२ वर्षपछि विदेशीका लागि अस्ट्रेलिया खुला, एकैदिन ५० बढी विमान अवतरण हुने

काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपश्चात् अस्ट्रेलियाले प्रवेश दिने भएको छ। एउटा सरकारी विज्ञप्तिमा भनिएको छः परिवर्तनहरूले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ। सोमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ।पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध… Continue reading २ वर्षपछि विदेशीका लागि अस्ट्रेलिया खुला, एकैदिन ५० बढी विमान अवतरण हुने

दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, कारोबार २ अर्ब ९९ करोडमा सीमित

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से)२५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २२४ कम्पनीको २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, कारोबार २ अर्ब ९९ करोडमा सीमित

मदिरा व्यवसायी अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ

काठमाडौं । मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । ग्रीन लाइनका सञ्चालक अग्रवाललाई बैंकिङ कसुरको आरोपमा प्रहरीले शनिबार प्रक्राउ गरेको हो । उनलाई हाल अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरिएको छ । अग्रवालमाथि संजय अधिकारीलाई… Continue reading मदिरा व्यवसायी अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ

खोपको मात्रा पुरा गरेका यात्रुलाई अस्ट्रेलिया खुला

मेलवर्न । कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपछि अस्ट्रेलियाले प्रवेश अनुमति खुला गरेको छ । बीबीसीका अनुसार सोमवार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ। पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ। कोरोनाभाइरस महामारीका कारण सन् २०२० को… Continue reading खोपको मात्रा पुरा गरेका यात्रुलाई अस्ट्रेलिया खुला

सोमबार समेत मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । सोमबार समेत नेपालको पहाडी भेगमा मेघगर्जनसहित पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार जस्तै साँझबाट पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । आइतबार पोखरामा भीषण असिना पानी परेको थियो । पछिल्लो मौसमी प्रणालीको प्रभाव मंगलबारबाट हट्ने छ । बुधबार भने पुनः पानी… Continue reading सोमबार समेत मेघ गर्जनसहित वर्षाको सम्भावना

टी-२० विश्वकप छनोट : नेपालले आज अमेरिकी मुलुक क्यानडाको सामना गर्दै

काठमाडौं ।, आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर एमा नेपालले आज समूह चरणको अन्तिम खेल अमेरिकी मुलुक क्यानडासँग खेल्दैछ ।खेल ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा हुने छ । नेपाली सयम अनुसार अपराह्न ३ः४५ बजे खेल शुरु हुने भएको छ । नेपालले यसअघि लगातार दुई खेल जितिसकेको छ । नेपाल समूहको शीर्ष स्थानमा छ ।… Continue reading टी-२० विश्वकप छनोट : नेपालले आज अमेरिकी मुलुक क्यानडाको सामना गर्दै

पोखरामा भीषण असिना-पानी, डोजर लगाएर सडक सफा गरियो

तस्वीर सभार : गोरखापत्र

पोखरा । नेपाल को पर्यटकीय नगरी पोखरामा भीषण असिना पानी वर्षिएको छ । बाक्लो असिनासहितको पानीका कारण पोखराको सडकमा असिना थुप्रिएको थियो । सो असिना अटाउन डोजको प्रयोग गर्नुपरेको छ । स्थानीयका अनुसार पोखरामा यती भयानक असिना परेको अनुभव यसअघि भएको थिएन । असिना पानीका कारण पोखरामा आइतबार दिउँसो सडक अवरुद्ध भएको थियो । पोखराको… Continue reading पोखरामा भीषण असिना-पानी, डोजर लगाएर सडक सफा गरियो

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी

लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको छ । बकिङघम राजदरवारले यस्तो जानकारी गराएको छ । दरवारले महारानीलाई ूसामान्य चिसो लागेजस्तो लक्षण देखिएको जनाएको छ। तर उनले धेरै परिश्रम नपर्ने जिम्मेवारीहरू पालना गर्न आगामी साता पनि जारी राख्ने जनाइएको छ। बीबीसीका अनुसार उनी निरन्तर स्वास्थ्य निगरानीमा रहनेछिन् र आवश्यक स्वास्थ्य मापदण्डको पालना… Continue reading ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी

आइतबार दिनभर बानेश्वरमा हिंसात्मक झडप, अमेरिकी अनुदानका विरोधीमाथि प्रहरी दमन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी समर्थकमाथि प्रहरी निर्मम रुपमा प्रस्तुत भएको छ । आइतबार नयाँ बानेश्वर क्षेत्रमा भएको विरोध प्रदर्शनका दौरान प्रहरीले निर्ममतापूर्वक प्रदर्शनकारीमाथि रबरको गोली, अरुग्यास, लाठी तथा पानीको फोहोरा बर्साएको छ । नयाँ बानेश्वर क्षेत्रलाई घेरेर राखेका सुरक्षाकर्मीसँग प्रदर्शनकारीले दिनभरजसो मुकाविला गरिरहेका थिए । साँझ ५ बजेपछि भने आन्दोलनकारी फर्किए । जसका… Continue reading आइतबार दिनभर बानेश्वरमा हिंसात्मक झडप, अमेरिकी अनुदानका विरोधीमाथि प्रहरी दमन

नेपालमा थप २६२ जनामा कोरोना पुष्टी, १३३८ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र ३२४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ गरी २६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७५ हजार ५५९… Continue reading नेपालमा थप २६२ जनामा कोरोना पुष्टी, १३३८ जना संक्रमण मुक्त

दोहोरो अंकले घट्यो नेप्से, जीवन विकासको सर्वाधिक कारोबार

काठमाडौं । साताको कारोबारको पहिलोदिन शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै ओरोलो लागिरहेको शेयर बजार मापक सूचक (नेप्से) ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४० रुपैयाँ बराबरको ७१ लाख २१ हजार ६३४ कित्ता… Continue reading दोहोरो अंकले घट्यो नेप्से, जीवन विकासको सर्वाधिक कारोबार

एमसीसी अनुमोदन अझै अनिश्चित, कार्यान्वयन भए के हुन्छ ?

काठमाडौं । लामो समयको संघर्षपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद् बैठकमा टेबल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । एमालेसहित नेकपा माओवादी, नेकपा एकीकृत समाजावादी, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संसद्‍मा विरोध गरेका थिए । सम्झौताप्रति माओवादीको… Continue reading एमसीसी अनुमोदन अझै अनिश्चित, कार्यान्वयन भए के हुन्छ ?

माओवादीको विरोध र एमालेको नाराबाजीबीच एमसीसी टेबल, फागुन १२ गतेसम्म संसद स्थगित

काठमाडौं । लामो समयको संघर्षपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद् बैठकमा टेबल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । एमालेसहित नेकपा माओवादी, नेकपा एकीकृत समाजावादी, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि संसद्‍मा विरोध गरेका थिए । सम्झौताप्रति माओवादीको… Continue reading माओवादीको विरोध र एमालेको नाराबाजीबीच एमसीसी टेबल, फागुन १२ गतेसम्म संसद स्थगित

प्रचण्डको छेवैमा बसेर संसदमा देव गुरुङको आपत्ति एमसीसी टेबल नगरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले मिलिनियम च्यालेन्ज कर्पोरेशन संसदमा टेबल हुन लागेको भन्दै आपत्ति जनाएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले प्रतिपक्षीदल नेकपा एमालेले ६ महिनादेखि अवरोध गरिरहेको बेला महत्वपूर्ण विधेयकहरु अघि बढाउन नहुने बताए। एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा… Continue reading प्रचण्डको छेवैमा बसेर संसदमा देव गुरुङको आपत्ति एमसीसी टेबल नगरौं

संसदमा एमालेको नाराबाजी कायमै, एमसीसी कार्यसूचीमा

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो नाराबाजीलाई कायम राखेको छ । प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ । प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

सत्ता गठबन्धनको बैठकः एमसीसी संसदमा पेश गर्ने सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी सम्झौता संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो। तर सत्ता गठबन्धनले निर्णय सार्वजनिक गरिसकेको छैन। गठबन्धनका दलहरुबीच मतभेद देखिँदा एमसिसी संसद बैठकमा पेस हुन सकेको थिएन। अमेरिकाले… Continue reading सत्ता गठबन्धनको बैठकः एमसीसी संसदमा पेश गर्ने सहमति

अन्ततः आज संसदमा टेबुल हुने भयो एमसीसी

File RSS

काठमाडौं । अन्ततः एमसीसी संसदमा टेबुल हुने भएको छ । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति जुटेको छ । आइतबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले एमसीसी टेबल गन सहमति जुटाएको हो । एमसीसीसँगै अन्य विधेयकहरु समेत अब संसदमा जाने भएका छन् । यस निर्णयबाट तत्कालका लागि गठबन्धन भने नटुट्ने निश्चित भएको छ । तर, निर्वाचनको… Continue reading अन्ततः आज संसदमा टेबुल हुने भयो एमसीसी

