काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुका ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । यसअघि स्थानीय जनप्रतिनिधिसँग मात्र भएको चित्त नबुझाइ स्थानीयले निरनतर आन्दोलन गरिरहेका थिए । महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण… Continue reading काठमाडौं महानगर र बन्चेडाँडाका स्थानीयबीच अर्को सहमति, उठ्ला फोहोर ?
Category: फिचर
पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि
काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपैयाँ बढेको छ । १७० रुपैयाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ पुगेको छ । निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपैयाँ बढाएको छ ।… Continue reading पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि
अमेरिकी सेनाका एक उच्च कमाण्डर चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा
काठमाडौं । अमेरिकी सेनाको प्यासिफिक कमान्डका एक उच्च कमान्डर जनरल चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा आएका छन् । अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिन नयाँदिल्ली हुँदै बिहीवार काठमाडौं आएका हुन् । उनी चार दिने भ्रमणमा सिलसिलामा आएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने कार्यक्रम छ ।… Continue reading अमेरिकी सेनाका एक उच्च कमाण्डर चार्ल्स ए फ्लिन नेपाल भ्रमणमा
आइसीसी विश्वकप लीग टू : नेपाल र ओमन भिड्दै
काठमाडौं । आइसिसी विश्वकप लिग २ मा नेपाल र ओमन भिडिरहेका छन् । नेपालले टस हारेको छ । ओमानले ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको छ । खेल अमेरिकाको टेक्सासस्थित पर्लल्यान्डको मोसा रंगशालामा जारी छ । नेपाली टिममा आज सुनील धमलाले डेब्यू गरेका छन्। सन्दीप लामिछानेले कप्तानी गरिरहेका छन् । घरेलु टिम अमेरिका, नेपाल र ओमानबीचको… Continue reading आइसीसी विश्वकप लीग टू : नेपाल र ओमन भिड्दै
काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार सर्वपक्षीय बैठक बस्दै
काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन बारे शुक्रबार सर्वपक्षीय छलफल हुने भएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दासँग शहरी विकास मन्त्रालयले छलफल गर्न लागेको हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्री समेत सहभागी हुने बैठकमा मन्त्रालयका सचिव, महाशाखा प्रमुख समेत बस्ने छन् । गत सोमबार… Continue reading काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार सर्वपक्षीय बैठक बस्दै
प्रधानमन्त्री र महानगरपालिकाका प्रमुख बालेनबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच बिहीबार पुनः भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो । भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री र महानगरपालिकाका प्रमुख बालेनबीच भेटवार्ता
अनुमतिबिना स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन, कारबाही गर्ने चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो । पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप… Continue reading अनुमतिबिना स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन, कारबाही गर्ने चेतावनी
प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरुको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उच्चपदस्थ अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो । योसँगै बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी… Continue reading प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन
सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै हाललाई यी वस्तुहरूको आयातमा लाग्दै आएको शतप्रतिशत एलसी मार्जिनको व्यवस्था हटाएको हो। नयाँ व्यवस्था अनुसार यी सामाग्री प्रयोग गर्ने उद्योगले सतप्रतिशत नगद मार्जिन राखेर आयात गर्न पाउनेछन् तर… Continue reading सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो
एक दिन पनि टिकेन नेप्सेको उछाल, शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक नेप्से १७.६९ अंकले घटेर २०६२.७५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२९ कम्पनीको १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading एक दिन पनि टिकेन नेप्सेको उछाल, शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौंसहित मध्य र पूर्वि नेपालमा अविरल वर्षा जारी
काठमाडौं । काठमाडौं उपत्यकालगायत स्थानमा गत रातिदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार प्रदेश १, मधेश प्रदेश र बागमतीका केही भू–भागमा मेघगर्जन र चट्टयाङसहित वर्षा जारी छ । पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय… Continue reading काठमाडौंसहित मध्य र पूर्वि नेपालमा अविरल वर्षा जारी
म्यानपावर कम्पनीमा छापा मार्दा झ्यालबाट पैसा फालाफाल
काठमाडौं । वैदेशिक रोजगार विभागले बुधबार श्रमिकसँग तोकिएको भन्दा बढी शुल्क असुल्दा असुल्दै एक म्यानपावर कम्पनीमा छापा मारेको छ । त्यसक्रममा म्यानपावरका कर्मचारीले पैसा झ्यालबाट बाहिर फालेर बच्ने कोसिस गरेका थिए । बत्तीसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा छापा मारेर विभागले कम्पनीका सञ्चालक राजेश यादवलाई बिहीबार विभागमा हाजिर हुन निर्देशन दिएको छ । मलेसियाको इस्टोन कम्पनीबाट… Continue reading म्यानपावर कम्पनीमा छापा मार्दा झ्यालबाट पैसा फालाफाल
जोर्डनसँग हार्यो नेपाल
काठमाडौं । एएफसी एसियन कप २०२३ को अन्तिम चरणको छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरले हारेको छ । समूह ए अन्तर्गत कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति सम्पन्न खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खायो । जोर्डनले अन्तिम २१ मिनेटमा दुई गोल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । गोलकिपर दिप कार्कीले… Continue reading जोर्डनसँग हार्यो नेपाल
पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरुद्ध
चितवन । पहिरोका कारण राजधानी काठमाडौं जोड्ने मूख्य नाका नारायणगढ( मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका(६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू… Continue reading पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरुद्ध
लाजिम्पाटमा टुकुचा खोलाले मोटरसाइकल बगायो, चालकको उद्धार
काठमाडौं । बुधबार अपरान्ह काठमाडौंमा भिषण वर्षात भयो । जलमग्न भएको काठमाडौंका मूख्य सडकनै डुबानमा परे । लाजिम्पाटमा भने युवकसहित टुकुचा खोलाले मोटरसाइकल नै बगाएको छ। बुधबार अपरान्ह पौने ५ बजे काठमाडौं महानगरपालिका(२ लाजिम्पाटिस्थित निल सरस्वतीस्थान नजिकै रहेको टुकुचा खोलाले एक युवकलाई मोटरसाइकलसहित बगाएको थियो । प्रहरीका अनुसार काठमाडौंको धापासी घर भएका २१ वर्षीय सुरज… Continue reading लाजिम्पाटमा टुकुचा खोलाले मोटरसाइकल बगायो, चालकको उद्धार
बुधबार पनि बन्चरे डाँडामा स्थानीयको अवरोध हटेन, फोहोरका गाडी फर्किए
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विर्सन गर्न नुवाकोटको बन्चरे डाँडा साइट तयार भए पनि स्थानीयको अवरोधका कारण बुधबार समेत फोहोर लैजाने प्रयास सफल भएन । बञ्चरेडाँडामा बुधबार बिहान ६ बजेबाटै सडकमा स्थानीयले अवरोध गरेका थिए । अवरोध हटाउन प्रहरीले अश्रुग्यास हानेको थियो । तर, सफल हुन सकेन । सरकारले मंगलबारबाट स्थानीयको सहमतिबेगर बञ्चरेडाँडा डम्पिङ साइटमा… Continue reading बुधबार पनि बन्चरे डाँडामा स्थानीयको अवरोध हटेन, फोहोरका गाडी फर्किए
एएफसी एसियन कप छनोट : नेपालले जोर्डनको सामना गर्दै
काठमाडौं । नेपालमा तीव्र विवाद र आलोचना बोकेर कुवेत पुगेको नेपाली फुटबल टीमले आजबाट एक कठिन परीक्षामा भाग लिँदैछ । नेपाल एएफसी एसियन कप छनोट खेल्दैछ । जसमा नेपाल समूह ए बाट जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । प्रतियोगिताको पहिलो खेल आज राती हुँदैछ । नेपाली समय अनुसार बिहान १ बजे शुरु हुने खेलमा नेपाल… Continue reading एएफसी एसियन कप छनोट : नेपालले जोर्डनको सामना गर्दै
बालेनको अभियानले सार्थकता पाउँदै, नबिल बैंकका यी १८ शाखामा निःशुल्क शौचालय
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निजी क्षेत्रमा पनि निःशुल्क सार्वजनिक शौचालय उपलब्ध गराउने अभियानले सार्थकता पाउँदै गएको छ । जेठ १६ गते पदभार सम्हालेसँगै निजी क्षेत्रसँग सहकार्य गर्दै सार्वजनिक शौचालय संचालन गर्ने निर्णय गरेका थिए । त्यसपछि विभिन्न कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थाहरुले पनि धमाधम आफ्नो शौचालय निःशुल्क रुपमा उपलब्ध गराउने घोषणा… Continue reading बालेनको अभियानले सार्थकता पाउँदै, नबिल बैंकका यी १८ शाखामा निःशुल्क शौचालय
शेयर बजारमा उच्च अंकको कमब्याक, कारोबार रकममा पनि सुधार
काठमाडौं । पूँजी बजारका समस्या समाधानका लागि ४ सदस्यीय समिति गठनले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ । अर्थमन्त्री शर्माले बोर्डको ३० औंं वार्षिक साधारणसभामा अर्थमन्त्रालयको अग्रसतामा शेयर बजारको समस्या समाधानको लागि ४ सदस्यीय समिति गठन गरेको जानाकारी गराएसँगै बजारमा उछाल आएको छ । अर्थमन्त्रालयमा बसेको राष्ट्र बैकका गभर्नर धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्रालयका… Continue reading शेयर बजारमा उच्च अंकको कमब्याक, कारोबार रकममा पनि सुधार
सरकारले काठमाडौं आएर पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने
काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो । विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क रुपमा यस्तो चुलो वितरण गर्न लागिएको… Continue reading सरकारले काठमाडौं आएर पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रममन्त्रीको सम्बोधन : बालश्रम उन्मुलनको प्रतिवद्धता
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम तथा मानव बेचबिखन पूर्ण रुपमा उन्मूलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताएका छन् । स्वीट्जरल्यान्डको जेनेभामा जारी १ सय १०औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम सन् २०२५ सम्म उन्मूलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको… Continue reading अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रममन्त्रीको सम्बोधन : बालश्रम उन्मुलनको प्रतिवद्धता
इश्लामिक मुलुकहरु भारतसँग रुष्ट, दुई नेताको बयानका कारण सरकार अफ्ठ्यारोमा
नयाँ दिल्ली । पैगम्बर मोहम्मदबारे देशको सत्तारूढ दलका दुई नेताले गरेको विवादास्पद टिप्पणीका कारण इस्लामिक मुलुकहरु भारत सरकारसँग रुष्ट बनेका छन् । भारत इश्लामिक मुलुकसँगको सम्बन्धलाई साम्य पार्न प्रयासरत छ । भारतको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा)की प्रवक्ता रहिसकेकी नूपुर शर्माले गत महिना एक टेलिभिजन बहसमा त्यस्तो टिप्पणी गरेकी थिइन् । सो दलको… Continue reading इश्लामिक मुलुकहरु भारतसँग रुष्ट, दुई नेताको बयानका कारण सरकार अफ्ठ्यारोमा
सिसडोलको फोहोरको गन्ध हटाउने उपाय खोजिँदै
काठमाडौं । काठमाडौंबाट गएको फोहोर बिसर्जन गरिएको नुवाकोटको सिसडोलमा दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको प्रभावको अध्ययन थालिएको छ । विज्ञहरुको एक टोली पुगेर यसबारे अध्ययन थालेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकाय प्रमुख वैज्ञानिक डा.रवीन्द्र ढकाल नेतृत्वको टोली सिसडोल पुगेर पानी र लिचेड को नमूना संकलन गरेको… Continue reading सिसडोलको फोहोरको गन्ध हटाउने उपाय खोजिँदै
असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने
काठमाडौं । नेपालमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । असार पहिलो साता देखि कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको हो । जेठभरमा खोप नेपाल ल्याउने र त्यसपछि लगाउने तयारी मन्त्रालयले गरेको हो । फाइजर पेडियाट्रिक खोप नेपाल आउने भएको छ । ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप… Continue reading असार पहिलो सातादेखि ११ वर्षमुनीका बालबालिकालाई कोरोना खोप दिइने
भारतीय नागरिकलाई आफ्नो विवरण टिपाउन दूतावासको अनुरोध
काठमाडौं । नेपालमा रहेका भारतीय नागरिकलाई आफ्नो विवरण टिपाउन काठमाडौंस्थित भारतीय दूतावासले अनुरोध गरेको छ । दूतावासले एक सूचना निकाल्दै कुनै पनि कूटनीतिक सुविधा पाउन भारतीय नागरिकले दर्ता गराउनु अनिवार्य भएको बताएको छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा जनाइएको छ । दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण (पासपोर्ट… Continue reading भारतीय नागरिकलाई आफ्नो विवरण टिपाउन दूतावासको अनुरोध
नागढुंगा नाकाबाट प्रहरीले समात्यो झण्डै चार करोड नगद, पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। नुवाकोट बिदुर नगरपालिका ८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चार जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । मंगलबार बिहान साढे ९ बजे चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगा नाकामा बिएबी ५७१० नम्बरको कारलाई… Continue reading नागढुंगा नाकाबाट प्रहरीले समात्यो झण्डै चार करोड नगद, पाँच जना पक्राउ
सहमतिपछि पनि बन्चरे डाँडामा स्थानीयको अवरोध जारी, बल प्रयोग गरेर फालियो फोहोर
काठमाडौं । संघीय सरकार, स्थानीय सरकार र सरोकारवाला स्थानीयबीच सहमति जुटेपछि पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि मंगलबार बन्चरे डाँडामा प्रहरी परिचालन गरेर फोहोर फालिएको छ । काठमाडौंबाट फोहोर बोकेर गएका सवारीलाई स्थानीयले अवरोध गरेका थिए । उनीहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरेको छ । मंगलबार १५७ वटा गाडीमा लगेको फोहोर फालिएको हो । सोमबार… Continue reading सहमतिपछि पनि बन्चरे डाँडामा स्थानीयको अवरोध जारी, बल प्रयोग गरेर फालियो फोहोर
साउन १ गतेदेखि ई-बिलिङ अनिवार्य, लागू नगरे ५ लाख जरिवाना
काठमाडौं । काठमाडौं । आगामी साउन १ गतेदेखि विद्युतीय माध्यमको बीजक (ई –बिलिङ) लागू नगर्नेलाई आन्तरिक राजश्व कार्यलयले ५ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । ई–बिलिङको विषयमा रुपन्देहीका उद्योगी व्यवसायीलाई जानकारी गराउँदै करका अधिकारीहरुले यस्तो जानकारी गराएका हुन् । उद्योगी व्यवसायीहरुको छाता सङ्गठन सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सम्पन्न ‘आर्थिक विधेयक २०७९ का प्रावधानहरुसम्बन्धी… Continue reading साउन १ गतेदेखि ई-बिलिङ अनिवार्य, लागू नगरे ५ लाख जरिवाना
रोकिएन् शेयर बजारको ओरालो यात्रा, नेप्से उच्च अंकले घट्यो
काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्। बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, नेप्से उच्च अंकले घट्यो
अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरुको भेला हुने, सम्मेलनको तयारी अन्तिम चरणमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला हुने भएका छन्। एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको उक्त सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने भएका छन्। एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा.… Continue reading अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरुको भेला हुने, सम्मेलनको तयारी अन्तिम चरणमा