शान्ती सम्झौता भएको १४ वर्ष पुरा, बल्झिरहने घाउ अझै पुरिएनन्

काठमाडों । तत्कालीन सात राजनीतिक दल र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको ऐतिहाँसिक दिनको आज १४ वर्ष पुरा भएको छ । सशस्त्र द्धन्द्धमा हेमिएको माओवादीले शान्तीपूर्ण बाटो अपनाएपछि मुलुकले संतोषको सास फेरेको यो दिनले नेपालमा एक दशक लामो युद्ध अन्त्य भएको थियो । १४ वर्ष अगाडीको शान्ती सम्झौताको मर्म अनुसार धेरै काम भएपनि केही बल्झिरहने… Continue reading शान्ती सम्झौता भएको १४ वर्ष पुरा, बल्झिरहने घाउ अझै पुरिएनन्

आज छठको मूख्य दिन, अस्ताउँदो सूर्यको पूजा आराधना

काठमाडौं । आज तराईबासी नेपालीको ठूलो चाड छठको मूख्य दिन हो । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको यस दिन साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिने प्रचलन रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि प्रारम्भ भएको हो । आज अस्ताउँदो सूर्य… Continue reading आज छठको मूख्य दिन, अस्ताउँदो सूर्यको पूजा आराधना

फेरी उड्ने भयो ‘बोइङ ७३७ म्याक्स’

काठमाडौं । अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स मोडलका जहाज पुनः आकासमा देख्न पाइने भएको छ । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले बुधबार बोइङलाई सो मोडलका जहाज जहाज उडाउने अनुमति दिएको हो । बोइङले जहाजको डिजाइन, सफ्टवेयर परिवर्तन र चालक दलका सदस्यहरूलाई तालिम दिएपछि उक्त जहाजमा पहिलाको जस्तो दुर्घटना नहुनेबारे आश्वस्त पारेपछि प्राधिकरणले उडानको अनुमति… Continue reading फेरी उड्ने भयो ‘बोइङ ७३७ म्याक्स’

४ वर्षिय बालिकाको बलात्कारपछि हत्या, आफन्तकै संलग्नता पुष्टी

मकवानपुर । मकवानपुरमा एक ४ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ । यस घटनामा उनकै नातेदारको संलग्नता रहेको पुष्टी भएको छ । बागमती गाउँपालिका– ७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको नेपाली संचारमाध्यमले जनाएका छन् । प्रहरीले हत्या आरोपमा १६ बर्षिय साजन… Continue reading ४ वर्षिय बालिकाको बलात्कारपछि हत्या, आफन्तकै संलग्नता पुष्टी

नयाँ दिल्लीमा मास्क नलगाई सार्वजनिक स्थलमा निस्किए २ हजार जरिवाना

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सरकारले कोरोना विरुद्ध स्वास्थ्य सतकर्ता नअपनाउनेविरुद्ध कडा कानून ल्याएको छ । दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना घोषणा गरेको हो । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालका अनुसार मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताएका छन् । सार्वजनिक… Continue reading नयाँ दिल्लीमा मास्क नलगाई सार्वजनिक स्थलमा निस्किए २ हजार जरिवाना

ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ पहिलो दिनमै ९ लाख थान बिक्यो

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै झण्डै ९ लाख प्रति बिकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति विक्री भएको छ । नोभेम्बर १७ मा सार्वजनिक गरिएको ओबामाको नयाँ पुस्तक अमेरिकाका… Continue reading ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ पहिलो दिनमै ९ लाख थान बिक्यो

नेपालमा २१०३ जना कोरोना संक्रमित थपिए, २८५८ जना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २१०३ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पिसिआर परीक्षणमा २१०३ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। देशभर थप २८५८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५… Continue reading नेपालमा २१०३ जना कोरोना संक्रमित थपिए, २८५८ जना संक्रमणमुक्त

कोरोना प्रभावित व्यवसायीले १० करोड रुपैयाँसम्म कर्जा पाउने कार्यविधि जारी

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ। कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन यो कार्यविधि जारी भएको हो। सरकारले राष्ट्र बैङ्कबाट सञ्चालन हुने गरी राष्ट्र बैङ्कको बैङ्किङ्ग कार्यालयमा पचास अर्ब… Continue reading कोरोना प्रभावित व्यवसायीले १० करोड रुपैयाँसम्म कर्जा पाउने कार्यविधि जारी

सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहिबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो । आज नेप्से ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि… Continue reading सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार माथि

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संसारमा सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्युको संख्याले नयाँ रेकर्ड पार गरेको छ । यहाँ बुधबार साँझसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघेको छ । रोयटर्सका अनुसार अमेरिकामा अहिले संक्रमणको तेश्रो चरण सुरू भएको छ । जसले संक्रमित संख्या पुनः तिब्र दरमा बढिरहेको छ । कोरोनाले अमेरिकी स्वास्थ्य… Continue reading अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार माथि

सन्दीपले बिग ब्यास लिग खेल्ने पक्का, हुरिकेन्ससँग सम्झौता

काठमाडौं । विश्वप्रपसिद्ध अस्ट्रेलियाको टी -२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल) सिजन २०२०-२१ मा नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने खेल्ने पक्का भएकोृ छ । यसअघि आइपिएलमा एउटा पनि खेलमा मौका नपाएका उनलाई बिबिएलमा के हुने भन्ने निश्चित थिएन । तर, होबर्ट हुरिकेन्सले सन्दीपसँग सम्झौता भएको पुष्टी गरेको छ । होबर्टले २० वर्षीय युवा स्पिनर… Continue reading सन्दीपले बिग ब्यास लिग खेल्ने पक्का, हुरिकेन्ससँग सम्झौता

हुम्ला जिल्ला प्रवेशमा रोक, स्कुल बन्द

सिमकोट । कोरोना भाइरसको संक्रमण बढेपछि हिमाली जिल्ला हुम्लाले बाहिरी जिल्लाबाट प्रवेशमा रोक लगाएको छ । बुधबार हुम्ला जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठक बस्दै बिहीबारबाट जिल्लाभर शैक्षिक संस्था बन्द गर्ने र जिल्लामा बाहिरी व्यक्तिको प्रवेश निषेध गर्ने निर्णय गरेको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार अब जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा… Continue reading हुम्ला जिल्ला प्रवेशमा रोक, स्कुल बन्द

नेपाल र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र विश्व बैंकबीच आज ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले उक्त ऋण प्रदान गर्न लागेको हो । आज नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी दुई वटा सम्झौतामा विश्व बैंक र… Continue reading नेपाल र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्रीमाथि लागेका आरोप राष्ट्रिय सरोकारका मुद्दा हुन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेका आरोप केवल पार्टी विशेषको नभई अब राष्ट्रिय मुद्दा बनेको बताएका छन् । ओलीमाथि राजनीतिक प्रतिवेदनमार्फत अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनका दौरान प्रधानमन्त्रीबाट भएका कैयौं कमजोरीलाई उजागर गरेका छन् । नेता नेपालले यी विषय अब केवल… Continue reading प्रधानमन्त्रीमाथि लागेका आरोप राष्ट्रिय सरोकारका मुद्दा हुन् : गगन थापा

औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी,कोरोना खोप लगायतका व्यवस्था गर्न थप सहज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी छन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले बुधबार औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरेकी हुन्। मन्त्रिपरिषदको सिफारिसअनुसार संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले… Continue reading औषधिसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी,कोरोना खोप लगायतका व्यवस्था गर्न थप सहज

नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण, ३५३८जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४४२ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनाको पिसिआर परीक्षणमा १४४२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। देशभर थप ३५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख… Continue reading नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण, ३५३८जना संक्रमणमुक्त

नेकपा सचिवालयको बैठक १० दिनका लागि स्थगित

काठमाडौं । पार्टीको आन्तरिक विवाद चुलिएका बेला बसेको नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन आफूलाई समय लाग्ने बताएपछि बैठक स्थगित भएको हो। अर्को बैठकमा प्रधानमन्त्री ओलीले पनि राजनीतिक प्रतिवेदन पेस गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।… Continue reading नेकपा सचिवालयको बैठक १० दिनका लागि स्थगित

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ७९ करोड बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २३.३२ अंकले बढेर १७४१.८१ विन्दुमा कायम भएको हो । यसदिन १९४कम्पनीको ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको कारोबार भएको छ । १ करोड १६ लाख ७४ हजार ८ सय… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ७९ करोड बढीको कारोबार

कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीबाट एकै दिन मृत्यु हुने संख्यामा आज रेकर्ड बसेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार संसारभरको आंकडा अनुसार आज कुल १० हजार ५ सय २ जना मानिसले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । यो एक दिनमै भएको सर्वाधिक मृत्यु हो । खासगरी यूरोपमा आएको नयाँ लहर र कोरोना नियन्त्रणमा नआएका अमेरिकी… Continue reading कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु

आज नेकपा विवादको निर्णायक दिन हो ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले बुधबार बिहानै फेसबुकमा लेखे, सर्वाधिक कठिन समय । उनी कोरोनाबाट मुक्त भएका छन, अन्य समस्या छैन, मतलव त्यो कठिन समय हो पार्टी भित्रको विवाद । आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्ने भनिएको छ । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली… Continue reading आज नेकपा विवादको निर्णायक दिन हो ?

तराईबासी नेपालीको महान चाड छठ शुरु

काठमाडौं । नेपालको तराईमा विशेष महत्वका साथ मनाईने पर्व छठको विधिवत शुरुवात भएको छ । घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरि छठको शुरुवात गरिएको हो । यो वर्ष छठ अन्तर्गत आज नहायखाय मनाइन्छ । बिहिबार खरना, शुक्रबार सन्ध्या अर्घ्या र शनिबार छठको पारणा गर्ने गरी साइत जुराइएको छ । पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि… Continue reading तराईबासी नेपालीको महान चाड छठ शुरु

चिनियाँ राजदूतले भेटिन् प्रधानमन्त्री, पार्टी एकता बचाउन बन्ला संजिवनी ?

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटको संघारमा छ । दुई अध्यक्षबीचको विवादले पार्टीमा तिब्र असुन्तुष्टी बढिरहेको समयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । नेपालमा कम्युनिष्ट पार्टीबीचको विवाद मिलाउन चीनले भूमिका खेल्ने गरेको बताइन्छ । त्यसमा चिनियाँ राजदूतको संक्रियताले समेत त्यसको पुष्टी छ । अघिल्लो पटक उनकै सक्रियतामा… Continue reading चिनियाँ राजदूतले भेटिन् प्रधानमन्त्री, पार्टी एकता बचाउन बन्ला संजिवनी ?

प्रचण्डले भेटे राष्ट्रपतिलाई, अर्थपूर्ण सरगर्मी बढ्यो

काठमाडौं । नेकपाभित्र बढ्दो विवादका बीच अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार साँझ शितल निवासमै पुगेर उनले राष्ट्रपति समक्ष भेट गरेका हुन् । यो भेटलाई भने राजनीतिक परिदृष्यमा अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा सचिवालय बैठक बुधबारका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यो बैठक जसरी पनि सार्ने… Continue reading प्रचण्डले भेटे राष्ट्रपतिलाई, अर्थपूर्ण सरगर्मी बढ्यो

दोस्रो मैत्रिपूर्ण फुटबलमा नेपाल र बंगलादेशले बराबरी खेले

Photo : Dhaka Tribune

ढाका । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ । मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको आज दोस्रो खेल सम्पन्न भयो जसमा कुनै पनि टोलीबाट गोल हुन सकेन । शुक्रबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २, ० गोलले आफ्नो पक्षमा पारेको थियो । दुई खेलको सिरिजको उपाधी भने घरेलु टोली बंगलादेशले जितेको… Continue reading दोस्रो मैत्रिपूर्ण फुटबलमा नेपाल र बंगलादेशले बराबरी खेले

नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३११२ जनाको पिसिआर परीक्षणमा ५०२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ। देशभर २८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९… Continue reading नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १७ जननाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।

‘ट्रम्पको ढिपीले अमेरिकामा कोरोनाबाट अझै धेरै मानिसको ज्यान जान सक्छ’

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पको ढिपीका कारण अमेरिकामा कोरोना भाइरसबाट अझै बढी मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ट्रम्पले सत्ता हस्तान्तरण गर्न मानिरहेका छैनन् । उनी चुनावी परिणामलाई स्वीकार्ने पक्षमा देखिएका छैनन् । तर, उनले सत्ता हस्तान्तरणमा गर्ने ढिलाईले कोरोना संक्रमणविरुद्धको लडाई भने प्रभावित हुने बाइडेनको भनाई छ ।… Continue reading ‘ट्रम्पको ढिपीले अमेरिकामा कोरोनाबाट अझै धेरै मानिसको ज्यान जान सक्छ’

अमेरिकी कम्पनी मोर्डेनाको खोप कोभिडविरुद्ध ९५ प्रतिशत प्रभावकारी

Photo : Gettyimage

काठमाडौं । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको सार्वजनिक भएको छ । बीबीसीका अनुसार कम्पनीले सोमबार आफ्नो नतिजा सार्वजनिक गरेको छ । जसअनुसार खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने अपेक्षा गरिएको छ । यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी… Continue reading अमेरिकी कम्पनी मोर्डेनाको खोप कोभिडविरुद्ध ९५ प्रतिशत प्रभावकारी

आज सार्वजनिक बिदा, नेवार समुदायले भाइटिका लगाउँदै

Photo : The Rising Nepal

काठमाडौं । नेवार समुदायले आज भाइटिका लगाउने भएका छन् । सोही प्रयोजनका लागि सरकारले आज देशैभर सार्वजनिक बिदा समेत घोषणा गरेको छ । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेको भन्दै नेवार समुदायका केही समुहले भने आज भाइटीका लगाउन लागेका हुन् । अधिकांश समुहले भने सोमबार नै भाइटिका लगाएका छन् । अन्य… Continue reading आज सार्वजनिक बिदा, नेवार समुदायले भाइटिका लगाउँदै

तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं । तापक्रम घट्ने क्रमसँगै हिमाली र उच्च पहाडी जिल्लामा हिमपात शुरु भएको छ । यसले जनजीवन प्रभावित बनाउन शुरु गरेको छ । सोमबार दिनभरजसो देशभर घाम लागेनन् । यसले मंगलबार हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ । उता पूर्वी रुकुममा समेत हिउँले जनजीवन प्रभावित बनाएको छ । जल तथा… Continue reading तापक्रम घट्दा उच्च पहाडी र हिमाली भेगमा हिमपात