कोरोना भाइरसका कारण अमेरिकामा २३७ को मृत्यु, न्यूयोर्कमा मात्रै ४२ को मृत्यु, ८३१० संक्रमित

कल्पना घिमिरे न्युयोर्क/अमेरिका यो समाचार तयार पार्दै गर्दा अमेरिकामा कोभिड १९ (कोरोनाभाइरस)बाट १८ हजार ८ सय ३९ संक्रमित भएका छन् । आज मात्रै ४ हजार ४ सय ८८ संक्रमित भएका हुन् । जसमध्ये २ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमण देखिएका १ सय २५ जना उपचार पछि घर फर्किएका छन् ।… Continue reading कोरोना भाइरसका कारण अमेरिकामा २३७ को मृत्यु, न्यूयोर्कमा मात्रै ४२ को मृत्यु, ८३१० संक्रमित

एकल महिला समुहले क्वारेन्टाइनका लागि भवन उपलब्ध गराउने

काठमाडौं मानव अधिकारको लागि महिला एकल महिला समूहले आवश्यक परेमा सरकारलाई छहारी भवन उपलब्ध गराउने भएको छ । एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी क्वारेन्टाइन सेवाका लागि एकल महिला समुहको छहारी भवन उaपलब्ध गराउने जानकारी दिएका हुन् । रक्षामन्त्री पोख्रेल कोभिड–१९ संक्रमण, रोकथाम तथा… Continue reading एकल महिला समुहले क्वारेन्टाइनका लागि भवन उपलब्ध गराउने

चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै

चितवन । कोरोना भाइरसको संक्रमण भित्रिहालेमा त्यसको उपचारका लागि काठमाडौं बाहिर अस्थायी अस्पताल निर्माणमा तिब्रता दिइएको छ । संक्रमित भइहालेको उनीहरुलाई अलग्गै राखेर उपचार गर्नुपर्ने भएकाले प्रदेश तथा स्थानीय सरकारले तल्लो तहमा ठूलो क्षमताका अस्थायी अस्पताल निर्माणमा तिब्रता दिएका हुन् । चितवनस्थित भरतपुर महानगरपालिकाले तीन दिनमा ७०९ सैयाको अस्पताल निर्माण गरेको छ । अब यो… Continue reading चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै

ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

काठमाडौं । सरकारले १० चैतबाट सार्वजनिक सवारी साधन र लामो दूरीको यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनताका नाममा गरेको सम्बोधनमार्फत यस्तो घोषणा गरेका हुन् । यस घोषणाबाट सामग्री आपूर्ति र ढुवानीका सवारी साधनको आवतजावत भने प्रभावित नहुने सरकारले स्पष्ट पारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका… Continue reading ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

काठमाडौं । अब सरकारले नेपाल र विदेशबीच हवाई सम्पर्क टुटाउने भएको छ । ९ चैतबाट १८ चैतसम्म नेपाल भित्रने सबै वायुसेवा कम्पनीको उडान रद्द गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । उनका अनुसार सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । यस सम्बन्धमा… Continue reading ९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

कस कसले पाउँदैछन् अमेरिकी सरकारबाट नगद ? एक जनालाई १२०० डलरसम्म

न्यूयोर्क अमेरिकी सरकारले कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटसँग जुध्न नागरिकहरुलाई नगद राहत दिने मापदण्ड पारित भएको छ । सिनेट रिपब्लिकनहरुले बिहीबार साँझ पारित गरेको मापदण्ड अनुसार एक जनाले एक हजार दुई सय डलरसम्म प्राप्त गर्नेछन् । बार्षिक ७५ हजार अमेरिकी डलरसम्म आय भएको व्यक्ति या एक लाख ५० हजार डलरसम्म कमाउने परिवारलाई प्रतिव्यक्ति १२… Continue reading कस कसले पाउँदैछन् अमेरिकी सरकारबाट नगद ? एक जनालाई १२०० डलरसम्म

कोरोनाबाट चीनमा भन्दा इटलीमा धेरैको मृत्यु, मर्नेको संख्या १० हजार नाघ्यो

काठमाडौं । कोरोना (कोभिड–१९)ले चीनमा भन्दा इटलीमा धेरै मानिसको ज्यान लिएको छ । बिहीबार इटलीले चीनलाई उछिनेको हो । विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएको छ इटलीमा ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ । बिहीबार मात्र इटलीमा थप ४ सय २७ को ज्यान गएको… Continue reading कोरोनाबाट चीनमा भन्दा इटलीमा धेरैको मृत्यु, मर्नेको संख्या १० हजार नाघ्यो

तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

काठमाडौं । चीनको तिब्बतमा शुक्रबार बिहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंसहित यस आसपासका क्षेत्रसम्म अनुभव गरिएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान काठमाडौंमा यसको अनुभव गरिएको थियो । भूकम्पको केन्द्रमा क्षति भएको बताइएको छ । यद्दपी विवरणहरु आउन… Continue reading तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

निर्भया काण्डका चारजनालाई सवेरै मृत्युदण्ड

नयाँ दिल्ली । भारतमा  निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई आज सबेरै मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न पुष्टी ६ जनामध्ये एक जनाले जेलमै आत्महत्या गरेका थिए । एक जना घटना हुने समय नाबालक रहेका कारण सुधार गृहमा पठाइएको थियो । अन्य चार जनालाई भने आज बिहान साढे ५ः३० बजे दिल्लीमा मृत्युदण्ड दिइयो ।… Continue reading निर्भया काण्डका चारजनालाई सवेरै मृत्युदण्ड

आजबाट सहुलियत पसल संचालन

काठमाडौं । सरकारले आजबाट सहुलियत पसल संचालनमा ल्याउँदैछ । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताएका छन् । उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत… Continue reading आजबाट सहुलियत पसल संचालन

यातायातका साधनलाई रुट परमिट खुला

A new Greyhound bus, which features leather seats, extra legroom, Wi-Fi, power outlets, three-point seat belts, on-board restroom and wheelchair lift.

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमणको डरले चैत महिनाभर स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेको छ । यसले काठमाडौं तथा शहरी इलाका छाडी ग्रामिण भेगमा फर्कने यात्रुको चाप बढ्न सक्ने आंकलन गर्दै सरकारले रुट परमिट खुला गरेको हो । यससँगै… Continue reading यातायातका साधनलाई रुट परमिट खुला

आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड

काठमाडौं । आन्तरिक उडानमा वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसा घटाएपछि कम्पनीहरुले समेत हवाई भाडा कम गरेका हुन् । घटेको भाडा शुक्रबारदेखि लागु हुनेछ । वायुसेवा कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँसम्म हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी… Continue reading आन्तरिक उडानको भाडा घट्यो, यात्रु नपाएपछि जहाज ग्राउन्डेड

भारतमा आइतबार जनता कर्फ्यु, कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

नयाँदिल्ली । भारतले कोरोना संक्रमणविरुद्ध ऐकिवद्धता जनाउन आइतबार जनता कर्फ्यु घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार साँझ जनताका नाममा सम्बोधन गरेका थिए । उक्त अवसरमा उनले जनस्तरबाट कोरोनाविरुद्ध सचेतना जगाउन आइतबार जनता कर्फ्युको घोषणा गरे । यस दिन भारतमा सबै मानिस घरमै बसेर यो दिन मनाउने छन् । प्रधानमन्त्री मोदीले आइतबार बिहान… Continue reading भारतमा आइतबार जनता कर्फ्यु, कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित

काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुवईबाट नियमित उडान बन्द गरेको छ । कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउन सरकारले जापान र यूएईसहित ६६ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । सरकारले शुक्रबार राती बाट लागु हुने गरी ती मुलुकका नागरिक, त्यहास्थित नेपाली नागरिक र गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकेको छ । यी… Continue reading नेपाल एयरलाइन्सको नारिता र दुवई उडान स्थगित

नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

काठमाडौं । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम ल्याएसँगै नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका संग्रहालय बन्द गर्ने निर्णय गरेको छ । मन्दिरमा २५ जना भन्दा बढीको भीड हुन दिइने छैन । सार्वजनिक कार्यक्रममा प्रयोग हुने हलहरु बन्द भएका छन् । त्यहा निर्धारित कार्यक्रम… Continue reading नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

कोरोना आंशका गरिएको एक बिरामीद्वारा भारतमा आत्महत्या

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । दिल्लीको सफदरजंग अस्पतालमा बुधबार एक बिरामीले आत्महत्या गरेका हुन् । उनी अस्पतालको भवनको ७ औं तलाबाट हाम फालेका थिए । प्रहरीका अनुसार उनी अष्ट्रेलियाबाट हालै फर्किएका थिए । ३५ वर्षिय ति व्यक्ति सिड्नीबाट फर्किएका हुन् । विमानस्थलमै टाउको  दुखेको अनुभव भएपछि… Continue reading कोरोना आंशका गरिएको एक बिरामीद्वारा भारतमा आत्महत्या

