काठमाडौं । जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको भ्याक्सिन दिने जानकारी दिएको हो । उक्त खोन जापानमा नै उत्पादन भएको हो । यसअघि मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने… Continue reading जापानले नेपाललाई आफ्नो देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप दिने
Category: फिचर
‘जनादेश मेरो पक्षमा थियो, म परमादेशले सरकारबाट बाहिरिए-‘ ओली
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशले भन्दापनि परमादेशले सरकारबाट बाहिरिनु परेको बताएका छन् । सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले चने जनादेशले होइन, परमादेशले सरकारबाट बाहिरिदैछु । जनादेश मेरो पक्षमा नै थियो । तर संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताए ।
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ६ बजे
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्। सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रपतिको कार्यालयले शपथको तयारी गरेको छ । देउवाले प्रधानमन्त्रीको रुपमा… Continue reading शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ६ बजे
जाँदाजाँदै ओलीले वालुवाटारमै बोलाए एमाले स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा मुस्किलले आधा दर्जन पटक मात्र सरकारी कार्यालय टेकेका छन् । सबै कामकाज उनले सरकारी निवास वालुवाटारबाटै गरे । सरकारी कामबाहेक उनले पार्टीका हरेक बैठकहरु समेत सरकारी निवासमै डाके । सोहीकारण उनीमाथि सरकारी निवासलाई पार्टी कार्यालय बनाएको आरोप समेत लाग्छ । उनले जाँदा जाँदै नेकपा एमालेको… Continue reading जाँदाजाँदै ओलीले वालुवाटारमै बोलाए एमाले स्थायी कमिटी बैठक
कतिबेला हुनेछ देउवाको नियुक्ति र सपथ ?
काठमाडौं । सर्वोच्च अदालतले सोमबार दिउँसो एक बजे गरेको फैसला अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्ति दिनु पर्नेछ । यो समय आज साँझ ५ बजे सकिने भएको छ । राष्ट्रपति कार्यालय अदालतको आदेश कार्यान्वयनको तयारीमा छ । कार्यालय स्रोतका अनुसार देउवा तोकिएको समय अगाडी नै प्रधानमन्त्रीमा नियुक्त हुने छन् ।… Continue reading कतिबेला हुनेछ देउवाको नियुक्ति र सपथ ?
माओवादी केन्द्रले सरकारमा जाने मन्त्री तय गर्दै
काठमाडौं । सरकारमा जाने मन्त्रीको नाम तय गर्न आज नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ । मंगलबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकले सरकारमा माओवादीको नेतृत्व गर्ने नेताको नाम तय हुने भएको हो । शेरबहादुर देउवाको नेतृत्वमा आज सरकार गठन हुँदैछ । देउवाले आजै गठबन्धनका नेता सहभागी गराई सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरेका… Continue reading माओवादी केन्द्रले सरकारमा जाने मन्त्री तय गर्दै
वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने
काठमाडौं । गन्तब्य मुलुकमा खोप अनिवार्य भएसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने जागरिक प्रभावित भएका थिए । अब भने सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकताका आधारमा खोप लगाउने भएको छ । मंगलबार देशभर खोप अभियान शुरु हुँदैछ । मंगलबारबाट चीनबाट खरीद गरेको भेरोसेल खोप दिन लागिएको हो । यो प्राथमिकतामावैदेशिक रोजगारीमा जाने नेपाली समेत परेका हुन् ।… Continue reading वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने
देउवाको नेतृत्वमा संयुक्त सरकार बन्ने, मंगलबार नै सानो मन्त्रीमण्डल बनाउने तयारी
काठमाडौं । विपक्षी गठबन्धनमा रहेका दलहरु कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउन सहमति भएका छन । सर्वोच्चको फैसलापछि सोमबार पाँच राजनीतिक दल सम्बद्ध गठबन्धनको बैठक बसेको थियो । बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको हो । यो बैठकमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समेत… Continue reading देउवाको नेतृत्वमा संयुक्त सरकार बन्ने, मंगलबार नै सानो मन्त्रीमण्डल बनाउने तयारी
एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?
काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज नेपाललाई उपलब्ध गराएको छ । आज नेपाल आइपुगेको यो खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ । सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको हो । मन्त्रालयका अनुसार यो खोप एक डोज मात्र लगाए पुग्ने छ । खोप ५०–५४ वर्ष उमेर… Continue reading एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?
मिसन पुरा भएसँगै विपक्षी गठबन्धनबाट अलग भयो एमालेको माधव समूह
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको समूह विपक्षी गठबन्धनबाट अलग भएको छ । आज बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले यस्तो जानकारी गराएका हुन् । संविधानको रक्षा गर्ने मिसन पुरा भएको र परिस्थिति फेरिएको भन्दै उनले अब आफु गठबन्धनमा नलाग्ने बताएका हुन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री… Continue reading मिसन पुरा भएसँगै विपक्षी गठबन्धनबाट अलग भयो एमालेको माधव समूह
अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो
काठमाडौं । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप नेपाल आएको छ । एक डोज मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत आज काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । यससँगै अमेरिकाले दिएको खोपबाट १५ लाख… Continue reading अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो
धारा ७६ (५) अनुसार सांसदलाई पार्टीको ह्विप नलाग्ने सर्वोच्चको फैसला, एमाले सांसदमाथि कारवाही नहुने
काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका एमाले सांसदहरुलाई पार्टीले कारवाही गर्न नसक्ने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेसँगै उनीहरुमाथि पार्टीले कारवाही गर्न नसक्ने भएको हो । सोमबार संवैधानिक इजलासले फैसलामा यस्तो आदेश आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले… Continue reading धारा ७६ (५) अनुसार सांसदलाई पार्टीको ह्विप नलाग्ने सर्वोच्चको फैसला, एमाले सांसदमाथि कारवाही नहुने
देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश
काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस सभापति शेर बहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको सर्वोच्चले उक्त आदेश गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री… Continue reading देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश
संसद विघटन बदर, ७ दिन भित्र संसद बोलाउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको छ । यससँगै सरकारको कदम बदर भएको छ । प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिँदै संसद विघटनको निर्णय बदर भएको फैसला सुनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते… Continue reading संसद विघटन बदर, ७ दिन भित्र संसद बोलाउन आदेश
उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु
कानपुर । नेपालको सीमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु भएको छ । यो घटना आइतरबारको हो । भारतीय संचारमाध्यमहरुका अनुसार डेढ दर्जन मानिस घाइते छन् । उत्तर प्रदेशमा आइतबार भारी वर्षा भएको थियो । सो दौरान परेको चट्यांगले ठूलो मानवीय क्षति गरेको हो । यो संख्या उत्तर प्रदेशको फरक… Continue reading उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु
आज सरकारको अग्नी परीक्षा, प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला आउने
काठमाडौं । दोस्रो पटक प्रतिनिधिसभा विघटन गरि मध्यावधी निर्वाचन घोषणा गरेको विरुद्धमा परेको रिटको इजलास आजका लागि बोलाइएको छ । दुबै तर्फको बहस २१ असारमै सकिएको थियो । अघिल्लो पटक तत्काल फैसला दिएको सर्वोच्चले यो पटक भने एक साताको समय राखेको थियो । यसबीचमा सत्तारुढ एमालेको एकता प्रयासमा अधिकतम प्रयास गरिएपनि विचाराधिन मुद्दा प्रभावित हुने… Continue reading आज सरकारको अग्नी परीक्षा, प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला आउने
