काठमाडौं महानगरभित्र ६३ प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । राससका अनुसार महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य विभागले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले पनि कामपाले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको… Continue reading काठमाडौं महानगरभित्र ६३ प्रतिशतले लगाए पूर्ण खोप

अब काठमाडौंमा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र लिन सकिने

काठमाडौं । अहिले सरकारले मुलुकभर राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको छ । तर, यो जिल्ला प्रशासन कार्यालयमा मात्र सिमित हुँदा अत्यधिक भिडभाड बढेको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाउने भएको छ । राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि… Continue reading अब काठमाडौंमा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र लिन सकिने

बैंकको रकम लुटपाटमा कर्मचारीको मिलोमतो पुष्टी

काठमाडौं । एनआईसी एसिया बैंकको १६ लाख रुपैयाँ लुटिएको घटनामा कर्मचारीको मिलोमतो पुष्टी भएको छ । कर्मचारीको संलग्नता देखिएपछि प्रहरीले एनआईसी एसिया बैंकको बानेश्वर शाखाका कलेक्टर प्रदीप खत्रीसहित ४ जनालाई पक्राउ गरेको छ । खत्रीको योजना र अन्यको मिलेमतोमा बैंकको पैसा लुटिएको हो । ‘बैंकले ठूलो परिमाणमा पैसा जम्मा गर्ने संस्थाका लागि कलेक्टर राख्ने गर्छ… Continue reading बैंकको रकम लुटपाटमा कर्मचारीको मिलोमतो पुष्टी

एक महिना अवधिको ‘लिभिङ टुगेदर’को विभत्स अन्त्य

काठमाडौं । बिहीबार राती करीव १ बजे काठमाडौं महानगरपालिका–६ कपनमा घरको कोठा भित्र ठूलै झगडा भएको सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरे । खबरपछि प्रहरी पुग्दा एक युवक र एक युवती रक्ताम्य अवस्थामा थिए । युवतीको ज्यान गइसकेको थियो । युवकको सास चलिरहेको पत्ता पाएपछि तुरुन्तै प्रहरीले अस्पताल पु्यायो । तर, अस्पतालले मृत घोषणा गर्यो ।… Continue reading एक महिना अवधिको ‘लिभिङ टुगेदर’को विभत्स अन्त्य

सरकारी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन जारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेसँगै सरकारले सरकारी अस्पताललाई परिस्थिति जटिल बन्न सक्ने भन्दै सचेत गराएको छ । सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक… Continue reading सरकारी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन जारी

नारायणहिटी राजदरबार भित्र बतास समुहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइयो

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले संरचना भत्काएको बताइएको छ । शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचना बाहेकका संरचना भत्काइएको हो । बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्शा पास विनै बनाएको… Continue reading नारायणहिटी राजदरबार भित्र बतास समुहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइयो

नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ९६८ जना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३, बुधबार ४३५ र बिहीवार ५४० संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २७२ जनाको पीसीआर परीक्षण गर्दा ५७२ जना र ६ हजार ६९९… Continue reading नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ९६८ जना संक्रमित

‘परिणाम राम्रो आएन भनेर अनौठो मन्नु पर्दैन, एमाले एक्लै चुनावमा जान्छ’-ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययन विना नै टिकाटिप्पणी भइरहेको बताएका छन् । पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै उनले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन् । एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता… Continue reading ‘परिणाम राम्रो आएन भनेर अनौठो मन्नु पर्दैन, एमाले एक्लै चुनावमा जान्छ’-ओली

डब्लुएचओको चेतावनी– ‘कोरोना संक्रमणको सुनामीलाई कम नठानियोस्’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस घेब्रेयियसले कोरोना संक्रमणको सुनामीलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन् । विश्वमा दैनिक कोरोना संक्रमितको संख्या २५ लाखभन्दा बढीले बढ्न थालेपछि उनले यस्तो आग्रह गरेका हुन् । ओमिक्रोन भेरियन्टको कारण विश्वमा तिव्र गतिमा कोरोना फैलिँदा स्वास्थ्य सेवामाथि दबाव बढ्न थालेको उनले बताएका छन् । डेल्टा भेरियन्टको भन्दा ओमिक्रोनका… Continue reading डब्लुएचओको चेतावनी– ‘कोरोना संक्रमणको सुनामीलाई कम नठानियोस्’

नेपालमा कोरोना नयाँ भेरियन्ट ओमिक्रोन फैलियो, थप २४ जनामा संक्रमण पुष्टी

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टी भएको छ। जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण देखिएको मन्त्रालयले पुष्टी गरेको हो । पुसमा संकलित १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिंग गर्दा २५० वटा (२२ प्रतिशत) एस जिन नेगेटिभ पत्ता लागेको थियो। एस… Continue reading नेपालमा कोरोना नयाँ भेरियन्ट ओमिक्रोन फैलियो, थप २४ जनामा संक्रमण पुष्टी

अमेरिकाको फिलाडेल्फियामा एक भवनमा आगलागी हुँदा कम्तिमा १२ को मृत्यु

photo : CNN

फिलाडेल्फिया । अमेरिकाको फिलाडेल्फियामा एक भवनमा भएको आगलागीमा परि कम्तिमा १२ जना मारिएका छन् । जसमा ८ बालबालिका रहेको अमेरिकी संचारमाध्यमले लेखेका छन् । घटनामा दुई जना घाइते छन् । यो भवनमा २६ जना रहेको बताइएको छ । आगलागीका समयमा भवनमा रहेका अरु आठ जनाले भागेर ज्यान जोगाएको समेत खबर छ । आगलागीको समयमा बज्ने… Continue reading अमेरिकाको फिलाडेल्फियामा एक भवनमा आगलागी हुँदा कम्तिमा १२ को मृत्यु

काठमाडौंमा एक कोठामा दुई युवा-युवती मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिक एक घरको कोठामा युवक–युवती मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानीय संचारमाध्यमले प्रहरीलाई उदृत गर्दै जनाए अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार उनीहरु डेरामा सँगै बस्दै आएका थिए । उनीहरुको शरीरमा धारिलो… Continue reading काठमाडौंमा एक कोठामा दुई युवा-युवती मृत फेला

रुसी सेना कजाकिस्तान छिर्यो, भिडन्तको सम्भावना कति ?

File Photo : AFP\TET

काठमाडौं\एजेन्सी । सरकार विरोधी प्रदर्शन जारी रहेका बेला कजाकस्तानका राष्ट्रपति कासीम जोमाट टोकाएभको आग्रहमा रुसले नेतृत्व गरेको सैन्य बल कजाकस्तान छिरेको छ । इन्धनको मूल्यवृद्धिलाई लिएर केही दिनदेखि सुरु भएको अस्थिरताबीच प्रमुख सहरमध्ये एक एल्माटीमा मसिन गन प्रहारको आवाज सुनिएको बीबीसीले लेखेको छ । अधिकारीहरूले त्यहाँ प्रहरी र प्रदर्शनकारीहरूको मृत्यु भएको जनाएका छन्। राष्ट्रपतिले विना… Continue reading रुसी सेना कजाकिस्तान छिर्यो, भिडन्तको सम्भावना कति ?

एमालेको जिल्ला अधिवेशन आज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जिल्ला अधिवेशन आज हुने भएको छ । यसअघि विभिन्न कारणले स्थगित गरिएका बाहेकका जिल्लामा अधिवेशन हुन लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको एकसाथ उदघाटन गर्ने भएका छन् । काठमाडौं जिल्ला अधिवेशनको उदघाटन समारोह मूलपानीस्थित क्रिकेट… Continue reading एमालेको जिल्ला अधिवेशन आज

ललिता निवास प्रकरणमा सिआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सम्पन्न गरी सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ । राससका अनुसार विगत दुई वर्षदेखिको अनुसन्धान सकेर बिहीबार छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाइएको हो । सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले यस्तो जानकारी गराएका हुन् ।… Continue reading ललिता निवास प्रकरणमा सिआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन

नारायणहिटी भित्र क्याफे खोल्न लागिएकोबारे छानविन गर्न समिति गठन

काठमाडौं । सरकारले नारायणहिटी संग्रहालय भित्र क्याफे खोल्न लागिएको बारे छानविन गर्न समिति गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरेको छ । समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव… Continue reading नारायणहिटी भित्र क्याफे खोल्न लागिएकोबारे छानविन गर्न समिति गठन

कोभिड संक्रमण बढेपछि प्रचण्डले कार्यकर्तासँगको भेटघाट रोके

काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियमित भेटघाट स्थगित गरेका छन् । उनको सचिवालयका अनुसार केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड– १९ सङ्क्रमणको पुष्टि भएकाले तत्कालका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएको हो । पार्टीको नियमित कामलाई केन्द्रीय कार्यालयमार्फत नै व्यवस्थित गर्ने प्रयास… Continue reading कोभिड संक्रमण बढेपछि प्रचण्डले कार्यकर्तासँगको भेटघाट रोके

