नेपालमा एकैदिन ४८९७ जना कोरोना संक्रमित थपिए

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका मध्ये काठमाडौं उपत्यकामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना गरी… Continue reading नेपालमा एकैदिन ४८९७ जना कोरोना संक्रमित थपिए

सेयर कारोबार रकममा ठूलो गिरावट, एकैदिन १ अर्ब घट्यो

काठमाडौं । सेयर बजारमा आएको उछाल एक दिन पनि टिक्न सकेन । मंगलबार एकैदिन ९२ अंकले बढेको बजार आज दोहोरो अंकले घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसले बजारलाई टेको लगाउन सकेको देखिएन । यसअघि ७ कारोबार दिनमा करिब २४० अंकले घटेको बजार हिजो एकैदिन झन्डै… Continue reading सेयर कारोबार रकममा ठूलो गिरावट, एकैदिन १ अर्ब घट्यो

१२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्तासहित १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् । उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत… Continue reading १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेको भन्दै माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले उनलाई कारबाही गरेको पत्र पठाएका थिए । सोही पत्रको आधारमा राष्ट्रिय सभा सचिवालयले खड्का पदमुक्त भएको जनाएको छ । यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले… Continue reading माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त

निषेधाज्ञाबारे प्रशासनको आदेशमा परिमार्जन, विवाहको गाडीलाई पास नचाहिने

काठमाडौं । बिहीबारबाट लागु हुने गरी जारी गरिएको निषेधाज्ञाको समयमा गर्न पाइने र नपाइने कामको सूचिमा परिमार्जन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि काठमाडौं उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञाको आदेशमा परिमार्जन गरेको जनाएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्याश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश सार्वजनिक गरेका छन् । उनका… Continue reading निषेधाज्ञाबारे प्रशासनको आदेशमा परिमार्जन, विवाहको गाडीलाई पास नचाहिने

निषेधाज्ञा घोषणापछि ५ लाख भन्दा बढीले छाडे उपत्यका

File Photo

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि ५ लाख भन्दा बढी मानिसले उपत्यका छाडेका छन् । सडक र हवाई मार्गबाट उक्त संख्यामा मानिसहरु बाहिरिसकेको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ ।कोरोना भाइरस महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको… Continue reading निषेधाज्ञा घोषणापछि ५ लाख भन्दा बढीले छाडे उपत्यका

भारतमा कोरोनाबाट भएको मृत्युको आंकडामा नयाँ रेकर्ड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण भएको मृत्युको आंकडामा नयाँ रेकर्ड बनेको छ । मंगलबार २४ घण्टामा यहाँ कोरोनाभाइरसका ३ हजार बढी संक्रमितको ज्यान गयो । यो घटना कोरोनाकाल यताकै सबैभन्दा बढी हो । भारतीय संचारमाध्यमले जनाएअनुसार मंगलबार भारतमा ३ हजार २ सय ८६ जना संक्रमितको ज्यान गएको आंकडा आएको छ । अब भारतमा… Continue reading भारतमा कोरोनाबाट भएको मृत्युको आंकडामा नयाँ रेकर्ड

माओवादी केन्द्रका सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी अन्तरिम विधान पास गरेको छ । जसअनुसार केन्द्रीय समितिदेखि मातहतका सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरएको छ । यो नियम तत्काल लागु हुने… Continue reading माओवादी केन्द्रका सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

निषेधाज्ञाको समयमा ढुवानी र आपूर्ति सहज बनाउन र्यापिड रेस्पोन्स टिम तयार

काठमाडौं । बिहीबार बिहानैबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु हुँदैछ । अत्यावश्यबाहेक सबै काम कारवाही यो अवधिमा रोकिने छन् । सार्वजनिक र निजी यातायात बन्द हुने छ । यस अवस्थामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम तयार पारेको छ । यो टिमले आपूर्ति… Continue reading निषेधाज्ञाको समयमा ढुवानी र आपूर्ति सहज बनाउन र्यापिड रेस्पोन्स टिम तयार

मध्यराती काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा मध्यरातमा धूकम्पको धक्का महसुस भएको छ । कलंकी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । गएराति १ बजेर ५९ मिनेटमा भूकम्पको मापन गरिएको छ । यद्दपी यसले कुनै क्षति भएको भने जानकारी आइसकेको छैन । २०७२ वैशाख १२ को गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्पयता ५… Continue reading मध्यराती काठमाडौंमा भूकम्पको धक्का

अमेरिकामा मंगलबारदेखि घर बाहिर फेस-मास्क लगाउनु नपर्ने

न्युयोर्क अमेरिकामा भ्याक्सिनको डोज पुरा गरेका मानिसहरुले मुखमा मास्क बिना नै घर बाहिरका सबै कृयाकलाप गर्न पाउने भएका छन् । मंगलबार सेन्टर फर डिजिज कन्ट्रोलले उक्त निर्णय सार्वजनिक गरेको हो । सि डि सिको नयाँ नियमपछि अब अमेरिकामा दोश्रो डोज भ्याक्सिन लिएको दुई हप्तापछि त्यस्ता ब्यक्तिहरु घर बाहिर हुने स-साना समुहको जमघट तथा भेटघाटमा बिना… Continue reading अमेरिकामा मंगलबारदेखि घर बाहिर फेस-मास्क लगाउनु नपर्ने

विमानस्थलसम्म यात्रु लैजान साझा यातायातका बस चलाइने

काठमाडौं । निषेधाज्ञाको समयमा हवाई यात्रुको आवतजावत सहजिकरण गर्न विमानस्थलसम्म साझा यातायातका बस चल्ने भएका छन् । आन्तरिक तथा बाह्य यात्रुको सुविधालाई ध्यानमा राखी वैशाख १६ देखि काठमाडौं उपत्यकामा साझा यातायातले हवाई यात्रुलाई विमानस्थलसमम लैजाने भएको हो । सोही दिनबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु हुँदैछ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने बन्द गरेको छैन… Continue reading विमानस्थलसम्म यात्रु लैजान साझा यातायातका बस चलाइने

चीनले करीव १ अर्ब बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहायता दिने

काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ। मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९… Continue reading चीनले करीव १ अर्ब बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहायता दिने

नेपालमा एकैदिन ४५२४ जनामा कोरोना संक्रमण पुष्टी, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ जना… Continue reading नेपालमा एकैदिन ४५२४ जनामा कोरोना संक्रमण पुष्टी, १८ जनाको मृत्यु

ठूलो संख्यामा खोप स्टक राखेको अमेरिकाले अरु देशलाई ६ करोड डोज खोप दिने

अमेरिका । अमेरिकाले आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ… Continue reading ठूलो संख्यामा खोप स्टक राखेको अमेरिकाले अरु देशलाई ६ करोड डोज खोप दिने

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । अध्यागमन विभागले मंगलबार एक सूचना निकाल्दै १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको हो ।… Continue reading नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध

नेपाली सेयर बजारमा ९२ अंकको उछाल, यी हुन् धेरै मूल्य बढेका कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । गत सातादेखि लगातार घटेको बजार आज दोहोरो अंकले लयमा फर्किएको हो । मंगलबार शेयर बजार मापक सूचक नेप्से ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१६ कम्पनीको ५ अर्ब १० करोड ९० लाख ६९ हजार ९७५ रुपैयाँ बराबरको… Continue reading नेपाली सेयर बजारमा ९२ अंकको उछाल, यी हुन् धेरै मूल्य बढेका कम्पनी

निषेधाज्ञामा समेत नेप्से कारोबार नरोकिने, लगानीकर्तालाई अवसर

काठमाडौं । निषेधाज्ञापछि घरमै बस्नुपर्ने लगानीकर्ताका लागि खुसीको खबर छ । नेपाल स्टक एक्स्चेन्ज(नेप्से) ले ब्रोकरहरूलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराएर शेयर कारोबार गर्न परिपत्र गरेको छ । यससँगै निषेधाज्ञाका बीचमा समेत कारोबार निरन्तर जारी रहने भएको छ । सेयर बजार सञ्चालन गर्ने गतिविधिमा सजकता अपनाउन धितोपत्र व्यवसायीलाई ७ बुँदे निर्देशन दिएको छ । निर्देशनमा सकेसम्म… Continue reading निषेधाज्ञामा समेत नेप्से कारोबार नरोकिने, लगानीकर्तालाई अवसर

पोर्चुगलमा कोरोना नियन्त्रण भित्र, कसरी प्राप्त भयो सफलता ?

काठमाडौं, एजेन्सी । ससारभर कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा पोर्चुगलमा भने नियन्त्रणउन्मुख देखिएको छ । सोमबार यहाँ कोरोनाबाट एक जना पनि मानिसले ज्यान गुमाउनु परेन, यो यूरोप भरीकै सबैभन्दा सुखदः समाचार हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पोर्चुगलमा महामारी सुरु भएयता दोस्रोपटक कोभिडबाट एकदिनमा शून्य मृत्यु भएको आँकडा सोमवार आएको हो । बीबीसीले लेखे अनुसार जनवरी… Continue reading पोर्चुगलमा कोरोना नियन्त्रण भित्र, कसरी प्राप्त भयो सफलता ?

अमेरिकाले ६ करोड डोज कोरोना खोप अन्य मुलुकलाई सहयोग गर्ने

वासिंटन डिसी । अमेरिकाले करीव ६ करोड डोज कोरोना खोप अन्य मुलुकहरुलाई सहयोग गर्ने भएको छ । त्यहाँको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा अमेरिकाले गरेको हो । बीबीसीका अनुसार ह्वाइटहाउसले एक विज्ञप्ति निकालेर यसको पुष्टी गरेको हो । केही महिना भित्रै यो मात्रामा खोप… Continue reading अमेरिकाले ६ करोड डोज कोरोना खोप अन्य मुलुकलाई सहयोग गर्ने

कास्कीमा बुधबारबाट निषेधाज्ञा, संक्रमित ६ सय नाघे

पोखरा । कास्की जिल्लाभर बुधबारबाट लागु हुने गरी निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबारदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय… Continue reading कास्कीमा बुधबारबाट निषेधाज्ञा, संक्रमित ६ सय नाघे

काठमाडौं छिर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

File

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने सबैले अनिवार्य क्वारेन्टिन बस्नु पर्ने भएको छ । काठमाडौं आउनेहरुले होम आइसोलेसन वा स्थानीय तहले तोकेको सेन्टरमा बस्नु पर्ने नियम सरकारले ल्याएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गर्दै यस्तो जानकारी गराएका हुन् । स्थानीय सरकारले १६ वैशाखबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरिसकेको… Continue reading काठमाडौं छिर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागु

File photo

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यो निषेधाज्ञा कार्यान्वयन भने वैशाख १६ गते विहान ६ बजेदेखि शुरु हुनेछ । पहिलो चरणमा वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका… Continue reading काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागु

बन्द भए देशभरका स्कुल, उडान जारी रहने

फाइल तस्वीर (THT)

काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच देशभरका स्कुल बन्द गरिएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्कुल बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्ने गरी निर्णय भएको छ । मंगलबारदेखि तोकिएको सबै प्रकारका परीक्षा… Continue reading बन्द भए देशभरका स्कुल, उडान जारी रहने

सर्वोच्चद्वारा नेपाल समूहको मागमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । सोमबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले पार्टीबाट स्पष्टीकरण सोधेको र कारबाही गरी नसकेको अवस्थामा अन्तरिम आदेश दिन बाध्य नपर्ने निर्णय गरेको छ । ‘विवादको… Continue reading सर्वोच्चद्वारा नेपाल समूहको मागमा अन्तरिम आदेश दिन अस्वीकार

नेपालमा थप ३५५६ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति भेटिए ?

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय जनाको पीसीआर परीक्षणबाट ३४४२ जना र ८९३ एन्टिजेन परीक्षणबाट ११४ जनाको रिपोर्ट पोजेटिभ हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१… Continue reading नेपालमा थप ३५५६ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति भेटिए ?

बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी

नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको बाँकेमा एक साता लामो निषेधाज्ञा जारी भएको छ । नेपालगन्जमा कोरोनाले मानिसहरुको ज्यान लिइरहेको छ । पछिल्लो एक सातामा यहाँ २५ जना भन्दा ढबीको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणभन्दा बाहिर जान थालेपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले… Continue reading बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी

गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै

पोखरा । आज गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबुल हुँदैछ । प्रदेशसभाको विशेष अधिवेशन सोमबार शुरू हुँदैछ। यससँगै उनीविरुद्ध अविश्वास प्रस्ताव अगाडी बढ्ने भएको हो । दिउँसो २ बजे अधिवेशन शुरू हुँदैछ । पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको… Continue reading गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै

अमेरिका, बेलायतसहितका मुलुकबाट भारतलाई आउन थाल्यो मेडिकल सहयोग

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । कोरोनाभाइरसको दास्रो लहरबाट सबैभन्दा बढी प्रभावित भारतमा मेडिकल सामग्रीको अभावले भयाभह अवस्था सिर्जना भएको छ । यस परिस्थितिमा उसलाई संसारका विभिन्न मुलुकले सहयोग अगाडी बढाएका छन् । महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपतकालीन मेडिकल सहायता शुरु गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति… Continue reading अमेरिका, बेलायतसहितका मुलुकबाट भारतलाई आउन थाल्यो मेडिकल सहयोग

नेपालमा प्रतिदिन मृत्युको संख्या कोरोना कालयताकै दोस्रो बढी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का कारण मृत्यु भएको आंकडा कोरोनाकाल यताकै दोस्रो सबैभन्दा बढी भएको पाइएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार २४ घण्टामा कुल २८ जनाको मृत्यु भएको छ । यो कोरोनाकाल यताकै दोस्रो सबैभन्दा ठूलो मानवीय क्षति हो । यसअघि नेपालमा १९ कात्तिकमा सबैभन्दा… Continue reading नेपालमा प्रतिदिन मृत्युको संख्या कोरोना कालयताकै दोस्रो बढी