जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

टोकियो (एपी) । उत्तरी जापानको फुकुशिमाको तटमा बुधबार साँझ आएको शक्तिशाली ७.३ म्याग्निच्युडको भूकम्पपछि सुनामीको सूचना जारी भएको छ । भुकम्पका कारण विद्युत आपूर्ति बन्द हुँदा टोकियो क्षेत्रमा रहेका २० लाखभन्दा बढी घरमा अन्धकार छाएको छ । भुकम्प गएको यो क्षेत्र उत्तरी जापानको भाग हो जुन ११ वर्षअघि ९.० रेक्टर स्केलको भूकम्प र सुनामीले क्षतिग्रस्त… Continue reading जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

पेट्रोल प्रतिलिटर १५५ पुग्यो, अन्य इन्धनको मूल्य कति ?

काठमाडौं । सरकारले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य आजै रातीबाट लागु हुने गरि बढाएको हो । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको हो । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ… Continue reading पेट्रोल प्रतिलिटर १५५ पुग्यो, अन्य इन्धनको मूल्य कति ?

शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई शान्तिको नेतृत्व गर्न आग्रह गरेका छन्। अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा उनले बाइडनलाई विश्वका र शान्तिका नेता बन्न आग्रह गरेको बीबीसीले लेखेको छ । “राष्ट्रपति बाइडन, तपाईँ आफ्नो देशका नेता हो। म तपाईँ विश्वका नेता हुनुहोस् भन्ने कामना गर्छु। विश्वका नेता हुनु भनेको शान्तिका… Continue reading शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन

पपुवा न्यूगिनीविरुद्ध नेपालको कठिन जित, रोहित र आरिफबीच कीर्तिमानी साझेदारी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध २ विकेटको जित निकालेको छ । रोहित कुमार पौडेल र आरिफ शेखको कीर्तिमानी शतकीय साझेदारीका कारण आज नेपालको जित सम्भव भएको हो । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा त्रिकोणात्मक श्रृंखला जारी छ । जसमा आज नेपालले पिएनजीलाई हराउन सफल भएको हो ।… Continue reading पपुवा न्यूगिनीविरुद्ध नेपालको कठिन जित, रोहित र आरिफबीच कीर्तिमानी साझेदारी

नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गर्ने खारेज गर्ने फैसला गरेको छ । बुधबार कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गर्ने फैसला गरेको हो । तत्कालीन केपी ओली नेतृत्वले सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर… Continue reading नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

होलीलाई मर्यादित बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति… Continue reading होलीलाई मर्यादित बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई

निरन्तर घाटामा आयल निगम, महिनामा १० अर्ब ६१ करोड घाटा हुने

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो । निगमलाई आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३… Continue reading निरन्तर घाटामा आयल निगम, महिनामा १० अर्ब ६१ करोड घाटा हुने

मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन

काठमाडौं । कतिपय नटबोल्ट खुकुलो भएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान उद्घाटन गरेका छन् । चुनावको छेको पारेर डेढ वर्षदेखि प्रयोग भइरहेको माइतीघर (पुरातत्व विभागअघि) को आकाशे पुलको उद्घाटन गरेका हुन् । शिलालेखसमेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भएका थिए… Continue reading मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन

नेपाली शेयर बजारमा लगातार गिरावट, कारोबार २ अर्ब ५७ करोडमा सीमित

काठमाडौं । शेयर बजारको आरोलो यात्रा कायमै रहेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३१ कम्पनीको २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading नेपाली शेयर बजारमा लगातार गिरावट, कारोबार २ अर्ब ५७ करोडमा सीमित

युक्रेनका राष्ट्रपतिलाई युद्ध शुरु भएयता पहिलो पटक तीन मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा भेटे

BBC

काठमाडौं । रुस र युक्रेनबीचको युद्धपछि निरन्तर रुससँग लडिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग पहिलो पटक अन्तर्राष्ट्रिय नेताले औपचारिक रुपमा भेट गर्न सफल भएका छन् । बीबीसीका अनुसार रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ। मङ्गलवार साँझ किएभमा कर्फ्यु लागु… Continue reading युक्रेनका राष्ट्रपतिलाई युद्ध शुरु भएयता पहिलो पटक तीन मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा भेटे