इटलीमा एकैदिन ४७५ को मृत्यु, वुहानमा शुन्य संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट इटलीमा कीर्तिमानी संख्यामा मानिसको ज्यान गएको छ । बुधबार यहाँ एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ । कोरोना फैलिएयता एकै दिन धेरै मानिसको ज्यान बुधबार गएको हो । संचारमाध्यमहरुका अनुसार इटलीको लोम्बार्डीमा ३ सय १९ जनाको ज्यान गएको छ । बाँकी अन्य क्षेत्रका संक्रमितको… Continue reading इटलीमा एकैदिन ४७५ को मृत्यु, वुहानमा शुन्य संक्रमित

सामान्य बन्दै चीनको जनजीवन

बुहान । कोरोना भाइरसको संक्रमणबाट माथि उठेसँगै चीन अब सामान्य जनजीवनमा फर्कन थालिसकेको छ । कोरोना भाइरस महामारीको केन्द्रविन्दु वुहानमा बिरामीको संख्या घटेको छ । स्कूल, कलेज तथा उद्योगहरु नियमित संचालनमा आउन थालेका छन् । यससँगै चीनले बुहानमा खटाएका अन्य राज्य तथा क्षेत्रका चिकित्सक आफ्नो कार्यक्षेत्रमा फर्कन थालेका छन् । मंगलबारबाट स्वास्थ्यकर्मीलाई बिदा दिन थालिएको… Continue reading सामान्य बन्दै चीनको जनजीवन

आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

न्यूयोर्क न्यूयोर्कमा निकै ठुलो संख्यामा कोरोना भाइरस संक्रमित देखिन थालेपछीि एक हजार बेड क्षमताको अमेरिकी सेनाको “हस्पिटल शिप” उपचारका लागि न्यूयोर्क ल्याउने तयारी गरिएको छ ।  यस अगाडि सन् २००१ को आतंकबादी हमलामा घाईतेहरुको उपचारका लागि प्रयोग गरिएको सेनाको “हस्पिटल शिप” अहिले बिरामीको चाप बढ्न थालेपछि न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मागेका थिए… Continue reading आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

यूरोप, जापान, कोरिया र खाडीबाट नेपालीलाई घर फर्कन रोक

काठमाडौं । सरकारले कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन यात्रुलाई रोकेको छ । यससँगै अब ती मुलुकमा रहेका नेपाली नागरिकसमेत आफ्नो मातृभूमि फर्कन पाउने छैनन् । सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भन्दै युरोप, खाडी राष्ट्र इरान, मलेसिया तथा दक्षिण कोरिया र जापानबाट मानिसहरुलाई नेपाल आउन रोकिएको छ । यूरोपका सबै मुलुकका नागरिक अब नेपाल आउन… Continue reading यूरोप, जापान, कोरिया र खाडीबाट नेपालीलाई घर फर्कन रोक

एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलने आंशका बढेको भन्दै सरकारले चैतमा निर्धारित सबे परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । यससँगै बिहीबारबाट संचालनको तयारी रहेको माध्यमिक शिक्षा (एसईई) परीक्षा समेत स्थगित भएको हो । सरकारले अन्तिम समयमा आएर भने परीक्षा स्थगित गर्ने निर्णयको भने व्यापक आलोचना भएको छ । जोखिमको आशंका निकै… Continue reading एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । सरकारले अतिआवश्यक काम नपरी घर बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ । बुधबार कोरोनाविरुद्ध उच्चस्तरीय समन्वय समितिले यस्तो आह्वान गरेको हो । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सरकारले सर्वसाधारणमा आग्रह गरेको हो । पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन समेत… Continue reading अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन

काठमाडौं । सरकारले यूरोप, मध्य एसिया र खाडी क्षेत्रका नागरिकलाई नेपाल आउन प्रतिवन्ध लगाउँदै करीव लकडाउन घोषणा गरेको छ । यसअघि अनअराइभल भिसा मात्र रोकिएकोमा अब यी मुलुक र यी मुलकमा ट्रान्जिट भएर आउने संसारकका सबै मुलुकका नागरिकले अब नेपालमा प्रवेश पाउने छैनन् । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले… Continue reading कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन

कोरोनाको कहरबीच सम्पन्न तीन राज्यको प्राइमरीमा बाइडेनको सानदार जित

न्यूयोर्क कोरोना भाइरसको त्रासबीच मंगलबार सम्पन्न तीन अमेरिकी राज्यको डेमोक्रेटिक राष्ट्रपतिय प्राइमरी निर्वाचनमा पूर्व उपराष्ट्रपति जो बाइडेनले सानदार जित हासिल गरेका छन् । फ्लोरिडा, इलाइनोइस र एरिजोनामा सम्पन्न निर्वाचनमा सिनेटर बर्नी स्यान्डर्सलाई ठूलो मतान्तरले बाइडेनले पराजित गरेका हुन् । यससँगै बाइडेनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा दलको टिकट हत्याउने निश्चित प्रायः भएको छ । स्यान्डर्स… Continue reading कोरोनाको कहरबीच सम्पन्न तीन राज्यको प्राइमरीमा बाइडेनको सानदार जित

आज नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीसमेत सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिगौला प्रत्यारोपण गरेपछि आज पहिलो पटक नेकपाको सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागि हुने बताइएको छ । २१ फागुनमा मिगौला प्रत्यारोपण पछि प्रधानमन्त्री १२ दिनपछि डिस्चार्ज भएका थिए । त्यसपछि… Continue reading आज नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीसमेत सहभागी हुने

आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने

काठमाडौं । आजबाट विद्यालय स्तरीय परीक्षा सकिएको छ । अब करीव ७० लाख विद्यार्थी सामुहिक रुपमा विद्यालयमा भेला हुनु पर्ने छैन । सरकारले विद्यालयहरुलाई तत्काल भर्ना नखोल्ने र कुनै पनि औपचारिक कार्यक्रम नगर्न भनेको छ । यसको मतलव कम्तिमा चैतभर विद्यालय खुल्ने छैनन् । यसले कोरोना विरुद्धको सचेतनामा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।… Continue reading आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने

चितवनमा तीन दिनमा बन्ने भयो अत्याधुनिक अस्पताल

भरतपुर । भरतपुर महानगरपालिकाले चितवनमा कोरोना भाइरसको सम्भावित उपचारका लागि अत्याधुनिक सेवासहितको अस्पताल बनाउने भएको छ । आगामी तीन दिनमा अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने दाबी महानगरपालिकाको रहेको छ । भरतपुर महानगरपालिकाको पहलमा भरतपुर–१० मा रहेको प्रदर्शनी केन्द्रमा अत्याधुनिक आईसीयूसहितको अस्पताल सञ्चालनमा ल्याइने भएको हो । महानगरपालिका यसको तयारीमा समेत जुटिसकेको छ । प्रदर्शनी… Continue reading चितवनमा तीन दिनमा बन्ने भयो अत्याधुनिक अस्पताल

कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने

काठमाडौं । बजारमा कालो बजारी गर्नेहरु सक्रिय भएपछि त्यसको निरुत्साहनका लागि सरकार आफैले सहुलियतपूर्ण पसल संचालन गर्ने भएको छ । नोवेल कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण नेपालमा पनि बजारमा सामानहरुको अभाव सिर्जना भएको छ । यही मौकामा धेरै धन कमाउने उद्देश्यले कालो बजारी गर्नेहरु सक्रिय भएका छन् । पछिल्लो समय मास्क, स्यानिटाइजरलगायत सरसफाईका काममा प्रयोग… Continue reading कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने

चीनले नेपाललाई भन्यो : सहयोग चाहिए उपलब्ध गराउँछौं

काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणबाट बच्न नेपाललाई सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । चीन अहिले कोरोनाको उच्च जोखिमबाट बाहिर निस्किसकेको छ । यद्दपी नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म देखिएको भने छैन । तर, नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेको छ । सोहीकारण कोरोना विरुद्ध लड्न नेपालले आवश्यक ठानेको… Continue reading चीनले नेपाललाई भन्यो : सहयोग चाहिए उपलब्ध गराउँछौं

एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई

काठमाडौं । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको सरकारले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक विज्ञप्तीमार्फत परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् । उनका अनुसार परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछ । त्यसो त बुधबारसम्म सबै विद्यालयलाई वार्षिक परीक्षा सकाउन सरकारले यसअघि नै… Continue reading एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई