बुटजल । परासी–भैरहवा सडकखण्डमा पर्ने रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलमा बस दुर्घटनामा परी ९ जनाको मृतयु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ । आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये उपचारको क्रममा… Continue reading रुपन्देहीमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु
Category: फिचर
निजगढ विमानस्थल यसै वर्ष निर्माण प्रारम्भ हुन्छ : अर्थमन्त्री
वीरगन्ज । अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थलको निर्माण यसै वर्ष प्रारम्भ हुने बताएका छन् । शनिबार वीरगंज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै मन्त्री शर्माले विमानस्थल बनाउन यही वर्षदेखि सुरू गरिने बताए। ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरू गर्ने हो। यसको लागि जे पनि गर्न तयार छु,’ उनले भने, ‘यो जनार्दन शर्माको… Continue reading निजगढ विमानस्थल यसै वर्ष निर्माण प्रारम्भ हुन्छ : अर्थमन्त्री
नेपालमा थप १६ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८४ नमुना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । ९५७ पीसीआर परीक्षणमा ८ जना र एक हजार २२७ एन्टिजन परीक्षणमा पनि ८ जना नै संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना… Continue reading नेपालमा थप १६ जनामा कोरोना पुष्टी
महिला क्रिकेट : यूएईसामु नेपाल निरिह
यूएई । आईसीसी यू १९ टी २० विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ । नेपालको ब्याटिङ कमजोर बन्दा ८ रनमै अलआउट भएको थियो । ९ रनको लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा गर्यो । यूएईका तीर्थ सतिस ४ र लाभन्य केनी ३ रनमा अविजित रहे ।यसअघि पहिले ब्याटिङ गरेको… Continue reading महिला क्रिकेट : यूएईसामु नेपाल निरिह
टर्कीले किन नाम राख्यो टर्कीय ?
इस्तानबुल । सन् १९२३ मा विभिन्न मुलुकको उपनिवेशबाट स्वतन्त्र भएको टर्कीले नाम परिवर्तन गरी टर्कीये राखेको छ । अंकाराको आग्रहसँगै संयुक्त राष्ट्र संघले टर्कीको नाम टर्कीये राख्न सहमति दिएको हो । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफा दुजारिचले बुधबार टर्किस विदेशमन्त्री मेभलुत चाभुसोलुले पठाएको पत्र प्राप्त भएको जानकारी दिएका छन् । पत्रमा अबदेखि सबै गतिविधिमा टर्कीको सट्टा… Continue reading टर्कीले किन नाम राख्यो टर्कीय ?
काठमाडौं महानगरपालिकाका मेयर बालेनले भेटे प्रचण्डलाई
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । मेयर साह शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटका क्रममा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका हुन् । भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए… Continue reading काठमाडौं महानगरपालिकाका मेयर बालेनले भेटे प्रचण्डलाई
आज मच्छिन्द्रनाथको भोटो देखाइंदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज वर्ष र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ। मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ। शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो। मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको छ।… Continue reading आज मच्छिन्द्रनाथको भोटो देखाइंदै, देशभर सार्वजनिक बिदा
रुकुम पूर्वमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
काठमाडौं । रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका(४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा मृत्यु भएको जिल्ला प्रहरी… Continue reading रुकुम पूर्वमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
रुस-युक्रेन युद्धको १०० औं दिन पुरा
काठमाडौं । युक्रेनमा रुसको युद्ध सुरु भएको एकसय दिन पुगेको छ । युक्रेनका राष्ट्रपतिले आफ्नो देशले गरिरहेको प्रतिरोधको प्रशंसा समेत गरेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, जित हाम्रो हुनेछ ।’ क्रेम्लिनले चाहिँ रुसले उपलब्धि हासिल गरिरहेको बताउँदै आफ्ना उद्देश्य हासिल नहुँदासम्म पछि नहट्ने जनाएको छ। किएभमा राष्ट्रपति कार्यालय अगाडि उभिएर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रवार… Continue reading रुस-युक्रेन युद्धको १०० औं दिन पुरा
एक महिनामा वैदेशिक रोजगारीमा गए ४५ हजार नेपाली
काठमाडौं । वैशाख महिनामा वैदेशिक रोजगारीका लागि ४५ हजार ४ नेपाली विदेसिएका छन् । यो सङ्ख्या चैत महिनाको तुलनामा साढे १० हजार जना कम हो । वैशाख महिना भर विदेशिने नेपालीको संख्या ४५ हजार ४ रहेको वैदेशकि रोजगार विभागले जनाएको छ । जबकी चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए… Continue reading एक महिनामा वैदेशिक रोजगारीमा गए ४५ हजार नेपाली
एमालेलाई अर्थमन्त्रीको जवाफ-‘संविधानमा ५/७ महिनाका लागि बजेट ल्याउने व्यवस्था लेखिएको भए त्यसै गर्नहुन्थ्यो, यो पूर्ण बजेट हो’
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले हरेक सरकारले जस्तोसुकै अवस्थामा पनि बार्षिक बजेट नै प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताएका छन्। शुक्रबार संसदमा बजेटमाथिको छलफलका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले संविधानमा पाँच वर्षका लागि बजेट ल्याउने व्यवस्था नरहेको बताएका हुन्। बजेटमाथिको छलफलका क्रममा एमालेका सांसदहरुले चुनावी सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना गरेका थिए ।… Continue reading एमालेलाई अर्थमन्त्रीको जवाफ-‘संविधानमा ५/७ महिनाका लागि बजेट ल्याउने व्यवस्था लेखिएको भए त्यसै गर्नहुन्थ्यो, यो पूर्ण बजेट हो’
