काठमाडौं । लामो समयको संघर्षपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद् बैठकमा टेबल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । एमालेसहित नेकपा माओवादी, नेकपा एकीकृत समाजावादी, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संसद्मा विरोध गरेका थिए । सम्झौताप्रति माओवादीको… Continue reading एमसीसी अनुमोदन अझै अनिश्चित, कार्यान्वयन भए के हुन्छ ?
Category: फिचर
माओवादीको विरोध र एमालेको नाराबाजीबीच एमसीसी टेबल, फागुन १२ गतेसम्म संसद स्थगित
काठमाडौं । लामो समयको संघर्षपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद् बैठकमा टेबल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । एमालेसहित नेकपा माओवादी, नेकपा एकीकृत समाजावादी, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संसद्मा विरोध गरेका थिए । सम्झौताप्रति माओवादीको… Continue reading माओवादीको विरोध र एमालेको नाराबाजीबीच एमसीसी टेबल, फागुन १२ गतेसम्म संसद स्थगित
प्रचण्डको छेवैमा बसेर संसदमा देव गुरुङको आपत्ति एमसीसी टेबल नगरौं
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले मिलिनियम च्यालेन्ज कर्पोरेशन संसदमा टेबल हुन लागेको भन्दै आपत्ति जनाएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले प्रतिपक्षीदल नेकपा एमालेले ६ महिनादेखि अवरोध गरिरहेको बेला महत्वपूर्ण विधेयकहरु अघि बढाउन नहुने बताए। एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा… Continue reading प्रचण्डको छेवैमा बसेर संसदमा देव गुरुङको आपत्ति एमसीसी टेबल नगरौं
संसदमा एमालेको नाराबाजी कायमै, एमसीसी कार्यसूचीमा
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो नाराबाजीलाई कायम राखेको छ । प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ । प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
सत्ता गठबन्धनको बैठकः एमसीसी संसदमा पेश गर्ने सहमति
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी सम्झौता संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो। तर सत्ता गठबन्धनले निर्णय सार्वजनिक गरिसकेको छैन। गठबन्धनका दलहरुबीच मतभेद देखिँदा एमसिसी संसद बैठकमा पेस हुन सकेको थिएन। अमेरिकाले… Continue reading सत्ता गठबन्धनको बैठकः एमसीसी संसदमा पेश गर्ने सहमति
अन्ततः आज संसदमा टेबुल हुने भयो एमसीसी
काठमाडौं । अन्ततः एमसीसी संसदमा टेबुल हुने भएको छ । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति जुटेको छ । आइतबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले एमसीसी टेबल गन सहमति जुटाएको हो । एमसीसीसँगै अन्य विधेयकहरु समेत अब संसदमा जाने भएका छन् । यस निर्णयबाट तत्कालका लागि गठबन्धन भने नटुट्ने निश्चित भएको छ । तर, निर्वाचनको… Continue reading अन्ततः आज संसदमा टेबुल हुने भयो एमसीसी
शुरु भयो चट्याङ्ग र मेघगर्जनको याम
काठमाडौं । नेपालमा चट्याङ्ग र मेघगर्जनसहित हावाहुरी चल्ने याम शुरु भएको छ । आइतबार पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हो । आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा… Continue reading शुरु भयो चट्याङ्ग र मेघगर्जनको याम
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो
काठमाडौं । नेपालमा पेट्रोल,डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल आयल निगमले शनिबार रातीबाट लागु हुने गरि बढाएको मूल्य अनुसार मूल्य सबैभन्दा माथिल्लो विन्दुमा पुगेको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको छ । यसअघि निगमले माघ १८ मा मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब… Continue reading पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो
आज संसद बैठक बस्दै, एमसीसी पेश हुने टुंगो भने छैन
काठमाडौं । अइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । लामो समयदेखि एमालेको अवरोध र सत्तारुढ दलहरुबीच एमसीसीका विषयमा जारी विवादका कारण सदन सूचारु हुन सकिरहेको छैन । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज एमसीसी टेबुल गर्ने कांग्रेसले… Continue reading आज संसद बैठक बस्दै, एमसीसी पेश हुने टुंगो भने छैन
नेपालमा ६० प्रतिशत जनसंख्यालाई पूर्ण खोप पुग्यो
काठमाडौं । नेपालमा कुल जनसंख्याको ६० प्रतिशत भन्दा धेरैले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १ करोड ७६ लाख चार हजार पाँच सय २९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसंख्याको ६० प्रतिशत भन्दा माथि हो । कुल जनसंख्याको ७३ दशमलव… Continue reading नेपालमा ६० प्रतिशत जनसंख्यालाई पूर्ण खोप पुग्यो
एमसीसीबारे पुनः अमेरिकी दुतावासले भन्यो, निर्णय नेपालकै हुन्छ
काठमाडौं । नेपालमा एमसीसी सहयोग विवाद चर्किदै जाँदा अमेरिका समेत दवावमा परेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार पुनः अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ । विज्ञप्ति निकाल्दै अमेरिकी दूतावासले नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक… Continue reading एमसीसीबारे पुनः अमेरिकी दुतावासले भन्यो, निर्णय नेपालकै हुन्छ
टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल नजिक
काठमाडौं । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल जित निकालेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकालेको नेपाल सेमिफाइनल नजिक पुगेको छ । फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय इनिङ्स खेलेका छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर बने । यसअघि… Continue reading टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल नजिक
भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुईको मृत्यु
काठमाडौं । भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसारमध्यपुर थिमी नगरपालिका–२ सानोथिमीको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यपुर थिमी–२, सानोथिमीस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा… Continue reading भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुईको मृत्यु
मुलुकलाई समृद्ध बनाउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । यो काममा सबैको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘वर्तमान सरकार, प्रतिपक्ष दल, नागरिक समाज, निजी… Continue reading मुलुकलाई समृद्ध बनाउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री
ब्राजिलमा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३० पुग्यो
काठमाडौं । ब्राजिलको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर दुई सयभन्दा बढी पुगेको बताएको छ । मंगलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए… Continue reading ब्राजिलमा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३० पुग्यो
राप्रपाको प्रवक्ता बने ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन् । यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता… Continue reading राप्रपाको प्रवक्ता बने ज्ञानेन्द्र शाही
विश्वकप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै
काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा आज नेपाल र फिलिपिन्स भिड्दैछन । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुदैछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको… Continue reading विश्वकप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै
आज प्रजातन्त्र दिवस मनाइदै
काठमाडौं । आज नेपालमा प्रजातन्त्र दिवस मनाइदै छ । यस अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिएको छ । टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,… Continue reading आज प्रजातन्त्र दिवस मनाइदै
दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता
काठमाडौं । नेपालमा दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुने कीतिमान सीता परियारले राखेकी छिन् । गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएको हो । उनी यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला बनेकी छिन् । दलित समुदायबाट पुरुषहरू भने यसअघि… Continue reading दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता
स्थानीय तहको निर्वाचनमा उठ्ने उमेदवारलाई आचारसंहिता, के-के छन् ?
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेहरुका लागि आचार संहिताको टुंगो लगाएको छ । उमेदवारको नाममा सरकारी पेश्की र बेरुजू रहन नपाइने भएको छ । यसले उमेदवारहरुलाई जिम्मेवार बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोगका पदाधिकारीहरुले बिहीबार हस्ताक्षर गरेको आचार संहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेले यसअघि आफूले लिएको पेश्की रकम फर्स्योट… Continue reading स्थानीय तहको निर्वाचनमा उठ्ने उमेदवारलाई आचारसंहिता, के-के छन् ?
सत्ता गठबन्धनको बैठक बस्दै, निस्केला निकास ?
काठमाडौं । सत्ता गठबन्धनका पाँच दलको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारको बैठक बिना निष्कर्ष सकिएपछि शुक्रबार पुनः बैठक बोलाइएको हो । गठबन्धनका शीर्ष नेताले बिहान ९ बजे बैठक बसी साझा धारणा बनाउन कोसिस गर्ने भएका छन् । बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान… Continue reading सत्ता गठबन्धनको बैठक बस्दै, निस्केला निकास ?
पोखरामा बन्यो केबुलकार, आजबाट व्यवसायिक संचालनमा
काठमाडौं । नेपालको चौथो केबुलकार परियोजनाका रुपमा पोखरामा केवलकार तयार भएको छ । पोखराको फेवाताल किनारबाट सराङकोट डाँडासम्म जान सकिने गरि केबुलकार बनेको हो । केबुलकारमा शुक्रबारबाट टिकट काटेर चढ्न सकिने छ । अन्नपूर्ण केबुलकार प्रालिले केबुलकार बनाएको हो । सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’मा कुल १७ वटा गोन्डुला रहेको छ ।… Continue reading पोखरामा बन्यो केबुलकार, आजबाट व्यवसायिक संचालनमा
विश्वकप छनोट : आज नेपाल र ओमान भिड्दै
काठमाडौं । टी–२० विश्वकपको छनोट (ग्लोबल क्वालिफायर)का खेलहरु आजबाट ओमानमा शुरु हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक ओमानविरुद्ध नेपालले सामना गर्दैछ । यो खेलले समूह चरणबाट माथि जाने टीमको आंकलन गर्न सक्ने अवस्था रहेकाले समेत दुबै टीमका लागि खेलको नतिजा महत्वपूर्ण हुने छ । ग्लोबल क्वालिफायर ए मा नेपालसहित आठवटा देशले प्रतिस्पर्धा गर्दैछन् ।… Continue reading विश्वकप छनोट : आज नेपाल र ओमान भिड्दै
सत्तारुढ दलबीच सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा
काठमाडौं । सत्तारुढ दलहरुबीच एमसीसी संसदमा टेबुल गर्ने विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास बालकोटमा पुगेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा श्रीमती डा. आरजु राणा देउवाका साथ बालकोट पुगेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइए पनि… Continue reading सत्तारुढ दलबीच सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा
अमेरिकामा एचआइभी एड्सको सफल उपचार भएको दावी
काठमाडौं । एक अमेरिकी महिला एचआईभी सङ्क्रमणबाट मुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएको दावि गरिएको छ । बीबीसीका अनुसार रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको थियो । उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छन्। तर विज्ञहरूले नाइटोबाट रगत… Continue reading अमेरिकामा एचआइभी एड्सको सफल उपचार भएको दावी
नेपालमा तयार भयो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट
काठमाडौं । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट हुने भएको हो । थाइल्याण्डबाट एरो थाइले ल्याएको विमानबाट आगामी एक हप्तासम्म भैरहवा क्षेत्रको आकासमा उडान गरि विमानस्थलको परीक्षण हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जडान भएका उपकरणहरुले काम गरे÷नगरेको जाँच गर्न थाइल्याण्डबाट बिहीबार… Continue reading नेपालमा तयार भयो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट
सत्तारुढ दलको बैठकमा जुटेन सहमति, एमसीसीमा आ-आफ्नै अडान कायमै
काठमाडौं । सत्तारुढ दलको बिहीबारको बैठकमा सहमति जुट्न नसकेसँगै सत्ता गठबन्धन नै धरापमा पर्ने खतरा बढेको छ । बिहीबार प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सत्तारुढ दलको बैठकमा दलहरु आआफ्नो अडानमा अडिग रहे । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल… Continue reading सत्तारुढ दलको बैठकमा जुटेन सहमति, एमसीसीमा आ-आफ्नै अडान कायमै
नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा हरि खड्का दोषि ठहर
काठमाडौं । फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको फैसला सुनाएको छ । उनलाई ५ हजार जरिवाना तोकिएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को… Continue reading नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा हरि खड्का दोषि ठहर
भारतको कुशीनगरमा कुवामा झरे महिला र बच्चा, कम्तिमा १३ को मृत्यु
उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको कुशीनगरमा कुवामा झरेर महिला तथा बालबालिकाको दर्दनाक निधन भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार कुशीनगरको नौरगिया गाउँमा एक पुरानो कुवाको माथि बसेका महिला तथा बालबालिका कुवामा झरेका हुन् । गाउँमा एक पूजा कार्यक्रमको आयोजना भएको थियो । कुवालाई ढकनीले ढाढिएको थियो । यस क्रममा ढकनीसँगै उनीसमेत कुवामा गिर्दा दर्दनाक… Continue reading भारतको कुशीनगरमा कुवामा झरे महिला र बच्चा, कम्तिमा १३ को मृत्यु
ब्राजिलमा भिषण वर्षा, छिनभरमा करीव १ सय मानिसको मृत्यु
रियो दि जिनेरो । ब्राजिलमा अचानक आएको भिषण वर्षा र बाढीका कारण करीव १ सय मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार ब्राजिलको पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । रियो दि जिनेरोबाट उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछि मुसलधारे वर्षा भएको थियो। सडकमा पानीको भेल पस्दा… Continue reading ब्राजिलमा भिषण वर्षा, छिनभरमा करीव १ सय मानिसको मृत्यु