सहमतिको बुँदालाई प्रधानमन्त्रीका सल्लाहकारले गरेको कु-प्रचारप्रति माधव नेपालको कडा आपत्ति
काठमाडौं । नेकपा एमालेको कार्यदलस्तरमा भएको सहमति आइतबार राती सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब शेरबहादर देउवालाई १२३ जनाको मात्र समर्थन रहेको र सर्वोच्चले संसद पुनर्स्थापना र प्रधानमन्त्री नियक्तिका लागि परमादेश दिन नसक्ने भन्दै सामाजिक संजालमा लेखे । उनको यो दाविप्रति वरिष्ठ नेता माधवकुमार नेपाल भने आक्रोसित बनेका छन् । विचाराधिन मुद्दाको पेसी… Continue reading सहमतिको बुँदालाई प्रधानमन्त्रीका सल्लाहकारले गरेको कु-प्रचारप्रति माधव नेपालको कडा आपत्ति
इटलीलाइ यूरोकपको उपाधी
लण्डन । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको इटलीले युरोकप २०२० माथि कब्जा जमाएको छ । सोमबार बिहान इंग्ल्याण्डको घरेलु मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट समेत १-१ गोलको बराबरीमा गएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । यो खेल इटलीले ३-२ ले जित्यो । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले दुई प्रहार बताए ।… Continue reading इटलीलाइ यूरोकपको उपाधी
अन्तत: एमाले विवादमा आइसब्रेक, १० बुदे सहमतिमा हस्ताक्षर
काठमाडौं । नेकपा एमालेभित्रको विवाद अन्ततः टुंगोमा पुगेको छ । कार्यदल स्तरको बैठकले १० वटा बुदामा सहमी गर्दै विवाद टुङ्ग्याएको हो । आइतबार राती साढे १० बजे अर्थ मन्त्रालयबाट एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सहमति पत्र पढेर सुनाए । उनका अनुसार कार्यदलको बैठकमा १० बुँदे सहमति पत्रमा हस्ताक्षर भयो । यो सहमतिपत्र सोमबार नेतृत्व तहमा पेस… Continue reading अन्तत: एमाले विवादमा आइसब्रेक, १० बुदे सहमतिमा हस्ताक्षर
नेपाल टेलिकमको डाटामा चिनियाँ ह्याकरको आक्रमण
काठमाडौं । नेपालको बैंकिंग प्रणालीमा निरन्तर आक्रमण गरि क्षति पुर्याइरहेको चिनियाँ ह्याकरको समूहले नेपाल टेलिकमको महत्वपूर्ण डाटा ह्याक गरेको दावि गरेको छ । डाटा ह्याक भएको चेतावनीपछि नेपाल टेलिकमले समेत आफ्नो एउटा सर्भर बन्द गरेको जनाएको छ । चिनियाँ ह्याकर समूहले सर्भरमा आक्रमण गरेर डाटा हृयाक गरेको दावी गरेपछि टेलिकमले शंकास्पद सर्भर सर्ट डाउन गरेको… Continue reading नेपाल टेलिकमको डाटामा चिनियाँ ह्याकरको आक्रमण
निधारमा एमाले अध्यक्ष ओलीको चित्र बनाएका युवासंघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडकमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र निधारमा कोरेका एमालेको भातृसंगठन युवा संघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले आज काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी गरेको र काम गर्न नदिएको भन्दै विपक्षी गठबन्धनविरुद्ध आन्दोलन गर्नुपरेको समेत बताए । सरकारविरुद्ध विपक्षी गठबन्धनका दलका भातृ सङ्गठनले… Continue reading निधारमा एमाले अध्यक्ष ओलीको चित्र बनाएका युवासंघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडकमा
जसपा एकिकरण गैरकानूनी भन्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । फुटको अन्तिम तयारीमा रहेको जनता समाजवादी पार्टीको एकिकरण नै गैरकानूनि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको थियो । तर, एकिकरण प्रक्रियाको प्रारम्भ नै त्रुटीपूर्ण, कपटपर्ण र संविधान तथा कानूनविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा… Continue reading जसपा एकिकरण गैरकानूनी भन्दै सर्वोच्चमा रिट दायर
अदालतमा विचाराधिन मुद्दामा नबोल्ने माधव नेपालको अडानपछि एमालेमा अझै जुटेन सहमति