स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको निर्देशन-‘ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरेका छन् । स्थानीय जनप्रतिनिधिसँगको भेटमा उनले यस्तो बताएका हुन् । ‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् र त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्’ उनले भने, ‘स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउने प्रयास गर्नुस ’ स्थानीयको दैनिकीसँग जोडिएको… Continue reading स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको निर्देशन-‘ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्’
शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको माग अनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन् । काठमाडौँ विश्वविद्यालयको दोस्रो चरणको २७औँ दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले बढ्दो शैक्षिक बेरोजगारी… Continue reading शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह
सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । सोमबारदेखि निरन्तर ओरालो लागेको नेप्सेले लगातार पाँचौं दिन गिरावट आएको हो । यस साताको ५ दिनमा मात्रै नेप्से १४४ अंकले घटेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १४ करोड बढेर सवा १… Continue reading सेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
‘देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाऔं’-गगन थापा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउन माग गरेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उक्त कुरा बताएका हुन् । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम… Continue reading ‘देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाऔं’-गगन थापा
काठमाडौं–कुमिङ हवाई उडान, हिमालयले गर्यो परीक्षण उडान
काठमाडौं । काठमाडौंदेखि चीनको दक्षिणी क्षेत्रमा पर्ने युन्नान प्रान्तस्थित कुमिङसम्म हवाई उडान प्रारम्भ भएको छ । नेपालस्थित चिनियाँ दूतावासले पहिलो काठमाडौ(कुमिङ उडान भएको जानकारी गराएको छ । बिहीबार दूतावासले ट्विटरमार्फत पहिलो काठमाडौं-कुमिङ उडान भएको जनाउँदै सो अवसरमा बधाईसमेत दिएको छ । कोभिड १९ महामारीपछि नेपाल र चीनबीचको धेरै गन्तब्यको उडान रोकिएको छ । परीक्षणका लागि… Continue reading काठमाडौं–कुमिङ हवाई उडान, हिमालयले गर्यो परीक्षण उडान
गाउँपालिकामार्फत कोरियामा मौसमी कामदार नपठाउन मन्त्रालयको परिपत्र
काठमाडौं । स्थानीय तहमार्फत कोरियामा मौसम पठाउन थालिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसो नगर्न स्थानीय तहलाई सचेत गराएको छ । दक्षिण कोरियामा ६ महिने मौसमी कामदार पठाउने कार्यमा संलग्न नहुन पालिकाहरूलाई मन्त्रालयले परिपत्र गरेको हो । दक्षिण कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरी पालिकाहरूले गैरकानुनी ढंगले आफूखुसी मौसमी कामदार पठाउन थालेपछि संघीय… Continue reading गाउँपालिकामार्फत कोरियामा मौसमी कामदार नपठाउन मन्त्रालयको परिपत्र
अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव
न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुकका कारण हुने हिंसा र हत्याकाण्ड रोक्न घातक खालका अस्त्रहरू र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। ह्वाइट हाउसबाट प्राइम टाइम अर्थात् सबैभन्दा धैरेले टेलिभिजन हेर्ने समयमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए। अमेरिकी कङ्ग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके… Continue reading अमेरिकामा सैनिकले जस्तै हतियार बोक्ने उमेर १८ बाट २१ पुर्याउन राष्ट्रपतिको प्रस्ताव
बैतडीमा दुई जना मृत फेला
बैतडी । छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर मृत्यु भएको छ भने अर्को एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष… Continue reading बैतडीमा दुई जना मृत फेला
सरकारले कर कटौती गरेसँगै घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको जानकारी गराएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०÷१० रुपैयाँले घटाउने निर्णय गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँमा झरेको… Continue reading सरकारले कर कटौती गरेसँगै घट्यो पेट्रोलियम पदार्थको मूल्य
एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक
काठमाडौं । नेपालमा मे २०२२ मा ५३ हजार ६०८ जना पर्यटक आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ७ हजार २७४ जना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा भारतपछि यो वर्ष अमेरिकाबाट पर्यटक आएका छन् । सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् । अध्यागमन… Continue reading एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक
तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गर्ने काम बिहीबार सम्पन्न भएको छ । आइतबार पोखराबाट मुस्ताङ जाँदै गर्दा तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो ।… Continue reading तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण
केन्द्र सरकारबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ?
काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश र स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ४ खर्ब २९ अर्ब ८३ करोड बजेट दिने भएको छ । केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई उक्त रकम उपलब्ध गराउने भएको हो । अर्थ मन्त्रालयले ७ वटा… Continue reading केन्द्र सरकारबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ?
नेपालले भारतलाई बेच्न थाल्यो बिजुली, प्रतियुनिट १९ रूपैयाँ २ पैसा
काठमाडौं । नेपालले भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु गरिएको हो। प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ‘ब्लक’मा नेपालले आफ्नो बिजुली विक्रीका लागि राखेको छ । प्रत्येक ब्लकका बिजुली फरक-फरक मूल्यमा बिक्री हुन्छ । भारतले… Continue reading नेपालले भारतलाई बेच्न थाल्यो बिजुली, प्रतियुनिट १९ रूपैयाँ २ पैसा
लगातार घट्यो नेपाली सेयर बजार, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । सोमबारदेखि निरन्तर ओरालो लागेको नेप्सेले लगातार चौथो दिन पनि सोही लय कायम राखेको हो । यस साताको ४ दिनमा मात्रै नेप्से १११ अंकले घटेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९ करोड… Continue reading लगातार घट्यो नेपाली सेयर बजार, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
तारा एयरको पोखरा-जोमसोम उडान १ साता बन्द
काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि बन्द गरेको छ । मौसमका कारण जेठ २० देखि २७ गतेसम्म एकसाताका लागि उक्त रुटको उडान बन्द गरिएको तार एयरले जनाएको छ । आज जोमसोमका लागि निर्धारण गरिएका सबै उडान समेत रद्द भएको छ । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले एकसाताका… Continue reading तारा एयरको पोखरा-जोमसोम उडान १ साता बन्द
अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते
ओक्लाहोमा । अमेरिकामा अर्को सामुहिक गोलीकाण्ड भएको छ । ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएको बीबीसीले लेखेको छ । सन्दिग्ध आक्रमणकारी पनि मारिएको सरक्षाकर्मीको दावि छ । अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए। गोलीकाण्डमा कैयौँ घाइते भएको पनि… Continue reading अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते
भिजिट भिसामा जानेहरुका समस्या समाधान गर्ने बारे गृह र श्रममन्त्रीबीच छलफल
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशनक नारायणप्रसाद भट्टराई, वैदेशिक रोजगार विभागका महानिर्देशक… Continue reading भिजिट भिसामा जानेहरुका समस्या समाधान गर्ने बारे गृह र श्रममन्त्रीबीच छलफल
दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन
काठमाडौं । देशभर अविरल वर्षातका बीच आजैका दिन काठमाडौंबाट २१ वर्षअघि एक सनसनीपूर्ण, दुखद र अविश्सनीय खबरले विश्वभर तरंग फैलिएको थियो । नेपालमा राजतन्त्रलाई धेरै मानिसहरु भगवान विष्णुको अवतार मान्थे । दरबार भित्रका दाउपेचबारे पढ्दै र सुन्दै आएका जनताले आधुनिक युगमा यतिसम्मको विभत्स घटना हुन्छ भन्ने कल्पना भने गरेका थिएनन् । २०५८ साल जेठ १९… Continue reading दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन
खेतीयोग्य जमिन बाँझो राखेमा १ लाखसम्म जरिवाना
काठमाडौं । खेतीयोग्य जग्गा बाँझो राखे एक लाख रुपैयाँसम्म जरिवाना हुने गरी सरकारले नियम बनाएको छ । मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरी जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो । नियमावलीले काबु बाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने व्यवस्था गरेको छ । यस्तो… Continue reading खेतीयोग्य जमिन बाँझो राखेमा १ लाखसम्म जरिवाना