शुरु भयो चट्याङ्ग र मेघगर्जनको याम

काठमाडौं । नेपालमा चट्याङ्ग र मेघगर्जनसहित हावाहुरी चल्ने याम शुरु भएको छ । आइतबार पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हो । आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा… Continue reading शुरु भयो चट्याङ्ग र मेघगर्जनको याम

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो

काठमाडौं । नेपालमा पेट्रोल,डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल आयल निगमले शनिबार रातीबाट लागु हुने गरि बढाएको मूल्य अनुसार मूल्य सबैभन्दा माथिल्लो विन्दुमा पुगेको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको छ । यसअघि निगमले माघ १८ मा मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब… Continue reading पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो

आज संसद बैठक बस्दै, एमसीसी पेश हुने टुंगो भने छैन

काठमाडौं । अइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । लामो समयदेखि एमालेको अवरोध र सत्तारुढ दलहरुबीच एमसीसीका विषयमा जारी विवादका कारण सदन सूचारु हुन सकिरहेको छैन । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज एमसीसी टेबुल गर्ने कांग्रेसले… Continue reading आज संसद बैठक बस्दै, एमसीसी पेश हुने टुंगो भने छैन

नेपालमा ६० प्रतिशत जनसंख्यालाई पूर्ण खोप पुग्यो

काठमाडौं । नेपालमा कुल जनसंख्याको ६० प्रतिशत भन्दा धेरैले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १ करोड ७६ लाख चार हजार पाँच सय २९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसंख्याको ६० प्रतिशत भन्दा माथि हो । कुल जनसंख्याको ७३ दशमलव… Continue reading नेपालमा ६० प्रतिशत जनसंख्यालाई पूर्ण खोप पुग्यो

एमसीसीबारे पुनः अमेरिकी दुतावासले भन्यो, निर्णय नेपालकै हुन्छ

काठमाडौं । नेपालमा एमसीसी सहयोग विवाद चर्किदै जाँदा अमेरिका समेत दवावमा परेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार पुनः अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ । विज्ञप्ति निकाल्दै अमेरिकी दूतावासले नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक… Continue reading एमसीसीबारे पुनः अमेरिकी दुतावासले भन्यो, निर्णय नेपालकै हुन्छ

टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल नजिक

काठमाडौं । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल जित निकालेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकालेको नेपाल सेमिफाइनल नजिक पुगेको छ । फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय इनिङ्स खेलेका छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर बने । यसअघि… Continue reading टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल नजिक

भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुईको मृत्यु

काठमाडौं । भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसारमध्यपुर थिमी नगरपालिका–२ सानोथिमीको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यपुर थिमी–२, सानोथिमीस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा… Continue reading भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुईको मृत्यु

मुलुकलाई समृद्ध बनाउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री

File

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । यो काममा सबैको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘वर्तमान सरकार, प्रतिपक्ष दल, नागरिक समाज, निजी… Continue reading मुलुकलाई समृद्ध बनाउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री

ब्राजिलमा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३० पुग्यो

file

काठमाडौं । ब्राजिलको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर दुई सयभन्दा बढी पुगेको बताएको छ । मंगलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए… Continue reading ब्राजिलमा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३० पुग्यो

राप्रपाको प्रवक्ता बने ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन् । यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको  छ । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता… Continue reading राप्रपाको प्रवक्ता बने ज्ञानेन्द्र शाही

विश्वकप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै

File

काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा आज नेपाल र फिलिपिन्स भिड्दैछन । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुदैछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको… Continue reading विश्वकप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै

आज प्रजातन्त्र दिवस मनाइदै

Photo courtesy: Prime Minister's Secretariat

काठमाडौं । आज नेपालमा प्रजातन्त्र दिवस मनाइदै छ । यस अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिएको छ । टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,… Continue reading आज प्रजातन्त्र दिवस मनाइदै

दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता

काठमाडौं । नेपालमा दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुने कीतिमान सीता परियारले राखेकी छिन् । गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएको हो । उनी यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला बनेकी छिन् । दलित समुदायबाट पुरुषहरू भने यसअघि… Continue reading दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता