धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता छन् । सेना, प्रहरी र स्थानीयले बिहीबार दिनभर खोजी कार्य जारी राखेपनि भेटाउन सकेनन् । उनीहरुको आज पनि खोजी शुरु भएको छ । जिल्लाको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा खसेको पहिरोले डोजर सहित उनीहरुलाई पुरेको हो । बिहीबार बिहान रुबी भ्याली गाउँपालिका–१… Continue reading धादिङमा बाटो खन्दा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता
Category: फिचर
अमेरिका जाने लोभमा दुई व्यक्तिको डुब्यो ३४ लाख
काठमाडौं । अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रकम डुबेको छ । राससका अनुसार रकम मात्र डुबेन, उनीहरु आफैँ मानव बेचबिखनको जालोमा समेत फसेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेको छन् । मानव बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सुधा… Continue reading अमेरिका जाने लोभमा दुई व्यक्तिको डुब्यो ३४ लाख
नेपाली नर्स बेलायत लैजानेबारे शुक्रबारबाट वार्ता
काठमाडौं । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धमा बेलायत र नेपालबीच औपचारिक वार्ता शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको हो । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले यस्तो जानकारी गराएका हुन् । बेलायत सरकारले… Continue reading नेपाली नर्स बेलायत लैजानेबारे शुक्रबारबाट वार्ता
नेपालमा लकडाउन नगर्ने सरकारको संकेत
काठमाडौं । नेपालमा तत्काल लकडाउन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो संकेत गरेका छन् । सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको उनको भनाई छ । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरिएको भन्दै उनले आवश्यक ठाउँ हेरेर आवश्यक परेको अवस्थामा मात्र लकडाउन… Continue reading नेपालमा लकडाउन नगर्ने सरकारको संकेत
धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, को– को छन् प्रतिस्पर्धामा ?
काठमाडौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । नेपाली पूँजीबजार क्षेत्रको नियमनकारी निकायको प्रमुख पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको अन्तिम दिन बिहीबारसम्म १५ जनाको आवेदन परेको हो। नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले सूचना जारी गरेर बोर्डको अध्यक्ष छनोट… Continue reading धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, को– को छन् प्रतिस्पर्धामा ?
उपत्यकामा एकैदिन १९१६ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित ८ हजार नाघ्यो
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९१६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ३९६ पुगेको छ ।
नेपालमा एकैदिन थपिए ३५५३ जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३५५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९८ जनाको पीसीआर परीक्षण गर्दा २९२२ जना र ४५८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६३१ गरी ३५५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना… Continue reading नेपालमा एकैदिन थपिए ३५५३ जना कोरोना संक्रमित
संयुक्त इजालसमै फर्काइयो प्रचण्डको मुद्धा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी छाडेर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरिपाउ भनि सर्वोच्चमा दायर गरेको रिट संयुक्त इजलासमै फर्काइएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्ण इजलासमा आज सुनुवाइ भइ उक्त रिट निवेदनलाई संयुक्त इजलासमै फर्काइएको हो… Continue reading संयुक्त इजालसमै फर्काइयो प्रचण्डको मुद्धा
२० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’मा जम्मा गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म दावी नपरेका निक्षेप ‘बैंकिङ विकास कोष’ जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। बिहीवार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, ऐन २०७३ को दफा ११२ को उपदफा १ बमोजिमको २० वर्षसम्म लिन बुझ्न नआएका वा दाबी नपरेका निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा… Continue reading २० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’मा जम्मा गर्न राष्ट्र बैंकको निर्देशन
उच्च अंकले बढ्यो नेपाली सेयर बजार
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बुधबार ३० अंकले करेक्शन आएको बजार फेरि आज उच्च अंकले बढेको हो । यससाता नेप्से समग्रमा १६५ अंकले बढेको छ । सूचकमा उछाल आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३७ करोडले घटेर पौने ७ अर्बमा सीमित… Continue reading उच्च अंकले बढ्यो नेपाली सेयर बजार
धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदाँ तीन जना वेपत्ता
धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । जिल्लाको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएको खबर आएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटना स्थल पैदल दूरी ४… Continue reading धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदाँ तीन जना वेपत्ता
प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा
काठमाडौं । नेपाली ब्याडमिन्टनका उदयीमान तारा प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुगेका छन् । उनले यो कीर्तिमान राख्दा नेपालबाट पहिलो पटक उच्च वरियता प्राप्त भएको हो । विश्व ब्याडमिन्टन फेडेरेसनले बुधबार जारी गरेको वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा छन् । ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको… Continue reading प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा
आज निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिन हुने
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिनमा हुने भएको छ । निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिका वावजुत निर्वाचन भने नरोकिने स्पष्ट पारेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा कुनै परिवर्तन नहुने आयोगको भनाई छ । आयोगका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते हुने छ । राष्ट्रिय सभामा मतदान… Continue reading आज निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिन हुने
बुधबारदेखि परेको वर्षा थामियो, बिहीबार दिउँसोबाट घाम लाग्ने
काठमाडौं । बुधबार राती मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालको अधिकांश स्थानमा पानी परेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसोबाट मौसममा सुधार हुने छ । अहिलेको यो प्रणाली कमजोर भइसकेको छ । काठमाडौं उपत्यकामा समेत बिहीबार घाम लाग्नेछ… Continue reading बुधबारदेखि परेको वर्षा थामियो, बिहीबार दिउँसोबाट घाम लाग्ने
स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या
काठमाडौं । स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या भएको छ । जिल्लाको वालिङ नगरपालिका १० भकुण्डेमा बुधवार दिउँसो चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गएको हो । पर्वतको पैयूँ गाउँपालिका ५ घर भइ वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले बालकलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । उनले वालिङ… Continue reading स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या
अतिआवश्यक काम नपरि विदेश भ्रमण नगर्न अध्यागमनको आह्वान
काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै अतिआवश्यक काम नपरी विदेश भ्रमणमा नजान सरकारले नागरिकलाई आह्वान गरेको छ । अध्यागमन विभागले बुधबार ट्राभल एडभाइजरी जारी गर्दै यस्तो आह्वान गरेको हो । विभागको ट्राभल एडभाइजरीमा भनिएको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ… Continue reading अतिआवश्यक काम नपरि विदेश भ्रमण नगर्न अध्यागमनको आह्वान
सिंहदरबार प्रवेश गर्न यसअघि जारी भएका सबै पास खारेज
काठमाडौं । सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि जारी भएका सबै पास खारेज गरेको छ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गर्दै यस्तो निर्णय गरेको हो । मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जानकारी समेत गराएको छ । अब कुनै पनि… Continue reading सिंहदरबार प्रवेश गर्न यसअघि जारी भएका सबै पास खारेज
विश्वकै कमजोर पासपोर्टको सूचीमा नेपाल ७ औँ स्थानमा, जापान र सिंगापुरको सबैभन्दा शक्तिशाली
काठमाडौं । विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०५ औं स्थानमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स ले सार्वजनिक गरेको सूचीको नेपालले पाँच स्थान सुधार गरेको हो । यसअघि नेपाल ११० औं स्थानमा रहेको थियो । जुन देशको पासपोर्टले सबैभन्दा बढि देशमा अन अराइभल भिसा पाउँछ त्यसलाई सबैभन्दा शक्तिशाली मानिन्छ । नेपाललाई विश्वका जम्मा ३७… Continue reading विश्वकै कमजोर पासपोर्टको सूचीमा नेपाल ७ औँ स्थानमा, जापान र सिंगापुरको सबैभन्दा शक्तिशाली
नेपालमा एकैदिन ३०७५ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। यस्तै २७८ जना… Continue reading नेपालमा एकैदिन ३०७५ जना कोरोना संक्रमित थपिए
गैरकानुनी काम गरेको भए कारबाही गर्न बतास समूहको चुनौती, उचित क्षतिपूर्ति दिए सम्झौता खारेज गर्ने
काठमाडौं । बतास अर्गनाइजेशनले आफ्नोविरुद्ध संचारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले बुधबार एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको आरोप लगाएका छन् । बतास समूहले आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै गैरकानुनी काम नगरेको दाबी गरेको छ । समूहले गैरकानुनी काम गरेको भए… Continue reading गैरकानुनी काम गरेको भए कारबाही गर्न बतास समूहको चुनौती, उचित क्षतिपूर्ति दिए सम्झौता खारेज गर्ने
उकालो लागिरहेको सेयर बजारमा दोहोरो अंकको करेक्शन
काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाताको सुरुका तीन दिनमै १४२ अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्शन आएको हो । आइतबारदेखि लगातार दोहोरो अंकले बढेको बजारमा आज प्रफिट बुक गर्नेहरु हाबी हुँदा करेक्शन आएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading उकालो लागिरहेको सेयर बजारमा दोहोरो अंकको करेक्शन
चिडियाखाना छिर्न बनाइयो मापदण्ड, जनावरलाई खाना खुवाउन नपाइने
काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनमा जाने अवलोकनकर्ताका लागि मापदण्ड बनाइएको छ । सबै अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। राससका अनुसार बढ्दो कोरोना भाइरसको संक्रमणका बीच मापदण्ड बनाइएको हो । चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढ्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको… Continue reading चिडियाखाना छिर्न बनाइयो मापदण्ड, जनावरलाई खाना खुवाउन नपाइने
दुधको मूल्य बढाउने तयारी, कति भयो सिफारिस ?
