Category: फिचर

  • सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

    सुन्दरीजलमा खोलामा खसेर एक किशोर वेपत्ता

    काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना किशोर बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार अपराह्न सवा ४ बजे सुन्दरीजलस्थित बागमती खोलामा अन्दाजी १६ वर्षीय किशोर खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    काठमाडौंको कपन घर भएका उनी साथीहरूसँग घुम्न निस्केका थिए । वेपत्ता हुनेमा १६ वर्षीय शुभम श्री प्रधान छन् । उनीसँग सात जना साथी थिए । प्रहरीका अनुसार फोटो खिचाउन ढुंगामा बस्दा चिप्लिएर उनी खोलामा खसेको पाइएको छ । अहिले किशोरको खोजी भइरहेको छ।

  • तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

    तराई पुगेर प्रचण्डले भने : नागरिकतामा गरेको बाचा पूरा गर्‍यौं

    सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् ।

    शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा उनले अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको बताए ।

    तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर हालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ’ उनले भने, ‘हिजोबाट हमीले नागरिकताको समस्या समाधान गर्ने निर्णय गर्‍यौं ।’
    उनले नागरिकताको समस्याबाट पीडित नागरिकलाई बधाई पनि दिए । ‘माओवादी केन्द्रले हिजो जे प्रतिवद्धता गरेको थियो, त्यसलाई पूरा गरको छ ।’

    प्रतिनिधिसभाले शुक्रबार नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै जन्मका आधारमा नेपाली नागरिकता पाउने नेपालीको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खुलेको छ ।

  • नेपालमा ३३५ जनामा कोरोना पुष्टि

    नेपालमा ३३५ जनामा कोरोना पुष्टि

    काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

  • गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने ढोका खुला

    गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने ढोका खुला

    काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । यो विधेयक राष्ट्रियसभाबाट पास भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यानवयनमा आउने छ । यस विधेयक अनुसार अब गैर आवासीय नेपालीलाई नेपाली नागरिकता लिन ढोका खुलेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा अघि सार्दै नागरिकताका लागि माग राख्दै आएको थियो । नयाँ संविधानले सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

    तर नागरिकता ऐन संशोधन नहुँदा गैरआवासीय नेपालीले नागरिकता लिन सकेका थिएनन् । सोमबार विधेयक पारित भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो । संविधानमै साविकमा वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको व्यक्तिलाई गैरआवासीय नेपाली नागरिकता दिने भनिएको छ ।

    नागरिकता विधेयकले गैरआवासीय नेपाली नागरिकता लिन चाहने कागजात र पालना गर्नुपर्ने शर्तहरु तोकेको छ । जस अनुसार निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण हुनुपर्छ । सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण ल्याउनु पर्छ ।

    विदेशी मुलुकको नागरिकता भएको प्रमाण समेत ल्याउनु पर्छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण समेत चाहिने भएको छ । नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र आवश्यक पर्नेछ । गैर आवासीय नेपाली नागरिकताको लागि निवेदन दिँदा पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ । विधेयक अनुसार निवेदन प्राप्त भएपछि सम्बन्धित मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी गैर आवासीय नेपाली नागरिकता दिनेछ ।


    गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले तोकिएको ढाँचामा शपथ गराउनेछ । झुटो विवरण दिई गैर आवासीय नेपाली नागरिकता लिएमा, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा भने त्यस्तो नागरिकता रद्द हुनेछ ।

  • संसदबाट पारित भयो नागरिकता विधेयक

    संसदबाट पारित भयो नागरिकता विधेयक

    काठमाडौं । प्रतिनिधिसभाबाट शुक्रबार नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक कानून बन्नेछ । २२ साउन २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक शेरबहादुर देउवा नेतृत्वको सरकारले २१ असारमा फिर्ता लिएको थियो । त्यसपछि नयाँ नागरिकता विधेयक दर्ता गरिएको थियो ।

    यसलाई शुक्रबार प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । अन्तरिम संविधान–२०६३ मा भएको नागरिकतासम्बन्धी कतिपय व्यवस्था २०७२ मा संविधानसभाले जारी गरेको संविधानले परिवर्तन गर्‍यो । त्यसपछि नागरिकता ऐनलाई नयाँ संविधान अनुकुल बनाउनका लागि संशोधन भएको हो ।

    अन्तरिम संविधान–२०६३ ले २०४६ साल चैत मसान्तसम्म नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेका व्यक्तिलाई जन्मको आधारमा नागरिकता दिने व्यवस्था गरिएको हो । अब संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता लिएकाहरुको १६ वर्ष उमेर पुगेका सन्तानले वंशजको आधारमा नागरिकता लिन सक्नेछन् ।

