म्याड्रिड । स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ । तातो हावाबाट मानिसको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाका कारण ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ । यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ । गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट… Continue reading स्पेनमा तातो हावाका कारण ५१० जनाको मृत्यु
Category: फिचर
जोरपाटीमा बोरिङ खन्दा लेदो माटो र पानीसहितको फोहोरा निस्कियो
काठमाडौं । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । स्थानीयले खानेपानीको लागि बोरिङ खन्दै गर्दा माटो र बालुवाको लेदो निस्केको हो । स्थानीयले भने बोरिङ खनेको स्थानवाट ग्यास निस्केको दाबी गरेका छन् । खनेको स्थानबाट माटो र बालुवाको लेदो निरन्तर आकाशतर्फ उडिरहेको बौद्ध प्रहरीले जनाएको छ । बौद्ध प्रहरीले भने-‘फोहोर घरभन्दा अग्लो… Continue reading जोरपाटीमा बोरिङ खन्दा लेदो माटो र पानीसहितको फोहोरा निस्कियो
बेलायतमा वर्षकै उच्च तापक्रमको रेकर्ड
लण्डन । बेलायतमा यस वर्षकै सबैभन्दा उच्च तापमान रेकर्ड भएको छ । सोमबार ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन कायम भएको बीबीसीले लेखेको छ । मौसमविद्हरूले मङ्गलवार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन्। सोमवारको उक्त तापक्रम स्यान्टन डाउनह्याम, सफोकको हो र त्यसबाहेक प्राय ठाउँको तापक्रम ३७ डिग्री सेल्सियस नाघेको थियो। यूकेको मौसम पूर्वानुमान… Continue reading बेलायतमा वर्षकै उच्च तापक्रमको रेकर्ड
पोखरामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा दिन महानगरको आह्वान
पोखरा । काठमाडौंमा जस्तै पोखरा महानगरपालिकामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन महानगरपालिकाले आह्वान गरेको छ । पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो। महानगरले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन… Continue reading पोखरामा समेत निजी शौचालयलाई सार्वजनिक प्रयोगमा दिन महानगरको आह्वान
आजबाट देशभर ठूलो वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान
काठमाडौं । मंगलबारबाट बिहीबारसम्म देशभर ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने सम्भावना देखिएको हो। मंगलबार बिहान प्रदेश नम्बर १, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका केही स्थानमा हल्कादेखि… Continue reading आजबाट देशभर ठूलो वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान
कांग्रेसले निर्वाचनलाई लक्षित गरी एक महिने अभियान चलाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ । कांग्रेसले सत्तारुढ… Continue reading कांग्रेसले निर्वाचनलाई लक्षित गरी एक महिने अभियान चलाउँदै
प्रतिनिधिसभा र प्रदेश दुबै चुनावमा कांग्रेसले गठबन्धनसँग तालमेल गर्ने
काठमाडौं । अन्ततः आगामी संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलबीच तालमेल गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने निर्णय गरेको हो । छैठौं दिनसम्म चलेको बैठकका निर्णयहरू सोमबार सार्वजनिक गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् । प्रतिनिधिसभा र… Continue reading प्रतिनिधिसभा र प्रदेश दुबै चुनावमा कांग्रेसले गठबन्धनसँग तालमेल गर्ने
नेपाली कृषकलाई कोरिया लगेर प्रविधि सिकाइने
काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर गरे ।… Continue reading नेपाली कृषकलाई कोरिया लगेर प्रविधि सिकाइने
निजगढ विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गरिने
काठमाडौं । निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न विज्ञ समूह गठन हुने भएको छ । सर्वोच्च अदालतको फैसला सबै प्रक्रिया रद्द भएको यो आयोजनालाई नयाँ प्रक्रियाबाट अगाडी बढाउन भने समस्या छैन । नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समिति बैठकले आयोजना अगाडि बढाउने सम्बन्धमा अध्ययन गरी सुझाव दिने सम्बन्धमा विज्ञ समूह गठन गर्ने निर्णय गरी… Continue reading निजगढ विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गरिने
नेपालमा एकैदिन ४५७ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जना र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ गरी ४५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार… Continue reading नेपालमा एकैदिन ४५७ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु
एआईजी विश्वराज पोखरेलले दिए राजीनामा
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा रहेको मानव संशाधन विभागमा हाजिर भएर एआईजी पोखरेलले मंगलबारको मितिबाट लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन्। पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ । पोखरेलले एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका… Continue reading एआईजी विश्वराज पोखरेलले दिए राजीनामा
साउदी अरबले प्रतिदिन १३ लाख ब्यारेल तेल उत्पादन गर्ने, विश्व बजारमा कस्तो पर्छ प्रभाव ?
रियाद । साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ ।यसअघि साउदीले दैनिक १० लाख ब्यारेलसम्म उत्पादन गर्दै आएको थिया । शनिबार राज्यले तेल उत्पादनलाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको… Continue reading साउदी अरबले प्रतिदिन १३ लाख ब्यारेल तेल उत्पादन गर्ने, विश्व बजारमा कस्तो पर्छ प्रभाव ?
नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ३४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। पहिलो नम्बरमा होमबहादुर थापाको नाम सिफारिस गरिएको छ । दोस्रो नम्बरमा दीपेन्द्र कुमार पाल छन् । थापा ९५ दशमलव ६६६ अङ्क प्राप्त गरेर पहिलो नम्बरमा बढुवा भएका… Continue reading नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस
यूरोपमा उच्च तापक्रम र डडेलो, पोर्चुगलमा एक सातामा ६५९ जनाको मृत्यु
पेरिस । दक्षिण–पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीसमा पनि फैलिएपछि फ्रान्सले डढेलोको खतरामा रहेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तर गरेको छ। फ्रान्सको चर्चित पर्यटन क्षेत्र गिरोन्डेका अधिकारीहरूले भ्रमणस्थलबाट सुरक्षाकर्मीहरूलाई पनि हटाएका छन्। पर्यटकहरूले यसअघि नै त्यस ठाउँ छोडिसकेका थिए। हाल टेस्टे-डे-बुच र ल्यान्डिरास क्षेत्रमा आगो फैलिएको छ। आगलागीका कारण दक्षिणी… Continue reading यूरोपमा उच्च तापक्रम र डडेलो, पोर्चुगलमा एक सातामा ६५९ जनाको मृत्यु
मनसुनमै काठमाडौंमा रेकर्ड ब्रेक तापक्रम
काठमाडौं । काठमाडौं उपत्यकामा मनसुनकै मौसममा ३२ डिग्रि सेल्सियस तापक्रम मापन भएको छ । सामान्यतया प्रि मनसुनको समयमा मात्र काठमाडौंमा यो तापक्रम मापन हुने गरेको थियो । मनसुनमा केही दिनयता ब्रेक लागेको छ । जसले गर्दा देशभर तापक्रम बढेको हो । गर्मीका कारण तराई भेगको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । वीरगन्ज, हेटौडालगायतमा विद्यालयहरु बन्द… Continue reading मनसुनमै काठमाडौंमा रेकर्ड ब्रेक तापक्रम
कांग्रेस महामन्त्रीको आह्वान : मतदाता नामावलीमा नाम लेखाउनुहोस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदाता नामावलीमा नाम लेखाउन अपिल गरेका छन्। सरकारले संघीय र प्रदेश सभा सदस्य निर्वाचनका लागि मिति घोषणा गर्ने तयारी गरेकोले त्यसअघि नै मतदाता नामावलीमा नाम दर्ता गराउन महामन्त्री शर्माले अपिल गरेका छन्। सोमबार एक भिडिओ सन्देश सार्वजनिक गर्दै महामन्त्री शर्माले मतदाता नामावलीमा नाम लेखाउन आग्रह गरेका छन् ।… Continue reading कांग्रेस महामन्त्रीको आह्वान : मतदाता नामावलीमा नाम लेखाउनुहोस
त्रिभुवन विमानस्थलबाट भित्रने यात्रुको साथबाट ७ महिनामा बरामद भयो ४८० किलो सुन
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको विवरण सार्वजनिक गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो परिमाणमा सुन आउने गरेको खुलेको हो । विमानस्थल… Continue reading त्रिभुवन विमानस्थलबाट भित्रने यात्रुको साथबाट ७ महिनामा बरामद भयो ४८० किलो सुन
बाजुरामा भुकम्पको धक्का महसुस
बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो । भूकम्पबाट क्षतिको विवरण भने आएको छैन ।
ठमेलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई विदेशी र एक नेपाली पक्राउ
काठमाडौं । चार किलो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले तीन जनालाई हेरोइनसहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी गराएका छन् । पक्राउ पर्नेमा दुई जना विदेशी र एक जना नेपाली नागरिक छन्। दक्षिण अफ्रिकाको जोहानशबर्गबाट दुबई हुँदै काठमाडौंमा असार ३१ गते शुक्रबार ६१ वर्षीय अफ्रिकी नागरिक… Continue reading ठमेलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई विदेशी र एक नेपाली पक्राउ
मोदीसँग नभेटी भारतबाट फर्किए प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । तीन दिने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट हुने योजना थियो । तर, अन्तिम समयमा रद्द भएपछि उनी मोदीलाई नभेटी स्वदेश फर्किएका हुन् । शुक्रबार उनी भारत प्रस्थान गरेका थिए । प्रचण्डले भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष… Continue reading मोदीसँग नभेटी भारतबाट फर्किए प्रचण्ड
नेपालको ब्याटिङमा निरन्तर खराब फर्म, स्टकल्याण्डसँग ८ विकेटले पराजित
काठमाडौं । ब्याटिङमा रहेको समस्या सुधार गर्न नसक्दा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले हारेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । आइतबार स्कटल्याण्डका लागि कलुम म्याकलोडले सर्वाधिक ६४ रन बनाए । काएल कोत्जरले अविजित ४४ रन बनाए ।… Continue reading नेपालको ब्याटिङमा निरन्तर खराब फर्म, स्टकल्याण्डसँग ८ विकेटले पराजित
नेपालमा थप १३५ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ गरी १३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार… Continue reading नेपालमा थप १३५ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको मृत्यु
पशुपति क्षेत्रमा विविध किसिमका क्रियाकलाप गर्न रोक, के-के गर्न पाइदैन् ?