काठमाडौं । सरकारले दुधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले यस्तो तयारी गरि दुधको नयाँ मूल्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डका अनुसार अब प्रशोधित दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ हुने गरि सिफारिस भएको छ । अहिले ७६ रुपैयाँ प्रतिलिटर रहेकोमा १० रुपैयाँ मूल्य बढ्ने भएको हो… Continue reading दुधको मूल्य बढाउने तयारी, कति भयो सिफारिस ?
तालिवान शासनमा असुरक्षित बन्दै पत्रकारिता, ८० प्रतिशत पत्रकार पलायन
काबुल । अफगानिस्तानमा तालिवान शासन शुरु भएपछि पत्रकारिता पेशाा सबैभन्दा असुरक्षित बनेको छ । तालिवान सत्तामा आएपछि करिब ८० प्रतिशत अफगान पत्रकारले पेसा परिवर्तन गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । अफगानिस्तानको पत्रकार फाउन्डेसनका अनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । करिब ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् । जीविकोपार्जनका लागि अन्य पेसाको सहारा… Continue reading तालिवान शासनमा असुरक्षित बन्दै पत्रकारिता, ८० प्रतिशत पत्रकार पलायन
उत्तर कोरियाले गर्यो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
काठमाडौं । उत्तर कोरियाले नेता किम जङ अनको रेखदेखमा अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । केसीएनए समाचार संस्थाले मङ्गलवार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ। बीबीसीका अनुसार जानकारीमा आएको उत्तर कोरियाको यो तेस्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण हो। नयाँ वर्षको अवसरमा भाषण गर्ने क्रममा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बाचा… Continue reading उत्तर कोरियाले गर्यो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
जरुरी काम नपरेसम्म विमानस्थलमा भिडभाड नगर्न आग्रह
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अत्यावश्य काम नपरेसम्म विमानस्थलमा भिडभाड नगर्न आग्रह गरेको छ । हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइमा नजान आह्वान गरेको हो । कार्यालयले विज्ञप्ति निकाल्दै जरुरी काम बाहेक यात्रुको स्वागत तथा बिदाइमा विमानस्थल नजान भनेको हो । विमानस्थलमा अनावश्यक… Continue reading जरुरी काम नपरेसम्म विमानस्थलमा भिडभाड नगर्न आग्रह
पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति र पूर्वराजाले गरे माल्यार्पण
काठमाडौं । आज पुस २७, देशभर पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस विविध कार्यक्रम आयोजना गरि मनाइयो । यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको सिंहदरबार अगाडी रहेको सालिकमा पुगेर माल्यार्पण गरेका छन् । माल्यार्पणपछि यो अवसर जुटाएकोमा राष्ट्रपतिले नेपाल सरकारसहित सबै सरोकारवालालाई धन्यवाद दिएकी छिन् । देशको प्रमुख प्रशासनिक केन्द्र… Continue reading पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति र पूर्वराजाले गरे माल्यार्पण
लिपुलेकमा भारतले संरचना बनाउँदा सरकार नबोलेको भन्दै एमालेको खबरदारी
काठमाडौं । भारतले लिपुलेकको नेपाली भूमिमा सडकसहितका संरचना बनाउँदा पनि सरकार नबोलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले खबरदारी गरेको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति निकाल्दै सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेको उल्लेख गरेका छन् । यस विषयामा एमालेको ध्यानाकर्षण… Continue reading लिपुलेकमा भारतले संरचना बनाउँदा सरकार नबोलेको भन्दै एमालेको खबरदारी
नेपाली सेयर बजारमा लगातार उछाल, यी हुन् धेरै मूल्य बढ्ने १६ कम्पनी
काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । आइतबारदेखि लगातार उच्च अंकले बढ्दै आएको नेप्से आज पनि सोही लयमा उकालो लागेको हो । यससाताका ३ दिनमै नेप्से १४२ अंकले बढेको छ । बैंकिङ प्रणालीमा तरलता केही सहज भएसँगै सेयर बजारले गति लिएको हो । साथै, पछिल्लो समय कोरोना संक्रमण फैलिँदै गएसँगै लकडाउन… Continue reading नेपाली सेयर बजारमा लगातार उछाल, यी हुन् धेरै मूल्य बढ्ने १६ कम्पनी
विवादमा तानिएपछि नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा
काठमाडौं । नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफ्टेरिया बनाउन जग्गा भाडामा दिएको विषयमा विवाद उत्पन्न भएको थियो। त्यसको छानबिनका लागि पर्यटन मन्त्री प्रेम आलेको… Continue reading विवादमा तानिएपछि नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले दिए राजीनामा