चितवन । चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा सबै यात्रुको निधन भएको छ । प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटनामा उनीहरुको निधन भएको हो शुक्रबार साँझ पाँच बजे इच्छाकामना २ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३(००२ प ५९८६ नं.को मोटरसाइकल अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खसेको हो । दुर्घटनामा परी मृत्यु… Continue reading चितवनमा तीन जना सवार मोटरसाइकल दुर्घटना, सबैको मृत्यु
Category: फिचर
पौने चार अर्ब कर छलिको अभियोगमा कोकाकोलाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । नेपालमा पौने ४ अर्ब बराबर कर छलिको अभियोगमा बहुराष्ट्रिय कम्पनी कोकाकोला र संचालकविरुद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावटको अभियोगमा शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ बिगो र बिगो बराबर जरिवाना गरी जम्मा सात अर्ब ४३… Continue reading पौने चार अर्ब कर छलिको अभियोगमा कोकाकोलाविरुद्ध मुद्दा दर्ता
स्थानीय तहमा उठ्ने उमेदवारले खर्च गर्न पाउने रकमको सिलिङ तोकियो, कसको कति ?
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा उमेदवार बन्ने उमेदवारले खर्च गर्न पाउने रकमको सिलिङ तोकेको छ । निर्वाचन ३० वैशाखमा घोषणा गरिएको छ । शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै आयोगले खर्च सीमाबारे जानकारी गराएको हो । आयोगका अनुसार निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुख उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउने… Continue reading स्थानीय तहमा उठ्ने उमेदवारले खर्च गर्न पाउने रकमको सिलिङ तोकियो, कसको कति ?
ओलीको कटाक्ष –‘ गोरु ब्याउँदैन भन्थे, सर्वोच्चमा पाँचवटा बाच्छा पायो ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बाहिर गएर सरकार ढालेको आरोप लगाएका छन् । प्रेस चौतारीको नवौं राष्ट्रिय सम्मेलनको समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्। संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए । ‘संविधान बाहिर गएर सरकार ढालियो,’ उनले भने, ‘ संविधान बाहिर… Continue reading ओलीको कटाक्ष –‘ गोरु ब्याउँदैन भन्थे, सर्वोच्चमा पाँचवटा बाच्छा पायो ’
बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या सुल्झाउन ‘र्यापिड एक्सन टास्क फोर्स’ बनाउने
काठमाडौं । सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्नका र्यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरी… Continue reading बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या सुल्झाउन ‘र्यापिड एक्सन टास्क फोर्स’ बनाउने
महंगियो भान्सा: तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ७ महिनाको तथ्यांक अनुसार माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading महंगियो भान्सा: तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च
७ महिनामै विदेशी विनिमय सञ्चिति २ खर्ब २६ अर्ब रुपैयाँले घट्यो, आयातमा थप कडाइको संकेत
काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को ७ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड… Continue reading ७ महिनामै विदेशी विनिमय सञ्चिति २ खर्ब २६ अर्ब रुपैयाँले घट्यो, आयातमा थप कडाइको संकेत
रुसी फौज किएभ कब्जाको तयारीमा हो ?
काठमाडौं । युक्रेन र रुसबीचको युद्ध केही दिनयता मथ्थर भएजस्तै देखिएको छ । यद्दपी पश्चिमा मुलुकहरुले भने रुसी फौज अब युक्रेनको राजधानी किएभ कब्जा गर्न त्यसतर्फ लागिरहेको बताउँछन् । राजधानी नजिकै पुनः तैनाथ भइरहेको भूउपग्रह तस्वीरबाट देखिएको बीबीसीले लेखेको छ । त्यसलाई युक्रेनी राजधानीतर्फ बढ्ने रुसी फौजको ताजा प्रयासको रूपमा हेरिएको छ। म्याक्सआर टेक्नोलोजिजका अनुसार… Continue reading रुसी फौज किएभ कब्जाको तयारीमा हो ?
भिजिट भिसामा विदेश जानेका लागि गृहले जारी गर्यो नयाँ नियम? के-के छन् प्रावधान ?
काठमाडौं । नेपालबाट भिजिट भिसामा विदेश जाने र अलपत्र पर्ने प्रवृत्ति बढेपछि सरकारले यसमा कडाई गरिरहेको छ । तर, कडा प्रावधान लादिएको भन्दै अधिकारकर्मीले सरकारको आलोचना समेत गरिरहेका छन् । यसै सन्दर्भमा भिजिट भिसामा विदेश जाने नेपालीलाई लक्षित गरि सरकारले नयाँ प्रावधान सार्वजनिक गरेको छ । यसमा कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख… Continue reading भिजिट भिसामा विदेश जानेका लागि गृहले जारी गर्यो नयाँ नियम? के-के छन् प्रावधान ?
नेपालमा ५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुट रोगको परीक्षण निःशुल्क
काठमाडौं । नेपालमा ५० वर्ष भन्दा माथिका नागरिकको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । वर्षको एक पटक नियमित परीक्षण निशुल्क हुने भएको हो । मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय समेत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले… Continue reading नेपालमा ५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुट रोगको परीक्षण निःशुल्क
स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा तोकेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । शुक्रबार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो । शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको छ । छलफलमा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराइने… Continue reading स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने
भारतको मुम्बई र बैंलौरमा नेपाल एयरलाइन्सले पुन: उडान सूचारु गर्ने
काठमाडौं । नेपाल एयरलाइन्सले कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएका भारतका दुई गन्तब्यमा पुनः उडान सूचारु गर्ने भएको छ । निगमले बिहीबार सूचना निकाल्दै यी दुई रुटमा उडान पुनः सुचारु गर्ने जानकारी गराएको हो । नेपाल एयरलाइन्सले १३ चैतदेखि भारतको मुम्बईमा नियमित उडान पुनः सुरु गर्ने भएको हो । नेवानिले यो रुटमा साताको तीन वटा… Continue reading भारतको मुम्बई र बैंलौरमा नेपाल एयरलाइन्सले पुन: उडान सूचारु गर्ने
खानेपानी परियोजनाका लागि जापानले दियो २ अर्ब ३१ करोड अनुदान
काठमाडौं । जापान सरकारले नेपालको खानेपानी परियोजनाका लागि २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता दिएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरे । जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी सुधार… Continue reading खानेपानी परियोजनाका लागि जापानले दियो २ अर्ब ३१ करोड अनुदान
विदेशबाट नेपाल आउँदा पिसिआर वा खोप कार्ड मात्र देखाए पुग्ने
काठमाडौं । विदेशबाट नेपाल आउन सरकारले सहज प्रावधान बनाएको छ । अब स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड वा पिसिआर नेगेटिभ रिपोर्ट देखाए पुग्ने भएको छ । मन्त्रिपरिषद्को सो निर्णय सरकारी निकायहरुले बिहीबार सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय सरोकारवाला मन्त्रालयहरुलाई पठाएको… Continue reading विदेशबाट नेपाल आउँदा पिसिआर वा खोप कार्ड मात्र देखाए पुग्ने
संखुवासभा बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो, चालक र सहचालक दुवैको मृत्यु
काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ। मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३१ वर्षीय विपीन निरौला, संखुवासभा मादी-५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई रहेका छन् । त्यस्तै मादी-६ का ३०… Continue reading संखुवासभा बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो, चालक र सहचालक दुवैको मृत्यु
नेपाली शेयर बजार लयमा फर्कियो, उच्च अंकको कमब्याक
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लयमा फर्किएको छ । निरन्तर ओरालो लागेको बजार साताको कारोबारको अन्तिमदिन शेयर बजार उच्च अंकले बढेको हो । शेयर बजार मापक सूचक (नेप्से) ५२.२१ अंकले बढेर २५६६.७९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२६ कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९६९ रुपैयाँ बराबरको… Continue reading नेपाली शेयर बजार लयमा फर्कियो, उच्च अंकको कमब्याक
रुस युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीहरुको उद्धार कार्य सम्पन्न, सबैभन्दा धेरै पोल्याण्डतिर
काठमाडौं । रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकासं नेपालीहरुको उद्धार कार्य सम्पन्न भएको छ । रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाएका हुन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान… Continue reading रुस युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीहरुको उद्धार कार्य सम्पन्न, सबैभन्दा धेरै पोल्याण्डतिर
संखुवासभा बस दुर्घटना: गृहमन्त्रीको निर्देशनपछि घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन् । ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार… Continue reading संखुवासभा बस दुर्घटना: गृहमन्त्रीको निर्देशनपछि घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडौं । संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । संखुवासभाबाट दमकका लागि छुटेको ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको संखुवासभासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानाकारी दिए । उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेको अवस्था… Continue reading संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो
संखुवासभामा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु
काठमाडौं । संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा बस सडकबाट खसेको छ । अहिले पनि त्यहाँ उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । बा ४ ख ७३५ नम्बरको बस बिहान करिब साढे… Continue reading संखुवासभामा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु
अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल १ अर्ब ४० करोड डलर उपलब्ध गराउने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले युक्रेनलाई मानवीय सहायताका लागि तत्काल १ अर्ब ४० करोड डलर बराबरको सहायता दिने भएको छ । रुसको हाक्रमणबाट त्यहाँ मानवीय समस्या चुलिएएको छ । २० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । हजारैं मानिस मारिएका छन् । मृत्यु हुनेको यकिन संख्या बाहिरिएको छैन । रुसी हमलापछि उत्पन्न मानवीय… Continue reading अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल १ अर्ब ४० करोड डलर उपलब्ध गराउने
रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास
काठमाडौं । रुसले युद्ध बिराम गरेको भनेकै दिन युक्रेको एक बाल अस्पतालमा आक्रमण गरेको छ । यो घटनाबारे विश्व समुदायले वास्ता नगरेको भन्दै राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले निरासा व्यक्त गरेका छन् । उनले रुसको कदमलाई युद्ध अपराध समेत भनेका छन् । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका अनुसार घेराबन्दीमा परेको मारिओपोल सहरमा रहेको प्रसूति तथा बाल अस्पतालमा बम… Continue reading रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास
अमेरिकाका लागि नेपालका राजदूत खत्रीले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं । अमेरिकाका लागि नेपालका आवासीय राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत खत्रीलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएको कार्यालयलेृ जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित… Continue reading अमेरिकाका लागि नेपालका राजदूत खत्रीले लिए पद तथा गोपनीयताको सपथ
नेपालमा हत्या गरि विदेश फरार व्यक्ति १६ वर्षपछि पक्राउ
काठमाडौं । नेपालमा एक जना व्यक्तिको हत्या गरि विदेश फरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले १६ वर्षअघिको एक हत्या घटनाका फरार अभियुक्त अशोक गुरुङलाई पक्राउ गरेको जनाएको छ । १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्याको अभियोग गुरुङमाथि छ । उनी अहिले ४६… Continue reading नेपालमा हत्या गरि विदेश फरार व्यक्ति १६ वर्षपछि पक्राउ
रात्रिकालिन व्यवसाय बन्द गर्न ९ बजेपछि अब प्रहरी नआउने
काठमाढौं । रात्रिकालिन व्यवसाय संचालन गरिरहेका व्यवसायीलाई राहत पुग्ने गरि सरकारले निर्णय लिएको छ । अब रात्रिकालीन व्यवसायमा लगाइएको समयको सीमा हटेको छ । यसअघि रातको ९ बजेपछि व्यवसाय बन्द गर्न प्रहरी आउने गरेको थियो । गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न सकिने निर्णय गरेको छ… Continue reading रात्रिकालिन व्यवसाय बन्द गर्न ९ बजेपछि अब प्रहरी नआउने
त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने भएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हटाउँदै यस्तो निर्णय गरेको हो । सही छाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकले दुःख पाएको जनगुनासो व्यापक आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेको… Continue reading त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने
काठमाडौं-दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान
काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौंबाट दिल्लीमा अब दैनिक दुई उडान गर्ने भएको छ । नेवानिको यो सबैभन्दा नाफामा चलेको रुट समेत हो । भारत सरकारले सबै अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै नेवानिले समेत उडान बिस्तारको निर्णय गरेको हो । नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडानको घोषणा गरेको हो ।… Continue reading काठमाडौं-दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान
कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने
काठमाडौं । आगामी ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुमा समेत यसको सरगर्मी शुरु भएको छ । सोही सन्दर्भमा सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने निर्णय लिएको छ । कांग्रेसले २९ फागुनबाट २९ दिने अभियान थाल्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यो अभियान निर्वाचनलाई लक्षित गरि चलाउन… Continue reading कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने
नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ गरी २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७… Continue reading नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमण मुक्त
सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ५०० रुपैयाँले बढेर १ लाख ५ हजार ५०० पुगेको छ । केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला १ लाख ३ रुपैयाँ हजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी… Continue reading सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?