    विधेयकको दफा २ अनुसार ‘संवत २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन् । नेपालको संविधान २०७२ महिला र पुरुषलाई समान वंशीय हक हुने व्यवस्था गरेको छ ।

    तर संविधानको नागरिकतासम्बन्धी व्यवस्थामै लिंगका आधारमा विभेद गरिएकाले अहिले ऐनमा बराबरीको व्यवस्था गर्न नसकिएको संविधानसभा सदस्यहरुले नै स्वीकार गरेका छन् । सोमबार संसदबाट पास भएको नागरिकता विधेयकले नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट नागरिकता कसरी लिन सक्छन् भन्ने प्रष्ट पारेको छ ।

    विधेयकको दफा ४ को उपदफा १ (क) अनुसार नागरिकता लिन चाहनेले आफ्नो बाबुको पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्छ । साथै आमाले पनि आफ्नो श्रीमानको पहिचान हुन नसकेको स्वःघोषणा गर्नुपर्नेछ । आमाको मृत्यु भइसकेको वा होस, ठेगानामा नरहेको अवस्थामा भए त्यसको पनि प्रमाणसहित स्वःघोषणा गर्नुपर्ने हुन्छ ।

    स्वःघोषणाको ढाँचा गृह मन्त्रालयले तयार गर्नेछ। यसरी गरिएको स्व:घोषणा झुटो ठहरिए सजाय हुनेछ । बाबुको पहिचान हुन नसकेको भनी गरेको स्व:घोषणा झुटो ठहरिए एक बर्षदेखि तीन वर्षसम्म कैद वा एक लाख देखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

  • घरजग्गा कर्जामा कडाइ, उपत्यकामा धितोको ३० प्रतिशत मात्रै ऋण पाइने

    घरजग्गा कर्जामा कडाइ, उपत्यकामा धितोको ३० प्रतिशत मात्रै ऋण पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत घरजग्गा धितोमा पाइने कर्जामा कडाइ गरेको छ।

    गत वर्षदेखि नै घरजग्गामा प्रवाह हुने कर्जामा कडाइ गर्दै आएको राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत थप कडाइ गरेको हो ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखे निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाडौं उपत्यका भित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

    यसअघि काठमाडौं उपत्यका भित्र अनुपात ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत थियो। यो कडाईले घरजग्गा कारोबारमा थप संकुचन ल्याउने छ ।

  • उत्पादनमुलक र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक–फरक तोक्ने

    उत्पादनमुलक र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक–फरक तोक्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले निश्चित उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर कायम गरेको छ ।

    चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले अब उत्पादनशील र ब्यापारिक क्षेत्रको कर्जाको ब्याजदर फरक–फरक हुने बताएका हुन् ।

    हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्य पालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिने भएको छ।

  • नेपालमा थप ४५६ जनामा कोरोना पुष्टी, ८० जना संक्रमण मुक्त

    नेपालमा थप ४५६ जनामा कोरोना पुष्टी, ८० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६८ नमूनाको पीसीआरमा ३८४ र १६७० नमूनाको एन्टिजेनमा ७२ जना गरी कूल ४५६ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार १०१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ३८ हजार ३०८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २८४१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

  • यस्तो छ आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति ((पूर्णपाठसहित)

    यस्तो छ आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति ((पूर्णपाठसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

    राष्ट्र बैंकले समग्रमा कसिलो मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिले कर्जा विस्तारमा कडाइ गरेको छ।

    मौद्रिक नीति मार्फत कर्जा विस्तारमा कडाइ गरिएको छ । गत आवमा १९ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य रहेकोमा चालू आवमा १२.६ प्रतिशतमा सीमित गरिने भएको छ ।

    बढ्दो आयात नियन्त्रण र विदेशी मुद्रा सञ्जितीमाथिको दबाब कम गर्न कर्जा विस्तारमा कडाइ गरिने भएको हो ।

    यसैगरी, कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ । २०७६ सालको मौद्रिक नीतिमा २ प्रतिशत बिन्दुले काउन्टर साइक्लिकल बफर लगाउने नीति थियो ।

    यस्तै, बैंकदर ८ प्रतिशत पुर्याउने, सीआरआर ४ प्रतिशत कायम गर्ने व्यवस्था गरेको छ ।

    यस्तै, सेयर धितो कर्जामा ४ करोडको सीमा हटाएको छ भने अधिकतम १२ करोडको सीमा यथावत राखेको छ । यस्तै, मर्जरमा जाने कम्प्नीहरुको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ ।

    मौद्रिक नीतिको पूर्णपाठ

  • गोकुल बास्कोटाको कटाक्ष-‘अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरुको सत्ताको चास्नीमा रंग फेरियो’

