काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको दुई पटक छलफल ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको स्रोतले जनाएको छ । उक्त सहमतिसँगै बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन्… Continue reading अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, संसदको विशेष अधिवेशनको मागसमेत फिर्ता
Category: फिचर
नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ । अन्योलपूर्ण अवस्थाकाबीच दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ घण्टा ढिलो गरी प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नहुने भनेपछि बैठक सुरु हुन सकेको थिएन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पटक–पटकको… Continue reading नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी
विशेष अधिवेशनको माग गर्दै नेकपा सांसदहरु शीतलनिवासमा
काठमाडौ । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोलीले सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै निवेदन लिएर शितल निवास गएका हुन । प्रधानमन्त्री केपी ओलीले संबैधानिक परिषद सम्वन्धि अध्यादेश ल्याएपछि असन्तुष्ट नेकपा सांसद राष्ट्रपति कार्यालय पुगेका हुन । निवेदन भने… Continue reading विशेष अधिवेशनको माग गर्दै नेकपा सांसदहरु शीतलनिवासमा
बैठकमा आएनन् ओली, बालुवाटारमा घाम ताप्दै स्थायी कमिटी सदस्य
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले राजनीतिक प्रस्तावबारे छलफल गर्ने भए आफू बैठकमा नआउने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् । बुधबार मध्यान्ह अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री अोलीले गत कात्तिक २८ गते सचिवालय बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनबारे असन्तुष्टी जनाउँदै बैठकमा नआउने बताएका… Continue reading बैठकमा आएनन् ओली, बालुवाटारमा घाम ताप्दै स्थायी कमिटी सदस्य
आज नेकपा स्थायी समिति बैठक, प्रधानमन्त्रीको कदमबारे गम्भीर छलफल हुने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे गम्भीर छलफलको तयारी छ । प्रधानमन्त्रीबाहेकका नेकपाका सबै शीर्ष नेता यो अध्यादेशको विरुद्धमा छन् । उनीहरुले संसद बोलाएर नियमित प्रक्रियाबाट… Continue reading आज नेकपा स्थायी समिति बैठक, प्रधानमन्त्रीको कदमबारे गम्भीर छलफल हुने
गोरखामा बस दुर्घटनामा परी २२ घाइते, चालक भागे
गोरखा । काठमाडौंबाट गोरखातर्फ लागेको यात्रुबाहक बस गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार दुर्घटनाग्रस्त हुँदा २२ यात्रु घाइते भएका छन् । उनीहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जानकारी… Continue reading गोरखामा बस दुर्घटनामा परी २२ घाइते, चालक भागे
रुकुमका वन अधिकृतको गाडीमै मृत्यु
दाङ । डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहको गाडीमा ज्यान गएको छ । उनलाई उपचारका लागि दाङको तुलसीपुर ल्याउने क्रममा बाटोमा गाडीमै ज्यान गएको प्रहरीले जनाएको छ । ५२ वर्षका उनी केही दिनदेखि बिरामी भएको प्रहरीको भनाई छ । उनी जनकपुरका स्थानीय हुन् । साहको मंसिर २१ मा सरुवा भएको थियो… Continue reading रुकुमका वन अधिकृतको गाडीमै मृत्यु
९ महिनापछि खुल्यो पशुपतिनाथ दर्शन
काठमाडौं । बन्द भएको करीव ९ महिनापछि आजबाट पशुपतिनाथ दर्शन खुला भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीबाट क्षमापूजा सम्पन्न भएको थियो । त्यससँगै आजबाट भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न सकिने भएको छ । यसअघि १० चैत २०७६ पछि मन्दिरमा नित्यपूजाबाहेक अन्य सर्वसाधारणबाट हुने पूजा बन्द भएको थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले… Continue reading ९ महिनापछि खुल्यो पशुपतिनाथ दर्शन
अध्यादेशबारे छलफल गर्न कांग्रेसद्धारा आकस्मिक पदाधिकारी बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले आज ल्याएको संवैधानिक परिषद् सम्बन्धि अध्यादेशबारे छलफल र आधिकारिक धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक डाकेको छ । कांग्रेस स्रोतका अनुसार नेपाली काँग्रेसले पूर्व तथा वर्तमान पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो । अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी भएको हो… Continue reading अध्यादेशबारे छलफल गर्न कांग्रेसद्धारा आकस्मिक पदाधिकारी बैठक आह्वान
अध्यादेशअनुसार संवैधानिक परिषद् बैठकपछि प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा
काठमाडौं । अध्यादेश जारी गरी अध्यक्षसहित तीन जना मात्र उपस्थित भएपनि संवैधानिक परिषदको बैठक बस्न सक्ने प्रावधान ल्याएका प्रधानमन्त्री केपी शर्मा ओली बैठक सकिएलगत्तै राष्ट्रपति निवासतर्फ लागेका छन् । प्रधानमन्त्री, प्रधानन्यायाधिक र राष्ट्रिय सभाका अध्यक्ष मात्र साँझको बैठकमा सहभागी भए । यो बैठक कांग्रेस सभापति शेरबहादुर देउवाले समेत बहिष्कार गरेका छन् । साँझको बैठकले नियुक्ति… Continue reading अध्यादेशअनुसार संवैधानिक परिषद् बैठकपछि प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा
अध्यादेशले पुनः तरंगित राजनीति, सत्तारुढदेखि विपक्षीसम्मले गरे प्रधानमन्त्रीको कडा आलोचना
काठमाडौं । ८ महिना अगाडी राष्ट्रपतिबाट अध्यादेश ल्याएर फिर्ता गरेको अध्यादेश पुनः ल्याएपछि यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली तिब्र आलोचनाको शिकार बनेका छन् । संवैधानिक परिषद्बाट विभिन्न निकायमा आफु अनुकुलका व्यक्ति नियुक्तिमा हतारिएको उनले आइतबार संवैधानिक परिषद्को बैठक डाकेका थिए । उक्त बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभाुमख अग्नी प्रसाद सापकोटा उपस्थित भएनन्… Continue reading अध्यादेशले पुनः तरंगित राजनीति, सत्तारुढदेखि विपक्षीसम्मले गरे प्रधानमन्त्रीको कडा आलोचना
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न प्रचण्डको माग
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेशबारे असन्तुष्टी जनाएका छन् । मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जारी गरेको ‘ संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७’ तुरुन्त खारेज गर्न अध्यक्ष प्रचण्डले माग गरेका छन् । उनले बदनियतपूर्ण तरिकाले आएको अध्यादेश तत्काल फिर्ता… Continue reading संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न प्रचण्डको माग
देशभर थप ९३६ जनामा कोरोना पुष्टि, १९९६ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९३६ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । थप १९९६ जना संक्रमण मुक्त भएका छन् ।… Continue reading देशभर थप ९३६ जनामा कोरोना पुष्टि, १९९६ जना संक्रमण मुक्त
उखु किसानको पैसा नदिने उद्योगी पक्राउ गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ। मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश… Continue reading उखु किसानको पैसा नदिने उद्योगी पक्राउ गर्ने सरकारको निर्णय
संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी, उपस्थित बहुमतले निर्णय गर्न सक्ने व्यवस्था
काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको हो। मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद् बैठकको सिफारिसका… Continue reading संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी, उपस्थित बहुमतले निर्णय गर्न सक्ने व्यवस्था
गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित
काठमाडौं । संवैधानिक परिषद्को बैठक कोरम नपुगेपछि स्थगित भएको छ । मंगलबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । अर्को बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । सापकोटा नगएसँगै गणपूरक संख्या नपुगेको हो… Continue reading गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित
नेपालले टी-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउने
काठमाडौं । नेपालले सन् २०२२ मा आयोजना गरिने टी २० विश्वकप क्रिकेटमा स्थान बनाउन सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वरियतामा राम्रो गरेका कारण नेपालसहित चार मुलुकलाई सिधै ग्लोबल छनोटको स्थानमा लगेको हो । प्रतियोगिता अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुनेछ । सोही प्रतियोगिताक लागि अहिले विभिन्न… Continue reading नेपालले टी-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउने
आज बस्दै संवैधानिक परिषद् बैठक, बन्ला नियुक्तिमा सहमति ?
काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बोलाइएको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि स्थगित भएको थियो । उनी प्रमुख प्रतिपक्षी दलका नेता हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बैठक बोलाएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले सोमबार कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्न लागेकाले बैठकमा नआउने जानकारी… Continue reading आज बस्दै संवैधानिक परिषद् बैठक, बन्ला नियुक्तिमा सहमति ?
अमेरिकामा दुई नर्सलाई खोप दिएर थालियो कोभिड खोप वितरण
न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारण मानिसमा लगाउने अभियान प्रारम्भ भएको छ । कोरोना भाइरसबाट संसारमा सबैभन्दा बढी प्रभावित यो मुलुकले यूरोपेली मुलुक बेलायतले खोप लगाउन थालेको एक सातापछि सर्वसाधारणलाई खोप वितरण थालेको हो । पहिलो चरणमा अमेरिकाले कोरोना भाइस विरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएका जनशक्तिलाई खोप लगाउन लागेको हो । सोही क्रममा न्यूयोर्कको… Continue reading अमेरिकामा दुई नर्सलाई खोप दिएर थालियो कोभिड खोप वितरण
आज ३ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम
काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । जसले गर्दा उपत्यकामा चिसो बढेको छ । सोमबार ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो तापक्रम यस वर्षकै सबैभन्दा कम… Continue reading आज ३ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम
स्वास्थ्यकर्मीद्धारा माग पुरा गर्न एक साताको अल्टिमेटम, नभए आन्दोलन
काठमाडौं । सरकारले आफ्ना माग वेवास्था गरेको भन्दै स्वास्थ्यकर्मीले माग पुरा गर्न एक साताको समय दिएका छन् । नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले माग पुरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। मंसिर ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियन संघ संगठनहरूले संयुक्तरूपमा १८ बुँदे ज्ञापनपत्र… Continue reading स्वास्थ्यकर्मीद्धारा माग पुरा गर्न एक साताको अल्टिमेटम, नभए आन्दोलन
‘ सरकारकै कारण राजा आऊ, देश बचाऊ भन्न थाले, हामीलाई पनि सडकमा आउन बाध्य बनायो’-देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकबाट राजतन्त्रको माग हुन थालेको आरोप लगाएका छन् । देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा सुनिन थालेको बताएका छन् । सरकार विरुद्ध कांग्रेसले आयोजना गरेको देशव्यापी प्रदर्शनका क्रममा हेटौंडा पुगेका सभापति… Continue reading ‘ सरकारकै कारण राजा आऊ, देश बचाऊ भन्न थाले, हामीलाई पनि सडकमा आउन बाध्य बनायो’-देउवा
नेपालभर थप ८२१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति भेटिए ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८२१ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ । थप ८४२ जना संक्रमण मुक्त भएका छन् ।… Continue reading नेपालभर थप ८२१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति भेटिए ?
राष्ट्रपतिलाई गगन थापाको चुनौती : ‘महारानी हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न तयार होइबक्सियोस्’ !
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य गगन थापाले राष्ट्रिपतिलाई काठमाडौमा आफूसँग चुनाव लडन चुनौती दिएका छन्। नेपाली कांग्रेसले सरकारविरुद् देशव्यापीरुपमा गरेको शक्ति प्रदर्शन गरिरहेको अन्तर्गत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा विरोध सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । सभामा सम्बोधन गर्दै नेता गगन थापाले भने- ‘म मदन भण्डारीको शब्द सापटी लिएर भन्छु,… Continue reading राष्ट्रपतिलाई गगन थापाको चुनौती : ‘महारानी हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न तयार होइबक्सियोस्’ !
सेयर बजारमा उछाल, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । सोमबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा कायम भएको हो । यसदिन २०२ कम्पनीको ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९ सय २३ रुपैयाँको कारोबार भएको छ । १ करोड २८ लाख… Continue reading सेयर बजारमा उछाल, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता
प्रभु लाइफको आइपीओ विक्री खुला, कति कित्ताका लागि आवेदन दिनु उपयुक्त ?
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपीओ) खुल्ला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ सोमबारदेखि विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याईएको कुल कित्तामध्य ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि छुट्याएको छ । सार्वजनिक निष्कासन मार्फत विक्रीमा आउने… Continue reading प्रभु लाइफको आइपीओ विक्री खुला, कति कित्ताका लागि आवेदन दिनु उपयुक्त ?
सरकारविरूद्ध कांग्रेसको देशभर प्रदर्शन, कुन नेताले कहाँ गर्दैछन् सम्वोधन ?
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी प्रर्दशन गर्दैछ। सरकारका ज्यादती र भ्रष्टाचारका विरुद्ध देशव्यापी प्रर्दशन गर्न लागेको हो। आज हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई कांग्रेसले आव्हान गरेको छ। गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेसले सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत… Continue reading सरकारविरूद्ध कांग्रेसको देशभर प्रदर्शन, कुन नेताले कहाँ गर्दैछन् सम्वोधन ?
अमेरिकामा आजदेखि सर्वसाधारणमा कोरोना भाइरसविरुद्धको खोप लगाइने
न्यूयोर्क । अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणमा लगाउन सुरु गरिदैछ । पहिलो चरणमा जोखिम क्षेत्रका काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्ने र ज्येष्ठ नागरिकलाई खोप दिने तयारी रहेको छ । विश्वमा सबैभन्दा बढी प्रभावित तथा मानवीय क्षति भएको अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाउने कार्यक्रम तय भएको… Continue reading अमेरिकामा आजदेखि सर्वसाधारणमा कोरोना भाइरसविरुद्धको खोप लगाइने
२ पुसबाट नयाँदिल्ली उड्ने भयो नेपाल एयरलाइन्स, ९ महिनापछि खुल्दै उडान
काठमाडौं । कोरोना महमारीका कारण बन्द भएको काठमाडौं-दिल्ली रुटमा २ पुसबाट नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले यो रुटमा दैनिक एक उडानको अनुमति पाएको छ । पहिलो चरणमा न्यारोबडी जहाज ए३२० बाट दिल्ली उडान गर्न लागेको निगमले जनाएको छ । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान गर्नेछन् । भारतको तर्फबाट एयर इण्डियाले… Continue reading २ पुसबाट नयाँदिल्ली उड्ने भयो नेपाल एयरलाइन्स, ९ महिनापछि खुल्दै उडान
आज कांग्रेसको देशव्यापी सरकार विरोधी प्रदर्शन, जिल्ला-जिल्ला पुगे नेता
काठमाडौं । नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी जनप्रदर्शन गर्दैछ । जनजिविकाका सवालमा सरकार उदासिन भएको भन्दै कांग्रेसले सरकारलाई दवाव दिन प्रदर्शन गर्न लागेको हो । कोरोना भाइरसको नियन्त्रणमा असफल भएको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, संसदलाई पार्टी विवादको बन्धक बनाएकोजस्ता विषयलाई कांग्रेसले प्राथमिकताका साथ उठाइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब… Continue reading आज कांग्रेसको देशव्यापी सरकार विरोधी प्रदर्शन, जिल्ला-जिल्ला पुगे नेता