बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

काठमाडौं । ८ माघ शनिबारको राती ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलले २० दिनपछि भेटिएको मूर्ति सार्वजनिक गरेको हो । गत राती ललितपुरको हात्तीवन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अवस्थामा मूर्ति फेला परेको हो । हात्तीवनका स्थानीय बुढी आमाले बोरामा राखेको अवस्थामा… Continue reading बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

हत्या आरोपमा अघोरी बाबा पक्राउ

काठमाडौं । काठमाडौंको फर्पिङमा एक पुरूषको हत्याको आरोपमा प्रहरीले एक ‘अघोरी’ बाबालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले दक्षिणकाली नगरपालिका ६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले बिहीबार साँझ अन्दाजी ४०\४५ वर्षका बोल्न नसक्ने पुरूषमाथि दाउराको चिर्पट र बाँसले टाउकोमा… Continue reading हत्या आरोपमा अघोरी बाबा पक्राउ

चार मुलुक सहभागी क्रिकेट सिरिजमा नेपालको विजयी शुरुवात

काठमाडौं । चार देशीय टी २० सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित निकालेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएसँगै नेपालले ३ बल अगाडी नै लक्ष्य भेटायो । यससँगै नेपालका नयाँ कप्तान सन्दीप लामिछानेले कप्तानी डेब्यु जितबाट गर्न… Continue reading चार मुलुक सहभागी क्रिकेट सिरिजमा नेपालको विजयी शुरुवात

के छ स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरेको प्रगति विवरणमा ?

काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफ्नो १०० दिने कार्यप्रगति सार्वजनिक गरेका छन् । असोज २२ गते स्वास्थ्यमन्त्री नियुक्त भएका खतिवडाले शुक्रबार १०० दिनको कार्य प्रगति सार्वजनिक गरेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेको ‘खोप, खोप र खोप’ अभियानलाई महत्व दिँदै कोरोनाको परिक्षण गर्ने प्रयोगशालाको संख्या बढाउनेदेखि पीसीआर परिक्षणको मूल्य घटाउनेसम्मका विषय समेटेका छन्… Continue reading के छ स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरेको प्रगति विवरणमा ?

‘युक्रेनमा आक्रमणका खतरा बढ्यो, अमेरिकी नागरिकले छिट्टै देश छाड्नुस्’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेलनले युक्रेनमा बाँकी रहेका सबै अमेरिकी नागरिकलाई चाँडोभन्दा चाँडो देश छाड्न आग्रह गरेका छन्। रसियाले कुनै बेला आक्रमण गर्न सक्ने खतरा बढेको भन्दै बाइडेनले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन्। जुनबेला जे पनि हुन सक्ने भन्दै बाइडेनले आफू उद्धारका लागि सेना पठाउने तयारीमा नरहेको चेतावनीसमेत दिएका छन्। रसियाले… Continue reading ‘युक्रेनमा आक्रमणका खतरा बढ्यो, अमेरिकी नागरिकले छिट्टै देश छाड्नुस्’

चितवनमा बर्डफ्लू भेटियो, फर्म आसपासका पक्षीहरू नष्ट गरिने

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) भेटिएको छ । राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । फर्ममा पालिएका कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्डफ्लू परीक्षण गरिएको थियो । उक्त नमुनामा बर्डफ्लू पुष्टी भएको स्थानियबासीले बताएका छन् ।… Continue reading चितवनमा बर्डफ्लू भेटियो, फर्म आसपासका पक्षीहरू नष्ट गरिने

राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति निराशाजनक

काठमाडौं । राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति निराशाजनक देखिएको छ ।सरकारले प्रत्येक वर्ष राष्ट्रिय गौरवका आयोजनामा खर्च बढाउने गरी कार्यविधि बनाएपनि खर्चको स्थिति भने निराशाजनक देखिएको हो । यो वर्ष ६ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनाको खर्च जम्मा १६.३९ प्रतिशत देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि कूल ८२ अर्ब… Continue reading राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति निराशाजनक

दाङमा आगलागीमा मृत्यु भएका पाँचै जनाको पहिचान

दाङ । दाङको तुल्सिपुरमा गएराति दुई बजेदेखि लागेको आगलागीमा परि मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ५मा ङ लाइनमा रहेको एक चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्याम अर्यालका अनुसार मृतकमध्ये चार पुरुष र एक महिला रहेको सरकारी संचारमाध्यम गोरखापत्रले… Continue reading दाङमा आगलागीमा मृत्यु भएका पाँचै जनाको पहिचान

अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न उर्दी

REUTERS/Gleb Garanich

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न भनेका छन् । बीबीसीका अनुसार उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै त्यसो भनिएको उल्लेख गरेका छन् । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्। उनले अवस्था छिट्टै भयानक हुनसक्ने… Continue reading अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न उर्दी

दाङको तुल्सिपुरमा आगोलागी, ५ जनाको मृत्यु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा एक घरमा भएको आगलागीमा परि पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घटनामा चार पुरुष र एक बालिका परेको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेको छन् । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको छ ।… Continue reading दाङको तुल्सिपुरमा आगोलागी, ५ जनाको मृत्यु

खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष माथिका सबैले बुस्टर डोज लगाउन पाउने

काठमाडौं । नेपालमा खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष भन्दा माथिका सबै नागरिकले बुस्टर डोज लगाउन सक्ने भएका छन् । सरकारले कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो श्रृङ्खला खोप लगाएको ६ महिना पूरा भएका… Continue reading खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष माथिका सबैले बुस्टर डोज लगाउन पाउने

चार मुलुक सहभागी क्रिकेट सिरिज आजबाट, नेपाल र ओमान भिड्दै

काठमाडौं । चार मुलुक सहभागी रहेको क्रिकेट सिरिज आजबाट शुरु हुँदैछ । आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर अगाडी यो सिरिज हुन लागेको हो । ओमानको घरेलु मैदान मस्कटस्थित अल अमिरातमा दिउँसो ३ः४५ बाट खेल सुरु हुनेछ । नेपालमा हिमालय टिभिबाट खेल प्रत्यक्ष हेर्न सकिे छ । नेपाल, ओमान, आयरल्याण्ड र युएई सिरिजमा खेल्दैछन् ।… Continue reading चार मुलुक सहभागी क्रिकेट सिरिज आजबाट, नेपाल र ओमान भिड्दै

चूनाव गर्न ५० अर्बको माग : अर्थमन्त्री

काठमाडौं । निर्वाचनको प्रयोजनका लागि ५० अर्ब रुपैयाँको अतिरिक्र माग आएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बजेटको अर्धवार्षिक समिक्षा कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा चुनावका लागि विनियोजन गरिएभन्दा पाँच गुणा बढी रकम माग भएको जानकारी दिए । यसले मन्त्रालय दबाबमा परेको उनको भनाई छ । चालु आर्थिक वर्षको बजेटमा १०… Continue reading चूनाव गर्न ५० अर्बको माग : अर्थमन्त्री

बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

काठमाडौं । बेलायतमा कोरोनाबाट बच्न लागु गरिएको आइसोलेसनका नियमहरु हट्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले सङ्क्रमित घरमै एकान्तमा बस्नु पर्ने नियम लगायत महामारी नियन्त्रणका लागि इङ्ल्याण्डमा बाँकी रहेका सबै प्रतिबन्ध यसै महिनाको अन्त्यसम्ममा हटाइने बताएका हुन् । बीबीसीका अनुसार इङ्ल्याण्डमा अहिले कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू पाँच दिनसम्म घरमा एकान्तबास, आइसोलेशनमा बस्नुपर्छ । यस्ता… Continue reading बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

नेपालमा थप १३६९ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १०१३ जना र ३००० जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ गरी १३६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७१ हजार… Continue reading नेपालमा थप १३६९ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो, बेल्जियम शीर्ष स्थानमा यथावत

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको हो। यसअघि नेपाल १६९ औं स्थानमा थियो । नेपालको ९८२।.२ अंक छ। नेपालले यही महिना अफ्रिकी राष्ट्र मरिससमाथि दुई खेलमा जित निकालेको थियो। दक्षिण एसियामा… Continue reading फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो, बेल्जियम शीर्ष स्थानमा यथावत

स्थानीय तहको निर्वाचन गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट दर्ता गर्न अस्वीकार गरेको छ । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा संविधानले तोके अनुसार आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भन्दै सरकरको निर्णय खारेजीको माग गर्दै निवेदन दिए पनि सर्वोच्च प्रशासनले… Continue reading स्थानीय तहको निर्वाचन गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार

अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

काठमाडौं । सरकारले बजेटको आकार घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले आव २०७८र७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् । खर्च हुन नसक्ने भएपछि शर्माले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बजेट आकार ८६ अर्बले घटाएका हुन्। चालु बर्ष सरकराले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो। यसलाई… Continue reading अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

रोकिएन् नेपाली शेयर बजारको ओरालो यात्रा, कारोबारमा सुधार

काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेको छ । अघिल्लो दिन नेप्से २२ अंकले घटेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३४९ रुपैयाँ बराबरको ६९ लाख ५०… Continue reading रोकिएन् नेपाली शेयर बजारको ओरालो यात्रा, कारोबारमा सुधार

क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन टूडोले देशभरट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । यो कदम अस्वीकार्य रहेको उनको प्रतिक्रिया छ । बीबीसीका अनुसार त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ। ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो… Continue reading क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

शुक्रबारबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरपछि माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सूचना जारी गरि यसबारे जानकारी गराएको हो । कोषले बुधबार जारी गरेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी… Continue reading शुक्रबारबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला

शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

File rss

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उनले जोशीलाई भेटेका हुन् । मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राससले… Continue reading शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

फाइल तस्वीर

काठमाडौं । सरकारले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा ९ वैशाखबाट शुरु हुने छ । शुक्रबार परेको यो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने तालीकामा उल्लेख छ । वैशाख ११ मा अनिवार्य गणित र १२… Continue reading एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

टर्की र ग्रिसको सिमानामा चिसोका कारण मृत्यु भएका १९ आप्रवासीमा नेपाली पनि परेको आशंका

File

इस्तानबुल । टर्की र ग्रिसको सिमा क्षेत्रमा गत साता चिसोले कठ्याग्रीएर १९ जना आप्रवासीको मृत्यु भएको छ । उनीहरु अवैध बाटोबाट टर्की हुँदै ग्रिस छिर्न आएका थिए । १९ आप्रवासीहरूको गत साता चिसोले ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले पुष्टी गरेका छन् । मृत्यु हुनेमा नेपाली समेत परेको आंशका गरिएको छ । १९ जनाको शव भेटिए पनि… Continue reading टर्की र ग्रिसको सिमानामा चिसोका कारण मृत्यु भएका १९ आप्रवासीमा नेपाली पनि परेको आशंका

होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

Photo Courtesy: Hotel Yak & Yeti

काठमाडौं । सरकारले पाँचतारे होटेल याक एण्ड यति बन्द गर्न निर्देशन दिएको छ । होटेलको बैंक खाता रोक्का गर्दै पर्यटन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । बैंकको पाँचतारे स्तरको वर्गिकरण प्रमाणपत्र रद्द गरेको छ भने क्यासिनो र होटेल संचालनमा समेत रोक लगाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार यस्तो निर्णय… Continue reading होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

६ महिनामा विदेशबाट भित्रियो मात्र साढे ४ खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको शुरुवाती महिनाबाटै रेमिट्यान्स भित्रने क्रम शुरु भएकोमा छैठौं महिनासम्म समेत सोही प्रवृत्ति देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह ५.५ प्रतिशतले घटेको छ । ६ महिनामा कुल ४ खर्ब ६८ अर्ब ४५ करोड मात्र रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह… Continue reading ६ महिनामा विदेशबाट भित्रियो मात्र साढे ४ खर्ब रेमिट्यान्स

रेल चलाउने मिति नजिकियो, हाट बजार हटाउन शुरु

जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनको मिति तय भएसँगै नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । आगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन थालेको छ । जनकपुरधामसहित… Continue reading रेल चलाउने मिति नजिकियो, हाट बजार हटाउन शुरु

नेपालमा १४ जना संक्रमितको निधन, ७ हजार ७७७ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १८५१ जना र ४७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० गरी २४०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७० हजार… Continue reading नेपालमा १४ जना संक्रमितको निधन, ७ हजार ७७७ जना संक्रमण मुक्त

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २१.२२ प्रतिशत महँगियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ६ महिनाको तथ्यांक अनुसार पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २१.२२ प्रतिशत महँगियो

स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने सीके रावतको धम्की

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका छन् । बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन भए मात्र स्थानीय तहको निर्वाचनको परिकल्पना गर्न सकिने बताएका हुन् । यदि माग पुरा नभए स्थानीय तहको निर्वाचनमा तराई-मधेसमा अवरोध गर्ने उनको भनाइ छ… Continue reading स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने सीके रावतको धम्की