परराष्ट्र मन्त्री र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच बिहीवार टेलिफोन वार्ता भएको छ । जयशंकरले ट्वीट गर्दै यसबारे जानकारी गराएका छन् । उनका अनुसार टेलिफोन कुराकानीमा उहाँहरूबीच प्रधानमन्त्री शेरबहादुर देउवाको स्थगित भारत भ्रमण र द्विपक्षीय सम्बन्धका विषयमा चर्चा भएको छ । ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका… Continue reading परराष्ट्र मन्त्री र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ५४० जना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३, बुधबार ४३५ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० जनाको एन्टिजेन परीक्षण… Continue reading नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ५४० जना संक्रमित

‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो’- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् । बिहीबार लगानी बोर्डको बैठकमा बोल्दैै उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताएका हुन् । उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए । उनले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठूला… Continue reading ‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो’- अर्थमन्त्री

नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं। साताको कारोबार अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । बिहीवार शेयर बजार मापक सूचक (नेप्से) ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेको हो । बुधबार ३० अंकले घटेको शेयर बजारमा आजभने कमब्याक भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३८ कम्पनीको ४ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँ बराबरको ७३… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

देउवा सहभागी हुने ‘दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित

फाइलफोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको छ । समाचार संस्था एएनआइका अनुसार गुजरात सरकारले ओमिक्रोन ओमिक्रोन भेरियन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ । यो समिटमा भाग लिन जनवरी पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । जनवरी १०… Continue reading देउवा सहभागी हुने ‘दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

काठमाडौं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य तोक्ने निर्णय गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत जोडिएको छ । यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ हो । यसमा उखुको न्यूनतम लागत ३८२ रुपैयाँ, ढुवानी खर्च ६२ रुपैयाँ… Continue reading उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?

मेलवर्न । टेनिसका विश्व चर्चित खेलाडी स्टार खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएको विषयले सर्विया र अष्ट्रेलियामा बहस सिर्जना गरेको छ । अष्ट्रेलिया प्रवेश गर्न चाहिने आवश्यक मापदण्ड नपुगेको भन्दै अष्ट्रेलियाको अध्यागमनले उनको भिसा रद्द गरिदिएको खबर छ । उनी नौ पटकका अस्ट्रेलियन ओपन विजेता हुन् । जोकोभिच बुधबार राति मेलबर्न पुगेका… Continue reading टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?

नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…

पञ्जाव । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले विफल पारेको घटनाले यतिबेला भारतमा ठूलो वहस सिर्जना गरेको छ । बुधबार एक कार्यक्रममा जाने बाटो नपाएपछि उनी बीच बाटो बाटै फर्कनु परेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा यसरी फसेका हुन् । यहाँ निर्वाचनको प्रचार प्रसार शुरु भएको छ । सोही सिलसिलामा उनी… Continue reading नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…

भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र बनेको छ । यसैबीच, भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको पुष्टी भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव… Continue reading भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी

पाँचथरको फालेफुङमा आगलागी, तीन वटा घर जले

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी भएको छ । बुधबार राति भएको आगलागीमा तीनवटा घर घर जलेको प्रहरीले जनाएको छ ।  स्थानीय जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा मेयोङवासहित रामजीत राई र मनबहादुर राईका घर जलेका छन् । तीनवटा घर जल्दा त्यहाँ रहेका आईएमईको शाखा काउन्टरसहित छ वटा पसल जलेको प्रहरीले जनाएको छ । आगो स्थानीय,… Continue reading पाँचथरको फालेफुङमा आगलागी, तीन वटा घर जले

पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक गरी दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने बाग्लुङ गल्कोट नगरपालिका–६ घर भएका २८ वर्षीय अमृत सोती मगर र… Continue reading पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काममा तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काममा तीव्रता दिन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाएका प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन । उनले  मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए ।उनले  विकास-निर्माणको कामलाई तीव्रता दिने गरी बजेट… Continue reading काममा तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री देउवा आगामी आइतबार भारत भ्रमणमा जाने

RSS

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने निश्चित भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् । प्रधानमन्त्री देउवाको साथमा  २५ सदस्यीय टोली रहने छ । सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा… Continue reading प्रधानमन्त्री देउवा आगामी आइतबार भारत भ्रमणमा जाने