फेरि प्रतिव्यक्ति १२०० डलर राहत पाउने विधेयक अमेरिकी तल्लो सदनमा पारित

न्यूयोर्क अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले इतिहासकै ठूलो आर्थिक राहत प्याकेज प्रस्ताव गरिएको छ । तीन ट्रिलियन डलरको उक्त प्रस्तावमा राज्यहरुलाई सहायता देखि सर्वसाधारणलाई नगद राहतसम्मको व्यवस्था गरिएको हो । ‘हिरोज एक्ट’ नाम दिइएको विधेयक शुक्रबार साँझ संसदमा पारित भएको हो । विधेयकमा गत मार्चमा पारित ‘केयर एक्ट ‘जस्तै प्रत्येक अमेरिकी करदातालाई १२… Continue reading फेरि प्रतिव्यक्ति १२०० डलर राहत पाउने विधेयक अमेरिकी तल्लो सदनमा पारित

म्याक डोनाल्डसले बाड्ने भयो नि:शुल्क ‘फ्रेन्च फ्राइज्’

न्युयोर्क       फास्टफुड दुनियाँको चर्चित नाम म्याक डोनाल्डसले जुन महिनाको अन्त्यसम्म हरेक शुक्रबार ‘फ्रेन्च फ्राई’ नि:शुल्क दिने भएको छ । आज शुक्रबारदेखि लागू हुने गरी हरेक ‘फ्राई – डे (शुक्रबार) फ्राईज’ म्याकडोनाल्डसले आफ्ना ग्राहकलाई आगामी ७ हप्तासम्म नि:शुल्क दिने योजना अगाडि ल्याएको हो । ‘फ्रेन्च फ्राईज’ म्याकडोनाल्डस्को चर्चित परिकार मध्येको एक हो ।… Continue reading म्याक डोनाल्डसले बाड्ने भयो नि:शुल्क ‘फ्रेन्च फ्राइज्’

१ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त

न्युजर्सी           न्युजर्सीस्थित एक १०८ बर्षीया बृद्धाले कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकी छिन् । ती १ सय ८ वर्षीया बृद्धाले १०१ बर्ष पहिले सन् १९१८ को स्पेनिस फ्लुलाई समेत परास्त गरेको जनाइएको छ । पाँच करोड मानिसको ज्यान लिएको तात्कालिन स्पेनिस फ्लुको संक्रमण हुँदा सिल्भिया गोल्डसेल भर्खर ७ बर्षकी थिईन्  ।… Continue reading १ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त

चीनमा ६ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएको गोप्य अभिलेख बाहिरियो

न्युयोर्क कोरोना भाईरसको उद्गमस्थल चीनले कोरोना संक्रमितको अधिकारिक संख्या हालसम्म ८४ हजार २९ भएको जनाए पनि, लाखौं संक्रमितको संख्या चीनले लुकाएर थोरै संख्या देखाएको एक समाचार सार्वजनिक  भएको छ । चीनको चाङ्सास्थित सैनिक शिक्षालय, नेशनल युभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट चुहिएको एक डाटाबेसका अनुसार चीनमा हालसम्म ६ लाख ४० हजार मानिस कोरोना संक्रमित भएको जनाईएको हो… Continue reading चीनमा ६ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएको गोप्य अभिलेख बाहिरियो

९ सङ्क्रमित थपिए, कुल सङ्क्रमित २६७ पुगे

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साझको अपडेटमा ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । शुक्रबार दाङ, काठमाडौं, उदयपुर र पर्साका व्यक्तिमा कोरोना देखिएको छ । काठमाडौंमा ७ सालका बालक तथा पर्सामा ९ र १० वर्सिय बालकमा कोरोना पुष्टि भएको छ ।

के-के छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा (पूर्ण पाठ)

काठमाडौं । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने जानाकारी दिईन् । यस पटकको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै… Continue reading के-के छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा (पूर्ण पाठ)

सरकारको लोकप्रिय घोषणा : भारतले अतिक्रमण गरेको भुमी समेटेर नयाँ नक्सा ल्याइने

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने भएको छ । रास्ट्रपति विद्यादेवि भण्डारीले यस्तो घोषणा गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख… Continue reading सरकारको लोकप्रिय घोषणा : भारतले अतिक्रमण गरेको भुमी समेटेर नयाँ नक्सा ल्याइने

बुढानीलकण्ठस्थित सरकारी बिद्यालय यज्ञमती माबिले गर्‍यो यस्तो सराहनीय सेवा

सुदर्शन केसी, काठमाडौं बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ पैयाटारस्थित यज्ञमती माद्यामिक बिद्यालयका थप २० अभिभावकलाई शुक्रबार राहत वितरण गरियो । पैयाटार युथ क्लबको पहलमा विद्यालय व्यवस्थापन समिति , अभिभावक शिक्षक संघ, विद्यालय शिक्षक संघ, स्थानीय समाजसेवीहरुको सहयोग तथा वडा कार्यालयको समन्वयमा विद्यालयका अभिभावकलाई राहत वितरण गरिएको पैयाटार युथ क्लबका अध्यक्ष राजन कार्कीले बताए । क्लबका… Continue reading बुढानीलकण्ठस्थित सरकारी बिद्यालय यज्ञमती माबिले गर्‍यो यस्तो सराहनीय सेवा

आवागमनमा झन् कडाइ, इ-पास र पहेलो रङको सबारी पास खारेज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई थप कडाइ गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले मुल सडक र भित्री सडकमा पनि अनावश्यक भिड हुने गरेको भन्दै त्यसमा कडाई गर्ने जनाएको जनाएको हो। सूचनामा लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास र पहेलो रङको सबारी पास खारेज भएको र आजबाट जारी हुने पासको रङ नीलो… Continue reading आवागमनमा झन् कडाइ, इ-पास र पहेलो रङको सबारी पास खारेज

जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने

काठमाडौं । सरकारले जापान र हङकङको भिसा भएका र स्थायी बसोबास अनुमति पाएकाहरूलाई निजी खर्चमा सम्बन्धित देश जान दिने निर्णय गरेको छ। कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय गरेको हो । लकडाउनका कारण जापान… Continue reading जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने

सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त बनाउने

काठमाडौं । सरकारले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु पहिलो प्राथमिकता रहेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन देशलाई कोरोना मुक्त बनाउने बताइन् । त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत… Continue reading सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त बनाउने

निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने

काठमाडौं । सरकारले लकडाउनका कारणले रोकिएका निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने बताइन्। कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारणले गर्दा अर्थतन्त्र… Continue reading निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने

पूर्वराजाले पाए काठमाडौं आउने पास

काठमाडौं । लकडाउनपछि झापाकै अड्किएका पूर्वराज दम्पत्तिले काठमाडौं आउने सवारी पास पाएका छन् । झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं आउने पास पाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । गृह मन्त्रालयको सहमतिमा कार्यालयले सवारी पास दिएको हो । यसअघि बिहीबार पास रद्द गरिएको थियो । यसको सामाजिक संजालमा विरोध भएको थियो । उनी शुक्रबार… Continue reading पूर्वराजाले पाए काठमाडौं आउने पास

आज सरकारको नीति तथा कार्यक्रम, कोरोना रोकथाम प्राथमिकतामा

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवि भण्डारीले दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कोरोना भाइरसका कारण शिथिल भएको अर्थतन्त्रलाई माथि उकास्ने योजना र कार्यक्रमहरु सरकारले आज संसदमा प्रस्तुत गर्नेछ । विश्वव्यापी महामारीले सिर्जना गरेको… Continue reading आज सरकारको नीति तथा कार्यक्रम, कोरोना रोकथाम प्राथमिकतामा

शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण

काठमाडौं । नेपालमा शुक्रबार बिहानै ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं र भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके नैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ… Continue reading शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण

राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ

काठमाडौं । रास्ट्रपति विद्यादेवि भन्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षणपछिको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । शितलनिवासमा राष्ट्रपति भण्डारीसहित उनको कार्यालयमा रहने ३७ जनाको परिक्षण भएको हो । उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर… Continue reading राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ

सरकारको बजेट खर्च निराशाजनक

काठमाडौं । कोरोना भाइरसको महामारी सङ्गै सरकारको बजेट खर्च समेेत निराशाजनक देखिएको छ । सरकारले बजेटमार्फत तय गरेको राजस्व संकलनको लक्ष्य र बजेट खर्च दुवै निराशजनक देखिएपछि तोकिएका धेरै लक्ष्य समेत पूरा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख मसान्तसम्म कुल लक्ष्यको ५० प्रतिशत पनि बजेट खर्च पुग्न सकेन ।… Continue reading सरकारको बजेट खर्च निराशाजनक

बिहिवार साझ थपिए तीन सङ्क्रमित, कुल सङ्क्रमण २४९ मा

काठमाडौं । नेपालमा तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । बिहिवार साझ स्वास्थ तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार काठमाडौं, धनुषा र धादिङमा १/१ जना बिरामी फेला परेका हुन् । अब कुल सङ्क्रमित २४९ पुगेको छ । बिहिवार काठमाडौंमा दहचोकका ७ वर्शिय बालक र धनुषा तथा धादिङमा भने दुई महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

पुर्वराज दम्पतिले झापाबाट काठमाडौं आउने पास पाएनन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहले झापाबाट काठमाडौं आउने पास पाएनन् । सरकारले गृह मन्त्राालयबाट जारी सबै पास खारेज गरेपछि पुर्वराज दम्पतिको काठमाडौं आउने पास समेत खारेजीमा परेको हो । पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय गृह मन्त्रालयले गरेको हो । बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन… Continue reading पुर्वराज दम्पतिले झापाबाट काठमाडौं आउने पास पाएनन

नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढेको छ ।सरकारले लक्ष्यित समूह र स्थानलाइ सिल गरि कोरोना परिक्षण बढाइएको हो । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार टिचिङ अस्पताल र कालिमाटी तरकारी बजारमा नमुना परिक्षण गरिएको छ ।मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट मात्र बिहिवारसम्म साढे २२ हजार वटा नमुना परीक्षण गरिएको छ । स्वास्थ्य… Continue reading नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा

काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने

काठमाडौं । अब काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने भएको छ ।काठमाडौंमा औसधि पसलबाहेक अन्य पसल खोल्न नपाउने गरि प्रहरीले कडाइ थालेको छ ।बिहीवार गृह मन्त्रालयमा सुरक्षा सम्यन्त्रको बैठक बसेको थियो ।बैठकले अब काठमाडौंमा भने लकडाउनको कार्यान्वयन कडा पार्ने निर्णय गरेको हो । काठमाडौंमा मङ्गलबार र बुधबार तिन जना तथा भक्तपुरमा २ जनामा कोरोना देखिएको थियो… Continue reading काठमाडौं उपत्यकामा लकडाउन कडा पारिने

गृहबाट जारी सबै सवारी पास खारेज

काठमाडौं । सवारी साधन चलाउन गृह मन्त्रालयबाट जारी गरेको सवारी पास रद्द भएका छन ।यस्तो निर्णय शनिबारदेखि लागू हुने भएको छ । सरकारी पासको दुरुपयोग गरि अनाधिकृत रुपमा आवतजावत बढेको र यसले कोरोनाको सङ्क्रमण बढाएको निचोडमा सरकार पुगेको हो ।   बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएको थियो ।शनिबारदेखि भने… Continue reading गृहबाट जारी सबै सवारी पास खारेज

नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण

काठमाडौं । नेपालमा बिहीबार बिहानै थप ७ जना कोरोना स्रक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ । बिहीबार सर्लाहीमा १, धनुषा र महोत्तरीमा २, २ जनामा कोरोना संक्रमण देखिएको हो ।उता, कपिलवस्तु र काठमाडौंमा पनि बिहीबार एक एक जनामा… Continue reading नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण

आजबाट लकडाउनमा कडाई, यस्तो छ नयाँ नियम

काठमाडौं । आजबाट लकडाउन कार्यान्वयनमा सरकार कडा बन्ने भएको छ । सरकारले १ जेठबाट लकडाउनमा कडाई गर्ने नीति अनुसार कार्यान्वयनमा थाल्ने भएको छ । मंगलबार र बुधबार लगातार करीव १ सय जनामा कोरोना देखिएपछि सरकारले देशभर लकडाउन कडा बनाउने नीति लिएको छ । त्यसअनुसार अब एक जिल्लाबाट अर्को जिल्लामा जान जारी भएका सबै पास रद्द… Continue reading आजबाट लकडाउनमा कडाई, यस्तो छ नयाँ नियम

कपिलवस्तुमा कोरोना देखिएकोमा ४ जना सुरक्षाकर्मी संक्रमित

काठमाडौं । कपिलवस्तुमा बुधबार साँझ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ४ जना सुरक्षाकर्मी रहेको पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार ड्युटीमा खटिएका चार सुरक्षाकर्मीमा कोरोना पुष्टी भएको हो । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ को महेन्द्र मावि को क्वारेन्टाइनमा ड्युटीमा खटिएका ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको… Continue reading कपिलवस्तुमा कोरोना देखिएकोमा ४ जना सुरक्षाकर्मी संक्रमित

सर्वदलीय बैठकमा निष्कर्ष : भारतले नेपालको भूमि मिचेको छ

काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवादबारे सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ बसेको बैठकले भारतले नेपालको भूमि अतिक्रमण गरी सडक बनाएको निष्कर्ष निकालिएको छ । नेताहरुका अनुसार भारतले नेपालको भूमि मिचेकोमा दुई मत नरहेको निष्कर्षमा सर्वदलीय बैठक पुगेको छ । बैठक बुधबार साँझ बालुवाटारमा बसेको थियो । लिपुलेक क्षेत्रमा भारतले नेपाली… Continue reading सर्वदलीय बैठकमा निष्कर्ष : भारतले नेपालको भूमि मिचेको छ

लिपुलेक नजिकै दार्चुलाको छाङरुमा पुग्यो सशस्त्र प्रहरी

काठमाडौं । भारतले अतिक्रमण गरेको दार्चुलाको पिलुलेक नजिकै छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । लिपुलेक नजिकै करीव १० किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट खोलिएको छ । बुधबार गृह मन्त्रालयको टोली नेपाली सेनाको हेलिकोप्टरबाट दार्चुला सदरमुकाम गएको थियो । सदरमुकामबाट सोही हेलिकोप्टरमा थप सुरक्षाकर्मी लिएर भारतले भूमि अतिक्रमण गरी सडक… Continue reading लिपुलेक नजिकै दार्चुलाको छाङरुमा पुग्यो सशस्त्र प्रहरी

फेरी थपिए २४ संक्रमित, कुल संक्रमण २४३ जनामा

काठमाडौं । बुधबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझको अपडेट अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा समेत कोरोनाका नयाँ संक्रमित देखिएका हुन् । यससँगै अब नेपालमा कुल संक्रमितको संख्य २४३ पुगेको छ । नयाँ आंकडा नुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा… Continue reading फेरी थपिए २४ संक्रमित, कुल संक्रमण २४३ जनामा

विदेशबाट नेपाली फर्काउनेबारे सरकारको स्पष्टोक्ति : भावनासँगै जोखिम पनि छ

काठमाडौं । विदेशबाट लाखौं नेपाली घर फर्कने आशमा सरकारको मुख हेरिरहेका छन् । नेपालबाट धमाधम मुलुकहरुले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फर्काइरहँदा नेपालीले पनि त्यो आश गर्नु नौलो विषय रहेन । तर, सरकारले भने यसलाई जोखिमसँग हेरेर विश्लेषण गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा रहेका नेपालीलाई घर फर्काउनु पर्छ भन्ने… Continue reading विदेशबाट नेपाली फर्काउनेबारे सरकारको स्पष्टोक्ति : भावनासँगै जोखिम पनि छ

भेन्टिलेसन् फोडेर नारायणी अस्पतालबाटै भागे दुईजना कोरोना संक्रमित

काठमाडौं  । कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुईजना अस्पतालबाट भागेका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्।  उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। उनीहरु मंगलबार भर्ना भएका थिए। महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्।  वीरगन्जको नारायणी अस्पतालमा ६९ जना… Continue reading भेन्टिलेसन् फोडेर नारायणी अस्पतालबाटै भागे दुईजना कोरोना संक्रमित