नेपाल सबै धर्मको साझा फुलबारी हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिंदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने उल्लेख गरेका छन् । देउवाले बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरे । यस्ता चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र सहिष्णुता… Continue reading नेपाल सबै धर्मको साझा फुलबारी हो : प्रधानमन्त्री

आज बकर इद, देशभर सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस… Continue reading आज बकर इद, देशभर सार्वजनिक बिदा

नेपालमा लगातार दैनिक एक सय भन्दा माथि कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दैनिक १ सय भन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ । १५३९ पीसीआर परीक्षणमा… Continue reading नेपालमा लगातार दैनिक एक सय भन्दा माथि कोरोना संक्रमण

व्यापक आलोचनापछि बालेनले भने : यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु

काठमाडौं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको सालिक बनाउने घोषणा गरेका छन् । यसअघि सालिक महानगरपालिकाको बजेटबाट बनाउने निर्णय भएको थियो । यसको व्यापक आलोचना भएपछि मेयर बालेनले सामाजिक संजालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरूको दिन शुभ… Continue reading व्यापक आलोचनापछि बालेनले भने : यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु

माओवादी केन्द्रले अन्तर्घातबारे छानविन गर्न बनायो समिति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न समिति बनाएको छ । पार्टीको स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत… Continue reading माओवादी केन्द्रले अन्तर्घातबारे छानविन गर्न बनायो समिति

श्रीलंकामा राष्ट्रपति निवासमा छिरे प्रदर्शनकारी, कहाँ छन् राष्ट्रपति ?

Photo courtesy Sri Lanka Brief

कोलम्बो । श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपक्षको निवासमा प्रदर्शनकारी छिरेका छन् । राष्ट्रपति राजपक्षलाई भने सुरक्षित ठाउँमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन्। देशका विभिन्न भागबाट प्रदर्शनमा भाग लिन सयौँ मानिसहरू कोलम्बो आएका थिए। सरकारले कर्फ्यू… Continue reading श्रीलंकामा राष्ट्रपति निवासमा छिरे प्रदर्शनकारी, कहाँ छन् राष्ट्रपति ?

ट्वीटर किन्ने सम्झौताबाट किन पछि हटे मस्क ?

Copyright POOL/AFP/File Britta Pedersen

काठमाडौं । ट्वीटर खरीद गर्ने सम्झौताबाट इलन मस्क पछि हट्ने निर्णयमा पुगेका छन् । टेस्लाका प्रमुख कार्यकारी अधिकृत र विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरीद गर्न सम्झौता गरेका थिए । तर, माइक्रोब्लगिङ साइट, ट्वीटरले मर्जर सम्झौताका थुप्रै प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै उनले ट्वीटर किन्न आफूले गरेको ४४ अर्ब डलरको… Continue reading ट्वीटर किन्ने सम्झौताबाट किन पछि हटे मस्क ?

अमरनाथ यात्रामा गएकाहरु बाढीको चपेटामा, कम्तिमा १३ जनाको मृत्यु

Photo : The Hindu

कश्मीर । भारतको कश्मीर राज्य अमरनाथ गुफानजिकै भीषण वर्षा र त्यसले निम्त्याएको बाढीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । केही मानिसहरु बेपत्ता भएका आशङ्कामा खोजी कार्य भइरहेको छ । बाढी आएका बेला गुफा आसपासमा झन्डै १० हजार मानिस रहेको अनुमान गरिएको छ । त्यहाँ अस्थायी शिविरमा मानिसहरु बसेका थिए । बाढीका बेला मानिसको भागाभाग… Continue reading अमरनाथ यात्रामा गएकाहरु बाढीको चपेटामा, कम्तिमा १३ जनाको मृत्यु

नेपाली उद्योगको सिमेन्ट भारतमा निर्यात शुरु

नवलपरासी । नेपाली उद्योगबाट उत्पादन भएको सिमेन्ट भारतमा निर्यात थालिएको छ । पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत पठाउन थालेको हो । शुक्रबार सुनौली नाका हुँदै तीन ट्रक सिमेन्ट भारत पठाइएको आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राकेश अग्रवालले जानकारी गराए । उनका अनुसार परीक्षणका लागि तीन ट्रक पठाइएको हो । उद्योगले तानसेन ब्राण्डको पिपिसी… Continue reading नेपाली उद्योगको सिमेन्ट भारतमा निर्यात शुरु

पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक पहिरोका कारण अवरुद्ध

File

तनहुँ । पृथ्वी राजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिक ४ स्थित तुरतुरेमा बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध बनेको छ । शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी… Continue reading पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक पहिरोका कारण अवरुद्ध

र्‍यापर यमबुद्धको सालिक बनाउन काठमाडौं महानगरले छुट्यायो बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक बनाउन बजेट छुट्याएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्न बजेट राखेको हो । महानगरपालिकाले १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन गरेको बताइएको छ । ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको… Continue reading र्‍यापर यमबुद्धको सालिक बनाउन काठमाडौं महानगरले छुट्यायो बजेट

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई ७ वर्षको जेल सजाय

काठमाडौं । दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको पुष्टी भएपछि तीन जनालाई कैद तथा जरिवाना सुनाइएको छ । सुर्खेत जिल्ला अदालतले उनीलाई कैद र जरिवानाको सजाय सुनाएको हो । अदालतले सुर्खेत गुर्भाकोट नगरपालिकाका चौमन घर्तीमगर र भूपेन्द्र बुढा मगरलाई सात\सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना गरेको छ । यौन… Continue reading राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई ७ वर्षको जेल सजाय

नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान, ६ खर्ब १९ अर्ब पूँजी

REUTERS

नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान रहेको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रित तथ्यांक विभागले सार्वजनिक गरेको आंकडा अनुसार अर्थतन्त्रको संरचनामा योगदान गर्ने १७ वटा क्षेत्रमध्ये औद्योगिक क्षेत्र भित्र पर्ने चार वटा क्षेत्रको सर्वेक्षणबाट ती उद्योगको संख्या यकिन गरिएको हो । जस अनुसार खानी तथा उत्खनन क्षेत्रमा ३५६, औद्योगिक उत्पादनको क्षेत्रमा ५६ हजार ६११, विद्युत्,… Continue reading नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान, ६ खर्ब १९ अर्ब पूँजी

उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । न्यायपरिषदले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीश सामु सिफारिस गरेको छ । योग्यता नपुगी नियुक्ति लिएको ठहर न्यायपरिषद्ले गरेको हो । न्यायपरिषदले जिल्लादेखि उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ती, सरुवा, बढुवा र बर्खास्तसम्मको सिफारिस गर्न सक्ने अधिकार राख्छ । परिषदको सिफारिस प्रधानन्यायाधीशले कार्यान्वयन गरेपछि लागू हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथि महाभियोग लागेका… Continue reading उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न सिफारिस

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपाल सरकारद्धारा शोक घोषणा

काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा एक दिने राष्ट्रिय शोक घोषणा गरेको छ । आबेको शुक्रबार हत्या भएको छ । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको हो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ… Continue reading जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपाल सरकारद्धारा शोक घोषणा

नेपालमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, २७ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार… Continue reading नेपालमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, २७ जना संक्रमण मुक्त

बलात्कारको घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति, बालबालिका र अशक्तका लागि तीन बर्षे समयसीमा

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले बलात्कारको घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति जुटाएको छ । सिदरबारमा बसेको बैठकले यौन हिंसा विरुद्धका केही ऐन संसोधन बिधेयकमाथि छलफल गर्दे दुई बर्ष हदम्याद राख्ने सहमति जुटाएको हो । यसअघि बलात्कारका घटनामा एकबर्षे हदम्याद हटाउनुपर्ने भन्दै महिला अधिकारकर्मीहरुले आन्दोलन नै गरेका थिए । त्यस्तै बालबालिका… Continue reading बलात्कारको घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति, बालबालिका र अशक्तका लागि तीन बर्षे समयसीमा

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २१७ कम्पनीको १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँ बराबरको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

आक्रमणमा परेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ। शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको रोयटर्सले जनाएको छ। नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको थियो । प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर नारामा भएको गोलीकाण्डलाई जापानको लोकतन्त्रको जगमा अस्वीकार्य आक्रमण भएको भन्दै निन्दा गरेका छन्। प्रहरीले गोली चलाएको… Continue reading आक्रमणमा परेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन

जापानका पूर्व लोकप्रिय प्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनी जापानका लाोकप्रिय नेता हुन् । उनको अवस्था निकै गम्भीर भएको बीबीसीले लेखेको छ । नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको हो । जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो। गोली लागेपछि उनी ढलेका… Continue reading जापानका पूर्व लोकप्रिय प्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत

काठमाडौं । नेपाली बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको भन्दै औषधि व्यवस्था विभागले सचेत गराएको छ । शुक्रबार एक सूचना निकाल्दै विभागले यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको बताएको छ । विभागले ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग… Continue reading बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत

कृषि विकास बैंकमा एकै पटक खुल्यो १५२ जनाको रोजगारी

काठमाडौं । कृषि विकास बैंकमा १ सय ५२ पदमा स्थायी पदपूर्तिका लागि दरखास्त खुलेको छ । बैंकले शुक्रबार सूचना प्रकाशित गरी खुला तथा समावेशीतर्फ आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको छ । बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्प्युटर अधिकृत, तीन इञ्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतका लागि आवेदन मागेको… Continue reading कृषि विकास बैंकमा एकै पटक खुल्यो १५२ जनाको रोजगारी

५ कक्षामा भर्ना भए ६१ वर्षीय रिमबहादुर

rss

दाङ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन्। कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन्। अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ। दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो। उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको… Continue reading ५ कक्षामा भर्ना भए ६१ वर्षीय रिमबहादुर

बुढीगंगामा आजबाट मतगणना

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका… Continue reading बुढीगंगामा आजबाट मतगणना

चिनियाँ कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै, कम्यूनिष्ट एकताको माहोल पुनः बन्ला ?

काठमाडौं । नेपालमा संसदीय निर्वाचन नजिकिएको सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आउने भएका छन् । उनी आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी सद्भावना भ्रमणका सिलसिलामा नेपाल आउन लागेको बताइएको छ । उनले नेपालमा राष्ट्रपति र प्रधानमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेट्ने… Continue reading चिनियाँ कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै, कम्यूनिष्ट एकताको माहोल पुनः बन्ला ?

युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार २८ गते अर्को पेसी राख्दै त्यतिन्जेलसम्म अधिकारीलाई काम गर्न दिनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिकारीले २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको… Continue reading युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

माओवादी केन्द्रद्वारा १५६ सदस्यीय पोलिटब्यूरो कमिटी गठन , को-को परे ? (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिटब्युरोमा रहनेहरूको नामावली तेस्रो पटक पढेर सुनाएका छन्। बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् । पहिला १२५ सदस्यीय पोलिटब्यूरो कमिटीको नाम सुनाएपछि विवाद भएको थियो । विवाद… Continue reading माओवादी केन्द्रद्वारा १५६ सदस्यीय पोलिटब्यूरो कमिटी गठन , को-को परे ? (सूचीसहित)

काठमाडौंमा गुड्न थाले साझाका विद्युतीय बस, यस्तो छ रुट

काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका ३ वटा बिजुली बस काठमाडौं उपत्यकाका सडकमा गुड्न थालेका छन् । साझाले आजदेखि ती विद्युतीय बस संचालनमा ल्याएको हो । वैशाख २३ गते काठमाडौंं ल्याइएका ती विद्युतीय बस आजदेखि औपचारिक रुपमा संचालनमा आएको हो । साझा यातायातका कार्याकारी निर्देशक भुषण तुलाधारले अहिले बसहरुमा चलिरहेकै भाडामा विद्युतीय बस सञ्चालन… Continue reading काठमाडौंमा गुड्न थाले साझाका विद्युतीय बस, यस्तो छ रुट

दोहोरो अंकले घट्यो नेप्से, अर्थमन्त्रीको राजीनामाले बढ्ने लगानीकर्ताको आँकलन फेल

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक (नेप्से)१६.६० अंकले घटेर २०२७.३२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२९ कम्पनीको १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँ बराबरको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, अर्थमन्त्रीको राजीनामाले बढ्ने लगानीकर्ताको आँकलन फेल

अब काठमाडौँका सडकमा साहित्य पढ्न नपाइने, सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

काठमाडौँ । ट्राफिक प्रहरीले सवारीसाधनमा लेखिएका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने अभियान सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका भित्र चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा साहित्य तथा गजलका लाइन यात्रु र पैदल यात्रीले पढन् पाउने छैनन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय,रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने… Continue reading अब काठमाडौँका सडकमा साहित्य पढ्न नपाइने, सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी