काठमाडौं । अभिनेता भुवन केसी काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा उनी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका हुन् । पार्टीको मंगलबार साँझ काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । पार्टीले केसीलाई उन्नत लोकतन्त्र… Continue reading अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने
Category: फिचर
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले गत रातीबाटै लागु हुने गरि मूल्य वृद्धि भएको जानकारी गराएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढेको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रति लिटर… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि
सोमबार एमाले प्रवेश गरेका बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर मंगलबार माओवादी मै फर्किए
काठमाडौं । सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) मंगलबार भने नेकपा माओवादी केन्द्रमा मै फर्किएका छन् । उनले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला लगाएका थिए । तर, मंगलबार भने विज्ञप्ति नै निकालेर आफू माओवादी केन्द्रमा मै रहेको उल्लेख गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘म… Continue reading सोमबार एमाले प्रवेश गरेका बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर मंगलबार माओवादी मै फर्किए
हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?
काठमाडौं । हिमाल चढ्न अनुमति लिने विदेशी तथा स्वदेशी आरोहीको संख्या निरन्तर बढ्दैछ । मंगलबारसम्म सगरमाथा आरोहणका लागि मात्र यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्यांकले देखाएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले सगरमाथाका लागि अनुमति लिएका हुन् । यी आरोही विभिन्न… Continue reading हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?
सिलवालको रिट खारेज, राखेपमा सदस्य सचिव घिसिङलाई काम गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार सिलवालको रिट खारेज गरिदिएका हुन् । राष्ट्रिय खेलकुद परिषदको सदस्य-सचिवबाट हटाउने सरकारको निर्णयविरूद्ध रमेशकुमार सिलवाल सर्वोच्च अदालत गएका थिए । रिट खारेज भएसँगै अब सरकारले नियुक्त गरेका… Continue reading सिलवालको रिट खारेज, राखेपमा सदस्य सचिव घिसिङलाई काम गर्ने बाटो खुल्यो
ट्युसन पढ्न हिँडेकी १७ वर्षीया कविताको हत्यामा उनकै सहपाठीको संलग्नता
काठमाडौं, २२ चैत । उदयपुरको बेलका नगरपालिका–३ मा भएको विद्यार्थी कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको छ। उदयपुरको वडा नम्बर(३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको हो। उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । वियरको बोतल र ढुंगा प्रहार गरेर… Continue reading ट्युसन पढ्न हिँडेकी १७ वर्षीया कविताको हत्यामा उनकै सहपाठीको संलग्नता
नेपालमा ५५८७ नमुना परीक्षणमा २४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र २ हजार ३०९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा ५५८७ नमुना परीक्षणमा २४ जनामा कोरोना पुष्टी
चोभार सुख्खा बन्दरगाहको उद्घाटन, आयात तथा निर्यातकर्ता दुवैलाई सहज
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्। मंगलवार वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर बहुप्रतिक्षित बन्दरगाहमा प्रवेश गराई उद्घाटन गरेका हुन्। गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह हालसम्म सञ्चालनमा आउन सकेको थिएन। सञ्चालनमा आएसँगै वीरगञ्ज भन्सारमा ‘डिजिटल लक’ गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै… Continue reading चोभार सुख्खा बन्दरगाहको उद्घाटन, आयात तथा निर्यातकर्ता दुवैलाई सहज
सत्ता गठबन्धनका ‘चुनावी कमाण्डर’ रामचन्द्र पौडेल,समितिले पायो पूर्णता
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले पूर्णता पाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले समितिलाई पूर्णता दिएको हो । गठबन्धनले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय ‘स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति’ बनाएको छ । समितिमा कांग्रेसका तर्फबाट सदस्यमा महामन्त्री गगन… Continue reading सत्ता गठबन्धनका ‘चुनावी कमाण्डर’ रामचन्द्र पौडेल,समितिले पायो पूर्णता
नेपाल टाइफाइडविरुद्धको खोप अभियान शुरु गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र
काठमाडौं । सरकारले चैत २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। मंगलबार पत्रकार सम्मेलन गरि सरकारले सरकारले पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागेको जनाएको हो । यो अभियान आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म चल्ने जनाएको छ। १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिनेछ । २४… Continue reading नेपाल टाइफाइडविरुद्धको खोप अभियान शुरु गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र
नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो
काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४६.४६ अंकले घटेर २४५२.६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो
बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको युक्रेनको दावी, यातना दिएर ३ सय मानिसको हत्या
काठमाडौं (बीबीसी) । किएभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाएका छन्। सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए। उनले हाल आफूहरूसँग बुचामा मात्रै… Continue reading बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको युक्रेनको दावी, यातना दिएर ३ सय मानिसको हत्या
निर्वाचनमा भाग लिने दलसँग सामुहिक छलफल गर्दै निर्वाचन आयोग
काठमाडौं । स्थानीय तहको निर्वाचनमा भाग लिने राजनीतिक दलसँग निर्वाचन आयोगले सामुहिक छलफल गर्ने भएको छ। मंगलबार बिहान ११ः३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो। आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको बताइएको छ । आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ। स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका… Continue reading निर्वाचनमा भाग लिने दलसँग सामुहिक छलफल गर्दै निर्वाचन आयोग
काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने
काठमाडौं । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आउने भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने छन् । बन्दरगाह नेपाल इन्टरमोडल यातायत विकास समितिमार्फत संचालनमा आउन लागेको हो । काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिन्छ । यसले… Continue reading काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने
अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउन आग्रह गरेका छन् । सोमबार साँझ अर्थमन्त्री शर्माको नेतृत्वमा एमसिसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमिक्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दुतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल बैठकमा उनले यस्तो आह्वान… Continue reading अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं
नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने
काठमाडौं । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा सो मुलुकको विदेश सचिव नियुक्त भएका छन् । भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको जानकारी गराएको छ । क्वात्रा यसअघि फ्रान्सको राजदूत समेत थिए । उनी भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका अनुभवी कुटनीतिज्ञ हुन् । उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा समेत काम गरेका… Continue reading नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने
नेपालमा ५०५९ जनाको परीक्षण गर्दा ३३ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जना र २ हजार ११७ जनाको एन्टिजेन परीक्षण गर्दा १ गरी ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा ५०५९ जनाको परीक्षण गर्दा ३३ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य
त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखला नेपाललाई,दीपेन्द्र र करणको उत्कृष्ट प्रदर्शन
काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ ओभर २ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पपुवा न्युगिनी लागि सेसे बाउले सर्वाधिक ५९… Continue reading त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखला नेपाललाई,दीपेन्द्र र करणको उत्कृष्ट प्रदर्शन
चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय
काठमाडौं । पाँच दलीय गठबन्धनले चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने सहमति भएको हो । चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति पत्रमा कांग्रेस चितवनका सभापति… Continue reading चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय
तीन एआईजी बढुवाविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्नेमा
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । गोलाप्रथाबाट पेशी तोक्दा न्यायाधीश कुमार रेग्मीकै एकल इजलासमा यी रिट परेपछि हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त मुद्दा राखिएको थियो । प्रहरी… Continue reading तीन एआईजी बढुवाविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्नेमा
शेयर बजारको ओरालो यात्रा कायमै, परिसूचक २४०० मा ओर्लियो
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.०९ अंकले घटेर २४९७.३२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको १ अर्ब ५८ करोड ४६ लाख ९१ हजार ५६२ रुपैयाँ बराबरको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच भएका छन्… Continue reading शेयर बजारको ओरालो यात्रा कायमै, परिसूचक २४०० मा ओर्लियो
कोरोनाका कारण पढ्न विदेश जानबाट रोकिएकाले शुक्रबार सम्म पुनः निवेदन दिन सक्ने
काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अध्ययन गर्न पुगेर फर्केका र पुनः जान नपाएका विद्यार्थीले आगामी शुक्रबारसम्म निवेदन दिन सक्ने भएका छन् । सरकारले खासगरि चीनबाट फर्किएका विद्यार्थीलाई लक्षित गरि यस्तो सुविधा ल्याएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना निकाल्दै आगामी शुक्रबारसम्म पुनः निवेदन दिन भनेको छ । कोरोना महामारीका कारण चीन… Continue reading कोरोनाका कारण पढ्न विदेश जानबाट रोकिएकाले शुक्रबार सम्म पुनः निवेदन दिन सक्ने
चरम आर्थिक संकट र जनप्रदर्शनबीच श्रीलंकामा २६ मन्त्रिले दिए सामूहिक राजीनामा
कोलम्बो (बीबीसी) । दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन्। मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्। यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए। श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै… Continue reading चरम आर्थिक संकट र जनप्रदर्शनबीच श्रीलंकामा २६ मन्त्रिले दिए सामूहिक राजीनामा
बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किएर भएको घटनामा तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार घटना भएको हो । बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ । सो क्रममा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा… Continue reading बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु
क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले पुष्टी गरेका छन् । घटनामा १२ जना घाइते भएका छन् । क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको हो । गोली चलेपछि प्रहरीले जवाफी कारबाही गरेको समाचारमा उल्लेख छ । घटनामा… Continue reading क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते
त्रिकोणात्मक सिरिजको फाइनल आज, नेपाल र पिएनजी भिड्दै
काठमाडौं । त्रिकोणात्मक टी २० श्रृंखलाको फाइनल आज हुँदैछ । उपाधिका लागि नेपाल र पपुवा न्यूगिनी (पीएनजी) भिड्दैछन् । खेल कीर्तिपुरको टीयू मैदानमा दिउँसो १२ः३० मा सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहेको छ । नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेलमा जित निकाल्यो । पीएनजीले भने ३ खेल… Continue reading त्रिकोणात्मक सिरिजको फाइनल आज, नेपाल र पिएनजी भिड्दै
बनारसमा नेपाली तीर्थालुलाई लक्षित गरि बन्ने भयो वृद्धाश्रम, प्रधानमन्त्रीले गरे शिलान्यास
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बनारसमा वृद्धाश्रमको शिलान्यास गरेका छन्। उनले आइतबार ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गरेका हुन्। उक्त अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी बनेका छन् । नेपाल सरकारले वृद्धाश्रमका लागि एक करोड विनियोजन गरेको छ। यद्यपि भवन निर्माणको ठेक्का लगाउन भने बाँकी रहेको बताइएको छ ।… Continue reading बनारसमा नेपाली तीर्थालुलाई लक्षित गरि बन्ने भयो वृद्धाश्रम, प्रधानमन्त्रीले गरे शिलान्यास
प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण पुरा गरि काठमाडौं फिर्ता भएका छन् । आइतबार बिहान नयाँदिल्लीबाट बनारस पुगेका उनी बनारसमा धार्मिक यात्रामा व्यस्त रहे । उनले ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरे । त्यहाँ उनले कालभैरव मन्दिर र बाबा विश्वनाथको मन्दिरमा पूजा आरधना गरेका थिए । उनलाई बनारसमा उत्तर प्रदेश राज्यका… Continue reading प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए
मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी भन्दा अगाडी भारतीयपछि चिनियाँ पर्यटक बढी घुमफिरमा जाने गर्थे । कोरोनाका कारण चीनले आफ्ना नागरिकलाई घुमफिरमा खुला गरेका छैन । सोहीकारण यो स्थान अहिले अमेरिकाले लिएको छ । नेपालमा मार्च महिनामा भारतीयपछि अमेरिकी नागरिक बढी संख्यामा आएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार मार्च २०२२ मा कुल… Continue reading मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा
नेप्सेमा ३०.८९ अंकको गिरावट, कारोबार १ अर्ब ४६ करोडमा सीमित
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको १ अर्ब ४६ करोड ७ लाख ७३ हजार २२९ रुपैयाँ बराबरको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेप्सेमा ३०.८९ अंकको गिरावट, कारोबार १ अर्ब ४६ करोडमा सीमित