काठमाडौं । मुलुकको अर्थतन्त्रको बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भैरहेको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई बालुवाटार बोलाएर छलफल गरेका छन । देउवा आज गर्भनर अधिकारीलाई बोलाएर मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा कुराकानी गरेका हुन । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले लिएका छन् । विभागीय… Continue reading प्रधानमन्त्रीले बालुवाटार बोलाएर गर्भनरलाई भने -‘अर्थतन्त्रवारे जथाभावी टिप्पणी नर्गनुस्’
Category: फिचर
एमालेको दुई पत्रे स्पष्टीकरण-‘एम अधिकारी गभर्नर होइनन्’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ । एमाले कार्यालय सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको व्यहोराको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन्… Continue reading एमालेको दुई पत्रे स्पष्टीकरण-‘एम अधिकारी गभर्नर होइनन्’
नेपाली शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२० कम्पनीको २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँ बराबरको ६२ लाख १० हजार ९०८ कित्ता शेयर किनबेच भएका… Continue reading नेपाली शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
उपसभामुखमा गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराई र गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् । यसअघि एमालेले लोसपाले उम्मेदवार उठाए समर्थन गर्ने जनाएको थियो। भुषालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) प्रमुख… Continue reading उपसभामुखमा गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा
गहुँ, चिनीजस्ता वस्तुको नेपाल निर्यातमा रोक नलगाएको भारतको स्पष्टीकरण
काठमाडौं । भारतले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले यस्तो जानकारी गराएका हुन् । महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा राजदूत श्रीवास्तवले नेपालको पनि आर्थिक विकास हुनुुपर्ने पक्षमा भारत रहेको बताए ।… Continue reading गहुँ, चिनीजस्ता वस्तुको नेपाल निर्यातमा रोक नलगाएको भारतको स्पष्टीकरण
प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। माओवादी स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार उनी नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ताका लागि जान लागेका हुन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले उनर्ला औपचारिक निमन्त्रणा गरेका छन् । त्यहाँ हुने भेटघाट र केही कार्यक्रमका लागि परराष्ट्र… Continue reading प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने
श्रीलङ्काबाट भागेका राष्ट्रपति राजपक्ष कहाँ जालान्, सिंगापुर वा दुबई
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष अहिले माल्दिभ्समा छन् । तर, उनी त्यहाँबाट समेत तेस्रो मुलुक जाने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आर्थिक सङ्कटलाई लिएर भइरहेको व्यापक प्रदर्शनका बीच उनी भागेर माल्दिभ्स पुगेका हुन् । त्यहाँबाट उनी सिङ्गापुर वा दुबई जाने तयारीमा रहेको बताइएको छ । स्थानीय समय अनुसार बुधवार बिहान तीन बजे… Continue reading श्रीलङ्काबाट भागेका राष्ट्रपति राजपक्ष कहाँ जालान्, सिंगापुर वा दुबई
आज उपसभामुखको मनोनयन दर्ता
काठमाडौं । आगामी शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका क्रममा आज मनोनयन दर्ताको कार्यसूची रहेको छ । बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ… Continue reading आज उपसभामुखको मनोनयन दर्ता
काठमाडौंमा घर भित्रै पसेर चितुवाको आक्रमण, ५ जना घाइते
काठमाडौं । काठमाडौंमा घर भित्रै पसेर चितुवाले मानिसमाथि आक्रमण गरेको छ । प्रहरीका अनुसार घटनामा पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका ८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गरेको हो । भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना… Continue reading काठमाडौंमा घर भित्रै पसेर चितुवाको आक्रमण, ५ जना घाइते
जहाजमा चुरोट सल्काउने व्यक्ति प्रहरीको फन्दामा
काठमाडौं । काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरका अनुसार उडान नं २५३ बाट बुधबार दिउँसो धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट सल्याएका थिए । त्यसपछि धुँवा उडेपछि यात्रु आत्तिएका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान… Continue reading जहाजमा चुरोट सल्काउने व्यक्ति प्रहरीको फन्दामा
बलियो स्कटल्याण्डमाथि नेपालको रवाफिलो जित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि रवाफिलो जित निकालेको छ । ग्लास्कोमा १४५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाउन सफल भयो । स्कटल्याण्ड नेपाल भन्दा बलियो टीम हो । यसअघि लिस्ट ए क्रिकेटमा समेत नेपालले यो टीमलाई हराउन सकेको थिएन । एक दिवसीय… Continue reading बलियो स्कटल्याण्डमाथि नेपालको रवाफिलो जित
भृकुटीमण्डपमा आगलागी, वर्षाका कारण धेरै क्षति हुनबाट बच्यो
काठमाडौं । भृकुटीमण्डपमा लागेको आगो झन्डै साढे दुई घण्टापछि नियन्त्रणमा आएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । साथै सोही समयमा काठमाडौंमा परेको ठूलो वर्षाले समेत आगो निभाउन सहयोग गरेको थियो । भृकुटीमण्डपको… Continue reading भृकुटीमण्डपमा आगलागी, वर्षाका कारण धेरै क्षति हुनबाट बच्यो
मानवरहित उडानमा नयाँ रेकर्ड
काठमाडौं । एउटा विमान निर्माण कम्पनी एअर बसले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम गरेको उडान अनुगमन विवरणहरूले देखाएका छन्। सौर्य ऊर्जाबाट सञ्चालन हुने एअर बसको जेफर एसु नामको मानवरहित विमानले लगातार २६ दिनसम्म उडान गरेर आफ्नै सन् २०१८ को रेकर्ड भङ्ग गरेको हो। व्यावसायिक विमानहरूलाई अवरोध नपुर्याउन र प्रतिकूल मौसमबाट जोगिन… Continue reading मानवरहित उडानमा नयाँ रेकर्ड
दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च
काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न दुई आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार दुई आर्थिक वर्षमा सरकारले यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो । निजामती प्रशासन, सुरक्षा निकाय… Continue reading दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च
सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुग्यो
काठमाडौं । सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । महालेखाले यो वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाहरू समेतको ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखा परीक्षण सम्पन्न गरी… Continue reading सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुग्यो
शेयर बजारमा हरियालीः ५९.५४ अंकले बढ्यो, दुई अर्ब बढीको कारोबार
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ५९.५४अंकले बढेर १९८६.८२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२५ कम्पनीको २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा हरियालीः ५९.५४ अंकले बढ्यो, दुई अर्ब बढीको कारोबार
विश्व बैंकले दियो नेपाललाई १० अर्ब रुपैयाँ सहयोग, खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि खर्चिने
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर अर्थात १० अर्ब नेपाली रूपैंया बराबरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न उद्देश्यसहित विश्व बैंक र नेपाल सरकार बिच आजसम्झौता भएको हो । यस सम्झौतामा नेपाल सरकारको… Continue reading विश्व बैंकले दियो नेपाललाई १० अर्ब रुपैयाँ सहयोग, खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि खर्चिने
‘देशलाई श्रीलंका बन्छ भन्ने हनुमानलाई बाधेर राख्नुपर्छ नत्र नेपाल जल्छ’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का सांसद गजेन्द्र बहादुर महतले देशलाई श्रीलंका बन्छ भन्ने हनुमानलाई बाधेर राख्नुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीलाई हनुमानको संज्ञा दिदै जसरी द्वापर युगमा हनुमानले श्रीलंका जलाएका थिए त्यसैगरी अहिले गभर्नरले नेपाल जलाउन सक्ने आरोप लगाएका हुन् । प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना… Continue reading ‘देशलाई श्रीलंका बन्छ भन्ने हनुमानलाई बाधेर राख्नुपर्छ नत्र नेपाल जल्छ’
राष्ट्रपति भागेपछि श्रीलंकामा संकटकाल घोषणा
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार संकटकाल घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ। सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा… Continue reading राष्ट्रपति भागेपछि श्रीलंकामा संकटकाल घोषणा
उपत्यकामा ६ बालबालिका सहित २८ जनामा हैजा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो । योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या २८ पुगेको छ । हैजा देखिएकामध्ये ३ जना ५ वर्षमूनिका बालबालिका रहेका छन्। संक्रमित हुनेमा ६… Continue reading उपत्यकामा ६ बालबालिका सहित २८ जनामा हैजा, सतर्कता अपनाउन आग्रह
उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि यही असार ३१ गते शुक्रबार निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन तालिका सार्वजनिक गरेका हुन् । उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आब्हान गर्ने र ३१… Continue reading उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
देउवा सरकारको एक वर्ष, कमजोर सुशासन-अर्थतन्त्रमा जोखिम
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले पछिल्लो पटक सत्ता सम्हालेको आज एक वर्ष पुरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको पाँचौ कार्यकाल सुशासन र आर्थिक स्थायित्वका दृष्टिकोणबाट सबैभन्दा बढी आलोचित बन्न पुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले २०७८ असार २८… Continue reading देउवा सरकारको एक वर्ष, कमजोर सुशासन-अर्थतन्त्रमा जोखिम
सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध
पाल्पा । ढुंगासहितको पहिरो झरेपछि बुटवल–पाल्पा सडक खण्ड अवरूद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेपछि यातायात रोकिएको हो । पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी… Continue reading सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध
आज गुरु पूर्णिमा, सम्मान र आदरसहित मनाइंदै
काठमाडौं । आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका… Continue reading आज गुरु पूर्णिमा, सम्मान र आदरसहित मनाइंदै
आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती देशभर मनाइंदै
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले… Continue reading आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती देशभर मनाइंदै
श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागेको पुष्टी
कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेको पुष्टी भएको छ । श्रीलंकाका लाखौं नागरिकले प्रदर्शनसहित राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने प्रयासमा थिए । यसअघि देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए । राष्ट्रपति गोटाबायाले स्थानीय समय अनुसार मंगलबार ३ बजे कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट… Continue reading श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागेको पुष्टी
मौलिक गहना लगाएर आवतजावत गर्दा विमानस्थलमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको माग
काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यक रुपमा कडाइ हुने गरेको भन्दै सुनचाँदी व्यवसायीले त्यसमा सहजीकरण गर्न भन्सार विभगसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग भेट गरी यस्तो आग्रह गरेको हो । महानिर्देशक… Continue reading मौलिक गहना लगाएर आवतजावत गर्दा विमानस्थलमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको माग
काठमाडौं उपत्यकामा मतदाता नामावली अनलाइनबाटै हुने
काठमाडौं । अबदेखि काठमाडौं उपत्यकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ। निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाका नागरिकहरूले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने जानकारी गराएका हुन् । पौडेलका अनुसार आयोगले मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरको लागि पाइलट अपरेसनको रूपमा सुरू गर्ने निर्णय गरेको हो।… Continue reading काठमाडौं उपत्यकामा मतदाता नामावली अनलाइनबाटै हुने
अमेरिका पुगेको ७ सय वर्ष पुरानो टुँडाल नेपाल फर्काइयो
काठमाडौं । काठमाडौंको टेकु नजिकै हृयुमत टोलस्थित नारायण मन्दिरबाट चोरी भएर अमेरिका पुगेका करिब ७०० वर्ष पुराना पुरातात्विक टुँडालहरू नेपालमा फर्काइएको छ । १९८०को दशकमा नारायण मन्दिरबाट हराएका १२\१३ औं शताब्दीका दुई टुँडालहरू बुधबार नेपाल फिर्ता ल्याइएको हो । एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ता गराएको नेपालस्थिति अमेरिकी दूतावासले… Continue reading अमेरिका पुगेको ७ सय वर्ष पुरानो टुँडाल नेपाल फर्काइयो
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा मंगलबार पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात\आठ जना बालिकाहरू मिलेर… Continue reading पोखरीमा डुबेर दुई बालिकाको मृत्यु