो

काठमाडौं । काठमाडौं उपत्यकामा आज अझ चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । यो यस सिजनकै सबैभन्दा कम हो । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो । पानी परेको बेला वा बादल… Continue reading काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्रिमा झर्यो

बाग्लुङ केन्द्रविन्दु बनाएर भूकम्प

बाग्लुङं । बाग्लुङमा मध्य रातमा ५.३ म्याग्निच्युडको भूकम्पको महसुस भएको छ । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर राति २ बजेर सात मिनेट जाँदा भूकम्प गएको हो । त्यसअघि राति १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका… Continue reading बाग्लुङ केन्द्रविन्दु बनाएर भूकम्प

कोरियाबाट जहाज चढाएर ल्याइएका गाई किसानलाई वितरण

काठमाडौं । हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर आज किसानलाई वितरण गरिएको हो । दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका छ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा… Continue reading कोरियाबाट जहाज चढाएर ल्याइएका गाई किसानलाई वितरण

काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो

File

काठमाडौं । काठमाडौं– केरुङ रेल मार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आएको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौं आएको रेल विभागले जनाएको छ । चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै यो परियोजनाको… Continue reading काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो

सवारी चालकले १६ प्रकारका गल्ती गर्दा तिर्नुपर्नेछ अब न्यूनतम १५०० जरिवाना

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना रकम वृद्धि गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको हो । ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको छ । यसअघि यी विभिन्न शीर्षकमा ५०० देखि १५०० रूपैयाँसम्म जरिवाना लाग्दै आएको थियो। तर अब यी शीर्षकमा… Continue reading सवारी चालकले १६ प्रकारका गल्ती गर्दा तिर्नुपर्नेछ अब न्यूनतम १५०० जरिवाना

कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

काठमाडौं। नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार विज्ञप्ति जारी गरी भ्रष्टाचारको मुद्दा किनारा नलागेकाले सांसद गुरुङ स्वतः निलम्बनमा परेको जनाएका छन्। गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभाका सदस्य गुरुङमाथिको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने… Continue reading कांग्रेसका नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

पुस २५ गते संसद अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी हुन्। प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी छ। संविधानको धारा… Continue reading पुस २५ गते संसद अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी

कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी… Continue reading कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

शेयर बजारमा उछाल, एकैदिन ३ अर्ब ८८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा चिनिएका पौडेल अर्थमन्त्री हुँदा लगानीकर्ता उत्साहित भएका छन् जसका कारण दुई दिनमै नेप्सले १०० बढी अंकको फड्को मारिसकेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६१… Continue reading शेयर बजारमा उछाल, एकैदिन ३ अर्ब ८८ करोडको कारोबार

गभर्नर महाप्रसाद अधिकारीले बुझे वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ बुझेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले उक्त कुरा देखाएको हो । वार्षिक प्रतिवेदन अनुसार अधिकारीले वर्षभरीमा ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका छन्। उनले एक वर्षमा तलबबापत १४ लाख १८ हजार ४ सय रुपैयाँ… Continue reading गभर्नर महाप्रसाद अधिकारीले बुझे वर्षदिनको तलब-भत्तावापत ४९ लाख रुपैयाँ

राति हल सञ्चालन गर्न दिने बोर्डको निर्णय, सेन्सर सिफारिस चार दिनअघि लिए हुने

काठमाडौं । नेपाल चलचित्र संघको चर्को दबावपछि चलचित्र विकास बोर्डले प्रदर्शनसम्बन्धी नियम संशोधन गरेको छ। सोमवार बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा बसेको बैठकले सेन्सरदेखि राति हल सञ्चालन गर्ने नियम संशोधन गरेको हो। रातिको समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा पहिले नै बोर्डलाई जानकारी गराए हुने निर्णय गरिएको छ। यसअघि राति ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने… Continue reading राति हल सञ्चालन गर्न दिने बोर्डको निर्णय, सेन्सर सिफारिस चार दिनअघि लिए हुने

बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस

तस्विर: इकान्तिपुरबाट

काठमाडौं । प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ । केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको हो । काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको थियो । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान… Continue reading बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृहलाई सिफारिस

दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णय गर्न माहिर मानिन्छन् । मुलुक अनिर्णयको बन्दी बनेको धेरै पलहरुमा उनले गाठो फुकाउने काम गरेका छन् । पछिल्लो समय यस्तै निर्णयमार्फत मुलुकको कार्यकारी पदमा पुगेका प्रचण्डले पुनः एक पटक सबैको ध्यान आकर्षित गरेका छन् । त्यो हो, पोशाक । उनी यसअघि २०६५ र २०७३ सालमा गरी दुई… Continue reading दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश

प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने भएका छन् । मन्त्रिपरिषद्का सदस्यहरूले चालु आर्थिक वर्षमा बढेको १५ प्रतिशत तलब नलिने निर्णय सोमबारे भएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले कम्तीमा चालु आर्थिक वर्षभरि वृद्धि भएर आएको तलबभत्ता मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरेको हो । ‘प्रतिकात्मक रुपमा… Continue reading प्रधानमन्त्री र मन्त्रीहरुले यस वर्ष बढेको तलव नलिने

बझाङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बझाङ । बझाङमा गतराति ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो । उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ । झोलुङ्गे पुलको सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटनाम… Continue reading बझाङमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

अन्तर्राष्ट्रिय यात्रुलाई अनिवार्य गरेको क्वारेन्टाइन चीनले हटायो

काठमाडौं । चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाएको छ । यो निर्णय आगामी पुस २४ (जनवरी ८ बाट लागु हुने छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार विज्ञप्ति निकाल्दै नयाँ वर्षको पहिलो सातादेखि चीन आउने कुनै पनि अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने बताएको हो । यो सँगै चीनले करिब ३ वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय… Continue reading अन्तर्राष्ट्रिय यात्रुलाई अनिवार्य गरेको क्वारेन्टाइन चीनले हटायो

अझै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

काठमाडौं । देशभर चिसो बढ्ने क्रम जारी छ । मंगलबार काठमाडौंमा यस सिजनकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ । यस दिन न्यूनतम तापक्रम ४.४ सेल्सियस मापन भएको छ । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको… Continue reading अझै घट्यो काठमाडौंको न्यूनतम तापक्रम

नयाँ सरकारले जनतामा आश जगाएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले जनतामा आशा जगाएको बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले चुनावबाट जस्तो निर्णय आएको छ, त्यसलाई मन्त्रिपरिषद्ले समेटेको बताए । ‘हाम्रो अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन् । तर जनतामा आशा र भरोसा बढेको देखिएको छ’, उनले भने, ‘केही नयाँ गरिछाड्नेहरुको संकल्प भएकाहरुको केन्द्रिकरण भएको… Continue reading नयाँ सरकारले जनतामा आश जगाएको छ : प्रधानमन्त्री

गृहमन्त्री लामिछाने बने सरकारको प्रवक्ता

काठमाडौं । गृहमन्त्री रवी लामिछाने सरकारको प्रवक्ता बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष उनको पार्टी अध्यक्षकै नेतृत्वमा सरकारमा गएको हो । प्रधानमन्त्री प्रचण्डसहितको मन्त्रिमण्डलले सोमबार नै पद तथा गोपनियताको सपथ लिएको थियो । त्यसपछि मन्त्रिहरुले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । पदभार… Continue reading गृहमन्त्री लामिछाने बने सरकारको प्रवक्ता

सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिँदा लाइन लाग्नुपर्ने व्यवस्था सुधार गर्ने

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), पासपोर्टसहितका सेवा वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय भएको छ । राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न… Continue reading सरकारको पहिलो निर्णय : राहदानी र लाइसेन्स लिँदा लाइन लाग्नुपर्ने व्यवस्था सुधार गर्ने

प्रचण्डको नेतृत्वमा तीन उपप्रधानसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १-१ जना मन्त्री बनेका हुन्। उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय… Continue reading प्रचण्डको नेतृत्वमा तीन उपप्रधानसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन

दौरा सुरुवाल लगाएर लिए प्रचण्डले पद तथा गोपनीयताको शपथ

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् । उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका हुन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट-पेन्टमा शपथ ग्रहण गरेका थिए । यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो… Continue reading दौरा सुरुवाल लगाएर लिए प्रचण्डले पद तथा गोपनीयताको शपथ

नयाँ सरकारको स्वागतमा शेयर बजारमा देखियो उत्साहपूर्ण हरियाली

काठमाडौं । नयाँ सरकारलाई शेयर बजारले पनि स्वागत गरेको छ । निरन्तर घटिरहेको शेयर बजार सोमवार उच्च अंकले बढेको हो । आइतबार पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोसँगै अब नयाँ अर्थमन्त्री आउने अपेक्षाका साथ लगानीकर्ताको मनोबल बढ्दा नेप्सले बिहानै छलाङ मारेको थियो । शेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा समेत चिनिने विष्णु पौडेल अर्थमन्त्री… Continue reading नयाँ सरकारको स्वागतमा शेयर बजारमा देखियो उत्साहपूर्ण हरियाली

प्रचण्डको निर्देशन-‘बालुवाटार निवासमा नयाँ तथा भड्किलो सामान खरिद नगर्नू’

काठमाडौं । वनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले स्वकीय सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई यस्तो निर्देशन दिएका हुन् । प्रचण्ड एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

राप्रपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार बसेको पदाधिकारी बैठकमा तत्काल सरकारमा सहभागी नहुने भनेर राप्रपा र नागरिक उन्मुक्ति पार्टीले खबर पठाएको ब्रिफिङ गरेका थिए। नागरिक उन्मुक्ति पार्टीले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको… Continue reading राप्रपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने

न्यून गुणस्तर पाइएपछि लोमस प्यारेन्टेरल्स्को पारासिटामोल विक्री-वितरणमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले लोमस प्यारेन्टेरल्स्को पारासिटामोल विक्री-वितरणमा रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै लोमस ले उत्पादन गरेको औषधि गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जानकारी दिएको हो । लोमस प्यारेन्टेरल्स् एण्ड फर्मुलेसन प्रालिद्वारा उत्पादित पाराहिम (पारासिटामोल इन्फ्युजन आईपी)को ब्याच नम्बर ए२६डब्लूएक्स ००१ बिक्रीमा रोक लगाएको हो । सो ब्याचको… Continue reading न्यून गुणस्तर पाइएपछि लोमस प्यारेन्टेरल्स्को पारासिटामोल विक्री-वितरणमा रोक

डीएसपी ठगबहादुर केसी ३५ तोला सुन र २५ लाख रुपैयाँसहित नियन्त्रणमा

तस्विर: इकान्तिपुरबाट

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको हो । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको सीआईबीको टोलीले केसीको निवासमा खानतलासी गर्दा २५ लाख नगद र ३५… Continue reading डीएसपी ठगबहादुर केसी ३५ तोला सुन र २५ लाख रुपैयाँसहित नियन्त्रणमा

रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको रास्वपा सभापतिकै नेतृत्वमा सरकारमा जाने तयारी थालेको हो । महत्त्वपूर्ण मन्त्रालयमा रास्वपाको दाबी छ । तर पार्टीहरूको संयुक्त बैठकले मन्त्रालयको भागवण्डा लगाउने छ । उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने… Continue reading रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

तालिवानले महिलालाई एनजीओमा काम गर्न रोक लगाएपछि अफगानिस्तानमा काम रोक्ने निर्णय

काबुल । अफगानिस्तानमा तालिबानले महिलाहरूमाथि आफ्नो संस्थामा काम गर्न प्रतिबन्ध लगाएसँगै चार वटा मुख्य गैरसरकारी संस्थाले सो मुलुकमा काम रोक्ने निर्णय लिएका छन् । एउटा संयुक्त विज्ञप्तिमा केयर इन्टरन्याश्नल, नर्वेजियन रेफ्युजी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले “महिला कर्मचारी बिना” आफूहरूले काम जारी राख्न नसक्ने बताएका छन् । द इन्टरन्याश्नल रेस्क्यु कमिटीले पनि आफ्नो सेवाहरू… Continue reading तालिवानले महिलालाई एनजीओमा काम गर्न रोक लगाएपछि अफगानिस्तानमा काम रोक्ने निर्णय