यूरोप पठाउने ग्यासमा थप कटौती गर्दै रुस, के पर्छ असर ?

reuters

लण्डन । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्न लागिएको जनाएको छ। मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको उसले बताएको छ। ग्याजप्रोमले नर्ड स्ट्रीम-१ पाइपलाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ। यसको… Continue reading यूरोप पठाउने ग्यासमा थप कटौती गर्दै रुस, के पर्छ असर ?

विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने

काठमाडौं । सरकारले कतारमा सञ्चालन हुने विश्वकप फुटबल प्रतियोगितालाई लक्षित गरी मौसमी श्रमिक लैजान अनुमति प्रदान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता सञ्१चालन हुँदैछ… Continue reading विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने

नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

काठमाडौं । सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको छ । कानूनी रुपमा यस अघि नै प्रतिवन्ध लागेको भएपनि प्रयोगमा भने निषेध गरिएको थिएन । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि सरकार भदौ १ देखि फेरि कडाइ गर्ने भएको छ । कोरोना महामारीमा कानून कार्यानन्वयन फितलो बनेको थियो ।… Continue reading नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर किच्दा ३ जनाको मृत्‍यु भएपछि सडक छेउका २१ वटा रुख काटेर पन्छाइएको छ । जिल्ला प्रहरी कार्यायालय भक्तपुरका अनुसार डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले सल्लाघारी सडक क्षेत्रका रुख काटेका हुन् । सोमबार मात्र डिभिजन वन कार्यालय भक्तपुरले बिहानै ४ बजेदेखि २१ वटा रुख काटेर पन्छाएको हो । आइतबार सल्लाको… Continue reading सल्लाघारीमा सडक किनारका २१ वटा रुख काटियो

म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ ।चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न… Continue reading म्याग्दीको गुर्जामा जुवातास र धूम्रपान, मदिरा निषेध

एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष

काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनी केही महिना अगाडीमात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । केसीसहित अरुणकुमार प्रधान,… Continue reading एमाले छाडेर कांग्रेस बनेका भुवन केसी बने चलचित्र विकास बोर्डको अध्यक्ष

कल सेन्टरमा प्रहरीको सर्च अपरेसन जारी, तिनकुनेबाट भारतीय र चिनियाँसहित ३६ जना पक्राउ

काठमाडौं । प्रहरीले कल सेन्टरबाट हुने ठगी धन्दामाथि अपरेसन तिब्र पारेको छ । सो क्रममा आइतबार तिलोत्तमाबाट डेढ सय जनालाई पक्राउ गरेको प्रहरीले सोमबार काठमाडौंको कल सेन्टरबाट ३६ जना व्यक्तिलाई पक्राउ गरेको छ। स्काई वर्ल्ड सर्भिस सेन्टरबाट एक चिनियाँ, दुई भारतीय र ३३ नेपालीसहित ३६ जना व्यक्तिहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक… Continue reading कल सेन्टरमा प्रहरीको सर्च अपरेसन जारी, तिनकुनेबाट भारतीय र चिनियाँसहित ३६ जना पक्राउ

इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका ५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका(७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका थिए । खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल र… Continue reading इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु

साफ यू-२० च्याम्पियनसिप : माल्दिभ्समाथि नेपालको सानदार जित

काठमाडौं । साफ यु २० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरको जित निकाल्दै आफ्नो बलियो उपस्थिति पेश गरेको हो । भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु… Continue reading साफ यू-२० च्याम्पियनसिप : माल्दिभ्समाथि नेपालको सानदार जित

अर्थ मन्त्रालयको सीसीटिभी फुटेज रिकभरसम्बन्धी रिर्पोट प्रहरीले समितिमा बुझायो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट संसदीय विशेष समितिलाई बुझाएको छ । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज मगाएर अध्ययन गरेको थियो । अध्ययनका क्रममा जेठ १४ गते रातिको… Continue reading अर्थ मन्त्रालयको सीसीटिभी फुटेज रिकभरसम्बन्धी रिर्पोट प्रहरीले समितिमा बुझायो

नेपालमा थप ५६८ जनामा कोरोना पुष्टी, ९५ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०८४ नमूनाको पीसीआरमा ४३५ र १७१६ नमूनाको एन्टिजेनमा ११५ जना गरी कूल ५६८ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८४ हजार ७५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ५६८ जनामा कोरोना पुष्टी, ९५ जना संक्रमण मुक्त

इन्धन आयातमै बाहिरियो सवा ३ खर्ब, डिजेल मात्रै १ खर्ब ६८ अर्बको

काठमाडौं । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु ३ खर्ब २० अर्ब ३२ करोड… Continue reading इन्धन आयातमै बाहिरियो सवा ३ खर्ब, डिजेल मात्रै १ खर्ब ६८ अर्बको

उच्च अंकले बढ्यो नेप्से, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन पनि शेयर बजार उच्च अंकले बढेको हो । मौद्रिक नीतिले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएका छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय… Continue reading उच्च अंकले बढ्यो नेप्से, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

भारतीय राष्ट्रपति मुर्मूको सपथग्रहण आज, यस्तो छ कार्यक्रम

नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गर्दैछिन् । उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला हुन् । भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे राखेको छ । शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने छ । त्यसपछि उनले राष्ट्रका नाममा… Continue reading भारतीय राष्ट्रपति मुर्मूको सपथग्रहण आज, यस्तो छ कार्यक्रम

पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

पाल्पा । पाल्पाको लघुवामा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जना र घाइते सबैको पहिचान भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागि आइरहेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर… Continue reading पाल्पा दुर्घटनामा मृतक र घाइते सबैको पहिचान

श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरी घरको तीन तलामाथिबाट हाम फाल्दा श्रीमान्‌को पनि ज्यान गएको छ । गम्भीर घाइते भएका श्रीमान्‌–श्रीमती दुवै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिकन १० रमाइलो चोकमा आइतबार राति साढे १० बजेतिर ४३ वर्षीय कृष्ण आचार्यले ३५… Continue reading श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

कांग्रेस निकट पत्रकारको संस्था प्रेस यूनियनमा देउवा पक्ष पराजित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था, नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्। उनी कांग्रेसमा संस्थापनइत्तर पक्षका उम्मेदवार हुन् । लम्सालले ७४५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत ल्याइन्। अध्यक्षका अर्का उम्मेदवार भुवन भट्टले मात्र १२ मत पाए । अनिता सभापति शेरबहादुर देउवा पक्षकी हुन्। हेटौंडामा साउन ६ र… Continue reading कांग्रेस निकट पत्रकारको संस्था प्रेस यूनियनमा देउवा पक्ष पराजित

सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्मै धक्का

काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित काठमाडौं र अन्य छिमेकी जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ ।

अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको निधन भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि… Continue reading अछाममा पहिरोमा घर पुरियो, ३ जनाको मृत्यु

ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ

Photo : Gorakhapatra

बुटवल । रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरका सञ्चालकसहित १५० जना युवा-युवती पक्राउ परेका छन् । प्रहरीले आइतबार ब्लु स्काई जनेस सोलुसन प्रालि नामक कल सेन्टरका नौ जना सञ्चालकलाई पक्राउ गरेको हो। सर्वसाधारणलाई ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालक पक्राउ गर्दै त्यहाँ कार्यरत १५० जना युवा युवतीलाई कार्यालयमै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय… Continue reading ठगीको आरोपमा कल सेन्टरमा प्रहरीको छापा, १५० युवा-युवती पक्राउ

कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकले ‘कारागार विधेयक, २०७८’ पारित गरेको छ। प्रतिनिधि सभा दुई पटक विघटन भएपछि सो विधेयकसमेत प्रभावित भएको थियो। विधेयकमा राखिएको बन्दीलाई प्रजनन अधिकारसहितको व्यवस्थालाई सांसदहरुले क्रान्तिकारी कदमको सङ्ज्ञा दिएका छन्। उनीहरुले विधेयक पारित भएसँगै शीघ्रातिशीघ्र नियमावली बनाएर कार्यान्वयनमा लैजानसमेत माग गरेका छन्। बन्दीलाई प्रजनन अधिकार नयाँ विधेयकले बन्दीको प्रजनन अधिकारको… Continue reading कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?

पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा छजना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको प्रहरीले जनाएको छ । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट… Continue reading पाल्पाको लघुवामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

बजेट निर्माण प्रकरण छानबिन समितिले माग्यो सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ । अर्थ मन्त्रालयसँग माग्दा जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि समितिले सिंहदरबार प्रवेशद्वारकै भिडियो हेर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश… Continue reading बजेट निर्माण प्रकरण छानबिन समितिले माग्यो सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज

नेपालमा थप ३४७ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३६० नमूनाको पीसीआरमा ३०३ र १५२८ नमूनाको एन्टिजेनमा ४४ जना गरी कूल ३४७ जनामा संक्रमण पुष्टी भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८३ हजार ६२२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ३४७ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

बजारमैत्री मौद्रिक नीतिले शेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन नै शेयर बजार उच्च अंकले बढेको हो । मौद्रिक नीतिले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएका छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय… Continue reading बजारमैत्री मौद्रिक नीतिले शेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको पर्यटन विकांसका लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन प्रवर्द्धनलाई अभियानको रूपमा अघि बढाउनुपर्ने बताए… Continue reading सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

भक्तपुरमा रुख ढलेर बस र स्कुटी च्याप्दा तीनजनाको मृत्यु, १२ घाइते

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किचेको छ । सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रहरीले जनाएको छ । लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो। बा ६१ प ३९७८… Continue reading भक्तपुरमा रुख ढलेर बस र स्कुटी च्याप्दा तीनजनाको मृत्यु, १२ घाइते

नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?

rss

काठमाडौं । नेपालमा पनि अब गुड्ने मिनी अस्पतालको अवधारणा भित्रिएको छ । सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स मात्र चल्दै आएको नेपालमा अब सुविधा सम्पन्न गाडीमा उपचार र डाक्टरको सुविधा उपलब्ध हुने छ । यस्ता गाडीमा अस्पतालमा प्राप्त हुने महत्त्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज… Continue reading नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?

कैदी बन्दीलाई प्रजनन अधिकार दिने तयारी, विधेयक पारित हुँदै

काठमाडौं । नेपालमा अब कैदि बन्दीको प्रजनन अधिकार सुनिश्चित हुने भएको छ । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची छ। प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाडले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत… Continue reading कैदी बन्दीलाई प्रजनन अधिकार दिने तयारी, विधेयक पारित हुँदै

देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना भने छैन । महाशाखाका… Continue reading देशका विभिन्न स्थानमा वर्षा जारी, यस्तो छ मौसम पूर्वानुमान