Category: फिचर

  • युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित

    युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित

    काठमाडौं । कोभिड–१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयूले खोप दिन शुरू गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजररबायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन्।

    एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउने काम शुरू गरेका थिए। युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ।

    १ करोड ४० लाख भन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन्। लगभग सबैजसो सदस्य राष्ट्रमा कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ।

    कोरोना भाइरसको अझ बढ्ता सङ्क्रामक प्रकार विभिन्न युरोपेली देशसहित क्यानडा अनि जापानमा समेत पुष्टि भएका बेला खोप लगाउन शुरू गरिएको हो।

    भाइरसको नयाँ प्रकार देखिएपछि गत साताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्।

    खोप कार्यक्रमको पछिल्लो अवस्था

    युरोपेली सङ्घ अन्तर्गतका राष्ट्रहरूमा खोप कार्यक्रम आइतबारबाट शुरू भएको हो। युरोपेली औषधि निकाय (ईएमए) र युरोपेली आयोगले जर्मन–अमेरिकी फाइजर/बायोएनटेक खोपलाई स्वीकृति दिएसँगै खोप दिने कार्य शुरू गरिएको हो।

    इयूले खोपका विभिन्न कम्पनीहरूबाट २ अर्ब भन्दा धेरै मात्रा प्राप्तिका लागि सम्झौता सुनिश्चित गरिसकेको छ। उत्तर–पूर्वी जर्मनीका अधिकारीहरूले भने आफूहरू थप एक दिन पनि नपर्खने भन्दै शनिवारबाटै ज्येष्ठ नागरिकहरूलाई खोप दिन शुरू गरेका थिए।

    त्यस्तै हङ्गेरीमा एकजना चिकित्सकलाई पहिलो खोप दिइएको सरकारी समाचार संस्थाले जनाएको छ भने स्लोभाकियामा पनि खोप दिन शुरू गरिसकिएको छ।बीबीसी

  • ‘हामी अदालतलाई मान्ने पार्टी हौं, संसद विघटनको विचाराधीन मुद्दामा बोल्न मिल्दैन’

    ‘हामी अदालतलाई मान्ने पार्टी हौं, संसद विघटनको विचाराधीन मुद्दामा बोल्न मिल्दैन’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा अदालतमा विचाराधीन मुद्धाका विषयमा बोल्न नमिल्ने बताएका छन् ।

    भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रसले अदालतको निर्णयलाई मान्ने भएकाले कसैलाई धम्क्याउने वा तर्साउने काम नगर्ने बताएका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक निर्णयविरुद्ध एकजुट भएर आन्दोलन गर्ने बताएका छन् ।

    ‘हामी अदालतलाई मान्ने पार्टी हौं । अदालतलाई तर्साउने, धम्क्याउने काम हामी गर्दैनौं । अदालतलाई स्वविवेकिय निर्णय गर्ने अधिकार छ । अदालतको निर्णयपछि तयारी अवस्थामा रहनुपर्छ,’ उनले भने । अदालतमा विचारिधन मुद्धामा हामी बोल्ने विषय छैन् ।’

    त्यस्तै उनले भोलीका दिनमा प्रर्दशनको तयारी गर्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले कोरोनाको महामारी कायम रहेकोले सबै जना सतर्क भएर हिँड्नुपर्ने बताएका छन् ।

  • नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण, ७१८ जना डिस्चार्ज

    नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण, ७१८ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० सय पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय १८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ५० हजार ५ सय ८१ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ६ हजार ४२७ पुगेको छ ।

  • लयमा फर्कियो नेपाली सेयर बजार, नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा

    लयमा फर्कियो नेपाली सेयर बजार, नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा

    काठमाडौं । सेयर बजार कमब्याक भएको छ । आइतबार करिब ४० अंकले घटेको बजार आज करिब ८ अंकले फर्केको हो ।

    सूचकमा सामान्य सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७७ करोडले घटेको छ ।

    सेयर बजार मापक सूचक नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१४ कम्पनीको ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँ बराबरको ७४ लाख ९७ हजार ३८४ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक हरियो भएका छन् भने ३ समूहको परिसूचक राताम्मे भएका छन् । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ९७.७९ अंकले बढेको छ भने व्यापार समूह ४८.६६ अंकले घटेको छ ।

    कारोबारमा आएका २१४ कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज पनि लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । पछिल्लो समय सर्वाधिक कारोबार हुँदै आएको यस कम्पनीको आज सबैभन्दा धेरै ३४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

    कारोबार रकमकै नागरिक लगानी कोष ३२ करोड र एनआइसी एशिया बैंक ३० करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

    बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक र सेन्ट्रल फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आज सिद्धार्थ बैंकको डिबेन्चर सबैभन्दा धेरै ७.६० प्रतिशतले घटेको छ ।

  • ‘केपी ओलीले जनतामा जाने मुद्दा दिनुभयो, अबको चुनाव बहुमतले जित्छौं’-प्रचण्ड

    ‘केपी ओलीले जनतामा जाने मुद्दा दिनुभयो, अबको चुनाव बहुमतले जित्छौं’-प्रचण्ड

    काठमाडौं । काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह, संसदीय दलका नेता पुष्प कमल दाहाल प्रचण्डले अबको चुनाबमा आफूले बहुमत प्राप्त गर्ने बताएका छन्। सोमबार जनसांस्कृतिक महासंघले गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनतामाझ जाने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।

    सम्बोधनका क्रममा उनले भने, ‘केपीजीलाई धन्यवाद। तपाईँले हामीले जनतामा जाने मुद्दा दिनुभयो। संविधान, संघीयता, गणतन्त्रको पक्षमा लड्ने मुद्धा दिनुभयो। अर्को चुनाव हामी जित्छौं।’

    प्रधानमत्री ओलीले संसद विगठन गरेर श्री ३ जंगबहादुर राणाको बाटोमा गएको आरोप समेत लगाएका छन्। उनले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो। त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो।’

    संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा गएको छ। निर्वाचन आयोगमा चुनाव चिन्ह सूर्य आफ्नो र आफू नै आधिकारीक भएको दावी गर्दैं आएको छ।

    सडक आन्दोलनमा गएपछि पहिलो पटक प्रचण्डले ओलीलाई धन्यवाद दिएका हुन्। उनले ओलीले संसद विघटन गरेर आफूलाई चुनावमा जाने बाटो खोलिदिएको आशय पनि व्यक्त गरेका छन्।

    संसद पुर्नस्थापनाको माग गर्दै आएका उनले चिनियाँ टोलीसँगको छलफलपछि जनतामा जाने र जनताको मत आफूलाई नै प्राप्त हुने आशय व्यक्त गरेका छन्। अहिले संसद पुर्नस्थापनाका लागि सर्वोच्च अदालतमा रिट परेको छ।

  • झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति

    झापा ओर्लिए पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति

    झापा । काठमाडौंको जाडो छल्न पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह हरेक वर्ष तराई झर्ने गर्छन् । उनीहरुको झापाको दमकमा हिमालयन टी स्टेट नामक निजी चिया बगान रहेको छ । उनीहरु जाडोयाममा केही समय सोही बगानमा रहेको भवनमा बस्ने गरेका छन् ।

    यस पटक समेत उनीहरु करीव एक महिना झापामा बस्ने भएका छन् । ज्ञानेन्द्र र कोमल आइबार साँझ बुद्ध एयर चढेर झापा पुगेका छन् । उनीहरुलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा समर्थकहरूले भब्य स्वागत गरेका थिए।

    समर्थकबाट राजा आउ देश बचाउ, गणतन्त्र मुर्दावाद, संघीयता खारेज गर, हिन्दू राष्ट« कायम गर जस्ता नारा लागेका थिए । झापामा रहँदा धार्मिक पिठ प्रतिष्ठानहरुमा ज्ञानेन्द्र दम्पत्ति सहभागी हुने भएका छन् । पछिल्लो राजनीतिक उथलपुथलमा मौन बसिरहेका पूर्वराजा ज्ञानेन्द्र एक्कासी झापामा देखा परेका हुन् ।

  • निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो

    निजी अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाइयो

    काठमाडौं । नेपालमा सरकारले निजी क्षेत्रका अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाएको छ । यससँगै अब कोरोना संक्रमितको उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ ।

    कोरोना भारइसको संक्रमण उच्च दरमा घटेको र सरकारी अस्पतालकै बेड खाली भएको भन्दै सरकारले निजी अस्पताललाई कोरोना अस्पतालको सूचीबाट हटाउने निर्णय लिएको हो । अब निजी क्षेत्रका अस्पतालले अन्य रोगको सहजै उपचार गर्न सक्ने भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय संक्रमण कम भएको छ । सोहीकारण निजी अस्पताललाई तत्काल कोभिड अस्पतालको सूचीमा राख्ने काम स्थगन गरिएको छ । मन्त्रालयले संक्रमितको उपचारका लागि देशभर ३० वटा भन्दा बढी निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा घोषणा गरेको थियो । ती सबै अस्पताल अब उक्त सूचिबाट हटेका छन् ।

    संक्रमण नबढेमा यो व्यवस्था निरन्तर रहने र बढेमा भने पुनः सेवा थाल्नेगरी तत्कालका लागि हटाइएको प्रवक्ता गौतमले बताए । उनका अनुसार मेडिकल कलेजहरूलाई भने कोभिड अस्पतालको सूचीबाट हटाइएको छैन ।

    उनका अनुसार यो सूचिबाट हटेसँगै अब निजी अस्पतालमा कोभिड संक्रमितको उपचार भएमा त्यसको खर्च सरकारले व्यहोर्ने छैन। अस्पतालहरूमा मात्र उपचार गराइएका संक्रमितहरूको भने उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

  • सरकारको कदम विरुद्ध आज कांग्रेसको देशव्यापी आन्दोलन

    सरकारको कदम विरुद्ध आज कांग्रेसको देशव्यापी आन्दोलन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गरेको संसद विघटनको विरोधमा आज देशभर आन्दोलन गर्दैछ । देशका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले शान्तीपूर्ण विरोध प्रदर्शन गर्न लागेको छ ।

    विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रमा रहेका केन्द्रिय स्तरका नेताले सम्बोधन गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले भने भक्तपुरमा सम्बोधन गर्ने गरी तय गरिएको छ ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने आफ्नो निर्वाचन क्षेत्रको दमौलीमा सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न भनेको छ ।

  • चिनियाँ कम्यूनिष्ट पार्टीको टोली राजनीतिक भेटघाटमा, जोगिएला नेकपाको फूट ?

    चिनियाँ कम्यूनिष्ट पार्टीको टोली राजनीतिक भेटघाटमा, जोगिएला नेकपाको फूट ?

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आज बिहान काठमाडौं आएको हो ।

    काठमाडौं उत्रिएसँगै अनौपचारिक रुपमा भेटघाट तिब्र बनाएको यो टोलीले आइतबार साँझ भने राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेको छ ।

    स्रोतका अनुसार टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नेछ । नेपालमा कम्युनिष्ट पार्टी फूटको निकट पुगेको छ । समानान्तर कमिटिहरु बनिरहेका छन् । यस सन्दर्भमा भएको यस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    यो टोलीले राष्ट्रपतिसँग करीव १ घण्टा कुराकानी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि यतिबेला कम्यूनिष्ट एकता नै धरापमा परेको छ ।

    नेपालमा चीनले कम्यूनिष्ट पार्टीको एकता चाहेको र बदलामा सरकार परिवर्तन गर्न सकिने संकेत गरेको नेताहरुले बताउने गरेका छन् । सोहीकारण यो भेट नेकपाको भविश्वसँग जोडेर समेत हेर्ने गरिएको छ ।

    चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएसँगै उता भारतमा समेत सरगर्मी बढेको छ । भारतीय संचारमाध्यमले यस टोलीको भ्रमणको समाचारलाई उच्च प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् ।

  • संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान

    संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान

    संखुवासभा । संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। प्रहरीका अनुसार गोली हानाहानको क्षति भने आइसकेको छैन । विप्लव कार्यकर्ता रहेको विशेष सुराकी पाएपछि जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट प्रहरीको टोली चैनपुर–४, मैदाने भन्ने स्थानमा पुगेको थियो ।

    त्यसस्थानमा उक्त समुहका कार्यक्रर्ताले प्रहरीतर्फ गोली चलाएको कार्यालयले जनाएको छ । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । प्रहरीका अनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए ।

    प्रहरीले एक दर्जन गोली चलाएको छ । विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उक्त स्थानमा गएको बताइएको छ ।

    गोली चलाउँदै उक्त समूहका नेतासहित ३ जना जंगलतिर भागेको बताइएको छ । उक्त घरबाट भने विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोनलगायत बरामद भएको बताएको छ ।

  • राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

    राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

    राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेकी हुन्।

    गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।

  • नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज

    नेपालमा थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज

    काठमाडौं। नेपालमा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८२५ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ३१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ६ हजार ४९३ पुगेको छ ।

  • ब्रोकर कमिशन घटेसँगै लगानीकर्ता उत्साहित हुने अनुमान गरिएको नेपाली सेयर बजार उल्टो दिशामा

    ब्रोकर कमिशन घटेसँगै लगानीकर्ता उत्साहित हुने अनुमान गरिएको नेपाली सेयर बजार उल्टो दिशामा

    काठमाडौं । सेयर बजारमा पहिरो आएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएकाले लगानीकर्ता उत्साहित हुने अनुमान गरिए पनि बजार भने उल्टो दिशामा गएको छ ।

    दोहोरो अंकले गिरावट आएको लगातार दोस्रो दिन हो । गत बिहीबार पनि नेप्से करिब ३० अकंले घटेको थियो । पछिल्लो दुई दिनमै नेप्से करिब ७० अंकले घटेको छ ।

    सूचकसँगै कारोबार रकममा पनि ह्वात्तै गिरावट आएको छ । गतहप्ता औसतमा दैनिक साढे ५ अर्बको कारोबार हुँदै आएको आज त्यो १ अर्बले घटेर साढे ४ अर्बमा सीमित भएको छ ।

    सेयर बजार मापक सूचक नेप्से ३९.९८ अंकले घटेर १९९८.६५ बिन्दुमा आइपुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार २०४ कम्पनीको ४ अर्ब ६२ करोड ३४ लाख ५२ हजार ३१२ रुपैयाँ बराबरको ८१ लाख ७७ हजार ३५३ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटै समूहको परिसूचक राताम्मे भएका छन् ।आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५१९.४८ अंकले घटेको छ ।

    कारोबारमा आएका २०४ कम्पनीमध्ये जम्मा ३० कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । गतहप्ता आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५१ प्रतिशत लाभांश घोषणा गरेको इन्स्योरेन्सको सेयरप्रति लगानीकर्ताको आकर्षण अझै देखिएको छ । आज यसको सबैभन्दा धेरै ६७ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

    कारोबार रकमकै आधारमा नबिल बैंक ४० करोड र एनआइसी एशिया बैंक २६ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

    दोहोरो अंकको गिरावट आएको बजारमा पनि आज नारायणी विकास बैंकको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    घट्दो बजारमा आज विशाल बजार कम्पनी सेयर मूल्य सबैभन्दा धेरै ५.५४ प्रतिशतले घटेको छ ।

  • चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने

    चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने

    काठमाडौं । चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ। यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा ५ वर्ष छिटो हो।

    सेन्टरका अनुसार कोभिड–१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ।भारतको अर्थतन्त्र भने सन् २०३० मा विश्वकै तेस्रो ठूलो हुने अनुमान गरिएको छ।

    भारतले सन् २०१९ मा यूकेको अर्थतन्त्रलाई विश्वको पाँचौँ स्थानबाट विस्थापित गरेको भए पनि कोभिड–१९ का कारण फेरि पछाडि परेको छ।भारतले सन् २०२४ मा यूकेलाई, सन् २०२७ मा जर्मनीलाई र सन् २०३० मा जापानलाई पछाडि पार्ने अनुमान गरिएको छ।

    सेन्टरले प्रत्येक वर्ष डिसेम्बर २६ मा आफ्नो प्रतिवेदन सार्वजनिक गर्छ।चीनमा कोरोनाभाइरस पहिले देखिएको भए पनि यसले छिटै कडा प्रावधान लागू गरेर नियन्त्रण गरेको छ जसले अन्य देशहरूमा जस्तो पटकपटक लकडाउनका कारण त्यहाँको अर्थतन्त्र ठप्प पार्नुपरेको छैन।

    यसको परिणाम स्वरूप सन् २०२० मा अन्य ठूलो अर्थतन्त्रहरूमा मन्दी देखिए पनि चीनको अर्थतन्त्र २ प्रतिशतले बढ्ने देखिएको छ।अमेरिकी अर्थतन्त्र भने सबैभन्दा नराम्ररी थलिएको छ। त्यहाँ भाइरस जोडिएका घटनामा ३३०,००० मानिसहरूको मृत्यु भएको छ भने १ करोड ८५ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

    अर्थतन्त्रमा भएको प्रभावलाई मौद्रिक नीति र आर्थिक सहयोगले कम गर्न खोजिएको छ तर त्यहाँ देखिएको राजनीतिक असहमतिका कारण नयाँ वर्षमा १ करोड ४० लाख मानिसले बेरोजगारी भत्ता सुविधा नपाउने हुनसक्छ।

    प्रतिवेदनका अनुसार सन् २०२१ मा कोभिड–१९ बाट अर्थतन्त्रमा सुधार आएपछि अमेरिकामा सन् २०२२ देखि सन् २०२४ सम्म १.९ प्रतिशतले अर्थतन्त्र वृद्धि हुनेछ भने त्यसपछि १.६ प्रतिशतमा वृद्धि हुनेछ।

    चीनको अर्थतन्त्र भने सन् २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि सन् २०३० सम्म ४.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।सन् २००० मा विश्वको कुल अर्थतन्त्रको ३.६ प्रतिशत अंश रहेको चीनको भने अहिले १७.८ प्रतिशत रहेको छ र सन् २०२३ मा चीन विश्वकै सबैभन्दा उच्च आम्दानी भएको अर्थतन्त्र हुनेछ।

    चीनको अर्थतन्त्र बलियो हुनुका कारण कोभिड-१९ मात्र नभई ठूलो उद्योगलक्षित नीतिहरू पनि भएको सेन्टरका उपाध्यक्ष डगलस म्याकविलियम्सले बताए। बीबीसी

  • ‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री

    ‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको बताएका छन् ।

    आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमसीसीसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे ।

    कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने बताए । ‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन ।

    तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण गर्ने हो भने खतम हुनेवाला छ उनले भने ।’ त्यस्तै रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

    ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्नुहोस्,’ पदबहाली गर्दै उनले भने ।

  • शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव

    शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा ३७ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित आइतबार राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

    अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् ।

    प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् । प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रूपमा नेकपाका स्थायी कमिटी सदस्य भीम आचार्यको नाम राखिएको छ ।

    यसअघि शनिबार साँझ मात्रै मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको भन्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए ।

    साथै आज प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् सदर गरेर चुनाव घोषणा गरेपछि सत्तारूढ नेकपा औपचारिक रूपमै विभाजन भइसकेको छ ।

    ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै छुट्टाछुट्टै बैठक गरिरहेका छन् । त्यसैको असर प्रदेश सरकारमा पनि देखिन थालेको हो ।

  • मन्त्री बर्खास्तीपछि प्रदेश १ सरकार धरापमा

    मन्त्री बर्खास्तीपछि प्रदेश १ सरकार धरापमा

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिबार प्रदेश मन्त्रिपरिषद्का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरे । अन्ततः यो कदम उनकै मन्त्रीपरिषद्का लागि घातक हुने देखिएको छ । आफुविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले उनले मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

    तर, अब भने वास्तवमै अविश्वासको प्रस्ताव ल्याउन बाटो खुलेको प्रतिक्रिया नेताहरुले दिएका छन् । मन्त्री आङ्बो प्रचण्ड–नेपाल समुहका हुन् । मूख्यमन्त्री राई भने ओली समुहका हुन् । मूख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै सम्भवतः आजै उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएको छ ।

    यसको तयारीमा जुटेको नेताहरुले जनाएका छन् ।प्रचण्ड–नेपाल समुह नेकपा भित्र बहुमत रहेका कारण अविश्वासको प्रस्ताव आउनासाथ मूख्यमन्त्री राई स्वतः अल्पमतमा पर्नेछन् ।

    यसअघि बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । प्रदेश १ मा भने नयाँ सरकार बनाउन अब निकै कसरत गर्नपर्नेछ ।

    किनकी नेकपामा फूट आएसँगै अब कांग्रसलाई सरकारमा सहभागी गराउनै पर्छ । केन्द्रमा पार्टीमा आएको फूटको प्रभाव अब प्रदेश सरकारहरुमा पर्न लागेको हो ।

  • आज चीनबाट उच्च अधिकारी नेपाल आउँदै, राजनीतिमा प्रभाव पार्ला ?

    आज चीनबाट उच्च अधिकारी नेपाल आउँदै, राजनीतिमा प्रभाव पार्ला ?

    काठमाडौं । छिमेकी मुलुक चीनले नेपालमा भइरहेको राजनीतिक उथलपुथललाई गम्भिरतापूर्वक लिएको छ । पछिल्लो केही दिनयता नेपालस्थित चिनियाँ राजदूतको सक्रियता बढेको थियो । यद्दपी यो घटनाक्रमबारे चीन भने मौन छ । यसै सन्दर्भमा आज चीनका केही उच्च अधिकारीसहितको टोली काठमाडौं आउँदैछ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली काठमाडौं आउन लागेको हो । नेपालमा नेकपाको फूट र यसमा आइरहेको उतारचढावबारे उक्त टोलीले चासो लिेन भएको छ । उनको आगमनसँगै नेपालको राजनीतिमा नयाँ धार देखिने अनुमान समेत गरिन्छ ।

    किनकी शनिबार नेकपा अध्यक्ष प्रचण्डले नेता बामदेव गौतमसँग भेटेका थिए । उक्त भेटमा गौतमले जे सुकै भएपनि पार्टी एक हुने वातावरण भने बनाइराख्न आह्वान गरेका थिए । आफु संसद विघटनको विरुद्धमा रहेको समेत उनको भनाई थियो ।

    उपमन्त्री येचौकोले नेकपाका शीर्ष नेताहरुलाई भेट्ने छन् । यद्दपी भ्रमणबारे नेकपा र काठमाडौंस्थित चिनियाँ दूताबासले कुनै योजना सार्वजनिक नगरेको नेपाली संचारमाध्यमहरुले लेखेका छन् । स्रोतका अनुसार चीनले नेकपा एक भएको हेर्न चाहन्छ । त्यसकारण यो पार्टीमा आएको फूटबाट ऊ संतुष्ट छैन ।

  • ट्रकको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु

    ट्रकको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु

    गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको ज्यान गएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    ट्रक बुटवलबाट खाद्यान्न बोकेर सदरमुकाम तम्घास तर्फ जाँदै थियो । ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीस्थित मसिने खोलामा आइतबार विहान साढे २ बजेतिर उनीहरुलाई ठक्कर दिएको थियो ।

    प्रहरीका अनुसार दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

  • यूरोपका ८ मुलुकमा देखियो कोरोनाको नयाँ भाइरस

    यूरोपका ८ मुलुकमा देखियो कोरोनाको नयाँ भाइरस

    लण्डन । बेलायतमा देखा परेको कोरोना भाइरसको नयाँ भाइरस यूरोपका ८ मुलुकसम्म बिस्तार भएको पाइएको छ । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म ८ वटा युरोपेली मुलुकमा फैलिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    युरोपेली संघ अन्तर्गतका आठ देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उल्लेख गरेको छ । डब्ल्यूएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको बताएका छन् ।

    उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइकासाथ पालना गर्नु पर्ने बताए । कोरोनाको पुरानो भाइरसकोभन्दा फरक नतिजा देखाउँदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको बताइएको छ ।

    नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताए डब्लूएचओले मुलुकको नाम भने सार्वजनिक गरेको छैन । उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात हुने वा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता उपायलाई कडाइकासाथ अवलम्बन गर्न समेत आह्वान गरेका छन् ।

    यसको गुण, लक्षण, असरलगायतमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएमा धेरै कुरा प्रष्ट भइसकेपछि मात्र नयाँ रणनीति तय गर्न सकिने समेत डब्ल्यूएचओले उल्लेख गरेको छ । बेलायतमा पहिलो पटक देखिएको यो भाइरसले विश्वभर चिन्ता भने बढाएको छ ।

    यससँगै विश्वभरबाट बेलायतमा भ्रमण रद्द गरिसकेका छन् । बेलायतबाट आउने मानिसहरुलाई समेत प्रतिवन्ध लागिसकेको छ ।

  • आलोचनापछि देउवाको विज्ञप्ती : ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु’

    आलोचनापछि देउवाको विज्ञप्ती : ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चर्को आलोचनाका बीच आफु संसद विघटनको विरुद्धमा रहेको स्पष्टिकरण दिएका छन् । शनिबार एक विज्ञप्ती निकाल्दै उनले आफुले यस कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको स्पष्ट पारेका छन् ।

    साथै उनले आगामी सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन गरेको विरोधमा प्रदर्शन गरिने भन्दै त्यसमा सहभागी हुन समेत आह्वान गरेका छन् । उनले भनेका छन्, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु, संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ।’

    यसअघि कांग्रेसको केन्द्रिय समिति बैठकमा उनले सरकारलाई मौन समर्थन गरिरहेको भन्दै चर्को आलोचना भएको थियो । कांग्रेसले संसद विघटनको असंवैधानिक कदमविरूद्ध एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ।

  • ५४३४ परिक्षणबाट ५ सय जनामा कोरोना पुष्टी

    ५४३४ परिक्षणबाट ५ सय जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा कुल ५४३४ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यसअवधिमा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

    यसमध्ये २ लाख ४९ हजार १३२ जनाले कोरोना जित्न सफल भएका छन् । १८१९ जनाको भने निधन भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर मात्र ६७४९ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३३४९ होम आइसोलेसनमा छन् । जसले गर्दा अस्पतालहरुको उच्च चाप घटेको छ । २८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार जारी रहेको छ ।

  • सवारी चालक अनुमति पत्रको आवेदन मंगलबारबाट खुल्ने

    सवारी चालक अनुमति पत्रको आवेदन मंगलबारबाट खुल्ने

    काठमाडौं । ११ चैत २०७६ यता बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आगामी मंगलबारबाट सूचारु हुने भएको छ । यातायात व्यवस्था विभागले यस्तो जानकारी गराएको हो । लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि सूचारु हुने विभागको भनाई छ ।

    कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको छ । अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण खुला हुने भएको छ । लामो समयदेखि लाइसेन्स वितरण बन्द हुँदा लाखौं सेवाग्राही प्रभावित बनेका थिए ।

  • राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस

    राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा आह्वान गर्न सिफारिस

    काठमाडौं । प्रतिनिधिसभा विघटन गरेको सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन भने बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    शुक्रबार मन्त्रीपरिषद् हेरफेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए । उक्त बैठकले राष्ट्रिय सभा बोलाउने निर्णय लिएको बताइएको छ ।

    यसअघि १८ असारमा राष्ट्रपतिबाट वर्षे अधिवेशन अन्त्य भएको थियो । त्यसपछि प्रतिनिधिसभा भने नेकपा भित्रको आन्तरिक कलहको शिकार बनी विघटनमा परेको छ । यसविरुद्ध अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।

  • सरकारको कदमबारे देउवाको ढुलमुले नीति, कांग्रेस भित्रै आक्रोस

    सरकारको कदमबारे देउवाको ढुलमुले नीति, कांग्रेस भित्रै आक्रोस

    काठमाडौं । शुक्रबार जब नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्ना नेताहरुलाई संसद पुनस्र्थापना बारे नबोल्ने निर्देशन दिए, त्यसपछि सामाजिक संजालमा उनिविरुद्ध कांग्रेस पंक्तिबाट तिब्र आलोचना शुरु भयो । कतिपयले लोकतन्त्रलाई सबैभन्दा बढी खतरा यदी कोहीबाट छ भने त्यो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सम्म भन्न भ्याए ।

    किनकी उनी पदका लागि असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीलाई मौन समर्थन गरिरहेका रहेका छन् । सरकारले संसद विघटन गरेकै दिन पदाधिकारी बैठक बोलाएर कांग्रेसले एक धारणा बनाएको थियो ।

    जसमा भनिएको थियो, ‘प्रतिनिधिसभा विघटनलाई संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्र हो ।’ यसबारे औपचारिक निर्णय गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलायो ।


    पुस ७, ८, ९ र १० गते गरी चार दिनसम्म चलेको बैठकमा १७ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । संसद विघटनको विरोधमा १३ पुसमा १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन राखिएको छ । तर, कांग्रेसले केन्द्रिय कमिटी भने १९ पुससम्मका लागि स्थगित गरेको छ ।

    यसमा नेता तथा कार्यक्रता पार्टी सभापति शेरबहादुर देउवाको नियतः देख्छन् । संसद विघटनविरुद्ध कडारुपमा प्रस्तुत हुन नचाहेकै कारण उनले बैठक अनेक बाहनामा लम्याएको आरोप नेता तथा कार्यक्रताको रहेको छ ।

    शेर बहादुर देउवा भने संसद भंग भएपनि चुनावमा जाने मनसायमा छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापा लगायतका नेताहरु संसद भंग गर्नु असंवैधानिक भन्ने निष्कर्षमा पार्टी पुगिसकेकाले सडक आन्दोलनको विकल्प नभएको निष्कर्षमा छन् ।

    बैठकमा संसद पुनस्र्थापनाको माग राख्नासाथ देउवाले आफ्नै केन्द्रिय सदस्यहरुमाथि प्रतिवाद गर्न थालेसँगै पार्टी भित्रै उनको नियतबारे संका शुरु भएको हो ।

    त्यसो त, प्रधानमन्त्रीले राज्यका तीन वटै अंग र निर्वाचन आयोगलाई समेत आफ्नो पडकमा लिई चालेको कदम भएकाले तत्कालका लागि प्रधानमन्त्रीविरुद्ध कुनै पनि निकायले निर्णय नगर्ने भएको बुझेका देउवा यो निर्णयबाट लिन सकिने लाभप्रति पनि जानकार रहेको आंशका गरिएको छ ।

    पछिल्ला दिनमा प्रधानमन्त्रीले संविधानका प्रावधान कुल्चदै धमाधम निर्णय गरिरहेका छन् । त्यसकै एक पाइला उनले शुक्रबार चुनाव हारेका र चुनाव नै नलडेका नेतालाई मन्त्री उपहार दिए । जुन संविधानमा कतै परिकल्पना गरेको विषय होइन ।

  • पूर्वमाओवादी फकाउने केपी ओली दाउ, प्रदेशमा चुनाव हारेका नेतालाई संघीय मन्त्रीको कुर्सी (मन्त्रीको सूचिसहित)

    पूर्वमाओवादी फकाउने केपी ओली दाउ, प्रदेशमा चुनाव हारेका नेतालाई संघीय मन्त्रीको कुर्सी (मन्त्रीको सूचिसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला शक्ति केन्द्रित गर्न अनेक उपाय लगाइरहेका छन् । संसद भंग गरी संविधानलाई समेत कुल्चेर अगाडी बढेका उनले आज मन्त्रिपरिषद् बिस्तार र मन्त्रीहरु थप गरेका छन् । रमाइलो पक्ष त उनले प्रदेशसभा निर्वाचनमा हारेका पूर्वमाओवादीका नेतालाई संघीय मन्त्रालय सुम्पिदिएका छन् ।

    उनले सिन्धुपाल्चोकका दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिए । उनी प्रदेश सभामा सिन्धुपाल्चोकमा हारेका नेता हुन् । प्रचण्ड समुहका उनलाई ओलीले मन्त्री पद दिएर आकर्षित गरेका छन् ।

    सिन्धुपाल्चोककै पूर्वएमाले नेता शेरबहादुर तामांगले प्रचण्डलाई साथ दिएपछि ओलीले लामालाई लाभको पद दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९ जना नयाँ नेतालाई मन्त्री पद दिए ।

    दुई जनाको मन्त्री पद भने गुमेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्य मन्त्री मोती दुगडको पद गएको हो । शुक्रबार हतार हतारमा भएको मन्त्रिपरिषद बिस्तारमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपिए ।

    शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतो मन्त्री बने । विमला विश्वकर्मालाई राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ ।


    आज थप र जिम्मेवारी हेरफेर भएका मन्त्री
    टोपबहादुर रायमाझी : उर्जा
    मणि थापा : खानेपानी
    प्रभु साह : शहरी विकास
    प्रेम आले : वन
    गणेश ठगुन्ना : सामान्य प्रशासन
    गौरी शंकर चौधरी : श्रम
    दावा लामा : युवा तथा खेलकुद
    जुली कुमारी महतो : महिला बालबालिका
    विमला विश्वकर्मा : उद्योग राज्यमन्त्री
    भानुभक्त ढकाल : पर्यटन (मन्त्रालय हेरफेर)
    हृदयेश त्रिपाठी : स्वास्थ्य (मन्त्रालय हेरफेर)
    लीलानाथ श्रेष्ठ : कानून
    शिवमाया तुम्बाहाङ्फे : भूमिसुधार (मन्त्रालय हेरफेर)
    पद्मा अर्याल : कृषि (मन्त्रालय हेरफेर)
    कृष्ण गोपाल श्रेष्ठ : शिक्षा

  • नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण, ८९२ जना डिस्चार्ज

    नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण, ८९२ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ४ हजार १४२ जनाको परीक्षणमा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ३ सय पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८१६ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ८९२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ४८ हजार २ सय ९२ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ७ हजार ९२ पुगेको छ ।

  • संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

    संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

    संसद विघटनविरुद्ध परेको एक दर्जनभन्दा बढी निवेदनमाथि संवैधानिक इजालाशमा सुनुवाईपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिइएको छ ।

    यी निवेदनहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा संवैधानिक इजलाश गठन भएको थियो । जसमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन उक्त सिफारिसलाई सदर गर्दै संसद् विघटन भएको घोषणा गरेकी थिइन् ।

    सो मुद्दामा बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू संविधानको धारा ७६ को व्याख्यासँग सम्बन्धित रहेकाले संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका थिए ।

  • बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन जना मन्‍त्रीको राजीनामा

    बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन जना मन्‍त्रीको राजीनामा

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेकपा प्रचण्ड–माधव समूहका ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको छ ।

    त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

  • प्रभु लाइफको आइपीओ बाँडफाँट, ५ लाख ९ हजारको हात रित्तो

    प्रभु लाइफको आइपीओ बाँडफाँट, ५ लाख ९ हजारको हात रित्तो

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
    विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा भएको बाँडफाँट अनुसार भाग्यशाली ५ लाख ४० हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने ५ लाख ९ हजार ४७ जनाको हात रित्तो भएको छ ।

    क्यापिटलका अनुसार प्रभुको आइपीओमा कुल १० लाख ५१ हजार २१६ जनाले आवेदन दिएका थिए । सोमध्ये २ हजार १६९ आवेदन रद्द भएका थिए ।

    कम्पनीले पुस २९ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारी र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको थियो भने ५४ लाख कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

    कम्पनीको आइपीओमा १० लाख ५१ हजार २१६ आवेदकले २ करोड ७८ लाख २१ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए । यो मागको करिब साढे ५ गुणा बढी हो।

    हाल कम्पनीमा चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आइपीओपछि २ अर्ब पुग्नेछ ।