Category: फिचर

  • काठमाडौंबाट ढाकासम्म साइकल यात्रामा निस्किए जर्मन राजदूत

    काठमाडौंबाट ढाकासम्म साइकल यात्रामा निस्किए जर्मन राजदूत

    काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल एक लामो साइकल यात्रामा निस्किएका छन् । उनी काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जाने गरी यात्रामा निस्किएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी गराएका छन् ।

    भारत हुँदै आफूले झन्डै ८५० किलोमिटर यात्रा गर्ने र क्रिसमस मनाउन ढाका पुग्ने लक्ष्य रहेको उनको भनाई छ । प्रिन्ज सन् २०२१ देखि नेपालमा राजदूत छन्। उनले यो यात्राको उद्देश्य भने खुलाएका छैनन् ।

  • जाजरकोटमा जिप दुर्घटना : ११ जनाको मृत्यु

    जाजरकोटमा जिप दुर्घटना : ११ जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा जीप दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठलाई उदृत गर्दै सञ्चारमाध्यमले पुष्टी गरेका छन् ।

    कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता श्रेष्ठका अनुसार मृत्यु हुनेमा सवारी चालक भगवतीमाई गाउँपालिका २ दैलेखका मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का छन ।

    उता, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा मृत्यु भएको छ । यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते छेडागाड नगरपालिका–२ का जयलाल अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोमबार दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप मध्यपहाडी सडकखण्ड अन्तरर्गत छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई २०० मिटर तल खसेको बताइएको छ ।

  • विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो

    विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो

    काठमाडौं । विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड विवादित बनेको स्पेनिस रेफ्री एन्टोनियो माटियु लाहोजले बाँकी खेलमा जिम्मेवारी नपाउने भएका छन् । विश्व एन्टोनियोको चर्को आलोचना भएपछि फुटबल महासघं (फिफा) ले उक्त निर्णय लिएको हो ।

    कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल खेलाउने क्रममा रेफ्री एन्टोनियोले खेलाडी र अफिसियललाई गरी खेल अवधिभर १७ वटा पहेँलो र नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजलाई दोहोरो पहेँलो (एक रातो कार्ड) देखाएका थिए ।

    रेफ्रीको निर्णयको विषयमा खेलपछि अर्जेन्टिना र नेदरल्यान्ड्स दुवै पक्षले आलोचना गरेका थिए ।

    विवादमा परेका एन्टोनियोलाई फिफाले बाँकी जिम्मेवारीबाट अलग गरेपछि उनी स्पेन फर्किएका छन् ।

    फिफा विश्वकपमा १८ पहेँलो कार्ड देखाइएको पहिलो पटक हो । यसअघि सन् २००६ को पोर्चुगल र नेदरल्यान्ड्सबीचको प्रिक्वार्टरफाइनल खेलमा चार रातोसहित १६ वटा कार्ड देखाइएको थियो ।

    यसैगरी फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा दुवै टोलीले विपक्षीमाथि प्रस्तुत गरेको खराब व्यवहारका कारण अनुशासनसम्बन्धी कारबाही गर्ने पनि जनाएको छ ।

  • माफी दिने अध्यादेश ल्याउने सहित यस्ता छन् सरकारका सात निर्णय

    माफी दिने अध्यादेश ल्याउने सहित यस्ता छन् सरकारका सात निर्णय

    काठमाडौं । सरकारले फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन् ।

    यी हुन् बैठका निर्णयहरु

    १) सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन दुईजना महिला सदस्य थप गर्ने ।

    २) गोदक–सोयाक १३२ केभी प्रशारण आयोजनाका लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।

    ३) मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

    ४) नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघलाई सरकारी जग्गा लिजमा उपलव्ध गराउन स्वीकृति दिने ।

    ५) कालिगण्डकी करिडोर न्यू बुटवल बर्दघाट आयोजनाको २२० केभी प्रशारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।

    ६) राजपत्रांकित प्रथम श्रेणीका सहसचिव रामआधार साहलाई नेपाल इञ्जिनियरिङ सेवा समितिमा समूहीकरण क्लष्टर तर्फको विशिष्ठ श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा पदस्थापना गर्ने ।

    ७) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नेपाल इञ्जिनियरिङ सेवा समितिमा समूहीकरण क्लष्टरतर्फका सचिव सुरेश आचार्यलाई सहरी विकास मन्त्रालयको सचिव पदमा सरुवा गर्ने ।

  • नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक(नेप्से) १६.९७ अंकले बढेर १९०२.३१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २४५ कम्पनीको १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार बढेको छ । १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये एकवटा घटेको छ भने अन्य सबै हरियो भएको छ । अन्य समूह सबैभन्दा धेरै ६.१४ प्रतिशतले बढेको छ ।

    दोहोरो अंकले बढेको बजारमा सीवाइसी नेपाल र समिट लघुवित्तको शेयर मूल्यमा पोजेटिक सर्किट लागेको छ ।

    त्यसैगरी, नेपाल टेलिकम ७.४६, आदर्श लघुवित्त र धौलागिरी लघुवित्त ६.०८, ग्रीन डेभलपमेन्ट बैंक ५.५८, ग्रीन भेन्चर्स ५.२८, गणपति माइक्रोफाइनान्स ५.२८, प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य ५.११ प्रतिशतले बढेको छ ।

    नविल बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड ३२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    त्यस्तै,कुमारी बैंकको संस्थापक शेयर १० करोड ९८ लाख ५२ र शिवम् सिमेन्टको ६ करोड २१ लाख बढीको कारोबार भएको छ ।

    ग्लोबल आईएमई ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

  • ट्वीटरमा ‘ब्लू टिक’ सब्सक्रिप्सन पुनःशुरु,आइफोन प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने

    ट्वीटरमा ‘ब्लू टिक’ सब्सक्रिप्सन पुनःशुरु,आइफोन प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने

    काठमाडौं । ट्वीटरले शुल्क तिरेर भेरिफिकेसन ब्याज अर्थात् ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः शुरुवात गरेको छ ।

    यो सँगै अब प्रयोगकर्ताले शुल्क तिरेर आफ्नो अकाउन्ट भेरिफाइड गराउन सक्नेछन् ।

    ट्वीटरको यो सशुल्क सेवा खरिद गर्नका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्नेछ ।

    एप्पल आइओएस डिभाइसमा ट्वीटरको ब्लू सब्सक्रिप्सन लिनका लागि केही महंगो पर्नेछ । अर्थात् अब आइफोन प्रयोगकर्ताले ट्वीटरमा ब्लू टिक लिनका लागि मासिक ११ डलर तिर्नुपर्नेछ ।

    यसअघि अर्बपति इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेसँगै भेरिफाइड एकाउन्टबाट मासिक २० डलर पैसा असुल्ने योजना अघि सारेका थिए ।

    चौतर्फी विवादपछि प्रयोगकर्ताबाट लिने शुल्क घटाएर ८ डलरमा झरेका थिए ।

  • महानगरको मैत्रीपूर्ण फुटबल: बालेनको टिमले खायो आधा दर्जन गोल

    महानगरको मैत्रीपूर्ण फुटबल: बालेनको टिमले खायो आधा दर्जन गोल

    काठमाडौं । महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबलमा महानगरका मेयर बालेन्द्र शाहको टिम पराजित भएको छ ।

    २८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमले ६ गोल खाएको हो ।

    प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिम विजयी भएको छ ।

    ११ प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट ६ र प्रमुखको तर्फबाट १ गोल प्रहार भएको थियो । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि सो टिमबाट खेलेका थिए ।

    महानगरका करिब ५० जना खेलाडी फुटबलमा सहभागी थिए । मेयर बालेन्द्र शाह टिम कप्तान भए पनि उनी मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो ।

    मेयर बालेन, उपमेयर सुनिता डंगोल, वडाअध्यक्ष र वडासदस्यहरू एकातर्फ र अर्कोतर्फ प्रमुख प्रशासकीय अधिकृत अधिकारीलगायत विभागीय प्रमुखहरूबीच प्रतिस्पर्धा भएको थियो ।

  • इण्डोनेसियामा यौनसम्बन्धी नयाँ कानूनले पर्यटन व्यवसायमा धक्का पुग्ने जोखिम

    इण्डोनेसियामा यौनसम्बन्धी नयाँ कानूनले पर्यटन व्यवसायमा धक्का पुग्ने जोखिम

    जकार्ता\बीबीसी । कोभिड महामारीको भयानक असरबाट तङ्ग्रिन इन्डोनेशियाको पर्यटन क्षेत्रले सङ्घर्ष गरिरहेको छ। त्यहाँको संसद्ले हालै पारित गरेको नयाँ कानुनले विवाह इतर यौन सम्बन्धलाई गैरकानुनी बनाएपछि त्यसले त्यहाँको पर्यटन व्यवसायमा फेरि असर पुर्‍याउन सक्ने चिन्ता कतिपयले व्यक्त गरिरहेका छन्। यो विवादास्पद कानुनले अविवाहित जोडीलाई सँगै बस्न समेत प्रतिबन्ध लगाएको भन्दै आलोचकहरूले नयाँ कानुनलाई मानव अधिकारका दृष्टिले “विपत्ति”को संज्ञा दिएका छन्। कानुनको विरोधमा यो साता जकार्तामा प्रदर्शनहरू भएका छन् र त्यसलाई अदालतमा चुनौती दिने ठानिएको छ।

    आगामी तीन वर्षपछि मात्रै कार्यान्वयनमा आउने संसद्ले बनाएको नयाँ फौजदारी कानुन स्वदेशी र विदेशी दुवै नागरिकहरूमा लागु हुन्छ। यो कानुनबारे नजिकैको अस्ट्रेलियामा व्यापक चर्चा भएको छ र कतिपय अखबारहरूले यसलाई “बालीमा यौन मनोरञ्जन प्रतिबन्ध” शीर्षकमा समाचार प्रकाशित गरेका छन्। पर्यटनमा निर्भर अर्थतन्त्र रहेको इन्डोनेशियाका लागि कोभिड महामारी अघिसम्म अस्ट्रेलिया पर्यटकहरूको प्रमुख स्रोत थियो।

    बालीको न्यानो मौसममा समुद्री तटमा मदिरा पान र रातभरि पार्टीहरूका लागि हजारौँ पर्यटकहरू इन्डोनेशिया पुग्ने गर्छन्। मानिसहरू वैवाहिक कार्यक्रम आयोजनाका लागि पनि बाली पुग्ने गर्छन्। अस्ट्रेलियामा उच्च शिक्षा हासिल गरिसकेपछि खुसीयाली मनाउन पनि बाली जाने चलन छ।

    धेरै अस्ट्रेलियन युवाहरूका लागि बाली सस्तो र छोटो समयमा घुम्ने गन्तव्य हो। तर पछिल्लो कानुनले भविष्यमा मानिसहरूको इन्डोनेशिया भ्रमणको योजनालाई प्रभावित गर्न सक्ने आशङ्काहरू व्यक्त भएका छन्। इन्डोनेशियामा पर्यटन सम्बन्धी फेसबुक पेजहरूमा मानिसहरूले नयाँ कानुनले उक्त देशमा घुम्न जाने विदेशीहरूलाई पार्न सक्ने प्रभावबारे चासो राखेका छन्। कतिपयले घुम्न जाँदा विवाह दर्ता प्रमाण पनि सँगै बोकेर जाने भनेका छन्। अविवाहितहरूले आफ्ना प्रेमीसँग होटेलको एउटै कोठामा बस्न नपाउने हो भने इन्डोनेशिया घुम्न नगएर अरू नै ठाउँमा जाने लेखेका छन्।

    “बालीको पर्यटक उद्योगलाई सखाप बनाउने राम्रो उपाय,” एक जनाले बाली ट्राभल कम्युनिटीमा लेखेका छन्। अरू कतिपयले यसमा सहमति जनाउँदै नयाँ कानुन कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरेका छन्। नयाँ कानुनले विवाहअघि सहवास गरेको भेटिए त्यस्तो जोडीलाई एक वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ। लिभिङ टुगेदरमा बस्ने जोडीलाई पनि छ महिनाको जेल सजाय हुने प्रावधान छ।

    “एकजना अस्ट्रेलियन पर्यटकको स्थानीय प्रेमी वा प्रेमिका रहेछ र उनका बुबा आमाले उनीहरूबारे उजुरी गरे भने त्यहाँ समस्या आउने भयो,” ह्युमन राइट्स वाचका वरिष्ठ अनुसन्धाता एन्ड्रेस हर्सोनोले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन एबीसीसँग भने। आगन्तुकहरूलाई धेरै चिन्ता नलिन भनिएको छ।

    किनभने परिवारका सदस्यले उजुरी गरेको अवस्थामा मात्रै प्रहरीले यस्तो विषयमा अनुसन्धान गर्छ र शङ्कास्पद अभियुक्तका बुबा(आमा, श्रीमान्(श्रीमती वा बालबच्चाले मात्रै उजुरी गर्न पाउँछन्। हर्सोनो यसले निश्चित व्यक्तिहरूलाई मात्रै कानुनी दायरामा ल्याउने अर्को जोखिम रहेको बताउँछन्।

    “होटल वा विदेशी पर्यटकले नै प्रहरी अधिकारीहरूलाई घुस खुवाउन सक्छन् र कतिपय राजनीतिज्ञहरूले उनीहरूका विरोधीलाई जेल हाल्न सक्छन्,” उनले भने। यो कानुनबारे अस्ट्रेलियामा चलिरहेको छलफलमाझ कतिपयले भने यसबारे धेरै चिन्ता लिननपर्ने तर्क गरेका छन्। किनभने इन्डोनेशियाको प्रशासनसँग सानो झमेलामा पनि कति गम्भीर समस्या आइलाग्छ भन्ने अस्ट्रेलियनहरू सचेत छन्। इन्डोनेशियाको न्याय मन्त्रालयका प्रवक्ताले उजुरी गर्ने व्यक्ति इन्डोनेशियाली नै हुनुपर्ने भएका कारण पर्यटकहरूले यस्तो कानुनबारे चिन्ता लिनु नपर्ने जनाएका छन्।

    बाली आफ्नो पर्यटन बजारमा अर्को धक्का सामना गर्ने स्थितिमा छैन। कोभिड महामारीपछि उसको पुनरुत्थान नै निकै धीमा छ। धेरै परिवार र व्यावसायिक संस्थाहरू कोभिडकालमा भएको घाटाबाट अझै उठ्न सकिरहेका छैनन्। सन् २०१९ मा अस्ट्रेलियाबाट मात्रै १२ लाख पर्यटक पुगेको इन्डोनेशियामा सन् २०२१ मा जम्मा ५१ जना मात्रै पर्यटक पुगेका थिए। तर उक्त देशको पर्यटन पुनः फस्टाउँदै छ।

    यो वर्षको जुलाईसम्म मात्रै करिब पाँच लाख पर्यटक त्यहाँ पुगिसकेका छन्। बालीमा सन् २०१७ यता टुर गाइडको रूपमा काम गर्दै आएका योमनले नयाँ कानुनले इन्डोनेशियाको पर्यटनमा नराम्रो प्रभाव पार्न सक्ने बताए। “म निकै चिन्तित भएको छु। किनभने म साँच्चिकै पर्यटनमा मात्रै आश्रित छु,” उनले भने।

    केही साताअघि मात्रै इन्डोनेशियाले उक्त टापुमा मानिसहरूलाई १० वर्षसम्म बस्न दिनेगरि नयाँ भिसा योजना सार्वजनिक गरेको थियो। बहुसङ्ख्यक मुसलमान रहेको इन्डोनेशियाका धेरै क्षेत्रमा यौन र अन्य सम्बन्धबारे कठोर कानुनी व्यवस्था छैन। इन्डोनेशियाको आचे प्रान्तमा चाहिँ कठोर इस्लामिक कानुन छ। यो प्रान्तमा मानिसहरूलाई जुवा खेल्दा, मदिरा पान गर्दा र विपरीत लिङ्गीसँग भेटघाट गर्दा कानुनी कारबाही हुनसक्छ। सन् २०२१ मा दुई जना पुरुष समलिङ्गीले यौन क्रियाकलाप गरेको भन्दै छिमेकीले आपत्ति जनाएपछि उनीहरूलाई कोर्रा लगाइएको थियो।

  • काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्रिमा झर्यो

    काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्रिमा झर्यो

    काठमाडौं । सोमबार काठमाडौंमा यस सिजनकै सबैभन्दा चिसो कायम भएको छ । आज न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो ।

    न्यूनतम तापक्रम घट्दै जाँदा देशैभर चिसो बढेको हो । हिमाली जिल्लामा हिमपात समेत शुरुभएको छ । तराईका जिल्लामा पनि बिहानको समयमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुन थालेको छ । दिउँसो भने घाम लाग्दा चिसो महसुस हुदैन । सोमबार समेत दिउँसोको मौसम सामान्यतया सफा रहने भएको छ ।

  • सत्ताका लागि संसद छलेर अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसभित्रै तीव्र विरोध

    सत्ताका लागि संसद छलेर अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसभित्रै तीव्र विरोध

    काठमाडौं । सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ता गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेसँगै सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा तीव्र विरोध शुरु भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सङ्क्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत भएको तर्क गरेका छन् ।

    त्यसो त सामाजिक सञ्जालमा अधिकांश व्यक्तिले सरकारको अचानक आएको यो निर्णयको विरोध गरेका छन् । अबको केही सातामै संसद बसी औपचारिक रुपमा विधेयक ल्याउने ढोका खुला थियो । तर, सरकारले हठाथ अध्यादेश ल्याउने निर्णय आइतबार गरेको हो । नयाँ सरकारमा नागरिक उन्मुक्ति र जनमत लगायतका पार्टीहरुलाई सहभागी गराउन उनीहरुका सर्त पूरा गर्न सरकारले अध्यादेश ल्याउन लागेको हो ।

    अहिले नागरिक उन्मुक्ति, जनमत पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा छन् । नयाँ सरकारका गठनमा सत्ता गठबन्धनको बहुमत नपुग्ने भएपछि नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सहमतिमा ल्याउन कांग्रेस, माओवादी लगायतका नेताहरुले छलफल गरिरहेका छन् । ती पार्टीका नेताहरुले सत्तागठबन्धनसँग मुद्दा फिर्ता र बन्दी रिहाइको सर्त राखिरहेका छन् । उनीहरुका सर्तलाई सम्बोधन गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो ।

  • जेलमा रहेका रेशम चौधरी छुटाउन अध्यादेश ल्याएपछि रविले गरे कडा आलोचना

    जेलमा रहेका रेशम चौधरी छुटाउन अध्यादेश ल्याएपछि रविले गरे कडा आलोचना

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेशको कडा विरोध गरेका छन् । उनले अध्यादेश फिर्ता हुनुपर्ने समेत तर्क राखेका छन् । सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारले संसद छलेर उक्त अध्यादेश ल्याएको भन्दै रास्वपाका सभापति लामिछानेले अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताए ।

    ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? (हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपतकाल लागेको थियो र, १–२ हप्ता पनि कुर्न नसकिने ?,’ सभापति लामिछानेले फेसबुकमा लेख्दै प्रश्न गरेका छन्। अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको उनको तर्क छ । ‘नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो। यो तत्काल फिर्ता हुनपर्छ,’ लामिछानेले भनेका छन् ।

    सरकारले मन्त्रिपरिषद बैठकबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

  • समानुपातिक सांसदको नाम सार्वजनिक हुँदै

    समानुपातिक सांसदको नाम सार्वजनिक हुँदै

    काठमाडौं । समानुपातिक निर्वाचन पद्दतीबाट निर्वाचित भएका सांसदको नाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची सार्वजनिक गर्ने तयारी गरेको हो । ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गरिने छ । यससँगै नयाँ संसदले पूर्णता पाउने छ । निर्वाचन आयोगले का अनुसार आज समय अपुग भएमा मंगलबारसम्म सूची सार्वजनिक भइसक्ने भएको छ ।

    दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ पाएका छन् । निर्वाचन अघि नै दलहरुले बुझाएको उम्मेदवारको बन्दसूचीभित्रैबाट समावेशी सिद्धान्तका आधारमा समानुपातिक सांसद छनोट गरिन्छ ।

    गत शनिबार दलहरुले आफूले पाएको सिट संख्या अनुुसार सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका थिए । ती सूचीमा अहिले आयोगले छानबिन गरिरहेको छ । नमिलेकालाई मिलाउन आयोगले आज अपराह्न ४ बजेसम्मको समय दलहरुलाई दिएको छ ।

  • अमेरिकामा नेपाली उत्पादनको बजार बिस्तारमा महावाणिज्य दूतावासको चासो

    अमेरिकामा नेपाली उत्पादनको बजार बिस्तारमा महावाणिज्य दूतावासको चासो

    न्यूयोर्क । अमेरिकामा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धन गर्न न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले सक्रियता देखाएको छ । शनिबार न्यूयोर्कको क्वीन्समा वृहत् अन्तरक्रिया कार्यक्रम गरी दुतावासले यस्तो जानकारी गराएको हो । “नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली समुदायको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दूतावासले नेपाली उत्पादनको अवस्था, बजारिकरण र त्यसमा नेपाल सरकारले खेल्ने भूमिकाका बारेमा जानकारी गराईएको थियो ।


    नेपाली महावाणिज्यदूतावासका कार्यवाहाक महावाणिज्यदूत विष्णु प्रसाद गौतमले नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने बताए । उनले व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ वृद्धि गर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, अमेरिकी नागरिक, पर्यटक तथा गैरआवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुनसक्ने बताए ।

    उनले विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, शीप पूंजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको प्रयास आवश्यक हुने धारणा राखे । उनले नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च बृद्धि संभव रहेको र यसका लागि थप बजारीकरण जरुरी रहेको बताउँदै दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च संभावना भएका नेपाली बस्तु र ती बस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे जानकारी दिए ।


    गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरसंगको सहकार्य आयोजना गरिएको कार्यक्रममा स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अमेरिकामा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवद्र्धनमा सक्रिय अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण र साङ्गदोर्जे शेर्पा गरी ७ जना व्यवसायीले प्रस्तुतिकरण गरेका थिए ।

    प्रस्तुतिकरणमा नेपालको प्रवद्र्धनका लागि आ–आफ्ना तर्फबाट भइरहेका प्रयास, अवशर र चुनौती तथा नेपालमा स्थानीय स्तरमा उत्पादित बस्तुदेखि अन्य बस्तु निर्यात संजालमा जोड्न, जिएसपी नवीकरण, भंसार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको उनीहरुको धारणा थियो ।


    कार्यक्रममा एनआरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डेले गैरआवासीय नेपालीको मातृभूमीसंग निकट र भावनात्मक सम्बन्ध रहेको भन्दै नेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवद्र्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा वाणिज्य दुत गणेश अधिकारीले सहभागिहरुले उठाएको सवालहरुको जवाफ दिंदै नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग सधै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । नेपालबाट अमेरिकामा मुख्य रुपमा कार्पेट, पश्मिना, ऊनी सल, स्कार्फ, मफलर, चाँदीका गहना एवं सामाग्री, चित्रकला, हातले निर्माण गरिएका सामाग्रीहरु, घरेलु जनावरका लागि दाना, छुर्पी, पनीर, पास्ता, चिया, दाल र चाउचाउ आयात हुने गरेको छ ।

  • राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर रकम उठाउने समूह पक्राउ

    राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर रकम उठाउने समूह पक्राउ

    काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा आठ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।

    ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनीहरूले आफूहरू आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट, पसलबाट रकम असुल गरेको पाइएको छ ।

    पक्राउ पर्नेहरूमा पूर्वी नवलपरासीका मीनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरकी सृजना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।

    उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटर प्याड, नगद रसिदसहित पाँच लाख आठ हजार छ सय ४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले जानकारी दिए ।
    उनीहरूमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ । अहिले पीडितहरूको उजुरी लिने काम भइरहेको पनि प्रहरीले जनाएको छ ।

  • रेशम चौधरी रिहाई गर्न सरकारले ल्यायो अध्यादेश

    रेशम चौधरी रिहाई गर्न सरकारले ल्यायो अध्यादेश

    काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिने तयारी गरेको छ । सो प्रयोजनका लागि सरकारले अध्यादेश ल्याएको छ। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायतलाई आममाफी दिन अध्यादेश ल्याएको सञ्चारमाध्यमले जनाएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्न लागिएको छ ।

    दफा ११६ मा अदालतमा दायर भएर विचाराधीन रहेको मुद्दा फिर्ता लिन नहुने उल्लेख छ । सत्ता गठबन्धनले सरकार गठनको सहजताको लागि उक्त अध्यादेश ल्याउन लागेको हो। नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने अडान सरकार समक्ष राखेको थियो। उक्त पार्टीलाई नयाँ सरकारमा सामेल गराउन गठबन्धनले अध्यादेशको साहारा लिएको हो।

    सिके राउत र नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ताको मुद्दा अदालतमा विचाराधीन भएकाले सरकारले फिर्ता लिन सकेको छैन। सिके राउतको पार्टीले पनि सरकारमा सहभागिताका लागि आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने बताउँदै आएको छ। अध्यादेश सरकारले राष्ट्रपति समक्ष पठाए पनि जारी हुन बाँकी रहेको छ ।

  • हनी ट्रयापमा पारेर ठगी गर्ने गिरोह पक्राउ

    हनी ट्रयापमा पारेर ठगी गर्ने गिरोह पक्राउ

    काठमाडौं । हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने तीन जना पक्राउ परेका छन् । प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुष प्रहरीको फन्दामा परेका हुन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसी छन् ।

    पीडित भनिएका दाङका ४५ वर्षीय पुरुष विवाहित र सम्पन्न परिवारका व्यक्ति हुन् भने आरोपित अनुष्का भनिने कृष्णा गहतराज डिभोर्स भएकी एकल महिला हुन् । सामान्य चिनाजानपछि उनीहरु नजिकिँदै गए र व्यक्तिगत सम्बन्ध बन्यो । कृष्णाले सुरुदेखि नै आर्थिक लाभ लिँदै आएकी थिइन् । प्रहरीका अनुसार ती पुरुषले हालसम्म ३५ लाख रुपैयाँ दिइसकेका थिए । उनमा लोभ बढ्दै गयो र आफूले भने जति पैसा नदिए बलात्कारमा फसाइदिने भन्दै बार्गेनिङ गर्न सुरु गरिन् ।

    ‘सुरुदेखि नै आर्थिक सहयोग लिँदै आएको र पछि ठूलो लोभमा परेर बार्गेनिङ गर्न सुरु गरेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले भनेकाछन् । घरजग्गा समेत किनिदिन भन्दै ५ करोडसम्म बार्गेनिङ गर्न थालिन् ।

    त्यसक्रममा उनले कृष्णाकुमारी बस्नेत र रुद्र केसी भनिने पुरुषको सहयोग लिइन् । उनले पीडित पुरुषलाई मात्र नभएर उनको परिवारलाई समेत धम्याउँन थालिन् । पीडितको घर परिवारलाई समेत टर्चर दिन थालेपछि यो घटना प्रहरी कहाँ आइपुगेको प्रहरी नायव उपरीक्षक गौतमले बताए । प्रहरीले आरोपित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

  • समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन आयोगकाे पत्राचार

    समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन आयोगकाे पत्राचार

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउन पत्राचार गरेको छ।

    बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको हो।

    ती दलहरूले यही मङ्सिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ।

    प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस गरेका थिए ।

    पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ ।

    यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मङ्सिर २२ गते थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो ।

  • तेलको व्यापार बढ्दा साउदी अरेबियाको जीडीपीमा ८.८ प्रतिशत वृद्धि

    तेलको व्यापार बढ्दा साउदी अरेबियाको जीडीपीमा ८.८ प्रतिशत वृद्धि

    काठमाडौं । सन् २०२२ को तेस्रो त्रैमासमा साउदी अरेबियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ८.८ प्रतिशतले बढेको हो । तेलको कारोबार बढेपछि साउदीको अर्थतन्त्रमा उल्लेख्य वृद्धि भएको हो ।

    सन् २०२१ को तुलनामा यस वर्ष तेलको कारोबार १४.२ प्रतिशतले बढेको साउदीको सरकारी तथ्यांकले देखाएको छ । साथै, तेल बाहेकका अन्य गतिविधिहरुमा पनि ६ प्रतिशतले वृद्धि भएपछि जीडीपी सुधार भएको हो ।

    यस अवधिमा साउदी अरबको जीडीपी २ खर्ब ७५ अर्ब अमेरिकी डलर भन्दा बढी पुगेको छ । जीडीपीमा कच्चा पेट्रोलियम र प्राकृतिक ग्यासको हिस्सा ३५.२ प्रतिशत पुगेको छ ।

    यसैगरी, जीडीपीमा तेल बाहेकका निजी क्षेत्रको ५०.७ प्रतिशत हिस्सा योगदान गरेका छन् ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    रोकिएन् शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५३ कम्पनीको १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । बैक समूह सबैभन्दा धेरै २.३० प्रतिशतले घटेको छ ।

    घट्दो बजारमा सीवाइसी नेपाल र समिट लघुवित्तको शेयर मूल्यमा पोजेटिक सर्किट लागेको छ । शिवम् सिमेन्टको शेयरको सर्वाधिक कारोबार भएको छ । यसको ६७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    त्यस्तै, नविल बैंकको ४ करोड ५२ हिमालयन डिस्ट्रीलरी साढे ३ करोड बढीको कारोबार भएको छ ।

    लगातार नेप्से परिसूचक लगातार घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

    बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

  • श्रीलंकाका राजदूतलाई माल्दिभ्स र अष्ट्रेलियाका राजदूतलाई न्यूजिल्याण्डको जिम्मेवारी

    श्रीलंकाका राजदूतलाई माल्दिभ्स र अष्ट्रेलियाका राजदूतलाई न्यूजिल्याण्डको जिम्मेवारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र अष्ट्रेलियाका लागि राजदूतहरु नियुक्त गरेकी छन् ।

    भण्डारीले श्रीलंकाका लागि नेपालका आवासीय राजदूत वासुदेव मिश्रलाई माल्दिभ्सका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्।

    यस्तै, राष्ट्रपतिले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्डको लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिएकी छन्।

    नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरुलाई सो जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।

  • राजनीतिक दललाई १३८ सांसद जुटाउन सकस

    राजनीतिक दललाई १३८ सांसद जुटाउन सकस

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि सरकार गठनका लागि नेताहरू अलमलमा रहेका छन् ।

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् ।

    संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग मिलेर नयाँ सरकार बन्नुपर्ने जनादेश छ । जसका लागि दलहरुले आ–आफ्नो स्वार्थ अनुकुल ‘बार्गेनिङ’ गर्ने देखिन्छ ।

    सरकार गठनका लागि संसदका ठूला दल नेपाली कांग्रेस र एमालेले पहल गरिरहेका छन् । तर, कुन दलले बहुमत पुर्याएर सरकार गठन गर्ने भन्ने स्पष्ट भइसकेको छैन्

    जसकारण गठबन्धन सरकार बन्ने निश्चित छ । प्रचलित संविधानको धारा ७६(२)अनुसार सरकार गठन हुने भएको छ । तर, हालसम्म कुनै पनि दलले सरकार गठनका लागि आवश्यक पर्ने साधारण बहुमत १३८ सांसदको समर्थन जुटाउन सकेका छैनन् ।

    सत्तारुढ गठबन्धनभित्र सरकार गठनका विषयमा एक मत छैन । गठबन्धनको नेतृत्व गरेको कांग्रेसभित्रै नयाँ सरकारको नेतृत्व लिन विषयमा पनि एकमत छैन । माओवादी नयाँ सरकार गठनमा पर्ख र हेरको अवस्थामा छ ।

    सरकारको नेतृत्व गर्न जुन दलले दिन्छ, उसैलाई समर्थन गरेर आलोपालो सरकार गठनमा जाने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने ताकमा छन् । त्यसका लागि उनले आफ्नाे इच्छा जाहेर गरिसकेका छन् ।

    एकीकृत समाजवादी पनि कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलको निर्णय पर्खेको छ भने केही आफ्ना राजनीतिक स्वार्थ पूरा गर्नेलाई समर्थन गर्न तयारीमा छ ।

    ८९ सिट जितेको कांग्रेसले सुरुमा सरकारको नेतृत्व गर्न चाहेको छ । उसले सरकार गठनका लागि गठबन्धन आवद्ध दलकै समर्थन जुटाउन सकिरहेको छैन ।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित कांग्रेसमा प्रधानमन्त्रीमा अरु पनि आकांक्षी देखिएका छन् । संसदीय दल गठन र नेता चयनपछि सरकार गठनका लागि गति दिने तयारीमा कांग्रेस देखिन्छ । बहुमत नभएकाले अरु दलकाे सहारामा सरकार गठन गर्नुपर्ने भएकाले पनि नेताहरूले त्यति सक्रियता नदेखाएका हुन् ।

    कांग्रेसमा संसदीय दलकाे नेता जाे बन्छ उसैले प्रधानमन्त्रीमा दाबी गर्ने हाे । अहिलेकाे अवस्थामा देउवा पुरानै संसदीय दलकाे नेता हुन् । दलकाे नेताका लागि महामन्त्री गगन थापाले पनि तयारी गरेकाले काे बन्छ भन्ने ग्यारेन्टी छैन ।

    माओवादी केन्द्र आफ्नो माग र स्वार्थ पूरा गर्नेलाई समर्थन गर्नेगरी दलीय छलफलमा छ । उसले आफू अनुकूलकाे सरकार गठनका लागि विकल्प अघि सारेकाे छ ।

    त्यसैले अहिलेकै गठबन्धनकाे सरकार बन्छ भनेर भन्न सकिने अवस्थासमेत छैन । २० सिट रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनबारे केही नबाेलेकाले पनि नेताहरू सरकार गठनमा उदासीन बनेका हुन् ।

    संसदको पहिलो दल कांग्रेसले सरकार गठनका लागि समर्थन जुटाउन नसकिरहेका बेला ७८ सिटसहित दोस्रो दल बनेको एमालेले पनि सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन सकेको छैन । सत्तारुढ गठबन्धनको निर्णय र अवस्थालाई हेरेर एमालेले सरकार गठनका विषयमा निर्णय लिने तयारीमा छ ।

    आवश्यक परेको खण्डमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी तयार रहेको एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमै बोलिसकेका छन् ।

    तर, उनले पनि सरकार गठनका लागि आवश्यक पर्ने १३८ सांसदको समर्थन जुटाउन भने सकेका छैनन् । ७८ सिट रहेको एमालेलाई सरकार गठनका लागि थप ६० सांसदको समर्थन आवश्यक पर्छ । जुन जुटाउन ओलीलाई निकै कठिन छ ।

    नयाँ जनादेश अनुसार मिलिजुली सरकार बनाउन एक भन्दा बढि दलको समर्थन आवश्यक हुने हुँदा प्रधानमन्त्री आलोपालो गर्ने,राष्ट्रपति-उपराष्ट्रपति कसले पाउने ?,सभामुख र उपसभामुख कसले लिने ? तथा संगै संसदीय सभापति र प्रदेशमा मुख्यमन्त्री लगायत भागबण्डामा समेत ठूलो ‘बार्गेनिङ’ चल्ने देखिएको छ ।

  • रुस-इरान सम्बन्ध न्यानो बन्दै छ : अमेरिका

    रुस-इरान सम्बन्ध न्यानो बन्दै छ : अमेरिका

    काठमाडौं । रुस र इरानबीचको सम्बन्धमा न्यानोपन देखिएको र त्यो पूर्णस्तरको रक्षा साझेदारीमा बदलिएको संयुक्त राज्य अमेरिकाले बताएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीका अनुसार रुसले अभूतपूर्व तहको सैन्य सहयोग तेहरानलाई दिइरहेको छ। उनले दुई देशले घातक ड्रोनहरूको संयुक्त उत्पादन गर्ने विषयमा विचार गरिरहेको विवरण अमेरिकाको जानकारीमा रहेको बताएको बीबीसीले लेखेको छ ।

    अस्ट्रेलियाले युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई ड्रोनहरू आपूर्ति गरेकोमा तीन इरानी नागरिक र एउटा इरानी व्यवसायलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ। पछिल्लो समयमा रुस र इरानबीच सहकार्य बढ्दै गएको छ र युक्रेनले रुसले आफूमाथि आक्रमण गर्न इरानी ड्रोनहरूको प्रयोग गरिरहेको आरोप लगाएको छ। प्रारम्भिक रूपमा रुसलाई ड्रोन उपलब्ध गराएको अस्वीकार गरेको उक्त मध्यपूर्वी देशले पछि युक्रेनमाथि आक्रमण हुनुअघि केही मात्रामा आपूर्ति गरेको उल्लेख गरेको थियो।

    कर्बी ले ड्रोनहरूको उत्पादनमा इरान र रुसको साझेदारी युक्रेन, इरानका छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि घातक हुने टिप्पणी गरे। “रुसले इरानसँग अस्त्रको विकास र तालिमका क्षेत्रमा सहकार्य गर्न खोज्दैछ,” भन्दै उनले रुसले इरानलाई अत्याधुनिक सैन्य सामाग्री जस्तै हेलिकोप्टर र हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने आशङ्का अमेरिकाको रहेको बताए।

    उनले थपे, “इरान रुसको प्रमुख सैन्य समर्थक बनेको छ‘ रुसले इरानी ड्रोनहरूको प्रयोग गरेर ऊर्जा केन्द्रहरूमा हमला गरेको छ र दशौँ लाख युक्रेनीहरूलाई ऊर्जा र अन्य संवेदनशील सेवाहरूबाट वञ्चित गरिरहेको छ। इरानको कदमका कारण अहिले युक्रेनमा मानिसहरूले ज्यान गुमाइरहनु परेको छ।”

    कर्बीको प्रतिक्रियामा धारणा राख्दै यूकेका विदेशमन्त्री जेम्स क्लिभर्लीले इरान रुसको प्रमुख सैन्य समर्थक बनिसकेको र ती दुई बीचको सम्बन्ध विश्व सुरक्षाका लागि खतरा भएको बताए। ‘कुत्सित सम्झौता’ अन्तर्गत रुसले सयौँ ड्रोनहरू रुसमा पठाएको उनले बताए। उनले रुसले इरानी सत्तालाई उपलब्ध गराउने सैन्य र प्राविधिक सहयोगले मध्यपूर्वका आफ्ना साझेदार र अन्तर्राष्ट्रिय सुरक्षामा जोखिम थप्ने टिप्पणी गरे।

    बलिस्टिक क्षेप्यास्त्रसहित थप अस्त्रहरू प्राप्त गर्ने प्रयास गरिरहेको रुसले आगामी दिनमा इरानलाई दिने सैन्य सहयोग थप बढ्ने अमेरिकी धारणामा आफ्नो मुलुक सहमत रहेको पनि यूकेका विदेशमन्त्रीले उल्लेख गरे। युक्रेनले इरानले रुसलाई ‘कामिकाजे’ ड्रोन उपलब्ध गराएको आरोप लगाएको छ। अक्टोबर १७ मा कम्तीमा ८ जनाको ज्यान जाने गरि भएको हमलामा उक्त ड्रोन प्रयोग भएको उसको भनाइ छ।

    सुरुमा यसलाई अस्वीकार गरेको भए पनि पछि इरानले ‘सीमित सङ्ख्यामा’ युक्रेन युद्धको कैयौँ महिनाअघि ड्रोनहरू पठाएको बताएको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यो झूटो भएको र युक्रेनले प्रत्येक दिन करिब १० वटा इरानी ड्रोनहरू खसालिरहेको धारणा राखेका थिए।

    शनिवार अस्ट्रेलियाकी विदेशमन्त्री पेन्नी वाङले एउटा विज्ञप्तिमा ‘ड्रोनहरूको आपूर्ति इरानले विश्व सुरक्षा अस्थिर बनाउन भूमिका खेलिरहेको प्रमाण भएको’ बताइन्। उनले तीन इरानी व्यक्ति र एउटा व्यवसायमा लगाइएको प्रतिबन्ध रुसलाई भौतिक समर्थन जनाउनेले त्यसको परिणाम बेहोर्नुपर्ने सन्देश भएको बताइन्

  • कालिकोटमा जेसीबी दुर्घटना, ३ जनाको मृत्यु

    कालिकोटमा जेसीबी दुर्घटना, ३ जनाको मृत्यु

    कालिकोट । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को अधेरीखोलामा जेसीबी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना कर्णाली नदीमा बेपता भएका छन्। अन्य दुई जना घाइतेको भने उपचार भइरहेको छ । फुकोट कर्णाली हाइड्रोपावरको सुरुङ खनिरहेको ठाउँमा पानी जमेको निरीक्षण गर्न गएको जेसीबी फर्किने क्रममा दुर्घटनामा परेको समाचारमा उल्लेख छ ।

    दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय चरित्र सार्की, वडा नम्बर २ बस्ने १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएपछि उपचारका लागि कालीकोट जिल्ला अस्पताल पुर्याइएका रास्कोट नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीय मिलन शाहीको उपचारका क्रममा ज्यान गएको छ ।

    जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो जेसीबी चालकसहित तीन जना बेपत्ता भएको कालीकोटका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवराज बमले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेदेखि बेपत्ता सबै स्थानीय रहेको प्रहरीले जनाएको छ। चालक भने कर्णाली हाइड्रोपावरका कर्मचारी हुन् ।

  • विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?

    विश्वकप सेमिफाइनल : कुन टिमको खेल कहिले ?

    काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएसँगै दुई दिन टिमहरुले आराम पाउने भएका छन् । आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएको छ । यससँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

    यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसिया तथा अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्। पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन्। अर्जेन्टिना र क्रोएसियाबीचको खेल मंगलबार राति पौने १ बजे हुनेछ। दोस्रो सेमिफाइनल मोरक्को र फ्रान्सबीच बुधबार राति पौने १ बजे हुनेछ। फाइनल खेल पुस ३ गते आइतबार हुनेछ ।

  • दलहरुले समानुपातिक सांसदको सूचि सोमबारसम्म सच्याउन सक्ने

    दलहरुले समानुपातिक सांसदको सूचि सोमबारसम्म सच्याउन सक्ने

    काठमाडौं । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार सोमबारसम्म समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन सकिने आयोगले जनाएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ ।

    दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ । निर्वाचन आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने तयारी आयोगको छ । निर्वाचन आयोगका अनुसार दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीभित्रैबाट नाम परे–नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए–नभएको छानबिन हुनेछ ।

  • फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी

    फ्रान्स सेमिफाइनल पुग्यो, इङ्ल्याण्डका कप्तान केनले मिस गरे पेनाल्टी

    काठमाडौं । महत्वपूर्ण क्षणमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि इङ्ल्याण्ड जारी विश्वकपको क्वाटरफाइनलमा पराजित भएको छ । कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भए । इङ्ल्याण्ड साविक विजेता फ्रान्ससँग २–१ ले पराजित भयो । मध्यराती सम्पन्न खेलमा इङ्ल्याण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो । अब बायत रंगशालमा त्यसअघि भने इङ्ल्याण्डले पेनाल्टी पाउँदा केनले नै गोल गरेर टिमलाई जिवित राखेका थिए ।

    खेलको १७औं मिनेटमा औरेलियन चुवामेनीले एन्टोनी ग्रीजमनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सले पहिलो हाफमा अग्रता कायम राख्यो । तर ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ७८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याए । इंग्ल्याण्डले दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले पोष्टको दिशा लिन सकेन । जसले गर्दा फ्रान्स भाग्यमानी बन्यो र लगातार विश्वकपको सेमिफाइनलमा पुग्यो । फ्रान्सले अब मोरक्कोसँग सेमिफाइनल खेल्नेछ ।

  • यस्तो छ एमालेबाट समानुपातिक सांसद बन्नेहरुको सूचि

    यस्तो छ एमालेबाट समानुपातिक सांसद बन्नेहरुको सूचि

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि ३४ जनाको सूची तय गरेको छ । समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको एमालेले कुल ३४ सिट पाएको हो। यसमा प्राप्त मतअनुसार २२ जना महिला र १२ जना पुरूष सूचीमा परेका छन्। आदिवासी–जनजाति सूचीबाट देवि प्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा चयन भएका छन् ।


    खस÷आर्यबाट रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल सांसद बनेका छन् । थारुबाट आश्माकुमारी चौधरी, शान्ति चौधरी सांसद बने ।

    दलितबाट ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा सिफारिस भएका छन् । मधेशीबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया सांसद बन्दा मुस्लिमबाट सराज अहमद खान सांसद बन्ने भएका छन् ।

  • माओवादीको समानुपातिक सूचिबाट को-को बन्ने भए सांसद ?

    माओवादीको समानुपातिक सूचिबाट को-को बन्ने भए सांसद ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद चयन गरेको छ । पार्टीले निर्वाचन आयोगमा सूची बुझाएको छ। पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूची तयार गरेका छन् । माओवादी केन्द्रले समानुपातिकतर्फ १४ जना सांसद पाएको छ। त्यसमा उसले आदिवासी जनतजातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ छन्। खस आर्यतर्फबाट माओवादी केन्द्रले हितराज पाण्डे, ज्ञानु बस्ने सुवेदी, विमला सुवेदी र नारायणी शर्मालाई सांसद बनाएको छ।

    थारुतर्फ रूपा सोसी चौधरी सांसद बनेकी छन्। दलिततर्फ रणेन्द्र बराली र सुशिला श्रीपाली ठकुरी चयन भएका छन्। मधेसीतर्फ भने मीना यादव र उमरावती देवी यादव सांसद बनाउने माओवादीको निर्णय छ। उमरावती नेपाल समाजवादी पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेकी हुन्। यस्तै, मुस्लिमतर्फ कल्पना मियाँलाई चयन गरिएको पार्टीले सुचि बुझाएको छ ।

  • एमालेबाट प्रभु साह र घनश्याम भुसाल निष्काशित

    एमालेबाट प्रभु साह र घनश्याम भुसाल निष्काशित

    काठमाडौं । नेकपा एमालेले गत निर्वाचनमा पार्टी हित विपरित गतिविधि गरेको भन्दै नेताहरुलाई निष्काशन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भूसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भूसाल र साहलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाहीको निर्णय गरेको हो ।

    बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट हटाउने निर्णय पनि भएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

  • राप्रपाको समानुपातिक सूचीबाट को-को बन्ने भए सांसद ?

    राप्रपाको समानुपातिक सूचीबाट को-को बन्ने भए सांसद ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंग्याएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो । जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् ।

    आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएको बताइएको छ । प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्न पाउने थियो ।