जेठ २ मा फर्किएको एमालेमा नेम्वाङ र बादल शीर्ष वरीयतामा

काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन गर्दै जेठ २ मा फर्किएका नेकपा एमालेमा सुवास नेम्वाङ र रामबहादुर थापा बादललाई पदाधिकारीहरूको शीर्ष वरीयतामा राखिएको छ । माधव नेपाल छाडेर फर्किएका नेताहरूसहितको बिहीबारको केन्द्रीय कमिटी बैठकमा नेताहरूका आसन व्यवस्थापन गर्दा नेम्वाङ र रावललाई केन्द्रीय कमिटीका सचिवहरूभन्दा अघिल्लो लहरमा राखिएको हो । नेम्वाङ संविधानसभा अध्यक्ष तथा संसदीय दलका… Continue reading जेठ २ मा फर्किएको एमालेमा नेम्वाङ र बादल शीर्ष वरीयतामा

‘हिम्मत नभएकाहरु थन्किए हामी क्रान्तिकारी पार्टी बनाउँछौँ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले हिम्मत नभएकाहरु थन्किएर बसेका बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ रूपमा लैजान आफुहरुले यो बाटो रोजेको बताउँदै हिम्मत नभएका थन्किन्छ्न, क्रान्तिकारी चेत भएकाहरु नयाँ आन्दोलनमा जुटेको बताए । ‘पूर्व एमालेमा पीडित भएका कार्यकर्ताहरु विद्रोह गरेर आउँछन् हामीकहाँ’, उनले… Continue reading ‘हिम्मत नभएकाहरु थन्किए हामी क्रान्तिकारी पार्टी बनाउँछौँ’

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत टुहुरेको बिहीबार दिउँसो निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो । वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले १ सय ५० भन्दा बढी… Continue reading जनवादी गायक जेबी टुहुरेको निधन

प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको शपथ दिलाइएका हुन्। । आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको शपथ लिएका हुन्।… Continue reading प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

अपांगमैत्री छैनन् नेपालमा तारे होटेलका संरचना

काठमाडौं । नेपालमा पर्यटक स्तर र तारे स्तरका होटलमा समेत अपांगमैत्री संरचना नहुँदा त्यस प्रकारका पाहुनालाई आकर्षित गर्न सकिएको छैन । पहुँचयोग्य पर्यटकका कारण मुलुकको अर्थतन्त्रमै सकारात्मक प्रभव पर्न सक्ने भएपनि त्यसअनुसारको संरचना बनाउन नसकिएको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को अध्ययन अनुसार नेपालका तारे स्तरका ९० होटल र त्यसमा संलग्न… Continue reading अपांगमैत्री छैनन् नेपालमा तारे होटेलका संरचना

मेलम्ची बाढी प्रभावितलाई आजबाट खोप दिइने

सिन्धुपाल्चोक । मेलम्ची बाढी प्रभावित क्षेत्रमा आजबाट खोप अभियान शुरु हुँदैछ । १८ वर्षमाथिका २० हजार नागरिकले कोरोना विरुद्धको खोप पाउने भएका हुन् । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा खोप पठाइसकिएको बताइएको छ । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच… Continue reading मेलम्ची बाढी प्रभावितलाई आजबाट खोप दिइने

‘काबुल विमानस्थलमा जोखिम छ, सकेसम्म नजानु’

Reuters

काबुल । अमेरिका र बेलायतले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको भन्दै सकेसम्म त्यहाँ नजान आफ्ना नागरिकलाई सचेत गराएका छन् । विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन समेत भनिएको बीबीसीले लेखेको छ । दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारण प्रतीक्षारत छन्। १०… Continue reading ‘काबुल विमानस्थलमा जोखिम छ, सकेसम्म नजानु’

समाजवादी पार्टी संसदमा बन्यो चौथो ठूलो दल

काठमाडौं । माधव कुमार नेतृत्वको दल संसदमा चौथो ठूलो पार्टी बनेको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी बुधबार निर्वाचन आयोगबाट मान्यता पाएको छ । अब सांसद संख्याका आधारमा यो पार्टी संघीय संसदको चौथो ठूलो दल बनेको छ । केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० प्रतिशत भए मात्रै पनि दल विभाजन गर्न मिल्ने गरी सरकारले… Continue reading समाजवादी पार्टी संसदमा बन्यो चौथो ठूलो दल

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता भएको छ । नेकपा एमालेबाट अलग भएका नेताहरुले यो पार्टी गठन गरेका हुन् । नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको हो । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएसँगै यो पार्टीले अब… Continue reading माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४१ घाइते

प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ४१ जना घाइते छन् । जिल्लाको ठोकर्पाबाट कालिका हुँदै काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको थियो । कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटनामा परेको हो । बस ओरालो बाटोको मोडमा आफैं अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । घाइतेमध्ये १८… Continue reading सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४१ घाइते

नेपालमा थप २४८२ जनामा कोरोना पुष्टी, ४४ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४८२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७११ पीसीआर परीक्षणमा १८६२, र ५५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ ।… Continue reading नेपालमा थप २४८२ जनामा कोरोना पुष्टी, ४४ जना संक्रमितको निधन

ओलीको व्यंग्य-‘अध्यादेशमा माधवसँग जति सांसद छन् त्यति भए पुग्छ भनेर लेख्या भए हुन्थ्यो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्व सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने तर, अहिले भने अध्यादेश ल्याउने भन्दै प्रश्न गरेका छन् । आज पत्रकार सम्मेलन गरेर ओलीले आफूले अध्यादेश जारी गर्दाको अवस्था र अहिलेको अवस्था पनि फरक भएको बताएका हुन् । उनले माधवकुमार नेपाललाई जति चाहिन्छ त्यतिमै पार्टी फुटाउन मिल्ने गरी भनेर… Continue reading ओलीको व्यंग्य-‘अध्यादेशमा माधवसँग जति सांसद छन् त्यति भए पुग्छ भनेर लेख्या भए हुन्थ्यो’

नेपाली सेयर बजारमा लगातार पहिरो

काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । मंगलबार ५६ अंकले घटेको बजार आज पनि ४८ अंकले घटेको छ । दुई कारोबार दिनमै नेप्से सूचक १०५ अंकले घटेको हो । सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । गतहप्ता दैनिक २० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज १२ अर्बमा सीमित भएको छ ।… Continue reading नेपाली सेयर बजारमा लगातार पहिरो

एकीकृत समाजवादीमा २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् । नयाँ दल दर्ता प्रयोजनका लागि गरेको बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा केन्द्रीय सदस्य २७ प्रतिशत र २४.७९ प्रतिशत सांसदहरू खुलेका हुन् । दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाहरुलाई आयोगले सनाखतमा सहभागी… Continue reading एकीकृत समाजवादीमा २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत

पुसमा बुझाउनु पर्ने बैंकको साँवा ब्याज कोरोनाका कारण बुझाउन नसक्नेलाई एक वर्ष म्याद थप

काठमाडौं । आगामी पुुस मसान्तमा बैंकलाई बुझाउनु पर्ने ऋणको साँवा ब्याज कोरोना भाइरसको महाकारीका कारण तिर्न नसक्ने ऋणीलाई समय थप भएको छ । कोरोना प्रभावित ऋणीले ऋण तिर्न अतिरिक्त समय पाउने गरि नेपाल राष्ट्र बैंकले प्रावधान ल्याएको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन अनुसार आगामी पुस मसान्तसम्म भुक्तान… Continue reading पुसमा बुझाउनु पर्ने बैंकको साँवा ब्याज कोरोनाका कारण बुझाउन नसक्नेलाई एक वर्ष म्याद थप

नेकपा एकीकृत समाजवादी दलको सनाखत आज

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले आज औपचारिक मान्यता पाउँदैछ । साथै आजै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समेत वैधानिकता पाउने छ । निर्वाचन आयोगले दुबै दल दर्ता प्रक्रिया आज टुंगो लगाउने तयारी गरेको हो । आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सनाखत सम्पन्न भएपछि आयोगले… Continue reading नेकपा एकीकृत समाजवादी दलको सनाखत आज

माओवादीले तोक्यो नेताहरुको जिम्मेवारी, महरा बने प्रवक्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी तोकेको छ । अब पार्टी प्रवक्ताको जिम्मेवारीमा कृष्णबहादुर महरा आएका छन् । यसअघि यो जिम्मेवारीमा पम्फा भुसाल थिइन् । उनी मन्त्री बनेकी छिन् । एमालेसँगको पार्टी एकता भत्किएपछि भने प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । यता, महरा भने पूर्वसभामुखसमेत हुन् । माओवादीले प्रचार तथा प्रकाशन… Continue reading माओवादीले तोक्यो नेताहरुको जिम्मेवारी, महरा बने प्रवक्ता

अफगानी नागरिकलाई काबुल विमानस्थल जान रोक लगाउने तालिबानको घोषणा

AFP\BBC

काबुल । तालिबानले अफगानी नागरिकलाई अब काबुल विमानस्थल जान रोक लगाउने भएको छ । अमेरिकाको उक्साहटमा ठूलो संख्यामा अफगानी नागरिकले देश छाडेको भन्दै तालिबानले उनीहरुको सुरक्षाको ग्यारेन्टी समेत गरिने बताएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएको बीबीसीले लेखेको छ । मङ्गलवार एक पत्रकार सम्मेलनमा उनले विमानस्थलमा… Continue reading अफगानी नागरिकलाई काबुल विमानस्थल जान रोक लगाउने तालिबानको घोषणा

लुक्ला जान खोप अनिवार्य, नभए पिसिआर नेगेटिभ हुनुपर्ने

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेश गर्न कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाउनु पर्ने भएको छ । खोप लगाएको नभए पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य हुनुपर्ने निर्णय गाउँपालिकाले गरेको छ । गाउँपालिकाले त्रिभुवन विमानस्थल र लुक्ला विमानस्थललाई पत्र लेख्दै गाउँपालिकामा हवाईजहाज तथा हेलिकप्टरमार्फत प्रवेश गर्ने सबै यात्रुले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको वा पीसीआर… Continue reading लुक्ला जान खोप अनिवार्य, नभए पिसिआर नेगेटिभ हुनुपर्ने

अफगानिस्तानबाट फर्किए कुल ७७० नेपाली

काठमाडौं । अफगानिस्तानबाट अहिलेसम्म कुल ७७० जना नेपाली घर फर्किएका छन् । सो मुलुकलाई विद्रोहीले कब्जा गरेसँगै साविकको सत्ताले देश छाडेर भागेको छ । सोहीकारण त्यहाँ असुरक्षित बनेको छ । नेपालले विभिन्न मुलुकको सहयोगमा मंगलबार बेलुकीसम्म ७७० नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर काठमाडौं ल्याएको परराष्ट्र मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मंगलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना… Continue reading अफगानिस्तानबाट फर्किए कुल ७७० नेपाली

एमालेको मध्यधारका नेता ओली खेमामा विलय, १० बुँदे सहमति अनुमोदन

काठमाडौं । नेकपा एमालेमा मध्यधारमा रहेका नेताहरु अन्ततः ओली खेमामा विलय भएका छन् । १० बुँदे सहमति अनुमोदन गभएसँगै पार्टी २ जेठ २०७५ को संरचनामा फर्किएको एमालेले जनाएको छ । मंगलबार बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकमा माधवकुमार नेपाल समूहमा रहेपनि नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्य समेत… Continue reading एमालेको मध्यधारका नेता ओली खेमामा विलय, १० बुँदे सहमति अनुमोदन

नेपालमा थप २५२५ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ पीसीआर परीक्षणमा २०२० र ४९०१ एन्टिजेन परीक्षणमा ५०५ गरी २५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५१ हजार १ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २५२५ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन

कुलमान नियुक्तिका मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्नुको कारण माग गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कुलमानको नियुक्तीविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा तीन दिनभित्र मिसिल झिकाउन आदेश दिएको हो । प्रधिकरणको कार्यकारी निर्देशकमा आफू बहाल रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत… Continue reading कुलमान नियुक्तिका मिसिल झिकाउन सर्वोच्चको आदेश

कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदको शिक्षा तथा स्वाथ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न सरकारलाई निर्देशन दिएको छ। शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई परीक्षा गराउने व्यवस्था गर्न निर्देशन दिएको हो। ‘अन्य तहका परीक्षाहरु संचालन भइरहेको अवस्थामा कक्षा १२ को परीक्षा मात्र पटकपटक स्थगित हुँदा विद्यार्थीहरुमा भविष्यप्रतिको चिन्ता थपिनुका साथै… Continue reading कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न सरकारलाई निर्देशन

उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, सवारी सञ्चालनमा लगाइएको रोक हट्यो

File photo

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौं १६ सम्मको लागि थप गरिएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा भदौं १६ गतेसम्म थप्ने निर्णय गरेको छ। यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आज सकिदैछ । काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ। थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता… Continue reading उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, सवारी सञ्चालनमा लगाइएको रोक हट्यो

अमेरिकासहित त्रिदेशीय सिरिज खेल्न ओमान उड्यो नेपाली क्रिकेट टोली

काठमाडौं । त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाका सिलसिलामा नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान उडेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली मंगलबार बिहान ओमानतर्फ लागेको हो । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुँदैछ । त्यसअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र… Continue reading अमेरिकासहित त्रिदेशीय सिरिज खेल्न ओमान उड्यो नेपाली क्रिकेट टोली

काबुल विमानस्थल नछाड्न अमेरिकामाथि अन्तर्राष्ट्रिय दवाव

Reuters

काठमाडौं । तालिबानको कब्जामा आएको अफगानिस्तानस्थित अन्तर्राष्ट्रिय विमानस्थल भने अहिले अमेरिकाको नियन्त्रणमा छ । यहाँ हजारौं सैनिक खटिएका छन् । उता, अमेरिकामाथि यो विमानस्थल तत्काल नछाड्न अन्तर्राष्ट्रिय दवाव आएको छ । बीबीसीका अनुसार अमेरिकी अधिकारीले राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि पनि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिन सक्ने… Continue reading काबुल विमानस्थल नछाड्न अमेरिकामाथि अन्तर्राष्ट्रिय दवाव

माधव नेपाललाई धोका दिएका धनश्याम, योगेश सहितका नेता एमाले स्थायी कमिटी बैठकमा जाने

काठमाडौं । माधव कुमार नेपालले संविधानको रक्षा र गैरसंवैधानिक कदमका विरुद्ध चालेको कदममा साथ दिएका एमालेका केही नेताले अन्त्यमा उनको साथ छाडेका छन् । उनको साथ छाडेका नेताहरु अन्ततः केपी शर्मा ओली पथमा विलय भएका हुन् । आज नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा… Continue reading माधव नेपाललाई धोका दिएका धनश्याम, योगेश सहितका नेता एमाले स्थायी कमिटी बैठकमा जाने

वार्ता र सहमतिका समाचार धोखाधडीका निरन्तरता मात्र हुन् : माधव कुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले वार्ता र सहमतिका नाममा आएका समाचार धोकाधढीको निरन्तरता मात्र भएको बताएका छन् । सोमबार राती एक सन्देश सार्वजनिक गर्दै उनले यस्तो भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिमा अपिल समेत गरेका छन् । पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता… Continue reading वार्ता र सहमतिका समाचार धोखाधडीका निरन्तरता मात्र हुन् : माधव कुमार नेपाल

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपालमा खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मटिटतेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ ।… Continue reading खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो