Category: फिचर

  • थाइल्याण्डमा नाइट क्लवमा आगलागी, कम्तिमा १४ जना मारिए

    थाइल्याण्डमा नाइट क्लवमा आगलागी, कम्तिमा १४ जना मारिए

    बैंकक । थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगलागीमा परी कम्तीमा १४ जनाको मृत्यु भएका छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ। स्थानीय समय अनुसार शुक्रबार १२स्४५ बजे बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो। प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा धुवाँ र आगो देखेको र त्यसपछि विस्फोटहरू भएको बताएका छन्।

    आगो निभाउन अग्नि नियन्त्रकहरूलाई दुई घण्टा लागेको थियो। १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने शरीरको ९० प्रतिशतभन्दा बढी जलेको अर्का एक व्यक्तिको पछि मृत्यु भएको प्रहरीले जनाएको छ। अस्पतालका अनुसार १५ जना बिरामी गम्भीर छन्। उनीहरूको शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको छ। दुई जना गम्भीर बिरामीलाई थप उपचारका लागि बैंककको अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

  • नुवाकोटमा भूकम्प, काठमाडौंसम्म ठूलो धक्का

    नुवाकोटमा भूकम्प, काठमाडौंसम्म ठूलो धक्का

    काठमाडौं । नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ः२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।


    यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खोटाङको साकेला गाउँपालिका५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय मध्यम खालका भूकम्प निरन्त जादा मानिसहरुमा त्रास बढेको छ ।

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानमा

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानमा

    टोकियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका हुन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान गएका हुन् ।

    सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने भएका छन् । प्रचण्डका अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन । साउन २५ गते स्वदेश फर्किने सचिवालयले जानकारी गराएको छ । नेपालमा निर्वाचनको मिति टुंगो लगाएर उनी जापान पुगेका हुन् ।

  • आगामी निर्वाचनका लागि ३१ साउनसम्म दल दर्ता गर्न पाइने

    आगामी निर्वाचनका लागि ३१ साउनसम्म दल दर्ता गर्न पाइने

    काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो । यसअघि दर्ता भएका दलहरु निर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने हुन्छ ।

    आयोगका अनुसार ११६ राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तोकेको छ । सो प्रयोजनका लागि पुनः दल दर्ता गर्नु परेको हो ।

  • चीनद्धारा अमेरिकासँगका महत्वपूर्ण सहकार्य स्थगित भएको घोषणा

    चीनद्धारा अमेरिकासँगका महत्वपूर्ण सहकार्य स्थगित भएको घोषणा

    बेइजिङ । चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्तासँगै अपराध, लागुऔषध र गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको छ। बेइजिङले अमेरिकी सभामुख न्यान्सी पलोसी र उनको परिवारविरुद्ध पनि प्रतिबन्धहरू लगाउने भएको छ। तर, कस्ता प्रतिबन्धहरू लगाइएका हुन् स्पष्ट पारिएको छैन। बीबीसीका अनुसार व्यक्तिगत प्रतिबन्ध पलोसीलाई मात्रै नभई उनको परिवारमाथि पनि लगाइएको छ।

    यद्यपि थप कदमहरू धेरै बृहत् छन्। दुई देशबीच उच्च स्तरीय सैन्य वार्तासहित अन्तर सीमा अपराधजस्ता विषयका सहकार्य पनि चीनले स्थगित गर्न लागेको छ। यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले ताइवान वरपरको क्षेत्रमा सैन्य गतिविधि बढाउन पलोसीको शान्तिपूर्ण भ्रमणलाई चीनले बहाना बनाएको बताएका थिए।


    उता, चीनले ताइवान वरपर थालेको सैन्य अभ्यास दोस्रो दिन पनि जारी राखेको छ। ताइवानको रक्षा मन्त्रालयले मुख्यभूमि चीनले ताइवान छुटिने क्षेत्र वरपर ६८ वटा विमान र १३ वटा पानीजहाज सक्रिय बनाएको जनाएको हो। त्यसको प्रतिक्रियामा ताइवानले हवाई र समुद्री गस्ती गरिरहेको र क्षेप्यास्त्र प्रणालीलाई सक्रिय पारिएको जनाएको छ।

    अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले वासिङ्टनले सङ्कट नचाहेको तर ताइवानलाई समर्थन गर्ने र वेस्टर्न प्यासिफिकमा आफ्नो कारबाहीबाट विचलित नहुने जनाएका छन्। ताइवानका विदेशमन्त्रीले पनि पलोसीको संक्षिप्त तर विवादास्पद भ्रमणको बचाउ गरेका छन्। उनले पलोसीको भ्रमण अत्यन्तै महत्त्वपूर्ण रहेको र चीनको प्रतिक्रियाले ताइपेईमा आमन्त्रित हुन प्रजातान्त्रिक नेताहरूलाई नरोक्ने बताएको बीबीसीले लेखेको छ ।

  • नेपालमा एकैदिन ९१२ जनामा कोरोना पुष्टी, ३७० जना संक्रमण मुक्त

    नेपालमा एकैदिन ९१२ जनामा कोरोना पुष्टी, ३७० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८९ हजार ३५० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३७० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७१ हजार ६२० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५७६० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७२ पुगेको छ ।

  • गठबन्धन संविधान विपरित हो : भीम रावल

    गठबन्धन संविधान विपरित हो : भीम रावल

    काठमाडौं । नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आबद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त भएको बताए । उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने बताए ।

    ‘पाँच दलीय गठबन्धनका बैठकहरू हेर्दा ती राजनीतिक दलहरूले विपरीत सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ ।

    यसरी आम निर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ,’ रावलले भने, ‘अहिले जो जो नेताहरू त्यो पाँच दलको सबभन्दा माथिल्लो तहमा हुनुहुन्छ ।

    उहाँहरूले के कुरा सम्झना गर्नुपर्छ भने नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरूले यो दलीय प्रतिस्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति उहाँहरूको प्रतिबद्धता थियो भन्ने कुरा यति बेला उहाँहरूले स्मरण गर्नुपर्छ ।’

    उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताए ।

    नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्त हीन, आर्दशहीन र गन्तव्य हीन दिशातर्फ धकेल्ने बताए । आगामी निर्वाचनमा सबै राजनीतिक दलहरूले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाई छ ।

  • मंकीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य संकट घोषणा

    मंकीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य संकट घोषणा

    अमेरिका । मङ्कीपक्सको संक्रमण बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरिएको छ। अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो। यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो।

    उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो।

    विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो।

    अमेरिकामा बिहीबारसम्ममा ६ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो। सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखापरेको मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो।

    विश्वका कैयौँ देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ। विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ। अहिले पनि विश्वका कतिपय देशहरूमा यसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएका समाचार आइरहेका छन्। अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी सङ्क्रमित पाइएका बताइएको छ।

  • ओलीको कटाक्ष-‘प्रधानन्यायाधीशको महाअभियोग छिनोफानो गर्न पर्दैन, डामेर छाड्न मिल्छ’?

    ओलीको कटाक्ष-‘प्रधानन्यायाधीशको महाअभियोग छिनोफानो गर्न पर्दैन, डामेर छाड्न मिल्छ’?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका छन् ।

    काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले महाअभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गर्दै आक्रोशित भएका हुन् ।

    कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा ओलीले भने, प्रस्ताव ६ महिनासम्म एक पाइला अघि वढाउँदैन। प्रधानन्यायाधीश माथिको महाअभियोग खेलानौ हो?’

    ‘आफ्नो टेवलमा महाभियोग प्रस्ताव आएपछि छिनोफानो गर्न पर्दैन? यसमा आफ्नो पक्षमा हुँदैन भन्दैमा सत्ता गठवन्धनको इसारामा छिनोफानो नगर्ने कार्य सभामुखले गर्न मिल्छ?’ ओलीले भने।

  • सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल

    सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल

    काठमाडौं । सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो ।

    तालमेलका लागि सिट बाँडफाड गर्न ११ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा गठबन्धनमा रहेका पाँचै दलका नेताहरु सदस्य रहेका छन् ।

    जसमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन्।

    नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी ९जसपा० बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन्।

    राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन्। उनीहरुलाई भदौभित्र सिट बाँडफाँडको निर्णयसहित प्रतिवेदन दिन भनिएको छ।

    प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन्। जसमध्ये कांग्रेसले प्रतिनिधिसभामा कम्तीमा ९५ सिट राखेर बाँकी ४ दललाई ७० सिटबाट भागवण्डा लगाउने मनस्थिति बनाएको छ।

    तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने कांग्रेसलाई ८० सिट दिन तयार देखिन्छन्।

    प्रदेशसभाको सिट बाँडफाँटमा पनि दलहरु यही अनुपातलाई मिलाएर लैजाने तयारी गरिरहेका छन्।

  • नेप्सेमा उच्च अंकको गिरावट कायमै, यी धेरै गुमाउने कम्पनी

    नेप्सेमा उच्च अंकको गिरावट कायमै, यी धेरै गुमाउने कम्पनी

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

    कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ३४.८५ अंकले घटेर २११३.३० विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार (शुक्रवार २ घण्टाको कारोबारमा) २१५ कम्पनीको २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँ बराबरको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.४० प्रतिशतले घटेको छ ।
    सबैभन्दा धेरै गुमाउने फाइनान्स समूह ३४० प्रतिशतले घटेको छ ।

    नेप्सेका अनुसार आज मैलुङखोला जलविद्युत्त कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यसैगरी, गुह्येश्वरी मर्चेन्ट ६.४२, युनाइटेड इदीमर्दी ६.३७, सामलिङ पावर ५.६९, इमर्जिङ नेपाल ५.४४, तेह्रथुम पावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, गुराँस लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज १५ करोड ६६ लाख भन्दा बढीको कारोबार भएको छ ।

    नविल बैकको १४ करोड १४ लाख, हिमालय डिस्टिलरीको ९ करोड ६४ लाखको कारोबार भएको छ ।

  • स्थगित भयो मतदाता नामावली संकलन, कति पुगे मतदाता ?

    स्थगित भयो मतदाता नामावली संकलन, कति पुगे मतदाता ?

    काठमाडौं । निर्वाचनको मिति घोषणा सँगै शुक्रबारबाट मतदाता नामावली संकलनको काम रोकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको घोषणा भएपछि आजबाट मतदाता नामावली सङ्कलनको काम स्थगित भएको हो । अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा २१ गतेसम्म समय निर्धारण गरिएको छ । २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावयता २७ लाख मतदाता थपिएका छन्। २०७४ सालको निर्वाचनपछि बिहीबारसम्मको तथ्यांकअनुसार २७ लाख ५४ हजार ३०१ मतदाता थपिएका छन्।

    पछिल्लो पाँच वर्षमा झन्डै १८ प्रतिशत मतदाता थपिएका हुन् । २०७४ सालको संघीय र प्रदेश सभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका बेला सार्वजनिक गरिएको अन्तिम नामावलीमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना थिए। स्थानीय तह निर्वाचनपछि गत असार १ गतेयता फेरि आयोगले मतदाता परिचय पत्र दिन थालेको थियो। वैशाख ३० को स्थानीय निर्वाचनपछि आजसम्म चार लाख ४८ हजार ५१६ मतदाता थपिएका छन् । अब एक करोड ८१ लाख ८२ हजार २३९ मतदाता पुगेका छन्।

  • विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने

    विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने

    काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेको यससँगै निर्वाचन आयोगसमेत तयारीमा जुटेको छ । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यस चुनावमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रममा रहेको वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरिएको छ । तर, विदेशमा बस्ने नेपालीले भने यस पटक पनि मताधिकार पाउने छैनन् । नेपालको निर्वाचन प्रणाली अनलाइन माध्यममा नगएका कारण आफ्नो निर्वाचन क्षेत्रमा पुग्न नसक्ने आम नेपालीले जहाँ भए पनि भोट हाल्न पाउने छैनन् ।

    तर, अस्थायी मतदाताको रुपमा कर्मचारी, सुरक्षाकर्मीहरुले भने समानुपातिक प्रणालीमा मात्र भोट दिन सक्ने छन् । सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न आदेश दिएको थियो ।

    अस्थायी मतदाता नामावलीमा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तहमा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र आयोगले तोकेका अन्य व्यक्ति रहने उल्लेख छ ।

    यसअघि गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रम र कैदीबन्दीले मतदाना गर्न पाएका थिएनन्। तर, मङ्सिर ४ गते सर्वोच्चको आदेश अनुसार अस्थायी मतदातालाई समानुपातिक पद्धतितर्फ मतदानको व्यवस्था गर्ने तयारी गरिएको छ ।

  • नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि

    नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि

    काठमाडौं । नेपालमा कोरोना महामारीपछि अमेरिकाबाट उल्लेख्य पर्यटक आएको देखिएको छ । भारतपछि अमेरिकी पर्यटकको आगमन दोस्रो स्थानमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । पछिल्लो सात महिनाको तथ्यांक अनुसार अहिले पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२२ मा ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका छन् । यसमा १७ हजार २९९ जना भारतीय पर्यटक छन् ।

    दोस्रो स्थानमा रहेको अमेरिकाबाट एक महिनामा ५ हजार २२८ जना पर्यटक आएका छन् । जनवरीदेखि जुलाई सम्मको सात महिनामा भने कुल २ लाख ८५ हजार ३६३ जना पर्यटक नेपाल आएका छन् । कोभिड १९ महामारीपछि चीन सरकारले आफ्ना नागरिकलाई समेत विदेश भ्रमणमा कडाइ गरेको थियो । तर, पछिल्लो समय यस्तो कडाइ खुकुलो बन्दै गएपछि चिनियाँ पर्यटकको समेत आगमन बढ्न थालेको छ ।

    जुलाईमा मात्र चीनबाट १५ सय ९३ जना पर्यटक आएका छन् । यो कोभिड(१९ यता एक महिनामा आएका चिनियाँ नागरिकको सबैभन्दा ठूलो संख्या हो । यद्दपि यो संख्या साविकको जत्ति भने होइन । सन् २०१९ मा जुलाईमा १० हजार ८०८ जना चिनियाँ नागरिक आएका थिए । जुलाईमा भारतीयपछि अमेरिकाबाट बढी पयर्टक आएका छन् ।

    सन् २०२२ जुलाईमा बढी पर्यटक आएका ५ मुलुक

    भारत : १७ हजार २९९
    अमेरिका : ५ हजार २२८
    बेलायत : ३ हजार ९५३
    बंगलादेश : १ हजार ८७४
    चीन : १ हजार ५९३

  • नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    काठमाडौं । वर्षायामपछि हरेक दिनजसो पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध बनेको छ । यसले यात्रुलाई भने सास्ती पुगेको छ । सरकारले यो राजमार्गको विकल्प खडा नगर्दा हरेक वर्ष मानिसहरुले सास्ती भोग्य बाध्य छन् । चितवनको भरतपुर–२९ केराबारीमा पहिरो जाँदा फेरि पनि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको हो ।

    आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । पहिरो हटाउन सुरुमा तीनवटा डोजर प्रयोग गरिए पनि एउटाको टायर पन्चर भएपछि अहिले दुईवटा डोजरमात्र प्रयोग गरिएको छ ।

  • चूनावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

    चूनावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं । सरकारले चूनाव घोषणा गरेसँगै रणनीति बनाउन सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो ।


    सत्ता साझेदार दलहरुबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा छलफल हुँदै आएको छ । तर उनीहरुबीच सिट बाँडफाँटको विषयमा कुरा मिलिसकेको छैन । आजको बैठकमा सिट बाँडफाँट र चुनावको रणनीतिका विषयमा छलफल हुनेछ । गठबन्धन भित्र पनि कम्यूनिष्ट घटकहरुले सम्मानजनक सीट दिनु पर्ने माग गरिरहेका छन् ।

  • चीन–ताइवान युद्ध भएमा विश्वलाई के असर पर्छ ?

    चीन–ताइवान युद्ध भएमा विश्वलाई के असर पर्छ ?

    काठमाडौं । चीनले ताइवानलाई करीव चारैतर्फबाट घेरेको छ साथै उसले बिहीबारबाट सैन्य अभ्यास पनि थालेको छ । सोही क्रममा दर्जनौं क्षेप्यास्त्र हानिएको सञ्चारमाध्यमले लेखेका छन् । यद्यपि, ताइपेईको जनजीवन सामान्य चलिरहेको बीबीसीले जनाएको छ । त्यहाँका मानिस शान्त तर चिन्तित अवस्थामा रहेको बताइएको छ । ताइवानको मुख्यभूमि मामिलासम्बन्धी निकायले चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग नगर्न बाध्य तुल्याउने प्रयास गरिरहेको बताएको छ। चीनमाथि क्षेत्रीय शान्ति बिथोलेको र नाकाबन्दी लगाएको ताइवानको आरोप छ। उसले चीनको सैन्य अभ्यासविरुद्ध तयारी गरिरहेको छ।

    चीनले ताइवानको आकाशमा विमानहरू उडाउने निर्णय गरेको खण्डमा ताइवानले उनीहरूलाई रोक्ने प्रयास गर्ने सम्भावना छ। यसले दुई देशबीच हवाई टक्कर बढ्ने देखिएको छ । चीनको चेतावनीविरुद्ध अमेरिकी सभामुख पलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरिन्। ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ। सोही भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो।

    यद्यपि, चीनले ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको छ। यी दुई देशबीचको तनावका कारण व्यापारिक जहाजहरू मार्ग परिवर्तन गर्न बाध्य भएपछि विश्वव्यापी ढुवानीमा ढिलाइ र आपूर्ति प्रणालीहरू अवरुद्ध हुने ठानिएको छ। अमेरिकाको जलसेनाले ताइवानतर्फ विमान पठाएको छ जसलाई उसले फिलिपिन सीमा सामान्य र तय गरे अनुरूपको कारबाहीको सङ्ज्ञा दिएको छ।

  • चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट

    चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट

    टोकियो । सैन्य अभ्यास सुरु गरेको चीनले प्रहार गरेका पाँचवटा चिनियाँ क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरिएको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार
    उता, ताइवानले आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

    रोएटर्सका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन्। स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ। हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्।

  • चिनियाँ फौजबाट घेरिएको ताइवानको चीनविरुद्ध तयारी के ?

    चिनियाँ फौजबाट घेरिएको ताइवानको चीनविरुद्ध तयारी के ?

    काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण पुरा गरेर फर्किएलगत्तै चीनले ताइवानको नजिकको समुद्री क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेको छ। स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ। ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ। पलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरिन्। ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ।

    बीबीसीका अनुसार भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो। यद्यपि, चीनले ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको छ। अभ्यासहरू व्यस्त जलमार्गहरूमा हुने भएकाले यसमा लामो दूरीका प्रत्यक्ष गोलाबारी समावेश हुने बेइजिङले बताएको छ। संयुक्त राज्य अमेरिकाले यो सैन्य अभ्यास गैरजिम्मेवार कदम भएको र नियन्त्रण बाहिर जान सक्ने बताएको छ। ताइवानले भने यसलाई समुद्री तथा हवाई नाकाबन्दीको रूपमा व्याख्या गरेको छ।

    ताइवानले बुधवार चिनियाँ लडाकु विमानहरूलाई चेतावनी दिनका लागि विमानहरूको आकस्मिक अवतरण गराएको र त्यहाँको सेनाले मुख्य भूमि नजिकै अवस्थित किनमेन टापुमा रहेका अज्ञात विमानहरू धपाएको बताएको छ। ताइवान सरकारका अनुसार पछिल्ला दिनहरूमा त्यहाँका थुप्रै मन्त्रालयहरूले साइबर हमलाको सामना गरेका छन्।

    ताइवानका अधिकारीहरूले विमानहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ तथा छिमेकी राष्ट्रहरू जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको बताइएको छ। जापानले सैन्य अभ्यास भइरहेका क्षेत्रहरूमा आफ्नो विशेष आर्थिक क्षेत्र (ईईजेड) समावेश हुनेबारे चीन समक्ष चिन्ता व्यक्त गरेको छ। बुधवार चीनले तटीय झेजियाङ प्रान्तमा एक सन्दिग्ध ताइवानी पृथकतावादीलाई राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आशङ्कामा हिरासतमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

  • चुनावका लागि म्यादी प्रहरीको भर्ना फेरि खुलाइने, प्राथमिकतामा स्थानीय चुनावमा खटिएका

    चुनावका लागि म्यादी प्रहरीको भर्ना फेरि खुलाइने, प्राथमिकतामा स्थानीय चुनावमा खटिएका

    काठमाडौं । सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।

    सरकारले निर्वाचनको घोषणा गरेसँगै सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुलाउने भएको छ । सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउन लागिएको हो ।

    चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहने गर्दछ । निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीले प्रहरीको मातहतमा रहेर काम गर्छन् ।

    यसअघि स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर भर्ना गर्ने प्रस्ताव लैजाने तयारी भएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।

  • जनार्दन शर्मासँग कामगर्न इच्छुक नरहेको मरासिनीको प्रधानमन्त्री कार्यालय सरुवा, पुष्करलाई जिम्मेवारी

    जनार्दन शर्मासँग कामगर्न इच्छुक नरहेको मरासिनीको प्रधानमन्त्री कार्यालय सरुवा, पुष्करलाई जिम्मेवारी

    काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।

    बिहीबार मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

    मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए । जनार्दन शर्मा मन्त्री भएर आएपछि मारसिनी मन्त्रालयमा आउन मानेका थिएनन् ।

    अर्थसचिवले स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

  • नेपालमा थप ७६० जनामा कोरोना पुष्टी, ३२४ जना संक्रमण मुक्त

    नेपालमा थप ७६० जनामा कोरोना पुष्टी, ३२४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८८ हजार ८२१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७१ हजार २५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५६०२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७१ पुगेको छ ।

  • नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

    कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २१५ कम्पनीको ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ ।

    उच्च अंकले घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बलेफी हाइड्रोपार लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

    युनाइटेड इदीमार्दी आरबी हाइड्रोपारको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९.५२ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २५ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    हिमालय डिस्टिलरीको १३ करोड १७ लाख र अपी पावरको १२ करोड ७९ लाखको कारोबार भएको छ ।

  • श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपत्कालीन अवतरण

    श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपत्कालीन अवतरण

    काठमाडौं । नेपालगञ्जबाट काठामाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज आपत्कालीन अवतरण गरिएको छ ।

    श्रीको ९ एन–एएनएफ जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्ज विमानस्थलमै आपत्कालीन अवतरण गरिएको हो ।

    उक्त जहाज नेपालगञ्ज विमानस्थलबाट १० माइल उडेको थियो । उक्त जहाजमा चालक दलका सदस्यसहित ७९ जना थिए ।

  • संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा एकै चरण गर्ने सरकारको निर्णय

    संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा एकै चरण गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले एकै चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

    बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले गत असारमै सरकारलाई मंसिर २ गते निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको थियो ।

    निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको गरेको हो।

    प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग यसअघि नै परामर्श गरिसकेका थिए।

    निर्वाचन तयारीका लागि आफुहरुलाई कम्तीमा १२० दिन आवश्यक पर्ने भन्दै आयोगले गत असार २२ मै प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर मंसिर २ को चुनावको मिति प्रस्ताव गरेको थियो ।

    तर सरकारले आयोगलाई तयारीका लागि १०९ दिन दिँदै मंसिर ४ गतेका लागि आम चुनावको मिति घोषणा गरेको हो । यो वीचमै दशैं लगायतका चाडपर्व पनि पर्छ ।

  • नेपालबाट जापानमा शून्य लागतमा कामदार पठाउन गृहकार्य थालियो

    नेपालबाट जापानमा शून्य लागतमा कामदार पठाउन गृहकार्य थालियो

    काठमाडौं । नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने बारे गृहकार्य शुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको छ । अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३ सय जनाले जापानिज भाषा र सीप परीक्षा पास गरिसकेका छन् ।

    जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्ल्यू) बाट कामदार लैजान्छ । सन् २०१९ मा नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो । श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज संयुक्त कार्यसमितिको बैठक बस्दैछ ।

    काठमाडौंमा बस्ने बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् । जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने छन् । बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्नेछ ।

  • ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत, आज मिति तोक्ने तयारी

    ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत, आज मिति तोक्ने तयारी

    काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने गरी मिति तोक्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति तोक्ने भएको छ । निर्वाचन आयोगले २ मंसिर भित्र चुनाव गर्न सिफारिस गरेको थियो । मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मंसिर २२ मा पूरा हुने छ ।

    २०७४ साल मंसिर १० र २१ गते गरी दुई चरणमा चुनाव भएको थियो । गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका सत्तारुढ पाँच दलले आउँदो चुनावका लागि पनि तालमेलको औपचारिक छलफल सुरु गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन बैठकले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न सुझाव दिएको र गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिनेबारे पनि सहमति भएको थियो । सत्ता गठबन्धनका दलहरु आउँदो मंसिर ४ गते एकै चरणमा चुनाव गर्न सहमत भएका थिए ।

  • हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित कपनबाट एक जना पक्राउ

    हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित कपनबाट एक जना पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई बुधबार राती पक्राउ गरेको छ । सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई राति पक्राउ गरेको हो ।

    बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा स्रोत नखुलेको रु ३२ लाख र निज घ्याल्जेनको कोठमा समेत जाँच गर्दा रु १७ लाख ५० हजार गरी रु ४९ लाख ५० हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    निजको नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले पैसा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले सोही रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको बताउँदै यसबारे थप अनुसन्धान भइरहको जानकारी दिएको छ ।

  • सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने

    सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने

    काठमाडौं । सप्तकोशीको बाढी प्रभावित २ हजार ३ सयभन्दा बढी घरधुरीलाई राख्न विभिन्न स्थानमा आश्रयस्थल बनाइने भएको छ । जिल्ला विपद व्यवस्थापन समिति उदयपुरको बैठकले वेलका नगरपालिका वडा नं. ३ का बुधबारे, जणना शुक्रबारे, बानडाँडा, रामनगर, नारायणपुर, शिवालय मन्दिर, लालभित्त र भागलपुरमा ८ सय घर परिवारलाई राख्न आश्रयस्थल बनाउने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


    प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराइका अनुसार वेलका नगरपालिका वडा नं ९ को धौरीमा तथा वडा नं ८ का एकता, चिलिया र दूर्गा मन्दिर टोलमा ५(५ सय घर परिवारका लागि आश्रयस्थल बनाइने छ । आवश्यकता अनुसार वडा नं १ का पुरन्दह र गलफडिया आधारभूत मावि, वडा नं. २ का रेडक्रस भवन र जनता मावि, वडा नम्बर ८ को डुडखोला सामुदायिक भवन तथा वडा नं ९ र ३ का खसीबोका संकलन केन्द्र, खानेपाली, क्याम्पस, मचुवा बजार र आदिवासी जनजाती भवनमा पनि आश्रयस्थलको रुपमा प्रयोग गरिने छ ।

    बुधबार बिहान करिब ४ बजेतिर सप्तकोशी नदीको भंगालो दक्षिणपश्चिम क्षेत्रको वस्तीमा पसेको थियो । बाढीबाट प्रभावित करिब एक हजार परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीले भत्काएको बाँध पनि मर्मत गर्ने काम भइरहेको छ । राहत वितरण तथा व्यवस्थापनको विषयमा छलफल गर्न बुधबार बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाको बैठक बसेको थियो ।

  • सप्तकोशी बाढी पिडितका लागि सरकारले माग्यो सहायता

    सप्तकोशी बाढी पिडितका लागि सरकारले माग्यो सहायता

    काठमाडौं । सप्तकोशीको बाढी पिडित परिवारलाई राहत तथा व्यवस्थापन गर्न सरकारले सरकारी, गैरसरकारी र व्यवसायीबाट सहायता आह्वान गरेको छ ।
    गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राप्त राहत एकद्वार प्रणालीबाट संकलन गर्ने र एकद्वारबाटै वितरण गर्ने निर्णय गरेको हो । सोही अनुसार प्राधिकरणले प्रेस नोट जारी गरी सहयोग आह्वान गरेको हो । उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।

    राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिएको छ । संकलन गरिएका राहत उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको प्रतिनिधि तथा उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने प्राधिकरणले जनाएको छ । सप्तकोशीको बाढी बुधबार बिहान करिब ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटको बाँध भत्काउँदै बस्तीमा पसेको थियो ।

    सो बाढीबाट उदयपुर र सुनसरीका २ हजार ३ सय घरधुरी प्रभावित भएको प्राधिकरणले जनाएको छ । बाढीबाट मानवीय क्षति भने भएको छैन । तर धान, मकै लगायतका खेतीबालीमा क्षति पुगेको छ । प्राधिकरणका अनुसार नेपाल रेडक्रस सोसाइटीले १०० थान त्रिपाल, १ थान रबरबोट, ६ थान हेलमेट उपलब्ध गराएको छ । रेडक्रसले खाद्यान्न खरिदमा ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    यसैगरी बेलायत सरकार र केयर नेपालले विस्थापितहरुलाई खाद्यान्न खरिद गर्न ६ लाख रुपैयाँ तथा सरसफाइमा सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीहरु खरिदका लागि ११ लाख रुपैयाँ राष्ट्रिय कृषक समूह महासंघमार्फत् उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।