भक्तपुर । भक्तपुरमा एकै घरका तीन जना सदस्य मृत फेला परेका छन् । उनीहरुको घरमा पालेको एउटा कुकुर समेत मृत अवस्थामा फेला परेका कारण यो घटना रहस्यमय रहेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरीका अनुसार अहिले अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको छ ।… Continue reading भक्तपुरमा एकै घरका तीन जना मृत फेला
Category: फिचर
गौतमबुद्ध विमानस्थलको भौतिक संरचना निर्माण पुरा, अब उपकरण जडान
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिकतर्फको निर्माणको काम सम्पन्न भएको छ । अब उपकरण जडानको काम बाँकि रहेको आयोजनाले जनाएको छ । आयोजनाको कुल प्रगति ९२.५ प्रतिशत पुगिसकेको छ । यो उपकरण जडानअन्तर्गतको काम हो । भैरहवा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार बाँकी काम भने चिनियाँ दक्ष तथा प्राविधिक रइन्जिनियर… Continue reading गौतमबुद्ध विमानस्थलको भौतिक संरचना निर्माण पुरा, अब उपकरण जडान
परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय
काठमाडौं । असारको पहिलो सातादेखि सुरु भएको सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुक्रबार सकिएको छ । आन्तरिक विवादको कारण पटक पटक रोकिँदै आएको वैठक साढे दुई महिनापछि टुंगिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि नेकपाको आन्तरिक विवाद सुरु भएको थियो । शुक्रबार बसेको स्थायी कमिटी बैठक आजैबाट समाप्त… Continue reading परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय
काठमाडौं उपत्यकामा एकै दिन थपिए ६९६ संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या १० हजार ७ सय ८ पुगेको छ। काठमाडौंमा ८ हजार ७ सय २६ ललितपुरमा १… Continue reading काठमाडौं उपत्यकामा एकै दिन थपिए ६९६ संक्रमित
नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ७ सय १ जनाको पीसीआर परीक्षणमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ। पछिल्लो २४ घन्टामा थप… Continue reading नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज
विद्यालयहरुले अनलाइन कक्षा संचालनको शूल्क लिन पाउने
काठमाडौं । अब निजी विद्यालयहरुले अनलाइन कक्षा संचालन गरेवापत शुल्क लिन पाउने भएका छन् । सरकारले यसका लागि कानूनी व्यवस्थाबाटै प्रावधान गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका छन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका ल्याउँदै मन्त्रालयले निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको दरमा शुल्क लिन… Continue reading विद्यालयहरुले अनलाइन कक्षा संचालनको शूल्क लिन पाउने
एक जिल्लाबाट अर्को जिल्ला जाँदा आफ्नै खर्चमा अनिवार्य १४ दिन क्वारेन्टिन
काठमाडौं । नेपालका एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै खर्चमा अनविार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो प्रावधान ल्याएको हो । सरकारले नाकामा कडाई गरी जिल्ला भित्रको जनजीवन सहज बनाउने रणनीति ल्याएको छ । सोहीअनुसार जिल्ला छाडेर जाने र प्रवेश गर्ने व्यक्तिलाई भने कडाई गर्न लागिएको हो… Continue reading एक जिल्लाबाट अर्को जिल्ला जाँदा आफ्नै खर्चमा अनिवार्य १४ दिन क्वारेन्टिन
विदेशबाट नेपाल आउन अब माग अनुसार उडान थपिने
काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने चाहने नेपाली नागरिकलाई लगाएको दैनिक संख्याको कोटा हटाएको छ । अब माग अनुसार एयरलाइन्सले उडान थप्न र थप नेपालीलाई घर ल्याउने पाउने भएका छन् । यस्तो प्रावधान भने नियमित दैनिक उडान खुलेको गन्तब्यका लागि मात्र हो । यसअघि सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी… Continue reading विदेशबाट नेपाल आउन अब माग अनुसार उडान थपिने
पर्यटक र गैरआवासीय नेपालीलाई नेपाल प्रवेश अनुमति खुलाउने तयारी
काठमाडौं । सरकारले विदेशी पर्यटक तथा विदेशको नागरिकता दिएका गैरआवासीय नेपालीलाई समेत नेपाल प्रवेशको अनुमति खुला गर्ने तयारी थालेको छ । संसारका धेरै मुलुकमा विदेशी नागरिकमाथिको प्रतिवन्ध क्रमशः खुकुलो बनाउँदै लगिएको छ । यसै सन्दर्भमा नेपालमा समेत पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आगमन अनुमति खुला गर्ने तयारी गरिएको हो । यसअघि नेपालमा अतिआवश्यक काम… Continue reading पर्यटक र गैरआवासीय नेपालीलाई नेपाल प्रवेश अनुमति खुलाउने तयारी
आन्तरिक उडान खोल्ने प्रस्ताव सीसीएमसीमा, मिति अझै अन्यौल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान सूचारु गर्ने तयारी थालेको छ । यसका लागि उडान संचालनको मिति १ असोज राखेर मन्त्रालयले कोभि १९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको हो । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार १ असोजमा सम्भव नभए १५ असोजबाट भने उडान सूचारु हुनेछन् । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै उडान… Continue reading आन्तरिक उडान खोल्ने प्रस्ताव सीसीएमसीमा, मिति अझै अन्यौल
तीन देशमा प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाई समितिबाट तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको छ । सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम बिहीबार संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो । अनुमोदन भएसँगै अब उनीहरु राष्ट्रपतिबाट नियुक्ति पाउन योग्य भएका छन्… Continue reading तीन देशमा प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन
थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो
काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका तीन जनासहित १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा मात्र ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। चितवनमा ६२ र कपिलवस्तुमा… Continue reading थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो
नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५० हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५० हजार ४६५ जना… Continue reading नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५० हजार नाघ्यो
नेकपा भित्रको विवाद टुंगियो, स्थायी कमिटिमा लैजाने एजेण्डा तय
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी भित्रको विवाद अन्ततः टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी स्थायी कमिटीको बैठकमा लैजाने एजेण्डाका विषयमा समेत सहमति भएसँगै पार्टी भित्रको विवाद तत्कालका लागि टुंगिएको हो । बुधबार दुई नेताबीचको छलफलमा यस विषयमा सहमति भएको हो । बालुवाटारमा करिब २ घण्टा दुई अध्यक्षबीच… Continue reading नेकपा भित्रको विवाद टुंगियो, स्थायी कमिटिमा लैजाने एजेण्डा तय
आजबाट उपत्यकामा सार्वजनिक सवारी साधन पनि चले
काठमाडौं । तीन साता लामो निषेधाज्ञा खुकुलो बनेको दिन आजबाट काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्न थालेका छन् । प्रशासनले जोर विजोर प्रणालीमा सबै प्रकारका निजी सवारी र १६ सीट भन्दा माथिका सार्वजनिक यातायात खोल्ने निर्णय बुधबार गरेको थियो । सार्वजनिक यातायातमा समेत जोर विजोर प्रणाली लागु भने हुन्छ । यससँगै आजबाट सडकमा सार्वजनिक यातायातका साधन… Continue reading आजबाट उपत्यकामा सार्वजनिक सवारी साधन पनि चले
ट्रम्पले नियतबश कोरोना भाइरसप्रति वेवास्ता गरेको तथ्य खुल्यो
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियतबश कोरोना भाइरस नियन्त्रणमा वेवास्ता गरेको तथ्य उजागर भएको छ । सुरु देखिनै सार्वजनिक रुपमा भाइरसले खासै असर नपार्ने बताउँदै आएका ट्रम्पले फेब्रुअरी पहिलो सातानै भाइरसको गाम्भिर्य बुझि सकेको तथ्य सार्वजनिक भएको हो । उनले फेब्रुअरी ७ मै वासिंटनमा पोष्टका भेटरान पत्रकार बब उडवर्डसँग यो भाइरस छुँदा मात्र नभइ हावाबाट… Continue reading ट्रम्पले नियतबश कोरोना भाइरसप्रति वेवास्ता गरेको तथ्य खुल्यो
उपत्यकामा कुन पसल कुन बार खोल्न पाइने, यस्तो छ प्रशासनको आदेश
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । नयाँ मोडालिटी अनुसार बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय भएको छ । पसल सञ्चालनमा नयाँ व्यवस्था गरिएको छ । अब उपत्यकामा सोमबार बुधबार र… Continue reading उपत्यकामा कुन पसल कुन बार खोल्न पाइने, यस्तो छ प्रशासनको आदेश
निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्यो के बन्द ?
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । नयाँ मोडालिटी अनुसार बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय भएको छ । त्यस्तै पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ ।… Continue reading निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्यो के बन्द ?
उपत्यका प्रवेशमा कडाइ, निषेधाज्ञा खुकुलो- सवारी साधनमा जोरबिजोर
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । बैठकले बिहिबारदेखि उपत्यकामा जोर विजोर सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ। सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न… Continue reading उपत्यका प्रवेशमा कडाइ, निषेधाज्ञा खुकुलो- सवारी साधनमा जोरबिजोर
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय १२ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला… Continue reading कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय १२ पुग्यो
नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९,२१९
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ७६ जनाको पीसीआर परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १३८ जना पुगेको… Continue reading नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९,२१९
आज १ सय ७ औं विपी जन्मजयन्ती
काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती मनाइदै छ । उनको विचारधारामा आस्था राख्नेहरुले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनको सम्झना गर्छन् । यद्दपी यो वर्ष औपचारिक कार्यक्रमहरु भने आयोजना हुने छैनन् । नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने बताएको छ । कांग्रेस केन्द्रीय… Continue reading आज १ सय ७ औं विपी जन्मजयन्ती
अक्सफोर्डले किन रोक्यो कोरोना भ्याक्सिनको परीक्षण ?
लण्डन । अक्सफोर्ड विश्व विद्यालयले कोरोना भाइरस विरुद्धको खोप परीक्षणको काम स्थगित गरेको छ । पहिलो र दोस्रो चरणमा उत्साहजनक नतिजा आएको परीक्षण तेश्रो चरणमा पुगेपछि रोकिएको छ । बीबीसीका अनुसार परीक्षणका दौरान एक जना व्यक्ति विरामी भएपछि तत्कालका लागि परीक्षण रोक्ने निष्कर्षमा विश्वविद्यालय पुगेको छ । अक्सफोर्डले एस्ट्राजेनेसँग मिलेर खोप निर्माणको काम गरिरहेको छ… Continue reading अक्सफोर्डले किन रोक्यो कोरोना भ्याक्सिनको परीक्षण ?
निजगढ विमानस्थल निर्माणका कामलाई गति दिने निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तर्गत निर्माण प्रक्रियालाई गति दिने निर्णय गरेको छ । आयोजनाको पूर्वतयारीको चरणमा अहिले रुख गणनाको काम भइरहेको छ । यस्तो गणना आगामी मंसिरसम्म सकाउने निर्णय भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मंगलबार बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि… Continue reading निजगढ विमानस्थल निर्माणका कामलाई गति दिने निर्णय
काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस, नाकामा कडाई गरिने
काठमाडौं । बढ्दो दवावका बीच काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा खुकुलो बनाउने तयारी शुरु भएकोछ । नगरपालिका फोरमले नाका कडाई गरी उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउन सिफारिस गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बैठक बसेको थियो । बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । उपत्यका छिर्ने नाकामा भने सेना… Continue reading काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस, नाकामा कडाई गरिने
कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण
काठमाडौं, २३ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइरालानिकट एक नेताका अनुसार मंगलबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ नतिजा आएको हो । उनमा कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनी अहिले होम–आईसोलेशनमा बसिरहेका छन् ।
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुषको रहेका छन् । त्यस्तै काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय… Continue reading कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षणमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८… Continue reading नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज
विवाद बढेपछि रेलमार्गको ठेक्का स्थगित
काठमाडौं । १०६ किलोमिटर रेलमार्गका लागि ५४ वटा प्याकेजमा ठेक्का आह्वान भएपछि मिलेमतोको आंशका बढेको थियो । त्यसपछि यो आयोजनाको तिब्र आलोचना शुरु भयो । सोहीकारण सरकारले पूर्व-पश्चिम रेलमार्गको काकडभिटा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का नै स्थगित गरिदिएको छ । रेल विभागले मंगलबार सूचना प्रकाशित गरी विवादित बनेको ठेक्का स्थगित भएको स्पष्ट पारेको छ । यहाँ… Continue reading विवाद बढेपछि रेलमार्गको ठेक्का स्थगित
बागलुङमा बाढीमा हराइरहेका २१ जना अझै भेटिएनन्
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीका कारण घर बगेपछि हराइरहेका २१ जनाको अझै कुनै सुचना प्राप्त हुन सकेन । अघिल्लो बुधबार राती आएको बाढीले घर बगाएपछि ३८ जना हराएका थिए । त्यसमध्ये १७ जनाको भने शव फेला परिसकेको छ । स्थानीय प्रशासनका अनुसार हराइरहेका २१ जनाको खोजी कार्य भने अहिले पनि जारी रहेको… Continue reading बागलुङमा बाढीमा हराइरहेका २१ जना अझै भेटिएनन्