काठमाडौं । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। नाबालिग गायिकालाई करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार शाहमाथि अनुसन्धानका लागि भन्दै जिल्ला अदालत तनहुँले आइतबार १२ दिनको समय थप गरेको हो । पल गत आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले… Continue reading पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
Category: फिचर
सुन आयातमा कडाइ, दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । विदेशी विनिमय सञ्चिती घट्दो क्रममा रहेको र विदेशी विनिमय सञ्चितीको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सुन आयातको कोटा घटाएको हो। जस अनुसार अब दैनिक १० किलोग्राम सुन… Continue reading सुन आयातमा कडाइ, दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने
रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, कारोबारमा पनि सुधार आउन सकेन
काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ३.६९ अंकले घटेर २५४३.३९ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँ बराबरको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच भएका छन्… Continue reading रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, कारोबारमा पनि सुधार आउन सकेन
कसरी अघि बढ्छ चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग प्रक्रिया ?
काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि अध्ययन गर्न ११ सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट,… Continue reading कसरी अघि बढ्छ चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग प्रक्रिया ?
तारा एयरको पोखरा–जोमसोम नियमित उडान शुरु
काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम नियमित उडान सुचारु गरेको छ । डिसेम्बर २० बाट बन्द भएको पोखरा ९ जोमसोमको नियमित उडान आइतवारदेखि सुचारु गरेको हो । आज ५ ओटा प्यासेन्जर फ्लाईट भएको थियो । इन्डियन नागरिक र अन्य बिदेशी यात्रुहरुले यात्रा गरेका थिए । यो रुटका लागि कम्पनीले एउटा ट्विनअटर पोखरा… Continue reading तारा एयरको पोखरा–जोमसोम नियमित उडान शुरु
जेलेन्स्कीले अमेरिकासँग भने : रुसको तेल किन्न बन्द गर
काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकासँग रुसको तेल खरीद नगर्न माग गरेका छन् । अमेरिकी कंग्रेसका ३ सय सदस्यलाई भिडियोको माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई नो फ्लाई जोन बनाउन समेत माग गरेका छन् । अमेरिकाले रूसको तेल खरीदमा रोक लगाउना साथ रुस ठूलो संकटमा पर्ने विश्वास उनको छ । उनले रुसी सैनिकसँग लड्न अमेरिकासँग… Continue reading जेलेन्स्कीले अमेरिकासँग भने : रुसको तेल किन्न बन्द गर
युक्रेनको दावि: रुसले युद्धबिरामको पालना गरेन
काठमाडौं । रूस र युक्रेनबीचको युद्ध ११ औं दिनमा प्रवेश गरेको छ । रुसले सोचेभन्दा फरक परिणामका बीच युक्रेनी सेनाले शक्तिशाली मुलुकको डटेर मुकाविला गरिरहेको छ । उता, युक्रनेको राजधानी कीएभको उत्तर पश्चिम क्षेत्रमा रहेका शहरहरुमा रूसी सेनाको धन्दाधुन्ध कारवाही जारी छ । यी स्थानमा फसेका नागरिकलाई बाहिर निकाल्न रुसले आक्रमण केही मथ्थर पार्ने बताइएको… Continue reading युक्रेनको दावि: रुसले युद्धबिरामको पालना गरेन
रुसमा सैन्य कानून लागु गर्ने योजना नरहेको पुटीनको स्पष्टिकरण
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकमा सैन्य कानुन लागु गर्ने कुनै योजना नरहेको बताएका छन्। राष्ट्रिय टेलिभिजनमा देखाइएको एरोफ्लट विमान सेवाका कर्मचारीहरूसँग भेटघाटमा पुटिनले आफ्ना कदमहरू ‘सैन्य कारबाही लक्षित क्षेत्रमा बाह्य उक्साहटका घटनाका आधारमा’ मात्र चालिने बताए। “तर हामीसँग त्यस्तो अवस्था छैन र त्यस्तो अवस्था आउने समेत छैन,” उनले भनेका छन् । बीबीसीका… Continue reading रुसमा सैन्य कानून लागु गर्ने योजना नरहेको पुटीनको स्पष्टिकरण
संसद बैठक बस्दै, एमालेको अवरोध जारी
काठमाडौं । एमालेको निरन्तरको अवरोधका बीच आइतबार प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गरेका… Continue reading संसद बैठक बस्दै, एमालेको अवरोध जारी
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज, के के छन् एजेण्डा ?
काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । आइतबार ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी रहेको पार्टीले जनाएको छ । आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने भएको छ ।… Continue reading नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज, के के छन् एजेण्डा ?
६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको तेस्रो लहर शुरु भएपछि दैनिक विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पहिलो… Continue reading ६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी
राष्ट्रिय सभाका १९ सांसदले लिए सपथ
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले शनिबार शपथग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालय सिंहदरबारमा नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण गराए । अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसद्हरुलाई संघीय संसदको लोगो पनि प्रदान गरेका छन् । राष्ट्रियसभाका १९ सदस्यका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । निर्वाचनमा नेपाली काँग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त,… Continue reading राष्ट्रिय सभाका १९ सांसदले लिए सपथ
युक्रेनका दुई शहरमा रुसले बनायो आक्रमण मथ्थर, मानवीय सहयोग मार्ग खुला
काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपोल र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ। त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। युक्रेनी पक्षले भने यसको पुष्टी गरिसकेको छैन । बीबीसीका अनुसार यसअघि मारिओपोका नगरप्रमुखले जारी नाकाबन्दीबीच रुसी… Continue reading युक्रेनका दुई शहरमा रुसले बनायो आक्रमण मथ्थर, मानवीय सहयोग मार्ग खुला
रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक विश्वभरको उडान कटौती
काठमाडौं । रुसको राष्ट्रिय विमान कम्पनी एरोफ्लटले मार्च ८ देखि लगभग सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ। आफ्नो सेवा अवरुद्ध गर्नुलाई उसले ‘थप परिस्थितिहरू’ कारण रहेको जनाएको छ। बीबीसीका अनुसार उक्त विमान सेवाका अनुसार आन्तरिक र छिमेकी देश बेलारुससँगका उडानहरूमा भने त्यसको कुनै असर पर्ने छैन। युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले आफ्ना आकाशमा रुसी… Continue reading रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक विश्वभरको उडान कटौती
जनकपुर र पोखरा सिधा हवाई संजालमा जोडिए
काठमाडौं । दुई पर्यटकीय गन्तब्य पोखरा र जनकपुर सिधा हवाई सम्पर्कमा जोडिएका छन् । शनिबारदेखि जनकपुरधाम–पोखराबीच हवाइ यातायात सुरू भएको छ । मधेश र गण्डकी प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन… Continue reading जनकपुर र पोखरा सिधा हवाई संजालमा जोडिए
रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा
काठमाडौं । रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले आफ्नो प्रसारण रोकेका छन् । बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो सेवा निलम्बन गर्ने निर्णय गरेको बीबीसीले लेखेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको नयाँ कानुनले युक्रेनमा जारी युद्धको बारेमा मिथ्या समाचारहरु फैलाएको अभियोगमा मानिसहरूलाई १५ वर्षसम्म जेल सजाय दिनेछ। कानुन लागु भएपछि रुसमा स्वतन्त्र… Continue reading रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा
नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण
काठमाडौं । नेपाली चिकित्सकहरुले ठूलो सफलता पाएका छन् । नेपालमा पहिलो पटक बीना अप्रेसन मुटुको कृत्रिम भल्भको सफल प्रत्यारोपण गरिएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्भ राखिएको छ । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्भ साँधुरो भएपछि भल्भको ठाउँमा नयाँ कृत्रिम भल्भ राखिएको जानकारी गराएका छन्… Continue reading नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण
बुढानिलकण्ठबाट विद्यालय हिँडेपछि सम्पर्कबिहिन तीन बालिका मसाज सेन्टरमा भेटिए
काठमाडौं । काठमाडौँको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्। फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्यानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन्। फागुन १६ गते बिहान… Continue reading बुढानिलकण्ठबाट विद्यालय हिँडेपछि सम्पर्कबिहिन तीन बालिका मसाज सेन्टरमा भेटिए
युक्रेनबाट ५११ जना नेपाली सुरक्षित गन्तब्यमा पुगे, नेपालीको छैन यकिन संख्या
काठमाडौं । रुस–युक्रेन युद्ध शुरु भएयता ५११ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् । उनीहरु सुरक्षित स्थानमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यमा पुगेका छन् । यसमध्ये ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया,… Continue reading युक्रेनबाट ५११ जना नेपाली सुरक्षित गन्तब्यमा पुगे, नेपालीको छैन यकिन संख्या
युक्रेन छाडेका नेपालीलाई भारत सरकारको सहयोगमा नेपाल ल्याउने तयारी
काठमाडौं । युक्रेनबाट बाहिर निस्किएका र युक्रेनमै रहेका नेपालीहरुलाई स्वदेश ल्याउन भारत सरकारको सहयोग मागिने भएको छ । युक्रेनबाट पोल्याण्ड लगायतका देशमा गएका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडान मार्फत् स्वदेश फर्काइदिन नेपाल सरकारले अनुरोध गरेको हो । यसमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । भारतले युक्रेनबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन… Continue reading युक्रेन छाडेका नेपालीलाई भारत सरकारको सहयोगमा नेपाल ल्याउने तयारी
पाकिस्तानको पेशावरमा शक्तिशाली बम विष्फोट, कम्तिमा ५६ जनाको मृत्यु
कराँची । पाकिस्तानको पेशावर शहरमा भएको एक शक्तिशाली बम विष्फोटमा कम्तिमा ५६ जना मारिएका छन् । पेशावरको क़िस्सा ख़्वानी बजार इलाकामा शुक्रवार नमाज पढ्ने समयमा एक शिया मस्जिदमा यस्तो बम हमला भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार घटनामा १९४ जना घाइते छन् । जसमा ९ जनाको अवस्था गम्भीर रहेको छ । लेडी रीडिङ्ग अस्पतालका… Continue reading पाकिस्तानको पेशावरमा शक्तिशाली बम विष्फोट, कम्तिमा ५६ जनाको मृत्यु
युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु उर्जा रुसी कब्जामा, आक्रमणको विश्वभर निन्दा
काठमाडौं । रुसी सेनाले युक्रेनमा रहेको यूरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र कब्जा गरेको छ । रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन्। बीबीसीका अनुसार कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् । उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्। रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै… Continue reading युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु उर्जा रुसी कब्जामा, आक्रमणको विश्वभर निन्दा
विश्वचर्चित अस्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन
काठमाडौं । विश्वचर्चित अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन भएको छ । उनी मात्र ५२ वर्षका थिए । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको उल्लेख गरिएको संचारमाध्यमले लेखेका छन् । सूचनामा उनको हृदयघातका कारण निधन भएको आशंका गरिएको छ । उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका… Continue reading विश्वचर्चित अस्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन
उपत्यकामा हट्यो स्मार्ट लकडाउन, अब यी काम गर्न पाइने
काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले आज एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दै गएको यही २१ गते शनिबारदेखि लागू हुनेगरी कानून बमोजिमका… Continue reading उपत्यकामा हट्यो स्मार्ट लकडाउन, अब यी काम गर्न पाइने
नेपालमा थप १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७… Continue reading नेपालमा थप १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमण मुक्त
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन् । आज पनि दुई घण्टा उक्त क्यालिब्रेशन फ्लाइट भएको थियो । उक्त उडानका कारण आज पनि दुई घण्टा उडान… Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो
सुनको मूल्य तोलाको १ लाख नजिक
काठमाडौं । सुनको मूल्य तोलाकै १ लाख रुपैयाँ नजिक पुगेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ५०० थियो ।… Continue reading सुनको मूल्य तोलाको १ लाख नजिक
अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न साइबर ब्यूरोको अनुरोध
काठमाडौं । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटीले शुक्रवार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । केही समयदेखि विभिन्न व्यक्ति र समूहले प्रविधिको दुरुपयोग गरी युट्युब र टिकटकलगायतका सामाजिक सञ्जालमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने… Continue reading अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न साइबर ब्यूरोको अनुरोध
माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट, असन्तुष्ट समूहले एमसीसीको विषय उचाल्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजबाट शुरु हुँदैछ । बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा बैठक आयोजना गरिएको बैठकमा पार्टी भित्र एमसीसी पास भएपछि देखिएको असन्टुष्टीले बढी प्राथमिकता पाउने देखिएको छ । नेता नारायणकाजी श्रेष्ठ समूहले एमसीसीको चर्को विरोध गरिरहेको छ । बैठकमा साङ्गठनिक एवं समसामयिक राजनीतिका विषयमा छलफल… Continue reading माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट, असन्तुष्ट समूहले एमसीसीको विषय उचाल्ने
युक्रेनी शरणार्थीले यूरोपेली संघका मुलुकमा तीन वर्षको अस्थायी आवास सुविधा पाउने
काठमाडौं । रुसको आक्रमणबाट विस्थापित भई अन्य मुलुक पुगेका शरणार्थीलाई युरोपेली सङ्घमा आबद्ध देशले विशेष सुविधा दिन सहमत भएका छन् । ती मुलुकका आन्तरिक मामिलामन्त्रीहरू युक्रेनी शरणार्थीहरूलाई तीन वर्षसम्म विशेष अस्थायी सुविधा दिने विषयमा सहमत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यसमा आप्रवासीको अवस्था के हुन्छ भन्ने बारे भने उल्लेख छैन । सहमतिअनुसार उनीहरूलाई रोजगारी… Continue reading युक्रेनी शरणार्थीले यूरोपेली संघका मुलुकमा तीन वर्षको अस्थायी आवास सुविधा पाउने