काठमाडौं । ४ वर्षअघि अफगानिस्तानको राजधानी काबुलमा भएका आतंकवादी हमलामा १५ नेपालीसहित केही भारतीय सुरक्षाकर्मीको समेत ज्यान गयो । तर, उनीहरुको परिवारले उचित क्षतिपूर्ति पाएका थिएनन् । अब आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते भएका नेपालीको परिवार र क्यानडा सरकारबीच मिलापत्र भएको छ । २० जुन २०१६ मा क्यानडा राजदूतावासअगाडी आत्मघाती आक्रमण भएको थियो ।… Continue reading ४ वर्षअघि काबुलमा मारिएका नेपालीका परिवारले पाउने भए सम्मानजनक क्षतिपूर्ति
Category: फिचर
भक्तपुरमा १४ वर्षिय किशोरीमाथि गाडी भित्रै बलात्कार, दुई पक्राउ
काठमाडौं । देशभर बालिका तथा किशोरीमाथि बलात्कारका घटना सार्वजनिक भइरहेकै समयमा उपत्यकामै एक किशोरी बलात्कारको शिकार बनेकी छिन् । सिन्धुपाल्चोककी एकजना बेसहारा १४ वर्षीया किशोरीमाथि कुकृत्य गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न एक जना फरार छन् । काठमाडौंमा मजदुरी गरेर गुजारा चलाउँदै आएकी किशोरीलाई नसालु पदार्थ खुवाएर तीन जनाले गाडी भित्रै… Continue reading भक्तपुरमा १४ वर्षिय किशोरीमाथि गाडी भित्रै बलात्कार, दुई पक्राउ
बुटवलमा कांग्रेस कार्यकर्ताबाट मूख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार
बुटवल । प्रदेश ५ को स्थायी राजधानीका विषयमा बढ्दो तनावका बीच आज बुटवलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार भएको छ। आइतबार साँझ काठमाडौंबाट हवाईमार्ग बुटवल फर्किएका मुख्यमन्त्री पोखरेल भैरहवा एअरपोर्टबाट बुटवल आइरहेको समयमा उनको गाडीमा ढुंगा हानिएको हो । बुटवलको राजमार्ग चौराहमा कांग्रेस कार्यकर्ताले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ… Continue reading बुटवलमा कांग्रेस कार्यकर्ताबाट मूख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार
संक्रमण र भीड दुबै बढेपछि कडाई गर्ने सरकारको संकेत
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणले हरेक दिन नयाँ नयाँ रेकर्ड राखिरहेको छ । यसले सर्वसाधारणदेखि भीआइपीसम्म आक्रमण गरेपछि सरकारले काठमाडौंमा कडाई गर्ने संकेत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिएको चाडबाड जो जहाँ छ, त्यही नै बसेर मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड१९) को संक्रमण एक जिल्लाबाट अर्को जिल्लासम्म हुन… Continue reading संक्रमण र भीड दुबै बढेपछि कडाई गर्ने सरकारको संकेत
नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ७८४ जनाको पीसीआर परीक्षणमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित कुृल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १३२९ जना कोरोना… Continue reading नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना संक्रमणमुक्त
सवारी साधन हरायो ? यसरी दिनुहोस् घरबाटै प्रहरीमा उजुरी
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको वा चोरी भएको सवारी साधनको निवेदन अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ। महाशाखाले चोरी भएका वा फेला परेका सवारी अभिलेख व्यवस्थापनका लागि नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको हो । । उक्त सफ्टयरको उद्घाटन आइतबार महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गरेका हुन् । अब निवेदन र सिफारिसको… Continue reading सवारी साधन हरायो ? यसरी दिनुहोस् घरबाटै प्रहरीमा उजुरी
कांग्रेसले जिल्ला बन्द र प्रदर्शन चर्काएपछि बुटवलमा निषेधाज्ञा
बुटवल । प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेसँगै रुपन्देहीमा आन्दोलन चर्किएको छ । आइतबार नेपाली कांग्रेसले रुपन्देही जिल्ला बन्दको आह्वान गरेको छ । यो मुद्दालाई कांग्रेसले भोटको राजनीतिका रुपमा भरपर उपयोग गर्ने संकेत गरेको छ । विरोधका कार्यक्रम र प्रदर्शन बढ्सँगै रुपन्देही जिल्ला प्रशासनले भने बुटवलमा निषेधाज्ञा जारी गरेको छ ।… Continue reading कांग्रेसले जिल्ला बन्द र प्रदर्शन चर्काएपछि बुटवलमा निषेधाज्ञा
सुडानमा शान्ती सम्झौता, युद्ध अन्त्य गर्ने सहमति
जुबा\सुडान । सुडानमा शान्ती सम्झौता भएको छ । वर्षौ लामो युद्ध अन्त्य गर्दै शान्ती स्थापना गर्ने सहमतिमा सरकार तथा विद्रोही समूहबीच शनिबार हस्ताक्षर भएको हो । सुडानमा लामो समयदेखिको युद्धले लाखौं निर्दोष मानिसको ज्यान गएको छ । तर, शनिबारको ऐतिहासिक शान्ती सम्झौताले अफ्रिकी मुलुक सुडानमा शान्ती स्थापना हुने अनुमान गरिएको छ । सरकार र विद्रोहीबीच… Continue reading सुडानमा शान्ती सम्झौता, युद्ध अन्त्य गर्ने सहमति
कांग्रेसका चार केन्द्रिय सदस्यमा कोरोना, कार्यसमिति बैठक अन्यौल
काठमाडौं । नेपाली कांग्रेसले १९ असोजका लागि बोलाएको केन्द्रिय कार्यसमिति बैठक अन्यौलमा परेको छ । पार्टीका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएसँगै बैठक अन्यौलमा परेको हो । १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको… Continue reading कांग्रेसका चार केन्द्रिय सदस्यमा कोरोना, कार्यसमिति बैठक अन्यौल
कांग्रेस नेता गगन थापालाई कोरोना
काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको छ । उनी स्वयमले यसको पुष्टी गरेका छन् । कांग्रेसले असोज १९ मा केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । त्यसका लागि गरिएको नेताहरुको पीसीआर टेष्टमा थापालाई कोरोना देखिएको हो । यसबाहेक नेता अर्जुननरसिंह केसी र अन्य केही नेतामा समेत कोरोना… Continue reading कांग्रेस नेता गगन थापालाई कोरोना
अत्यावश्यक नभएसम्म काठमाडौं नआउन सरकारको आह्वान
काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ । अहिले देशभर देखिने कुल संक्रमणमध्ये ६० प्रतिशत काठमाडौंमा देखिएको छ । यस अस्थामा बाहिर सुरक्षित अवस्थामा विभिन्न जिल्लामा रहेका नागरिकलाई काठमाडौं नआउन सरकारले आह्वान गरको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको हो ।… Continue reading अत्यावश्यक नभएसम्म काठमाडौं नआउन सरकारको आह्वान
प्रधानमन्त्री निवासमा कोरोनै-कोरोना, ६७ सुरक्षाकर्मीमा पुष्टी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मूख्य सल्लाहकारसहित उनको किचेन क्याविनेटमा रहने ५ जनामा कोरोना भाइरसको पुष्टी भएकै दिन बालुवाटारको सुरक्षामा खटिने ६७ जना सुरक्षाकर्मीमा एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको सैन्य स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् । स्रोतका… Continue reading प्रधानमन्त्री निवासमा कोरोनै-कोरोना, ६७ सुरक्षाकर्मीमा पुष्टी
नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभार गरिएको १२ हजार ९७८ जनाको पीसीआर परीक्षणमा २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। डिस्चार्ज… Continue reading नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज
प्रधानमन्त्री ओलीका तीन सल्लाहकार सहित प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कोरोना पुष्टि भएको हो । त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ ।… Continue reading प्रधानमन्त्री ओलीका तीन सल्लाहकार सहित प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण
नेपाल-भारत हवाई सेवा शुरु गर्न पहल थालियो
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ । तर, भारतबाट भने यात्रु आउन पाउँदैनन् । किनकी भारतमा नेपालले उडान खोलेको छैन । तर, नजिकिएको दशैं र चाडबाडसँगै उडान खोल्न भने तीव्र दवाव छ । यसै सन्दर्भमा नेपालले भारतमा उडान अनुमति दिने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संकट… Continue reading नेपाल-भारत हवाई सेवा शुरु गर्न पहल थालियो
प्रदेश ५ को प्रस्तावित स्थायी राजधानीमा जग्गाको कारोबार बन्द
बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी प्रस्तावित गरेको क्षेत्रमा अब जग्गाको कारोबार अनिश्चितकालका लागि बन्द भएको छ । सरकारले स्थायी राजधानीका रुपमा प्रस्ताव गरेको दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गा कारोबार रोक्का भएको हो । यसअघि… Continue reading प्रदेश ५ को प्रस्तावित स्थायी राजधानीमा जग्गाको कारोबार बन्द
राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना
काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सैनिक अस्पताल भर्ना भएका छन् । उनलाई सावधानी अपनाउँदै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको ह्वाइट हाउसले उल्लेख गरेको छ । उनलाई विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर पुर्याइएको थियो । राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्फत आफूलाई र आफ्नी पत्नी मेलानियालाई कोरोना संक्रमण… Continue reading राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना
कोरोना भाइरसप्रति ट्रम्प वेवास्ताको परिणाम- अन्ततः आफैं संक्रमित
प्रभात भट्टराई/अमेरिका अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएको सात महिना पछि अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिलाई यो भाइरसले समातेको छ । बिहीबार राती ट्रम्पले ट्विट गर्दै आफु र श्रीमती मलेनियालाई भाइरस ‘पोजेटिभ’ देखिएर क्वारेन्टाइनमा बसेको जानकारी दिएका हुन् । भाइरसबारे सुरु देखिनै ट्रम्पले कमजोर व्याख्या गर्दै आएका थिए । अमेरिकामा भाइरसले कुनै असर नपुर्याउने एवं… Continue reading कोरोना भाइरसप्रति ट्रम्प वेवास्ताको परिणाम- अन्ततः आफैं संक्रमित
बाजुरामा एकै घरका ५ जना खोलामा बगेर वेपत्ता
बाजुरा । बाजुरामा एक आमा र उनका चार जना बच्चालाई खोलाले बगाएको छ । उनीहरु वेपत्ता भएका छन् । प्रहरीका अनुसार बाजुराको हिमाली गाउँपालिका–५ कवाडी गाउँमा ३० वर्षकी सत्ता नेपाली र उनका ४ छोराछोरी स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएका छन् । यसको जानकारी आएसँगै प्रहरी घटनास्थलतर्फ लागेको बताइएको छ । आमासँगै ५, ४ र… Continue reading बाजुरामा एकै घरका ५ जना खोलामा बगेर वेपत्ता
प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव
काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको बैठकमा प्रदेशको स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेका हुन् । उनले प्रदेशको राजधानी देउखुरीलाई तोकियोस भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका हुन् । देउखुरी दाङको राप्ती गाउँपालिका, गडवा… Continue reading प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव
नेपालमा एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ७३९ जनाको पीसीआर परीक्षणमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ। पछिल्लो २४ घन्टामा थप ३३०७ जना कोरोना संक्रमणमुक्त भएका… Continue reading नेपालमा एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा हालसम्मकै बढी १६३८ जनालाई कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप १६ सय ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १ हजार ६ सय ३८ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १२ सय ८० , भक्तपुरका १९६ जना र ललितपुरका १६२ जना छन्। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१… Continue reading काठमाडौं उपत्यकामा हालसम्मकै बढी १६३८ जनालाई कोरोना संक्रमण
अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। चुनावी प्रचार प्रसारमा व्यस्त रहेका ट्रम्प संक्रमण देखिएसँगै अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण
भारत र पाकिस्तानी सैनिक बीच कश्मीरमा झडप, तीन भारतीय सैनिक मारिए
कश्मीर । भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी र भारतीय सैनिकबीच भुडभेड भएको छ । घटनामा पाकिस्तानी सैनिकको गोली लागेर तीन जना भारतीय सैनिक मारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ भारतीय सैनिक मारिएको पुष्टी गरेका छन् । घटनामा… Continue reading भारत र पाकिस्तानी सैनिक बीच कश्मीरमा झडप, तीन भारतीय सैनिक मारिए
सैनिक तालीमका लागि सरकारले दियो हिमचुचुरो
काठमाडौं । नेपाली सेनाको तालीम प्रयोजनका लागि सरकारले एक हिमाल नेपाली सेनालाई प्रदान गरेको छ । सरकारले मनाङस्थित चुलु वेस्ट हिमाल नेपाली सेनाले प्रयोग गर्ने गरी प्रदान गरेको हो । यो हिमाल नेपाली सेनाले ‘ट्रेनिङ पीक’का रुपमा प्रयोग गर्ने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सचिव केदार बहादुर अधिकारीका… Continue reading सैनिक तालीमका लागि सरकारले दियो हिमचुचुरो
बाबुराम, विप्लव र वैद्यलाई प्रचण्डको आह्वान : एकता गरौं
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल माओवादी छाडेर छिन्नभिन्न भएका नेताहरुलाई एकताको आह्वान गरेका छन् । डा.बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारकै राजनीतिमा फर्कन आह्वान गर्दै उनले एकताको चाहना व्यक्त गरेका हुन् । तत्कालीन माओवादी छाडेका हिँडेका प्रदेश २ का नेताहरुलाई धुम्बाराहीस्थित नेकपा पार्टी कार्यालयमा आयोजित… Continue reading बाबुराम, विप्लव र वैद्यलाई प्रचण्डको आह्वान : एकता गरौं
नेपालमा कोरोनाबाट पहिलो पटक चिकित्सकको मृत्यु
नेपालगन्ज । नेपालमा बिहीबारसम्म कुल ५ सय ९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ । यसमा पहिलो पटक चिकित्सकले ज्यान गुमाउनु परेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका ३ घर भएका ५९ वर्षिय चिकित्सक डा. हरि सापकोटाको कोरोना भाइरसको संक्रमणका कारण बिहीबार ज्यान गएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले यसको… Continue reading नेपालमा कोरोनाबाट पहिलो पटक चिकित्सकको मृत्यु
थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २१ हजार ८३०
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४४४ जनाको पीसीआर परीक्षणमा थप १५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ७९हजार ७२८ पुगेको छ। पछिल्लो २४ घन्टामा थप ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्।… Continue reading थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २१ हजार ८३०
शंकरदास वैरागी मुख्य सचिवमा नियुक्त
काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिव नियुक्त गरेको हो । यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। कार्यकाल सकिनु केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन्। मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गतेसम्म थियो। वैरागी २०७२… Continue reading शंकरदास वैरागी मुख्य सचिवमा नियुक्त
पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस
काठमाडौं । सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो। यस्तै, मुख्यसचिव रहेर राजिनामा दिएका लोकदर्शन रेग्मीलाई सयुक्त अधिराज्य बेलायतको राजदूतका लागि नियुक्त गर्ने सिफारिस गरेको छ । रेग्मीले… Continue reading पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस