काठमाडौं । चीनले अनुदानमा दिएका अक्सिजन सिलिण्डरसहितको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ उड्दैछ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जनाए अनुसार शनिबार राती ११ बजे बेइजिङ जाने तय भएको छ । जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने बताइएको छ ।… Continue reading चीनबाट थप अक्सिजन सिलिण्डर लिन नेवानि बेइजिङ जाँदै
Category: फिचर
नेपालमा थप ८५२० जनामा कोरोना पुष्टी, २०३ जना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९४८ जनाको पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६१३५… Continue reading नेपालमा थप ८५२० जनामा कोरोना पुष्टी, २०३ जना संक्रमितको मृत्यु
भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, प्रति डोज मूल्य कति ?
काठमाडौं । भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ । भारतमा डा रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक भी… Continue reading भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, प्रति डोज मूल्य कति ?
प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, को-को भए मन्त्री ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका छन् । उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्ति सिफारिस गरेका हुन् । जसमा यसअघिको मन्त्रिपरिषदमा रहेका सबैलाई मन्त्री बनाएका छन् । जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बताएपछि सबै… Continue reading प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, को-को भए मन्त्री ?
प्रधानमन्त्री अोलीले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले पद तथा गोपनियताको शपग्रहण लिएका छन् । शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री अोलीलाई पद तथा गोनियताको शपथग्रहण गराएकी हुन् । शपथ ग्रहण कार्यक्रममा मन्त्री, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत विभिन्न निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको… Continue reading प्रधानमन्त्री अोलीले लिए पद तथा गोपनियताको शपथ
इजरायल र प्लालेस्टाइनबीच युद्ध अझ चर्कने संकेत, इजरायलले सीमामा पठायो स्थलसेना
काठमाडौं, एजेन्सी । इजरेली सेनाले गाजा पट्टीमा प्यालेस्टीनी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र पारेको खबर छ । बीबीसीका अनुसार इजरायलले स्थलसेनाको ठूलो फौस सीमानामा पठाएको छ । अब उसले हवाई र स्थल फौजका माध्यमबाट निशानाहरूमा नयाँ कारबाही थालेको हो । गाजाको उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकप्टरको प्रयोग गरी व्यापक गोलाबारी गरिएको खबर बीबीसीले… Continue reading इजरायल र प्लालेस्टाइनबीच युद्ध अझ चर्कने संकेत, इजरायलले सीमामा पठायो स्थलसेना
विदेशमा रहेका नेपालीले चैतसम्म घर पठाए ७ खर्ब २९ अर्ब रेमिट्यान्स
काठमाडौं । विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत्र मसान्तसम्म ७ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६.५ प्रतिशत बढि हो । महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य कमी आएपनि विदेशमै रहका नेपालीबाट भने पर्याप्त रेमिट्यान्स भित्रिरहेको छ । अघिल्लो… Continue reading विदेशमा रहेका नेपालीले चैतसम्म घर पठाए ७ खर्ब २९ अर्ब रेमिट्यान्स
गैरआवासीय नेपालीले जम्मा गरेको अक्सिजन सिलिण्डर लिन नेवानि ओमान जाँदै
काठमाडौं । ओमानमा रहेका गैरआवासीय नेपालीले नेपालका लागि सहयोगस्वरुप जम्मा गरेको अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ जाने भएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान शनिबार त्यसतर्फ जान लागेको हो । शनिबार ओमानको राजधानी मस्कट सिलिण्डर लिन… Continue reading गैरआवासीय नेपालीले जम्मा गरेको अक्सिजन सिलिण्डर लिन नेवानि ओमान जाँदै
गोदावरीमा बनेको सम्मेलन केन्द्रको उद्घाटन आज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकाल सम्हाल्न लागेकै दिन ललितपुरको गोदावरीमा निर्माण भएको सम्मेलन केन्द्रको उद्घाटन गर्ने भएका छन् । आयोजनको निर्माण भइनसक्दै उद्घाटनमा दौडधुप गरेको आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट भर्चुअल रुपमा सम्मेलन केन्द्र उदघाटन गर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्मेलन केन्द्र उदघाटन गर्ने कार्यक्रम… Continue reading गोदावरीमा बनेको सम्मेलन केन्द्रको उद्घाटन आज
प्रधानमन्त्री ओलीको सपथ आज, माधव पक्षका नेतासमेत मन्त्री बन्ने
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले गराएको छ । ओलीको सपथ ग्रहण कार्यक्रम आज हुँदैछ । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको… Continue reading प्रधानमन्त्री ओलीको सपथ आज, माधव पक्षका नेतासमेत मन्त्री बन्ने
सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु
काठमाडौं । सगरमाथा आरोहणका क्रममा बुधबार दुई आरोहीको ज्यान गएको छ । पर्यटन विभागका अनुसार एक अमेरिकी र स्विस गरी दुई विदेशी आरोहीको आरोहणका दौरान मृत्यु भएको हो । सगरमाथामा ४० वर्षीय स्विस नागरिक अब्दुल वाराइचको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । सगरमाथा चुचुरो पुग्ने क्रममा अमेरिकी आरोही ५५ वर्षी पुवे लियूको… Continue reading सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु
नेपालमा आगामी साताबाट स्वास्थ्य सामग्री पठाउने अमेरिकाको आश्वासन
काठमाडौं । अमेरिकी सरकारले नेपाललाई आगामी साताबाट स्वास्थ्य सामग्री सहयोग गर्ने बचन दिएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले आज उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग टेलिफोन वार्ता गर्दै यस्तो आश्वासन दिएका हुन् । उनका अनुसार आगामी साताबाटै स्वास्थ्य सामग्री नेपाल आउन थाल्ने जानकारी आएको उप्रधानमन्त्री पोखरेलको सचिवालयले उल्लेख गरेको छ । सामग्री के हुनेछ भन्ने… Continue reading नेपालमा आगामी साताबाट स्वास्थ्य सामग्री पठाउने अमेरिकाको आश्वासन
विपक्षी दलले दिन सकेनन् वैकल्पिक सरकार, प्रधानमन्त्रीमा पुनः ओली
काठमाडौं । विपक्षी दलले तोकिएको समयमा वैकल्पिक सरकार दिन नसकेपछि अब प्रधानमन्त्री पदमा पुनः केपी शर्मा ओली नै नियुक्त हुने भएका छन् । आज दिनभरको कसरतमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले बहुमत जुटाउन सकेन । खासगरी महन्थ ठाकुर पक्षको जसपाले आज डेढ दर्जन सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राख्यो, जहाँ यादव… Continue reading विपक्षी दलले दिन सकेनन् वैकल्पिक सरकार, प्रधानमन्त्रीमा पुनः ओली
कोरोनाबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ । उनको उपचारको क्रममा बिहीबार साँझ निधन भएको संघले जनाएको छ । संघका महासचिव सुजितकुमार श्रेष्ठलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार उनको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । उनमा ८ दिन अगाडी मात्र कोरोना… Continue reading कोरोनाबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन
ओली र नेता नेपालबीचको वार्ता सकारात्मक, सांसदले तत्काल राजीनामा नदिने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। दिउँसो २ बजेपछि शुरु भएको वार्ता ६ बजेसम्म चलेको हो। व्यवसायी रामेश्वर थापाको चपलीहाइटस्थित घरमा भएको सहमति नजिक पुगेको छ । वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘मैले अस्ति पठाएको पत्रमा प्रस्ताव… Continue reading ओली र नेता नेपालबीचको वार्ता सकारात्मक, सांसदले तत्काल राजीनामा नदिने
नेपालमा थप ८९६० जनामा कोरोना पुष्टी, २१४ जना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ७७१ जनाको पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ८९६० जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार… Continue reading नेपालमा थप ८९६० जनामा कोरोना पुष्टी, २१४ जना संक्रमितको मृत्यु
दोहोरो अंकले बढ्यो नेप्से, १५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से १०.१३ अकले बढेर २६८४.०१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ६ अर्ब ९७ करोड ३५ लाख ७९ हजार ९६ रुपैयाँ बराबरको २ करोड १६ लाख ८ हजार १८३ कित्ता शेयर किनबेच भएका छन् । विहीबार कारोबारमा आएका… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, १५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि
पछि हटे ओली, माधव नेपाल समुहमाथिको कारवाही फिर्ता
काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयको अन्तिम दिन प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको स्थायी कमिटी… Continue reading पछि हटे ओली, माधव नेपाल समुहमाथिको कारवाही फिर्ता
बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दलहरुलाई दिएको समय सीमा आज सकिँदैछ । राष्ट्रपतिले सोमबार संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आव्हान गरेकी थिइन् । यो समयसीमा आज राति ९ बजे सकिने छ । तर, बिहीबार बिहानसम्म नयाँ सरकार गठनबारेको अलमल टुंगिएको छैन । खासगरी जनता समाजवादी पार्टीमा… Continue reading बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो
कोरोनाको संक्रमण र मृत्युदरमा भारतभन्दा नेपाल अगाडी
काठमाडौं । कोरोना संक्रमण र मृत्यु दरमा नेपालले भारतलाई समेत उछिनेको छ । संक्रमणको तिब्रताका दृष्टीकोणबाट नेपाल संसारकै अग्रणी मुलुकको सूचीमा पुगेको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतमा दैनिक प्रति १० लाख जनसंख्यामा २४० जना संक्रमित भएका छन् । नेपालमा यो दर ३०४ रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी डा. अर्चना श्रेष्ठले… Continue reading कोरोनाको संक्रमण र मृत्युदरमा भारतभन्दा नेपाल अगाडी
अब चार जिल्ला बाहेक देशभर निषेधाज्ञा
काठमाडौं । नेपालका चार जिल्लाबाहेक निषेधाज्ञा देशभर लागु भएको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशभरका ७३ जिल्लामा निषेधाज्ञा कार्यान्वयनमा रहेको छ । गृह मन्त्रालयका अनुसार अहिले मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङमा निषेधाज्ञा घोषणा भएको छैन । नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै ७ वैशाखबाट निषेधाज्ञा शुरु भएको हो । उपत्यकामा १६ वैशाखमा शुरु… Continue reading अब चार जिल्ला बाहेक देशभर निषेधाज्ञा
आजबाट उपत्यकामा निषेधाज्ञामा कडाई, अत्यावश्यक बाहेक सबै कार्यालय बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा कडाई गरिएको छ । अब उपत्यकाका सबै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन् । निषेधाज्ञा जेठ १३ गतेसम्म थपिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक आदेश जारी गरि कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले यस्तो निर्णय गर्नु परेको बताएका छन् । औषधि, खाद्यान्न तथा… Continue reading आजबाट उपत्यकामा निषेधाज्ञामा कडाई, अत्यावश्यक बाहेक सबै कार्यालय बन्द
अमेरिकी संसदमा नेपालको कोभिड संक्रमण बृद्धिबारे कुरा उठ्यो, तत्काल सहयोग गर्ने सरकारी प्रतिवद्धता
न्यूयोर्क नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढि रहँदा अमेरिकी माथिल्लो सदन सिनेटको संसदीय समितिमा यो बिषयले प्रवेश पाएको छ । सिनेटको वैदेशिक सम्बन्ध समितिको सुनुवाइमा बुधबार सिनेटरहरुले नेपालमा बढ्दो भाइरस संक्रमण र त्यसमा सरकारले गर्ने सहयोगबारे प्रश्न उठाएका हुन् । कनेक्टिकट सिनेटर क्रिस मर्फी र न्यू ह्यामसायर सिनेटर जिन सहिनले सुनुवाइमा उपस्थित युएसएआइडीका कोभिड-… Continue reading अमेरिकी संसदमा नेपालको कोभिड संक्रमण बृद्धिबारे कुरा उठ्यो, तत्काल सहयोग गर्ने सरकारी प्रतिवद्धता
इजरायल र प्यालेष्टाइनलाई संयमता अपनाउन नेपालको आग्रह
काठमाडौं । नेपालले इजरायल र प्यालेष्टाइनलाई संयमता अपनाउन आग्रह गरेको छ । दुई मुलुकबीच बढ्दो तनावबारे चासो राख्दै नेपालले यस्तो बताएको हो । केही दिनयता चर्केको द्वन्द्वका कारण दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने सयौं घाइते भएको खबर सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार ट्वीट गर्दै दुवै पक्षलाई अधिकतम संयम अपनाउन र थप मानवीय… Continue reading इजरायल र प्यालेष्टाइनलाई संयमता अपनाउन नेपालको आग्रह
इजरायलमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आह्वान
काठमाडौं । इजरायल र प्यालेस्टानबीचको बढ्दो द्वन्द्व र आक्रमणका कारण इजरायलमा रहेका नेपाली समुदाय समेत त्रसित बनेका छन् । इजरायलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सुरक्षित रहन आहृवान गरेको छ । दूतावासले बुधबार एक अपील जारी गर्दै विगत केही दिनयता इजरायल र प्यालेस्टाइनबीच तनाव बढ्दै गएको र जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको… Continue reading इजरायलमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आह्वान
गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्रीमा पुनःनियुक्ति भएका गुरुङलाई बुधबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् । बुधबार नै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका… Continue reading गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए पद तथा गोपनीयताको शपथ
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै पौडेलले ठूलो दलको संसदीय… Continue reading गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त
नेपाल चिकित्सक संघद्धारा देशभर ‘रेड अलर्ट’ घोषणा
काठमाडौं । नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ । कोरोना महामारी तीव्र गतिमा बढ्दै गएपछि संघले बुधबार एक विज्ञप्ति जारी गरी ‘रेड अर्लट’ घोषणा गरेको हो। चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्ति कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपील गरिएको छ… Continue reading नेपाल चिकित्सक संघद्धारा देशभर ‘रेड अलर्ट’ घोषणा
नेपालमा एकैदिन १६८ मृतक थपिए, ९३०५ जनामा संक्रमण पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित थप भएसँगै एक लाख ६३४ जना सक्रिय संक्रमित रहेका छन्। ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १६८ जना… Continue reading नेपालमा एकैदिन १६८ मृतक थपिए, ९३०५ जनामा संक्रमण पुष्टी
नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्यो ‘ट्राभल एड्भाइजरी ‘
नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारीकाठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न अपिल गरिएको छ । नेपालले भने यसअघि नै सबै अन्तर्राष्ट्रिय… Continue reading नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्यो ‘ट्राभल एड्भाइजरी ‘