काठमाडौं । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भएको छ । तर, दलहरुबीच सहमति हुन नसकेपछि छलफल हुन भने सकेको छैन । सोहीकारण पटक पटक स्थगित भएको संसद बैठक आजका लागि बोलाइएको छ । फागुन ८ मा एमसीसी सम्झौता अनुमोदन गर्न संसदमा टेबुल भएको हो । आइतबार बैठक दिउँसो १ बजे बस्ने छ । संसद… Continue reading आज संसद बैठक, एमसीसीबारे छलफल हुने
Category: फिचर
धमाधम युक्रेन छाड्दै नेपाली, २२५ जना छिमेकी मुलुकमा पुगे
काठमाडौं । रुसले आक्रमण गरेपछि युद्धग्रस्त बनेको युक्रेनबाट नेपालीहरु धमाधम छिमेकी मुलुक जान थालेका छन् । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म २२५ जना नेपाली सम्पर्कमा आइसकेका छन् । उनीहरु सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । कही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा समेत गएको दूतावासले… Continue reading धमाधम युक्रेन छाड्दै नेपाली, २२५ जना छिमेकी मुलुकमा पुगे
विश्व बैंकले नेपाललाई दिने भयो २ अर्ब १४ करोड रुपैयाँ ऋण
काठमाडौं । सरकारले विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।यो ऋण नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गर्ने अर्थ… Continue reading विश्व बैंकले नेपाललाई दिने भयो २ अर्ब १४ करोड रुपैयाँ ऋण
युक्रेन: आफ्ना नागरिक लिन भारतले विमान पठायो, नेपाल अन्यौलमै
काठमाडौं । रुसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका आफ्ना सयौँ नागरिकको उद्धारका लागि भारतले एक विमान पठाएको छ। बीबीसीका अनुसार एअर इन्डियाको विमान शनिवार रोमेनीयाको राजधानी बुखारेस्टमा अवतरण गरेको छ। युक्रेनबाट सीमा नाघेर सयौँ मानिस त्यहाँ पुगेको बताइन्छ। युक्रेनको हवाई क्षेत्र बन्द गरिएका बेला दिल्लीले आफ्ना नागरिकलाई बुखारेस्ट र बुडापेस्टबाट उद्धार गर्ने योजना बनाएको छ। युक्रेनमा… Continue reading युक्रेन: आफ्ना नागरिक लिन भारतले विमान पठायो, नेपाल अन्यौलमै
कांग्रेस र एमालेको बैठक निष्कर्षमा पुगेन
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको शनिबार अबेरसम्म चलेको वार्ता समेत विना निश्कर्ष टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताले आआफ्नै अडान कायम राखे । जसका कारण सहमति जुट्न नसकेको हो बैठक भने जारी राख्ने सहमति भएको बताइएको छ । आइतबार एमसीसीबारे… Continue reading कांग्रेस र एमालेको बैठक निष्कर्षमा पुगेन
मछिन्द्रले उचाल्यो ए-डिभिजन लिगको उपाधी
काठमाडौं । डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लव सहिद स्मारक लिग ए डिभिजन च्याम्पियन बनेको छ । लिगमा क्लव अपराजित छ । क्लवले शनिबार उपाधी उचालेको हो । दशरथ रंगशालामा सम्पन्न अन्तिम खेल सकिन नौ मिनेट अगाडि सब्टिच्युट रेजिन सुब्बाले गरेको गोल क्लवको जितमा निर्णायक बन्यो । मछिन्द्रले एपीएफलाई २–१ ले हराएको हो । लगातार ११ खेलमा… Continue reading मछिन्द्रले उचाल्यो ए-डिभिजन लिगको उपाधी
युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन्, अमेरिकाले गरेको थियो प्रस्ताव
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको सार्वजनिक गरेका छन् । भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह समेत गरेका छन्। बीबीसीका अनुसार युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो… Continue reading युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन्, अमेरिकाले गरेको थियो प्रस्ताव
नेपालमा थप १५५ जनामा कोरोना संक्रमण, ५४० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जना र २ हजार ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ गरी १५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६… Continue reading नेपालमा थप १५५ जनामा कोरोना संक्रमण, ५४० जना संक्रमणमुक्त
प्रतिनिधि सभा बैठकमा आइतवार एमसीसीबारे छलफल हुने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। गत फागुन १२ गतेका लागि बोलाइएको बैठक १३ गतेलाई र १३ गतेका लागि बोलाइएको बैठक आइतबारको लागि तोकिएको थियो। बैठकको कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ। ‘माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान… Continue reading प्रतिनिधि सभा बैठकमा आइतवार एमसीसीबारे छलफल हुने
‘बाहिर राष्ट्रवादी भनेर राष्ट्रघात गर्ने माओवादी एमसीसीमा साथ नदिए सरकारबाट जानोस्’
काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सरकार छोड्न आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए। संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार… Continue reading ‘बाहिर राष्ट्रवादी भनेर राष्ट्रघात गर्ने माओवादी एमसीसीमा साथ नदिए सरकारबाट जानोस्’
एमसिसिबारे शुक्रबार पनि निस्किएन निकास
काठमाडौं । एसिसिबारे शुक्रबार पनि दलहरू निस्कर्षमा पुग्न सकेनन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता बिना निस्कर्ष सकिएसङ्गैएमाले र काङ्ग्रेस बीच समेत पुनः सहमतिको संभावना कम हुँदै गएको आङ्कलन गरिएको छ । शुक्रबार बैठकमा नेकपा एमालले आफ्नो पुरानै अडान हामीलाई प्रतिनिधिसभा भित्र प्रवेश गर्ने द्वार खोलिदिनुहोस भन्ने माग दोहो-याएको… Continue reading एमसिसिबारे शुक्रबार पनि निस्किएन निकास
युक्रेनको राजधानी मै पुग्यो रुसी सेना
काठमाडौं । रुसी सैनिकहरू युक्रेनको राजधानी किएभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ । भिडिओमा रुसी सैन्य वाहनहरू देखिएको बिबिसीले लेखेको छ । सरकारले नागरिकहरूलाई ‘मोलोटोभ ककटेल’ बनाएर सहरको रक्षा गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार देशभरि भएका हवाई आक्रमणहरूमा परेर कम्तीमा २५ गैरसैनिक नागरिकको मृत्यु भएको र १०२ जना घाइते भएका छन्… Continue reading युक्रेनको राजधानी मै पुग्यो रुसी सेना
वैदेशिक रोजगारीमा जाने कामदारको निःशुल्क पीसीआर परीक्षण हुने
काठमाडौं । वैदेशिक रोजगारीमा जाने सबै कामदारहरूको पिसिआर परीक्षण निःशुल्क हुने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूत दिने अभिप्रायले यस्तो निर्णय… Continue reading वैदेशिक रोजगारीमा जाने कामदारको निःशुल्क पीसीआर परीक्षण हुने
सरकार र विश्व बैंकबीच २ अर्ब १४ करोडको ऋण सम्झौता,कोरोनाको खोप किन्न खर्च गरिने
काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ। अर्थ मन्त्रालयमा शुक्रवार सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रस्तावित ऋण सहायताको उपयोगबाट नेपाल सरकारले लिएको कोभिड-१९ विरुद्धको सर्वव्यापी खोप अभियान विस्तारमा थप… Continue reading सरकार र विश्व बैंकबीच २ अर्ब १४ करोडको ऋण सम्झौता,कोरोनाको खोप किन्न खर्च गरिने
पुराना नोटको ब्रिकेट बनाउँदै राष्ट्र बैंक, कोइला प्रयोग गरिने उद्योगमा प्रयोग गरिने
काठमाडौं। नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ । २०७८ फागुन १३ गते आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गरेका हुन्। चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट… Continue reading पुराना नोटको ब्रिकेट बनाउँदै राष्ट्र बैंक, कोइला प्रयोग गरिने उद्योगमा प्रयोग गरिने
संसद् बैठक १५ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक सूचना टाँसेर १५ गतेसम्मका लागि स्थगित भएको हो । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो । सरकारले एमसीसीको विषयमा गठबन्धन र विपक्षसँग सहमति जुटाउने प्रयास भइरहेको भन्दै बैठक स्थगित गर्न आग्रह गरेको हो। कानुन मन्त्री… Continue reading संसद् बैठक १५ गतेसम्मका लागि स्थगित
गोर्खा सैनिकमा ६ वर्ष सेवा गरेका नेपालीले बेलायतको नि:शुल्क भिसा पाउने
काठमाडौं । गोर्खा सैनिकमा ६ वर्ष सेवा गरेका नेपालीले बेलायतको निःशल्क भिसा पाउने भएका छन् । हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याउँदै यस्तो सुविधा दिएको हो । राससका अनुसार बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको हो । यो नियमले बेलायती सेनामा कार्यरत… Continue reading गोर्खा सैनिकमा ६ वर्ष सेवा गरेका नेपालीले बेलायतको नि:शुल्क भिसा पाउने
जसरी पनि एमसीसी पास गर्न कुन शर्तमा एमालेलाई फकाउलान् प्रधानमन्त्रीले ?
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी जसरी पनि पास गर्ने रणनीतिमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता गठबन्धनलाई अब सहकार्य गर्न नसकिने जानकारी गराइसकेका छन् । किनकी गठबन्धनमा रहेका अन्य दल एमसीसी सम्झौता पास गर्न नहुने पक्षमा छन् । एमसीसीबारे छलफल गर्न शुक्रबार संसद् बैठक बस्दैछ । त्यस अगाडी नै एमालेलाई फकाएर सहमतिमा ल्याउने दाउमा… Continue reading जसरी पनि एमसीसी पास गर्न कुन शर्तमा एमालेलाई फकाउलान् प्रधानमन्त्रीले ?
रुस-युक्रेन युद्ध : एक दिनमै १३७ युक्रेनी मारिएको पुष्टी
काठमाडौं । रुसले युक्रेनमाथि बिहीबार गरेको आक्रमणयता एक दिनमै १३७ जना मारिएको पुष्टी भएको छ । त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्तो पुष्टी गरेका हुन् । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । रुसतर्फको क्षति सार्वजनिक गरिएको छैन । तर, दर्जनौं सैनिक मारिएको हुन सक्ने खबर छ । रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ… Continue reading रुस-युक्रेन युद्ध : एक दिनमै १३७ युक्रेनी मारिएको पुष्टी
आज संसद बैठकमा एमसीसीबारे छलफल, बाहिर चर्को आन्दोलन
काठमाडौं । प्रतिनिध सभाको बैठकमा आजबाट एमसीसीबाट छलफल प्रारम्भ हुँदैछ । कांग्रेसले दावि गरे अनुसार अबको तीन दिन भित्रमा एमसीसी पास नभए यो अमेरिकाले फिर्ता लैजाने छ । सोहीकारण उसले बरु गठबन्धन तोडियोस, तर सबै उपाय लगाएर भए पनि एमसीसी पास गर्ने रणनीति बनाएको छ । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक… Continue reading आज संसद बैठकमा एमसीसीबारे छलफल, बाहिर चर्को आन्दोलन
युक्रेन पनि होमियो युद्धमा, १८ देखि ६० वर्षसम्मका पुरुषलाई देश छाड्न रोक
काठमाडौं । रुससँगको युद्धमा युक्रेन समेत अब होमिएको छ । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्। बीबीसीका अनुसार युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ। जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका… Continue reading युक्रेन पनि होमियो युद्धमा, १८ देखि ६० वर्षसम्मका पुरुषलाई देश छाड्न रोक
सत्ता गठबन्धन टु्ट्ने, एमाले र कांग्रेसबीच सहकार्य गर्ने सैद्धान्तिक सहमती
काठमाडौं । अमेरिकी अनुदान एमसीसीका कारण नेपालको राजनीतिमा अर्को उथलपुथल आएको छ । अब प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिएका सत्तारुढ दलबीचको गठबन्धन टुट्ने भएको छ । त्यसको साटो नेपाली कांग्रेस र एमाले गठबन्धनका लागि सहमत भएका छन् । यसले एमसीसी पास गर्नेदेखि सत्तामा समेत यी दुई दलले भागबन्डा गर्ने छन् । बिहीबार राती प्रधानमन्त्री देउवा… Continue reading सत्ता गठबन्धन टु्ट्ने, एमाले र कांग्रेसबीच सहकार्य गर्ने सैद्धान्तिक सहमती
विश्वकप छनोटमा नेपाल तेस्रो बन्यो, ओमानविरुद्ध सानदार जित
काठमाडौं । आईसीसी टी २० ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो बनेको छ । अष्ट्रेलियामा आयोजना हुने टी २० विश्वकपमा छनोट हुन असफल भएको नेपालले बिहीबार आयोजक ओमानसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको हो । जहाँ नेपाल ९ विकेटको फराकिलो अन्तरमा विजयी भयो । ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२… Continue reading विश्वकप छनोटमा नेपाल तेस्रो बन्यो, ओमानविरुद्ध सानदार जित
नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जना र २ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६… Continue reading नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त
एमसीसी अनुमोदनलाई गठबन्धनको साथ नपाएपछि ओलीको समर्थन खोज्दै देउवा
काठमाडौं । एमसीसी अनुमोदनको लागि गठबन्धनको साथ नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलसँग सामूहिक संवाद थालेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमै रहेको एमाले संसदीय दलको कार्यालयमा ओलीसँग एक्लाएक्लै छलफलपछि प्रधानमन्त्री देउवाले अन्य नेतासहितको छलफल गरेका हुन् । छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास… Continue reading एमसीसी अनुमोदनलाई गठबन्धनको साथ नपाएपछि ओलीको समर्थन खोज्दै देउवा
रुससँग युक्रेनले तोड्यो कूटनीतिक सम्बन्ध, रूसी आक्रमण ४० जना नागरिकको मृत्यु
काठमाडौं । युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले गरेका छन् । बिहीवार बिहान रुसले युक्रेनका विभिन्न भागमा आक्रमण गरेपछि जेलेन्स्कीले यस्तो घोषणा गरेका हुन् । एएफपीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको जनाएको छ । त्यस्तै रूसी आक्रमणमा परी ४० जना युक्रेनियन नागरिकको मृत्यु भएको छ।… Continue reading रुससँग युक्रेनले तोड्यो कूटनीतिक सम्बन्ध, रूसी आक्रमण ४० जना नागरिकको मृत्यु
रुसी राष्ट्रपतिको आदेशसँगै युक्रेनमा युद्ध चर्कियो,५० रुसी सैनिक मारिए, ६ विमान ध्वस्त
काठमाडौं । बिहीबार बिहानै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा आक्रमणको आदेश दिएसँगै युक्रेनसँग युद्ध चर्किएको छ । रुसले युक्रेन स्थित सैन्य पूर्वाधारहरू लक्षित गर्दै विभिन्न सहरमा हवाइ आक्रमण सुरु गरेको बताइएको छ । समाचार एजेन्सी एएफपीका अनुसार रुसी भुसेना युक्रेनमा पसिसकेका छन् भने, युक्रेनको दक्षिणी तटमा समेत रुसी सेना अवतरण भएको छ ।… Continue reading रुसी राष्ट्रपतिको आदेशसँगै युक्रेनमा युद्ध चर्कियो,५० रुसी सैनिक मारिए, ६ विमान ध्वस्त
राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड, २५ लाखको हात खाली
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो । यस आइपीओमा गोलाप्रथा मार्फत ७९ हजार ४५० जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा आवेदन दिएका… Continue reading राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड, २५ लाखको हात खाली
अनिर्णीत एमसीसी र राष्ट्र बैंकको नीतिले शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ५८. ९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँ बराबरको८४ लाख ९० हजार ६८९ कित्ता शेयर किनबेच भएका छन्… Continue reading अनिर्णीत एमसीसी र राष्ट्र बैंकको नीतिले शेयर बजारमा उच्च अंकको गिरावट
युक्रेनमा संकटकाल घोषणा
काठमाडौं । रुसी सेनाले हमलाको निर्देशन प्राप्त गरेसँगै युक्रेनमा संकटकाल घोषणा गरिएको छ । संयुक्त राष्ट्रसंघले यहाँ रुसी आक्रमण भएमा कम्तिमा ५० हजार मानिस मारिने चेतावनी यसअघि नै दिइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा “सैन्य कारबाही”को घोषणा गरेसँगै यहाँ संकटकाल घोषणा गरिएको हो । पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू… Continue reading युक्रेनमा संकटकाल घोषणा