    गोकुल बास्कोटाको कटाक्ष-‘अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरुको सत्ताको चास्नीमा रंग फेरियो’

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन् ।

    प्रतिनिधिसभामा जारी नागरिकता विधेयकमाथिको छलफलमा भाग लिएका बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति प्रहार गर्दै यति छिटो छिटो रंग बदल्न नहुने बताएका हुन्।

    ‘ट्रकमा चढेर आऊ, ट्रेनमा चढेर मेरो मुलुकमा आऊ भन्ने देशले पनि नागरिकता दिनका लागि खास अवधि राखेको हुन्छ ।

    तर, यहाँ कुनै अवधि नै नराखी नागरिकता दिन खोजिएको छ,’ सांसद बाँस्कोटाले भने, ‘तर, हिजो अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरु सत्ताको चास्नीको भरमा अहिले आउनेबित्तिकै नागरिकता दिनुपर्छ भनेर सहमत भएका छन, छेपारोले पनि यति चाँडो रंग फेर्दैन होला, जो अहिले साथी (माओवादी)ले फेर्नु भएको छ ।’

    नागरिकतासम्बन्धी प्रावधानमा माओवादी लचिलो बनेपछि विदेशबाट बिहे गरेर आउने बुहारीहरूलाई तत्कालै नागरिकता दिने प्रावधानसहित संसदबाट कानुन पास हुन लागेका बेला बास्कोटाले आक्रोश पोखे ।

    उनले प्रदेशमा पहिचानको विषय राख्नुपर्ने भनिएकोमाथि पनि आपत्ति जनाए। बाँस्कोटाले नागरिकतामा खुकुलो प्रावधान राख्दा मुलुक फिजीकरण हुने भन्दै सचेत हुन आग्रहसमेत गरेका छन ।

    ‘पेरुमा जापानी नागरिक राष्ट्रपति भएको जस्तो नहोस्, फिजीमा भारतीय नागरिक प्रधानमन्त्री भएको जस्तो नहोस्’ बाँस्कोटाले प्रतिनिधिसभा बैठकमा भने, ‘त्यसैले नागरिकता दिँदा निश्चित अवधि तोकिनुपर्छ, आउनेबित्तिकै टीका लगाएर दिने प्रावधान खारेज गरिनुपर्छ ।’

  • आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा दिनेश गुणवर्देना बने नयाँ प्रधानमन्त्री

    आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा दिनेश गुणवर्देना बने नयाँ प्रधानमन्त्री

    काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा नयाँ प्रधानमन्त्रीले शपथ लिएका छन् ।

    राष्ट्रपति रनिल विक्रमासिंघेले ६३ वर्षीय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले आजै पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उनलाई गृह मन्त्री नियुक्त गरेका थिए ।

    गुणवर्देना श्रीलंकाको वामपन्थी पार्टी महाजन एकसाथ पेरामुनाका अध्यक्ष हुन् । उनको पार्टीका संसदमा २ जना सांसद छन् ।

    दुई दिनअघि राष्ट्रपति बनेका विक्रमासिंघे पनि संसदमा आफ्नो पार्टीका एक्ला सांसद थिए ।

    राजापाक्षे परिवार सत्ताबाट बाहिरिएर नयाँ व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बने पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन ।

  • दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्तामा मौद्रिक नीतिको त्रास

    दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्तामा मौद्रिक नीतिको त्रास

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)२७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँ बराबरको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै प्रतिशत घटेको छ ।

    उच्च अंकले घटेको बजारमा आज सप्तकोशी विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै ५.७९ प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, रुरु जलविद्युत् ४.७३, सूर्योदय वोमी लघुवित्त ४.५६, सिभिल लघुवित्त ४.२६, हिमालयन ऊर्जा ४.०५, नेपाल फाइनान्स ४.०३, राष्ट्र उत्थान लघुवित्त ४.०२, लक्ष्मी इक्वीटी फण्ड, शिवम सिमेन्ट, गोर्खाज फाइनान्स लगायत आधा दर्जन बढीको शेयर मूल्य साढे ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रलरी पौने ७ करोड र गोर्खा फाइनान्स झन्डै ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत दिएसँगै लगानीकर्ता निराशा छाएको छ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै छ ।

    मौद्रिक नीतिमार्फ राष्ट्र बैंकले ब्याजदर वृद्धि, कर्जा लगानीमा नियन्त्रण, अनुत्पादक क्षेत्रमा जाने कर्जा लगायतका कडाइ गर्ने भएको छ ।

  • आज मौद्रिक नीति सार्वजनिक हुँदै, गभर्नरको परीक्षा

    आज मौद्रिक नीति सार्वजनिक हुँदै, गभर्नरको परीक्षा

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीमाथि अहिले नैतिकताको प्रश्न उठेको छ । एम अधिकारी नामक छम्द नामबाट उनलाई नेकपा एमालले अर्थ विभागको सदस्य बनाएपछि विवदा उत्कर्षमा रहेको छ । वर्तमान सरकार र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेको आरोप सोहीकारण पुष्टी हुने तर्क गरिरहेका बेला उनले चालु आर्थिक वर्ष २०७९\८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछन् । अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार बिफ्रिङ सकेको राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउन लागेको हो छ ।

    मौद्रिक नीतिको मस्यौदाबारे बिहीबार बिहान गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, अर्थसचिव मधुकुमार मरासिनीलगायत उच्च पदाधिकारी र बेलुका प्रधानमन्त्री देउवालाई ‘ब्रिफिङ’ गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री देउवाको ‘ग्रिन सिग्नल’ दिएका थिए । शुक्रबार बिहान सञ्चालक समिति बैठकले निितलाई अन्तिम रुप दिनेछ । अहिले अर्थतन्त्र सहज अवस्थामा नभएको अवस्थामा आउने मौद्रिक नीतिले अर्थतन्त्रमा कस्तो सम्बोधन गर्छ भन्ने चासोका साथ हेरिएको छ ।

  • श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा

    श्रीलंकामा प्रदर्शनकारीका शिविरमा सेनाको छापा

    कोलम्बो\बीबीसी । श्रीलङ्काको राजधानी कोलम्बोस्थित सरकार विरोधी मुख्य प्रदर्शन शिविरमा सुरक्षा फौजले छापा मार्न र ती शिविरका पाल निकाल्न थालेको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय क्षेत्र छोड्नु भन्दा घण्टौँ अघि सयौँ सेना र प्रहरीले उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए। बीबीसीका भिडिओ पत्रकारलाई एक जना सेनाले कुटपिट गरेका छन् भने अर्काले उनको फोन खोसेर त्यसमा रहेका भिडिओ हटाइ दिएका छन्।

    रनिल विक्रमसिङ्घले राष्ट्रपति पदको शपथ लिएपछि यस्तो घटना भएको हो। श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबय राजपक्षले गत साता देश छोडेर भागेका थिए। पूर्व प्रधानमन्त्री समेत रहेका विक्रमसिङ्घ जनतासामु अलोकप्रिय नेता हुन्। उनले प्रदर्शनकारीहरू विरुद्ध कडा कारबाही गर्ने वाचा गरेका छन्। केही प्रदर्शनकारीहरूले भने उनलाई मौका दिने बताएका छन्। चरम आर्थिक सङ्कटमा परे पछि श्रीलङ्कामा महिनौँदेखि व्यापक अशान्ति छाएको छ।

    धेरैले राजपक्ष प्रशासनले देशको वित्तीय व्यवस्थापन सही ढङ्गमा नगरेको दोष लगाएका छन् र विक्रमसिङ्घलाई पनि समस्याको एक कारकको रूपमा हेर्छन्। उनले संसद्को मत जितेको भोलिपल्ट सडकमा प्रदर्शनहरू भए। शपथ लिए लगत्तै विक्रमसिङ्घले सरकार ढाल्ने वा सरकारी भवनहरू कब्जा गर्ने कुनै पनि प्रयास लोकतान्त्रिक गतिविधि नभएको स्पष्ट पारे र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिए।

    प्रदर्शनकारीहरूमा सरकारले आफू विरोधी आन्दोलनलाई क्रमबद्ध ढङ्गले बन्द गर्न सक्ने चिन्ता थियो। बीबीसीका कोलम्बोस्थित संवाददाता अनबरसन इथिराजनका अनुसार मध्यरातमा कोलम्बोमा सरकार विरोधी प्रदर्शन स्थलमा सेनाले छापा मार्ने जानकारी पाएपछि उनीहरू श्रीलङ्काली राष्ट्रपति कार्यालय अगाडि पुगेका थिए। केही बेरमा त्यहाँ सयौँ सशस्त्र सेनाहरू र दङ्गाका क्रममा शरीर जोगाउन लगाइने पोसाकमा प्रहरीहरू आएको उनले बताए। दुई वटा फरक दिशाबाट आएका उनीहरूको अनुहार छोपिएको थियो।

    ‘उनीहरूको उपस्थितिमा प्रदर्शनकारीले आपत्ति जनाएपछि सुरक्षाकर्मी अघि बढ्न थाले र आक्रामक बने। त्यसपछि आन्दोलनकारीहरू पछाडि धकेलिए,’ इथिराजनले सुनाए। केही बेरमै सेनाले चिच्याउँदै शिविरको पाल र अन्य वस्तुहरू भत्काउँदै नष्ट गरेको उनले बताए। गत साता ठूलो भिड पसेको राष्ट्रपति कार्यालयमा पनि सेना प्रवेश गर्यो। प्रदर्शनकारीहरूलाई तोकिएको विरोध स्थलभन्दा एक सय मिटर पर सारिएको र उनीहरूलाई छेक्न फलामे बार खडा गरिएको इथिराजनले बताए।

  • भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

    भारतीय राष्ट्रपति मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छिन् । प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभकामना दिएका छन् ।

    सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी छिन् । जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्ने छिन् । उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी छिन् ।

  • केही दिन ठूलो वर्षा नहुने, हल्का वर्षा भने जारी

    केही दिन ठूलो वर्षा नहुने, हल्का वर्षा भने जारी

    काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन ठूलो वर्षाको सम्भावना छैन । प्रदेश नम्बर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। आगामी ३ दिन (आइतबार)सम्म हल्कादेखि मध्यमसम्म वर्षा भने हुने छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ।

    यसैको कारण देशभर वर्षा भइरहेको हो। महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

    देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ ।

  • कंचनपुरमा विमानस्थल माग

    कंचनपुरमा विमानस्थल माग

    काठमाडौं । कञ्चनपुरमा विमानस्थल निर्माण अगाडी बढाउन सरोकारवालाले माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरी उनीहरुले यस्तो माग गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, कञ्चनपुरका कांग्रेस सभापति तथा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीसहितको टोलीले मन्त्री श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग भेट गरी विमानस्थल निर्माण अघि बढाउन ध्यानाकर्षण गराएको हो ।

    नेता लेखकले निर्माणाधीन विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण लगायतका कानुनी प्रक्रिया पूरा गरी निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरे । भेटका क्रममा मन्त्री श्रेष्ठले जग्गा अधिग्रहणका लागि तत्काल प्रक्रिया अगाडि बढाएर विमानस्थल निर्माण अगाडि बढाउने प्रतिवद्धता जाहेर गरेको भेटमा सहभागी नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताए ।

    छलफलका क्रममा मन्त्री श्रेष्ठले मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिएका थिए । विमानस्थल २०३६ देखि २०५६ सालसम्म सञ्चालनमा थियो । हाल भने विमानस्थल बन्द अवस्थामा रहेको छ । ५२ बिघा जमिनमा रहेको विमानस्थल स्तरोन्नतीका लागि थप ४५ बिघा जमिन नेपाली सेना, वन मन्त्रालय र व्यक्तिगत जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको छ ।

  • नेपालमा सामुहिक लगानी गर्न गैरआवासीय नेपालीलाई महासंघको आह्वान

    नेपालमा सामुहिक लगानी गर्न गैरआवासीय नेपालीलाई महासंघको आह्वान

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामूहिक रुपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैरआवासीय नेपाली संघले बिहीबार आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा सञ्चितिमा संकुचन देखिएको भन्दै उनले यो नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए ।

    ‘मुलुक अहिले वैदेशिक मुद्रा सञ्चितिको चापबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईंहलाई यो उपयुक्त अवसर हो । प्रत्यक मुलुकको वा सहरको समूहहरु बनाई कलेक्टिभ रुपमा ठूलाठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस् । तपाईंहरुले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ’ उनले भने । उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए ।

    नेपालको अर्थतन्त्रका केही सूचकहरु नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने उनको भनाइ थियो । ‘नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न मिल्दैन । श्रीलंका ठूलो विदेशी ऋणमा छ । हामी त्यस्तो अवस्थामा छैनौं । अर्को कुरा उनीहरुको भन्दा हाम्रो अर्थतन्त्रमा रेमिट्यान्स भूमिका फरक खालको छ । त्यसैले हामी कुनै पनि हालतमा श्रीलंका हुँदैनौ र त्यो बाटोमा पनि छैनौं” उनले भने ।

    साधरण सेयर (आईपीओ) मा गैरआवासीय नेपालीहरुलाई १० प्रतिशत कोटा छुट्ट्याउँदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुग्ने भन्दै उनले नेपालमा गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने बताए । उनले नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रुपमा लिन गैरआवसीय नेपालीहरुलाई उनले आग्रह गरे ।

  • आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

    आदिवासी नेत्री द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

    नयाँ दिल्ली । भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्तिसमेत बनेकी छिन् । ६४ वर्षीया मुर्मू उडिसामा जन्मिएकी हुन् । उनी सन्थाल समुदायकी नेतृ हुन्। राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझ आएको नतिजाबाट उनी राष्ट्रपति बनेकी हुन् । उनले आगामी सोमवार पद तथा गोपनीयताको शपथ लिनेछिन् ।

    राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गर्छन् । उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो। मुर्मू यसअघि उनी झारखण्डकी राज्यपाल थिइन्। मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछिन्। कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ।


    उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन्। सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्। भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि उनीसँग कार्यकारी शक्ति हुँदैन। राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मुर्मूले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता तथा यशवन्त सिन्हालाई पराजित गरेकी हुन्। सिन्हा पहिला भाजपामै थिए।

    सन् १९९० को दशकमा सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री थिए। भारतका विभिन्न राज्यमा बाहेक बाङ्ग्लादेशको उत्तरी भेग र पूर्वी नेपालको तराईमा सन्थाल समुदायको बसोबास छ।

  • राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टी, सामान्य लक्षण

    राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टी, सामान्य लक्षण

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । ह्वाइट हाउसले यो खबरको पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बाइडेनले कोरोना विरुद्धको पूर्ण खोप र बुस्टर डोज समेत लगाइसकेका थिए । ह्वाइटहाउसबाट जारी विज्ञप्ती अनुसार राष्ट्रपतिमा हल्का लक्षण देखिएका छन् । उनको उपचार शुरु भइसकेको छ ।

    उनी ह्वाइटहाउसमा क्वारेन्टिनमा रहने छन् । यस दौरान उनले राष्ट्रपतिको भूमिका भने निर्वाह गरिरहने छन् । उनले कर्मचारीसँग अनलाइनका माध्यमबाट सम्पर्क गर्नेछन् । यसअघि बाइडेनको मंगलबार गरिएको परीक्षण भने नेगेटिभ आएको थियो । हल्का थकान, रुघा र सुख्खा खोकीको अनुभव राष्ट्रपतिले गरेको बयानमा उल्लेख छ ।

  • इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा

    इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा

    काठमाडौं । सामाजिक सञ्जालबाट चरित्र हत्याको अभियोथमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने कर्म वाङसिङ लामालाई पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो उनी राइड सेयरिङ एप इनड्राइभरका ट्याक्सी चालक समेत हुन्। एक जना तेस्रो लिंगीले राइड सेयरिङ एपको प्रयोग गर्दा लामाले उनको व्यक्तिगत विवरण पाएका थिए। त्यस एपबाट उनले नाम, ठेगाना र मोबाइल नम्बर पाएका थिए। त्यसको दुरूपयोग गर्दै उनले पोर्न साइटमा समेत राखेको पाइएको छ ।

    उनले ती पीडितको फेसबुकमा राखेको तस्बिरहरू डाउनलोड गरेर फेक अकाउन्ट समेत बनाएका थिए। त्यसरी फेक अकाउन्ट बनाएर त्यसबाट पीडितका साथीहरूसँग पनि कुराकानी गरेको र पैसा समेत मागेर झूटा अफवाह समेत फैलाएको खुलेको ब्युरोले विज्ञप्ती निकाल्दै जनाएको छ । त्यही अकाउन्टमार्फत् स्टडी मटेरियल नामक मेसेन्जर ग्रुप बनाएको पनि खुल्यो। त्यहाँ ती पीडितको पेशा देह व्यापार हो भन्ने आशय दिने शब्दहरू लेखेर पोष्ट गरेको प्रहरीले पाएको बताएको छ।


    यसरी सामाजिक सञ्जाल फेसबुकमार्फत् पीडितको व्यक्तिगत र सामाजिक तथा मानसिक तनाव, दुःख, हैरानी दिएर बदनाम गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरी लामालाई पक्राउ गरेको हो। यस्तो कसुरमा अरू कोही पीडित भएको भएमा प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्न पनि ब्युरोले अनुरोध गरेको छ।

  • बजेट निर्माण प्रकरण : छानविन समितिको म्याद ७ दिन थप

    बजेट निर्माण प्रकरण : छानविन समितिको म्याद ७ दिन थप

    काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशका विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो ।

    सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेको छ । यसअघि समितिले बिहीबार नै निवर्तमान अर्थमन्त्री शर्मासँग यसबारे बयान लिएको थियो । उनले इन्कारी बयान दिएका छन् । आरोपबारे पर्याप्त प्रमाण जुटाउन नसकेको समितिले सीसीटीभी क्यामरा रिकोभर गर्न सकिने सम्भावनाबारे नेपाल प्रहरीबाट अध्ययन गराइरहेको छ ।

  • एसपीपीबारे सरकारको निर्णय र कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सभामुखको रुलिङ

    एसपीपीबारे सरकारको निर्णय र कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सभामुखको रुलिङ

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । यसअघि सोही माग राखी बुधबार एमाले नेता भीम रावलले रोष्ट्रम नै कब्जा गरेका थिए । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा समेत सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरुले एसपीपीको अवस्थाका विषयमा प्रश्न गरेका थिए । ती प्रश्नमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले एसपिपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन वस्थाबारे सदनलाई जानकारी गराउन रुलिङ गरे ।

    ‘माननीय सदस्यहरुले उठाउनुभएको एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु’ उनले प्रतिनिधिसभा बैठकमा भने । मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन ।

  • वीज एयरले आबुधावी-भैरहवा उडान गर्ने तयारी

    वीज एयरले आबुधावी-भैरहवा उडान गर्ने तयारी

    काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा वीज एयरले उडानको तयारी गरेको छ । यो कम्पनीले आबुधावीबाट भैरहवामा सिधा उडान गर्न प्रस्ताव राखेको हो । भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहाललाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाए अनुसार आगामी सेप्टेम्बरबाट उडान गर्ने गरी विज एयरले अनुमति प्रक्रिया थालेको हो ।

    आबुधावीबाट भैरहवामा साताको तीन उडान गर्ने गरी यो कम्पनीले अनुमति प्रक्रिया थालेको छ । कम्पनीको प्रस्ताव अनुसार ३० सेप्टरम्बरदेखि उडान शुरु हुने छ । अहिले यो विमानस्थलमा जजिरा एयरवेजले कुवेतबाट सिधा उडान गरिरहेको छ । जजिराले दुई महिनाको अवधिमा ६ हजार भन्दा बढी यात्रुलाई यस विमानस्थलबाट सेवा दिइसकेको छ ।

  • नेपालमा थप ४३५ जनामा कोरोना पुष्टी, ५६ जना संक्रमण मुक्त

    नेपालमा थप ४३५ जनामा कोरोना पुष्टी, ५६ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६७ नमूनाको पीसीआरमा ३१७ र १९०२ नमूनाको एन्टिजेनमा ११८ जना गरी कूल ४३५ जनामा संक्रमण पुष्टी भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८२ हजार ७१९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २५३७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

  • ‘अमेरिकामा खाना खाएको फोटो ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना’

    ‘अमेरिकामा खाना खाएको फोटो ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना’

    काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवाली सरकारले आफुले अमेरिकामा खाना खाएको फोटो देखाएर ट्रोल बनाएको आारोप लगाएका छन ।

    बिहीवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

    संसदमा बोल्दै ज्ञवालीले जनताका समस्या समाधान गर्न सरकारको ध्यान दिनुको सट्टा आफ्नो फोटो ट्रोल बनाउन लागेको आरोप लगाए ।

    उनले भने, ‘मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाउनु भएछ। त्यसो गरेर उहाँहरुको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना छ।

    २ साउनमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण विभागले गरेको कार्यक्रममा उनले मूल्यवृद्धि अचाक्ली बढेको औंल्याउँदै आफू पूर्वमन्त्री भए पनि घरमा दुईथरि तरकारी पकाएर खान सक्ने अवस्था नभएको बताएका थिए ।

    त्यसपछि सामाजिक सञ्जालमा ज्ञवालीले खाना खाइरहेको तस्वीर सार्वजनिक गर्दै ज्ञवालीमाथि ब्यंग्य गरिएको थियो ।

    यी सारा समस्याको निम्ति गम्भीरतापूर्वक सोच्नुपर्ने बेलामा बहस त हामीले कहाँ चलाइरहेका छौँ। एम अधिकारी को हो भनेर खोजिरहेका छौँ। सम्बन्धित व्यक्ति म त्यो पार्टीमा छैन, २०७३ साल देखि भन्नुभएको छ। सम्बन्धित पार्टी भन्छ, ती मान्छे हाम्रो पार्टीमा छैनन्।’

    सांसद ज्ञवालीले शैक्षिक सत्र शुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्‍याउन नसक्नु लज्जास्पद भएको बताए। उनले सरकारको गैर जिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने गरेर जनतामा बढ्दो महंगीको राहतका प्याकेज उपलब्ध गराउने हिसाबबाट रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे।

  • नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    नेपाली शेयर बजारमा झिनो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । साताको कारोबारको पाँचौं दिन शेयर बजार झिनो अंकले घटेको छ ।

    कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२५ कम्पनीको १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८६ रुपैयाँ बराबरको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार१ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ समूहको परिसूचकमा हरियाली छाएको छ भने ११ वटाको घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.५२ प्रतिशत घटेको छ । सेन्ट्रल फाइनान्स कम्पनीको शेयर मूल्य ३.१६ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यसैगरी, किसान लघुवित्त ५.३५, साधन लघुवित्त ४.४५, सबैको लघुवित्त ३.८३, लाइफ इन्स्योरेन्स कर्पोरेशन ३.७२ र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य३ प्रतिशत घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको पौने १८ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ ।

    त्यस्तै, एनआइसी एशिया बैंकको ११ करोड र नेपाल पुनर्बीमा कम्पनी ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • पूर्व अर्थमन्त्री शर्मासँग ३ घण्टा सोधपुछ, भने-‘बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता छैन’

    पूर्व अर्थमन्त्री शर्मासँग ३ घण्टा सोधपुछ, भने-‘बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता छैन’

    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन् ।

    चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले गठन गरेको संसदीय छानबिन विशेष समितिले आज उनीसँग सोधपुछ गरेको थियो ।

    उक्त समितिले राखेका जिज्ञासाका बारेमा आफूले स्पष्ट जवाफ दिएको उनले बताएका हुन् । संसदीय समितिको बैठकमा आफ्नो धारणा राखेर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘उहाँहरुले सोध्नुभएका हरेक प्रश्नको जवाफ दिएको छु ।’

    समितिको बैठकमा उनले बजेट तयारीका क्रममा कुनै पनि अनाधिकृत व्यक्तिलाई प्रवेश नगराएको तथा कुनै पनि अनाधिकृत काम नगरेको बताएका थिए ।

    उनले अर्थमन्त्रीको हैसियतमा आफैँले करको दर हेरफेर गरेको र त्यसमा अनाधिकृत व्यक्तिको संलग्नता नगराएको समेत स्पष्ट पारे । उनले आफूमाथि लागेको आरोप निराधार रहेकोसमेत उल्लेख गरेका थिए । समितिले शर्मासँग करिब ३ घण्टा सोधपुछ गरेको थियो ।

    पूर्वअर्थमन्त्री शर्माले विधि, नियम र कार्यविधिमा रहेर नै आफूले बजेट तय गरेको स्पष्ट पार्दै आफूलाई आरोप मात्र लगाइएको बताए। चौतर्फीरुपमा आलोचना भएपछि प्रतिनिधिसभाले गत असार २२ गते ११ सदस्यीय संसदीय समिति गठन गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिलाई १० दिनको समयावधि दिएका छन् ।

  • राजस्व छलेर ल्याइएका एक करोड बराबरकाे चुराेट, गुट्खा, सुर्तीजन्य सामान बरामद

    राजस्व छलेर ल्याइएका एक करोड बराबरकाे चुराेट, गुट्खा, सुर्तीजन्य सामान बरामद

    काठमाडौँ । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ । काठमाडौँको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बण्डल बरामद गरेको छ ।

    यसका साथै बरामद गरिएका गुट्खा, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस्, इलेक्ट्रिोनेनिक्स चिप्स, अक्सिमिटर, पटाका, भुइचम्पा, आतिसबाजलगायतका सामग्री बरामद गरी आज सार्वजनिक गरेको छ ।

    अवैधरुपमा सामान ल्याएर राखिएको छ भन्ने सूचनाको आधारमा परिचालित टोलीले बुधबार ती सामान बरामद गरेको हो । ती सामान अवैधरुपमा ल्याई काठमाडौँ महानगरपालिका–७ गोपीकृष्णनगरस्थित श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको छ । उनले ती सामान भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएका थिए ।

    उक्त कारोबारमा संलग्न रहेको आरोपमा पर्सा घर भई काठमाडौँ बस्दै आएका ४० वर्षीय छविलाल अगस्ती पक्राउ परेका छन् । उनले काठमाडौँ महानगरपालिका–७ स्थित पुष्पा अधिकारीको घरको सटर भाडामा लिई राजस्व छली गरेर ल्याइएका सामान भण्डारण गर्ने गरेको खुलेको छ ।

    कार्यालयले अनुसन्धान तथा कारबाहीका लागि बरामद सामान आजै राजस्व अनुसन्धान विभागमा पठाएको छ भने विष्फोटक पदार्थसमेत रहेकाले सोही कसुरअन्तर्गतको मुद्दामा उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।

  • बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

    बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

    काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे बयान लिने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछका लागि उनलाई आज बोलाउने निर्णय गरेको हो । बैठक अहिले शुरु हुँदैछ । यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको घुसपैठसम्बन्धी समाचार लेख्ने पत्रकारलगायतसँग सोधपुछ गरिसकेको छ ।

    छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा समेत छलफल भएको छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ । यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । लगत्तै शर्माले अर्थमन्त्रीबाट राजीनामा गरेका छन् ।