भिजिट भिसामा आई समस्यामा परेका नेपालीको सहजीकरण गर्न यूएई सहमत

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले भिजिट भिसामा पुगेर अलपत्र परेका नेपाली नागरिकको समस्या समाधान गर्न सहमति जनाएको छ । यूएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच मंगलबार भएको भेटवार्तामा यस्तो सहमति भएइको हो । राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको… Continue reading भिजिट भिसामा आई समस्यामा परेका नेपालीको सहजीकरण गर्न यूएई सहमत

इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अध्यक्षसहितको प्यानल विजयी भएको छ । एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा कांग्रेसको दुई प्यानल थियो। कांग्रेसका दुईसहित पाँच प्यानलबीचको भिडन्तमा कांग्रेसको आधिकारिक प्यानल सिडेनका सबै उम्मेदवार विजयी भए । अध्यक्षमा ३७३२ मतसहित गुल्मीका हरिबहादुर दर्लामी निर्वाचित भए… Continue reading इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी

अनुमति नलिई प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक पक्राउ

बैतडी । अनुमति नलिई प्याराग्लाइडिङ उडाएका एक विदेशी नागरिक बैतडीमा पक्राउ परेका छन् । राससका अनुसार पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले दिएको जानकारी अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो । उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र… Continue reading अनुमति नलिई प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक पक्राउ

आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपाल र पपुवा न्यूगिनी भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपाल र पपुवा न्युगिनी भिड्दैछन् । प्रतियोगिता युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी छ । नेपालको खेल आज परे पनि प्रतियोगिताका अन्य खेल भने मंगलबारबाटै शुरु भए । आईसीसी क्रिकेट विश्वकप लिग टु आगामी वान डे विश्वकपमा पुग्ने यात्राको पहिलो पाइला हो । नेपाल र पपुवा न्युगिनीबीचको खेल… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपाल र पपुवा न्यूगिनी भिड्दै

बजेट लेखन समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट लेख्न समिति गठन गरेको छ । मन्त्रालयले बजेट लेख्न ५ सदस्यीय समिति गठन गरेको जानकारी गराएको छ । अर्थमन्त्री जनादर्शन शर्माको अध्यक्षतामा २९ फागुनमा बसेको बैठकले ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेको हो । समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल तोकिएका… Continue reading बजेट लेखन समिति गठन

म्यादी प्रहरीमा भर्ना खुल्यो, देशभर एक लाख भर्ति गरिने

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गरि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । म्यादी प्रहरीमा चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले मंगलबार एक सूचना जारी गरि भर्ना खुलेको जानकारी गराएको हो । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने छ । म्यादी… Continue reading म्यादी प्रहरीमा भर्ना खुल्यो, देशभर एक लाख भर्ति गरिने

हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले चालू हिउँद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । वैशाखदेखि बजेट अधिवेशन सुरु हुने भएकाले सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

नेपालमा क्रिप्टोकरेन्सीको अवैध कारोबार : नौ करोड ७४ लाख बिगो दाबी गर्दै दुई जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीमा लगानी तथा कारोबार गरेको भन्दै दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले मोरङ रतुवामाईका पुस्कर श्रेष्ठ र विनिता लिम्बुविरुद्ध बिगो जफत गरी सजाय माग्दै मुद्दा दायर गरेको हो। विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९… Continue reading नेपालमा क्रिप्टोकरेन्सीको अवैध कारोबार : नौ करोड ७४ लाख बिगो दाबी गर्दै दुई जनाविरुद्ध मुद्दा

‘एमालेलाई कसैको बैशाखी आवश्यक छैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले स्थानीय चुनावमा ७० प्रतिशत जित्ने दाबी गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन । हामी एक्लै लड्न सक्छौ, एमालेलाई… Continue reading ‘एमालेलाई कसैको बैशाखी आवश्यक छैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’

‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै वेबसाइट र मोबाइल एप बन्द गर्न निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले फागुन ३० गते सोमबार सबै इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाउँदै अनलाइनबाट हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका साइट तथा एपमाथि रोक लगाउन निर्देशन दिएको छ। त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन… Continue reading ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै वेबसाइट र मोबाइल एप बन्द गर्न निर्देशन

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि ५ एयरलाइन्स कम्पनी तयार

तस्विर:रासस

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि ५ वटा कम्पनी सम्पर्कमा आएका छन् । उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने… Continue reading भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि ५ एयरलाइन्स कम्पनी तयार

दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजार साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको ६५ लाख २९ हजार २६ कित्ता शेयर… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ३६ करोडको कारोबार

यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि

file ohoto : aa.com.tr

काठमाडौं । भीषण बमबारीका वावजुत युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको पेन्टागनको विश्लेषण छ । उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन्। बीबीसीका अनुसार अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको… Continue reading यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि

श्रममन्त्री श्रेष्ठ यूएईमा, के के छन् कार्यक्रम ?

यूएई । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ विभिन्न तीन मुलुकको भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स यूएई पुगेका छन् । सो मुलुकमा मंगलबार नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समिति बैठक बस्दैछ । आबुधाबीमा बस्ने बैठकको उद्घाटन सत्रलाई मन्त्री श्रेष्ठले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । कार्यक्रममा यूएईका मानव संसाधन मन्त्री डा. अब्दुलरहमान… Continue reading श्रममन्त्री श्रेष्ठ यूएईमा, के के छन् कार्यक्रम ?

साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम

काठमाडौं । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं ओर्लिएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज दिनभर व्यस्त रहनेछन् । उनले आजै उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् । उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने र पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा… Continue reading साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम

आजबाट नयाँ सवारी लाइसेन्सका लागि आवेदन दिने काम बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन आजबाट अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्म नयाँ निवेदन नलिने बताएको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले नयाँ निवेदन नलिइएको हो । अहिले… Continue reading आजबाट नयाँ सवारी लाइसेन्सका लागि आवेदन दिने काम बन्द

साउदी अरेबियाका विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । साउदी अरेबियाका विदेशमन्त्री तथा राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं अवतरण गरेका छन् । उनी २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा सोमवार काठमाडौं अवतरण गरेका हुन् । निजी विमानमार्फत उनी श्रीलङ्का हुँदै काठमाडौं अवतरण गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका… Continue reading साउदी अरेबियाका विदेशमन्त्री काठमाडौंमा

राप्रपा अध्यक्षको चेतावनी: हलो चिन्ह नदिए सडकमा जान्छौं

बर्दिया। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकमा जाने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गरे । नदिए सडकबाट विकल्प खोज्ने उनको चेतावनी छ । राप्रपालाई चुनाव चिह्न हलो नदिएमा निर्वाचन बहिस्कार नगर्ने तर हुन नदिने उनको भनाई… Continue reading राप्रपा अध्यक्षको चेतावनी: हलो चिन्ह नदिए सडकमा जान्छौं

एमसीसी प्रकरणमा भीम रावलविरुद्ध प्रधानमन्त्रीको आक्रोस

काठमाडौं । एमसीसी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलविरुद्ध आक्रोस व्यक्त गरेका छन् । रावल मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै आएका नेता हुन् । सोमबार किस्पाङ गाउँपालिकाको भवन उद्घाटनमा नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको मिेत उल्लेख गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको… Continue reading एमसीसी प्रकरणमा भीम रावलविरुद्ध प्रधानमन्त्रीको आक्रोस

नेपालमा थप ५८ जनामा कोरोना, १४८ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परीक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टिजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ। हालसम्म नेपालमा कोरानाका… Continue reading नेपालमा थप ५८ जनामा कोरोना, १४८ जना संक्रमण मुक्त