Category: फिचर

  • परिजिता बास्तोलाको ‘अमेरिकी द भ्वाइस’ को यात्रा टुंगियो

    परिजिता बास्तोलाको ‘अमेरिकी द भ्वाइस’ को यात्रा टुंगियो

    काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को सेमिफाइनलबाट बाहिरिएकी छिन् ।

    कम भोटको आधारमा परिजिता अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको हो । नेपाली समयानुसार बुधवार बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए हुन् । मोर्गन माइल्ज, ब्रीस लेदरउड, ब्राइडन लेप, ओमार जोस कार्डोना अन्तिम पाँचमा प्रवेश गरेका छन् ।

    यी पाँचमध्ये एकले द भ्वाइसको उपाधि जित्नेछन् । परिजितालाई नेपाली मूलका कलाकार र समुदायले भोट दिन आग्रह गर्दै अभियान चलाएका थिए ।

    परिजिता द भ्वाईस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली मूलकी अमेरिकन हुन् ।

    द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    रोकिएन् शेयर बजारको ओरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४६ कम्पनीको १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ बराबरको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा, अन्य र लघुवित्त समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.२७ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटेल समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ ।

    घट्दो बजारमा आज नाडेप लघुवित्तको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । झन्डै २ वर्षपछि कारोबारमा आएको नाडेपको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

    त्यसैगरी, ग्लोबल आइएमई बैंक ९.२९, शिवम् सिमेन्ट र नारायणी विकास बैंक ४.८६, साधना, आरएसडीसी र स्वाभिमान लघुवित्तको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज सानिमा बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । यसको ६७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    त्यस्तै, शिवम् सिमेन्टको १३ र नविल बैंकको ४ करोड ५२ हिमालयन डिस्ट्रीलरी साढे ३ करोड बढीको कारोबार भएको छ ।

  • प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

    प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

    काठमाडौं । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्च विवरण पेस गरेका छन् ।

    निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् । मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।

    गोरखा–२ को मतदाता संख्या, क्षेत्रफल, र मतदान केन्द्रको आधारमा प्रतिनिधिसभा तर्फ २९ लाखसम्म खर्चको हद तोकिएको थियो ।

  • ‘संसदको दुई तिहाइले महाअभियोग फेल नगरेसम्म राणाको निलम्बन फुकुवा हुँदैन्’- सर्वोच्च बार अध्यक्ष शाक्य

    ‘संसदको दुई तिहाइले महाअभियोग फेल नगरेसम्म राणाको निलम्बन फुकुवा हुँदैन्’- सर्वोच्च बार अध्यक्ष शाक्य

    काठमाडौं । संविधानविद् एवं सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले महाअभियोगबारे संसदले निर्णय गर्ने बताएका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएसँगै शाक्यले उक्त कुरा बताएका हुन् ।

    संविधानत: संसदको दुई तिहाइले महाअभियोग फेल नगरेसम्म राणाको निलम्बन फुकुवा नहुने उनले बताए।

    सचिवालयले महाअभियोग निष्क्रिय गर्न मिल्दैन। उहाँलाई संसदमा महाअभियोग लागेको हो। संविधानले नै महाअभियोग पास र फेल गर्ने क्षेत्राधिकार संसदलाई दिएको छ।

    सामान्य कानुनका आधारमा संसद सचिवालयले निर्णय गर्ने विषय यो होइन,’ उनले भने, ‘संसदले नै त्यसबारे निर्णय गर्ने हो।’

    संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएलगत्तै जबरा सर्वोच्च अदालत फर्कने तयारीमा छन् ।

    सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए ।

    महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए ।

  • चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय

    चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ ।

    संसदका महासचिव डा.भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् ।

    जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ महाअभियोग निष्क्रिय भएको पत्र दिएका हुन् ।

    उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् । चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनले आगामी २७ गते अवकाश पाउँदैछन् ।

    गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।

  • ‘एभरेष्ट म्यान’ले काजकस्तानमा पायो अवार्ड

    ‘एभरेष्ट म्यान’ले काजकस्तानमा पायो अवार्ड

    काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पामाथि बनाइएको वृत्तचित्र एभरेस्ट म्यानले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । कजाकस्तानको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्र अवार्ड प्राप्त गरेको हो । वृतचित्रमा पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखा परेका असर देखाइएको छ । एक सामान्य मानिसको असामान्य क्षमता र उत्कृष्ट सफलताको कथा एभरेष्ट म्यान फेरी कजाकिस्तानमा भएको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्र बाट पुरस्कृत भएको हो ।

    ‘सबैतिरबाट माया र सम्मान पाएकोमा हामी आभारी छौं, निर्देशक विनोद अधिकारीले भनेका छन्, ‘यो अवार्डप्रति निर्णायक मण्डलप्रति म कृतज्ञ छु। निर्माणमा सहयोग गर्ने कामी रिता शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु ।’ पछिल्लो समय नेपाली सामग्रीहरुको अन्तराष्ट्रिय स्तरमा राम्रो पहुँच तथा प्रचार भइरहेको छ ।

  • आइसीसी विश्वकप क्रिकेट लिग २ : आज नेपाल र नामिबिया खेल्दै

    आइसीसी विश्वकप क्रिकेट लिग २ : आज नेपाल र नामिबिया खेल्दै

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल र नामिबिया आज दोस्रो पटक भिड्दैछन् । नामिबिया भ्रमणमा रहेको नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र स्कटल्याण्ड रहेका छन् ।

    नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक\एक अंक बाँडिएको थियो । अर्को खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भयो । ७ टोली सहभागी विश्वकप लिग २ मा नेपाल २२ खेलमा १८ अंकसहित छैठौं स्थानमा छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा छ । यो श्रृंखलाको अन्तिम खेलमा नेपालले बुधधार स्कटल्याण्डसँग खेल्दैछ ।

  • प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

    प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चुनावमा गरेको खर्च विवरण बुझाएका छन् । जस अनुसार उनको खर्च २३ लाख १२ हजार रुपैयाँ भएको देखिएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्छ । प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेस गरेका हुन्।

    प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको छ । नेपाली कांग्रेस (बिपी) का उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख आठ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले एक लाख १६ हजार, विक्रमबहादुर शाहीले दुई लाख दुई हजार एक सय ९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन्।

  • निर्वाचनमा धाँधली भएको भन्दै विष्णु पौडेलको जितविरुद्ध रास्वपाले गर्यो मुद्दा दायर

    निर्वाचनमा धाँधली भएको भन्दै विष्णु पौडेलको जितविरुद्ध रास्वपाले गर्यो मुद्दा दायर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले उपाध्यक्ष विष्णु पौडेलको जितविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन् पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् ।

    रुपन्देही क्षेत्र नं. २ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।

    उनले रिट निवेदनमा नवनिर्वाचित विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका छन् । मंगलबार दर्ता भएको निवेदनको पेशी तोकिएको छैन । निर्वाचनसम्बन्धी विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था छ ।

  • रोनाल्डोबीनै पोर्चुगलको सनसनीपूर्ण जित, स्वीट्जरल्याण्डलाई ६ गोल

    रोनाल्डोबीनै पोर्चुगलको सनसनीपूर्ण जित, स्वीट्जरल्याण्डलाई ६ गोल

    काठमाडौं । भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबीनै मैदान उत्रिएको पोर्चुगलले विश्वकप फुटबलमा सनसनीपूर्ण जित निकालेको छ । युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेलेका थिए । उनले ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोलअन्तरले हराएको हो । यससँगै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ । २१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बने ।

    पोर्चुगिज प्रशिक्षक फर्नाण्डोे सान्तोषले नियमित कप्तान तथा सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका थिए । रामोसले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरे । रामोसले जाआओ फेलिक्सको पासमा १७औं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । डिफेण्डर पेपेले ३२औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा रामोसले डिएगो डालोटको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता ३–० बनाए ।

    ५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४–० पुर्‍याए । ५८औं मिनेटमा स्वीट्जरल्याण्डका मानुएल अकान्जीले गोल फर्काए । ७१औं मिनेटमा रामोसले फेलिक्सको पासमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । इन्जुरी टाइममा राफे लिआयोले गोल गर्दै पोर्चुगललाई ६–१ को जित दिलाए । यससँगै पोर्चुगलले क्वाटरफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग भेट पक्का गरेको छ ।

  • स्पेन पेनाल्टी शुटआउटमा स्तब्ध, मोरक्को पहिलो पटक क्वाटरफाइनलमा

    स्पेन पेनाल्टी शुटआउटमा स्तब्ध, मोरक्को पहिलो पटक क्वाटरफाइनलमा

    काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध बनेको छ । उसलाई मोरककोले पेनाल्टीमा ३–० ले हरायो । अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने । उनले दुई पेनाल्टी बचाए । मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको हो । विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत मोरक्को बनेको छ ।

    यसअघि क्यामरुन, सेनेगल र घानाले फरक समयमा क्वाटरफाइनल पुगेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा मोरक्कोले स्पेनलाई १२० मिनेटसम्म गोलरहित बराबरीमा रोक्यो । पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गरे । बाडर बनाउनेको प्रहार स्पेनका गोलकिपर उनाई सिमोनले बचाए । स्पेनको भने कुनै पनि खेलाडीको गोल भएन । कार्लोस सोलर र कप्तान सर्जियो बुस्केटको प्रहार मोरक्कोका गोलकिपर बोनोले बचाए । पाब्लो साराबियाको प्रहार पोलमा लागेर बाहिरियो ।

  • काठमाडौंका आकासे पुल मर्मत गरिने

    काठमाडौंका आकासे पुल मर्मत गरिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ। हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्। कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण गरेको हो भने पुराना पुल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएका हुन्।

    पुराना पुलको अवस्था बुझ्न प्राविधिकलाई निर्देशन दिइएको र प्राविधिकको स्थलगत निरीक्षणपछि मर्मतको काम अघि बढ्ने कामपाले जानकारी दिएको छ। कामपाको लगानीमा निर्माण भएका बाहेक पुल निजी क्षेत्रले बनाएकाले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेको भनाइ छ। दुई दिनअघि कामपाको उपप्रमुख सुनिता डङ्गोलले पुरानो पुल असुरक्षित रहेको यात्रुबाट गुनासो आएकाले त्यस्ता पुलको समस्या यकिन गरी मर्मत गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार गर्न निर्देशन दिएकी थिइन्।

    महानगरले २०७६ सालमा पैदलयात्रुको अत्यधिक चाप भएका आठ स्थानमा नयाँ आकाशे पुल निर्माण गर्ने निर्णय गरेको थियो। तर हालसम्म चार वटा मात्र निर्माण भएको छ। महानगरले टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडकमा आकाशे पुल निर्माण गर्ने भने पनि लामो समय बितिसक्दा काम अघि बढ्न सकेको छैन।

    हाल कामपाभित्र सुन्धारा, वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, रत्नपार्क-बागबजार, भद्रकालीमा पुराना आकाशे पुल सञ्चालनमा छन् भने रत्नपार्कमा एउटा सव–वे सञ्चालनमा छ। त्यसैगरी स्थानान्तरण गर्न सकिने गरी कामपाले चाबहिल चोक, कोटेश्वर, रामशाह पथ र नेपाल विद्युत प्राधिकरण केन्द्रीय भवन अगाडिका स्थानमा पुल सञ्चालनमा ल्याएको छ। रासस

  • पोर्चुगल पठाउने बाहनामा २७ लाख ठगी गर्ने एक जना पक्राउ

    पोर्चुगल पठाउने बाहनामा २७ लाख ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २७ लाख ठगी गरेको आरोपितलाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। झापा घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिब आचार्यलाई मंगलबार पक्राउ गरेको हो। उनले ४ जनालाई वर्किङ भिषामा पोर्चुगल पठाइदिने बताएका थिए। त्यसबापत १२ लाख रुपैयाँ लाग्ने बताएका थिए।

    पोर्चुगलमा प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलब हुने फ्रुटकिपिङको काम लगाइदिने भनेर विश्वासमा लिएको एसपी रेग्मीले बताए। त्यसरी प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी २७ लाख लिएर सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो। वैदेशिक रोजगार विभागमा उजुरी परेपछि कार्यालयलाई पत्राचार गरिएको थियो। प्रहरीले उनलाई पक्राउ गरी विभागको कार्यालयमा पठाएको छ।

  • हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध

    हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध

    काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा लगाएको प्रतिवन्ध हटाएको छ । यससँगै गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

    आयात प्रतिबन्ध हटाउन यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो । केही दिनअघि मन्त्रालयले आयात प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश गरेसँगै प्रतिवन्ध हट्ने भएको हो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुनेछ ।

    सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो । सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुहरुको प्रतिबन्ध हटाएर ५० हजार डलर भन्दा माथिका गाडी, ३ सय डलर भन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याइएको थियो ।

  • समानुपातिक मतगणना अन्त्यतिर,कसले कति पाए ?

    समानुपातिक मतगणना अन्त्यतिर,कसले कति पाए ?

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ५ लाख ६० हजार ६७ मतगणना गरिएको छ।

    मंगलबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत कटाएको छ । समाजवादी राष्ट्रिय दल बन्न संघर्षरत रहेको छ । समानुपातिकतर्फ अब बाजुरा र दोलखाका मत गणना जारी छन्।

    एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ।

    दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ अर्थात २५.७१ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ अर्थात ११.१३ प्रतिशत मत प्राप्त गरेको छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ अर्थात १०.७० प्रतिशत मत पाएको छ।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ अर्थात ५.५८ प्रतिशत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ अर्थात ३.९९ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ अर्थात ३.७४ प्रतिशत मत प्राप्त गरेका आयोगले जनाएको छ।

    यस्तै, नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ अर्थात २.८३ प्रतिशत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२ अर्थात २.५७ प्रतिशत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार ३६७ अर्थात १.६० प्रतिशत मत प्राप्त गरेका छन्।

  • शेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकममा भारी गिरावट

    शेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ ।

    कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३८ कम्पनीको ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा, अन्य र लघुवित्त समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । लगानी समूह सबैभन्दा धेरै ०.९८ प्रतिशतले घटेको छ ।

    घट्दो बजारमा आज एनएमबी बैंकका शेयरधनीले सर्वाधिक ६.०७ प्रतिशत गुमाएका छन् । त्यस्तै, आइसीएफसी डिबेन्चर २०८३, एनएम्बी हाइब्रीड फण्ड १, एनएमबी ५० र एनआइसी एसिया सेलेक्ट फण्डका शेयर धनीले ३ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी साढे ५ करोड र रिडी पावर ५ करोड बढीको कारोबार भएको छ ।

  • रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख, आर्थिक सहयोग ३३ लाख

    रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख, आर्थिक सहयोग ३३ लाख

    काठमाडौं । काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी खर्च सार्वजनिक गरेका छन् ।

    निर्वाचन आयोगमा पेश गरेका २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।

    उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दा भन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका छन् ।

    २०७४ सालको चुनावमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए ।

    चुनाव लड्न आर्थिक सहयोगका लागि अपिल गर्दा ३३ लाख रुपैयाँ संकलन भएको भन्दै मिश्रले चुनावमा खर्च भएर बाँकी रहेको ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा राख्ने बताएका छन् ।

    उनले भनेका छन् -निर्वाचनमा करोडौँ करोडको अपारदर्शी खर्चका कारण झनझन चुनावी विकृति बढिरेहको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्नेछ।

    रवीन्द्र मिश्रभन्दा कांग्रेसका नेता प्रकाशमान सिंहसँग एक सय २९ मतले पराजित भएका थिए । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै हराएका थिए ।

  • थापाथालीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन, नक्कलीलाई कारबाहीको माग

    थापाथालीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन, नक्कलीलाई कारबाहीको माग

    काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ ।

    सुकुम्बासी नाममा राजनीति भइरहेको भन्दै प्रदर्शनकारीले असली सुकुम्बासीको व्यवस्थापन गरी नक्कलीलाई कारबाहीको माग गरेका छन् ।

    उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो ।

    महानगरको कार्यमा आफूहरूको ऐक्यबद्धता रहेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले महानगरसमक्ष ज्ञापनपत्र बुझाएको छ । महानगरको गेटमा पुगेकाहरूले भूमि भएकाहरू कसरी सुकुमबासी हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

    उनीहरुले सुकुम्बासीहरुलाई हटाइछाड्न पनि माग गरेका छन्। ‘यस काठमाडौं महानगरपालिकाका प्रमुख/उपप्रमुख एवं नगर प्रहरी लगायत सम्पूर्ण महानगरपालिकाका समग्र कर्मचारीहरुबाट जतिसुकै कष्ट, यातना झेल्नु परे पनि आफ्नो कर्तव्य र दायित्वबाट नहट्नु’, ज्ञापनपत्रमा भनिएको छ, ‘कथित सुकुम्वासीको घर टहरा हटाई राजधानीको सौर्न्दता, शान्ति र मैत्रीपूर्ण वातावरण कायम गर्ने काममा सहकार्य, सहयोग, समर्थन र ऐक्यवर्द्धता जाहेर गर्दछौँ।’

    स्तव्यस्त बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगति एवं दिउँसै खुलारूपमा घरेलु हातहतियारको प्रदर्शनी कारण समेतले राजधनी भयावह, असुरक्षित तथा सन्त्रासमय वातावरण उत्पन्न भई स्थानिय जनताहरु प्रति गहिरो मानसिक दबाब उत्पन्न भई अशान्ति फैलिएको ज्ञापनपत्रमा उल्लेख छ ।

  • काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता

    काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता

    काठमाडौं । काठमाडौं महानगरले करारमा इन्जिनियर माग गरेको छ । महानगरले मंगलवार सूचना जारी गर्दै सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर माग गरेको हो ।

    महानगरपालिकाले मातहतका कार्यलयमार्फत सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियर नियुक्त गर्दा लोकसेवाका वैकल्पिक उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ ।

    काठमाडौं महानगरले सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९र८० का १५ विज्ञापनमा वैकल्पिक पर्नेले आवेदन दिन पाउने उल्लेख गरिएको छ ।

    अस्थायी तथा बैकल्पिक योग्यता क्रममा भएका सिभिल, आर्किटेकट, इलेक्टिकल र स्ट्रक्चर इन्जिनियरलाई ७ दिनभित्र निवेदन दिन सूचना प्रकाशन गरेको छ।

    महानगरको सूचना अनुसार आठौं दिनदेखी निवेदन दिने उम्मेदवारहरु मध्येबाट योग्यता क्रमानुसार करारमा नियुक्ति दिई कामकाजमा लगाइने उल्लेख रहेको छ।

    लोकसेवाको प्रवेश पत्रको प्रतिलिपि, स्नातक पास गरेको प्रमाण र निवेदन पेश गर्न आग्रह गरेको छ।

  • नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने

    नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा आयोजना हुने

    काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक सङ्घले प्रेस विज्ञप्ति जारी गरी आगामी जेठ १३ (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ ।

    अध्यक्ष पुष्कर लामाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताएका छन् । चलचित्रको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको कार्यभार बनेको चर्चा गर्दै अध्यक्ष लामाले डायस्पोरा घरेलु चलचित्रको ठूलो बजार बन्न लाग्नु शुभ सङ्केत भएको बताए ।

    नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलका रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली चलचित्र संस्कृति र बजारको खोजी गर्ने एवं नेपाललाई अमेरिकी चलचित्र छायाङ्कन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

    नेफ्टा निजी क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ । अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा चलचित्रकर्मी, आयोजक, सञ्चारकर्मीसहितको सर्वपक्षीय जुम बैठक पनि नेफ्टाले आयोजना गरेको छ ।

    कोरोना महामारीका कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन । महामारी सकिएपछि चलचित्र क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो । यस पटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन् । ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा चलचित्र हेर्ने कार्यक्रम छ ।

  • महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै

    महाकालीमा विवादबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र लेख्दै

    काठमाडौं । महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएपछि उत्पन्न विवादमा नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाउने भएको छ । आइतवार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतीय पक्षलाई पत्राचार गर्न लागेको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । गृह मन्त्रालयले स्थलगत विवरणसहित सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । परराष्ट्र मन्त्रालयमार्फत् मंगलबार भारतीय विदेश मन्त्रालयलाई पत्र पठाउने तयारी रहेको जनाइएको छ ।

    गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख रहेको गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । गृहले परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गर्न भनेको छ ।

    दुवै पक्षले सम्भव भएसम्मका प्रयास गरेर समस्याको समाधान खोज्नुपर्नेमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले समेत जोड दिएका छन् । नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि आइतवार दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए । सो क्रममा मानिसहरु घाइते भएका छन् । महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण तनाव उत्पन्न भएको हो ।

  • नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल

    नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयमा दुबै देशका अधिकारीबीच छलफल

    काठमाडौं । नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ। भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको राससले लेखेको छ । आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो।

    ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए। सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए। सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

    छलफलमा दार्चुलाका प्रजिअ उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरेका थिए। छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको सहायक प्रजिअ हेमन्ती साउदले बताए। भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो।

    भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ। सो ग्याविन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई प्रजिअले आग्रह गरेका थिए। भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ। नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए। स्थानीयवासीले तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राखेका छन्।

  • सानदार प्रदर्शन गरेको ब्राजिल क्वाटरफाइनलमा

    सानदार प्रदर्शन गरेको ब्राजिल क्वाटरफाइनलमा

    काठमाडौं । दक्षिण कोरियालाई सानदार गोल अन्तरमा हराएको ब्राजिल फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले गत राती कोरियालाई ४–१ गोलअन्तरले हरायो पहिलो हाफमा नै ४ गोलको अग्रता बनाएको ब्राजिलले त्यसपछि भने गोल थप्न सकेन । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाए , त्यसको केही समयपछि नेइमारले पेनाल्टीमा गोल गरी अग्रता दोब्बर बनाए ।

    २९औं मिनेटमा एभर्टन स्ट्राइकर रिचार्लिसनले गोल गरे । ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे । दोस्रो हाफमा कोरियाले एक गोल फर्कायो । ७६औं मिनेटमा कोरियाका सब्स्टिच्युड खेलाडी पायक सुंग होले बक्स बाहिरबाट शानदार गोल गरे । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नुपर्नेछ ।

  • पेनाल्टीमा चुक्यो जापान, क्रोएसिया अन्तिम ८ मा

    पेनाल्टीमा चुक्यो जापान, क्रोएसिया अन्तिम ८ मा

    काठमाडौं । पेनाल्टीमा चुक्दा उत्कृष्ट प्रदर्शन जारी राखेको जापान विश्वकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै क्रोएसिया भने फिफा विश्वकप २०२२ को अन्तिम ८ मा पुगेको हो । अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १–१ गोलको बराबरीमा सकिएको हो । त्यसपछि पेनाल्टी शुटआउटमा गरिएको हो ।

    लिभाकोभिचले तीन पेनाल्टी बचाएका थिए । उनले ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका ताकुमा असानोले मात्र गोल गरे। क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्राजोभिक र मारियो मलासिकले गोल गरे । क्रोएसियाका मार्को लिभाजाको प्रहार पोष्टमा लागेको थियो ।

  • गठबन्धनका शीर्ष नेताले भने : आगामी दिनमा अझ एकतावद्ध हुन्छौं

    गठबन्धनका शीर्ष नेताले भने : आगामी दिनमा अझ एकतावद्ध हुन्छौं

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताले आगामी दिनमा अझ एकतावद्ध रहने बताएका छन् । चार दलका शीर्ष नेताले सोमबार संयुक्त विज्ञप्ति निकाल्दै आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी समीक्षा गर्दै उनीहरूले थप एकतावद्ध भएर अघि बढ्ने उल्लेख गरेका छन् ।

    ‘मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

    उनीहरूले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनाव सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यबादसमेत दिएका छन्। निर्वाचित सांसदहरूलाई बधाई र सफल कार्यकालको शुभकामनासमेत उनीहरूले दिएका हुन्। निर्वाचनका बेला कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीका घटना देखिएको चार दलका शीर्ष नेताको भनाइ छ। ती असमझदारीबारे आगामी दिनमा थप समीक्षा गरिने उनीहरूले उल्लेख गरेका छन्।

    मंसिर ४ को चुनावले गठबन्धनको आवश्यकता र सान्दर्भिकता थप पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्। ‘मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरूरी छ,’ उनीहरूले भनेका छन्।

  • दिपक मनाङे समाजवादीमा प्रवेश

    दिपक मनाङे समाजवादीमा प्रवेश

    गण्डकी प्रदेश सांसद तथा प्रदेश युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराए । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका छन् । मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र वपिचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन् ।

    ‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । गण्डकी प्रदेशसभामा अब मनाङे एकीकृत समाजवादीका एक्ला सांसद बनेका छन् । गण्डकीमा एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिएको थियो । तर दुबै उम्मेदवार पराजित भएका थिए ।

  • माया लुहारको हत्या आरोपित सार्वजनिक, प्रेममा धोकापछि बन्यो अपराधको योजना

    माया लुहारको हत्या आरोपित सार्वजनिक, प्रेममा धोकापछि बन्यो अपराधको योजना

    काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो ।

    मंसिर १८ मा महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय कोलीले ‘प्रेममा धोक पाएपछि हत्या गरेको’ प्रहरीलाई बयान दिएका छन् ।

    बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहार मङ्सिर १४ मा मृत फेला परेकी थिइन् ।

    शिवनाथ गाउँपालिका–६ की मायाको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको थियो ।

    कोली सशस्त्र प्रहरी जवान हुन् भने माया ०७९ मंसिर ४ गते भएको निर्वाचनमा म्यादी प्रहरी थिइन् ।

    शिवनाथ गाउँपालिका–४ घर भएका कोलीले नै मायाको हत्या गरेको दाबी प्रहरीको छ ।

  • माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा

    माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ मा

    काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सुनुवाइ स्थगित गरेको छ ।

    सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा पेसी रहेको मुद्दाले सुनुवाइको हेर्न नभ्याउने हुँदै स्थगित गरेको हो ।

    एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ पार्टी दर्ता भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट दिएका थिए । ३० चैत २०७८ मा सर्वोच्च अदालतले यो मुद्दाको पूर्ण सुनुवाइ गर्नु भनी आदेश दिएको थियो ।

    ओलीले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई कारबाही नगर्नु गैरसंवैधानिक भएको रिटमा जिकिर गरिएको छ।

  • दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ६७ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ६७ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ ।

    साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २४.४६ अंकले बढेर १९३८.७६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २४३ कम्पनीको १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ बराबरको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आइतवार १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहका परिसूचक राताम्मे भएका छन् ।

  • यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई, मिलनको उत्कृष्ट बलिङ

    यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई, मिलनको उत्कृष्ट बलिङ

    काठमाडौं । लुम्बिनी प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेशले वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।

    बलिङमा मिलन बोहरा चम्किएपछि लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

    बलिङतर्फ सुदूरपश्चिमका मिलन बोहराले पाँच विकेट लिए । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले नटआउट ३९, दीपक बोहराले २५ र अनुराग सिंहले २२ रन बनाए ।

    बलिङतर्फ लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले एक/एक विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    विजेता सुदूरपश्चिमले २ लाख तथा उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

    यू–१९ राष्ट्रिय टिम छनोटको रूपमा रहेको यो प्रतियोगितामा सात प्रदेशका टिमहरूको सहभागिता थियो ।