काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे कटाक्ष गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै ओलीले देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइए भन्दै कटाक्ष गरेका हुन् । आफ्नाे सरकारले जारी गरेकाे चुच्चे नक्साबारे चासाे नदेखाएकाे उल्लेख… Continue reading ओलीको कटाक्ष -‘ देउवाको भ्रमणमा दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो’ ?
Category: फिचर
पाकिस्तानी प्रधानमन्त्री इमरानले गरे संसद भंग गर्न सिफारिस, देश चुनावतर्फ
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ। संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। संसदको आइतबारको बैठकको अध्यक्षता गरेको उपसभामुख सुरीले अविश्वास प्रस्ताव नै संविधानविपरीत रहेको जिकिर गर्दै खारेज गरेका हुन्। विपक्षी… Continue reading पाकिस्तानी प्रधानमन्त्री इमरानले गरे संसद भंग गर्न सिफारिस, देश चुनावतर्फ
पाकिस्तानमा रोचक राजनीतिक, इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ। संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। संसदको आइतबारको बैठकको अध्यक्षता गरेको उपसभामुख सुरीले अविश्वास प्रस्ताव नै संविधानविपरीत रहेको जिकिर गर्दै खारेज गरेका हुन्। विपक्षी… Continue reading पाकिस्तानमा रोचक राजनीतिक, इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज
पूर्ण सुनुवाइ स्थगित गर्न माधव पक्षले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार, मुद्दा ‘हेर्न नमिल्ने’मा
काठमाडौं । माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दायर गरेको रिटमा आइतवार सुनुवाइ नहुने भएको छ । मुद्दाको पूर्ण सुनुवाइ सार्न नेपाल पक्षबाट दिइएको निवेदन सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले अस्वीकार गरेपनि आफूले हेर्न नमिल्ने बताएका छन् । उक्त मुद्दा न्यायाधीश सिन्हा र सुवेदीको इजलासमा चौंथो नम्बरमा थियो… Continue reading पूर्ण सुनुवाइ स्थगित गर्न माधव पक्षले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार, मुद्दा ‘हेर्न नमिल्ने’मा
अमेरिकी विदेश मन्त्रालयमा नेपालले बाघ संरक्षणमा गरेको कामबारे चर्चा
काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा बाघ संरक्षणमा नेपालले गरेका कामबारे चर्चा भएको छ । वन तथा वातावरण मन्त्रालयबाट भएको सचिवस्तरीय भ्रमणमा नेपालले बाघ संरक्षणमा गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता र कामको बारेमा छलफल भएको सचिव प्रेमनारायण कँडेललाई उदृत गदै स्थानीय संचारमाध्यमले जनाएका छन् । सचिव कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेल र राष्ट्रिय… Continue reading अमेरिकी विदेश मन्त्रालयमा नेपालले बाघ संरक्षणमा गरेको कामबारे चर्चा
प्रस्तोतालाई थप्पड हानेका अमेरिकी अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट दिए राजिनामा, थप कारवाही हुने
न्यूयोर्क । अमेरिकी अभिनेता विल स्मिथ ओस्कार एकेडेमीबाट राजीनामा दिएका छन्। बीबीसीका अनुसार विवादमा तानिएपछि उनले राजीनामा गरेका हुन् । उनले गत आइतवार आयोजित ओस्कार पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिश रकलाई मञ्चमै पुगेर थप्पड हानेका थिए । त्यसपछि उनी विवादमा तानिए । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘एकेडेमीको ९४ औँ पुरस्कार वितरण समारोहमा मेरो… Continue reading प्रस्तोतालाई थप्पड हानेका अमेरिकी अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट दिए राजिनामा, थप कारवाही हुने
आजबाट पेट्रोलियम ढुवानी यथावत हुने, आपूर्ति सहज
काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका कारण आइतबारबाट ढुवानी र आपूर्ति सहज हुने भएको छ । नेपाल आयल निगम व्यवसायीका माग पूरा गर्न सहमत भएपछि ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लाइन… Continue reading आजबाट पेट्रोलियम ढुवानी यथावत हुने, आपूर्ति सहज
प्रधानमन्त्री बनारस पुगेर आजै काठमाडौं फर्कने
काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आज भारतमा अन्तिम दिनका कार्यक्रम हुँदैछन् । उनी आजै स्वदेश फर्किंने कार्यक्रम छ । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री बनारस पुगेर आजै काठमाडौं फर्कने
मलेसियाविरुद्ध नेपालको प्रभावशाली जितमा दीपेन्द्र बने नायक
काठमाडौं । नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको प्रभावशाली जित निकाल्यो । अब उपाधिका लागि नेपालले सोमबार पपुवा न्युगिनी .(पीएनजी)को सामना गर्नेछ । मलेसिया नेपालसँग पराजित भएपछि पीएनजीले नेट रनरेटका आधारमा मलेसिया भन्दा अगाडी रहेको हो… Continue reading मलेसियाविरुद्ध नेपालको प्रभावशाली जितमा दीपेन्द्र बने नायक
भारतसँग नेपालले माग्यो तीन हवाई रुट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी समक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन आग्रह गरेका छन् । पधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो जानकारी गराएका हुन् । भारतीय समकक्षी मोदीसँगको… Continue reading भारतसँग नेपालले माग्यो तीन हवाई रुट
प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे सवाल उठाएका छन् । उनले भेटमा सीमा समस्याबारे छलफल भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा शनिबार भेटवार्ता भएको थियो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ । लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन… Continue reading प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल
आजबाट यात्रु राखेर गुड्ने छ नेपाली रेल, भाडा कति ?
काठमाडौं । आजबाट नेपाली रेलमा यात्रुले यात्रा गर्न पाउने भएका छन् । जयनगर–जनकपुर खण्डमा चल्ने रेलको शनिबार औपचारिक सञ्चालन गरिन लागेको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने छन् । नेपाल रेलवे कम्पनीका अनुसार शनिबार १२ बजेर २० मिनेटमा दुवै प्रधानमन्त्रीले भर्चुअल रुपमा नयाँदिल्लीस्थित… Continue reading आजबाट यात्रु राखेर गुड्ने छ नेपाली रेल, भाडा कति ?
भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीमा जग्गा प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डो खन्ने क्रममा ढिस्कोले पुरिएर काभ्रे स्थायी घर भएका ५० वर्षीय वर्षमान तामाङ र ३२ वर्षीय चतुरमान तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनापछि स्थानीयले आन्दोलन समेत गरेका छन् ।… Continue reading भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु
आइओसीको नयाँ मूल्यपछि नेपालमा इन्धनको भाउ के होला ?
काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएपछि मूल्य बढ्ने भयका कारण शुक्रबार काठमाडौंका पेट्रोल पम्पमा लामो लाइन लागेको छ । अर्कोतर्फ आइतबारबाट व्यवसायीले बिक्रि वितरण समेत रोक्ने चेतावनी दिएका कारण समेत पम्पमा लामो लाइन लागेको हो । शुक्रवार पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य केही घटेको छ । डिजल, मट्टीतेल, हवाई इन्धन… Continue reading आइओसीको नयाँ मूल्यपछि नेपालमा इन्धनको भाउ के होला ?
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, भाजपाको कार्यालयमा पनि स्वागत
नयाँ दिल्ली । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । आजै प्रधानमन्त्री देउवालाई भारतीय जनता पार्टीको मूख्यालयमा समेत स्वागत गरिएको छ । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा रहेका प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । भेटमा दुइ पक्षीय हितका विषयमा कुरा भएको बताइएको छ… Continue reading प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, भाजपाको कार्यालयमा पनि स्वागत
नेपालमा थप २२ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । तीन हजार ८३५ जनाको नमुना स्वाब परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । अहिलेसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ । त्यस्तै आज ७५ जना संक्रमणमुक्त भएका… Continue reading नेपालमा थप २२ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमणमुक्त
देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, २० गतेदेखि विक्री पनि रोक्ने
काठमाडौं । देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । पेट्रोल पम्प व्यवसायीले नेपाल आयल निगमले कमिसन नबढाएको भन्दै निगमको डिपोबाट तेल नउठाएपछि आजदेखि ढुवानी ठप्प भएको हो । आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको… Continue reading देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, २० गतेदेखि विक्री पनि रोक्ने
तीनदिने भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान, कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणलाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण,… Continue reading तीनदिने भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान, कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणलाई
मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर सफा गर्न थालियो
काठमाडौं । बाढीपहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अन्तिम चरणमा पुगेको आयोजनाले बताएको छ । मुख्य संरचनाको मर्मत र सफाइ अन्तिम चरणमा पुगेसँगै सुरुङ परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाको भनाई छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन… Continue reading मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर सफा गर्न थालियो
इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्। बीबीसीका अनुसार आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो। युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कटमाझ बाइडनका त्यस्तो कदमका खबरहरू… Continue reading इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने
घोडे जात्रा आज, काठमाडौंमा सार्वजनिक बिदा
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व शुक्रबार मनाइँदैछ । यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ ।नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्व सहभागी हुन्छन् । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण… Continue reading घोडे जात्रा आज, काठमाडौंमा सार्वजनिक बिदा
आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणमा शुक्रबार भारत जाँदै छन् । उनको साथमा कुल चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डल रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजबाट उनी भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनी विमानस्थलबाट चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा… Continue reading आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका
अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढ्यो
काठमाडौं । इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिपछि यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा बढाउन दवाव दिएका थिए । सोही अनुसार सरकारले सार्वजनिक गाडीको भाडा बढाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा भाडा बढाउन स्वीकृत गरेको हो । अहिले कायम भएको दरमा १० देखि १५ प्रतिशतसम्म भाडा… Continue reading अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढ्यो
अर्थमा ११३८ मा फोन गरेर बजेटका सुझाव दिन सकिने
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।आगामी आवको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले बिषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको हो… Continue reading अर्थमा ११३८ मा फोन गरेर बजेटका सुझाव दिन सकिने
लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करण केसीको ‘ह्याट्रिक’ सहित ५ विकेट
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट नेपालले लगातार तेस्रो जित निकालेको छ। करण केसीको ह्याट्रिकले नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो। लगातार तेस्रो जित निकाल्दै घरेलु टिम नेपाल टी-२० अन्तर्राष्ट्रिय सिरिजमा फाइनल प्रवेश गरेको छ। यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो। टस हारेर ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित २०… Continue reading लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करण केसीको ‘ह्याट्रिक’ सहित ५ विकेट
करण केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी
काठमाडौं । करण केसीले टी२० अन्तर्राष्ट्रियमा ५० विकेटको पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारि त्रिदेशीय टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा करणले लेगासियालाई आसिफ शेख बाट क्याच आउट गराउँदै उनले ५०औं विकेट पूरा गरे । करणले जारी खेलमा नेपालका लागि ५ विकेट लिएका छन् ।… Continue reading करण केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि घट्यो
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधवार उच्च अंकले कमब्याक भएको बजार साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा झरेको हो । पछिल्लो ५ कारोबार दिनमा ११५ अंकले घटेको नेप्से बुधवार ४० अंकले फर्किएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२८ कम्पनीको १… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि घट्यो
चुनावमा एकतावद्ध भएर जाने बालुवाटार बैठकको निर्णय
काठमाडौं । सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु सहभागी बैठकले उक्त निर्णय गरेको हो । बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको एक नेताले… Continue reading चुनावमा एकतावद्ध भएर जाने बालुवाटार बैठकको निर्णय
पन्त, धानुक र सिंह एआईजीमा बढुवा, गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी नियुक्त
काठमाडौं । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । विहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले १ चैतमा डीआईजीहरु पन्त, धानुक र सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस… Continue reading पन्त, धानुक र सिंह एआईजीमा बढुवा, गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी नियुक्त
अमेरिका र मेक्सिकोले गरे कतार विश्वकपको टिकट पक्का
काठमाडौं । अमेरिका र मेक्सिकोले फिफा विश्वकप २०२२ का लागि टिकट पक्का गरेका छन् । उत्तर अमेरिका छनोटको अन्तिम खेलमा कोस्टारिकासँग २-० गोलले हारेपनि अमेरिका विश्वकपमा पुगेको हो । मेक्सिकोले अन्तिम खेलमा एल साल्भाडोरलाई २-० गोलले नै हराउँदै विश्वकपमा स्थान बनाउन सफल भयो । उत्तर अमेरिका छनोटबाट यसअघि क्यानडाले विश्वकपमा स्थान पक्का गरिसकेको छ। कोस्टारिकाले… Continue reading अमेरिका र मेक्सिकोले गरे कतार विश्वकपको टिकट पक्का