काठमाडौं । पशुपति क्षेत्रमा मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधि भन्दा भिन्न क्रियाकलाप भएको भन्दै त्यसमाथि रोक लगाइएको छ। पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै बिहानको समयमा श्लेष्मान्तक वन, भण्डारखाल र मृगस्थलीमा मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधि भन्दा भिन्न किसिमका गतिविधिहरु भएकोले साउन १ गते देखि रोक लगाएको जनाएको छ। कोषले जनावरदेखि… Continue reading पशुपति क्षेत्रमा विविध किसिमका क्रियाकलाप गर्न रोक, के-के गर्न पाइदैन् ?
उपत्यकाका तीन पालिका हैजाको ‘रेड जोन’मा
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शनिवार थप तीन जनाका संक्रमण पुष्टी भएको छ । काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको छ । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३० पुगेको महाशाखाले जनाएको छ… Continue reading उपत्यकाका तीन पालिका हैजाको ‘रेड जोन’मा
शेयरधितो कर्जामा थप कडाइको संकेत, झिनो अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १.९३ अंकले घटेर २०११.३९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३१ कम्पनीको १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैयाँ बराबरको ३० लाख ४५ हजार… Continue reading शेयरधितो कर्जामा थप कडाइको संकेत, झिनो अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो
दिल्लीमा आज प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसहित महत्वपूर्ण भेटघाट गर्दै
काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने भएका छन् । उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने भएका छन् । उनी भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबार नयाँ दिल्ली पुगेका हुन् । शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता… Continue reading दिल्लीमा आज प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसहित महत्वपूर्ण भेटघाट गर्दै
आजबाट नयाँ आर्थिक वर्ष शुरु, कर्मचारीको तलववृद्धिदेखि करमा सहुलियतसम्म
काटमाठौं । आजबाट मुलुकमा नयाँ आर्थिक वर्ष २०७९\८० शुरु भएको छ । अब सरकारले १५ जेठमा ल्याएको नयाँ बजेट कार्यान्वयनमा आएको छ । सरकारले यस वर्ष कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ । आयकरमा व्यक्ति र दम्पत्तिको हकमा करमा केही सहुलीयत प्राप्त भएको छ । अघिल्लो आवमा कमजोर विकास खर्च गरेको सरकारले यस वर्ष नयाँ विकास… Continue reading आजबाट नयाँ आर्थिक वर्ष शुरु, कर्मचारीको तलववृद्धिदेखि करमा सहुलियतसम्म
विलासीताका वस्तुको आयातमा लागेको प्रतिवन्ध भदौसम्म निरन्तर
काठमाडौं । सरकारले विभिन्न विलासीताका वस्तुको आयातमा लगताएको प्रतिवन्धलाई अझै डेढ महिना निरन्तर जारी राखेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धको निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । विदेशी मुद्राको सञ्चिति कम भएसँगै सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने… Continue reading विलासीताका वस्तुको आयातमा लागेको प्रतिवन्ध भदौसम्म निरन्तर
आज साउने संक्रान्ति, साउनभर महादेवको पूजा आरधना गरिँदै
काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज मनाईंदैछ । यस दिन स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर यो चाड मनाउने गरिन्छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि… Continue reading आज साउने संक्रान्ति, साउनभर महादेवको पूजा आरधना गरिँदै
आईसीसी क्रिकेट विश्वकप लिग टु : नामिबियाविरुद्ध निरिह नेपाल
काठमाडौं । कमजोर ब्याटिङका कारण नामिबिया विरुद्ध नेपालले पुनः घुँडा टेकेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबियासँग ६३ रनले हारेको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर नै खेल्न सकेन । ३७.५ ओभर मात्र क्रिजमा टिेकेको नेपाल १३६ रनमा अलआउट भयो । यसअघि पहिलो खेलमा पनि नेपाल… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : नामिबियाविरुद्ध निरिह नेपाल