काठमाडौं । एमालेलाई विभाजनको मुखबाट जोगाउन अन्तिम कसरतमा लागेका नेताले मिलीसक्यो भन्न लागेको दुई साता भयो । पछिल्लो समय शनिबार एमाले नेता सुवास नेम्वांगले आइतबार बिहानै एमालेका सुभचिन्तकले सुखदः खबर सुन्न पाउने बताएका थिए । तर, उनले भनेजस्तो भएन । सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको वार्ता सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा… Continue reading अदालतमा विचाराधिन मुद्दामा नबोल्ने माधव नेपालको अडानपछि एमालेमा अझै जुटेन सहमति
नेपालमा थप १८३३ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५५३५ पीसीआर परीक्षणमा १२३७ र ३६८३ जनाको एन्टिजेन परीक्षणमा ५९४ जना गरी १८३३ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १८३३ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु
एमालेको बादल समूहलाई झड्का, माओवादी केन्द्रको दल दर्ता खारेज अस्वीकृत
काठमाडौं । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ। पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझीलगायतका नेताहरुले दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदन अस्वीकार गर्दै आयोगले प्रचण्डको नेतृत्वको माओवादी केन्द्र बैधानिक रहेको बताएको हो । आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी दल दर्ता… Continue reading एमालेको बादल समूहलाई झड्का, माओवादी केन्द्रको दल दर्ता खारेज अस्वीकृत
गोरखा र स्याङ्जामा भेटियो कोरोनाको नयाँ भेरियन्ट
काठमाडौं । गण्डकी प्रदेशमा पनि कोरोना भाइरसको नयाँ डेल्टा भेरियन्ट बी.१.६१७.२ फेला परेको छ । स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशले स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका २ पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा डेल्टा भेरियन्ट देखिएको पुष्टि… Continue reading गोरखा र स्याङ्जामा भेटियो कोरोनाको नयाँ भेरियन्ट
विकास बैंक र फाइनान्स चम्किँदा नेपाली सेयर बजारमा उछाल
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । करिब २२५ अंकको करेक्शनपछि गत बिहीबारदेखि उकालो लागेको बजारमा आज उछाल आएको हो । पछिल्लो दुई कारोबार दिनमै नेप्से करिब १०० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिक सवा ४ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज झन्डै… Continue reading विकास बैंक र फाइनान्स चम्किँदा नेपाली सेयर बजारमा उछाल
आतइबार देशका अधिकांश स्थानमा वर्षा हुने
काठमाडौं । आइतबार देशका धेरै ठाउँमा वर्षा जारी रहने भएको छ । पछिल्लो तीन दिनयता वर्षा जारी छ । प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । आइतबार दिनभर धेरै स्थानमा वर्षा हुने छ । काठमाडौं उपत्यकामा समेत वर्षा जारी छ… Continue reading आतइबार देशका अधिकांश स्थानमा वर्षा हुने
अर्जेण्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेसीलाई ऐतिहासिक उपाधी
काठमाडौं । अर्जेण्टिना कोपा अमेरिकाको च्याम्पियन बनेको छ । चिरपरिचित प्रतिद्धन्द्धी ब्राजिललाई १-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । अर्जेण्टिनाले यो जित कप्तान लियोनल मेसीको नाममा समर्पित गरेको छ । उनी समकालिन फुटबलमा महान… Continue reading अर्जेण्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेसीलाई ऐतिहासिक उपाधी
मेलम्ची बाढीग्रस्त क्षेत्रमा एक महिनापछि पुगे प्रधानमन्त्री
सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीमा बाढी र पहिरोबाट भएको प्रलयकारी विनासको एक महिनापछि स्थलगत अनुगमन गरेका छन् । शनिवार दिउँसो बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुको अवलोकनमा पुगेका प्रधानमन्त्रीले सो वस्ती अब दीघर्कालिन रुपमा बस्न उपयुक्त नहुने बताए । अवलोकनपछि स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गरेका उनले विपदबाट जनधनको दीर्घकालीन सुरक्षा गर्न सुरक्षित ठाउँमा… Continue reading मेलम्ची बाढीग्रस्त क्षेत्रमा एक महिनापछि पुगे प्रधानमन्त्री