Category: फिचर

  • प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीले पठाए लिखित बधाई सन्देश

    प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ समकक्षीले पठाए लिखित बधाई सन्देश

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनको पूर्ण साथ रहने बताएका छन् । प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका हुन् ।
    लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाइ पत्र पठाएका थिए । दूतावासले प्रधानमन्त्रीलाई उक्त पत्र शुक्रबार हस्तान्तरण गरेको हो ।

    पत्रमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् । ‘तपाईं नेतृत्वको सरकारले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण कदम चाल्ने छ भन्ने आशा छ ।

    नेपालको स्थायीत्व, विकास र समृद्धिको लागि चीन सँधै साथमा रहने छ,’ बधाई सन्देशमा भनिएको छ, ‘तपाईंको यो कार्यकाल सफल हुनेमा चीन विश्वस्त छ । साथै, पूर्ण सहयोग हुने कुरामा पनि विश्वस्त तुल्याउन चाहन्छ।’ दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको भन्दै बधाई सन्देशमा यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ । यसअघि चिनियाँ दूतावासले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन र चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएका थिए ।

  • रविको एक्सन: निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न पुनः समिति गठन

    रविको एक्सन: निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न पुनः समिति गठन

    काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न नयाँ समिति बनेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको सञ्चारमाध्यमले जनाएका छन् । गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

    गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् । १० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो ।

    कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो । प्रहरीले घटनाको २५ दिनपछि मुख्य आरोपीका रुपमा स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानिसक रोगी भएको दाबीसहित घटनामा संलग्न हुन नसक्ने बताउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु पनि भयो ।

  • म्यानमारको सैनिक सरकारप्रति बफादार अदालतद्धारा सुकी फेरि दोषी ठहर, ३३ वर्षको सजाय

    म्यानमारको सैनिक सरकारप्रति बफादार अदालतद्धारा सुकी फेरि दोषी ठहर, ३३ वर्षको सजाय

    एजेन्सी । म्यानमारको सैनिक सरकारप्रति बफादार एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भष्ट्राचारको अभियोगमा दोषी ठहर गरेको छ । दोषी ठहर गर्दै उनलाई थप सात वर्षको जेल सजाय सुनाएको छ ।

    यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी सुकीलाई सबै गरी ३३ वर्षको जेल सजाय तोकिएको छ।

    ७७ वर्षीया सुकीलाई गैरकानुनी रूपमा वाकी–टकीहरू आयात र राख्ने, कोरोनाभाइरस प्रतिबन्धहरू उल्लंघन गर्ने, देशको आधिकारिक गोप्य ऐन उल्लंघन, देशद्रोह र चुनावी जालसाजीलगायत अन्य थुप्रै अपराधहरूमा पनि दोषी ठहर गरिएको थियो ।

    सन् २०२१ को फेबु्रअरीमा भएको ‘कू’ पछि ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई हिरासतमा राख्दै आएको छ।

    यसले म्यानमारको छोटो लोकतान्त्रिक प्रयोगको अन्त्य गरेको भन्दै म्यानमारमा अहिले पनि व्यापक विरोध प्रदर्शन भइरहेको छ।

  • ‘नियमसम्मत काममा हस्तक्षेप हुँदैन, सरुवा-बढुवाका लागि नेताको दैलोमा गए कारबाही गर्छु’

    ‘नियमसम्मत काममा हस्तक्षेप हुँदैन, सरुवा-बढुवाका लागि नेताको दैलोमा गए कारबाही गर्छु’

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीले गर्ने नियमसम्मत काममा कुनै हस्तक्षेप नगर्ने बताएका छन्।

    प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताएका हुन् ।

    लामिछानेले मन्त्रालय र आफ्नो तर्फबाट नियम, कानुन र विधिसम्मत रूपमा प्रहरीले गर्ने काममा कुनै हस्तक्षेप नगर्ने बताए ।

    उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’

    उनले प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने भन्दै सरुवा–बढुवाका लागि कुनै मन्त्री वा नेताको दैलोमा नधाउन प्रहरी अधिकारीहरूलाई आग्रह गरे।

    प्रहरीको तलब, रासन, भत्तालगायत अन्य सेवा सुविधामा पुनरवलोकन गर्न आफू तयार रहेको गृहमन्त्री लामिछानेको भनाइ छ।

    उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्छु ।’

  • एमडीएमएस प्रणाली अनिश्चितकालको लागि स्थगित

    एमडीएमएस प्रणाली अनिश्चितकालको लागि स्थगित

    काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली अनिश्चितकालको लागि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि एमडीएमएस प्रणाली अनिश्चित कालको लागि स्थगित भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।

    ‘तत्काल यो सेवा पूर्ण रूपमा सुरू नगर्न निर्देशन दिनुभएको छ। यसलाई थप व्यवस्थापन गरेर मात्रै अघि बढाउनू भन्नुभएको छ,’ उनले भने, ‘प्राधिकरणको यो निर्णयलाई कार्यान्वयन गर्न भन्सार विभागको पनि प्रत्यक्ष संलग्नता हुन्छ। त्यता पनि समन्वय गर्नुपर्ने संकेत गर्नुभएको छ।’

    भन्सार विभाग र प्राधिकरणको समन्वयनको आवश्यकता भएको प्रधानमन्त्रीको भनाइ रहेको उनले बताए।

    यसअघि प्राधिकरणले हिजोसम्म परीक्षणका रुपमा र आजदेखि पूर्णरुपमा एमडीएमएस लागु गर्ने तयारी गरेको थियो । भन्सार छलेर ल्याइएका मोबाइल फोन ब्लक गर्ने उद्देश्यले यो प्रणाली लागु गर्ने निर्णय गरिएको थियो ।

    अहिले विदेशबाट ल्याएका फोनहरु समेत दर्ता गर्नुपर्ने र पर्यटकको हकमा अन्योलताको बिषयलाई लिएर यसको विवाद भएसँगै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएको देखिन्छ ।

    प्रधानमन्त्रीको निर्देशनपछि अब, कहिले एमडीएमएस लागु हुन्छ भन्ने निश्चित मिति तय भएको छैन्

  • विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न प्रचण्डको निर्देशन

    विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न प्रचण्डको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न निर्देशन दिएका छन् ।

    सरकारले कडाइ गरेको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ अभियान चलाएपछि अर्थमन्त्रीलाई प्रचण्डले उक्त निर्देशन दिएका हुन् ।

    भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाई गर्ने बताएको थियो। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्ने बताएको थियो।

    नेपाल दूरसञ्चार प्राधिकरणले ‘एमडीएमएस’ प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु आजबाट नेपालमा नचल्ने व्यवस्था गरेको थियो ।

  • प्रधानमन्त्रीले भेटे अमेरिकी राजदूत

    प्रधानमन्त्रीले भेटे अमेरिकी राजदूत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ।

    सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त भएकोमा दाहाललाई बधाई दिएका छन् । द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  • तराईमा हुस्सुका कारण जनजिवन प्रभावित

    तराईमा हुस्सुका कारण जनजिवन प्रभावित

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले तराईमा हुस्सु लाग्नुका साथै उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान काठमाडौंको आकाश पनि धुम्म छ। चिसो बढेको छ। दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    यस्तै आज राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • आज तमु ल्होसार, सार्वजनिक बिदा

    आज तमु ल्होसार, सार्वजनिक बिदा

    काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदै छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार साँस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा भेला भएर यो पर्व मनाउँदैछन् ।

    पर्वको अवसरमा कार्यक्रममा आज टुँडिखेलमा साँस्कृतिक कार्यक्रमका साथै गुरुङ समुदायका परिकाको समेत प्रदर्शनी गरिंदै छ । तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले देश विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना दिएका छन् ।

  • भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

    भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

    नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

    प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् । उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘ । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’

  • एमडिएमएस दर्ता नभएका मोवाइल दर्ता नभएका मोबाइल आजबाट नचल्ने

    एमडिएमएस दर्ता नभएका मोवाइल दर्ता नभएका मोबाइल आजबाट नचल्ने

    काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेट आजदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याइएको हो । अब भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु चल्ने छैनन् ।

    मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरिएको छ । विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू अब नचल्ने प्राधिकरणले जनाएको छ ।

    नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेभित्र दर्ता गर्न प्राधिकरणले यसअघि सूचना जारी गरेर आह्वान गरेको थियो । अब भने दर्ता नगरिने र त्यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ । विदेशबाट फर्किंदा साथीभाइ वा आफन्तका लागि उपहार स्वरुप कसैले आफूले प्रयोग गरिरहेको वा गर्न तयार राखेको एउटाबाहेक अर्को मोबाइल ल्याउँदै छ भने आजदेखि भन्सार तिरेर मात्रै विमानस्थल भन्सार जाँचपास गर्नुपर्छ ।

    दुईभन्दा बढी मोबाइल सेट ल्याउन खोजे जफत नै हुन्छ । कसैगरी छलेर मोबाइल भित्राइयो भने पनि मोबाइल सेटमा सिम हालेको १५ दिनपछि त्यसबाट फोन–म्यासेज केही गर्न मिल्दैन । मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने एमडीएमएस प्रणालीले औपचारिक रूपमा दर्ता भएका र नभएका मोबाइललाई छुट्याउन सघाउँछ । करिब ४० प्रतिशत मोबाइल गैरकानुनी रूपबाट भित्रिएर प्रयोग भइरहेको र त्यसले सरकार, व्यवसायी र उपभोक्ता सबैलाई हानी भइरहेको तर्क गरेर यो प्रणाली स्थापना भएको हो ।


    नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल यो प्रणाली नेपालको मोबाइल बजारलाई पूर्ण वैधानिक बनाउन सहयोगी हुने बताउँछन् । एमडीएमएस नेपालको मोबाइल सेवामा जोडिएका फोनहरूको आधिकारिक तथ्यांक राख्ने प्रणाली हो । मोबाइल फोनको आयातको आधिकारिकता जाँच्न सक्ने गरी स्थापित प्रणाली भएकाले यसबाट भन्सार छलेर नेपालमा मोबाइल भित्रिन नदिने मुख्य उद्देश्य राखिएको छ ।

    नेपाली बजारमा आउने फोन सबै वैधानिक माध्यमबाट आएका हुँदैनन् । वैधानिक रूपमा फोन आयात गर्नेहरूले फोनको आईएमईआई नम्बर ९१५ अंकको युनिक नम्बर, जो मोबाइलमा ‘स्टार ह्यास (६ ह्यास’ डायल गर्दा देखिन्छ) दूरसञ्चार प्राधिकरणलाई आयात गर्नुअघि नै बुझाइसकेका हुन्छन् । ती नम्बरहरू प्राधिकरणका सबै रेकर्डमा हुन्छन् ।

    तर, बजारमा अवैध बाटोबाट पनि फोन आयात हुन्छ । भारतीय बजारबाटै पनि सीमावारी ल्याएर फोन बेच्ने गरिएको छ । यस्ता चोरीको बाटोबाट आउने फोनको रेकर्ड प्राधिकरणमा हुँदैन । यसैकारण वैधानिक बाटोबाट आएका फोन पहिचान गर्न र अवैध बाटोबाट आएका फोन नेपालमा चल्न नदिन यो प्रणाली बनाइएको हो । यसअनुसार आईएमईआई दर्ता नभएका फोन कालोसूचीमा पर्नेछन् र तोकिएको दिनभित्र दर्ता नगरिए मोबाइल सेवा दिन नसक्ने गरी ‘ब्लक’ हुनेछन् ।

  • महान फुटबलर पेलेको निधन

    महान फुटबलर पेलेको निधन

    काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।
    २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन् । १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए ।

    उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानितसमेत भएका थिए । पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए । उनले १९५८ मा ब्राजिललाई वर्ल्डकपको उपाधि दिलाउन अहम् भूमिका निर्वाह गरेका थिए । क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निर्णायक गोल उनैले गरेका थिए ।

    सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनविरुद्ध उनले दुई गोल जितेर विश्वकपको उपाधि दिलाए । उनले फुटबल खेल्न भने १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट सुरु गरेका थिए । डेब्यू खेलमा उनले पहिलो गोल गरेका थिए । त्यसपछि १९ वर्षसम्म उनले त्यसै क्लबबाट खेले र कूल ६४३ गोल गरे । यद्यपि सेन्टोस क्लबले भने क्लबका लागि पेलेले एक हजार भन्दा बढी गोल गरेको दाबी गर्दछ ।

    यसमा मैत्रीपूर्ण खेलको गोल पनि समावेश छ । उनको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ । कतार वर्ल्ड कपको विजेता अर्जेन्टिनी फुटबलर मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।

  • भारतमा उत्पादित खोकीको औषधी खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु

    भारतमा उत्पादित खोकीको औषधी खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु

    काठमाडौं । भारतमा उत्पादिन खोकीको झोल औषधि खाँदा उज्बेकिस्तानमा १८ बालबालिकाको ज्यान गएको छ । उज्बेकिस्तानको सो दाविसँगै भारतले अनुसन्धान थालेको बताएको छ । नोएडाको मेरियन बायोटेकले बनाएको कफ सिरपसँग जोडिएको दाबीबारे भारत सरकारले अनुसन्धान सुरु गरेको बीबीसी हिन्दीले लेखेको छ । केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठनले जारी गरेको विज्ञप्तिमा यूपी ड्रग्स लाइसेन्सिङ प्राधिकरणले औषधि उत्पादन केन्द्रमा अनुसन्धान गरिरहेको उल्लेख गरेको छ ।

    खोकी सिरपको नमुना लिइएको र चण्डीगढको क्षेत्रीय औषधि परीक्षण प्रयोगशालामा पठाइएको पनि सङ्गठनले जनाएको छ । तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने यो विषयमा उज्बेकिस्तानले आधिकारिक जानकारी नगराएको बताए । उनले अनुसन्धानसँग सम्बन्धित जानकारी लिन कोसिस गरिरहेको पनि बताए ।

    उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले भारतको डोक–१ म्याक्स सिरपलाई १८ जना बालबालिकाको मृत्युको मुख्य कारण भएको जनाएको छ । यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ ।

    यस्तै यी बालबालिकाले डाक्टरको प्रेसक्रिप्सन एवम् सल्लाहविना नै अधिक मात्रामा औषधि खाएका पनि उज्बेकिस्तानले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बालबालिकाको ज्यान गएको घटनाको छानबिन र अनुसन्धानका लागि उज्बेकिस्तानलाई सहयोग गर्ने जनाएको छ । यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।

  • मापदण्ड विपरित खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

    मापदण्ड विपरित खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

    काठमाडौं । मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका एक सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । मङ्गलवार गृह मन्त्रालयले मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो । धवार र बिहीबार कुल एक सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयले जनाएको छ । जसमा एक सय तीन जना नेपाल प्रहरी र ९१ जना सशस्त्र प्रहरी रहेका छन् ।

    नेपाल प्रहरी केन्द्रीय मुख्यालय नक्सालमा र सशस्त्र प्रहरी आफ्नो मुख्यालय हलचोकमा हाजिर भएका छन् । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको थियो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गरी कार्यविधि मिचेर सुविधा दुरुपयोग भइरहेको छ ।

  • प्रभु साहले खोले नयाँ पार्टी

    प्रभु साहले खोले नयाँ पार्टी

    काठमाडौं । रौतहट क्षेत्र नं ३ बाट निर्वाचित सांसद प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्। साहले आज पत्रकार सम्मेलन गरी पार्टी गठनको घोषणा गरेका हुन्। साहकै अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटी समेत गठन भएको छ। साहलाई रौतहट क्षेत्र नं २ बाट स्वतन्त्र रूपमा निर्वाचित किरण साहले साथ दिएका छन्। उनी संसदीय विभाग प्रमुख बनेका छन्। त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी कुन्दन कुशहवाले लिएका छन् भने चन्द्रभूषण साह प्रचारप्रसार विभाग प्रमुख बनेका छन्। नेकपा एमालेबाट कारबाहीमा परेका पूर्व सांसद बद्री न्यौपाने विदेश विभाग प्रमुख बनेका छन्।

    आम जनता पार्टी गठन गरेका प्रभु साहले एमालेको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। यसपटक समेत गरी रौतहट क्षेत्र नं ३ बाट उनी चार पटक विजयी भइसकेका छन्। एमाले छोड्नुअघि उनी पार्टीको स्थायी कमिटी सदस्य थिए। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भंग गरिदिएपछि साहले एमाले रोजेका हुन्। उनले तीन वटा निर्वाचन नेकपा माओवादीको तर्फबाट जितेका हुन्। साह पटक पटक मन्त्री समेत भइसकेका छन्।

  • बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहको सहयोग

    बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहको सहयोग

    काठमाडौं । काठमाडौं महानगरले थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागे‍को छ।

    बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेका हुन् ।

    सो बस्ती हटाएर सौन्दर्यीकरणको काम तत्काल सुरू गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेको हो।

    ‘थापाथलीस्थित वाग्मती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक–पटक प्रयास भएको व्यहोरा विदितै छ ।

    यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ,’ उक्त पत्रमा उल्लेख छ ।

  • पूजाआजा गरेर सरकारी निवास पुल्चोकमा सरे गृहमन्त्री रवि लामिछाने

    पूजाआजा गरेर सरकारी निवास पुल्चोकमा सरे गृहमन्त्री रवि लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् ।

    लामिछानेले बिहीवार पूजाआजा गरेर मन्त्री निवास (क्वाटर) प्रवेश गरेका हुन् । उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको थियो ।

  • सुरक्षा निकायका पदाधिकारीलाई राजनीतिक पार्टीका नेताहरू भेट्न रोक

    सुरक्षा निकायका पदाधिकारीलाई राजनीतिक पार्टीका नेताहरू भेट्न रोक

    काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाई राजनीतिक पार्टीका नेताहरूलाई भेट्न रोक लगाएको छ । गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बिहीवार एक विज्ञप्ति जारी गर्दै अबदेखि राजनीतिक पार्टीका नेताहरूलाई भेट्नु परे स्वीकृति लिनुपर्ने जनाएका छन् ।

    कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्देशनविपरीत कसैले पूर्वस्वीकृतिबिना नै भेटघाट गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि उनले बताएका छन्।

  • सत्ता गठबन्धनको संयोजकमा ओली, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने

    सत्ता गठबन्धनको संयोजकमा ओली, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता साझेदार दलको संयोजकमा चयन भएका छन् ।

    बिहीवार बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजकमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिए ।

    ‘सरकारको उद्देश्य प्राप्तिका लागि न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ । यसका लागि हामीले संयोजक तोकेका हौँ,’ लामिछाने भने ।

    उनका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डलगायत विषयमा छलफल भएको थियो । तर, त्यसबारेमा कुनै निर्णय नभएको उनले बताए ।

    बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले न्यूनतम साझा कार्यक्रम आएपछि आफूहरू सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय लिने बताएका थिए ।

    १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ । जसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

  • ट्वीटरले ‘लक’ गर्‍यो प्रधानमन्त्री ‘प्रचण्ड’को आधिकारिक ट्वीटर अकाउन्ट

    ट्वीटरले ‘लक’ गर्‍यो प्रधानमन्त्री ‘प्रचण्ड’को आधिकारिक ट्वीटर अकाउन्ट

    काठमाडौं । ट्वीटरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्वीटर अकाउन्ट ‘लक’ गरेको छ । प्रधानमन्त्री भएलगत्तै उनको आधिकारिक अकाउन्ट लक भएको हो ।

    कांग्रेसका सभापति शेर बहादुर देउवापछि प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रचण्डकै फोटो अपडेट गरिएको थियो । प्रधानमन्त्री भएलगत्तै उनको आधिकारिक अकाउन्ट ‘लक’ गर्नु अर्थपूर्ण देखिन्छ ।

    लक भएको अकाउन्टबाट राखेरका सूचना तथा सन्देशहरु अरुले हेर्न तथा कमेन्ट गर्न सक्दैनन् ।

    प्रचण्डको सचिवालयले भने के खासै ठूला समस्या नभएकोले एकाउन्ट लक गरिएको बुझ्ने काम भइरहेको बताएको छ । अ चानक केही परिवर्तन गर्दा लक हुनसक्छ, यसलाई सामान्य लिनुपर्ने सचिवालयको भनाइ छ । अचानक कभर, फोटो परिर्वतन भएर नै लक भएको हुन सक्ने आशंक गरिएको छ ।

  • चीनमा सडकमा एक साथ ठोक्किए २ सय गाडी

    चीनमा सडकमा एक साथ ठोक्किए २ सय गाडी

    काठमाडौं\एजेन्सी । चीनमा सडकमा एक साथ दुई सय गाडी ठोक्किएर दुर्घटनामा परेका छन् । घटनामा एक जनाको ज्यान गएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार घटना हेनान प्रान्तमा भएको हो । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो ।

    दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ । एक भिडियोमा एक व्यक्तिले दुर्घटनास्थलको दृष्य निकै डरलाग्दो भएको प्रतिक्रिया दिएका छन् । दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको थियो ।

    कमजोर दृष्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ । चिनियाँ समाचार च्यानल सीसीटीभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनास्थलबाट गाडीहरु पन्छाएर यातायात सन्चालन गर्न उद्धारकर्ताहरु सक्रिय भएको समाचारमा जनाइएको छ ।

  • अमेरिकामा घातक हिमपात : दैनिक हजारौं हवाई उडान रद्द

    अमेरिकामा घातक हिमपात : दैनिक हजारौं हवाई उडान रद्द

    न्यूयोर्क । न्यूयोर्कको बफेलो सहरमा घातक हिमआँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ। मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको छ। उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ मानिसहरू बिजुलीबिना नै बस्न बाध्य छन्। बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी ल्याइँदै गरेको सरकारी अधिकारीले जनाएका छन्।

    आपत्‌कालीन अवस्थामा सहरमा विभिन्न भागमा लुटपाट भएका विवरण आएका छन्। हिम आँधीका कारण हजारौँ उडानहरू रद्द भएका छन्। मङ्गलवार बिहान मात्रै करिब ४८ सय उडानहरू रद्द गरिएका थिए। देशैभरका विमानस्थलहरूमा हजारौँ यात्रुहरू अड्किएका छन्। मङ्गलवार थोरै मात्रै हिमपात भएको र मौसम थोरै न्यानो भएका कारण अवस्थामा सुधार आउने ठानिएको छ।

    मङ्गलवारको पत्रकार सम्मेलनमा बफेलो सहरसमेत पर्ने न्यूयोर्कको इरी काउन्टीका अधिकारीहरूले खोजी र उद्धार कार्य जारी रहँदा मृत्यु हुनेको सङ्ख्या बढ्ने ठानिएको बताएका थिए। बफेलो सहरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको पुष्टि भएको हो। ूसबै सङ्ख्या समेटिएको छैन,ू बफेलो सहरका मेयर बाइरोन ब्राउनले भने। ‘हामीलाई थाहा छ इरी काउन्टीमा ज्यान गुमाउनेको सङ्ख्या धेरै छ।’

    आँधीपछि चार हजारभन्दा बढी मानिसहरू उक्त क्षेत्रमा बिजुली बिना नै बसेको ब्राउनले बताए। उनका अनुसार “सम्भवतस्” धेरैजसो बासिन्दाहरूले देखेको आफ्नो जीवनकालकै मौसमको यो सबभन्दा खराब अवस्था हो। आँधी उत्कर्षमा रहेका बेला करिब २० हजार मानिस बिजुली बिना बसेका थिए। हिमपात कम भएसँगै अधिकारीहरूले गाडीहरू हटाउन र बिजुली पुनः सञ्चालन गर्न सक्दा सहरको अवस्थामा सुधार भएको ब्राउनले बताए। तर उक्त क्षेत्रमा तापक्रम बढ्दा त्यसले हिउँ पग्लिएर बाढीजस्ता थप समस्याहरू आउनसक्ने भन्दै अधिकारीहरूले चेतावनी दिएका छन्।

    बफेलो सहरका प्रहरी आयुक्त जोसेफ ग्राग्मलियाले लुटपाट “अझै जारी रहेको” बताए। अहिलेसम्म चार जना पक्राउ परिसकेका छन्। ‘यिनीहरू खाना, औषधि र डाइपर चोर्नेहरू होइनन्, उनले भने। उनीहरूले पसलहरूमा क्षति पुर्‍याएका छन्। टिभी, सोफा र जे हातमा पर्छ त्यही चोरिरहेका छन्। तिनीहरू अवसरवादी हुन्।’

    सोमवार अमेरिकी राष्ट्रपति जो बाइडनले न्यूयोर्क राज्यमा सङ्घीय सहयोग दिने एउटा आपत्‌कालीन घोषणा अनुमोदन गरेका छन्। यो बिदा मनाउने सप्ताहान्तमा आफ्ना प्रियजन गुमाउनेप्रति मेरो सहानुभूति छ, उनले ट्विट गरे। छिमेकी न्यूजर्सी राज्यले पनि न्यूयोर्क राज्यमा आपत्‌कालीन सेवा पठाएर थप सहायता प्रदान गरेको छ। न्यूयोर्कका अधिकारीहरूले आपत्कालीन सेवामा खटिनेहरू जीवित कोही भेटिन्छ कि भनेर कारहरूमा खोज्दै हिँडेको र बेलाबेला कारभित्रै शवहरू भेटिएको बताएका छन्।

    अधिकारीहरूले हिउँ हटाउँदा केही मानिसको हृदयाघात भएर ज्यान गएको बताएका छन्। सावेलले हिउँ हटाउँदा अत्यधिक खटाइ हुने हुँदा ढाड दुख्ने र हृदयाघात हुनसक्ने भन्दै बफेलो सहरमा मानिसहरूलाई सूचित समेत गरिएको छ। क्रिसमसको समयमा हिउँका कारण अलपत्र परेका आफ्ना भोगाइहरू मानिसहरूले सुनाएका छन्। आफूहरूले निरीह महसुस गरेको र हिउँमा फसेको अहिलेको घटना जीवनमा कहिल्यै बिर्सन नसक्ने उनीहरूले बताएका छन्।

    न्यूयोर्कमा मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै हुँदा आँधीसँगै सम्बन्धित घटनाका कारण अमेरिकाका अन्य राज्यहरू ओहायो, मिजोरी, विस्कन्सिन, क्यान्सस र कोलोराडोमा पनि मानिसहरूको ज्यान गएको छ। सप्ताहान्तमा करिब २ लाख ५० हजार घर र व्यवसायमा बिजुली आपूर्ति नभएको र बिस्तारै आउने क्रम रहेको छ। अझै पनि दशौँ हजार मानिसहरू बिजुली बिना नै बस्न बाध्य छन्। छिमेकी देश क्यानडामा पनि ओन्टारियो, कुबेक र ब्रिटिश कोलम्बिया राज्यमा आँधीको असर परेको छ। बीबीसी

  • आन्द्र प्रदेशमा दंगा, कम्तिमा ७ जनाको मृत्यु

    आन्द्र प्रदेशमा दंगा, कम्तिमा ७ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रमा भागदौड मच्चिंदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । तेलुगु देशम पार्टी (टिडिपी)को कार्यक्रममा बुधबार बेलुका भागदौड मच्चिएको हो । उक्त र्‍याली पार्टीका प्रमुख एवम् आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले आयोजना गरेका थिए ।

    नायडुले रोड शो गर्ने बेला उनको गाडी वरिपरी हजारौंको भिड जम्मा भएको थियो । त्यही बेला भागदौड मच्चिंदा सात जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । केही मानिसहरु घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । तेलुगु देशम पार्टीले घटनामा मृत्यु भएकाका परिवारलाई १० लाख रुपैयाँको दरले राहत प्रदान गर्ने घोषणा गरेको छ ।

  • अमेरिकाले चीनबाट आउने यात्रुलाई गर्यो कडाई

    अमेरिकाले चीनबाट आउने यात्रुलाई गर्यो कडाई

    काठमाडौं । अमेरिकाले चीनबाट आफ्नो देश आउने यात्रुलाई कडाई गरेको छ । आगामी जनवरी ५ देखि चीनबाट अमेरिका भित्रने यात्रुले अनिवार्य रूपमा कोभिड निगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गर्दै यात्रामा कडाइ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो नियम मुख्य भूमि चीन, हङकड्ड र मकाउबाट आउने दुई वर्षमाथिका सबै हवाई यात्रुमा लागू हुनेछ।

    यो नियम तेस्रो मुलुक हुँदै आउने यात्रुका साथै अमेरिका हुँदै अन्य गन्तव्यमा जान चाहने यात्रुका हकमासमेत लागू हुने अमेरिकी स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यात्रुले प्रस्थानको बढीमा ४८ घन्टाअघि कोभिड जाँच गराउनु पर्नेछ । कोरोना संक्रमणको यथास्थितिबारे चीनले पारदर्शी र पर्याप्त तथ्यांक सार्वजनिक नगरेको आरोपसमेत अमेरिकाले लगाइएको छ । यसअघि भारत, ताइवान, जापान, मलेसिया र इटालीले पनि चीनबाट आउने यात्रुलाई कडाई गर्न थालिसकेका छन्।

    करिब तीन वर्षदेखि लागू गरेको शून्य कोभिड नीति अन्तर्गतका कडाई खुकुलो पारेसँगै चीनमा संक्रमण हृवात्तै बढेको छ। झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई सहज रूपमा यात्रा गर्न दिने भएको छ। जनवरी ८ देखि चीन प्रवेश गर्ने विदेशी यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छैन भने देश बाहिर जान चाहने चिनियाँहरुका लागि पासपोर्ट आवेदन खुला गरिनेछ।

  • सत्ता गठबन्धनको बैठक आज

    सत्ता गठबन्धनको बैठक आज

    काठमाडौं । सरकारलाई समर्थन गरेका ७ दलका नेताबीच आज छलफल हुने भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार दिउँसो आह्वान गरेका छन् । यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले एक्लै कुराकानी गरेका छन् । पुस १० गते ७ दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

    पुस ११ मा प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिएका छन्। तीमध्ये ४ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत दिइएको छ । माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए।

    यी दलहरूका शीर्ष नेता सहभागी हुने गरी आज गठबन्धन बैठक बस्दैछ। बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ।

  • गृहमन्त्रीले राहदानी विभाग पुगेर लिए नागरिकको लामो लाइनबारे जानकारी

    गृहमन्त्रीले राहदानी विभाग पुगेर लिए नागरिकको लामो लाइनबारे जानकारी

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर नागरिकको लामो लाइनबारे जानकारी लिएका छन् । राहदानी लिन सर्वसाधारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।
    मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गरेको गृह मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नियुक्त नभएकाले प्राप्त जिम्मेवारीका आधारमा उनले बुधबार राहदानी विभागको अनुगमन गरेका हुन् । उनले त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । गृहमन्त्री लामिछाने अहिले फिल्डमा उत्रिएर काम गरिरहेका छन् ।

  • जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु

    जापानमा कोभिडका कारण एकै दिन ४१५ जनाको मृत्यु

    टोकियो । जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनको मृत्यु भएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै अत्यधिक हो । अघिल्लो दिन कोभिडले गर्दा २७१ ज्नाको मृत्यु भएको थियो । राजधानी टोकियोमा कोभिडका कारण २३ जनाको मृत्यु भएको महानगर सरकारले बताएको छ ।

    देशभरमा बुधवार २ लाख १६ हजार २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको भन्दा १३ हजार ३५६ धेरै हो । राजधानी टोकियोमा आज २० हजार २४३ नयाँ संक्रमित थपिएका छन् । देशभरमा आईसीयू, भेन्टिलेटर राखेर उपचार गराउनु पर्ने बिरामी पनि ५७७ जना छन् । यो मंगलबारको भन्दा ५ कम हो । टोकियोमा पनि कोभिडका गम्भीर बिरामी घटेर ४९ मा आएको छ ।

  • राप्रपा सरकारमा सहभागी हुने

    राप्रपा सरकारमा सहभागी हुने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने भएको छ ।

    यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायत विषय सम्बोधन गरे मात्रै आफूहरू सरकारमा सहभागी हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । संघीय संसद्‍मा १४ सिट रहेको राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको छ। तर अहिलेसम्म सरकारमा सहभागी भइसकेको छैन ।

  • बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

    बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सरकारी निवास वालुवाटार सरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी हुन् । उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरे ।

    ज्योतिषी टिकाराम घिमिरेले जुराएको साइत अनुसार बुधबार पाँच बजे सरिसक्नुपर्ने भए पनि उनी एक घन्टा ढिलोगरी प्रवेश गरेका थिए । सरकारी निवासहरु शहरी विकास मन्त्रालय मातहतमा पर्छ । प्रधानमन्त्रीलाई नै चाबी हस्तान्तरण गर्न पदीय मर्यादा नमिल्ने हुनाले प्रधानमन्त्रीका परिवारका सदस्यलाई दिने प्रचलन छ ।

  • गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

    गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

    पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् ।

    पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन्, १ मत बदर भएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् ।

    दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए ।