काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ । सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा दुई दिने भ्रमणका लागि शुक्रबार (चैत १८) गते भारत जान लागेको जानकारी गराएको हो। मन्त्रालयका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्। उनी शनिबार नै स्वदेश फर्कने मन्त्रालयले जनाएको छ।… Continue reading मोदीको निमन्त्रणामा शुक्रबार भारत जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् कार्यक्रम
Category: फिचर
युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन्। बीबीसीका अनुसार त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनको शर्त छ । जेलेन्स्कीको भनाइ स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको हो। पूरा समय रुसी भाषामा बोलेका उनले रुसी हमलाले… Continue reading युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की
पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरियो
पाल्पा । पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेकी हुन् । जिल्लालाई ढाकाको राजधानी घोषणाले ढाकाको प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री घर्तीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् । पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गरिरहेको… Continue reading पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरियो
नेपाल, पीएनजी र मलेसियाबीच आजबाट टी-२० सिरिज, पहिलो खेलमा नेपाल र पीएनजी भिड्दै
काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सहभागी भएको त्रिदेशीय टी २० सिरिज आजबाट काठमाडौंमा सुरु हुँदैछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपाल र पपुवा न्युगिनी सोमबार भिड्दैछन् । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेबाट शुरु हुनेछ । यसअघि नेपाल र पीएनजी एक पटक टी–२० अन्तर्राष्ट्रिय… Continue reading नेपाल, पीएनजी र मलेसियाबीच आजबाट टी-२० सिरिज, पहिलो खेलमा नेपाल र पीएनजी भिड्दै
उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु, आधा दर्जन घर जले
उदयपुर । उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको ज्यान गएको हो । सात घर जलेर नष्ट भएका छन् । आइतबार दिउँसो लागेको आगोका कारण स्थानीय ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका… Continue reading उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु, आधा दर्जन घर जले
नेपाली सेनामा पाइलटसहित एकसाथ २ सय कर्मचारीको माग
काठमाडौं । नेपाली सेनाले पाइलटसहित एक साथ २ सय कर्मचारी भर्नाको आवेदन खुलाएको छ । लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको सेनाले सूचना प्रकाशित गरि जानकारी गराएको छ । लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । चार जना प्राड उपसेनानी माग… Continue reading नेपाली सेनामा पाइलटसहित एकसाथ २ सय कर्मचारीको माग
३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल
काठमाडौं । क्यानडा कतार विश्वकपका लागि छनोट भएको छ । ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलमा छनोट भएको यो मुलुकमा यतिबेला खुसीयाली छाएको छ । आइतबार जमैकालाई ४–० ले हराएको क्यानडा कतार विश्वकपमा छनोट भएको हो । क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अर्को एक गोल जमैकाका एडरिनले आत्मघाती गरे । अहिले… Continue reading ३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल
एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा एक करोडको पुरस्कार घोषणा भएको छ । यो नेपालकै सबैभन्दा ठूलो राशी भएको पुरस्कार हो । यसै वर्षबाट प्रदान गर्न थालिएको यो पुरस्कार महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिने घोषणा गरिएको छ। नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको… Continue reading एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार
कुन प्रदेशमा कति मतदान केन्द्र ?
काठमाडौं । निर्वाचन आयोगले टुंगो लगाएको मतदान केन्द्र अनुसार आगामी स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी प्रदेश नं २ मा हुने भएको छ । यो प्रदेश जनसंख्याका दृष्टिकोणबाट पनि ठूलो प्रंदेश हो । वैशाख ३० मा तोकिएको स्थानीय तहको चुनावका लागि प्रदेशतर्फ सबैभन्दा धेरै मतदान केन्द मधेस प्रदेशमा तोकिएको आयोगको भनाई छ । मधेस प्रदेशमा चार… Continue reading कुन प्रदेशमा कति मतदान केन्द्र ?
स्थानीय तह निर्वाचनमा मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३
काठमार्डौं । आगामी स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गाएको हो । आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार मतदाताको सङ्ख्या एक करोड… Continue reading स्थानीय तह निर्वाचनमा मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३
नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो
काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३२ कम्पनीको ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ बराबरको ८९ लाख २३ हजार १४ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो
सर्लाहीमा पुलबाट बस खस्यो- चारको मृत्यु, तीन दर्जन यात्रु घाइते
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ । वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढे ११ बजेतिर पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । उक्त दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएको छन् । दुर्घटनामा परेर मृत्यु… Continue reading सर्लाहीमा पुलबाट बस खस्यो- चारको मृत्यु, तीन दर्जन यात्रु घाइते
नेपालसँगका नाका खुलाउन चिनियाँ विदेशमन्त्रीसँग एमाले अध्यक्ष ओली आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच आइतबार बिहान होटल म्यारिएटमा भेटवार्ता भएको छ। भेटको क्रममा ओलीले नेपालसँगका नाका खुलाउन वाङ यीसँग आग्रह गरेका छन् । ओलीले बिआरआईअन्तर्गतका आयोजनाहरुलाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान पनि विदेशमन्त्री वाङसँग आग्रह गरेका थिए । भेटमा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ… Continue reading नेपालसँगका नाका खुलाउन चिनियाँ विदेशमन्त्रीसँग एमाले अध्यक्ष ओली आग्रह
आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने
काठमाडौं । तीन दिने नेपाल भ्रमणका क्रममा अन्तिम दिन चिनियाँ विदेशमन्त्री वाङ यीको दैनिकी आज पनि व्यस्त रहनेछ । उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री वाङले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले आजै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा… Continue reading आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने
आज नेपाल र थाइ क्लव चोनबरी एफसीसँग मैत्रिपूर्ण फुटबल हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्यान्डको क्लब चोनबरी एफसीसँग मैत्रीपूर्ण फुटबल आज हुँदैछ । नेपाल र चोनबरीबीचको खेल बेलुका पौने ६ बजे हुँदैछ । यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले हारेको थियो । नेपाल एएफसी एसियन कप छनोटको तयारीमा छ । सोही क्रममा नेपालले थाइल्याण्डमा अभ्यास खेलहरु खेलिरहेको छ । एसियन… Continue reading आज नेपाल र थाइ क्लव चोनबरी एफसीसँग मैत्रिपूर्ण फुटबल हुँदै
स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली आज प्रकाशन हुने
काठमाडौं । स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागिएको हो । आगामी निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदानबता गर्न पाउने बताइएको छ । दाबी विरोधपछि करिब एक लाख मतदाता… Continue reading स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली आज प्रकाशन हुने
पोखरा विमानस्थल चीनले नेपाललाई हस्तान्तरण गर्यो
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थल परियोजना नेपाललाई हस्तान्तरण गरेका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्दै उनले सो विमानस्थल हस्तान्तरण गरेका हुन् । शनिबार साँझ बालुवाटारमा उनीहरूबीच भेट भएको थियो । भेटमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागी भए । चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा पोखरा विमानस्थल निर्माण गरिएको हो। विमानस्थल निर्माणको… Continue reading पोखरा विमानस्थल चीनले नेपाललाई हस्तान्तरण गर्यो
नेपाल र चीनबीच केरुङ–काठमाडौ रेल विस्तारलगायत नौ बुँदे समझदारी
काठमाडौं । नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार केरुङ–काठमाडौ रेल विस्तारलगायत ९ सम्झौतामा हस्ताक्षर भएको हो । सिंहदरबास्थित प्रधानमन्त्रीको कार्यालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि हस्ताक्षर गरे । आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता… Continue reading नेपाल र चीनबीच केरुङ–काठमाडौ रेल विस्तारलगायत नौ बुँदे समझदारी
पपुवा न्यूगिनीद्धारा शृंखला क्लिनस्विप, नेपाल दोस्रो खेलमा पनि पराजित
काठमाडौं । नेपालविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)क्रिकेट मा पपुवा न्यूगिनीले क्लिनस्विप गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो ओडिआईमा नेपालविरुद्ध ३ विकेटको जित हात पार्दै पीएनजीले शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो। नेपालले दिएको २८९ रनको लक्ष्य पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । पीएनजीको जितमा लेगा सिएकाले… Continue reading पपुवा न्यूगिनीद्धारा शृंखला क्लिनस्विप, नेपाल दोस्रो खेलमा पनि पराजित
प्रदेशको पूँजीगत खर्च ८ महिनामा २२ प्रतिशत, कुन प्रदेशले कति गरे ?
काठमाडौं । प्रदेश सरकारको पूँजीगत बजेट खर्चको अवस्था झनै दयनीय रहेको छ । संघीय सरकारले ८ महिनामा जम्मा २२ प्रतिशत खर्च गर्दा प्रदेश सरकारहरुको अवस्था झन् नाजुक रहेको हो । दोस्रो चौमासिक बित्दा प्रदेश सरकारहरुले समग्रमा कुल विनियोजित बजेटको जम्मा १९.४९ प्रतिशत मात्र पूँजीगत खर्च गरेका छन् । चालु आर्थिक वर्षका लागि ७ वटै प्रदेशमा… Continue reading प्रदेशको पूँजीगत खर्च ८ महिनामा २२ प्रतिशत, कुन प्रदेशले कति गरे ?
बीमा कम्पनीहरु नेपाल लाइफबाहेक सबैलाई मर्जरमा जाने कि हकप्रद दुई विकल्प
काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बिहीबार बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ । समितिले अब जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब पुर्याउनु पर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै नेपाल लाइफ इन्स्योरेन्सबाहेक सबै कम्पनीलाई मर्जमा जाने कि हकप्रदमा जाने दवाव पर्ने देखिन्छ… Continue reading बीमा कम्पनीहरु नेपाल लाइफबाहेक सबैलाई मर्जरमा जाने कि हकप्रद दुई विकल्प
चिनियाँ विदेशमन्त्री शिवपुरी हाइकिङपछि औपचारिक भेटवार्तामा,कसलाई कहिले भेट्दै ?
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज औपचारिक कार्यक्रम व्यस्त रहने छन्। शुक्रवार नेपाल आइपुगेका वाङ हिजो कुनै कार्यक्रममा सहभागी भएनन्। विदेशमन्त्री वाङले शनिवार नेपाली समकक्षी डा. नारायण खड्काबीच द्वीपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी… Continue reading चिनियाँ विदेशमन्त्री शिवपुरी हाइकिङपछि औपचारिक भेटवार्तामा,कसलाई कहिले भेट्दै ?
मागभन्दा तीन गुणा बढी पर्यो म्यादी पुलिसमा आवेदन
काठमाडौं । स्थानीय तह निर्वाचनमा खटिन मागिएको १ लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबार अन्तिम दिनसम्म २ लाख ९३ हजार २६३ जनाले आवेदन दिएका छन् । प्रधान कार्यालयले आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि चैत ६ देखि ११ सम्म म्यादी प्रहरी भर्ना खोलेको थियो । सातै… Continue reading मागभन्दा तीन गुणा बढी पर्यो म्यादी पुलिसमा आवेदन
चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने
काठमाडौं । शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज भने दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन् । उनी तीन दिने भ्रमणका लागि विदेशमन्त्री शुक्रबार भारतको राजधानी नयाँदिल्लीबाट नेपाल अवतरण गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायतले स्वागत… Continue reading चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने
विश्व बैंकले १८ अर्ब १५ करोड उपलब्ध गराउने
काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूमा पहुँच बढाउन ऋणस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय शुक्रबार गरेको… Continue reading विश्व बैंकले १८ अर्ब १५ करोड उपलब्ध गराउने
डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टनविरुद्ध किन हाले मुद्दा ?
काठमाडौं (बीबीसी) । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो निर्वाचन अभियानलाई रुससँग जोडिदिएर हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरूले धाँधली गर्न खोजेको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरेका छन्। उक्त निर्वाचनमा ट्रम्पले क्लिन्टनलाई पराजित गरेका थिए। तर आफ्नो निर्वाचन अभियानविरुद्ध षड्यन्त्र भएको ट्रम्पको दाबी छ। ट्रम्पको अभियान र टोलीलाई रुसी… Continue reading डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टनविरुद्ध किन हाले मुद्दा ?
अमेरिकाद्वारा नेपाललाई थप ७ लाख ६६ हजार डोज खोप सहयोग
काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको थप ७ लाख ६६ हजार ३ सय ५० डोज कोरोना खोप काठमाडौं ल्याइएको छ। नेपालस्थित अमेरिकी राजदूत बेरीले ट्वीटमा जनाए अनुसार शुक्रबार अपरान्ह उक्त संख्याको फाइजर खोप ल्याइएको हो। अमेरिकाले ३१ लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराइसकेको छ। त्यसैगरी विश्वका ११० देशमा कूल ५० करोड डोज खोप अमेरिकाले… Continue reading अमेरिकाद्वारा नेपाललाई थप ७ लाख ६६ हजार डोज खोप सहयोग
नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित,रोहितको रेकर्ड नै रेकर्ड
काठमाडौं । रोहितकुमार पौडेलले नयाँ कीर्तिमानी बनाएका खेलमा नेपाल पपुवा न्यूगिनीसँग ६ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीले दिएको २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले सम्मानजनक हार ब्यहोरेको हो । नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो पीएनजीसँग नेपालको यो पहिलो हार हो । नेपालले एक… Continue reading नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित,रोहितको रेकर्ड नै रेकर्ड
चुनावमा सहभागी हुने वा नहुनेलाई लिएर विप्लव नेकपा तीन धारमा विभाजित
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आगामी चुनावमा सहभागी हुने वा नहुने भन्ने कोणबाट विभाजन देखिएको छ । केन्द्रीय समिति बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरु विभाजित भएका हुन् । चुनावको विषयले नेताहरु तीन धारमा विभाजित देखिएका छन् । विप्लवले चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव आफ्नो… Continue reading चुनावमा सहभागी हुने वा नहुनेलाई लिएर विप्लव नेकपा तीन धारमा विभाजित
नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र १ हजार ५२० जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए