पूर्व अर्थमन्त्री शर्मासँग ३ घण्टा सोधपुछ, भने-‘बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता छैन’

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन् । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले आज उनीसँग सोधपुछ गरेको थियो । उक्त समितिले राखेका जिज्ञासाका बारेमा आफूले स्पष्ट जवाफ दिएको उनले बताएका हुन् ।… Continue reading पूर्व अर्थमन्त्री शर्मासँग ३ घण्टा सोधपुछ, भने-‘बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता छैन’

राजस्व छलेर ल्याइएका एक करोड बराबरकाे चुराेट, गुट्खा, सुर्तीजन्य सामान बरामद

काठमाडौँ । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बण्डल बरामद गरेको छ । यसका साथै बरामद गरिएका गुट्खा,… Continue reading राजस्व छलेर ल्याइएका एक करोड बराबरकाे चुराेट, गुट्खा, सुर्तीजन्य सामान बरामद

बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे बयान लिने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछका लागि उनलाई आज बोलाउने निर्णय गरेको हो । बैठक अहिले शुरु हुँदैछ । यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, बजेट… Continue reading बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

अब ललितपुरका चोक-चोकमा साइकल, भाडा तिरेर चलाउन पाइने

File Photo : The Kathmandu Post

ललितपुर । ललितपुर महानगरपालिकाले अब महानगरभित्र ‘सेयर्ड बाइस्कल स्किम’ सुरु गर्ने घोषणा गरेको छ । साइकल लेनको प्रयोग बढाउने र आफ्नै साइकल नहुनेलाई साइकल प्रयोग सक्ने वातावरण बनाउन ललितपुरले साइकल स्ट्यान्ड बनाएर ठाउँ(ठाउँमा भाडामा साइकल राख्न लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार अब चोकचोकमा स्ट्यान्ड बनाएर प्रविधिको प्रयोगबाट भाडा तिर्न सकिने गरी… Continue reading अब ललितपुरका चोक-चोकमा साइकल, भाडा तिरेर चलाउन पाइने

युक्रेनमा युद्ध अझै बिस्तार गर्ने रुसको तयारी, अमेरिकाले गरेको थियो पूर्वानुमान

Efrem Lukatsky–AP

काठमाडौं । युक्रेनमा रुसको सैन्य चासो अब देशको पूर्वी क्षेत्रमा मात्र सीमित नरहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताएका छन्। पश्चिमले युक्रेनलाई लामो दुरीमा प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएपछि मस्कोको रणनीति परिवर्तन भएको रुसको एक सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले बताए। अब रुसले आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति युक्रेनी सेनालाई युद्धको मोर्चाबाट टाढा पुर्‍याउनु पर्ने उनको… Continue reading युक्रेनमा युद्ध अझै बिस्तार गर्ने रुसको तयारी, अमेरिकाले गरेको थियो पूर्वानुमान

स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन

स्याङ्जा । जिल्लाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनाललाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनए अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि बुबा उनको… Continue reading स्याङ्जामा पोखरीमा डुबेर बाबुछोरीको निधन

बालेनको घोषणा अनुसार उठ्न सकेन फोहोर, आजबाट घरमै राख्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाकामा फोहर व्यवस्थापनको बिहीबारबाट फेरी रोकिएको छ । महानगरपालिकाका निर्वाचित भएपछि निकै प्राथमिकताका साथ काम गरिरहेका बालेनले फोहोर व्यवस्थापनलाई सहज बनाउन भने सकेका छैनन् । महानगरले १ साउनबाट कुहिने र नकुहिने फोहोर छु्टयाएर राख्न आह्वान गरेको थियो । सो फोहोर नै काठमाडौंका अधिकांश स्थानमा उठेको छैन । अर्कोतर्फ यसअघि फोहर व्यवस्थापन गर्दै… Continue reading बालेनको घोषणा अनुसार उठ्न सकेन फोहोर, आजबाट घरमै राख्नुपर्ने

देशभर वर्षा, बाढी र पहिरोको जोखिम उच्च

काठमाडौं । बिहीबार देशभर वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो क्रम दिनभर जारी रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए… Continue reading देशभर वर्षा, बाढी र पहिरोको जोखिम उच्च

काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता

काभ्रे । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । तेमाल–२ स्थित सुनकोसी नदीमा पौडी खेल्न गएका दुई बालक र रोशी खोलामा एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार बिहान पौडी खेल्न गएका ११ वर्षीय समिर माझी र ८ वर्षीय कान्छो माझी बेपत्ता भएका हुन्… Continue reading काभ्रेमा नदीमा बगेर तीन जना वेपत्ता

परीक्षा हलमा छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने हेटौडा क्याम्पसका दुई कर्मचारी निलम्बन

हेटौडा । परीक्षाका लागि हल छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने दुई कर्मचारी हेटौंडा क्याम्पसबाट निलम्बनमा परेका छन् । बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्रामा दुर्व्‍यवहार गर्ने दुई जना कार्यालय सहयोगीलाई निलम्बन गरेको क्याम्पसले जनाएको छ। ती कार्यालय सहयोगीहरू अबदेखि त्रिवि लगायतका कुनै परीक्षामा पनि सहभागी हुन नपाउने… Continue reading परीक्षा हलमा छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने हेटौडा क्याम्पसका दुई कर्मचारी निलम्बन

भीम रावल रोष्ट्रममा बसिरहेपछि संसद बैठक नै स्थगित

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको भएको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न… Continue reading भीम रावल रोष्ट्रममा बसिरहेपछि संसद बैठक नै स्थगित

नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायके क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ। नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको केही घण्टामै उनलाई क्रिकेट क्यानडाले राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी गराएको हो। पुबुदुले बुधबार पत्रकार सम्मेलन गर्दै… Continue reading नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त

नेटफ्लिक्सले २ महिनामै गुमायो १० लाख ग्राहक, अमेरिकन र युरोपियनले नवीकरण गर्न छाडे

काठमाडौं । ओटीटी डिजिटल प्लेटफर्म नेटफ्लिक्सले दुई महिनामा १० लाख ग्राहक गुमाएको छ । कम्पनीले पछिल्लो दुई महिनामा १० लाख ग्राहक गुमाएको तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीले आउँदा महिनामा पनि उति नै संख्यामा ग्राहक गुम्ने प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । १० वर्षयता पहिलोपल्ट नेटफ्लिक्सले आफ्ना ग्राहक गुमाएको हो । नेटफ्लिक्सको सेवा नवीकरण नगर्ने… Continue reading नेटफ्लिक्सले २ महिनामै गुमायो १० लाख ग्राहक, अमेरिकन र युरोपियनले नवीकरण गर्न छाडे

विदेश भ्रमणमा जाने नेपालीले त्रिभुवन विमानस्थलबाट २ सय अमेरिकी डलर साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा सहज गरेको छ । नेपाल राष्ट्र बैंक बुधबार एकीकृत परिपत्र–२०७८ संशोधन गरी गर्दै विदेशी मुद्रा डलर सटहीमा सहज गरेको हो। नयाँ व्यवस्था अनुसार अब विदेश भ्रमणमा जाने नेपालीले २०० अमेरिकी डलरसम्म मात्र नोट सटही गर्न पाउने भएका छन् । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने मनिचेन्जर… Continue reading विदेश भ्रमणमा जाने नेपालीले त्रिभुवन विमानस्थलबाट २ सय अमेरिकी डलर साट्न पाउने

कुन देशको पासपोर्ट कति बलियो, नेपालको विश्वकै कम शक्तिशाली सूचीमा

काठमाडौं । विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०६ औं स्थानमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूचीको नेपाल तीन स्थान तल झर्दै १०६ औं स्थानमा पुगेको हो । गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो । नेपालीले ३८ मुलुकमा अनअराइभल भिसा पाउँछन्। पहिलो स्थानमा जापानी पासपोर्ट पर्न सफल भएको छ । अर्थात,… Continue reading कुन देशको पासपोर्ट कति बलियो, नेपालको विश्वकै कम शक्तिशाली सूचीमा

थप ३९१ जनामा कोरोना पुष्टी, ४६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५६२ नमूनाको पीसीआरमा ३४० र १४१९ नमूनाको एन्टिजेनमा ५१ जना गरी कूल ३९१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८२ हजार ४५३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading थप ३९१ जनामा कोरोना पुष्टी, ४६ जना संक्रमणमुक्त

शेयर बजारको उकालो यात्रा कायमै, १ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको चौंथो दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ४.८९ अंकले बढेर २०५०.५९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २१५ कम्पनीको १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँ बराबरको ४१ लाख ३३ हजार… Continue reading शेयर बजारको उकालो यात्रा कायमै, १ अर्ब ७३ करोडको कारोबार

प्रधानमन्त्रीमा ‘अलोकप्रिय’ रनिल विक्रमासिंघे बने श्रीलंकाको नयाँ राष्ट्रपति

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उनी विजयी भएका हुन्। तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि भएको मतदानबाट विक्रमासिंघे निर्वाचित भएका हुन् ।देश चरण आर्थिक संकटसँग गुज्रिरहँदा प्रधानमन्त्री महिन्दा राजपाक्षेको राजीनामा पछि उनलाई प्रधानमन्त्री बनाइएको थियो। देशभर आन्दोलन बढ्दै जाँदा राष्ट्रपति गोताबाय राजपाक्षेले पनि… Continue reading प्रधानमन्त्रीमा ‘अलोकप्रिय’ रनिल विक्रमासिंघे बने श्रीलंकाको नयाँ राष्ट्रपति

रुस-युक्रेन युद्धकै बीच पुटिनको इरान भ्रमण किन महत्वपूर्ण छ ?

REUTERS\BBC

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलवार इरानको औपचारिक भ्रमणमा निस्किएका छन् । रुसले गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण थालेको हो । त्यसयता दुई मुलुकबीच युद्ध जारी छ । यो युद्धले विश्वभर आर्थिक संकटका बाछिटा देखिन थालेको हो । युक्रेनमो रुसी सेनाले आक्रमण सुरु गरेयता यो उनको दोस्रो विदेश यात्रा हो। पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह… Continue reading रुस-युक्रेन युद्धकै बीच पुटिनको इरान भ्रमण किन महत्वपूर्ण छ ?

अमेरिकाको दावि : युक्रेनलाई रुसमा गाभ्न चाहन्छन् पुटिन

file

काठमाडौं । रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीति प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ। अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले युक्रेनको भूभाग नियन्त्रणमा लिनका निम्ति आधार तयार पारिसकेको बताए। युक्रेनका कब्जा गरिएका क्षेत्रहरूले रुसमा गाभिने विषयबारे सेप्टेम्बर लगत्तै… Continue reading अमेरिकाको दावि : युक्रेनलाई रुसमा गाभ्न चाहन्छन् पुटिन

चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्ने झोला बाँड्ने, ६ प्रकारका झोलामा छुट्टाछुट्टै फोहोर

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्न विभिन्न ६ प्रकारका झोला नागरिकलाई बाड्ने भएको छ । फोहोरलाई ६ प्रकारमा वर्गीकरण गर्न अनुरोध गर्दै नगरपालिकाले यस्तो जानकारी गराएको हो । मगलबार बसेको नगरकार्यपालिका बैठकले फोहोरमैलालाई ६ प्रकारमा वर्गीकरण गरी ६ वटै झोलामा राख्नुपर्ने निर्णय गरेको हो। यसरी वर्गीकरण गरिएको फोहोर तोकिएका ६ वटा विभिन्न रङका… Continue reading चन्द्रागिरि नगरपालिकाले फोहोर संकलन गर्ने झोला बाँड्ने, ६ प्रकारका झोलामा छुट्टाछुट्टै फोहोर

अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार

काठमाडौं । अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार भएको छ । निर्वाचन आयोगले काठमाडौँसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको बताएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, कास्की, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। अनलाइनबाट फाराम… Continue reading अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार

पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

File

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध बनेको छ । गतराति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध बनेको हो । सडकमाथिबाट आएको पहिराले सडक दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम जारी छ । पृथ्वीराजमार्ग विस्तार गर्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर… Continue reading पहिरोका कारण पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन

Photo courtesy Sri Lanka Brief

कोलम्बो । श्रीलंकामा बुधबार राष्ट्रपति पदको निर्वाचनबाट नयाँ राष्ट्रपतिको चयन हुने भएको छ । निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका छन् । अहिले अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै राष्ट्रपति बन्ने सम्भावना रहेको समाचारहरुमा उल्लेख… Continue reading श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन

बजेट प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा प्रहरीलाई

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको आरोपका सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपाय बारे नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव… Continue reading बजेट प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा प्रहरीलाई

शिक्षामन्त्री पौडेल र काठमाडौंका मेयर बालेनबीच भेट, के भयो कुराकानी ?

rss

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र काठमाडौं महानगपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री पौडेलले बालेनलाई शिक्षण संस्थाको गणस्तर सुधारमा ध्यान दिन आग्रह गरेका छन्। मन्त्री पौडेलले काठमाडौं महानगपालिकाका मेयर शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेका हुन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री… Continue reading शिक्षामन्त्री पौडेल र काठमाडौंका मेयर बालेनबीच भेट, के भयो कुराकानी ?

लोकगायिका दिलमायाको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष

काठमाडौं । मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरी अनुसन्‍धानले देखाएको छ । प्रहरीले अनुसन्धान पुरी गरी मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको छ । प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठको संलग्नता देखिएको बताएको छ । सुनार ११ असारमा… Continue reading लोकगायिका दिलमायाको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष

एमालेबाहेकका कम्यूनिष्ट घटकबीच एकताको प्रयास

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकता गर्ने सम्बन्धमा छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो… Continue reading एमालेबाहेकका कम्यूनिष्ट घटकबीच एकताको प्रयास

नेपालमा थप ३५७ जनामा कोरोना पुष्टी, ६२ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५७ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ गरी ३५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८२ हजार… Continue reading नेपालमा थप ३५७ जनामा कोरोना पुष्टी, ६२ जना संक्रमण मुक्त

पछिल्लो एक साता सेयर बजार उकालो यात्रा कायमै

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । गत सातादेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्लो एक साता सेयर बजार निरन्तर उकालो लागिरहेको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से १६.२० अंकले बढेर २०४५.६३ को विन्दुमा पुगेको छ । यसअघि सोमबार नेप्से परिसूचक १८.०३ अंकले… Continue reading पछिल्लो एक साता सेयर बजार उकालो यात्रा कायमै